गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Monday, September 6, 2010

मायाँ गर्छु भन्थ्यौ हिजो

मायाँ गर्छु भन्थ्यौ हिजो भुल्यौ उतै तिर
आफ्नो मान्छे भेट हुँदा बिर्सेंयौ यता तिर ।

कुरी बसे आउछौ भनी रात बिते सम्म
जस्ले मायाँ गर्छु भन्थ्यो उनै पारी तिर ।

मृत्‍यु भन्दा गाह्रो रैछ मायाँ गर्नु पनि
आशा बग्यो हृदयको खोला किनार तिर ।

आउनु थेन भने किन भन्यौ साँझ कुर्नु
फकाएर छुरा घोप्यौ छामी मुटु तिर ।

स्वार्थी मन हुँदो रैछ भुल्यौ यता तिर
न्यानो काख पायौ त्यतै बिर्सेंयौ यता तिर ।

अर्पण योन्जन

Thursday, September 2, 2010

पर्खाइमा

पर्खाइमा कविता रचना २०६७ भाद्र १७/६ बजे बेलुकी


एउटा प्रहर कुर्दै छु
उ आउँ छ कि भनेर
किन कि ?
उ गएको पदचाप
बिलाएको छैन अझै
सुस्त मन्द हावाको झोकमा
उ गएको थियो
आधी बनेर आउँला कि
कुर्दै छु अझै ।
खेतका आली हरुमा
समाहरु झर्दा
रोपारेको बिउ गोड्दै गर्दा
पसेको उ मुग्लान
रहर हरु को पोको लिएर
फर्की आउँला कि भन्दै
कुर्दै छु अझै ।

मलाई जस्तै उस्लाई पनि
उमेर लाई जिस्काउन
मन लाग्दो हो
एकान्तमा रात सङ्गै
उ आँफै लाई ढाट्दो हो
बैश लाई भुलाएर
मुग्लानमा
प्रियादर्शनी सपना सङ्ग साट्दो हो
सम्झिन्छु उफ........
कोइली हरुले
गीत गाएका दिन
न्याउल रोएर
मन बिगार्छन
अनी बसन्त मा फुल्न नपाई
शिशिरमा ओइलिन्छु र झर्छु
मनको बगैचामा ।

जान्छु र हेर्छु
कहिले काही देउरालीमा
दुबैले मिली चढाएका
बाबरी र बुकी हरु ओइलिएछन
पर्खाइमा जिबन ढल्दा
सावने सिरु हरु फुलेर
पारीजात भएछु
जो रात भर फुलेर
बिहानिमा ओइलिन्छु र झर्छु ।
र पनि आएन उ.....!
कहिल्यै फर्किएन उ....!
उ........निस्ठुर भएछ ।
अनी आसै आशमा
उस्लाई भनी साचेको
मन हरु फाटेर
बैश हरु ढलेछन
जिबन हरु गलेर
राग हरु मरेछन
कुर्दा कुर्दा बलेसिमा
सिउँदो हरु फुलेछन
केवल उनको पर्खाइमा
पर्खाइमा......पर्खाइमा.......पर्खाइमा .....!!!

अर्पण तामाङ(योन्जन)
हासपोस २ तरहरा
हाल दोहा कतार

Wednesday, September 1, 2010

मदर टेरेसा बन्नै पर्छ

मदर टेरेसा बन्नै पर्छ कविता-रचना २०६७ भाद्र १६ बेलुकी को 5.30pm

नोट:- मैले यो कबिता दिदी अन्जु सुबेदिको (मैन दिपको सिखा र म)
बाट अभिप्रेरित भै जन्मिएको कबिता हो यो । त्यसैले यो कबिता उनै
कवियत्री दिदी अन्जुमा समर्प्रित । धन्यवाद ।।


जली रहेको मन बाट
पोली रहेको आत्मा हरु
आँफै लाई जलाएर
पग्लिने मैनका
दिप सिखा हरु
अब आफु मात्र जल्ने होइन
अरु लाई पनि जलेर
उज्यालो छर्न सिकाउनु पर्छ ।
ए मैन हो....?
ए दिप सिखा हो .......?
आमा बन्ने होड मात्र होइन
अब........!
तिमी ले जसरी भए पनि
मदर टेरेसा बन्नै पर्छ ।

यौन दुर्बल्तामा गाँजिएर
बँश निर्माणमा मात्र होइन तिमी
पुरुष इच्छा पुर्तिको
आबेग मात्र होइन तिमी
समभोगको साधन मात्र होइन तिमी
सबै ब्यथिती हरुको
समायोजन मात्र होइन तिमी
त्यसैले ...!
ए दिप सिखा ...!
आमा बन्ने धुन मात्र होइन अब
तिमी ले जसरी भए पनि
मदर टेरेसा बन्नै पर्छ ।

आमा मात्र भन्न सिकेका
अल्छि छोरा हरु लाई
तिमीले !
ममताको छाती मात्र चुसाएका छौ
त्यसैले अल्लारे छोरा हरु लाई
सिप हरु उमार्ने
भाका हरु सिकाउनु पर्छ ।
नमाने हरिलट्ठक छोरा हरु लाई
सिर्कुना र गोर्खे लौरी पनि
ठ्याक लाउनु पर्छ ।
नत्र यिनी हरु !
साँढे बनेर
बिना मंसिरमा
दाइँ लाउने छन
आमा !
ए दिप सिखा ...!
आमा बन्ने धुन मात्र होइन अब
तिमी ले जसरी भए पनि
मदर टेरेसा बन्नै पर्छ ।

अर्पण तामाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार