भाग- ६
जिन्दगी भनेको आफै
र आफन्तसंग छुटिदै
जाने चक्र न रहेछ ।
जो हरेक सपनासंगै
हरेक बिम्बहरु जोडीदै
र छुटिदै जान्छन
। जसरी गोरेटोमा
हामी अगाडि बड्दै
जाँदा आफ्नै पाइलाको
डोब पछाडि छोडिदै
जान्छ र मेटिन्छ
बिस्तारै धुलोको कणहरु
थुपरिदै जाँदा । हो यस्तैनै
रहेछ जिन्दगी अरुसँग
छुटे अतित, आफैसँग
छुटे अन्त्य ।
अहिलेपनी म त्यही
भेटिएर अतित बनेको
मेरो आफ्नै अन्त्यको
कथा भनिरहेको छु
। हरेक शब्द
शब्दमा प्राण भएर
। हुनत आफ्नै
ब्यथा यहाँ पोखिरहँदा
म आफै भुल्न
नसकेको एउटा दुश्वप्नसंग
डर लागेर आउँछ
। कहाली लागेर
आउँछ, चिच्याउन मन
लागेर आउँछ, आफैलाइ
क्ष्यतबिक्ष्यत बनाएर टुक्रा-टुक्रा बनाएर
मिल्काउन मन लाग्छ
। त्यसैले अर्को
मनले यसो सोँच्छु,
भुलिसकेको बिगत, बिर्सिसकेको
त्यो रात, खाटो
बसिसकेको घाऊ कसरी
कोट्याएर सुनाउँ ? हो थाहाछ
मलाई अनी भोगेकोछु
आफैले त्यो तितोसत्य
निको नहुनेगरी मुटुमा
खाटो बसिसकेको खत
कसरी कोट्याउँ ? मुस्कुराउन
त बिर्सेंको जिन्दगीले
आफ्नै खबर कसरी
लेखौँ ? फेरी अर्कै
मनले सोँच्छु मैले
यो कथा लेख्नै
पर्छ, यो ब्यथा
पोख्नै पर्छ । भलाही म
निमिट्यान्न हुन किन
नपरोस ? मैले दुनियाँँको
सामु यो घाऊ उघार्नै पर्छ र लेख्दैछु यसरी ।
त्यसपछी भोलिपल्ट पनि अनामनगरबाट
कलेज जान भनेर
बिहानै रुमबाट निस्किएँ
। निस्कदा त्यही
आफुलाई पछ्याउने केटाको
अनुहार आँखाभरी झल्झली
आएको थियो । तैपनी डराउँदै
डराउँदै भएपनी कलेज्
पुगेँ । भनिन्छ
मान्छेलाई आफुलाई लुकाउन
सजिलो हुन्छ तर
डर लुकाउन ठाउँँ
हुँदैन । मेरो पनि मन
भित्रको डर लुकाउन
खोज्दा खोज्दै छर्लङ्ग
उज्यालो भएको थियो
। त्यसैले रातभरको
अनिदोले आँखा राताराता
र सुन्निएका जस्ता
थिए । त्यो बिहानभरी सरले के पढाउनुभयो केही भेउनै
पाउन सकिरहेको थिईन
मैले । सबैको हल्लाखल्ला बिचमा आफुलाई
भुलाउन खोज्छु तैपनी
त्यही अनुहार आएर
बाटो छेकेको झझल्को
मात्रै आउँछ दिमागभरी
। यतिकैमा बल्लतल्ल
कलेजको ब्रेक टाइम
भयो । त्यसपछी
सबैजना होहल्ला गर्दै
हुरुरुर बाहिर निस्किए
। म भने क्लास रुममै
बसेर बेन्चमा टाउको
राखेर आफ्नो दुबै
हातको पाखुरिको शिरानी
बनाएर निदाउन लागेँ
। निक्कै मिठो
निन्द्रा लागेको रहेछ
मैले केही थाहा
नै पाउन सकिन
। बाहिरको होहल्ला
पनि थाहा नपाउने
गरेर मस्त निदाइ
रहेको रहेछु । यतिकैमा मधुले आएर
मेरो शिरमाथी हातले
धकेल्दै ओई केभो तलाई ? सन्चो
भएन हो ? किन
सुतेकी ? नास्ता खान
जाँदैनस आज ? जाउँ
हिँड । सबैजना
गैइसके । त्यतिबेला
पो झसंग भएर
बिउँझिएँ । बिउँझदा
ढाडमा कस्तो कटकट
खाएर दुखेको रहेछ
। घोप्टी परेर
हातको पाखुरिको शिरानी
लगाएर सुतेको भएरहोला
घाँटी र दुबै पाखुरी बेस्सरी
झिनिनिनी गरेर दुखिरहेको
रहेछ । त्यसपछी
जिउलाई तन्काएर उठेर
कपालको क्लिप फुस्काउँदै
फेरी छरिएको केशलाई
मिलाउँदै त्यही क्लिपले
च्याप्दै मधुतिर आँखा
पुर्याउँदै बोलेँ ।
कस्तो निदाइछु यार
मत । अनी कतागए सोबिताहरु
? मधुलाई प्रश्नगर्दै टेबलमा भएको
किताब उठाएर बाहिर
निस्कन खोजेँ । मधुले पनि
उनिहरु त अघी नै गैसके
। त नआको देखेर क्यान्टिनमा
पुगेको मान्छे पनि
मत फर्किएर आएको
त कहाँ गैस
भनेर । मधुले निकै लामै
ताना लगाइ । त्यसपछी हामीहरु दुबैजना क्यान्टिनतर्फ लाग्यौँ ।
क्यान्टिनमा पुग्दा सोबिता,
सुचिता, र गंगा, कालो चनाको तरकारीमा सुक्का चिउरा हालेर नास्ता र चिया खाँदैथिए ।
बिनोद, प्रज्वल, प्रणब र अर्को एकजना केटामान्छे चै क्यारमबोर्ड खेल्नमा ब्यस्त थिए
। बिनोदहरुसँग क्यारमबोर्ड खेल्ने त्यही केटा थियो, जस्ले मलाई हरेकदिन पछ्याएर हैरान
बनाएको थियो । त्यो केटालाई मैले त्यहाँपनी देखेर एकपल्ट झसँग झस्किएँ पनि । फेरी आफैलाइ
सम्हाल्दै मेरो छेउमै रहेको सुचिताको कानैमा आफ्नो मुख लगेर साउतिको भाषामा सोधेँ ।
ओई त्यो बिनोदहरुसँग क्यारमबोर्ड खेल्ने केटा कोहो ? योत हाम्रो कलेजको केटा त हैनत
? कहाँबाट आएको यो मान्छे यहाँँ ? ल त चिन्दैनस ? BSC अघिल्लो बर्षको टपर केटा त्यहित
होनी राज ! सुचिताले आश्चर्य पोखिएको जस्तै गरेर मेरो कानैमा आएर फुक्यो । त्यसपछी
मैले ए ! भनेर छोटो जवाफ दिएर बल्ल थाहा पाएको जनाउ दिदै बोले । अनी यो केटाचैं कहाँ
बस्छनी ? मैले सोध्ने बित्तिकै सुचिता हाँस्दै बोलिन । केहो केटी देख्ने बित्तिकै क्लास
टपर भनेर लोभ लाग्योकी केहो ? लाइन मारिहेर्न कतै फस्छ कि ! सुचिताले केही इत्रीएको
पारामा बोल्यो । त्यसपछी मैले ह्य त्यस्तो हैन, सोध्न पनि नहुनेत अनी ? म अलिक केही
झर्किएको भावमा जवाफ फर्काउँदै बोलेँ । त्यसपछी त्यो केटालाई त्यहाँ देखेपछी मलाई त्यहाँबाट
कतिबेला उठेर हिडौँ-हिडौँ जस्तो भएर आयो । र केटीहरुतिर फर्किएर बोलेँ । मलाई आज अलिक
सन्चो नभएकोजस्तो छ । क्लासमै गएर आराम गर्छु है भनेर उठेँ । त्यसपछी उनिहरुले ओई पख्न
पख भन्दाभन्दै म त्यहाँबाट उठेर त्यो केटाले देख्नु अगाडिनै म त्यहाँबाट हिँडे ।
त्यो दिनको उकुसुमुक्स
पछी बल्ल कलेजबाट एघारबजे मात्रै फर्किएर सिँधै पुतलीसडकको ट्युसन सेन्टर पुगेर बेलुकी
चारबजेतिर मात्रै म रुम तर्फलागेँ । थाहाछैन ऊ कतिबेला आउँछ र सँधाको झैं म जाने बाटोमा
उसैगरी कुरेर बसिरहन्छ ? आजपनी त्यही डर बोकेर फर्किँदै गर्दा ठीक त्यही कुनामा कुनै
बहना गरेर अल्मलिएर बसिरहेको रहेछ । जब म पुतलिसडकको मुख्य रोड सकेर अनामनगर तर्फ आउने
रोडतर्फ मोडिन्छु तब ऊ प्रायजसो त्यही भेटिन्छ र मेरो अघिपछी गरेर दैनिक पिछा गरिरहन्छ
। आजपनी उसैगरी त्यही बसिरहेको रहेछ । जब म त्यहाँ पुगेँ तब ऊ मेरो पछीपछी आएर पुनह
हिजोको जस्तै आजपनी बाटो छेकेर बोल्यो । आश्मा प्लिज एकछिन पर्खन तिमीलाई एउटा कुरा
भन्नुछ । तर म उसको कुरा सुनेर पनि नसुने झैँ फटाफट झन हिँडाइको गती बढाउन थालेँ ।
त्यसपछी ऊ झन हतारिँदै मेरो अगाडि आएर मेरो हातको नारिमा च्याप्प समातेर अगाडि हिँड्नै
दिएन । त्यसपछी भने मेरो होसहावासनै उड्यो । आजसम्म अपरिचित ब्यक्तिले मेरो हातको नारी
समातेर बाटो छेक्ने कसैले दुस्साहस गरेको थिएन । एकछिन त म आत्तिएँ पनि । चिच्याउन
पनि सकिन । तर उसको कसिलो औँलाहरुले सनासोले कसे झैं कसिलो हात फुकाउन खोज्दै म अगाडि
बढ्न खोजेँ । उसले फेरी झन सारो च्यापेर मलाई नारी नै भाँचिएला जस्तो गरेर आठयायो ।
त्यसपछी उभिएर आफै भित्र हिम्मत बटुलेर मनमनै दारा किटेर भनेँ । भन्नुहोस तपाईं के
भन्न चाहनुहुन्छ म संग ? मेरो प्रश्न पछी ऊ बिस्तारै आफ्नो कसिलो हातले आठयाएको मेरो
हात छोडिदिदै बोल्यो । आश्मा म राज । हामी एउटै कलेजमा पढ्छौँ । तिम्रो साथीहरु सबैलाई
म चिन्छु र उनिहरुले पनि मलाई पनि चिन्छन । बस तिमीले मलाई चिन्दैनौ तर म चिन्छु तिमीलाई
। अनी केभयो त ? मैले उसको कुरा बिचैमा काटेर सोधेँ । त्यसपछी पुन ऊ बोल्यो । हो केही
भएको छैन तर धेरैथोक भएको छ । म तिमीलाई मन पराउँछु । तिमीलाई प्रेम गर्छु । प्लिज
नाइ नभन । उसले यती के मात्रा भनेको थियो । अरु के चाहियोर मलाई, झन होस नै उडेको जस्तो
भएँ । मलाई के भैरहेकोछ मलाई सोच्नै सकिरहेको थिईन । उसको कुरा सुन्ने बित्तिकै मेरो
हातखुट्टाहरु लुग्लुग काँपेर आयो । मेरो पाइतलाहरुले जमिन टेक्न सकिरहेको थिएन । म
झन डरले थुरथुर काँप्न थालेको थिएँ ।
त्यसपछी म त्यहीँ भुईँमै
थचक्क बसेर सुँकसुँक रुन थालेछु । शायद म भित्र डरको सिमा नाघेको हुनुपर्छ । त्यसैले
आफुलाई सम्झाउने र हिम्मत दिने कुनै माध्यमहरु नभएपछी हरेस खाएर त्यसरी भुईँमा थुचुक्क
बसेको थिएँ । जब म भुईँमा बसेर सुँकसुँकाउन थाले तब उसलाई पनि के गरौँ, कसो गरौँ भएछ
क्यारे ! मेरो दुबै हातमा समातेर उठाउँदै मेरो अनुहारतीर हेर्दा पनि नहेरी कान समातेर
आश्मा प्लिज नरौन । सरि मैले यस्तो गर्नु हुन्थेन । सरि प्लिज ! त्यतिबेला उसले कान
समातेर सरि माग्दा उसको अनुहार हेर्न लायकको भएको थियो । एउटा मायालु अबोध बच्चा जस्तै
देखिएको थियो । तर पनि म केही नबोली चुपचाप आँशु पुछेर ठिंङ्ग उभिएको थिएँ । यतिकैमा
गोजिबाट एउटा कागजको टुक्रा निकालेर हातमा थमाइ दिँदै बोल्यो । यस्मा केही लेखेकोछु
। प्लिज नफालन है, रूम पुगेर पढ त्यसपछी तिमीलाई आफ्नो मनमा जे लाग्छ त्यही गर, त्यसपछी
म तिमीलाई सताउँदिन । तर प्लिज नफ्याँकीदेउ । यती भनेर ऊ साइकल टिपेर त्यहाँबाट बेपत्ता
भयो । म एकछिन त्यहीँ उभिएकै ठाउँमा केहीछिन टोलाएर फेरी हिम्मत बटुलेको झैँ गरेर त्यहाँबाट
हतारहतार गरेर रुम पुगेँ ।
रुम पुगेर त्योदिन खाना
पनि नखाइ म ढोका थुनेर एक्लै बसेर बेडमा पल्टिएर टोलाइरहेँ । करिब साँझको पौने आठ बजेको
हुनुपर्छ । माइजुले बाहिरबाट खाना खानु बोलाउनुभयो । आज अलिक सन्चो छैन माइजु म खाना
खाँदिन भनेर झुट बोलेर रुमबाटै बाहिर निस्कीन । त्यसपछिको समय भनेको लगतार त्यही मान्छेको
छबी मात्र मेरो आँखाभरी खेलिरहयो । जती सम्झिन्छु उती डर लागेर आउँछ । आफैभित्र बेचैनी
भएर आउँछ । भन्ने, सुनाउने, पोख्ने ठाउँ पनि कतै थिएन । सोबिता, गंगा, मधु सुचिता सबैलाई
सम्झिएँ कल गरेर सबै कुरा सुनाउँकी भनेर ! तर अहँ ! उनिहरुलाई पनि सुनाउने आँटनै गर्नसकिन
। के भनेर सुनाउने ? सुनाइसकेपछी उनिहरुले के भन्ला ? के सोँच्ला ? फेरी भोली कलेजमा
सबैलाई सुनाइदियो भने ? आफ्नै प्रश्न भित्र कुनै उत्तर नै भेटिन । त्यसैले उनिहरुलाई
पनि बताउन सकिन । झन केटा साथीहरुलाई त सुनाउने कुरै भएन । कसरी सुनाउने झन उनिहरुलाई
? उनिहरु त झन केटा मान्छे । यता आफु बसेको मामा घरमा पनि माइजु दिदिहरु कसैलाई भन्न
सक्ने थिन । यस्तो कठिन घडीमा आएर उभिएको थिएनी म ! कसैलाई नत भन्न सक्थेँ, नत आफु
शान्त भएर बस्ननै सक्थेँ । साँचिकै भिरमा अल्झिएको कुनै वस्तु जस्तै भएको थिएँ । तल
न माथि । बिचमा अड्किएको जस्तै ।
रात छिपीदै गयो । हरेकदिन
सुनसान हुने शहर त्यो दिन पनि बिस्तारै सुनसान हुँदैथियो । बाटोमा अघी साँझसम्म किरासरी
हिंड्ने मान्छेहरु बिस्तारै पातलिदै गएर बिल्कुलै सन्नटा छाएको थियो । बाटोमा ठिंग
उभिएको बिजुलिको पोलमा बलेको रातो मधुरो बत्ती बाहेक केही थिएन । रातहरु बिस्तारै चकमन्नतामा
परिणत हुँदैथियो । शहरको केही भुस्साहा कुकुराहरु सडकमा एकतमासले भुकेको एकोहोरो आवाज
बाहेक केही थिएन । बिल्कुलै सम्सानघाट जस्तै बनिसकेको थियो त्यो छिपीदै गएको रातमा
। उता रात छिपीदै जानु, यता घर्किदै गएको रातमा मेरो मनमा उथलपुथलको भुइचालो जानु,
आफैभित्र उकुसमुकुस हुनेगरेर घुटघुटिदै जानु कमको मुस्किल थिएन मलाई । न मन सम्हाल्न
सकिएरहेको थिएँ न आफ्नै शरीर टुंङ्गमा थियो । रुमको चारकुना घरि यता घरि उता त घरि
बेडमा दाँयाँबायाँ कोल्टे फेर्दै छट्पटिमा बितिरहेको थियो । वरपरका घरका र आफ्नै घर
भित्रको मान्छेहरु पनि मस्त निन्द्रामा सुतिसकेका थिए । म मात्रै सुन्सान रुमभित्र
गुम्सिएर कता बिस्फोट हौँ झै भएको थिएँ । शरीर र मनको छट्पटिमा निस्सासिएर आफुलाई सम्हाल्नै
सकिरहेको थिईन । तैपनी सुत्ने कोशीस गर्दै मोबाइलको घडी हेरेँ बिहानको दुई बज्न लागिसकेको रहेछ । घरि सिराकले
मुख छोपेर त घरि सिराकबाट बाहिर अनुहार निकालेर आँखा चिम्लन खोज्छु तर फिटिक्क निन्द्रा
परेन । अन्त्यमा केहीसिप नचलेपछी दिउँसो उसले दिएको कागजको टुक्रामा के लेखेको रहेछ
भनेर उठेर फेरी किताबको चेपबाट निकालेरे पढ्न थालेँ । हे भगवान ! मैले सोँच्न पनि नसकेको
कुराहरु लेखिएका रहेछन । एकअर्थले भनौँभने उसले मेरो लागि भनेर पत्र लेखेको रहेछ ।
पत्र पढ्दै गएँ, पत्रमा लेखिएको थियो ।
प्यारी आश्मा !
असिम मायाँ हृदय भरिको
। आज जिबनको पहिलो प्रेमपत्र, थाहाछैन यो पत्र पड्छौ या च्यातेर फ्याँक्छौ ? तर एक
पत्र तिम्रो नाममा । मलाई खासै शब्दहरु खोजेर राम्रोसंग ब्यञ्जन भर्न आउँदैनन । शब्दकोष
भित्रका हरेक ब्याकरणहरु केलाएर अनुच्छेदहरु सजाउन आउँदैन । हरेक प्याराग्राफहरुमा
प्रेमका काहानी लेख्न आउँदैन । साँच्चै भनौँभने यतिबेला तिम्रो लागि लेख्न बसेका कापिका
पन्नाहरु च्यातिएर छरपस्टहुँदा तिमीलाई सुहाउँदो मायाको पात्रहरु उभ्याउन उपयुक्त सब्दहरुसमेत
दिमागले सोँच्न सकिरहेको छैन । कोशीस गर्छु तर खै किन शब्दहरु रिसाउँछन र गाली गर्दैछन
मलाई । तिमीलाई केही भनौँ भनेर हरप्रयत्न गरिरहेकोछु, फेरी कलमहरु गाली गरिरहेकाछन
। भन्छन शब्दकोषलाई शब्द शब्दमा कपिको पानामा पोखेर शब्दहरुको बद्नाम नगर..! जहाँ मेरो
जिबनको पहिलो प्रेम पोखेर हरेक अर्थहरु बिछ्याइ रहेकोछु तिम्रो लागि र अक्षरहरु कोरिन
डराउँछन । तैपनी हर प्रयत्नमा तिम्रो लागि भनेर जानिनजानी, सकिनसकी हातहरु थरथर कपाउँदै
यो पत्र लेखिरहेकोछु । किन थाहा छ ? किनकी तिमीबिना मेरो मन मस्तिस्क अन्त कतै मोडिनै
मान्दैनन । तिम्रो नजरको प्रभाव परेकोछ मेरो हृदयमा जस्को लगाव तिमी बाहेक अन्त कतै
जानै मान्दैनन । यतिबेला छत केवल सिर्फ तिमी र तिम्रो आकृती । साँच्चै भनौँभने मेरो
रगतको हरेक कणमा तिमी नै तिमी मात्र बगिरहेको छौ र बगिरहने छौ ।
हो मैले गलत गरेको छु
। तर मसंग तिम्रो सामु आउने बिकल्प पनि त थिएन । त्यसैले यो सब गर्न वाध्य भएँ । आशाछ
मेरा यि सबै गलत हर्कतको लागि तिमी जस्तो सुसिल केटीले पक्कै पनि माफि दिन्छौ भन्ने
सोँचेकोछु । तिमी सुसिल मात्रै होइनौ साँच्चिकै भद्र, सालीन, र सभ्य पनि छौ, अनी उस्तै
सुन्दर मुहार पनि । जसरी तिम्रो स्वभाव र सुन्दरताको बर्णन गर्न सक्दिन म, उस्तै स्वच्छ
सफा र सुन्दर मन पनि छ भन्ने विश्वाशत छु म । हो त्यही तिम्रो कोमल मनले माफि दिन्छौ
भन्नेमा म पक्का छु ।
हुनत मैले तिमीलाई तिम्रो
ट्युसनसेन्टर देखी अनामनगरको ओरालोसम्म हरेकदिन पछ्याएर् एउटा गलत बिचार र निच व्यबहार
भएको पुरुषले जस्तो व्यबहार गरेकोछु । तर प्रमिस ! म तिमीले सोचेँको जस्तो भने हैन
। बस मलाई त तिम्रो सालीन स्वभावले गर्दा तानिएर तिम्रो एकल प्रेममा परेँ । जतिपटक
तिमीलाई नियाल्न खोज्छु त्यतिपटक म हराउँछु तिम्रो हृदयहको खै कुन कुनामा । तिमी भित्र
आफुलाई कैद गरेर आफैलाइ हराइरहेको जस्तो अनुभुती पाउँछु । हवसको भोगको प्यासमा हैन
तिम्रो कोमल मुटुले सिंञ्चित गरेको रगतको हरेक बुँदमा आफुलाई मिसाउन मन लाग्छ । तिमीले
फेर्ने स्वासको हरेक ढुक्ढुकिमा तिम्रो छातीको धड्कन भएर धड्किन मन लाग्छ । थाहाछैन
तिमीमा त्यस्तो के जादुछ जुनदिन तिमीलाई लाइब्रेरिमा देखेँ त्यसदिनदेखी आरामले चैनको
निद पनि सुत्न सकेको छुइन । मलाई हरेकपल्ट तिम्रो छायाँले झस्काउन आइपुग्छन । तिम्रो
कल्पनामा कोरेको सुन्दर आकृतिले घच्घच्याउन आइपुग्छन र कयौँ दिनदेखिको यो अँध्यारोले
मलाई आरामको निन्द्रा पनि दिएको छैनन । त्यसैले मलाई विश्वाश गर आश्मा ! प्लिज ! म
तिमीलाई प्रेम गर्छु । यो आवेग हैन, यो कुनै आकर्षण हैन, यो कुनै बच्पना वा अपरिपक्वता
हैन, यो कुनै मदहोसी वा बेहोसी हैन, एक तरुण बयस्क युवाले पूर्ण होसहावासमा गरेको निर्णय
हो म तिमीलाई बेहद माया गर्छु । मेरो प्रेम स्विकारेर तिमी मेरो हुनुको अधिकार देउ,
जहाँ म तिम्रो हुनुको आभाषमा आफुलाई सन्सारकै भाग्यमानी मानिस सम्झन सकुँ । यस धर्तिकै
प्रेमिल मान्छेहरुमा आफ्नो मायालु मान्छेको प्रेमी हुनसकुँ ।
एउटा कुरा नढाँटी भन्नुपर्दा
मैले तिमीलाई तिम्रो ट्युसनसेन्टरमा हैन हाम्रो कलेजको लाइब्रेरिमा पहिलोपटक देखेँको
थिएँ । देख्नु मात्रै हैन आश्मा ! पहिलोपल्ट देख्ने बितिकै म तिम्रो नयन भित्र आफुलाई
कैद गरिसकेको थिएँ । हो त्यहिदिन देखी मैले तिम्रो आउनेजाने हरेक गतिबिधिको सुक्ष्म
तरिकाले हेरिरहेको थिएँ । त्यहि दिनदेखी तिमीलाई कलेजमा पिछा गर्न नसकेर कलेज सकिएपछी
तिमी कहिले र कहाँकहाँ जान्छौ भनेर पत्तो लगाएँ । त्यसपछी तिमी म बस्ने रुमको ठीक अगाडिपट्टिको
बिल्डिङमा ट्युसन पढ्छौ भन्ने पनि पत्तो लगाएँ । त्यसपछी त बस मलाई अरु के चाहियो
? म हरेकदिन तिमीलाई हेर्न र तिम्रो पिछा गर्न लागेँ । हुनत मैले हरेकपटक तिम्रो पिछा
गर्दा नै मेरो आफ्नो मनको कुरा भन्न चाहन्थेँ तर सकिन । हरेकदिन तिम्रो अघिपछी गरेर
तिमीलाई फलो गर्नुबाहेक मेरो कुनै प्रगती भएको थिएन । शायद मेरो हरेकदिनको व्यबहार
तिमीले पनि थाहा पाएको हुनुपर्छ । त्यसैले पछील्लो समय म देखी निक्कै ससंकित भएर हिँडेको
महसुस गरेको थिएँ । त्यसपछी मलाई लाग्यो मेरो व्यबहार कुनैदिन अरुको सामु नराम्रोगरी
छताछुल्ल हुनेछ । हामी दुबैजना बद्नामी हुनेछौँ भन्ने सोँचेरै तिम्रो नाम सुन्ने र
तिमीलाई मेरो प्रेम प्रस्तव राख्ने हिम्मत बटुलेर आएँ । अन्तत यतिबेला त्यसैको परिणाम
स्वरुप मेरो हातले तिम्रो लागि भनेर लेखिएको प्रेम-प्रस्ताव तिम्रो हातमा छ जुन तिमी
यतिबेला पढिरहेको छौ ।
एउटा कुरा आश्मा ! यो
सन्सारमा म मात्रै एक्लो प्राणी होइन जस्ले आफ्नो प्रेमको भिख मागिरहेको छ तिम्रो सामु
। यहाँ हरेकले हरेकलाई प्रेम गरेर बाँच्छन । एकले अर्कालाई माया र समर्पण गरेर जिउँछन
। जहाँ हामी पनि यो धर्तिको अर्को प्रेमी भएर मिसिन खोज्दैछौँ । जसमा तिमीले पूर्णता
दिन्छौ भन्ने आशा गरेकोछु । यो सृस्टिको नियम हो । इश्वरको देन हो । मान्छेलाई भगवानले
माथिबाट प्रेम गर्नकै लागि पठाएकाहुन । त्यहाँ न म अछुतो रहन सक्छु न तिमी । किनकी
प्रकृतिले हरेकको जिबनमा कोही न कोही एउटा खास स्पेसियल मान्छे भाग्यमा लेखेर पठाएको
हुन्छ । जस्तै मेरो भाग्यमा इश्वरले तिमीलाई पठाएको हुनुपर्छ । रत हरेकदिन तिम्रो अघिपछी
हिँडेर यो अभद्र व्यबहार जस्तो भूमिका निभाउनु परेकोछ मलाई । नत्र त तिमी आफै सोँचन
एकपल्ट ! तिमी कोहौ ? म को हुँँ ? तैपनी तिमीलाई देखेको दिनदेखी तिमी मेरै हौ भन्ने
