गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, August 28, 2022

कविता- आज त मातातिर्थ औँशी हो ।


म सोच्दै छु यतिबेला  
सन्तान भएर पनि
निसन्तान जस्तै आमाहरु
बिहानको यो पारीलो घामको
क्षितिज नियालेर
शायद !
बाटो कुरेका होलान 
आफ्नो सन्तानको मुख हेर्न
र, आशा भरिएका होलान 
उनिहरु आउने बाटोहरु हेर्दै  
एउटा जिजिभिसा सपना बोकेर
असरल्ल बृद्ध आश्रमको बलेसिमा ।

मलाई पनि त्यही आशाले
बचाएको छ आजसम्म
र, त, बाटो कुर्दैछु
ऊ आउँछकी भनेर 
किनकी, बर्षभरी हराएर
ऊ आजैको दिन आउने गर्छ
मातातिर्थ औंशी सम्झिएर
र, एउटा फोटो म संग खिचाएर जान्छ
फेरी बर्षाभरी बेपत्ता हुन्छ
त्यसैले मलाई थाहा छ
आजत ऊ पक्कै आउँछ
किनकी आज मातातिर्थ औँशी हो ।

मलाई सबै तिथिहरु याद छ
आज मातातिर्थ औँशी
हरेक सन्तानले 
आफ्नो आमाको मुख हेर्नेदिन  
मेरो मुख हेर्ने बाहानामा 
ऊ पक्कै यहाँँ आउनेछ
बर्षभरी नदेखेको उस्को अनुहार
म धित मरुन्जेल हेर्न पाउनेछु 
ऊ यहाँँबाट नजाउन्जेल सम्म
मेरो आँखा, मेरो मन
अघाउन्जेल हेरिरहने छु
तर मैले आजसम्म जान्न नसकेको
यो मातातिर्थ औँशिको बाहानामा
उस्ले मेरो मुख हेर्छ वा म उस्को ?

खैर जेहोस, 
मलाई त उस्कै अनुहार हेर्नुछ 
किनकी !
थाहा छैन ऊ यहाँबाट गएपछी
अर्को मातातिर्थ औंशी आउँदा सम्म
म बाँच्छु बाँच्दिन,

त्यसैले आज ऊ आयो भने
धित मरुन्जेल हेर्नुछ
उस्लाई नियाल्नु छ
मेरो आँखै अगाडि 
उस्को कान, नाक, मुख
अनी हातका उस्को औंलाहरु
पहिले जस्तै आज पनि
मलाई छुनु छ,
म मेरो मुटुको टुक्रालाई
र भर्षभरिलाइ म आनन्दित हुनुछ ।

कस्तो मिठो र प्यारो होला
यो सम्झना र याद भन्ने चिज पनि
बिहानको भालेको पहिलो डाँक हुँदा
बारीको कात्लामा घाँस काट्दै गर्दा
मुशलधारे झरिले निथ्रुक्क रुझेको बेला
अचानक मेरो पेट कटक्क खाएको थियो
केही ससंकित डराएको मनले 
घाँसको मुठो बनाउँदै गर्दा 
त्यही कात्लामा उस्को जन्म भएको थियो
यो धर्तिमा उस्को आगमन संगै
म पहिलोपटक भाग्यमानी आमा बनेको थिएँ ।

दिनभरको कामले थकित भएर 
जब बेलुकी घर फर्कन्थे
उस्को कलिलो तोतेबोलिले
सुकोमोल कलीला हातहरुले
मेरो ममता खोतल्दै
मेरो छाती चुसेर 
ऊ काखमा निदाउँदा
म आफ्नो गलेको सरिरले 
सबै पिर, ब्यथा भुल्दथे ।

उस्को सानो चोटमा मलाई पिडा हुन्थ्यो
उस्को रुवाइमा मेरो आँखा रसाउँथ्यो
मेरो हरेक गाँसमा उस्को भोक बल्झन्थ्यो 
कुनैदिन उस्लाई बिसन्चो हुँदा
मेरो मनमा पिरको आँधी चल्थ्यो
त्यसैले मेरो दश धारा दुधले हैन
थोपा थोपा रगतले यती लाठे भएको ऊ
त्यही रिण चुकाउन भएपनी 
हरेक मातातिर्थ औँशिमा
मलाई छोडेर गएको 
बृद्ध आश्रम आउँछ 
र मेरो हालखबर सोधेर जान्छ ।
 
अबत समयले डाँडा काटे संगै
बर्षौँ भयो ऊ नफर्किएको
हरेक सालको मातातिर्थ औँशिको बिहान
ऊ आउने बाटो हेरेर बित्छ,
न ऊ आउँछ, न मेरो फोटो खिचेरै लान्छ
हरेक साल उस्को बाटो कुर्दाकुर्दै
बिहानको सुर्य पश्चिम गएर अस्ताउँछ 
अनी मेरो आशा पनि अस्ताउछ त्यही सुर्य संगै ।

