गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, June 25, 2022

कथा- भाग- २७, एउटा प्रेम यस्तो पनि ।



समय यस्तो घडी रहेछ, कसैलाई पाउन वा पर्खन युगौ बितेको जस्तो लाग्छ, साचिकै पर्खाइको घडी पलपलको मिनेट मिनेट घन्टौ जस्तो महसु हुन्छ, कुनैपनि समयको प्रतिक्षा गर्नु भनेको यती पिडादयी हुन्छनी, त्यो जिउदै मृत्‍यु बाचेको जतिकै महसुस हुन्छ, मृत्‍युबरु सहज होला तर पर्खनु मृत्‍युदण्डको सजाएर पाएर तड्पाइ तड्पाइ मारिएको कैदी जस्तै बन्छ, कुनै समय बिन्दुको प्रतिक्षा गर्नु मलाई यस्तै भएको थियो, तर जब उनको आगमन पछी कहिले कसरी र कती समय बित्यो पत्तै भएन, यही समय पनि कहिलेकाही हामीलाई कम जस्तो लाग्थ्यो, घडीको सुइ छिटोछिटो घुमेको जस्तो लाग्थ्यो, घन्टौसम्म कुरा गरेर नथाक्दा र समय नपुग्दा मिल्नेभए आँफै समय थपिदिउ जस्तो हुन्थ्यो, कतै पुगेर घडीको काटा टक्क अडिएर बसिदेवोस जस्तो लाग्थ्यो, यतिफरक पर्दोरहेछ समय र त्यस्को मुल्य अनी मान्यता, पर्खाइको पिडा, अनी मिलन पछीको ब्यतित भएको समयको कम, महिनौ देखिको हाम्रो असिमित संबादहरु हुँदाहुँदै समय न,हो, बित्न कतिनै पो लाग्छर, आखिरमा मेरो नेपाल फर्किने समय पनि आइपुग्यो, मान्छेलाई आफु अनुकुल्ताको समय र मौसम चाहिने, मलाई पनि यस्तै भएको थियो, कुनै समय थियो जुनबेला हामी टुइटरको स्पेसमा बसेर घन्टौ होहल्ला गरेर बस्थ्यौ, जहाँ बिन्दु र मेरो पहिलो परिचय भएको थियो, त्यहिबाट हाम्रो मित्रताले झाँगिएर प्रेमको रुप धारणा गरेको थियो, त्यस्पछिका समयहरु भनेको मेरो लागि सेकेन्ड सेकेन्ड किम्तिको जस्तै लाग्थ्यो, त्यस्पछी बिचमा ४,५ महिना जती गुमनाम भैन फेरी त्यही समय मलाई कस्टकर भएको थियो, जब उनको दोश्रो पटकको फिर्ती आगमन पछी पुन उही समय बितेको र समय सानो, छोटो भएको महसुस हुन्थ्यो, अहिले फेरी यही समय मेरो नेपाल आउने टिकट सम्म बुकिङ भैसकेपछि फेरी लम्बिन थालेको छ, कहिले होला त्यो एयरपोर्टको यात्रा, कहिले होला, प्लेनमा चड्दै गर्दाको सेल्फी तस्बिर सहितको बाइ बाइ साउदी भन्दै फेसबुक र टुइटर तिर तस्बिरहरु पोस्टिने, कहिलेहोला प्लेनको सिटमा बसेर बिन्दुलाई भिडियो कल मार्फत देखाउने, मेरो नेपाल फिर्तिको खुशीयाली अनी म आउने घडीको उनको मन र आँखाको ब्यग्र बनेको छट्पटी नियाल्ने, हो मलाई फेरी यस्तै छट्पटिले गाजेको थियो ।

अफिसबाट फाइनल डकुमेन्ट प्राप्त गरेपछी भने मेरो खुशीले भुइमा खुट्टा थिएन, कतिबेला रुममा पुगेर भिडियो कल गरेर बिन्दुलाई सबैकुरा सुनाएर टिकट र पासपोर्ट देखाएर खुशी सेयर गरौ जस्तै भएको थियो, हिसाब किताब बुझेर टिकट, पासपोर्ट लिदैमा ब्यस्त बनेको दिनभरी, बेलुकी रुममा पुगेर सबैभन्दा पहिले बिन्दुलाई हतार हतार मेसेज गरे, हेलो, ओई मान्छे, तिमी अफलाइन हो, मैले मेसेज सेन्ड गर्ने बितिकै उताबाट मेसेज हेरेको हरियो सिग्नल देखायो लगतै उनको मेसेज पनि आयो, हजुर ! भन्नुन केछ खबर हजुरको ? खबर पछी भनौला, त्यो भन्दा पहिले गेस गरत, तिम्रो लागि आज बिग सरप्राइज छ, भनत त्यो केहोला ? मैले उनको सोधाईको जवाफ पनि नदीकिन उल्टै मेरो खुशी पोख्न तर्फलागे, उनले उताबाट अकमकिदै जवाफ दिईन, उम प्रमोसन भयो हो, नाइ हैन, मैले जवाफ दिए, उसोभए सेलरी बड्यो हो ? फेरी उनको अड्क्ल सहितको जवाफ थियो, यो पल्ट पनि मैले उँहु मिलेन भन्दै जवाफ फर्काए, लगत्तै आतुर हुँदै अर्को प्रश्न गरे मैले, छिटो भन के मलाई हतार भैसक्यो, उसोभए मार्केटबाट सामन किनेर ल्यानुभो हो, उनको अन्दाजी उत्तर थियो, उनको सबै अड्कललाई पन्छाउदै भने, छिटो कल गर, तिम्रो लागी सबैभन्दा खुशीको कुरा छ, लगत्तै मेसेन्जरमा भिडियो कल गरिन, मैले मोबाइलको क्यामेरा छोप्दै टिकट र पासपोर्ट हातमा ठीक्क पारे अनी केही नभनी चुपचाप मुसुमुसु हाँस्दै क्यामेर खोलेर देखाए, केको बुक हो त्यो उनले सोधिन, टिकट जस्तो पनि छ, आश्चर्य मान्दै सोधिन उनैले, हेरन केको रहेछ, मैले मोबाइलको क्यामेरा नजिकै लगेर देखाइदिए, त्यसपछी त एकछिन उनी ट्वाल्ल परेर हेरिरहिन, अनी फेरी भनिन, हजुरको पासपोर्ट र प्लेनको टिकट हो, मैले हो को भावमा मन्द मुस्कानमा टाउको मात्रै हल्लाए, त्यसपछी उनको अनुहारमा देखिएको अघी भर्खरैको खुशीको रेखाहरु एकाएक मलिन भएको जस्तो लाग्यो, अनुहारमा धपक्क बलेको ज्योति एकैछिनमा धिपिक्क मरेको जस्तै अंध्यारो भयो, त्यसपछी उनको अनुहारको भाव हेर्दै भने मैले, कान्छु तिमी खुशी छैनौ र म नेपाल आउने कुराले ? त्यसपछी सानो स्वरमा बोलिन उनी, खुशी छु तर खै हजुर आउने कुराले अचानक मन अमिलो भएको जस्तो भयो, एकाएक आँखामा आशु आयो, तपाईं आउने खुशीमा हजुर भन्दा धेरै म खुशी हुनुपर्ने हो झन, तर यहाँत उल्टो भयो, जती हजुर खुशी हुनुहुन्छ त्यो भन्दा धेरै मलाई पिर लाग्यो हजुर नेपाल आउनेकुराले, नेपाल कहिले आउनुहुन्छ, छिटो आउनुन राजा भनेर हरेक पल्ट भन्ने केटी आज म आउने खुशीमा किन अचानक यस्तो भन्दै छिन भनेर म पनि अलिक गम्भिर हुँदै सोधे पुन, तर तिमीत म आएको हेर्न चाहन्थ्यौ हैनर ? अनी किन मन दुखाउछौ फेरी, सबैभन्दा धेरै पटक कहिले आउने भनेर सोध्ने तिमीनै होइनर ? अनी फेरी किन यसरी अँध्यारो मुख बनाउछौ, मैले सोधे, लगतै उनी बोलिन, हो थाहाछ, तपाईं नेपाल आउँदा सबै भन्दा धेरै खुशी मै हुन्छु, र त्यो हक पनि राख्छु, तपाईं नेपाल आउने कुरामा यती धेरै खुशी जताउने हक सिर्फ मलाई मात्रै छ, त्यो बाहेक अरु खुशी भएको म हेर्न त के देखन सुन्न पनि सक्दिन, एकातिर तपाईं आउने कुराले आवश्यकता भन्दा धेरै खुशीछु म, शायद त्यसैले पनि आशु झर्यो होला मेरो, तर त्यो भन्दा धेरै तपाईं आउने कुराले पनि पिरल्यो, अचानक एकाएक एक्लै जस्तो फिल भयो, किनभने त्यहा हुँदा त, एक्लै हुनुहुन्थ्यो घन्टौ जुनसुकै बेला पनि बोल्न पाउथे, तपाईं देखी अलग छु भन्ने महसुस गर्नै पाइन, तर घर आएपछी त, तपाईंको सबै परिवार हुन्छन, न म चाहेको बेला मेसेज गर्न पाउछु न बोल्न पाउछु, हजुरको न्याश्रो लाग्द न हजुरलाई नियाल्न पाउछु, म संगत केवल त्योबेला सुन्यता भन्दा बाहेक अरु केनै हुन्छर ? तपाईं उता परिवार र आफन्त संग रमाइ रहेको बेला मत आफ्नै अँध्यारो कोठाको बेडमा पल्टिएर तपाईंको तस्बिर र पुरानो मेसेज हेरेर रुनुको बिकल्प भन्दा अर्को सहारा केनै हुन्छर ? यती भन्दै उनित झन डाको छोडेर घुँकघुँक गर्दै रुनपो थालिन, त्यसपछी मैले उनलाई सम्झाउदै भने धत लाटी त्यस्तो पनि सोच्ने हो, म तिमी संगै हुन्छु, हरेक पल हरेक समय, त्यस्तो नसोच, तिमीलाई महसु भएको बेला मेसेज गर, म मेसेज हेरेर बाथरुम, छत बाहिर आँगन वा बजारतिर कतै निस्किएर भएपनि तिमीलाई कल गर्छु त्यती भए पुगेन ? रुनुपर्दैन धत कस्तो लाटी के तिमी त, झन आफ्नो मान्छे आउँदा त खुशी हुनुपर्ने हैन ? मैले ढाडस दिदै बोले, त्यसपछी उनले बोलिन फेरी, तर हजुर त दसैंमा मात्रै आउछु भन्नु भएको हैन अनी किन अहिले नै आएर मलाई ढाट्नु भएको, ? उम मेरो मुटुलाई सरप्राइज दिनलाई ढाटेकोनी त्यो त, म हाँस्दै उत्तर फर्काए, उम होला खुब, त्यस्तो पनि कही सरप्राइज हुन्छ ? लाडे पल्टिएको प्याउले भावमा बोली उनी, अनी तिमीले मलाई सरप्राइज दिन्छु भनेको हैन, अनी तिमीले सरप्राइज दिदा हुन्छ भने मैले पनि मेरो मुटुलाई सरप्राइज देकोनी कान्छु, म हाँस्दै जवाफ फर्काए, होला होला खुब अर्कालाई रुवाउदै पनि सरप्राइज हुन्छ त्यस्तो ? बोलिको लवज लाई बिगार्दै बोलिन उनी, ल अहिले अफ हुन्छु है कान्छु, खाना खाएर राती ९ बजे निस्कन्छु क्याम्प बाट, रातिको एक बजेको फ्लाइट छ, मैले यती भने पछी हस राती हिंड्ने बेलामा मेसेज गर्नुहोस है, आफ्नो ख्याल गर्नुहोस अग्रीम शुभयात्रा राजा, यती भनेर उनी पनि अफलाइन भैन त्यसपछी म आफ्नो लगेज हरु चाँजोपाजो मिलाउन तर्फ लागे ।

बेलुकिको ९ बज्नै लागेको थियो फेरी उनको कल आयो, कल रिसिभ गर्दै बोले मैले, अ भन के भयो, हजुर निस्कनु भयो, उनको हतारो थियो सोधाईमा, कतिबेला हिंड्ने के हजुर, मलाई हतार लागिसक्यो, फेरी अत्यास पोख्दै बोलिन उनी, त्यतिकैमा मोबाइलको नम्बरमा अर्को कल आयो हेरे, कम्पनिको ड्राइभरको रहेछ, त्यसपछी बिन्दुलाई कल राखत एकछिन ड्राइभरको कल आयो भनेर उनको कल काटेर ड्राइभरको कल रिसिभ गरे, बाहिर गेटबाट ड्राइभर बोल्यो दाई तयार हुनुभयो, म आइपुगे बाहिर निस्कनुहोस, यतिभनेर उस्ले कल काटिदियो मैले पनि हुन्छ हस भन्दै रुममा तयार पारीराखेको लगेज र ब्यागहरु बोक्दै बाहिर पार्किङ् गरेर राखेको गाडी तर्फ लागे, रुमको साथीहरुले पनि बाहिर गाडीसम्म सामनहरु राख्नलाई सघाए, एकपल्ट केही सामन छुट्योकी भनेर रुमको दराज, टेबल, बेड र भुइतिर सबै हेरे, केही सामन छुटेको थिएन त्यसपछी भने म रुमको साथीहरु र अन्यसंग पालैपालो हात मिलाउदै अन्तिम बिदाइको हात हलाउदै गाडी भित्र बसे, साथीहरु बाहिर उभिएर ल शुभयात्रा है हजुरलाई, राम्रो संग जानुहोला भन्दै पुन अन्तिम बिदाइको हात हल्लाउदै थिए, एकातिर आफ्नो देश नेपाल घर फर्कनुको खुशी थियो भने अर्को तिर बिन्दु संगको भेटको कल्पनाले रोमान्चित बनाइरहेको भएतापनी हिंड्ने बेलामा भने बर्सौ देखी संगै बसेको साथीहरु संग अब कहिलै भेट नहुने गरेर सँधैलाई छुट्नु पर्दा भित्रभित्रै मेरो मन अमिलो भएको थियो, गाडी बिस्तारै गूड्न थाल्यो, शहरका घरहरुलाई पछाडि छोड्दै अघी भर्खर सम्म म बसेको बर्सौको मेरो क्याम्प, मेरो कम्पनी अनी हरेकदिन झैझगडा हाँस्दै कराउदै मिलिजुली बसेको साथीहरुको अनुहारहरु छेलिदै अद्रिश्य हुँदैथियो, गाडी लगतार रासतनुराहको सानो शहर रहिमा देखी ठुलाठुला कालापत्रे सडक हुँदै सडकको दुबै किनारामा उभिएका खजुरका बोटहरुलाई बिदाइ गर्दै ड्राइभरले गाडी अझ द्रुत गतिमा हुइकाउन थाल्यो, केहीछिन मै रहिमालाई छोडेर गाडी दम्मामको अन्तरास्ट्रिय बिमानस्थल तर्फ मोडियो, बाटोमा जादैगर्दा ड्राइभर बोल्यो, दाजु कती बर्ष हुनुभो कम्पनिमा, मैले १८ बर्ष सकेर १९ बर्षमा हिड्दै गरेको सुनाए, त्यसपछी फेरी उ बोल्यो ए बर्षत निकै भएछ तर बिदा जानु भाकोभए हुन्थ्योनी फिनिस जानु भन्दा त, नेपालमा गएर पनि केही काम छैन, खेती गरौ दु:ख छ, पसल गरौ सानोतिनो पुँजिले पुग्दैन, सरकारले कुनै सेवासुबिधा दिदैन, सानोतिनो पसल गर्‍यो भने केन्द्र सरकारलाई, संघको सरकारलाई  अनी स्थानिय सरकारलाई, अनेक किसिमको कर बुझाउदै हैरान हुन्छ, मैले पनि घरमा श्रीमतिलाई एउटा पसल राखिदेको अनेक खर्च भएर थेग्न नसकेर छोडिदिए, अहिले उ सानोतिनो जागिर गर्छ स्कुलको, म यतैछु, नेपालमा त केही उपाय छैन दाई, उसले देश प्रतिको चिन्ता र निराशा दुबै पोख्दै बोल्यो, उसले त्यसो भनिरहदा के साचिकै नेपालमा बिदेशबाट जाने सानोतिनो लगानी हुनेले केही गर्नै सक्दैन त ? यदी त्यस्तै भयो भनेत व्यबहार चलाऊन गाह्रो हुन्छ, मनमा यस्तै निराशाको भाव उब्जियो म भित्र पनि र अलिकती फेरी लामो श्वास तानेर हिम्मत जुटाउदै बोले, सँधै त्यस्तै भनेर पनित हुन्न भाई, आफ्नो देश हो एक न एकदिन त जानै पर्छ, आज नभए भोली भोली नभए पर्सी कुनै न कुनैदिन त हामी जाने त्यही ठाउँ हो, ढिलोचाडो गएर आफ्नै माटोमा दु:ख नगरि हुँदैन, यहाँ बिदेशमा बसेर कमाएको हाम्रो पैसा भनेको त हाम्रो शरीर सन्चो सुबिस्ता र ठीक हुँदासम्म मात्रै हो, यहाँ बसुन्जेल खोलामा बाडी आएको बालुवा जस्तो हुन्छ पैसा, अनी यता कमाउन छोडेपछी पौष माघमा सुकेको खोला जस्तै बन्छ घरमा परिवार र व्यबहार, छोराछोरी पनि राम्रै लाउने खाने बानी परिसकेको हुन्छ, पछी त्यही स्तरमा उनिहरुलाई मेन्टन गर्न पनि गाह्रो हुन्छ, त्यै सोचेर बाटो लागेको भाई म चै, जे होला गएपछी केहीन केही त उपाय निस्किएलानी, केही निराशा र केही हिम्मत जुटाउदै बोले मैले, त्यो त हो दाई भन्दै उस्ले छोटो उत्तर फर्कायो ।