अनुभुती हुन्छ मलाई । यदी ठन्डा दिमागले आँखा चिम्लिएर सोँच्यौ भने तिमीले पनि आफुभित्र
मलाई पाउनेछौ । यदी आँखा भित्र तिमीले मलाई पायौ भने सम्झ तिमी पनि मलाई अन्जानमै सही
तर प्रेम गर्छौ, माया गर्छौ । यदी तिमीले आँखा चिम्लिदा पनि म तिमीभित्र आइन भने म
सम्झनेछु कि म तिम्रो लागि बनेकै होइन । तर यदी आएँभने तिमीले मेरो पत्रको जवाफ अवस्य
दिनेछौ । आशा गर्छु मेरो मायालाई सडकमा कुल्ची मिल्काउने छैनौ । प्रेमको भ्रुँण जन्मनै
नपाउँदै हत्या गर्नेछैनौ । यस्लाई फूल्न फल्न मद्धत गर्नेछौ भन्ने आशा गरेको छु ।
हो प्यारी आश्मा ! तिमीलाई
मैले भनिसकेको छु कि तिमीलाई लाइब्रेरिमा देखेकै दिनदेखी तिम्रो मायामा पागल बनेकोछु
। रातको मध्यरातमा रुमको बाहिर बार्दलिमा निस्किएर बार्दलिको जून हेरेर तिमीलाई कल्पिनु
मेरो दैनिकी भएकोछ । अझ त्यो भन्दा पनि धेरै तिम्रो छाँयाले सतायो भने म बसेको घरको
छतमा बसेर घन्टौँसम्म तिम्रो आँखामा कैद गरिराखेको आकृतिसंग गफ गरेर बस्छु । थाहाछैन
यो प्रत्येक रातहरुले जब साँझ पर्दैजान्छ तब कुनै साँझ तिम्रो याद लिएर आउँछ ! कुनै
साँझ तिम्रो याद दिएर जान्छ ! तर मलाई त त्यो साँझको पर्खाइ छ जुन साँझ उसले तिमीलाई
लिएर आवोस र मलाई अंकमाल गरेर प्रेम गरेर जावोस । हो आश्मा ! म त्यही समयको प्रतिक्षामा
छु जुन समय तिम्रो सुकोमोल औलाहरुले चुमी पठाएको सुन्दर प्रेमाक्षरहरुले भरिएको प्रेमिल
पत्र होस् त्यो पनि मेरो नाम गरी लेखिएका । तिनै प्रेमिल पत्रहरु पढ्न ब्यग्र बनेको
छु । ब्याकुल बनेको छु । आशा छ तिमीले मेरो सपनाहरु सपना हुन दिनेछैनौ । कल्पनाहरु
सिर्फ कल्पनामै सिमित हुन दिनेछैनौ । मैले कल्पिएका हरेक पलहरु वास्ताबिक्तामा तिमीलाई
पाउन सकुँ । तिसबै यथार्थमा परिणत हौन जहाँ मेरो न्यानो अंकमालमा तिम्रो तातो स्पर्श
हौन । अनन्त अनन्तसम्म आकाशको जून र ताराहरु जस्तै युगान्तर सम्म ।
हो म मान्छु, तिम्रो
लागि अन्जान छु, अनी तिमी मेरो लागि । तर अन्जान सम्बन्ध नै कालान्तरमा गएर सताप्दिकै
सुन्दर प्रेमकथा पनि त हुनसक्छन । त्यसैले बिन्ती आश्मा ! नाइ नभन मेरो यो प्रेमबिन्तिलाई
। बरु बाचा गर भन, म सन्सारका ति सबै देवीदेवताको कसम खान सक्छु । अल्लाह, इश्वर, देवता
जेभन सबैलाई भाक्न सक्छु । त्यसैले तिम्रो स्विकारोक्ती पछी कुनैदिन हाम्रो सम्बन्धमा
यदी आँच आएछ भने बरु म सम्झौता गरौँला । तिमी रिसाउ, झगडा गर, घुर्काउ सबै मै सहुँला
। तिमी आफुलाई सहनै नसक्ने पिडा भएछ भनेपनी मलाई हिर्काएर आफ्नो पिडा शान्त बनाउ म
कुटिन, पिटिन, भुत्लिन तयार हुनेछु । किनकी तिम्रो प्रेमले सृजिएका सबैसबै तिम्रो नादानी
सहिदिउँला । यदी कहिलेकाँही सानो कुरा र गल्तिहरुमा सम्बन्ध बिच ठुलो पर्खाल बनी खडा
भैदिएछन् भनेपनी त्यतिखेर ति पर्खालहरु म स्वयम तोडेर तिम्रो विश्वाश र भरोसा बाँधी
राखौँला । अलिकती तिमी केही हिम्मत थपीई देउ त्यहाँ म आँट भरोसा थपिदिउँला । मायामा
हुन्छ मात्रै भन थोरै साहस् गरिदेउ म प्रेमको युद्ध जिताइ दिन्छु । विश्वाश गरेर त
हेर आश्मा ! प्रेमको सागर तारी दिन्छु । जहाँ सुन्दर डुंगाहरु तैरिरहेका हुनेछन । जस्मा
केवल तिमी अनी म हामी दुई मात्रै हुनेछौ । अनन्तसम्म सयर गर्नेछौँ सुन्दर तलाउँमा ।
मानौँ हाम्रो प्रेम देखेर प्रकृती पनि रमाउन, कि बादल पनि नाचेजस्तो, आकाश पनि हाँसे
जस्तो ।
अन्त्यमा ! हरेकदिन तिम्रो
अनुहारको झझल्को संगै उदाएर अस्ताउने बिहान बेलुकिको घामको उज्यालो र अँध्यारोसंगै
तिम्रो यादहरु अनौठा लाग्छन । सोच्छु किन यस्तो हुन्छ मलाई ? हरेक साँझबिहान र मेरो
दैनिकिमा तिम्रो प्रभाव त परेकैछ । अझ त्यो भन्दा पनि पिडा त, जब साँझ ढलेर रात छिपिदै
जान्छ तब तिम्रो हरेक अदाहले सताउँछ मलाई । हिँड्न खोज्छु हिँड्न सक्दिन । सुस्ताउँछु
निदाउन सक्दिन, खै केले रोकेको छ मलाई ? कहाँ रोकिन्छु यसरी ? मानौँ चलिरहेको पृथिबी
एकछिनको लागि रोकिएको जस्तै हुन्छु । क्षितिजमा ढल्दै गरेको घामलाई हेरेर टोलाउँछु
। औँशिको कालो रातले खप्लक्क निल्न लागेको जूनलाई हेरेर आतिन्छु । अनी फेरी त्यही जूनलाई
पुर्णेको उज्यालोमा हेरेर टोलाउँछु । कुरा यतिमात्रै हैन आश्मा ! आकाशमा छरपस्ट भएका
ताराहरुलाई हेरेर टोलाउँछु । बगैँचामा फूल्दै गरेको फूल होस या तिनका काँडा हेरेर होस,
खै किन यसैयसै टोलाउँछु । तिमीले छुएर हिँडेको प्रत्येक वस्तु, तिमीले कुल्चिएर हिँडेको
धुलोको कणकण हेरेर टोलाउँछु । किन तिमीलाई हरेक ठाउँँ यत्रतत्र सरबत्र अनेक अवयबमा
पाउँछु । हो मलाई थाहाछ, यो पत्र लेखिरहँदासम्म तिमी मेरो होइनौ । तर तिमी मेरो नभएरै
पनि मेरो भौतिक सरिरको आत्मा भित्र तिमीलाई नै पाउँछु । मैले देख्ने हरेकदिनको सपनिमा
तिमीलाई नै पाउँछु । त्यसैले तिमी नभएरै वा तिम्रो साथ नभएरै पनि तिम्रो हाँसोहरुले,
तिम्रो आवाजहरुले, अनुभुतिका तिम्रो स्पर्शहरुले, आभाषमै सहि तिम्रो प्रेमको न्यानो
अंकमलाले पलपल साथ निभाइरहेको महसुस हुन्छ मलाई । घडीको सुइको प्रत्येक सेकेन्डमा तिम्रो
यादहरुले सताउँछ मलाई । जसरी यिनै अनेकन आभाषले गिजलेको छ मलाई उसैगरी मेरो मायाको
आवाजको प्रेमबिन्ती सुन्नेछौ भन्ने आशा गरेकोछु । मलाई आशा छ आश्मा ! मेरो पत्र पढिसकेर
पक्कै यसको जवाफ लेखी पठाउनेछौ भन्ने आत्माबिस्वासको साथ पुनश्च एकपल्ट करोडौं मायाँहरुको
पुष्पगुच्छाहरु तिमीलाई । आजिबन नभुल्ने मायाको, प्रेमको प्रण सहितको न्यानो स्पर्श
तिमीलाई । हस्त पत्र लामो भयोहोला झर्को नमानी पढ्छौ भन्ने पूर्ण आशाको साथ यो कलम
यहीँ बन्द गर्नचाहन्छु ।
उही तिमीलाई चाहने
राज रिजाल ।
सरसरती पत्र पढेर टुङ्गाएँ
। रातको दुइबजे खोलेर पढेको त्यो पत्रले मेरो झन होसहावास नै उडायो । उसैत मनमा त्यही
कुरा खेलेर निदाउन सकेको थिईन । झन त्यो पत्र पढिसकेपछी हातखुट्टा लल्याकलुलुक भएर
आयो । छाती भित्रको आफ्नै मुटुले ठाउँँ छोडे जतिकै भयो । उसैत तनाबमा रहेको मान्छे
झन अबत अरु केनै चाहिन्थ्यो र ? मध्यरातमा पढेको त्यो पत्रले म जिउँदो छु वा मरेको,
मेरो श्वास चलेकाछन वा रोकिएका छन ? आफैलाइ सम्हाल्न सकिरहेको थिईन । पत्रलाई एकपल्ट
हैन दुइपल्ट हैन, पटकपटक पढेर आफुलाई सहज बनाउँनु खोज्छु हुँदैहुँदैन । धर्ती फाटेको
जस्तो, आकाश घोप्टिएको जस्तो, त्यो सून्सान कोठाले मलाई नै गिँजलेको जस्तो, निस्सासिएको
जस्तो भएकी थिएँ । शायद बिहानको साढेचार बजेको हुनुपर्छ । बाहिर सबैजना उठिसकेका थिए
। बाटोमा हिँड्ने मान्छेहरुको चहलपहल सुरु भैसकेको थियो । बिहानको दुध, सब्जी र पत्रीका
बेच्नेहरु साइकल र बाइकमा दुध-दुध सब्जि-सब्जी भन्दै कराएको आवाज भित्र रुमको भित्तासम्म
ठोकिएर मेरो कानमा गुन्जिएरहेको थियो । तैपनी बिहानको त्यो पखमा भने रातभरीको छट्पटी
र अनिदोले गर्दा फुस्स निदाएछु ।
त्यो दिनको बिहान ९ बजे
मात्रै बिउँझिएछु । त्योपनी रुममा माइजु आएर नानी केभयो ? सन्चो भएन ? किन कलेज नजानु
भएको भनेर उठाउनु हुँदा मात्रै आत्तिदै उठेको थिएँ । बिउँझदा भत्भती आँखा पोलिरहेको
थियो । शायद रातभरी अनिदो भएकोले गर्दा पनि होला खपिनसक्नु गरेर टाउको पनि दुखिरहेको
रहेछ । हैन माइजु अलिक टाउको दुखेको जस्तो भएर रातभरी निदाउनै सकिन र अहिले बिहान मात्रै
निदाएछु त्यसैले कलेज जानै सकिन । मैले झुट बोल्दै आफु भित्रको तनाब लुकाउन खोजेँ माइजुसँग
। फेरी यतिकैमा माइजु बोल्नुभयो । अनी सन्चो नभएको भए बेलुकै किन नभन्नुभएको त ? त्यसरी
चुप लागेर नभनी सुत्ने हैन है । अर्कोपल्ट त्यस्तो सन्चो भएनभने भन्नु । हेरत बेलुकै
औषधी खाएर सुत्नु भएकोभए अहिलेसम्म ठीक भैसक्थ्यो । माइजु आफ्नै सुरमा फत्फताउँदै रुमबाट
निस्किएर जानुभयो ।
त्यो दिनको दिनभरी उज्यालोमा
त वरपरको बातावरण र होहल्लाले दिन कटेको पत्तै भएन । तर फेरी उसैगरी आजपनी साँझ पर्दै
गएपछी उही मान्छे, उही हर्कत, उही पत्र आँखामा नाच्न थाल्यो । जसोतसो कटेको दिनको उज्यालो
अब रातले फेरी पिरल्ने पालो थियो । जतिजती साँझ ढल्दै जान्छ उतिउती बड्दै गएको रातले
तर्साउन थाल्यो । तर आजभने हिजोको भन्दा अलिक सहज र मनमा हतास हटेको जस्तो मन केही
स्थिर भएकोथियो । जसरी गएराती बेचैनिले डरैडरको बिचमा रात बितेको थियो तर आजभने मन
अलिक शान्त भएको थियो । शायद सडकमा दिनभरिको मान्छेहरुको भिडभाड देखी अनेकन गाडी, बाइक,
साइकल आदिको बिभिन्न आवाजहरुले मेरो मनलाइ मत्थर बनाएको थियो । त्यसैले भोलिपल्टको
रात केही सहज भएको जस्तो लागेको थियो ।
यस्तैमा बेलुकिको खाना
पनि सबैले खाइसक्यौँ । त्यसपछी हरेकदिनको जस्तै कोही टिभी हेर्न थाले । कोही आ-आफ्नो
रुममा गएर पढ्न थाले भने कोही चै सुत्न तर्खर गर्नतर्फ लागे । म पनि भान्षाको सबै झुठोभाँडा
सफा गरिसकेर आफ्नो रुम तर्फलागेँ । त्यसपछी अघिल्लो दिनको प्रोजेक्ट गर्नुथियो त्यही
प्रोजेक्ट गर्नतर्फ लागेँ । बेडमा बसेर घोप्टिपरेर प्रोजेक्ट गरिरहेको थिएँ यतिकैमा
फोनको घन्टी बज्यो । टेबलमा चार्जमा राखेको मोबाइलको प्लग खुस्काउँदै मोबाइले तानेर
हेरेँ । कल सोबिताको रहेछ । अँ भन ! किन कल गरिस यतिबेला ? सुतेकी छैनस त ? यताबाट
फोन रिसिभ गर्दै बोलेँ म । लगत्तै सोबिता बोलिन उताबाट । नाइ सुतेकै छैन । पढ्दैछु,
अँ भन ! किन नआएकी आज तँ चै कलेज ? सोबिताको प्रश्न सकिने बित्तिकै जवाफ फर्काएँ ।
आज अलिक टाउको दुखेर उठ्नै सकिन त्यसैले नआएकी । ए ! अनी भोली आउछेस कि के गर्छस ?
फेरी सोबिता बोलिन । उम आउछु । मैले छोटो उत्तर दिएँ । ए ए ल ल । राखेँ है अहिले ?
गूड् नाइट । सोबिताले बिदा माग्दै बोलिन । हस गूड् नाइट भन्दै मैले पनि कल काटेर पुनह
प्रोजेक्ट गर्न लागेँ ।
दिमागमा भएको तनाबले
गर्दा अघिल्लो दिनको कलेजको काम केहीपनी गरेकी थिईन । त्यसैले ढिलोगरिकन राती एघारबजे
तिर मात्रै सकेँ र सबै किताब कपिहरु थन्काएर सुत्ने तर्खरमा लागेँ । सुत्नु अगाडि एकछिन
फेसबुक खोलेर हेर्न मन लाग्यो । फेसबुक खोल्ने बित्तिकै दर्जनौ नोटिफिकेसनहरु आएर रातो
टिकामा बसेको रहेछ । यस्तैमा दर्जनभन्दा धेरै फ्रेन्ड रिक्वेस्टहरु पनि थिए । हेर्दैगएँ,
कती परिचित कती अपरिचित मान्छेहरुको रिक्वेस्ट थिए । तिनै मद्धेमा उसको पनि रिक्वेस्ट
आएको रहेछ । उसको मत्लब राजको पनि तिनै नामहरुको लिस्टमा झुन्डिएको थियो । उसको नाम
देख्ने बित्तिकै केगरौँ कसोगरौँ भएर दोधार हुँदाहुँदै हड्बडाएर एक्कासी एक्सेप्ट गर्न
पुगिहालेँ । त्यसपछी त अरु के चाहियो । जतिबेला मैले एक्सेप्ट गरेँ त्यतिबेला शायद
राज फेसबुक खोलेर बसेको हुनुपर्छ । मैले एक्सेप्ट गरेको पाँच मिनेट पनि हुननपाउँदै
हाइ भनेर मेसेज आइहाल्यो । मैले न हाइ न हेल्लो, न नमस्कार ! केही फर्काइन । शायद मैले
यता उसको मेसेज हेरेको हरियो सिग्नल उसको मोबाइलको स्क्रिनमा देखाएको हुनुपर्छ । त्यसपछी
लगतै उसको अर्को मेसेज आयो । हेलो आश्मा ! चिनेनौ मलाई ? म राज ! उसले आफ्नो परिचय
दिने बाहानामा अरु मेसेजलाई लम्ब्याउन चाहन्थ्यो वा ऊ मेरो आसाय बुझ्न चाहन्थ्यो ।
यतिकैमा मैले को राज ? चिन्दिन म कुनै राजसाज भन्दै रिसाएको भावमा जवाफ फर्काएँ । उसले
मेरो जवाफको आसाय बुझेको हुनुपर्छ । त्यसैले फेरी माफि माग्ने शैलिमा अर्को मेसेज पठायो
। म उसले गरेको मेसेजको कुनै जवाफबिना लगतार एकोहोरो हेरिरहेको थिएँ । आश्मा प्लिज
! नरिसाउन यार । म तिमीले सोचेको जस्तो त्यस्तो नराम्रो मान्छे हैन । प्लिज ! मलाई
बुझ्ने कोशीस गर आश्मा । म तिमीलाई औधी मन पराउँछु । हो मेरो तरिका गलत थिएहोलान, म
मान्छु तर मेरो अर्को बिकल्प पनि त थिएनन । सरी आश्मा ! बरु भन तिमी जे सजाय दिन्छौ
म भोग्न तयार छु । तर यसरी अन्जान बनेर मलाई तड्पाउने कोशीस नगर प्लिज आश्मा प्लिज
! ऊ लगतार मेसेज गरिरहेको थियो । म भने उसको मेसेज त्यती हेरिसकेर नेट अफ गरेर सुत्न
तर्खर गर्न लागेँ । शायद अघिल्लो दिनको अनिदोले पनि होला त्यो दिनको उसको मेसेज आएर
पनि मनमा कुनै कुरा नखेलाई सजिलै तनाबमुक्त भएर निदाएको थिएँ ।
भोलिपल्ट कलेज गएँ तर
राजलाई देखिन । उसलाई नदेखेपछी भने मन अलिक शान्त भएको जस्तो भयो । त्यसपछी कलेज बिदा
भएपछी ट्युसन गएँ र बेलुकी रुम फर्कन लागेँ, निस्कनु अगाडि गेटबाट बाहिर कतै कुरेर
पो, बसेको छ कि भनेर चारैतिर आँखा डुलाएँ तर कतै देखिन उसलाई । त्यसपछी म त्यहाँबाट
साइकल लिएर सरासर रुमतर्फ लागेँ । त्योदिन भने कलेज देखी ट्युसन र ट्युसन देखी रुमसम्म
बाटोमा कहिँकतै उस्लाई देखिन । त्योदिन भने अलिक मन ढुक्क र शान्त भएको थियो । तर जब
बेलुकी दश बज्थ्यो तब उसको लगतार मेसेजहरु आउने क्रम रोकिएन । आज-भोली भन्दै दैनिक
उसको मेसेजहरु गूड् मर्निङ र गूड् नाइट अनी केछ खबर सञ्चै छौ ? आदी सानामसिना साधारण
मेसेजहरु इन्बक्समा आएर बसेका हुन्थे । तर पनि मैले कतिदिनसम्म उसको मेसेजको जवाफ फर्काइन
। बस उताबाट मेसेज आएर बसेको हुन्थ्यो । म भने उसको हरेक मेसेजहरु हेरेर उत्तर नफर्काइ
त्यतिकै छोडि दिन्थेँ । यसरी नै उसको लगतार आउने मेसेजहरु कुनैदिन रोकिएनन । कहिले
माफि मागेर पठाएको हुन्थ्यो भने कहिले निराशा लाग्दो मेसेजहरु छोडेको हुन्थ्यो । यसरी
लगतार आएको उसको मेसेजले भने कहिलेकाँही माया पनि लाग्थ्यो तर जवाफ फर्काउन डर लागेर
आउँथ्यो । अन्य धेरै केही नलेखे पनि उसले गरेको गूड् मर्निङ्ग र गूड् नाइट अनी केछ
सञ्चै छौ भनेको आदी मेसेजहरुको जवाफ फर्काउँकी जस्तो नलागेको पनि हैन । तर जवाफ फर्काउन
लागेको मेसेजहरु पनि कतिपल्ट त टाइप गरिसकेर पनि फेरी डिलेट पनि गरेको छु । किनकिन
मलाई खै कहाँ ऊ देखी डर लागेर आउँथ्यो । लेखिसकेको मेसेज पनि मेट्न वाध्य हुन्थेँ ।
हरेकदिन साँझबिहान उसको
मेसेजहरु आउने क्रम रोकिएन । तर त्यतिबेला मलाई कताकता उसको माया लाग्न थालेको थियो
शायद । त्यसैले हरेक बिहान र बेलुकी उसको मेसेज आयोकी भनेर इन्बक्स चाहर्न थालेको थिएँ
। आज के लेखेको छ भनेर हेर्न मन आतुर हुन थालेको थियो । जब बेलुकी कलेज् सकिएर रुम
आउँथे तब सबैभन्दा पहिले उसको इन्बक्स गएर नियाल्थेँ । मेसेज हेरिसकेर फेरी अरुदिनको
जस्तै बिनाजवाफ मोबाइल बन्द गर्थेँ । शायद उताबाट उसले पनि कम्सेकम मैले उसको मेसेज
हेरेको हरियो सिग्नल मै चित्त बुझाएर बस्दो हो । त्यसैले पनि ऊ भित्र आशा र उर्जा मरेको
थिएन । उस्लाई लागेको हुनुपर्छ । म कुनै न कुनै दिन उसको मेसेजको जवाफ दिनेछु वा लेखेर
दिएको पत्रको जवाफ पठाउनेछु भन्नेमा ढुक्क थियो शायद ! रत, हरेकदिन मैले मेसेजको जवाफ
नफर्काउँदा पनि लगतार मेसेज गरिरहन्थ्यो । म सोँच्थेँ कि उसको जतिपनी मेसेज आउँछन ति
सबैको उत्तर नफर्काएपछी ऊ एकदिन गल्नेछ, थाक्ने छ र मेसेज पठाउन बन्द हुनेछ । तर त्यस्तो
भएन । ऊ लगतार मेसेजहरुको रफ्तार अझ तिब्र गतिमा बढाइरहेको थियो । पहिलेको तुलानामा
अझ मेसेजहरु निकै लामालामा पठाउन थालेको थियो ।
एकदिन सँधाको झैं बेलुकिको
खाना खाइसकेर जब आफ्नो रुममा पुगेर मोबाइलको स्क्रिन अन गरेँ । तब सुरुमै उसकै मेसेजको
नोटिफिकेसन देखिहालेँ । त्यसपछी के लेखेको रहेछ भनेर हतारिँदै हेरेँ ।
प्यारी आश्मा !
यो पल्ट तिमीलाई मायाको
कोशेली पठाउन सकिन मलाई माफ गर । शायद मेरो सबै कोशीस र बाटोहरु बन्द भएको हुनुपर्छ
। आजसम्म तिम्रो जवाफको प्रतिक्षा गरीबसेँ तर पाउन सकिन । अब आशाहरु प्रेमको उर्जा
बनेर हैन निराशा बनेर ढल्दैछन । तरल पानीको थोपा झैं पोखिदैछन । शायद तिनलाई पनि म
अंञ्जुलिमा उठाउँ भरेर उठाउन असर्मथ छु । रत बिस्तारै आफु हारेको महसुस गर्दैछु । यिनै
पिडा भित्र तिमीलाई मेरो दुई थोपा आँशुको कोशेली पठाएको छु यसपटक । कृपया ! कम्सेकम
यो आँशुलाई सुइकार्छौ भन्ने आशा लिएको छु ।
हुनत मायाको कोशेली पठाउन
सकिन भन्दाभन्दै पनि मेसेजको सुरुवातमै प्यारी आश्मा भनेर सम्बोधन लगाएको छु । शायद
तिमीलाई हाँसो पनि लाग्दो हो । शायद तिमीलाई म देखी रिस पनि उठ्दो हो । तर प्रमिस आश्मा
! बाचा गर्छु आइन्दा यस्ता मायालु र आत्मिय शब्दहरुले सम्बोधन गरेर तिमीलाई दुखाउने
कुचेस्टा हुनेछैन । अब घरिघरी तिम्रो अघिपछी गरेर सताउने छैन । बाचा गर्छु मेरो कर्तब्य
र जिम्मेवारीलाई भुलेर तिमीलाई दु:ख दिन आउनेछैन । दुनियाँँको अगाडि तिमीलाई आफु लज्जित
भएको वा अपमान भएको महसुस हुनदिन आउनेछैन । किनकी आजदेखी बाचा गरेकोछु तिम्रो बाटो
छेक्ने छैन । तिमीलाई त्योदिनको जस्तो रुवाउने छैन । किनकी माया गर्ने मान्छेले आफुले
माया गरेको मान्छेलाई रुएको वा आँशु झारेको देख्न सक्दैन । अपमान वा कुनै मानहानी बेइजती
भएको देख्न चाहदैन । हो तिमीलाई पाईनत केभो ? तिमीलाई टाढैबाट प्रेम त गर्न सक्छुनी
! माया त गर्न सक्छुनी !? यदी त्यो पनि गर्ने हक दिदैनौ भने घृणा पनि गर्ने छुइन ।
विश्वाश गर आजबाट तिमीलाई बिझाउन आउनेछैन ।
हो आश्मा ! शायद तिमीले
मलाई गलत ठानेको हुनुपर्छ । तर म तिमीले सोँचे जस्तो केटा थिईन । बाउआमाको सुन्दर सपना
बोकेर उच्च-शिक्षा हासिल गर्न शहर छिरेको थिएँ । वहाँँहरुको त म माथि सपना र भरोसा
विश्वा अनी आशा त थियो नै । तर त्यो भन्दा पनि ठुलो जिम्मेवारी घरको जेठो छोरो सबै
जिम्मेवारी र कर्तब्य मेरै काँधमा थियो । एकातिर परिवारको सपना, जिम्मेवारी अनी आफ्नै
भबिश्य सपना पुरा गर्नुथियो मैले । हो म काठमान्डौ आएको पनि यतिका बर्ष बितिसके ।
IAC सकेर BSC को पहिलो बर्ष पनि उत्कृष्ट अंक ल्याएर टपर बनेर सकाएँ । त्यसपछी त हिजोसम्म
मेरो काँधमा बाउआमाको मात्रै सपना थियो म माथि । तर आज कलेजकै पनि म एक जेहेन्दार र
आशा लाग्दो छात्र भएर उभिएकोछु । म माथि अब कलेजकै पनि धेरै आशा र भरोसा छ । एउटा असल
विद्यार्थी उत्पादन भएर कलेजकै नाम राखोस् भन्ने चाहना छ वहाँँहरुको पनि । यसरी कलेजकै
टपर भएर निस्कदा मेरो जिबनमा पनि एकसे एक केटीहरु नआएका होइनन, आएका थिए । तर मैले
मेरो कर्तब्य र क्यारियर भन्दा अगाडि केही सोँचिन । मैले परिवार, कलेज र आफु बाहेक
अरुलाई देख्दै देखिन । हिजोसम्म आफ्नो कर्तब्यमा हिँडेको मान्छे, कतिको प्रेम प्रस्तव
र प्रेम पत्रहरु दुत्कारेको मान्छे जुनदिन तिमीलाई लाइब्रेरिमा देखेँ त्यही दिनदेखी
म मेरो जिम्मेवारीबाट चुकेको रहेछु । मैले आफ्नो नैतीकता र जिम्मेवारी भुलेको रहेछु
। खै तिमीमा त्यस्तो के जादु थियो र म तिम्रो छायाँमै पग्लिएँ । मैले हार खाएँ तिम्रो
आकृतिसंग । त्यसैको बाबजुद हरेकदिन मोहनी लागेको झैं गरेर तिम्रो अघिपछी हिँड्ने भएर
तिम्रो सामु आफुलाई निचता प्रदर्सन गरेँ । यस्मा मलाई अझै पनि किंञ्चन पछुतो लागेको
छैन । आफैले गलत गरेकोछु भन्ने लागेको छैन । किन म यसरी तिम्रो छायाँको पछी गरुडको
अगाडि लठ्ठिएको सर्पझैं भएकोछु ? आफैलाइ अचम्म लाग्छ ।
हो कसैले मलाई मन पराए
तर मैले मन पराइन । शायद जजस्ले मलाई मन पराए, जजस्ले मलाई प्रेमपत्रहरु दिए तिनिहरुको
पत्रको वास्तै गरिन । शायद तिनिहरुको कती मन दुखेको हुँदो हो । जसरी आज तिम्रो पछी
लागेर तिम्रो माया पाउन तड्पिएको छु म उसैगरी कोही तड्पिएको छ मेरो माया पाउन । शायद
तिनिहरुको पाप लागेको हुनुपर्छ मलाई । कसैको माया टुक्र्याउनु उसलाई नसुइकार्नु मात्रै
होइन उसको अपमान पनि गरेको हो । त्यसैले ति पत्रहरुको बेवस्ता गर्दा कतिको अपमान गरेको
छु जसरी आज तिमीले मेरो पत्रको जवाफ नदिदा आफुलाई अपमान महसुस गरेको छु । शायद तिनै
निर्दोश आत्माहरुको पाप लागेको हुनुपर्छ मलाई र तिमीले मलाई असुइकार गरेको हुनुपर्छ
।
हुनत प्रेम गरेर गरिँदैन,
मायाँ पोखेर पोखिदैन, यो हरेकमा आफै आत्मादेखी पलाएर आउनुपर्छ । जसरी अरुको लागि मलाई
त्यो भाव अनुभुती भएन त्यसैगरी म प्रती तिमीलाई अनुभुती नभएको हुनुपर्छ । आखिर तिमी
पनि त म जस्तै मान्छे हौ, मैले अरुलाई मन नपराए जस्तै तिमीलाई म मन नपर्न सक्छु । तिम्रो
नजरमा नराम्रो लाग्न सक्छु । शायद यस्तै बेमेल भएको हुनुपर्छ हाम्रो हेराइमा ।
हुनत आशमा ! तिम्रो अगाडि
अर्थबिहिन भएको तिमी प्रतिको मेरा शब्दहरु तिमी सामु आउनु न आउनुको कुनै तुक छैन र
कुनै महत्वपूर्ण पनि छैन । तैपनी सारा दुनियाँँलाई भुलाएर तिम्रो सामु जिबनकै पहिलो
प्रेमपत्र लेखेर प्रेमको इजहार गरेको थिएँ । तिम्रो सामु पहिलोपटक प्रेमबिन्ती बिसाएँको
थिएँ तिम्रो नजर अगाडि । तर ति सबै मुल्यहिन मेरो हर्कतहरुलाई आजपनी माफि दिन्छौ भन्ने
आशा गरेकोछु । मन पनि कतै मैन बनेको हुँदोरहेछ त कतै ढुंगा बन्दो रहेछ । कसैको मन मेरो
लागि मैनको बनेहोलान तर तिनका लागि मेरो मन ढुंगा बनेका थिए । जसरी तिम्रो लागि मेरो
मन मैन बनेर पग्लिएको थियो उसैगरी तिम्रो मन ढुंगा बनेर कठोर बनेको छ मेरो लागि, जो
कहिलै पग्लिदैन । वास्ताविक्ता भन्दा टाढा मान्छेको मन हुँदोरहेछ । तिनका भावना कल्पनाको
सिमिततामा सिमित हुँदा रहेछन जहाँ हामी सपना देखेरै क्षणिक रमाउने वा खुशी हुने बहना
खोज्दा रहेछौँ । मलाई पनि यस्तै भयो जहाँ वास्ताबिक्ता को तितो यथार्थ हैन कल्पनाको
भावसागरमा तिमीभित्र हराएको थिएँ । शायद त्यो सत्य थिएन ।
हुनत यहाँ कस्लाई दोष
दिनु आश्मा !? समयलाई कि घडीलाई ? मान्छेलाई कि नियतिलाई ? वा चल्दै गरेको हावालाई
कि दियो लाई ? घडीलाई चल्नु थियो, समयलाई नियम पछ्याउनु थियो । मान्छेलाई आफ्नो स्वार्थसंग
सम्बन्ध थियो, नियत र नियतिलाई त दोष दिनु मात्रै थियो । हावालाई चल्नु थियो, दियोलाई
त निभ्नु थियो । सबैको आ-आफ्नै नियमसंग चल्नु थियो । केवल दोष त जिब्रोलाई मात्रै थियो
। त्यसैले तिमीलाई पत्रको जवाफ दिएनौ भनेर दोष लगाउँदिन किनकी तिमीलाई पाउनु मेरो स्वार्थ
थियो त्यो पनि मायाको, प्रेमको । त्यसैले तिमी दोषरहित छौ आश्मा ।
हुनत मलाई थाहाछ आश्मा
मैले जितेको भन्दा हारेको देख्न चाहनेहरु धेरैछन यहाँँ । तर यसो भन्दैमा तिमीलाई म
मेरो जितको वा हारको खेल बनाउन खोजेको हैन । मेरो प्रतिश्ठाको बिषय हैन । तरपनी मान्छेको
स्वभाव नै हुन्छ नै त्यस्तै । कोही जितेको भन्दा हारेको हेर्नमा मज्जा मान्छन । जती
खुशी हुनुमा मान्छे ताली बजाउँछन त्योभन्दा बेसी दुखी हुनमा मान्छे ताली बजाउँछन ।
अक्सर मान्छेहरु अरुको जितमा भन्दा हारमा धेरै रमाउने गर्छन् । त्यसैले मेरो प्रेमको
हारमा कोही हासोस वा ताली बजावोस मलाई कुनै दु:ख हुनेछैन अब । किनकी ! भोली गुम्ने
चिजहरु आजै गुमेकै राम्रो । केथाहा गुम्ने चिज नगुम्दा भोली झन भयंकर पो हुनेहोकी
? हो कताकता मलाई अब यस्तै लाग्न थालेकोछ ।
त्यसैले मेसेजको अन्त्यमा
आश्मा ! एउटा अनुरोध तिमीलाई ! त्यो रातलाई सोध्नु है तिम्रो लागि मेरो आँशु कती खस्यो
भनेर ? यती हुँदाहुँदै पनि यदी तिम्रो मन पग्लिएर आएछौ भने मेरो मनको ढोका तिमीलाई
दिपशिखा जलाएर स्वागत गर्न हमेसा तयारछन । तिमीले आत्मासात नगरेपनी म भित्र तिम्रो
लागि सँधै प्रेम फूलिरहनेछ । माया उस्तै झूलिरहनेछ, जसरी आजछ, भोलिपनी उस्तै रहनेछ
। तिमी आउने बाटोहरुको सबै बाधा-अड्चनहरु फुकाएर स्वागत गरिरहेको हुनेछु । किनकी जिबनमा
पहिलोपल्ट यदी कसैलाई मन पराएको थिएँभने त्यो तिमी थियौ । यदी कसैलाई प्रेम गरेको थिएँभने
त्यो तिमी थियौ । त्यसैले मेरो भाग्यमा र जिबनमा नभएपनी यतिबिघ्न मैले माया गरेको मान्छे
हौ । थाहै नपाई छोटो समयमै एकछत्र राजको मुटु भित्र राज गरेकी मान्छे हौ । यादमा तिमी,
मन मस्तिष्कमा तिमी, अनी प्रत्येक नसा-नशामा बास बसेकी तिमी हौ । छैनौ त केवल भौतिकरुपले
मेरो साथमा । यती भन्दै तिम्रो जिबनको हरेक पाइला पाइलामा भगवानको बास होस । मनको कुनामा
सदैब प्रेम होस । तिमीले चाल्ने हरेक कदमहरुमा सफलता मिलोस । कहिले कहीँ दु:खको अनुभुती
नहोस । तिमीले पाउने कसैको माया पवित्र बनोस । तिमीले जुन लक्ष लिएर अगाडि बढेको छौ
ति हरेक लक्षहरुले तिम्रो उच्चशिक्षाको सपना पुराहोस भन्दै फेरी एकपल्ट सफलताको शुभकामना
।
सदा माया गरिरहने
उही राज ।
बाफरे ! इन्बक्सको मेसेज
पनि कती लामो ? झन्डै दुई पेजभन्दा लामो रहेछ । जिबनमै मैले यतिलामो मेसेज पहिलोपटक
पढ्दै थिएँ । तर यतिलामो भएर पनि त्यो मेसेज कतिबेला सके पत्तै भएन । लाग्यो म मेसेज
पढिरहेको छुइन । केवल आँखा चिम्लिएर हावाको भरमा उडिरहेकोछु । अन्धधुन्द दौडी रहेकोछु