बुढ्यौली संगै बोझ भएको मेरो शरीर
बृद्ध आश्रममा छोडेर गएदेखी
देख्न पाएको छैन मैले
त्यो घर, त्यो आँगन,
पहिले झै तुलसाको मोठमा
पूजा गर्छन् कि गर्दैनन कुन्नी 
सपना देखी रहन्छु ।

कस्तो भयो कुन्नी
त्यो घरको आँगन चोटाहरु
ठुला भएहोलान नाता नातिना
तिनिहरुलाई भेटेर 
आशिर्बाद दिएर मात्रै मर्ने ठुलो धोको छ 
ताकी तिम्रा बा ले मलाई जस्तै 
आश्रममा लगेर 
आफ्नो जननीलाई नछोड्नु है भनेर
तिनिहरुलाई सम्झाउनु छ
बुढा भएका बाउ आमा 
देउता समान हुन्छन भनेर ।

एक ठाउँँ देखी अर्को ठाउँमा सर्न पनि
अर्काको साहारा लिनुपर्ने शरीर भएको छ
सेता कपाल पनि झरेर ठुटै भएकोछ
लटरम्म फलेका फल झै दाँतहरु पनि
झरेर गिजाधरी हराएका छन
ज्योती मर्दै गएको आँखाले
नजिकै आएको वस्तु पनि
चिन्न छाडेकाछन
त्यती मात्रै कहाँहोर 
बसेकै ठाउँमा कतिबेला 
दिसा-पिसाब चुहिन्छ पत्तै हुन्न
त्यसैले यो जिबनको अन्तिम बिसौनिमा
ऊ एकपल्ट आईदिए पनि हुन्थ्यो
नठम्याउने यो आँखाले नियाल्न नसके पनि 
उस्लाई छामेर महसुस गर्ने ठुलो धोको छ
फोटै मात्रै खिच्न भएपनी
सके आउँछकी बेलुकीसम्म !?
किनकी !
आज त मातातिर्थ औँशी हो । 


रचना- अर्पण योञ्जन 'शिरिष'

मिती- १३, भदौ २०७९

२९, अगस्ट २०२२


 



कविता- आखिर केछ मेरो जातमा

तिमीले ओड्ने आकाश
र मैले बिछ्याउने धर्तिमा
के अन्तर छर ?
तिमी म हिंड्ने बाटोमा
थुक्दै, सराप्दै हिँड्छौ !?
तिमीलाई बिझाउने त्यस्तो
आखिर ! केछ मेरो जातमा ?।।
धर्म एउटै कर्म एउटै, देबिदेवता एउटै
तिम्ले फेर्ने मैले फेर्ने श्वास पनि एउटै
तिम्रो सेतो हुन्न, मेरो कालो हुन्न
हाम्रो रगत पनि एउटै !
तिम्लाई छुने मलाई छुने हावा
अनी, हाम्रो जगत पनि एउटै
फेरी पनि किन ?
तर्की हिड्छौ मलाई देख्दा
आखिर ! केछ मेरो जातमा ?।।
कुवा, धारा, पँधेरा यही हातले बनायो
मन्दिर, मस्जिद, चर्च र गुम्बा
सुन, चाँदी, हिरा मोती
भाँडा-बर्तन लाउने लुगा
मेरो जातले बनायो
तैपनी मलाई देख्दा दुत्कार्दै हँड्छौ
आखिर ! केछ मेरो जातमा ?।।
मलाई मेरो देश फेर्नु छैन
मलाई मेरो भेष फेर्नु छैन
मलाई मेरो माटो फेर्नु छैन
मलाई तिम्रो मेरो बाटो फेर्नु छैन
मलाई तिम्ले खाने मैले खाने आँटो फेर्नु छैन
मलाई मानबताको हात फेर्नु छैन
त्यसैले म मेरो जात किन फेरुँ ?
आखिर ! केछ मेरो जातमा ?।।

14, August 2022

Saturday, August 6, 2022

समर्पण !


नौ महिना कोख राखी

जन्म दियौ तिम्ले आमा ।

दश धारा दुध पिलाई

जिबन दियौ तिम्ले आमा ।।


को खाइ को खाइ भन्दै खुवाइ

आधा पेट बस्यौ आमा । 

मेरो कर्म सुखी पार्न 

आफ्नो गोडा धस्यौ आमा ।।


ममताको तिम्रो आँचल

जून पनि लुक्छन आमा । 

तिम्रो माहान कती कती

देउता पनि झुक्छन आमा ।।


के तिरौला रिण मैले ?

तिम्रो प्रसब बेदनाको ।

हजार सप्ना मरे होलान

आफ्नै रहर चाहनाको ।।


समर्पणमा एउटा शब्द

चढाइ दिएँ तिम्रो पाउमा ।

आशिर्बाद सँधै दिनु 

कृति रहोस तिम्रो नाउँमा ।।


 रचना- २२, श्रावण २०७९

रचना- अर्पण योञ्जन- शिरिष