गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Thursday, February 6, 2020

म एक दिन पक्का रंगित बनेर उर्लनेछु ।

कविता= म एक दिन पक्का रंगित बनेर उर्लनेछु । हरेक साँझ मेरो घरको कौसी अगाडि जब म फुल हरुमा जिबन भरिरहेको हुन्छु थोपा थोपा रंगित हरु बटुलेर अनी मेरो घर अगाडिको पर्खालमा उभिएर जब मेरो उध्रीएको चोली तर्फ नियाल्छौ र, एक टकले नियाली रहन्छौ एक दिन होइन, दुई दिन होइन हरेक साँझ अनी बिहान मेरो गरिबिले उध्रीएको चोली हेर्न वा मेरो बिवस्था हेर्न मानौ तिम्रो डिउटी हो, र, नियाली रहन्छौ । म ! तिम्रो, म माथि, र्याल बगाउने आहार झै बनेकोछु र, तिमी आजभोलि मेरो संकाको घेरामा बाधिदैछौ हरेक दिन ! शायद मेरो मौनता लाई तिमीले मौन स्विकृती ठन्दै हौला तर, यो सब झुटो हो, की ! मेरो तिमी प्रतिको मौन स्विकारोक्ती भन्दा पनि ज्वालामुखी बनेर लावा ओकल्न आतुर हुँदैछन मेरो मौनता हरु ! जुन दिन एटंम बनेर खस्नेछु नगासाकी र हिरोसिमा झैँ अनी हरेक दिनको तिम्रो डिउटी छताछुल्ल हुनेछ समाजमा र, कहिले देखिने छैनौ मेरो गरिबिको उध्रेको चोली हेर्न उही मेरो घरको संघार अघी अनी मैले कहिले महसुस गर्नु पर्ने छैन नारी हिंसाको एउटा अध्याय सहन त्यसैले आजै देखी भन्छु तिमीलाई मेरो मौनतालाई तिम्रो बास्नाको स्विकारोक्ती नसम्झ किनकी ! म एक दिन पक्का रंगित बनेर उर्लनेछु । तिम्रो गिद्दे नजर र नरपिसाचु बास्नाको निम्ती ।।।। रचना= अर्पण योन्जन

Wednesday, February 5, 2020

बालुवाको पिरामिड

कबिता-बालुवाको पिरामिड
तिमीले देखेको यो
बालुवाको पिरामिड जस्तै
मेरो मन भित्र पनि सयौ प्रकार का
पिरामिड हरु छन ।
जो भात्किन्छन
अनी फेरी बन्छन
अर्को नयाँ पिरामिड हरु !
जो तिमीले कहिलै देख्न सकेनौ ।
कास ! आँखाले देखिने
यो पिरामिड जस्तै
सुन्दर र हेरी रहु जस्ता लाग्ने
मन भित्र का पिरामिड हरु
सुन्दर भै दिए !
म कहिल्याई गुनासो गर्ने थिन
किन कि !
मन भित्रको पिरामिड हरु त
घरि घरि दुखी रहन्छ ।
बद्ली रहन्छ ।
आज सम्यायो भोली उस्तै चुलिन्छ ।
भोली सम्यायो पर्सी उस्तै चुलिन्छ ।
कयौ पल्ट फाट्ने मन हरु !
हरेक दिन चुलिने पिरामिड हरु सम्याउदै
जिबन यहाँ कती खेर अन्त हुन्छ, थाहै हुन्न ।
कहिले तिम्रो बियोग को पिरामिड बन्छ
कहिले सन्तानको पिरामिड बन्छ
कहिले साहुको रिणको पिरामिड बन्छ
कहिले आमाको चौबन्दी र !
बाबा को दौरा फाटेर पिरामिड बन्छ
तिम्रो तिलहरी र झुम्के बुलाकी को पिरामिड बन्छ ।
यस्तै यस्तै पिरामिड हरु
हरेक दिन बन्छन र भात्काइ रहन्छु
अनेकौ पिरामिड हरु
यो तातो मरुभुमी को छाती मा उभिएर
फेरी पनि मन कटक्क खान्छ
अनी अर्को पिरामिड त उभिएकै हुन्छ
जहाँ तिम्रो मेरो यौबन फुलेर बैश झरेको हुन्छ
अत्रिप्त प्यास हरु पचास डिग्रिको गर्मी मै
काकाकुल भएर जिउछन
र, सपना हरुले रहर हरु बन्दकी राखेर
बाध्यताको बर्तमान हरु
तपशिल मा तमसुक लेखेर पसिनाले मेट्छन
त्यसैले सानी !
अरब मा देखिने बालुवाको पिरामिड भन्दा
भिन्न छ मेरो मनको पिरामिड
जो तिमीले कहिल्याइ देख्न सक्दिनौ
मेरो मनको कुनामा
सयौ पिरामिड हरु, जो म मात्र देख्छु ।
र, उक्ली रहन्छु हरेक दिन
रेगिस्तानको हावाइजहाज
उँट हरुमा उडान भर्दै
पसिना र आशु हरु ले प्यास मेटाउदै
अद्रिस्य पिरामिड हरु असफल आरोहण गर्छु
किन कि !यो पिरामिड
खुशी किन्ने बहानामा
बैश, स्रम, सपना, रहर, सबी सबै
पसिना सङ्ग साटेर बनेको हो ।
मेरो यो सुन्दर बालुवाको पिरामिड !
बालुवाको पिरामिड !!
बालुवाको पिरामिड !!!
कान्छा भाई
१३ भाद्र २०७३

आज भोली तिमी !

२६ कार्तिक २०७२
१२ November 2015
आज भोली तिमी
अन्टार्टिका महादेश हरुको
खोजी मा छौकी कसो ?
यो महादेश हरुमा त,
देख्दिन तिमी लाई ?
न भेटेको
र, न देखेको पनि धेरै भो !
कतै अर्को क्रिस्टोफर कोलम्बसको
जन्मको निम्ती
कठोर प्रशब बेदनामा पो छौकी ?
वा आँफै कोलम्बस हुने ध्याउन्नमा ?
कि कतै बुद्धको बाणी हरु पडेर
कुनै वृक्षमुनी ध्यान मग्न भयौ ?
गान्धी, मन्डेला र मदर टेरेसा त,
पक्कै होइन होला ?
कि !? कैलाली र मधेश मा ढुङ्गा हानेर
देश मा आगो लाउन त, ब्यस्त छैनौ कतै ?
यदी यस्तो हो भने
म कहिले माफ गर्ने छैन
तिमी र तिम्रो प्रेम लाई
यदी यो पनि होइन भने
आखिर तिमी छौ त कहाँ ?
ए ! बल्ल बुजे !
आज भोली शायद
तिमी त !
तिहार लागेर भाई टिका मुछ्न
र, सयपत्री उन्न मै ब्यस्त हौली !
यदी यस्तै हो भने !
सबै तिम्रो अनुपास्थिती लाई
मैले हृदय बाटै माफि गरी दिए !
किन कि !
म सँगको सामिप्यता भन्दा
माइती हरु को रक्षा गर्नु
तिम्रो ठुलो कर्तब्य हो ।
तिम्रो केही दिनको
प्रेमको नाकाबन्दिमा
मेरो शिर अझ ठाडो हुनेछ
गर्वले छाती ढक्क फुल्ने छ
स्वाभिमान ले तिमी प्रती
मेरो अझ प्रेम बड्ने छ ।
त्यसैले !
तिम्रो सबै
गयल हाजिर हरु
मैले माफ गरी दिए
तिमी लाई हृदय बाट ।
रचना :- कान्छा भाई (योन्जन)

चौतारिको कथा !


कविता= चौतारिको कथा !
के तिमी लाई थाहा !
चौतारी को कथा !?
उहिले, उहिले
कति सुन्दर हुने गर्थ्यो चौतारी
वारिपारी टाढा सम्म देखिने
पाखाभित्ता हरुले नछेकिने
बिहे भएको चेलि लिन होस
या ! आफन्त लाई
बिदा गर्न होस,
मिलन बियोगको
संगम हुने गर्थ्यो चौतारी
लाहुर बाट फर्किएको
लाहुरे लाई लिन, लाहुरेनी भाउजू
ढाकाको मजेत्रोले मुख छोप्दै
लजाएर उभिएकी तितेपाती चुडल्दै
अनि ! हातमा झुड्याएको टेपरिकोट बजाउदै
देब्रे हातमा साइको फाइब घडी ढल्काएर
लाहुरे जब भाउजू सङ्ग भेट्थ्यो
! लाजले !
आफ्नै संगिनी लाई नमस्कार गर्ने
लाहुरेको अभिनय बाट
लजाएर उस्तै लाहुरेनी भाउजू
आफ्नो लाहुरेको घोडा ढोक्थ्यो
पो रमाइलो थियो चौतारी
गन्तब्यमा पदयात्री हरु
मनकामना पुरा होस भन्दै
चौतारीमा थुपरिएको
ढुङ्गा को खात लाई
देवता सम्झेर पाती चढाउथ्यो
!पो, सुन्दर थियो देउराली
पाहुना लाई बिदा गर्न
डाडै सम्म आएर
चौतारिमा रुमाल साट्दै
आँसु चुहाउथ्यो
! पो, सुन्दर थियो चौतारी
गाउको पन्च बस्ने पनि यहि चौतारी
औँठी पिरती साटिने पनि
यहि चौतारी
पर्देश लाग्दा आँसु साट्ने पनि
यहि चौतारी सबैको
साझा हुन्थ्यो ! पो,
सुन्दर थियो चौतारी
तर आजभोलि
यहाँ आफन्त
यहाँ लाहुरे लाहुरेनी छन
मायालु कोहि पर्खने
भौतिक सुखको खोजिमा
परदेश पसेको हरु
शहर बिस्थापित भएपछी
आज यहाँ देउराली मा
फुलपाती चड्छ
चौतारी को रौनक
छत केवल पुराना यादहरु
छत केवल लामो पर्खाइमा बसेको
यहाँको ढुङ्गा, बरपिपल
अनि अनि थुपारिएको
ढुंगाको देवता
त्यसैले
बिज्ञान को बिकासमा,
सुखसयल खोज्ने हरु हो
आफ्नै बालसखा बिर्सिएर
के तिमी लाई थाहा
चौतारिको कथा ???
कान्छा भाइ योन्जन
१८ बैशाख २०७६
मे २०१९