रहिमाबाट हुइकिएको गाडी सफ्वा, कातिफ हुँदै किङ फाहाद इन्टरनेसनल एयरपोर्टको डिपाच्योर भवनको ढोकैनेर पुगेर गाडी रोकियो, त्यसपछी गाडीबाट आफ्नो सबै सामनहरु निकालेर सामन बोक्ने ट्रलिमा राखे, ड्राइभर भाई संग छुट्ने अनुमती माग्दै गला मिलाए, ल भाई अब भेट हुन्नहोला हाम्रो, संगै बस्दा कहिलेकाही तितोमिठो भयो होला सम्बन्धमा, कहिले हासोमजाकमा राम्रो नराम्रो बोलियो होला, दाजुभाइ बिचमा गल्ती नै भएको रहेछ भनेपनी माफ गर्नुहोला, संयोगले मिलाएछ भने नेपालमा भेट होला कि, नत्र त यो नै हाम्रो अन्तिमा भेट हो, साथीहरु सबैलाई गयो भनेर धेरै सम्झना सुनाइदिनुहोला, भन्दै हात मिलाउने बाहानामा १०० रियलको नोट थमाइदिए, ड्राइभर भाई हैन दाई पर्दैन पर्दैन, बरु हजुर जाने मान्छेलाई नेपाल पुगेपछी चिया खर्छ भएपनी मैले चै दिनुपर्ने हो भन्दै लिन आनाकानी गर्दै बोल्यो, मैले राख्न कर गर्दै हातमा नलिएको पैसा गोजिमा राखिदिदै बिदा मागे, यतिकैमा लामो समयसम्म ढोका अगाडि गाडी पार्किङ नगर्न भनेर सेक्युरिटिले कराउन थाल्यो, त्यस्पछी उ पनि ल राम्रो संग जानुहोस है दाई भन्दै हात मिलाएर पार्किङ स्थलबाट गाडी लिएर हुइकियो, म हेरिरहे, एकैछिनमा उनी बेपत्ता भयो म टोलाई रहे ।

त्यसपछी हातमा पासपोर्ट र टिकट बोकेर ट्रली घिसार्दै मपनि बोर्डिङ पास लिने लाइनको पछील्तिर उभिन पुगे, फेरी मोबाइलको रिङ्ग बज्यो, हेरे, कम्पनिको साथीले गर्नुभएको रहेछ, कल रिसिभ गर्दै बोले, हजुर सम्धीसाप, म भर्खर एयरपोर्ट आइपुगेर बोर्डिङ पासको लागि लाइनमा उभिएको छु, ए ल ल पुग्नुभो, राम्रो संग जानुहोस है, पछी नेपालतिर भेटौँला, फेसबुकमा छौ क्यारे यसो कन्ट्याक्ट मा रहदै गर्नुहोला हजुर, शुभयात्रा हैत, मैले भैहाल्छनी सहमती जनाए, त्यसपछी दुबैतर्फबाट फोन काट्यौ र पुन आफ्नो पालो कुरेरर लाइनमै उभिदै गोजिमा मोबाइल के राखेको मात्रै थिए, फेरी अर्को घन्टी बज्यो, यस्तो लाइनमा उभिएको बेला पनि कस्ले फोन गर्छ भन्दै दिक्दारी मान्दै कल हेरे, अर्को कल फेरी बिन्दुको रहेछ, कल रिसिभ मात्रै के गरेको थिए मैले हेलो पनि भन्न नपाउदै हतारमा केही परेजस्तै गरेर उनी बोलिन, हजुर कहाँ पुग्नुभो राजा, यात्रामा रहने मलाई भन्दा धेरै उनलाई छट्पटी थियो सोधाईमा, टिकट र लगेजको बोर्डिङ पास भेरीफाइको लाइनमा बसेको छु, यहाँ सकिएर, अर्को स्टेपमा सेक्युरिटी चेक जाँछ हुन्छ, अनी तेस्रो लाइन सकिएर फेरी इमिग्रेसनको चेकजाँच हुन्छ, त्यो सकिएर फेरी अरु दुई ठाउँमा ह्यान्ड ब्याग चेक र शरीर चेक हुन्छ, अनी बल्ल डिउटी फ्री एरियामा पुगेर प्लेन वेटिङ कक्षमा पुग्छु, तर अब ३०, मिनेट जती कल नगर है कान्छु, सेक्युरिटिले मोबाइल चलाऊन दिदैन, सबै प्रोसेजुर सकिएपछी म आँफै कल गर्छु तिमीलाई, सबै बेलिबिस्तार लगाएर यती भन्दै कल काटेर फ्लाई मोडमा राखेर पुन लाइनमा उभिए ।  

लगेज र टिकटको बोर्डिङ पास गराएर फेरी इमिग्रेसनको लाइनमा उभियौ, लाइनमा उभिनेहरुको अनुहारमा खुशीको चमक देखिन्थ्यो, शायद बर्सौ पछी आफ्नो घर जान पाएको खुशीयालिमा ति हरेकको अनुहारको चमक उज्यालो बलेको जस्तै देखिन्थ्यो, कोही मोबाइलमा कुरा गर्न ब्यस्त थिए भने, कोही आफ्नो ब्याग सम्हाल्नुमा ब्यस्त देखिन्थे, कोही प्लेन छुट्न लाग्यो भन्दै यताउता भागदौड गर्दै कुदिरहेको हैरानी पनि देखिन्थ्यो, कतित सामान धेरै भयो भनेर कार्टुन र लगेजहरु फोरेर सामन फ्याकेर मिलाउनमा ब्य्स्त थिए, बिचरा तिनिहरुको अनुहार भने घामले खाएको फुङ्ग उडेको रंग जस्तै तनाबयुक्त देखिन्थे, हामी उभिएको लाइनमा बिभिन्न देशका नागरिक हरुको लाइन थिए, एउटा दुइटा युरोपियन मुलका गोराहरु जस्ता देखिने भएपनी परदेशबाट घर फर्किने हरुको लाइनमा अधिकाम्स एसियन मुलका अनुहारका थियौ, केही मध्यम खालका पुट्का तर मोटा मोटा स्पोर्टस जुत्ता र टिसर्ट हाप पेन्टमा नत्र जिन्सपेन्ट लगाएका मंगोलियन अनुहार हुनेहरु अधिकाम्स प्राय फिलिपिनिहरु थिए, नेपालीहरु भने गोरा तर होचा कदका पुड्का पछाडि पिठ्युमा झोला बोकेको बाटै प्रस्ट चिनिथ्यो, नेपाली हुन भनेर, एकाध बाहेक सर्ट बाहिर गरेर पेन्ट लगाएर प्लास्टिकको लगेजको ब्याग घिसार्नेहरु केही बर्ण काला तर ठीक्कका कदका भारतीयहरु हुन्थे भने त्यसमा पनि मोटा अती काला, र ठुलाठुला जुंगा भएको हरुभने दक्षिण भारतीय तामिल र केरलाका हुन्थे, उनिहरु नरिवलको तेल लगाएर कपाल सिलिक्क कोरेका हुन्थे, पाकिस्तानी हरुभने ठुलाठुला हातगोडा सुडौल भएका चौडा छाती, अग्ला, गोरा, र भाषामा पनि कम हिन्दी र धेरै उर्दु नत्र पन्जाबी र पिस्तु भाषा बोल्नेहरु त्यसमाथी उनिहरुले लगाएको पाइजामा र खुट्टाको घुडासम्म देखिने सुरुवालको तना अर्थात उनिहरुकै भाषामा भन्ने हो भने सुरुवालको तुना लाई नारा झुन्डिएकाहरु पाकिस्तानी भनेर टाढै बाट चिनिन्थ्यो, सेता सादा तोप अरबिक पहिरनमा हुनेहरु, याल्ला, ताल, ताल, सुरा सुरा हबिबी, हिन्दी, पाकिस्तानी, फिलिबिनी, नेबाली ताल ताल जल्दी भन्दै कराउदै थिए, त्यसरी कराउदै बोलाँउदा लाइनमा पासपोर्ट र टिकट बोकेकाहरु ठेलाम ठेल गर्दै हुरिन्थे, त्यसरी एकअर्कालाई घचेट्दै अगाडि बड्दा भने फेरी अरबिक पुलिसहरु आमेल, सोया, सोया, माफि जल्दी, ओके भन्दै कराउथे र फेरी लाइन पछाडि सर्थे, यसो गर्दागर्दै इमिग्रेसनको सबै चेकजाँच सकेर बल्ल हामी प्लेनको वेटिङ रुममा पुग्यौ ।

प्लेनको उडान हाम्रो राती १ बजेको थियो, एयरअरेबियाको फ्लाइटबाट सार्जाहको ट्रान्जिट हुँदै साँढे चार घण्टाको वेटिङ थियो, वेटिङरुममा पुगेपछी पुन सबैजाना कोही फोटो खिच्नमा ब्यस्त थिए भने कोही घरमा आफन्त र साथीहरु संग फोन गर्नमै मस्त थिए, मैले पनि आधा घण्टा अगाडि फ्लाई मोडमा राखेको मोबाइल खोल्दै साउदीको अन्तिम चिनो भन्दै नचिनेको मान्छेहरुको सहायाता मागेर दुइचारवटा फोटोहरु लिन सफल भैहाले, त्यसपछी मनैत हो, एयरपोर्टमा खिचिएको फोटो टुइटरको वालमा पोस्ट गर्दै traveling to KSA to KTM भन्दै स्टाटस लेखिहाले, पोस्ट गरेको केही सेकेन्ड पनि पुग्न नपाउदै साथीहरुको भटाभट शुभयात्रा, have safe Journey र Welcome to Nepal  हजुर भन्दै कमेन्टहरु आउन थाले, सबैलाई धन्यवाद भन्दै रिप्लाई फर्काए, त्यसपछी केही नजिकको मिल्ने साथीहरुले के तिमी साँचिकै नेपाल आउन लागेको होर, कि जिस्किएको भन्दै मेसेज नै गर्न भ्याए, हैन साचिकै आउन लागेको भन्दै ति मेसेजहरुको जवाफ फर्काए, यतिकैमा फेरी बिन्दुको कल आयो, कल रिसिभ गर्दै हेलो अँ भन भने, तर मैले यती मात्रै के भनेको थिए मकैको फुल उठेको जस्तै रिसको पोको फुटाउन थालिन, ए लल हस महाराज, हजुरत मेरो लागि नभएर साथीहरुको लागि नेपाल आउन लाग्नु भएको रैछ हैन, मलाई नपठाइ पैला उता वालमा पोस्टिनु भएको है फोटो र सटाटस ? कि कोहिछ जानकारी दिनुपर्ने म भन्दा पनि इम्पोर्टेन्ट मान्छेहरु, रिसले आगो ओकल्दै कराउन थालिन, त्यसपछी उनको रिस शान्ता पार्न खोज्दै बोले म, हैन तिमीसंग त, अघी देखिनै बोल्दैत आकोछु नि, फोटो हालेर यसो खुशी मात्रै त होनी सेयर गरेको, अरुत मैले के बिगारेको छुर कान्छु, मैले जवाफ फर्काए, लल जेजे गर्नु मनछ गर्नुहोला, तर राम्रो संग आउनु, अहिले कहाँ हुनुहुन्छ हजुर ? वेटिङ एरियामा आइपुग्नुभो, शान्ता भएको उनको रिसको भावलाई बुज्दै अझै पनि सालीन स्वरमै बोले, उम वेटिङ एरियामा छु, अब अझै आधा घण्टा जतिछ अनी बल्ल प्लेनमा पुगिन्छ, मैले जवाफ दिए ।     

त्यसपछी हामी लगतार भिडियो कलमा बोल्न थाल्यौ, उनिभने भिडियो कलमा बोल्दा साउदीको एयरपोर्ट कस्तो हुन्छ देखाउन भन्दै मोबाइलको क्यामेर यताउता घुमाउन लगाउथिन, उनी जसोजसो भन्थिन, म उसोउसै गरेर मोबाइल घुमाइ दिन्थे, घरि, डिउटीफ्री को पसल र डेकोरेसन देखाउथे भने घरि त्यहा भित्रको चमेना गृहहरु देखाउथे, घरि कहाकहाको मान्छेहरु छन देखाउन भन्थिन, र,वेटिङ चेयरमा बसेको मान्छेहरु देखाउथे, हजुर चढ्ने प्लेन आइपुग्यो ? देखाउनुन आइपुग्यो भने भन्थिन, म आको छैन भन्दै अरु उढ्न तयार भएर बसेको प्लेनहरु देखाउथे, प्लेन देखाउदा भने उनी उत्सुक भएर खुशीहुँदै भन्थिन, मेरो महाराज चढ्ने प्लेन चै कतिबेला आउछ, छिटो आउन प्रभु, उनी हतारो प्रकट गर्थिन, उनिसंगको रमाइलो कुराकानी गर्दै र भोली बेलुकी यतिबेला त दुबैजनाको भेट भएर संगै भएको कल्पनाको गफ गर्दागर्दै आधा घण्टा कतिबेला सक्यो पत्तै भएन, हेर्दाहेर्दै हामी बसेको डिपाचोर रुमको अगाडिपटी नै बडेमानको रातो अक्षरले लेखिएको एयरअरेबियाको प्लेन आएर रोकियो, त्यहबाट आउने सबै यात्रुहरु फटाफट निस्किएर अर्कैढोका हुँदै भित्रीए, त्यो ग्रुप सकिने बितिकै हाम्रो फ्लाइट नम्बरको अनाउन्स भयो, साउदी सेक्युरिटी र प्लेनको कर्मचारी याल्ला यल्ला, नेबाली, फिलिबिना हिन्दी भन्दै अगिकै शैलिमा कराउदै सबैलाई प्लेन तर्फ जान संकेत गर्‍यो, अरबिक असिस्टेण्ट हरुको संकेत पाउने बितिकै हामी सबैजना पुन अघिको जस्तै लाइन लागेर भेडाबाख्रा झै प्लेन भित्र हुरहुर्ती छिर्न थाल्यौ, गेरु रंगको पहिरन र राता टोपी लगाएका एयरहोस्टेजहरुले सलाम अलिकुम भन्दै स्वागत गर्दै भित्र आआफ्नो सिटतर्फ जान संकेत गरे, म बिन्दु संग बोल्दै भिडियो कलमै मोबाइल सर्टको गोजिमा राखेर त्यहाको सबै द्रिश्य देखाउदै प्रबेश गरे, सबै यात्रु भित्र प्रबेश गरेर सबैको ब्यागहरु क्याबिनमा मिलाउदा र सेफ्टी इन्स्ट्रक्सन दिदैमा झन्डै पौने घण्टा समय त्यही बितेको थियो, अन्तमा सुरक्षाको कारण सबै इलेक्ट्रोनिकस डिभाइसहरु सुइचअफ गर्नु भनेकोले अब नेपाल मै आइपुगेर एकैचोटी सिम लिएर कल गर्छुहै कान्छु अहिले कल राख्छु, अब मोबाइल चलाऊन दिदैन अफ गरे है भने, उनले पनि हस छिटो आउनुहोस है मेरो मुटु, सुरक्षित आउनुहोस मेरो कामना छ, म हजुरलाई एयरपोर्टमा रिसिभ गर्न कुरेर बस्नेछु, धेरै मिस गरेकोछु राजा, छिटो आउनुहोस है यती भन्दै मोबाइल बाटै एक चुम्बन गरिन, सिटको छेउमा बसेको अपरिचित मान्छेले देख्यो कि भनेर म लजाउदै पुलुक्क हेरे, तर उ आफ्नै सुरमा थियो, त्यसपछी झ्याल तिर आफ्नो अनुहार छेल्दै मैले पनि चुम्बनको ईशारा गरी पठाएँ, त्यसपछी मैले बाइ सि यु कान्छु भन्दै मनभरी भोली भेट्ने सपना बोकेर कौतुहल्ता र रोमान्चक्ता साँचेर मोबाइल सुइचअफ गरे, अन्तत हामी आधा घण्टा ढिलोगरी  एयरअरेबियाको फ्लाइट नम्बर G9539- A320- हुँदै 168Y सिटमा बसेर १३, जुन २०२२ अर्थात ३०, जेष्ठ २०७९ सोमबार रातिको १:३० बजे सारजाहको लागि उड्यौ, प्लेनले बिस्तारै भुइ छोडेर उड्दै साउदीको शहरमाथि हुँदै आकासिएको प्लेनले पूर्वतर्फ आफ्नो गन्तब्य मोड्यो, मैले १८ बर्षसम्म मेरो परिवार पालेको, मैले कर्म गरेको साउदी अरेबियाको जमिनलाई प्लेनको झ्याल बाटै श्रद्धाले अन्तिम पटक सलाम गरे, लगतै केहीछिनमै प्लेन जमिन नदेखिने गरेर आकाशमै आफ्नै रफ्तारमा बतासिरहेको थियो ।