। मेरो आफ्नै होसहावास ठाउँमा थिएन । जति-जती मेसेज पढ्दै जान्छु उतिउती छातीभित्र
मुटुको रफ्तार तिब्र-गतिमा दौडी रहेको थियो । घरिघरी दौडिरहेको मुटुको चालनै बन्दहोला
जस्तो हुन्थ्यो । पढ्दै जाँदा कतै मनको आवेग उर्लन्थ्यो । कतै प्रेमको अनुभुती रोपिएको
जस्तो हुन्थ्यो । कतै मैले उसलाई इग्नुर गरेर अपमान त गरिन ? जस्तो लाग्थ्यो । प्रत्येक
हरफले मेरो निम्ती माया पोखिएको आभाष दिलाउँथ्यो । एकमनले डराए पनि अर्को मनले गएर
अंगालो हालेर उसको छातीमा मुड्की बजार्दै रोइदिउँ जस्तो हुन्थ्यो ।
ति मेसेजहरु पड्दै जाँदा
मनभित्र अनेकौँ कुराहरु छाल हानिरहेको भएपनी जबर्जस्ती उसलाई माया गर्नबाट रोकी रहेको
थिएँ । मनहरु हाम्फाल्न खोज्थे र भावनासंग हराउँथे । तर ति बरालिने चन्चल मनहरुलाई
जतिसक्दो आफ्नो बसमा कैद राख्न भरमग्दुर प्रयास गरिरहेको थिएँ । त्यसोत मुटुको एउटा
कुनाबाट नसोँचेको पनि हैन, खुब सोँचे । उसले ट्युसनबाट फर्किदा पिछा गरेको देखी लिएर
मेरो निम्ती लेखेरे पठाएको पहिलो पत्र अनी त्यसदिनको लामो मेसेज, त्यसभित्र पोखिएको
उसको अनुनय बिनय कमको ठिठ लाग्दो थिएन । उसको मायाको आव्हान लाई अस्विकार गरेर पाप
गरेकी जस्तो पनि लागेको थियो । त्यसैले पनि मनभित्र उसको लागि मायाको पैर्हो खस्नै
लागेको थियो । जसरी अक्करे भिर झरिमा भिझेर बोझ बनेर खस्छ, उसैगरी मनहरु एकतमासले झर्दै
थिए लगतार । समुन्द्रको पानी र पृथिबी तातिएको बाफ आकाशमा पुगेर चिसिदै पानी बनेर खसेको
बादल जस्तै पानीको स्वरुप बर्षात बनेर झर्ने तर्खर गर्दैथिए । त्यसोत आफ्नै आँखा पनि
कुइरिमन्डल मडारिएको हुरिबतास जस्तो बनेर आँशुको बुँदहरु झार्न लागेका थिए ।
मन आफै भित्र फिट्टिक्क
अडिएको थिएन । बतास झैं बेग हानेर उडेको मन एकछिन उसको समिपमा पुगेर याचाना गरिरहेको
हुन्थ्यो भने थाहै नपाई उसको अंगालोमा बेरिएको हुन्थ्यो । एकतमासले बतासिएको मन पृथिबिको
एउटा ध्रुवमा पुगेर ठोकिन्थ्यो भने घरी अर्को कुनामा ठोकिएर फर्कन्थ्यो । तर आफैलाइ
थाहा थिएन कि मन किन कहाँँ केले यसरी बिचलित भैईरहेको छ भनेर । रातको त्यो चकमन्नतामा
कहिले जिबन शुन्य लाग्थ्यो त कहिले मन । कहिले कोठाको बातावरण नै शुन्य लाग्थ्यो भने
कहिले यो धर्ती नै । खालिखाली शुन्य, रित्तो-रित्तो लाग्थ्यो । सोँच्दा-सोँच्दै शरीर
र अनुहारभरी चिटचिट असिनपसिन भएको थिएँ । तर किन ? आफैलाइ बुझ्न सकिरहेको थिईन । डर,
त्रास, चञ्चल्ता, उमंग वा कौतुहल्ता केले ऐठन हुनेगरेर गाँजेको थियो ।
रात छिपिदो त छँदैथियो
त्यो भन्दा धेरै मेरो मन मस्तिस्क खन्डग्रस्त हुँदैथिए । एउटा मनले उसको व्यबहार हेर्दा
कहाली लाग्दो डर भरिएको भएपनी उसको पत्रदेखी त्यो मेसेजसम्मको अवधिमा अर्को मनले भन्थ्यो
। कुन बिष पिलायौ यसरी र यो बन्द कोठामा गला अबरुद्ध बनेकाछन मेरा ? घरिघरी चोइटिएको
झैं टुक्राटुक्रा बनेकोछ मेरो मथिंगल । उसको साँचिकै प्रेम थियो वा कलिलो युवाअवस्थाको
नादानी ? हो रात लम्बिदो छ अनी लम्बिदोछ मेरो निन्द्रा पनि केवल क्षितिजमा देखिएको
जून र ताराहरुलाई आफ्नो झ्यालबाट स्वागत गर्दै । यदी त्यतिबेला मेरो मनको कुरा सुनिदिने
कोही साथी हुँदोहोत थियो त्यही छाती चिर्दो रात, अनिदो आँखा, बाहिरको सडकपोलका धिपधिपे
बत्ती । एकोहोरो भुकिरहेको कुकुरहरुको आवाज, बेलाबेला आउने गाडीहरुको आवाज अनी त्यही
झ्यालबाट प्रबेश गरेको जून अनी ताराहरुको शितल प्रकाश । तर म यि सबैसंग मेरो मनको कुरा
पोख्न सक्दिन थिएँ सिवाय उनिहरुको सामु घुट्घुटिनु बाहेक ।
उफ सोँच्दासोँच्दै रातको
१२, बज्नै लागिसकेको थियो । रुममा सियो खसे पनि आउने आवाजको वातवरणमा परिणत भैसकेको
थियो बिल्कुलै सुनसान चकमन्न । त्यसपछी पटकपटक मोबाइल खोल्दै पढेको त्यो मेसेजलाई भुल्न
मोबाइल लाई बेडको एककुनातिर मिल्काएर जतिसक्दो निदाउने कोशीस गरेँ । तर उहुँ ! निन्द्रा
कहाँपरोस ! मनमनै आफैलाइ भन्थेँ । ए रात ! आइदेउन मलाई पनि लिएर जाउ तिम्रो अध्याँरो
संगै र निन्द्रादेवी कहाँ पुर्याइदेउ । बरु सक्छौभने खप्लक्क निलेर रित्याइदेउन रात
समप्त हुनुअघी । धेरै पिडा भएकोछ मलाई अस्तित्व जोगाउन । म यस्तै याचाना संगै निदाउने
कोशीस गरिरहेको थिएँ ।
हरेकदिन मेरो अघिपछी
गर्ने उसको अनुहार, उसले मेरो लागि भनेर लेखेको त्यो प्रेमिलपत्र, हरेकदिनको उसको मेसेन्जरको
सानासाना मेसेजहरु अनी त्यो लामो मेसेजमा पोखिएको हार, पिडा र थोरै बाँचेको आशामा पग्लिएर
आजको रात जसरी म उसको याद गरेर आफुलाई बिझाउँदैछु के उसैगरी उता उसलाई पनि मेरो यादले
मन पोलेर पिडा भएकोहोला र ? मलाई जस्तै दुखेकोहोला र ? मलाई जस्तै छट्पटी भएकोहोला
र ? किन मलाई आज यतिबिघ्न उसको माया लाग्न थालेकोछ ? किन उसको यादले बिस्तारै सताउन
थालेको छ ? म छक्क पर्छु । यदी मैले उसको प्रेमको आव्हान लाई स्विकारीन भनेपनी ऊ अरुकसैसंग
सँधै खुशी होस भनेर किन देवता भाक्न थालेकी छु ?
उफ..... ! शायद मैले
आफुलाई पत्तै पाईन कतिबेला बिस्तारै ऊ मेरो मुटुको धड्कन भित्र बसिसकेको हुनुपर्छ ।
शायद अब म पनि उसको मायाको बल्छिमा पासो बनेर उनिसकेको होकी ? त्यो रातभर भुल्न खोज्दा
पनि छट्पटिएर कसैगर्दा पनि निदाउन सकिन । बत्ती निभाएको अध्याँरोमा उसको छबी भन्दा
अरु केही थिएन मेरो आँखाभरी । केवल ऊ मात्रै ऊ । अनी फेरी बन्द गरिएका मेरा आँखा एकपल्ट
उघारेर कोठाको चकमन्नता लाई नियाले र पुन आँखा बन्द गरेर मनमनै भनेँ तिमीलाई माया गर्छु
गर्दिन राज तर तिमीलाई सम्झी यि रातहरुमा महसुस गर्न थालेकोछु । शायद अब कुनै बिकल्प
रहेनन म संग तिमीलाई भेट्ने र मेरो आफ्नो मनको कुरा पोख्ने । तिमीले जे सोँचेको छौ
मलाई म त्यो नहुनपनी सक्छु वा तिमीले सोँचेजस्तै पाउन पनि सक्छौ । तर अहिलेनै म यसै
हो भनेर भन्न सक्दिन राज । प्लिज तिम्रो यादहरु, तिम्रो पत्रहरु, तिम्रो मेसेजहरु फिर्ता
लगेर यतिबेला मलाई निदाउन देउन । प्लिज ! मनमनै यतिभन्दै निदाउने हरकोसिस गरेँ । शायद
छिपिदो रातमा बाहिर चिसो बड्दै गएर होकी रातको कतिबजे फुस्स निदाएछु ।
१७, माघ २०७९