गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, April 13, 2019

बाबुको बेहिसाब जिन्दगी !

कबिता= बाबुको बेहिसाब जिन्दगी

आमा ! को मात्र, कविता लेख्ने हरु
बाबुको बेहिसाब जिन्दगीको
के कविता लेख्छौ र ?
रगतको आहालमा डुबेर
दोस्रो जुनि लिने आमाको
बेअर्थ यदि नलागे
कहिलेकाही !
बाबुको पिठ्युँ को फाटेको जडौरी
पैतालो को चिराचिरा परेको कुरकुच्चा
नङ र मासुको सम्बन्ध चिरिएर
घाउ नै घाउ भएको औला
शिरको टोपी फाटेर
नाम्लोको डाम बसेको तालु
छाला खुम्चिएर चाम्सिएको निधार
सन्तानको खुशिमा मुसुक्क हास्दा
कलेटी परेको त्यो दात
काधमा नाम्लो बोकेर
तिमी ठूलो मान्छे भएको
भबिस्य नियाल्दै
बिहान र बेलुकी आधा पेट खादै
दुई पैसा छुट्ला कि साहु बाट भनेर
आधा निन्द्रा मै भालेको डाक सुनेर
हतारहतार फेरि उस्तै हरेक दिन
जोतिने त्यो गोरु
मेरो बाउ हो भनेर
सिर्फ एउटा शब्द पोख्छौ के ?

हो आमा, हाम्रो जननी हो
हामी आमाको स्टाटस
आमाको कविता
लेखेर कहिले थाक्दैनौ
तर त्यही भबिस्यदाता
बाउको कहिले कविता लेखेनौ ।
खादै गरेको रोटिको टुक्रा बोकेर
बेलुकी फर्किदा आमा लाई
ल ! त्यस्लाइ खुवाउ है भनेर दिने
बाउको कविता कहिले लेखेनौ
तिमी लाई सरम हुन्छ भनेर
टाढाको शहरमा गएर
घामको राप अनि सितको सिरौटो छलेर
बगाएको पसिनाले
तिम्रो युरोपको सपना देख्दै
हरेक दिन जोतिन्छ बाउ
र सम्झिन्छ ।
छोरो इन्जिनियर रे
छोरी डाक्टर रे !
अनि खै अरु के के रे के के ?
थुप्रै सपना हरु देख्छ तिम्रो लागि
तिम्रो बाउ !

त्यसैले त्यो बाउको लागि
कहिले एउटा कविता लेख्यौ र !?
तिम्रो फेसबुक, ट्विटर र स्टामा
कहिले बाउको एउटा सब्द सहित
धनुस जस्तै भएको
लिङ्गे पिङ्ग को लाठारो जस्तो नुहिएको
शरीर को एउटा फोटा टास्यौ के
आफ्नो वालमा ?
छोराछोरी हो,
तिमिले लिने डिग्री मा
तिमिले देखेको बिस्वमा
बाउको थोपा थोपा
रगत मिसिएको छ
थोपाथोपा पसिना मिसिएको छ
पैताला हरुमा कणकण धुलो हरुले
तिम्रो अस्तित्व को पदचाप छोडेको छ
त्यसैले आजत
एउटा कविता लेखी देउन है ल
त्यो तिम्रो आकाश जस्तो बाउ को लागि ।

अर्पण योन्जन
३०,चैत्र २०७५
13 अप्रील 2019

म पनि कति स्वार्थी !

कविता = म पनि कति स्वार्थी !

म पनि कति स्वर्थी !?
आफ्नो पीडा भुलाउन
एक खिल्ली चुरोट सल्काएर
जिन्दगिको धुवा उडाएर
आकाश तियर नियाल्न
म तल्लिन छु !
दुई औलाको बिचमा
सल्केको चुरोट सँगै
म सोच्छु !
आहा ! कति मज्जा आइरहेछ ।
चुरोट अनि धुवा भित्र
म रमाइ रहेको छु
उ भित्र ।
आफू रित्तिनु को बिर्सिएर
उ जलेको मा मग्न छु ।
तर सल्किएको चुरोटको
पीडा मलाइ के थाहा !
उ भित्र भित्रै जलि रहेछ
र !
रिसले जलन को पिडाले चुर हुँदै
उ भनी रहेछ !
ए ! मनुष्य !!
तिमिले सम्झौ होला
मेरो जिन्दगी जलाएर
तिमी खुब खुशी छौ !
तर यस्तो नसम्झ
मेरो जलन को पीडा भित्र
तिमी पनि !
हरेक दिन,
पल पल
जिउदै जलि रहेछौ
अनि !
घडिको हरेक सेकेन्डमा
तिमी खरानी भएर
मेरो धुवाँ सँगै
उडि रहेछौ
निरन्तर ! निरन्तर !!!
माथी आकाशमा !!!

कान्छा भाइ योन्जन
चैत २१, ०७५
4, अप्रिल 2019