सारजाहको पट्यार लाग्दो लामो वेटिङ ट्रान्जिट फ्लाइट बाट केही बिदेशी र आफन्तको मायाले पिल्सिएको नेपालीहरुको डफ्फा बोकेर उडेको प्लेन ढिलो गरिकिन अन्तत हामी नेपाली समय अनुसार भोलिपल्ट अर्थात ३१,जेष्ठ २०७९,को दिउसो करिब ३, बजे नेपालको एकमात्र अन्तरास्ट्रीय त्रिभुवन बिमानस्थलको रनवेमा अवतरण भयौ, १८, बर्षको लामो परदेश बसाइको सँधैलाई बिट मारेर म सातौ तथा अन्तिम पटक आफ्नो जन्मभुमी नेपाली माटोमा पाइला टेक्दै थिए, एकातिर आफ्नो देश सँधैलाई फर्किनुको खुशी थियो भने, अर्कोतिर परिवार संगको सँधैको बसाइलाई सम्झेर उतिकै मन प्रफुल्लित भएको थियो, त्यो भन्दा अझ महिनौ देखी मेसेज र कल संबादमा नजिकिएकी बिन्दु संगको भेट र उनको मायाको भावसागरमा चुर्लुम्म डुबेको म पुलकित भएको थिए, मनमा यतिको खुशी र चन्चलता त जिबनमा कहिलै महसुस गरेको थिईन, बतासिएर रनवे टेकेको प्लेनको गती बिस्तारै सुस्त गतिमा परिणत हुँदै पार्किङ् स्थलमा पुगेर प्लेन रोकिने समय हुनै लागेको थियो, प्लेन के रोकिन मात्र लागेको थियो सबैजना आ आफ्नो सिटबाट जर्याक जुरुक उठेर क्याबिनमा राखिएको आफ्नो झोलाहरु तानेर प्लेनको प्यासेजमा ठेलाम ठेल गर्दै एकैछिनमा लाइन लागि हाले, उता जहाजको चालक दलको क्याप्टेनले जहाज पूर्णरुपमा रोकिएर प्रस्थान हुन नभने सम्म आआफ्नो सिटमा सुरक्षित रहनुहोला भन्दै कराइ रहेको थियो, तर नेपाली न पर्‍यो, अर्काको भुमिमा नियमले अनुशासित भएर लाइनमा उभिएर आफ्नो पालो कुरेर प्लेनको सिटसम्म बसेको अहिले आफ्नो धर्तिमा टेक्ने बितिकै आफ्नो असभ्यपनको परिचय दिन आतुर देखिन्थे, प्लेनले राम्रो संग पार्किङ पनि गर्न नपाई झोला टिपेर कहाँ जान हतारिएका होलान यिनिहरु ? मानौ उनिहरुको नाइट बसको टिकट छुट्नै लागेको छ त्यो उनिहरुले जसरी भएपनी समाउन छ आज, यस्तै लाग्थ्यो उनिहरुको हतारो देख्दा, हामी अर्काको देशमा बर्षौसम्म नियम कानुनमा बाधिएर अनुशासित भएर काम गर्छौ, काम गर्ने स्थलको बसको यात्रा देखी आफु बस्ने क्याम्पको मेसहलमा खाना खादा सम्म पालो पर्खिएर लाइन मै खाना थापेर खान्छौ, बजारमा कुनै सामन खरिद गर्दा होस वा ब्याङ्क मा पैसा झिक्दा र पठाउदा किन नहोस हामी लाइनमा उभिएर पालो आएपछी नै हामी हाम्रो काम फत्ते गर्छौ, यसरी अर्काको देशमा अनुसासनमा बसेर काम गर्दा सामाजिक संजालमा नेपालमा भएको नेपाली जनता र नेतालाई गाली गर्न माहिर हुन्छौ हामी, तर त्यही नेपाली अर्काको देश छोडेर आएपछी हामी त्यही मान्छे एकैछिन धर्य गर्न सक्दैनौ र प्लेन नरोकिकिन प्लेनको भुँडी भित्रै लाइनमा उभिन तछाड मछाड गर्दैछौ, अचम्म छ हाम्रो सोच र सभ्यता देखी ।

यतिकैमा जहाजको क्याप्टेनले हामी सबै सुरक्षित अवतरण गरिसकिएकोले जहाजको सबै यात्रु र क्याबिन क्र्युको मेम्बर हरुलाई धन्यवाद दिदै डिपाच्योर हुने अनाउन्स भयो, त्यसपछी भने बल्ल प्लेनको एयरहोस्टेजले प्लेनको ढोका खोलिदिएर बाहिर निस्कन ईशारा दिएपछी हामी सबैजना सर्भिस बसमा बसेर डिपाच्योर भवनको मुल ढोकासम्म पुग्यौ, सर्बिस बसको ढोकाबाट निस्किएर आफ्नो देशको जमिन टेक्ने बित्तिकै मन भाबुक भयो, हर्श र खुशीले मन बिभोर भयो, त्यसपछी हातमा बोकेको ब्यागलाई एकछिन भुइमै राखेर नेपाल आमाको छातीलाई चुमेर ढोगे भुइको माटो औलाले उठाएर निधारमा टिका लगाएर पुन उठेर आफ्नो ब्याग टिपेर सरासर भवनको भित्र प्रबेश गरे, मान्छेहरु भित्र पुगेर पनि भिजिट इन्फरमेसन फर्म भर्नलाई तछाड माछाड गर्न थाले यहाँ पनि, तिनै भिडबाट मैले पनि एउटा लिफाफा तानेर आफु आएको मुलुक, भ्रमणको प्रक्रिती, अन्तरास्ट्र बसेको अवधी र प्रकार सबै भरेर हतार हतार गरेर इमिग्रेसन लाइनमा गएर उभिए, सबैको पालो हुँदै मेरो पनि पालो आयो, त्यसपछी डिउटी अफिसरले मेरो पासपोर्टमा अराइबल स्ट्याम्प हानेर भित्र प्रबेश हुन आदेश दियो, इमिग्रेसनको काम सकिएपछी अर्को स्टेपमा शरीरको र ह्यन्ड ब्यागको सेक्युरिटी चेकजाँच सकेर लगेज अराइबल कक्षमा पुगेर सामनहरुको पर्खाइमा बस्यौ, बिभिन्न मुलुक र अलग अलग जहाजबाट आउनेहरु कोही आफ्नो सामान चिन्न र घुमिरहेको फ्लाट बेल्टबाट सामन लिन तछाड मछाड गर्दै थिए भने कोही सामन आयोकी आएन भनेर हेर्नलाई आँखा चनाखो भएर यताउता हेर्दैथिए, केही यात्रुहरु भने लामो समयसम्म पनि आफ्नो सामन नआइपुगेकोले तनाबमा देखिन्थे, फ्लाट बेल्टमा दगुरी रहेको सामनहरुको अब्यबस्थिथ ढंगले त्यहाको कर्मचारीहरुले जमिनमा मिल्काउदै थिए, कसैको झोला हरायो भन्दै थिए, कसैको सामनको लगेज फुटेर सामनै गायब भयो भन्दै कराउदै थिए, कोही निलोन कालो अनुहार पारेर हराएको सामनको यस्तो उस्तो थियो भन्दै बिलौन गर्दैथिए, बर्सौ सम्म ओहोर दोहोर गर्दा अर्काको देशको एरपोर्टमा कहिले सामन हराउनेपराउने भएन, कुनै कर्मचारीले दुर्व्यबहार पनि गरेको देख्न पाइएन, तर आफ्नै देशको एयरपोर्टको अवस्था देख्दा भने दयनिय र ठिट लाग्दो थियो, न कर्मचारीको सहयोग नत कुनै ब्यबस्थित अवस्था, हेर्दा सबै डामाडोल आफु खुशी जस्ता अस्तब्यस्त देखिन्थ्यो त्यहाको द्रिश्य, बल्लतल्ल आफ्नो सामन लिएर निस्कन लागेको हरुपनी इन्कम ट्याक्सको लाइनमा कोही झगडा गरिरहेको देखिन्थे भने कोही रोइ रहेको देखिन्थे, कोहिभने रिसले चुर हुँदै कर्मचारी र नेतालाई गाली गर्दै आफुले ल्याएको सामन तिमीहरुलाई सित्तैमा खुवाउनु भन्दा त बरु फ्याकिदिन्छु भन्दै ब्रान्डेड बिदेशी ह्विस्की र मोबाइल ल्यापटपहरु फुटाएर गार्बेजको डस्ट्बिनमा फ्याक्दै गरेको देखिन्थ्यो, हेर्दा यस्तो लाग्थ्यो नेपालको एकमात्र एयरपोर्टको आगमन कक्षमा धनाड्य झै कोही बर्सौ देखी लुटाउन आएकाछन अनी कोही भोकाएर खाना लाई हारालुछ गरेझै फ्याकिएका सामन टिप्न र लुकाउन भागदौड गरे जस्तो देखिन्थे कर्मचारीको हाउभाउ र प्रक्रिती देख्दा, केही चकलेट र सानोतिनो कोशेली बाहेक महंगा केही सामन नल्याएकोले मैले चै आफ्नो सामन आइपुगे पछी सजिलै एकसरे गराएर हतार हतार बिदेशी मुद्रा सटही गर्ने ठाउँमा पुगेर ५, हजार साउदी रियल साटे, जसमा मैले राम्रै भाउ पाए, झन्डै नेपाली १,लाख ५२,हजार रुपैया गोजिमा राखेर सबैभन्दा पहिले सरासर टेलिकमको सिमकार्ड किन्न तर्फ बिजनेश क्याबिनमा पुगेर दुइवटा पासपोर्ट साइजको फोटो र नेपाली राहादानिको फोटोकपी बुझाएर सिमकार्ड लिएर मनभरी उत्सुक्ता बोकेर लगेजको ट्रली घचेट्दै म ट्याक्सी वे, तर्फ लागे ।

ट्रान्जिटले लामो भएको यात्रा झन्डै नेपाल ओर्लदासम्म को समयलाई हेर्नेहो भने २४ घण्टा हुनै लागेको थियो, आगमनको सबै प्रकृया पुरा गरेर बाहिर ट्याक्सी वे, सम्म आइपुग्दासम्म बेलुकिको साडे चार हुनै लागिसकेको थियो, पूर्वबाट उदाएको घाम पश्चिम पशुपतिको डाडामाथी डुब्नै लागेको जस्तो देखिन्थ्यो, दुइदिनको यात्राले शरीर थकित जस्तो भएको भएपनी आफ्नो देशमा फर्किनुको खुशी र एयरपोर्टको आगमन कक्षामा अर्थात ट्याक्सी वे, मा बिन्दुले हातमा पुष्प गुच्छा र खादा बोकेर मुसुक्क हाँस्दै स्वागत गर्न आतुर भएर बसेकी होलिन भन्ने खुशीले लागेको थकान कहाँ मेटिएको थियो मलाई नै था थिएन, मन भित्र भित्रै एकतमासको काउकुतीले लज्जा बोध हुँदैथियो, उनिसंग सामुने पर्दा हात मिलाउने कि, अंकमाल गरेर एक अर्कालाई चुम्ने कि, वा नमस्ते के गर्ने होला भनेर आँफै लाजले असहज हुँदै आँफै भित्र सरमले भुतुक्क भएको थिए, दिमागमा एउटा अलग्गै द्रिश घुमिरहेको थियो भने आँखामा अनौठो चित्र उभिरहेको थियो, उस्तै गरेर मनभरी उर्लिएको खुशीको कुनै सिमा थिएन, सिमाहिन असिमित खुशीहरु मेरो लागि एकैछिनमा तलमाथी तलमाथी गर्दै छाती भित्र जोड जोडले मुटुको गती बडिरहेको थियो, घरि लामो त घरि छोटो श्वास फेरैको उच्छवास ओहोरदोहोर भैरहेको थियो, एकतामसले सताएको छाती भित्रको उकुसमुकुस लाई मुटुभित्र रगतका भल्भहरु बन्द होला झै गरेर ऐठन झै महसुस भएको थियो, सलक्क मिलेको सोलोडोलो शरीर, अग्ली पनि हैन, पुट्की पनि हैन, ठीक्कको कदको मिलेको बान्कि परेको सारिरिक बनवटमा कम्मरमा टिमिक्क कसिएको सारी र ब्लाउजको बिच भागमा देखिएको मासुको पुस्ट् लुडो खुब आकर्शक देखिएकी थिन, शायद बेलुकिको साँझ पख भएकोले होला पूर्वबाट पश्चिम तर्फ बहेको हावाले उडाएर उनको केशरासिहरु अनुहार भरी छताछुल्ल भएको थियो, उस्तै गरेर हावाको झोकाले उडाएको सारीको पल्लु सम्हाल्न नसकी देखिएको उनको लाजको उभार लालिगुरास झै टाढैबाट पोटिला पुस्ट देखिन्थे, चलिरहेको हावालाई सम्हाल्ने असफल प्रयास गर्दागर्दै पनि सप्को बतासिएर सेता गोरा छालाको बिच भागमा देखिएको नाइटोले अझ कामुक्त थपिरहेको थियो, तर पनि आफुलाई चलिरहेको चुस्त बेगको हावा संग जोगाउदै मन्द मुस्कानमा अझ अगाडि बड्दै थिन उनी, आँखामा सेतो पावरवाला चस्मा लगाएकी बिन्दु कालो कपालको कानैको छेउमा रातो गुलाबको फुल सिउरिएर रातै ब्लाउज, रातै सारी, फुल्नै लागेको लालुपातेको कोपिला झै सिरिक्क मिलेका ओँठ माथि रातै लाली, अनी रातै पस्मिना खास्टो काधमा राखेर एउटा हातमा गुलाबी रंगको सानो लेडिज ब्याग बोकेर अर्को हातमा पुष्पगुच्छाको बुके बोकेर रातै रंगको खादा बोकेर टाढै बाट मुसुक्क मुस्कुराउदै म तिर अगाडि बढीरहेकी एउटा सुन्दर आक्रिती गहुँगोरो, म आफु भएको तिर बिस्तारै पाइला बढीरहेको महसुस गरिरहेको थिए, जब म हामी दुबैजना एक अर्काको सम्मुख नजिक भयौ म केही लाजले मुस्कुराउदै उनको अगाडि के बड्नै लागेको थिए, उनी त अचानक मेरो पछाडिबाट आउँदै गरेको अर्को अन्जान यात्रुलाइ अंकमाल गरेर कती ढिलो फ्लाइट आको हजुरको भन्दै संबाद गर्न लागिन, म असमन्जसमा परे, केही लज्जा पनि महसुस गर्दै थिए म आँफै भित्र, लाजले पानी पानी हुँदै भुतुकै हुँदै म उनिहरु भएको पछाडिपट्टी फर्किएर हेर्न पनि नसकी म केही अगाडि आफ्नो लगेज धकेल्दै थोरै अगाडि बढेर पुन टक्क अडिएर चारैतिर यताउता पल्याक पुलुक हेर्न थाले, मनमनै सोचे, हिजो मात्रै हिंड्ने बेलामा पछाडिबाट लुकेर आएर सरप्राइज दिन्छु हजुरलाई भनेको सम्झिएर एकपल्ट पछाडि फर्किएर हेरे, तर त्यहा पनि मलाई नै तार्गेट गरेर कसैले नियाली रहेको महसुस भएन, तैपनी एयरपोर्टको त्यो अपरिचित भिढहरुको अनुहार तिर सबैतिर पालैपालो आँखाले देखेसम्म सबैलाई नियाल्न तल्लिन रहन थाले, झन्डै आधा घण्टा जती बितेपछी मोबाइलको स्क्रीनमा उनको नम्बर डायल गर्दै फोन लगाए, तर फोनले पनि तपाईंले संपर्क गर्न खोज्नु भएको नम्बर अहिले उपलब्ध हुन सकेन, केही समय पछी पुन संपर्क गर्नुहोल, जतिपटक कल गरे पनि टेलिकमको भ्वाइस एन्सरिङ्ग मेसिनले लगतार त्यही लाइन दोराही रहयो, त्यसपछी झन छिनछिनमा लगतार फोन संपर्क गरिरहे तर जतिपटक गरेपनी उनको फोन फिटिकिक्क लागेन, त्यसपछी मोबाइलकै सिमबाट नेटको डाटा तानेर हतार हतार मेसेन्जर र टुइटरको डिएममा मेसेज गरे, केहीछिन कुरे तर त्यता पनि मेसेज हेरेको कुनै सिगनलहरु देखाएन, फेरी अनुहारमा हतास र बोझिलो निरास बोक्दै चारैतिर आँखा डुलाए तर मैले हरेकदिन बोलेको बिन्दुको जस्तो अनुहारको आक्रिती कतै कसैमा देखिन, समय साँझ पर्दै जान लागेको थियो, बिस्तारै ट्याक्सी र मान्छेहरुको भिड पनि पातलिदै जान थालेको थियो, भएको बाँकी मान्छेहरु पनि आफन्तलाई स्वागत गर्दै अंकमाल गर्दै अनुहार भरी चुम्बन गर्दै खादा र फुलमाला ले खादा लगाइ दिएर स्वागत गर्दै आफुले ल्याएको बाहनहरुमा बाहिरिदै थिए, ति द्रिशहरु नियाली रहदा म भने अँध्यारो अनुहार बनाएर केही बोल्न मात्रै सकिरहेको थिन, अघी भर्खर सम्म खुशीले उछालिएको मेरो मन मस्तिस्क बिस्तारै सिथिल हुँदै थियो, मेरो उमंगले उचालिएको पाइलाहरु बिस्तारै जमिन मुनी धसिएको जस्तो अनुभुती भएको थियो, केही कालो अँध्यारो धब्बाले थिचेको जस्तो अनुभुती भएको थियो, अगी सम्म उछालिएको खुशीको हरेक रेखाहरु अहिले एकाएक निरासामा परिणत भएर जसरी पशुपतिको माथिपटी देखिने शिवपुरिको डाडाबाट अस्ताउदै गरेको सुर्य जस्तै अस्ताउदै थियो ।

जेष्ठ महिनाको गर्मिलो मौसम त्यसमाथी बिन्दुले एयरपोर्टमा लिन आउछु भनेर पनि बिन्दुको कतै खबर सम्म नहुँदा भने त्यसै त्यसै तनाबयुक्त भएको थिए म, एक हतास मनस्थितिको जस्तो के गरौ कसो गरौको भावमा मेरो अनुहार रातोपिरो भएर पसिना चिटचिट आएको थियो, उनको जस्तो आक्रिती लाग्ने र उनको उमेर समुहको जती पनि केटी मान्छे हातमा फूलमाला लिएर आएको वा कसैको पर्खाइमा उभिएको देख्दा ति सबैमा कही न कही बिन्दु पो हुनकी भनेर एकपल्ट नियालेर हेर्थे, जताजता भिड त्यता त्यतै आँखा घुमाउथे कतै भिडहरुको बिचबाट मलाई सरप्राइज भन्दै एक्कासी welcome to nepal महाराज भन्दै ग्वाम्लङ अंगालो मार्न आइपुग्छिन कि भनेर, घरिघरि त लाग्थ्यो कुनै ट्याक्सिको सिट भित्र वा कतै छलिएर मेरो प्रतिक्षाको ब्यग्रतालाई नियालेर खुब भुँडी दुखिन्जेल पेट मिचिमिची हासिरहेकी छिन् झै लाग्थ्यो, तर मेरो ति सबै आशाहरु बिस्तारै निरासामा परिणत हुँदै थियो, साँझ ओर्लदै गयो, अघी भर्खरसम्म शिवपुरिको डाडामा देखिएको घाम अहिले अद्रिश्य भएर माथि आकाशमा सागर डडेर रातो लालिमा पोखिएको झै भैसकेको थियो, केही कुना र कोल्टे परेको ठाँउ तिर हलुका अँध्यारो छाउन थालिसकेको थियो, एयरपोर्ट र शहरको बिभिन्न भागमा बिस्तारै बत्तिहरु बल्न सुरु गरिसकेको थियो, म मनमनै के भैरहेको छ भनेर सोच्न सम्म सकिरहेको थिईन, हिजो प्लेनमा उड्ने बेलासम्म फोन संबादमा रहेकी बिन्दु आजै कसरी यसरी बेखबर हुन सक्छिन, यदी आउन नसकेकी भए पनित कम्सेकम म आउन पाइन सरि राजा, हजुर सुरक्षित आउनुहोस है भनेर कुनै एउटा मेसेज त छोड्न सक्थिन, वा नेपाल आइपुग्यो कि पुगेन भनेर मेसेन्जरमा फोन ट्राइ गर्न सक्थिन, अहिलेसम्म न कुनै मेसेज न कुनै मेसेन्जरमा कुनै कल, कसरी अचानक यस्तो हुनसक्छ ? आखिर भयो के बिन्दुलाई, अब उनी मलाई रिसिभ गर्न आउने भन्दा पनि उनलाई के भयो, किन यस्तो गरिन, आखिर किन आउछु भनेर झुट बोलिन, किन सपना देखाइन, म आउने समयको ब्यग्र प्रतिक्षा गर्ने मान्छे झुट बोल्नु पर्ने वा आउनै नसक्ने त्यस्तो केचै पर्‍यो उसलाई, मनभरी म कुरा खेलाउन थाले, मन एक किसिमले भारी भएर आएको जस्तो भएको थियो, हातखुट्टा लल्याक लुलुक गलेको जस्तो भएको थियो, छाती भित्र एक प्रकारको छटपटी बाहेक केही थिएन म भित्र, एकाएक, महासागर मा पुराएको लाश जस्तै महसु गर्दै थिए आफुलाई, निर्जन एकान्त बिरानो शहरमा एक्लो महसुस गर्दै थिए कतै, तैपनी बेलुकी अबेर गरिकिन उनको बाटो भने हेर्न छोडिन, म पर्खि नै रहे, पर्खि नै रहे, अन्तत बेलुकिको ६, बजेपछी भने अब उनी आउदिन वा आएकै छैनन भन्ने मनमा सोचेर कुनै ट्याक्सी समातेर होटेलमा गएर बास बस्ने योजना बनाएर ट्याक्सी बोलाएर आफ्नो लगेज लोड गर्दै ट्याक्सिको पछाडि पट्टिको क्याबमा बस्दै ट्याक्सी वाला भाईलाई भने भाई यतै नजिकै कुनै राम्रो होटेलमा लगिदिनुहोस है, भोली बसको टिकट नत्र मिलेसम्म डोमेस्टिक प्लेनको टिकट काटेर एयरपोर्ट आउन सजिलो हुन्छ, आफुले तान्दै गरेको चुरुटको ठुटो बाहिरपट्टी फुत्त फ्याक्दै कम्मरमा सिटबेल्ट बान्दै ड्राइभर बोल्यो, दाई गेस्टहाउस जानुहुन्छ कि अलिक राम्रो होटेलमा जानुहुन्छ ? जहाँ राम्रो बसाइ हुन्छ त्यही लिएर जाउ भाई, म अलिक थाकेको छु, हस दाई भनेर उसले आफ्नो ट्याक्सी स्टार्ट गरेर गाडीलाई बिस्तारै अर्कोतर्फ मोडेर अगाडि बढाउन सुरु गर्‍यो, त्यो बेलासम्म पनि कतै लुकेर हेरिरहेकी छिन र आएर गाडी रोक्दै अझै सरप्राइज दिन्छिन भन्ने झिनो आशाले भने छोडेको थिएन, किनकी हिजो उनले हिंड्ने बेलासम्म पनि त्यसै भनेकी थिन, हजुर ट्याक्सिमा चड्ने बेलामा आएर बोलाउनेछु भन्दै हासो गरेकी थिन, तर उनित आउन त टाढाको कुरा, उनको कुनै मेसेज सम्म थिएन, यदी सरप्राइज नै दिन चाहन्थिन भने पनि केही समय हुनसक्छ तर त्यहा त म झन्डै पौने तीन घण्टा प्रतिक्षा गरिसकेको थिए, ट्याक्सी एयरपोर्टको ओरालो हुँदै सिनामंगलको बाक्लो लस्करै उभिएका अग्लाअग्ला भवनतिर हुइकियो, नजिकै बस्ने भनेकोले गर्दा रोडदेखी बाहिर निस्कन लाई खासै समय नै लागेन, ट्याक्सी सिनामंगलको भिरालो ठाउँमा पुगेर ओयो होटलको गेटैमा पुगेर रोकियो ।

त्यसपछी म आफ्नो सबै सामन लिएर होटेलको रिसेप्सन तर्फ गएर रुम बुकिङ गरे, होटेलमा पुगेर समय हेर्दा सात बज्नै लागेको थियो, होटलको परिचारिका हरुले सामनको ज्ञारेन्टी टोकन दिदै भएको मेरो सबै सामनहरु स्टोर रुममा राखिदिदै हातमा भएको ह्यान्ड ब्याग मात्रै हातमा बोकेर १०१ लेखिएको चाबिको ट्याग दिदै लिफ्ट मार्फत तेस्रो तलाको दाहिने पट्टिको रुममा जान आग्रह गर्दै नक्सा देखाउदै थिए, मैले उनिहरुले त्यती भनिसक्दा नक्सा चाहिन्न भाई, हस धन्यवाद है सहयोगको लागि भनेर आफ्नो हातमा भएको ब्याग बोकेर सरासर लिफ्ट चढेर रुम नम्बर १०१ मा आएर भुइमै ब्याग फुत्त छोडेर लुगा र जुत्ता पनि नखोली बेडमा थकित अवस्थामा डङ्लङ पल्टिएर आँखा चिम्लिएर लामो लामो श्वास तान्दै आफुभित्र भएको तनाबलाई घटाऊने कोशीस गरे, त्यसपछी कम्सेकम १५, मिनेट जती बेडमा पल्टिएपछी पुन उठेर तौलिया लिएर बाथरुम तर्फ फ्रेस हुनको लागि भनेर प्रबेश गरे, एकातिर २४, घण्टाको लामो र अत्यास लाग्दो यात्रा त्यसमाथी एयरपोर्टको गर्मिमा बिन्दुको प्रतिक्षाले थकित बनाएको तन र मनलाई वासरुममा छिरेर शरीरमा चिसो पानी थापेर आफुलाई सितल र शान्ता पार्ने कोशीस गर्दैथिए, तर जती पानीमा भिझ्दै जान्छु उती उनले हिंड्ने बेलामा भनेको हरेक शब्द शब्दले दिमागमा तिर झै बनेर हानिरहेको थियो, पानीको फोहोरामा आफुलाई भिझाइ रहदा एक मनले त चिच्याएर रुऔ झै जस्तो लागेको थियो तर फेरी आफ्नै मनलाई सम्हालेर चिसो पानीले नुहाइसकेर सरिरको पानी तौलियाले पुच्दै रुम फर्किएर लुगा फेरेर चुरोटको खिल्ली निकालेर सल्काएर आफुलाई भुल्न प्रयास गर्न लागे, रुममा चुरोटको धुवाँले रुमालली रहेको मेरो एकाग्र मनलाई एक्कासी बोथोलिने गरेर होटलको ल्यान्ड लाइनको फोनको घन्टी बज्यो, टिरिङ्ग टिरिङ्ग.. मैले फोन रिसिभ गर्दै हेलो भने, उताबाट छोरीमान्छेको आवाज आयो, सर खानाको समय भयो, तपाईं फ्रेस हुनुभाको हो भने खाना खानु आउनुहुन्छ कि त्यतै सर्भिश पठाइदिउ, एकसासमा बोली भ्याइन होटलको नानीले, उनी मान्छे हैन कुनै रोबर्ट मेसिन बोले झै मैले हुन्छ हुन्न खान्छु खान्न पनि भन्न नपाउदै मिनेटभर मै बोली भ्याइन, त्यसपछी थकान धेरै भएकोले रुममै खाना पठाइदिन आग्रह गरे, लगतै उताबाट फेरी तिनै नारी आवाज आयो, सर खानामा भेज पठाउँकी ननभेज, जवाफमा मैले भेज पठाउन आग्र गरे, सर के पठाउँ फेरी उनको अर्को प्रश्न, मैले मिल्छ भने राँगाको सुकुटी पठाउन आग्रह गरे, सर साथमा अल्कोहल पनि लिनुहुन्छ कि ? प्रतिउत्तरमा त्यो चै म पछी मगाउला अहिले खाना मात्रै पठाइ दिनुहोस् भनेर कल काटिदिए ।

फोन राखेको दश मिनेट जती मात्रै भएको थियो यतिकैमा फेरी ढोकामा आएर कसैले ढक्ढक गरेर आवाज दियो, मैले चुरोटको ठुटा सर्को तानिरहेकै अवस्थामा भित्रैबाट आवाज दिए, ढोका खुलै छ कमिन भनेर आउन ईशारा गरे, ढोका बिस्तारै खोलेर एउटा २०,२२ को जस्तो लाग्ने केटामान्छे आएर सर हजुरको भुजा भन्दै टेबलमा खाना र पानीको बोतल राखेर उ त्यहाबाट पुन ओझेल पर्‍यो, त्यसपछी भने म अघिल्लो दिनको भोक र थकान मेटाउदै खाना खान तर्फ लागे, तन र मन दुबै थकित भएकोले गर्दा होला खासै खाना पनि रुचेन त्यसपछी हात धुएर पुन बेडमा गएर पल्टिएर भित्तामा राखेको टिभी खोलेर हेर्न लागे, अघिल्लो पटकको छुट्टीमा आउँदा हेरेको नेपाली च्यानल आज झन्डै ४, बर्षपछी नेपाली टेलिभिजनको पर्दामा नेपाली समाचार हेर्दा मनमा अलिकती भएपनी आफ्नो देश आइपुगेको अनुभुतिमा आनन्द महसुस भएको थियो, यतिकैमा फेरी ल्यान्ड लाइनमै अर्को कलको घन्टी बज्यो, कल रिसिभ गर्दै हेलो गरे, सर केही लिनुहुन्छ कि, अघिकै नारी आवाज थियो, यसो सोचे थाकेको सरिरमा थोरै पिएर सुत्नु पर्‍यो भनेर दुई प्याक रेडलेबल र सुकुटिको ग्रेभी मगाए, अघी खाना लिएर आएकै उही भाई पुन ढोका ढकढक गर्दै हाजिर भयो, उस्तै तरिकाले टेबलमा राखेर उ अभिबादन गरेर फर्कियो, म भने उठेर टेबल बेडको नजिकै तानेर बेडमै अडेसा लागेर रम पिउदै चुरोटको धुवाँमा पुन हराउन थाले, धेरै समय पछी अल्कोहल पिएकोले गर्दा होला कती चाडै लागेर रिंहटा लागेको जस्तै भयो मलाई र सबै तरकारी र प्याक सिद्ध्याएर बाथरुम गएर हातमुख धुएर फर्किए, लगतै शरीर ले थाम्न मुस्किल भएको जस्तो अनुभव गरेपछी म सुत्न तर्फ लागे, सुत्ने बेलामा घडी हेरे रातको १०:१५ भैसकेको थियो ।

एकातिर यात्राको थकान, अर्कोतिर अल्कोहलको मात त छँदै थियो शरीरमा तर पनि किन किन फिटिक्क निदाउनै सकिरहेको थिईन, त्यसै त्यसै बेचैन भएर उथल्पुथल भएर कतै पोखिएला झै भएको थियो मेरो मन, कतै एक्लोपन जस्तो, कतै मन बोझिलो भएको जस्तो, कतै भाबुक बनेर आँखा रुनलाई ठीक्क परेको जस्तो आशुले रसिलो भएको जस्तो भएको थियो, अघी भर्खर सम्म उडाएको चुरोटको धुवाले होटलको रुम गुम्सिएर अहिलेसम्म पनि बादल झै कुइरिमन्डल धुम्म बनेको थियो, भित्तामा बजिरहेको टिभिले गर्दा पो त्यसको आवाजले निदाउन नसकेको होकी भनेर टिभी अफ गरेर कोठाको बातवरणलाइ अझ सुनसान बनाउन कोशीस गरे, तैपनी मेरो छटपटी सकिएन, सुनसानमा झन मन अझ उग्र बेतमासले भदौको बाढि उर्लिएर आएको जतिकै झन निसासिदै उर्लिएर आयो, सोच्दा सोच्दै दिमागमा बिन्दु नै बिन्दु मात्रै घुमिरहेको थियो, बेडमा पल्टिएर जसरी निदाउने प्रयास गरेपनी चारैतिर बिन्दुको आक्रिती भन्दा केही थिएन, छिपिदै गएको त्यो अँधेरी रातमा मस्तिस्क सुन्य हुनुपर्ने ठाउँमा उल्टै झन उनैको हिजोसम्मको दुबै बिचको अशिम माया प्रेमको बार्तालप र अनेकौ कल्पनाको तरंगहरु उछाल बनेर तछाड माछाड गर्दै थिए मस्तिस्क देखी मुटुको हृदयको कुना कुना सम्म, धेरैबेरको असफल प्रयास पछी दिक्क मानेर कती बज्यो भनेर टेबलमा फुकालेर राखेको घडीलाई हेरे रातको झन्डै साडे एघार बजिसकेको रहेछ, घुमिरहेको घडीको काटालाई हेर्दै मनमनै आफुले आँफैलाई एकपल्ट सुत अबत भन्दै गाली गरेर पुन आँखा चिम्लिएर जबर्जस्ती निदाउने प्रयास गर्नलागे, पटक पटकको प्रयासपछी भने बल्ल १२, बजे पछीको समय बिस्तारै थाहा नपाई निदाउन लागेछु र बिस्तारै निन्द्रामा झप्किदै निदाएछु अहिले भने ।

बल्लतल्लको प्रयासपछी निदाएको भर्खरै एक घण्टा जती मात्रै भएको थियो, मोबाइलमा आएको नोटिफिकेसनको आवाजले धुरधुर गरेर फेरी आँखाको निन्द्रालाई खज्मज्याउने कोशीस गर्दैथियो, मैले निन्द्रैमा मोबाइल तानेर हेर्दा पनि नहेरी सिरानीमुनी लगाएछु, फेरी लगतार अरु दुइतिन पटक उस्तै गरेर मोबाइलको भाईब्रेसन बजिनै रहयो, भर्खर निदाएकोले गर्दा मोबाइलको स्क्रीन हेर्ने मलाई जागर नै चलेको थिएन, यतिकैमा मेसेनजरमा कल आएको रिङ्ग बज्यो फेरी, त्यसपछी भने निन्द्राले लट्ठ मातेकै अवस्थामा सिरानीमुनी राखेको मोबाइल लाई तानेर आँखा मिच्दै हेरे कल बिन्दुको रहेछ, उनको कल देख्ने बितिकै आश्चर्य लाग्यो, अरे यतिराती उनको कल ? म छक्क परे, घडी हेरे, रातको १:२५ हुनैलागेको रहेछ, त्यसपछी भने निन्द्रैको सुरमा कल रिसिभ गर्दै भने, हेलो अँ भन, कहाबाट याद आयो मेरो यतिराती ? कहिनभाको झुटी मान्छे, आफुले बोलेको बचन पुरागर्न नसक्ने मान्छेहरुले किन कल गर्नु पर्‍योनी यती राती भुतले जस्तो, यतिराती कस्ले कल गर्छ थाहाछ तिमीलाई ? भुतले मात्रै गर्छ मान्छेको निन्द्रा बिगार्ने गरेर, तिमी त भुत मात्रै हैन चुडैल हौ चुडैल, उस्ले हेलो हाइको जवाफ पनि दिन नपाउदै सुरुमै रिसाउदै आफ्नो असन्तुस्टी पोखिहाले, मेरो असन्तुस्टी पछी उनी बोलिन, महाराज अझै बोल्न बाँकी छ कि पुग्यो यतिभए, केहो ? कसो हो ? सोध्नुत कता हो कता उल्टै कुरै नबुझी रिसाउनै हतार छ है हजुरलाई ? म आज दिउसो किन आइन थाहा छ हजुरलाई ? सोध्नुभयो हजुरले मलाई किन आइन भनेर ?हो मैले हजुरलाई रिसिभ गर्न आउछु भनेकै हो, हजुर संगै बस्छु पनि भनेकै हो, तर त्यत्रो बचन दिएको मान्छे अचानक न आउँदा किन आइन भनेर चै नसोच्ने है, खुब आफ्नै मात्रै रिस पोख्ने हैन, हजुरलाई जस्तो रिसाउन त मलाई पनि आउछ नि, अनी म भुत हो रे ? म चुडैल हो रे ? हो हजुरले ठीक भन्नु भयो म चुडैल नै हो भड्किएको आत्मा नै हो जहाँ हजुरको मायाले प्रेमले पागल बनाएर भड्काएको छ मलाई, विश्वाश गर्नुहुन्छ ? बोल्दाबोल्दै सुकसुक रुनपो लागिन उनित, बस उनको रुवाइ सुनेपछी मलाई अरु के चाहिन्थ्यो र? म उनको सुक्सुकाइमा पग्लि त हाले, बाँकी त्यतिभए मलाई पुगिहाल्यो, त्यसपछी पुन फेरी आफुलाई सितल बनाउदै सम्हालेर सानो आवाजमा बोले, अनी मान्छेलाई सपना देखाएपछी मनमा आश लाग्दैन त, कान्छु, प्लिज नरौन यार, अलिकती रिस उठेको थियो रिसाइ दिए तर अब मेरो रिस मरिसक्यो, प्लिज नरौन यार, अँ बरु भनत किन नआएकी तिमी आज मलाई लिनलाई? अलिक सानो स्वरमा बोलेपछी उ बोलिन, आउनत म हजुरलाई पिकअप गर्ने समय मिलाएर आउछु भनेरै आएको तर मलाई घरबाट एक्लै आउन दिएनन, काठमान्डौमा अरु पनि काम भएकोले साथमा आफन्त पनि आएका थिए, फेरी मुग्लिन आइपुगेपछी गाडी जाममा परेर दुई तीन घण्टा त्यही बित्यो, लगतै गजुरी आइपुग्ने बेलामा फेरी गाडी बिग्रीदियो झन ४,५ घण्टा त्यसैमा लाग्यो, हामी थानाकोट टेक्दा बेलुकिको ८, बजिसकेको थियो, हजुरलाई मेसेज गर्न मोबाइलमा नेटवर्क् नटिपेर त्यो पनि गर्न सकिन, फेरी दिनभरी बाटोमा मोबाइलमा गीत सुन्दै आएकोले बेलुकी पख ब्याट्री सकिएर मोबाइल पनि अफ भयो, त्यसपछी त झन न हजुरको मेसेज हेर्न पाए, न हजुरको कल नै आएको, मोबाइल नै अफ भएपछी थाहा पाउने कुरै भएन, बल्लतल्ल साडे नौ बजेतिर कोटेश्वर आफन्तकोमा आएर मोबाइल चार्जमा राखेको थिए, अहिले सबैजना सुतिसकेको ले बल्ल कल गर्न पाकी, सबैलाई यहाँ एक्लै छोडेर म एक्लै हजुर भाको ठाउंमा आउन पनि नमिल्ने, कहाँ जान्छु भनेर आउने, के भनेर आउने ? मेरो ठाउँमा बसेर हेर्नुहोस् त हजुर पनि आफु, के मेरो ठाउमा हजुर हुनुभएको भए सबैलाई छोडेर आउन सक्नुहुन्थ्यो ? भन्न सजिलो छ, छोरी मान्छे हुँँ फुत्त निस्किएर हिंड्न कहाँ सक्छु र ? यती भनेर उनी केहीछिन चुपचाप बसिन, हुन पनि हो, फोनको घन्टी संगै केछ कसोछ? किन आएनौ ? के भयो ? तिमी ठीक त छौ ? भनेर सोध्नु पर्ने हो मैले पनि, त्यसैले फोन रिसिभ गर्ने बित्तिकै मैले पनि आफ्नो रिस नपोखेको भए पनि हुन्थ्यो, हो उनले भनेकी ठिकै हो, हामी छोरा मान्छे जस्तो सजिलो हुन्न एउटा घरको ग्रिहिणी त्यसमाथी छोरी मान्छे, उनको लामै गन्थन पछी बेकारमा रिसाएछु भन्ने लाग्यो र सोधे, अनी खाना त खायौनी ? उम खाए, अनी हजुरले ? मैले पनि खाएर भर्खर निदाएको मात्रै थिए तिम्रो कल आएर बिउँझीएको फेरी, मैले सवाल जवाफ दिए, अनी अघी त्यत्रो मेसेज गरे, कतिचोटी हेलो हाइ गरे, हजुरले मेसेज नै हेर्नुभएन, अनी फेरी यता अरुले थाहा पाउला कि भन्दै कल गर्न वाध्य भए, उनको भनाइ पछी मैले छोटो उत्तर फर्काउदै ए ए मात्रै भने, त्यसपछी पुन उनै बोलिन फेरी, अनी अहिले कहाँ बस्नु भएको छ ? आफन्त को मा कि होटलमा ? होटेलमा फेरी मैले छोटो जवाफ फर्काए, अनी कहाँ बस्नु भएको छ ? सिनामंगलको ओरालोमा बाटैमा ओयो ५५० नम्बरको होटेल रहेछ, भोली घर जान पनि सजिलो यहाँबाट नजिकै एरपोर्ट त्यसैले यतै बसे, उता बसपार्क तिर गैन, ए अनी कती नम्बर रुममा बस्नु भाको छ हजुर ? उनको सोधाई थियो, खै १०१ होला शायद, राम्रो संग हेरेको पनि छैन, किन अहिले नै आउन लाग्यौ कि केहो ? हाँस्दै जवाफ फर्काए, बिचरा अहिले नै आएत खुब बेहोस हुनुहुन्थ्यो होला है, हाँस्दै बोलिन उनी पनि, उम त्योत आएपछी थाहा हुन्छ भन्दै जवाफ फर्काए मैले पनि, यतिकैमा हतारिदै बोलिन फेरी, ल अहिले आधारात भैसक्यो, सबै सुतेकाछन, थाहा पाए भने मार्छन मलाई फेरी, धेरै कल्पनामा डुबेर मातिएर कुरा गर्ने हैन, भोली पशुपती घुम्ने बहाना गरेर आउछु म बेलुकी ४, बजेतिर आउनुहोस त्यतै भेटौँला, पशुपती कहानेर मैले सोधे, पसुपती पारीपटी सिरानमा सिमेन्टको कुर्सिहरु छन, जंगलको नजिकै त्यही भेटौँला, त्यहा देख्नु भएन भने अलिकती अगाडि आएर जंगल तिर हेर्नु भयो भने तार जालिले घेरेर बारेको म्रिगहरु दाना खाने नजिकै बसेको हुन्छु, त्यही आउनुहोस, कसैले देख्दैन पनि ढुक्क हुन्छ, बाँकी कुरा सबै त्यही गरौला, ओहो भोली बिहानै होटल आइपुग्छु भन्छ होला भनेको त मोरिले त कहाँ एकान्तमा जंगलमा पो भेट्ने भन्छिन यार भन्दै मनमा सोचेर हस हुन्छ भने, त्यसपछी दुबैजना गुड नाइट भनेर फेरी सुत्ने तरखर मा लाग्यौ, दुबैतिर बाट कल राख्यौ र पुन सुन्सान भएर निदाउने कोशीस गर्न लागे ।

भोलिपल्ट बिहान होटलको वेटरले कफी लिएर आउँदा धेरैपल्ट ढोका ढकढक गरेपछी मात्रै थाहापाए बिहानको ७ बजिसकेको रहेछ, राती अलिक अबेर निदाएकोले पनि होला बिहान मलाई उठ्न निक्कै कठिन भएको थियो, रातिको अनिदोले गर्दा आँखा राता राता भएको थियो, उज्यालोमा हेर्दा भतभती पोलिरहेको थियो आँखा, तैपनी होटलको वेटरले निकैबेर ढोकामा आवाज दिएपछी भने अल्छि मान्दै उठेर हाइ कार्डै ढोका खोले, वेटरले ट्रेमा कालो कफी लिएर ढोकैमा उभिएको रहेछ, गूड मर्निङ सर, वेटरले मर्निङ विस गर्दै बोल्यो, गूड मर्निङ भाई कफिको कप समाउदै मर्निङ फर्काए मैले, सर नास्तामा के लिनुहुन्छ हजुर, वेटर फेरी बोल्यो, जेछ त्यही ल्याएपनी हुन्छ भाई, मैले जवाफ फर्काए, उसोभए अंलेट तोस ल्याउकी सर ? वेटर बोल्यो, म एकछिन अंकनिदै बोले, उम भाई बिदेशमा नेपाली स्वाद नखाएको धेरै भयो, मलाई त कस्तो आलु र गेडागुडिको मिक्स तरकारी र पुरी खान मन लागेको छ मिल्छ होला, मैले जिज्ञासा राख्दै सोधे, त्यसपछी वेटरभाई अंकनिदै टाउको कनाएर बोल्यो, सर हामी संगत भेज सब्जी र रोटी इन्डियन परौठा पाउछ, तर हजुरलाई पुरी तरकारी नै मन परेको भए चै बाहिरबाट मगाउनुपर्छ, तर बाहिरबाट ल्याएको एक्स्ट्रा चार्ज लाग्छ, वेटरको कुरा सुनेपछी मैले भने, एक्स्ट्रा चार्ज लागेर केही फरक पर्दैन भाई तर पुरी तरकारी त्यो पनि हलुका पिरो हुनुपर्छ है, धनीयाको काँचो पत्ता, काँचो प्याच र हरियो खुर्सानी काटेर हालेको, मैले यती भनेपछी वेटरभाई हसको संकेतमा टाउको हल्लाउदै त्यहाबाट ओझेल पर्‍यो, त्यसपछी म पुन बेडमा बसेर चिसिन लागेको कालो नेस कफी पिउदै टहलिन थाले ।

कफी पिउदै बेडमै बसेर नेपालमा भएको आफन्त र परिवारमा सबैलाई काठमान्डौ आइपुगेको जानकारी गराए, सबैसंग एकएक गरेर कलमा खुब आनन्दले बोल्दै गए, त्यसपछी आफु आएको कम्पनिको नजिकको साथीहरुलाई सकुसल नेपाल पुगेहै भनेर जानकारी गराए, कती संग मेसेजमा जानकारी गराए भने कती संग मेसेन्जरमा कल गरेरै बोले अनी कतिसंग नम्बरमा कल गरेर आफु ठिकै आइपुगेको जानकारी गराएर निस्चिन्त भएर बसे, त्यसपछी भने फेरी मोबाइलको स्क्रीन खोलेर फेसबुक र टुइटरमा स्टाटस पोस्ट गरे, सकुसल काठामन्डौमा भनेर लेखे, खासमा हिजै होटलमा आइपुग्ने बित्तिकै पोस्ट गर्न मन लागेको थियो तर एयरपोर्टमा लिन आउछु भनेर न आएकी बिन्दुको तनाब र थाकेको हुनाले पोस्ट गर्नै मन लागेन र आज बिहान मात्रै बल्ल पोस्ट गर्दैथिए, यता पोस्ट गरेको दुई मिनेट पनि भएको थिएन दुबैतिर एकैछिनमा साथीहरुको बधाई, स्वागत छ, welcome to nepal, भेट्ने हैन अनी, ल ल नेपाल सुटुकै आएर हामीलाई त खबर पनि छैन है, खुब बिदेशको चकलेट ल्याइदिनु पर्छ भनेर, भो हामीलाई चकलेट हैन साथी आइपुग्यो भनेर यसो चिसो पानी मात्रै पिएर भएपनी भेट्दा हुन्थ्यो, भन्दै प्रतिकृया आइसकेका थिए, मैले पालैपालो सबैको कमेन्ट अनुसारको जस्तो आएकोछ त्यसैको ढाँचामा जवाफ फर्काए, त्यसपछी पुन ढोकाको बेल बज्यो, उठे, उही भाई रहेछ, सर हजुरको नास्ता आइपुग्यो, मैले मुसुक्क हासेर धन्यवाद भाई भन्दै नास्ताको ट्रे समातेर भित्र राख्दै पर्सबाट ५००, सयको नोट निकालेर धन्यवाद भाई भन्दै टिप्स दिए, वेटरभाई नोट समातेर पुन अघिकै जस्तो मुसुमुसु हाँस्दै त्यहाबाट ओझेल पर्‍यो, म नास्ता खाना तर्फ लागे, नास्ता खादाखादै मोबाइलको नम्बरमा कल आयो, हेरे, कल घरबाट आएको रहेछ, काठमान्डौ आइपुगेर पनि त्यही बसिरहनु पर्छ ? खुरुक्क टिकेट काटेर आएहुन्न ? श्रीमती जिको हप्काइ थियो यो, मैले हाँस्दै जवाफ फर्काए, आउँदा सोल्टिनिहरु पनि संगै आएका थिए अनी कसरी घर आउनुत हौ भन्ने बितिकै अब एकदुइ हप्ता त बस्नै पर्‍योनी, मैले हासोकै भावमा जवाफ फर्काए, कुनी कुनी बेर पनि छैन, संका पोखी श्रीमतिले, पुन हाँस्दै बोले म, लल म टिकट काट्छु भोली बिहानैको अनी आउछु, भोलिको हैन खुरुक्क आजकै टिकट काट्ने अनी आउने, के खान एक्लै बसिरहनु पर्‍यो त्यहा ? श्रीमती जिको आदेश थियो, अब आजको आजैत प्लेनको टिकट कहाबाट पाउनु हौ, भोलिको चै अलिक बढी पैसा तिरेर भए पनि काटेर आउछु गाडीमा त आउदिन, जिउ दुखेर हैरान भाकोछ ट्रान्जिटले गर्दा, भोली आरामले आउछु, भनेर कल राख्ने अनुमती माग्दै फोन काटे, फोनमा बोल्दाबोल्दै होटलको रिसेप्सनबाट पुन अर्को कल आयो, मैले कल रिसिभ गर्दै बोले, हेलो, जवाफमा उताबाट होटलको स्टाफ नारी आवाज बोल्यो, सर लन्च हाम्रो ११ देखी दिनको १ बजेसम्म हुन्छ, हजुरलाई भेज ननभेज के चल्छ ? होटल स्टाफको जवाफ दिदै बोले, अहिले लाई तपाईं बाहेक सबैथोक चल्छ, जे पठाउनु भएपनी हुन्छ, तर रुममै पठाइदिनुहोस् है भन्दै हासे म, उताबाट उनी पनि के कम, सर त्यस्तोत यहाँत पाउदैन तर बाहिरबाट मगाउन सकिन्छ, कि मगाइ दिउँ खितितिती हाँस्दै जवाफ फर्काइन, मैले ल भो बैनी, मैले हासो मात्रै गरेको, भन्दै जवाफ फर्काए, उनी पनि के कम, मैले पनि हासो नै गरेको सर सिरियस नलिनुहोला, यहाँ त्यस्तो पाइदैन, फेरी उनको हासो, एकछिन कलमै दुबैको रत्यौली चल्यो त्यसपछी हस सर भनेर कल राखिदिन, नानी बाठी छिन भन्दै मन मनै सोचेर कल राखेर नुहाउन तर्फ लागे । 

दिउसोको खाना खाइसकेर लुगा लगाएर बिन्दुलाई भेट्न जाने भनेर ठीक्क परेर करीब ३, बजेतिर गौसलाको ओरालो हुँदै उत्तर तर्फ लागे, बाटभरी फलफुल बेच्नेको घुइचो तानातान थियो, भक्तजनहरु कस्को सामन किनिदिने दोधारमा थिए, फलफूल बेच्ने पसलहरु सबैको यता सस्तो, यतिमा र उतिमा भन्दै भक्तजनहरु लाई तानातान गर्दै थिए, म कालो सर्ट, कालो पेन्ट, कालै चस्मा लगाएर खुब आफुलाई हिरोवाला फिलमा लमक लमक लम्काइ रहेको थिए, सडक किनराको दुबैतिर माग्न बसेका असक्त र साधु शन्तहरुको पनि उतिकै भिढ थियो, चारैतिर घण्टाहरुको कर्कश आवाज बजिरहेको थियो, बाबाहरु पनि परिपरिका थिए, जेष्ठ असारको त्यस्तो गर्मिको दिनमा पनि आगोको धुनी बालेर गाजाको मातमा लठ्ठ थिए भने कोही निर्बस्त्र आफ्नो यौनाङ हरु पनि नढाकी हुक्का तान्नमा तल्लिन थिए, कोही हात हेराउने देखी जादु देखाउने सम्मको भिड त्यही थियो, बाटभरी, पशुपतीक्षेत्र धार्मिकस्थल भन्दापनि धेरै जिबनको बिसौनी र आनन्द लिने ठाउँ जस्तो लागेको थियो मलाई, सान्सारिक मायाजाल त्यागेर अध्यात्मिक जिबन बाच्नेहरुको रंगमन्च जतिकै थियो त्यस वरपर, साच्चैभन्ने होभने बिभिन्न फरक फरक पात्रहरुले अलगअलग भूमिकामा अभिनय गरेको जस्तै लाग्थे, कोही कुस्टरोगले थलिएका जस्तै घाऊ नै घाऊ भएर बाटको छेउमा लडेका थिए, कोही हरे राम, हरी कृष्ण र हरी शिव भन्दै भजनमा मस्त थिए, कोही भुस्याहा कुकुरहरुलाइ खाने कुरा खुवाउन ब्यस्त देखिन्थे, तर त्यहा देखिएका हरेक द्रिश्यहरुमा सबैभन्दा अलिक अनौठा र छाडापन लाग्नेचै सरिरमा सेतै खरानी धसेर लामालामा कपाल पालेका बाबाहरु आफ्नो लिङ खेलाउदै गरेका र अनेक बोजिलो सामनहरु उठाएर मान्छे हसाउने र फोटो खिचाउनेको भिड जम्मा गरेर बसेका हुन्थे, फोटो खिच्दा पनि उनिहरुलाई सय, पचास दिएपछी मात्रै खिच्न दिने, ओहो त्यो अश्लील तस्बिर लिन पनि पैसापो दिनुपर्ने ? म छक्क परे, अनी मन मनै सोचे, ब्यापार केमा छैन, हरेक चिजमा ब्यापार छ, मुल्य छ तर त्यसलाई ब्यपारमा रुपान्तरण गर्ने चै उस्को बिचरामा भर पर्ने रहेछ, यहाँ ति नाँगा बाबाजी भनाउदाहरुले आफ्नो अश्लील हर्कतहरुलाई ब्यापार बनाएका थिए, कस्तो गजबको आइडिया, म मन मनै हासे, अनी फेरी सोचे, मान्छे आफ्नो यौनका कुरा लुकाएर लजाएर हिड्छन तर त्यही मान्छे अर्को मान्छेले गरेको यौनिक उछ्रिङ्गखल कृयाकलाप हेरेर हाँस्दै ताली बजाउदै आनन्द मानेर रमिता हेरिरहेका थिए, मानौ त्यहा ठुलै मेला लागेको छ वा नाटक मन्चन भएको छ, हो नाटक त मन्चन भएकै थियो तर त्यो जिबनको कुन पाटोको नाटक हो मैले ठम्याउन सकिन, तर पशुपती क्षेत्रको त्यहाको हरेक कृयाकलापहरु देख्दा त्यहा सन्सारकै सबैभन्दा ठुलो थिएटर हो जहाँ अहजारौ कलकारहरुले भिन्नभिन्न तरिकाले आफ्नो भागमा परेको किरायको भूमिका निभाउछन, मलाई पनि कुनै नाटक कुनै कथा हेरिरहे झै लागेको थियो, यस्ता कार्यहरुको भिड र द्रिश्य छिचोल्दै म पूर्णरुपमा मन्दिरको अगाडि मान्छेहरु मरेर सदगदी गर्ने घाटमै जब पुगे तब मन फेरी अलिकती बेचैन भएर आयो, कतै लासहरु जलाउन ठीक्क पार्दै थिए भने कतै जल्दै थिए, अनी कतै जलेर सक्न लागेका थिए, लासका आफन्तहरुको रुनेहरुको भिड थियो लासै पिच्छेका, अघी भर्खरै हासो लाग्ने अचम्म लाग्ने द्रिश्य संग हराउदै आएको म एकाएक सोकमा रुदै गरेको ठाउमा आइपुग्दा फेरी अर्को दुखान्त कथाको जिबनको अत्यस्टिको कथाको द्रिश्यमा आइपुगेर ति सबै नियाली रहेको अनुभुती भएको थियो मलाई, मान्छे जन्मन्छ, बाँकी बिचको भागको जिबन अनेकौ किरायादार भूमिका निभाउछन, जस्मा लडाईं झगडा, प्रेम बिछोड, पती पत्नी, आमा बाउ, छोराछोरी, चोर डाँका, हत्यारा, पूजारी धर्मात्म्य, साधु-शन्त आदी धेरैजसो सबैखाले भूमिका निभाउछ र अन्तिम यात्रा भनेको मृत्‍युबरण गरेर सँधैलाई आगोको राखमा जलेर खाक हुँदै खरानी भएर अनन्त सम्म पानीमा मिसिएर बिलाएर हराएर जान्छ, यही हो आखिर जिबनको सास्वत सत्य पनि, आखिर के रहेछत जिबन भनेको ? आफुले आँफैलाई प्रश्न गरे, तर सहि उत्तर भेटाउन सकिन मैले र मनमा आँफै दिकदारी वाक्क मान्दै म बागमती तरेर पशुपती मन्दिरको पारीपटी लागे जहाँ मलाई भेट्नलाई बिन्दुले बोलाएकी थिन ।


बागमती तरेर पारीपटीको मन्दिरै मन्दिरको माथि म्रिगस्थलिको जंगल नजिकै पुगेर सिमेन्ट र फलामले बनाएको कुर्सिमा पुगेर आफुलाई आराम दिलाउदै पशुपती मन्दिर क्षेत्रको रमिता नियाल्न थाले, बेलाबेलामा बिन्दु आइपुगिन कि भन्दै उनैको आक्रिती हेर्दै चारैतिर आँखा पनि डुलाउदै थिए, जहाँ म आएर बसेको थिए त्यहा त सबैजना आआफ्नो जोडी बाधिएर हातमा हात समातेर ओइरिनेको भिड हुनेरहेछ, कोही चै मसिना मसिना स्तुपा जस्ता लाग्ने मन्दिरको आड बनाएर एक अर्काको अंगालोमा बेरिएर ति मन्दिरहरुलाइ डेटिङ स्पोट बनाएका थिए, त्यस्तो धार्मिक र सार्वजनिक स्थलमा पनि एक अर्काको काखमा बसेर अंगालोमा कसेर बक्षस्तल स्पर्स गर्ने देखी लिएर चुम्बनको बर्षा गराउने हरुको क्रिडास्थल नै रहेछ, म छक्क परे, यस्तो पवित्र देवस्थलहरुमा आएर पनि तिनै देबी देवताको काखमा यस्ता अश्लील हर्कत गर्ने रहेछन मान्छेहरु, त्यस्ता द्रिश्यहरु हेर्ने युवायुवती देखी बुडापाका र कलीला केटाकेटी सम्मका थिए, सबैले कुनै न कुनै बाहानामा ति जोडीहरुको अश्लिल कृयाकलाप हेरिरहेका हुन्थे, तिनै मद्धे म पनि अचम्म मानेर अफ्ठ्यारो लाग्दै भएपनी आफ्नो नजर लुकाएर हेर्न कोशीस गर्दैथिए, मानबिय स्वभाव न हो, हेर्दिन भन्दा पनि आफ्नै नजर अरुहरुसंग लुकाएर भएपनी आँखा त्यही पुगिहाल्ने, मेरो मात्र हैन अधिकांस मानिसहरुको नजर त्यस्ता जोडी हरुमाथी परेको हुन्थे, तैपनी तिनिहरुलाई कुनै असर परेको थिएन, मन मनै सोचे, बिन्दु संग भेट भएपछी कम्सेकम म चै त्यसरी बस्दिन, कम्तिमा पनि दुरी बनाएर उनिसंग कुरा गर्नेछु, अनी फेरी सोचे, एकान्त सुनसान हुन्छ भनेर बिन्दुले पनि किन मलाई यस्तो अश्लिल हर्कत गर्ने ठाउँमा बोलाएकी होलिन, हामी दुबैजना गफ गरिरहेको बेला हाम्रो आँखै अगाडि तिनिहरुले त्यस्तो हर्कत गर्दा म उनको अनुहारमा हेरेर कसरी कुरा गर्न सकौला र ? मनमा यस्तै असहज कुराहरु खेलिरहयो ।

म सिनामंगलको होटलबाट निस्किएर हिड्दा ३, बजिसकेको थियो, त्यहा पुग्दा ४, बजिसकेको थियो, तर ४, बजे आउनुहोस् है भनेकी बिन्दुले साडे चार बजिसक्दा पनि आउने कुनै छाटकाट थिएन, पुलको पारिपटी र वारिपटी दुबैतर्फ मन एकाग्र बनाएर उनकै आक्रिती कल्पिएर बाटो कुरिरहेको थिए, घरि हातमा हात समातेर आउने जोडी देखिन्थे भने कोही एक्लै आउने छोरा मान्छे र छोरी मान्छेहरु पनि देखिन्थे, तर मैले त्यतिका समय बित्दा सम्म पनि भिडियो कलमा देखेको जस्तो अनुहारको आक्रिती कतै देखिन, तैपनी मनलाई बाधेर आउछिन होला भन्दै उनको प्रतिक्षा गर्न लागे, समय बित्दै जान लाग्यो, जतिजती समय घर्किदै जादै थियो, समय संगै मेरो पर्खाइको हुटहुटी पनि बड्दै जादैथियो, अघी भरखर सम्म रापिलो भएको सुर्य अहिले मलिनो भएर पशुपतिनाथ मन्दिरको पछाडि पट्टी भएर ठीक्क गजुर छेउमै अस्ताउन लागेको जस्तो देखिन थालेको थियो, धेरैबेर सम्म पनि कुर्दा पनि उनी न आएपछी अत्यास लाग्दो छटपटी हुनथालेको थियो मलाई, घरिघरी आँखा पुल पारी र वारी दौडी रहन्थ्यो, आउने हरेक छोरी मान्छेको अनुहारमा पुगेर मेरो नजर ठोकिन्थ्यो तर पनि उहुं ! उनलाई कतै देखिन, मन झन फेरी एयरपोर्टको पर्खाइको जस्तै बेचैन भएर एकाग्रता तोडिदै थियो, घडीको काटा सर्दैजादा मनको काटा लम्बिदै गएको महसुस हुँदै थियो, पर्खाइ र समस्याको पनि हद हुन्छ नि, एयरपोर्टमा लिन आउछु भनेर राती कल गरेर समस्या देखाइन, अहिले भेट्न् बोलाएर यतिबेला सम्म न आएर भरे राती फेरी रुदै के समस्या देखाएर मलाई नै उल्टै ब्याकुल बनाउने भैन, म यस्तै सोच्न थाले, पर्खदा पर्खदा समयले नेटो काट्न लागिसकेको थियो, मनको बाँध भात्किदै जादै थियो, मन भित्र भएको प्रतिक्षाको उखुम त कती हो कती, त्यो कुरा गरी साध्य छैन, बस मुटु ऐठन भएर आएको जस्तो अनुभुती हुँदै थियो, आँफैमा ब्यग्र प्रतिक्षाको घडी सकिएर मनको काटा डुब्न लागेको घाम संगै टक्क अडिएको अनुभुती हुँदैथियो, एकमनले त आ होस अब आउदिन होला, आज पनि ढाटिन मलाई, राती अनेक बहाना बनाउने होला फेरी त्यती न हो, अर्को मनले भन्दै थियो पर्ख अब एकछिन अनी त्यसपछी जानु भन्दै थियो, एकातिर निराशा घोप्टिदै थियो भने अर्को तिरा आशाको त्यान्द्रो झुन्डिए रहेको थियो, तर निराशा भन्दा धेरै आशाले मान्छेलाई सक्ती दिनेरहेछ, शायद त्यही आशाको सक्तिले म अझै उनलाई पर्खने पक्षमा थिए र पर्खिदै थिए, कुर्दाकुर्दा न आएपछी दिकदारी मान्दै घडी हेरे ५:४० भैसकेको रहेछ घडिमा, त्यसपछी एकपल्ट कल गरेर बुझ्नु पर्‍यो भनेर डाटा खोलेर मेसेज र कल दुबै गरे, तर मेसेन्जर अफ्लाइन थियो, न मेसेज सिन भएको हरियो थोप्लो देखायो न कल नै गयो, यता मेसेन्जरमा कल नभएपछी नम्बरमा डायल गरे, नम्बरमा पनि जतिपटक गरेपनी हिजोको एयरपोर्टको जस्तै टेलिकमको भ्वाइस एन्सरिङ्ग मेसिन मात्रै संपर्क हुन नसकेको जनाउ दिदै बोली रहयो । 

लगतारको फोन संपर्क हुन नसकेपछी फेरी पनि पर्खने नै निधो गरेर कुर्न लागे, हिजो झै आज पनि बिजुलिको पोल र घरहरुमा बत्तिहरु बल्न सुरु भैसकेका थिए, बागमतीको वारीपट्टी हरेकदिन पूजारिहरु बाट आरती हुँदोरहेछ, त्यो दिन पनि आरतीको तार्तम्य सुरुहुन लागेको थियो, फोटो खिच्ने र भिडियो खिच्ने अनी रमिता हेर्नेको घुइचो फेरी बाक्लिदै जादै थियो मान्छेहरुको, यता मान्छेहरुको भिड बड्दै जादा मलाई पनि होटल फर्किनुको हुटहुटिले सताउन थाल्यो, यतिकैमा उनले राती भनेको एउटा कुराको झल्यास याद आयो, म मान्छेहरु बस्ने ठाउमा भैन भने अलिकती अगाडि माथि आएर जंगलतिर प्रबेश गरेर म्रिगहरुलाई फेन्स लगाएर राखिएको ठाउँँ तिर आउनुभो भने भेट्नुहुनेछ भनेको सम्झिए, अचानक दिमागमा त्यस्तो कुरा आएपछी म बसेको कुर्शिबाट उठेर बिस्तारै जंगल तर्फ पाइला बढाए, हिड्दै गए अलिक अगाडि पुगेपछी तारजालिले बेरिएको फेन्स देखियो, समय साँझ झप्किनै लागेको थियो, त्यहा पुग्दा बिन्दुलाई भेट्ने आशा भन्दा पनि केही अंध्यारो जस्तो हुन लागिसकेकोले मनमा हलुका डर लाग्न थालेको थियो, त्यहाको ठाउँ नै डर लाग्ने खालको थियो, एकातिर साँझ ओर्लदै गरेको अर्कोतिर बाक्ला साना ठुला रुखहरुले त्यहाको बातवरण झन कालो अँध्यारो देखिन्थ्यो, रुखको पातहरुमा बसेर झ्याउँकिरिहरुले कानको जाली नै फुट्ने गरेर कराएर साँझ भएको जनाउ दिदै थिए, तैपनी मनलाई दरो बनाएर त्यतैतर्फ लागिरहे, केही मिनेटको हिडाइपछी फेन्सको नजिकै पुगेर टक्क अडिएर फेरी चारैतिर आँखा डुलाए तर त्यहा मान्छे त के कुनै जिबजन्तु पनि देखिएन, यतिकैमा मेरो पछाडि कोही चिप्लिएर लडेको जस्तो खस्र्याक आवाज आयो, आवाज आएको तिर तर्सिएर पछाडि फर्किएर हेरे, केही देखिन, पुन आफ्नै अगाडि हेरे, अहिले भने साना साना दुइवटा मसिना म्रिगका बच्चाहरु फेन्स भित्रबाट म तिर एकतमासले हेरिरहेका देखे, त्यसपछी भने मन अलिकती हलुका भयो, हेर्दै काखमा लिएर खेलाउनु जस्तो सुन्दर म्रिगको बच्चाहरु देखेर फेरी त्यतै मन टोलाउन थाले, यतिकैमा मलाई पछाडिबाट कुनै नारी आवाजले बोलाएको झै भान भयो, फर्किएर हेरे, कसैलाई देखिन, पछाडि फर्किएर के हेरेको मात्रै थिए फेरी आँखै अगाडिबाट ठुलो कालो आकारको केही भुररर उडेर गएको भान भयो, तर आँखाले भने केही देखिन, अनुभुती मात्रै थियो मेरो त्यो, मनमा डरको हल्का चिसो पस्यो, तैपनी फेरी खै किन हो कुन्नी अगिको म्रिगको बच्चाहरु भएको ठाउँ अघिल्तिर फर्किएर हेर्न मन लाग्यो, जब अगाडि फर्किएर हेरे, तर त्यतिबेला त्यहा म्रिगको बच्चा हैन ठुलाठुला माउ म्रिगहरु काठको डुँड जस्तोमा पानी पिउदै थिए, साथमा एउटा अधबैशे महिला पनि म्रिगकै अगाडि हातमा हरियो घाँसको मुठा लिएर ख्वाउदै गरेको देखे, अरे ! म छक्क परे, अहिले भर्खरै त्यहा साना बच्चाहरु थिए, अचानक कता गायब भएर ति ठुला माउ म्रिग र ति आईमाई आइन, म ट्वाल्ल् परेर सोच्मग्न बने, रातो ब्लाउज, रातो घरेलु सारी, पुरानो मान्छेका पाराले फन्को घुमाएर कम्मरमा पहेलो पटुकी, कपाल छोडेकी, बाक्ला आखी भौ, काला ठुलै आँखा, तिनै म्रिगका जस्ता, अपरिचित मनले हेरे पनि नहेरे झै गरेर म तिनै अधबैशे महिला लाई हेरिरहे, उनी पनि म्रिगको सरिरमा सुम्सुमाउदै हातमा घसको मुठो खुवाउदै मलाई नै एकतामसले आँखा कतै नहटाइ टक्क हेरिरहेकी थिन, हामी दुबैको नजर केहीबेरसम्म कतै नहटाइ जुधिरहयो, म उनलाई नियाल्ने, उनी मलाई नियाल्ने, तर हेलो हाइ, कुनै संबाद नभैकिन दुबैलाइ एकोहोरो हेरिमात्रै रहयौ, खै के भएको थियो मलाई त्यो बेला, हामी दुबैजना मन मनै एकअर्कामा संबाद गरेझै महसुस भएको थियो, म उनलाई केही सोध्न लागि रहेको थिए भने उनी मलाई केही भनिरहेकी थिन, तर अनुभुती बाहेक हामी दुबैको आ आफ्न ओठ भने बन्द थिए, दुबैको ओठहरुहरु खुलेका थिएनन, तैपनी दोहोरो संबाद हामी बिचमा भैरहेको महसुस भएको थियो मलाई, साँझ झपक्क ओर्लिसकेको थियो, दुबैको नजर एकनिमेस पनि नहटी नियालिरहेका थियौ आपसमा, यतिकैमा मेरो टाउको माथिबाट दुइतिन वटा ठुला चराहरु भुरुरर हुडेर गएको आभास भयो फेरी, म पुन अघिको जस्तै तरंग तर्सिए, अचानक मुखबाट आतिएको भावमा सिठ गर्दै टाउको माथि हात लगेर ति चराहरुलाइ धपाएको जस्तो गरेर हात गयो, यतिकैमा अहिले भर्खर सम्म हेरिरहेको आईमाई मान्छेबाट ध्यान भङ भएर मेरो मन चिसो भयो, कतै आँफै भित्र डरको बाढी उर्लिएर आयो, एक्कासी शरीर चिसो कापेको जस्तो भएर आयो, हातखुट्टा डरले लुकलुक कापेको अनुभुतीमा लुला भएर आयो, तर ति आईमाई भने मलाई अझै पनि केही भन्न खोजिरहे झै एकटकले हेरिरहेकी थिन, यतिकैमा पुन मेरो केही पाइला अगाडि कोही गुनगुनाएको जस्तो, गफ गरेको जस्तो, कोही नारी आवाजमा सुकसुक गर्दै रुएको जस्तो मधुर आवाज आयो, मन मनै सोचे, को मान्छेहरु होलान, किन यहाँ आएर रुदैछन, अलिकती अगाडि बडेर हेर्न मन लाग्यो मलाई, अलिकती अगाडि बडेर हेरे, केही देखिन, बरु त्यहा भन्दा अगाडि कुनै बाटो वा जाने ठाउँ थिएन, त्यसको अगाडि र तल भिर थियो, मान्छे जाने सम्भव नै थिएन, तल उत्तरबाट बगेर आएको बागमती नदी थियो, त्यसको ठीक पारिपटी शिवलायको जस्तो लाग्ने सानो मन्दिर थियो, तर त्यही सानो मन्दिरको कुनामा उभिएर अहिले भर्खरै मेरो अगाडि मलाई नै हेर्दै म्रिगलाई घास लगाउने आईमाई मान्छेलाई अचानक टाउको आकाश तर्फ फर्काएर मलाई नै हेरिरहेको देखे, फेरी म छक्क परे, अरे ! त्यो आईमाई मान्छे त अहिले भर्खर यही थियो कसरी त्यहा पुग्यो ? मन भित्र अचानक प्रशन आयो, फेरी अर्को दिमागले फर्किएर अघिको ठाउमा हेर्न मन लाग्यो, फर्किएर हेरे, त्यहा न त्यो आईमाई थियो न म्रिग न त्यो पानी खाँदै गरेको काठको डुँड, केही पनि थिएन, म छक्क परे, हैन आज मलाई के भैरहेको छ, किन यस्तो अनुभुती हुँदैछ ? यस्तो सोच्दै पुन फेरी तल नदी किनरामा पारिपटी सानो मन्दिरको आडैमा उभिएर मलाई हेरिरहेको त्यो आईमाई तर्फ नजर घुमाए, तर यता फर्किएर हेरेर सेकेन्ड भरमा त्यता फर्किएर हेर्दा एकैछिनमा त्यहा पनि तिनी गायब भैसकेकि थिन, त्यसपछी भने मलाई उधुमले जोडजोडले डर लागेर आयो, कपाल ठाडा ठाडा पर्दै शरीरभरी रौ पनि सिरिङ्ग उठ्दै शरीर भारी भएको अनुभुती भयो, त्यसपछी त्यहाबाट जतिसक्दो छिटोछिटो पाइला पछाडि बडाउन थाले, यतिकैमा मेरो वरिपरी धेरैजना महिलाहरु कान नै बन्दहोला जस्तो गरेर अट्टहास हासेको जस्तो हासोको झन्कार सुने, झन डर लाग्यो, मुटुले हंश नै छोड्यो, त्यहाबाट कतिबेला निस्कौ जस्तै भयो, जती छिटो दौडन खोज्छु उती पाइला पछाडि पट्टी धकेलिएको जस्तो अनुभुती हुन्छ, यतिकैमा पछाडिबाट मेरो नाम लिएर पर्ख भनेको जस्तो नारी आवाज आयो, मनमा डर भएपनी मन दरो पारेर फर्किएर हेरे, कोही थिएन, अबत झन मन थामी नसक्नु भयो, डरको भयले उखुम हुँदै त्यहाबाट ओरालो तर्फ लागे, म जतिजती अगाडि बड्छु उतिउती मेरो पछाडि कोही संगै आएको जस्तो, कोही हासेको, रुएको, कराएको, वा चिच्याएको जस्तो वा मेरो टाउको माथि चिल चराहरु मलाई नै लखेट्दै उडेको महसुस भएको थियो, अघी आउँदा दुइचार मिनेट जस्तो मात्रै लागेको अहिले फर्किदा भने कती टाढा जस्तो भएको थियो मलाई, अत्यास भएको थियो, मन थिरमा थिएन, डरले शरीर चिसो जस्तो अनुभुती भएको थियो, हातखुट्टा ओठमुख सबै लुगलुग कापिरहेको थियो, जसोतसो अघी फलामको कुर्सी राखेको ठाउँमा आइपुगे, त्यहा पुग्दा मान्छेहरुको भिड र आरती गर्ने हरुको एकस्वरले गुन्जन गुन्जिरहेको थियो, अनी भने बल्ल मेरो हातखुट्टा अलिक दरो भएको जस्तो महसुस भयो, केही हिम्मत जुटेको जस्तो महसुस गरेर जतिसक्दो त्यो ठाउँँ छोडेर त्यहाबाट म हतार हतार गरेर होटल तर्फ लागे, निकैबेरको कसिएर हिंडेपछि बल्ल साडे सात तिर होटेलमा पुगेर ज्यान लाई बेडमा फुत्त फ्याकेर लामो लामो श्वास तान्दै आनन्दले पल्टिए ।

होटलमा पुगेर बेडमा पल्टिएर सरिरलाइ आराम त दिए तर मनलाई आराम फिटिक्क दिनसकिन, मनमा अनेकौ नानाभाती कुरा खेलिरहेको थियो, एयरपोर्टमा लिन आउछु भनेर बिन्दुले लिन न आउनु, आधारातमा कल गरेर भोली भेट्ने है भनेर भेट्न बोलाएर आज पनि भेट्न न आउनु, आखिर बिन्दु के साबित गर्न चाहन्छिन, के भन्न चाहन्छीन, आखिर म यतिका महिना देखी बोलेको के बिन्दु नभएर अरु को थियोत ? किन मलाई यस्तो भएको आज, साँझ पर्ने बेलामा मलाई त्यहा भेट्न बोलाएर उनी न आउनको कारण केहो ? त्यो मसिना म्रिग अनी ठुला माउ म्रिग, त्यो आईमाई मान्छे के थियो, को थियो, फेरी एकैछिनमा अचानक तल खोचमा मन्दिरको छेउमा त्यो आईमाई कसरी पुगिन, कहाबाट गैन, को थिन तिनी, के तिनी मनुश्य नभएर कुनै आत्मा थिन, आखिर मेरो नजिकै मलाई हेरिरहेकी मान्छे कसरी अचानक त्यती तल पुग्न सक्छिन, मैले देखेको ति म्रिगहरु छिनभरमै कहाँ गायब भए, त्यो आईमाई कहाँ गायब भैन, अनी त्यहा मलाई महसुस भएको सबै कृयाकलापहरु केथिए, मान्छे रुएको, हासेको, बोलेको अनुभुती किन भएको थियो मलाई, आखिर के भैरहेको छ मलाई, साँझ पर्दै जादाको मेरो मनको डरको भ्रम थियो कि साचिकै मलाई डराउन दिएको थियो ति सबै द्रिश्यहरुले, आखिर बिन्दु कोहो ? बिन्दुले भेट्न बोलाएर उनी न आउनुमा संयोग मात्रै होकी केहो, रातभरी फोनमा बोलेर आज मलाई त्यस्तो डर लाग्दो अनकन्टार ठाउँमा भेट्न बोलाएर किन आइनन, मनभरी तर्कनै तर्कना चलिरहयो, उत्तर बिहिन अनेकै प्रश्न आँफै भित्र उब्जिरहयो, मसंग केभएको थियो आज म आँफै सोच्न सकिरहेको थिन, म आँफै पत्याउन गाह्रो भएको थियो मलाई नै, म भित्र उब्जिएको हरेक प्रश्नको जवाफ थिएन आँफै भित्र, यतिकैमा होटलको लोकल सेटमा टिरिङ्ग टिरिङ्ग घन्टी बज्यो, एकोहोरो भएर मनमा अनेकौ कुरा खेलाउदै सोच्मग्न भएको बेला अचानक आएको रिसेप्सनको कलले तर्सिएर होसमा बिउँझीए, मनमा कुरा खेलाउदा एकोहोरिएको होसमा बिउझदा सोच्दासोच्दै चिटचिट पसिना आएर शरीर सबै निथ्रुक्क भिजेको रहेछ, त्यसपछी मनलाई भारी बनाउदै उठेर तौलियाले अनुहारको पसिना पुच्दै कल रिसिभ गर्दै हेलो भने, उताबाट रिसेप्सनको उही हिजोको कोमल नारी आवाज थियो, सर डिनर को समय भयो, हजुर डाइनिङ मा आउनुहुन्छ कि सर्भिश पठाइदिउ ? मैले थकित गलेको आवाजमा भने उम थाकेको छु यतै पठाइदिनुहोस बैनी, सर तपाईंको टेबलमा हाम्रो कक्टेलको मेन्यु पनि छ, हजुरलाई केही लिन मनभए रिसेप्सनमा कल गर्न सक्नुहुन्छ भनिन, मैले हुन्छ हस खाना खाइसकेर म खबर गर्छु है भनेर कल राखिदिए ।

फोन राखेको केही समयमै ढोकामा कोही आएको जस्तो ढकढक गर्दै रिङ बेल बज्यो, उठेर ढोका खोल्दै बाहिर हेरे, खाना लिएर आएको रुम सर्भिस भाई रहेछ, उसको हातमा ठुलो ट्रेमा खानाको भेराइटी र पानीको बोतल थियो, मैले भित्र टेबलमा राख्न ईशारा गरे, उसले टेबलमा खाना राख्दै आधा शरीर धनुस् जस्तो बनाएर हस सर हजुरको भुजा लिनुहोस् भन्दै अबिभादन गरेर फर्कियो, म मन लागिनलागी भएपनि हात धुएर खाना खानु थाले, आज म संग जे भैरहेको थियो त्यसले फिटिक्क खाना भने रुचिरहेको थिएन, तैपनी बल गरेर मटनको ग्रेबी रससंग खाना खाने कोशीस गरे, जसोतसो खाना खाएर चुरोटको खिल्ली निकालेर बारान्डामा बसेर धुवा माथि आकाशमा छोड्न थाले, चुरोटको धुवा आकासिदै जादा काठमान्डौको आकाश सबै धुमिलो अँध्यारो भएको जस्तो महसुस भएको थियो मलाई, ति धुवहाँरु उडेर काठामान्डौको धुवाधुलोमा मिसिदै गर्दा अहिले पनि मलाई आज भएको म संगको घटना र बिन्दुको सुसुप्त छबी मात्रै घुमिरहेको थियो मेरो मस्तिस्क भरी, सोच्दा सोच्दै मन थाम्न सकिन र भित्र रुममा पसेर रिसेप्समा कल लगाए, उताबाट गूड इभिनिङ सर, केही सहयोग गर्न सक्छु कि भनेर त्यही नारी आवाज आएको थियो, मैले जवाफमा एक प्याक राम्रो खालको अल्कोहल र चिकेनको भुटान मगाए, सर आइस पनि चाहिन्छ कि ? फेरी सोदनी भयो उताबाट, मैले हस हुन्छ, आइस र कागती पनि पठाइदिनुहोस भनेर कल राखिदिए, मगाएको केही मिनेटमै तुरुन्तै कक्टेल गरिएको फ्रेन्च स्कच र चिकेनको तातो तरकारी आइपुग्यो, वेटरभाइले उसैगरी फेरी कम्मर भाँचेर निहुरिएर अबिभादन् गर्दै त्यहाबाट बेपत्त भयो, त्यसपछी म भुइमै पलेटी कसेर कक्टेल र चुरोटको धुवाँ आफ्नै सुरमा लगतार पिउन लागे ।

म खासै सँधैभरी अल्कोहल नखाने मान्छे त्यसमाथी पनि अरबिक हरुको अल्कोहल परमिसन नहुने देशमा बसेर आएको थिए, चार बर्ष भएको थियो मैले कुनै प्रकारको अल्कोहल नपिएको, त्यसैले पनि कक्टेल गरिएको फ्रेन्च स्कचको एकै प्याकले मलाई बारुलाले टोकेको जस्तो रिनिफिनी भैसकेको थियो, भखरै पिएको स्कचले दिमाग रिनिनिनी बनाउदै ल्याउदै थियो, मलाई अझ पिउन मन लाग्यो, फेरी रिसेप्सनमा कल लगाएर अर्को इरिस व्हाइट रसियन कक्टेल मगाए, मगाएको दुई मिनेट भित्रै तुरुन्त आइपुगिहाल्यो, रुम सर्भिस भाईले ल्याएर के दिएको मात्रै थियो मैले उसको हातैबाट उठाएर त्यसलाई पनि सास नबिसाइ एकै घुट्कोमा रित्याइ दिए, मैले यसरी पिएको देखेर सर्भिस गर्ने भाई पनि एकोहोरो भएर मलाई हेरिरहेको थियो, मैले फर्किन ईशारा गरेपछी मात्रै उ त्यहाबाट गयो, त्यसपछी पुन अर्को एउटा चुरोट सल्काएर म अल्कोहलले मातेको शरीरलाई कन्ट्रोल गर्दै लर्खराउदै रुमको बाहिरपट्टी बरन्डा तर्फ लागे, बरन्डाको रेलिङमा सरिरलाइ आड लगाएर चुरोटको धुवा माथि माथि आकाशतिर फ्याक्दै फेरी उही दिउसोको कुराहरु दिमागभरी घुम्न थाल्यो, त्यो भन्दा पनि धेरै मलाई बिन्दुको एकएक गरेर बोलेको आवाजहरु कानैमा आएर ठोकिरहेको थियो, उसले बोलेको हरेक कुराहरु सोच्दै मलाई भित्रभित्रै खुब रिस उठेर आउँदै थियो, यतिकैमा भित्र मोबाइलमा रिङ्ग बजेको सुनियो, मोबाइलको लगतारको घन्टिले दिक्क मान्दै भित्र आएर हेरे, कल घरबाट रहेछ, तर कल रिसिभ नगरिकिन त्यतिकै छोडेर टेबलमा राखेको मासुको पिस टिपेर खाँदै घडी हेरे रातको १० बजिसकेको रहेछ, तर मलाई भने दिमागमा घरिघरी त्यही आजको द्रिश्य र बिन्दुको अनुहारको आकृतिले हानिरहेको थियो, तनाब घट्ला भन्दा झन उल्टै तनाब बड्दै थियो, पुन मैले रिसेप्सनमा कल गरेर बैनी बार कतिबजे बन्द गर्नुहुन्छ भन्दै मातेको लर्खरिएको आवाजमा सोधे, उताबाट ११ बजे बन्द गरिने जानकारी दियो, त्यसपछी मैले पुरै एउटा बोतल रेडलेबल व्हिस्की र केही आइस, पानी, कागती र मासुको परिकार मगाए, अल्कोहलले मातेर म भुइमै बसेर चुरोटको धुवामा लट्ठ थिए, यतिकैमा फेरी ढोका ढक ढक गरेर आवाज दियो मैले कमिन भनेर आवाज दिए, फेरी उही सर्भिस भाई रहेछ, उसले उसैगरी सबै अर्डर टेबलमा राखेर गयो, मैले बाहिर निस्कनै लागेको त्यो भाईलाई एकछिन उभिन आग्रह गर्दै पर्सबाट केही पैसा निकालेर दिए, मातेको झोँकमा कती पैसा दिए मलाई नै थाहा थिएन, मलाई लाग्छ तीन, चार हजारको नोट हुनुपर्छ, उ खुशी हुँदै सर कुनै सहयोग चाहिए कल गर्नुहोस है भन्दै त्यहाबाट बाहिरियो ।

सेतो गिलासमा केही आइसको टुक्रा र कागती को टुक्रा राख्दै बोतलबाट रम खन्याउदै थिए, यतिकैमा पुन मोबाइलमा रिङ्ग बज्यो, मैले कुनै वास्ता गरिन र लगतार चुरोट र गिलासमा खनाएको रममै रमाउन थाले, दिमागमा तनाब र बिन्दु प्रती रिस बाहेक केही आएको थिएन मलाई, मोबाइलमा बजिरहेको रिङ्ग प्रती मलाई कुनै चासो थिएन, तर पटक पटक मोबाइलमा लगतार रिङ्ग बजिरहयो, सोचे अघी कल रिसिभ नगरेकोले फेरी घरबाटै कल गरेको होला भनेर अल्कोहलले मातेको सरिरलाइ भुइबाट लतार्दै बल गरेर बेडमा फ्याकिएको मोबाइल लाई तानेर हेरे, कल बिन्दुको रहेछ, सुरुमा त बिन्दुको नाम देख्ने बितिकै झनक्क रिस उठेर आयो र कल रिसिभ नगर्ने सोच बनाए, तर रिङ्ग सकिने बितिकै फेरी अर्को रिङ्ग बज्यो, त्यसपछी भने मोबाइलको स्क्रीनमा उनको नाम हेर्दै मनमनै कुनै अज्ञात गाली दिदै फोन रिसिभ गर्दै हेलो भने, मैले यताबाट हेलो भन्न नपाउदै उताबाट पुन हिजोको जस्तै सरि आज पनि दिउसो आउन पाइन, भन्दै उनको आवाज आयो, भेट्न बोलाएर पनि न आउँदा मनमा रिस भने खुब उठेको थियो, तर फेरी आँफैलाई कन्ट्रोल गर्दै मातेको लवजमा बोले, तिमी आएनौत केभो ठिकैछ, it's ok never mind, अब नेपाल आकैछु, फेरी कुनै दिन फुर्सद मिल्दा भेटौँला नित, केभोर, भनेर जवाफ फर्काए, हजुर रक्सी पिएर बस्नु भएको छ हो, उनको सोधाई थियो, लगतै मैले जवाफ दिए, पिउदिन थिए तर तिमीले पिउने बनायौत पिउनु परेन ? हो पिएको छु, अलिक रिसाएको पारामा झर्खरिदै जवाफ फर्काए, म पनि आउत हजुर संगै पिउन ? उनी हाँस्दै मलाई चिढ्याउन थालिन, तिमी धेरैचोटी आइसक्यौ, भो अब आउनुपर्दैन अब कुनैदिन आउनुहोला, आज यतिराती भैसक्यो फेरी तिम्रो आफन्तले थाहा पाउलानी, म अझै रिसकै भावमा बोल्दै थिए, उनी उताबाट अझै हाँस्दै मलाई जिस्काउदै भन्दैथिन, कसम म अहिले आए भने के गर्छौ ? मैले उनको कुरा सुनेर जवाफ फर्काए, आयौ भने आयौ, म बाघ हैन भालु हैन, तिमीलाई देख्ने बितिकै झम्टिने खाने टोक्ने हैन क्यारे, दिउसोत न आउने मान्छेले यती राती आउछौ भनेर म पत्याइदिउँ ? मेरो रिस पारो अझै घटेको थिएन, फेरी बोले, भन आज पनि मलाई त्यस्तो डर लाग्दो ठाउँमा बोलाएर किन न आएकी तिमी? मेरो प्रश्न सुन्ने बितिकै उनी बोलिन, पहिले भित्र त आउन देउ अनी सबैकुरा बताउला, मैले पत्याइन, फेरी मैले सोधे, भन तिमीले मलाई झुट बोलेर मलाई झुक्याएर काठमान्डौमा दुइदुइ दिनसम्म राखेर केपायौ ? कुन खुशी मिल्यो तिमीलाई ? कहिलेको रिस थियो र मलाई यसरी झुक्याउदै तड्पाएर बद्ला लिदैछौ ? म अझै प्रश्न गर्नमै तल्लिन थिए, तर उनिभने मेरो कुरा सुनेर पुन भन्दैथिन, प्लिज ढोका त खोल पहिले, म तिम्रो होटलमै छु अझ तिम्रो ढोकैमा उभिएर तिमी संग बोल्दैछु, मलाई विश्वाश लागेन, कसम ? मैले कसम खुवाउदै सोधे, कसम ससम म जान्दिन राजा उठेर ढोका त खोल, उनले केही जिद्धी गर्दै बोलिन, त्यसपछी भने मन दोधार बनाउदै लर्खरिएको शरीरले उठेर ढोका खोले ।     

जब उठेर ढोका खोलेर हेरे, तब म सपना बाट बिउँझीए झै भए, मैले त्यहाको द्रिश्य जे देखिरहेको थिए त्यो पत्याउनै सकिरहेको थिईन, यतिबेला म मेरो अगाडि साचिकै बिन्दु उभिरहेकी थिन, पटक पटक भेट्न् बोलाएर आउन सकिन भन्ने मान्छे यतिराती त्यो पनि होटलमा कसरी आइन म केही सोच्न सकिरहेको थिईन, म छक्क परेर ट्वाल्ल उनलाई नियाली मात्रै रहे, मेरो मुखबाट कुनै वाक्य निक्लिरहेको थिएन, म विश्वाश गर्न सकिरहेको थिनकी उनी कसरी यतिबेला यहाँ आइन, यतिबेला म भित्र न खुशी थियो न कुनै दु:ख नै, बस म यतिबेला कुनै सपना देखिरहेको झै मात्रै भएको थियो, अल्कोहलले मातेकोले पो मलाई यस्तो भ्रम भएको होकी भनेर आँखा मिच्दै आफ्नै गाला चिमोटेर पुन उनलाई नियाल्न खोजे, हो म पक्का होसहावास मै थिए, मातेको भए पनि उनी मेरै अगाडि मुसुक्क हासेर ठिङ उभिरहेकी थिन, के भन्ने के बोल्ने म संग कुनै शब्दहरु फुरिरहेको थिएन, हामी स्पेसको पहिलो बसाइमा चिनजान हुँदा उनको फेसबुकको वालमा गएर लुकिलुकी चिहाएको तस्बिरको ठ्याक्कै त्यही पहिरनमा थिन उनी, सेतो पावरवाला चस्मा, सर्लक्क पछाडि लगेको कालो कपाल, कपालमा रातै कपडाको बुनेको फूल, सिउदोको छेउमा अलिकती रातो सिन्दुरको टिका, दुई आखिभौको बिचको भागमा पहेलो बिन्दी भएको रातो टिका, सिरुको पात झै मिलेका सिरिक्क परेका रातै लाली लगाएको ओठ, हलुका खैरो रातो टिकटिके बुट्टा भएको टिमिक्क् कसिएको ब्लाउज, ब्लाउज माथि क्रीम कलरको बुट्टेदार काँधमा सप्को भिरेर लगाएको सारी, पहेलो टल्किएको तिलहरिमा रातै पोते, टम्म मिलेको गोरो छातीमा, हिमाल झै उठेका कसिएका स्तन, एक परिपक्व पूर्ण सुन्दर नारी म एकोहोरो भएर उनलाई ढोकामै हेरेको हेरेकै भएछु, उनको त्यो आगमन र उनको सुन्दरता देखेर टोलाई रहेको मेरो एकाग्रतालाई क्रम भंग गरेर यतिकैमा उनी हातको बुढी औंला र चोर औंला रगटेर चुट्किला बजाउदै ओ हेलो सरकार ! अब यही ढोकामै ट्वाल्ल् परेर हेरी मात्रै रहने कि भित्र पनि बोलाउछौ, उनी बोलेपछी पो म झसंग भएर हतार हतार भित्र बोलाएर ढोका बन्द गरे ।

कोठामा सबै सामनहरु अस्तब्यस्त थिए, सिसाको गिलासहरु भुइ र टेबलभरी यत्रतत्र ढलेका थिए, बेडमा उस्तै गरेर लुगाहरु छरपस्ट थिए, रम र चुरोटको गन्धले खपी सक्नु थिएन, रुमको चारैतिर चुरोटको धुवाले कुहिरिमन्डल बनाएको थियो, बादल जस्तै डम्म ढाकेर रुमको उज्यालोलाई नै अँध्यारो बनाएको थियो, मेरो शरीर एक ठाउँमा उभिन सकिरहेको थिएन, तैपनी उनको अगाडि केही नभएको जस्तो नाटक गरेर आफुलाई एकै ठाउमा उभ्याउने असफल प्रयास भने गरिरहेको थिए, तैपनी लर्बरिएको मेरो बोलिले के भन्न खोजिरहेको थियो मलाई नै हेक्क थिएन, मातेकै अवस्थामा भएपनी उनको अचानक आगमनले र मेरो रुमको द्रिश्य र मेरो नाजुक अवस्थाले आँफैलाई लाज लागिरहेको थियो, आँफैलाई धिकार्दै थिए मन मनै, धत मैले नपिएको भएपनी त हुन्थ्यो भन्दै थिए आँफै भित्र, लाजले भुतुक्क भएको थिए तर लाज लुकाउने ठाउनै थिएन, होस् पनि कसरी अल्कोहलले मातेको मेरो शरीर, रुमको अस्तब्यस्तता अनी चुरोटको धुवा र गन्धले मेरो लाज लुकाउने ठाउँँ नै थिएन, मेरो त्यो अवस्था देखेर उनी ठिङ्ग उभिएर केही असहज हुँदै मलाई नियाली रहेकी थिन, मैले आफुलाई सम्हाल्दै बेडमा बस्न आग्र गर्दै भने, बसन, उनी अफ्ठ्यारो मान्दै सारीको सप्कोको छेउले मुख र नाक थुन्दै बेडको छेउमा थपक्क बसिन र बोलिन, हजुर बिदेशमा पनि यतिकै होकी यहाँ मात्रै, जवाफमा बोले म, खासमा मलाई अल्कोहल र चुरोटको खासै लत छैन तर तिमीले पटक पटक भेट्न आउछु भन्दै भेट्न न आएकोले टेन्सन भएर मात्रै हो पिएको यो अल्कोहल र चुरोट नत्र सँधै पिउने मेरो बानी छैन, अनी म आइन भन्दैमा यसरी अस्तब्यस्त हुनेगरेर पिउनुपर्छत ? रुममा एक्लै केही भैहाल्यो भने कस्ले देख्छ बन्द कोठा भित्र ? आफ्नो ख्याल आँफै गर्नु पर्दैन ? उनको हप्काइ थियो मलाई तर मायालु पाराले, तिमी आयौ अब  छदै छौनी केहीभए हेर्नको लागि, मैले ठट्टा गर्दै बोले, उम हो खुब, म न आएको भएनी कस्ले देख्थ्यो यो हबिगत ? उनी अझै कराउदैथिन, यतिकैमा रमको बोतलतर्फ अगाडि बड्दै भने, तिमी पिउछौ ? उम पिउछु म अब खुब, पिउनु हैन पिट्छु हजुरलाई पनि अब पिउनुभो भनेत, जती पिउनुभो पिउनुभो, अब पिउने हैन, आदेश र धम्किपूर्ण रुपमा गाली गरिन तर यो पनि मायालु नै थियो, उसोभए के खान्छौ त खाना मगाउ ? मैले सोधे, नाइ मैले खाएर आएकी, बरु बस्नु यता गफ गरौ, उनको जवाफ, उसोभए जुस मगाउछु, कम्सेकम जुस त पिउ, मैले कर गर्दै बोले, हस महराजको मर्जी, त्यसपछी मैले पुन रिसेप्सनमा फोन घुमाए, लगतै हजुर सर किन गर्नुभएको, रिसेप्सनको कल रेस्पोन्स संगै मैले जुस ल्याउन आग्र गरे, त्यसपछी पुन रेसेप्सन बाट सोदनी भयो, सर अरु केही चाहिन्छ कि हजुरलाई, अब ११ बज्न लाग्यो बार र किचेन बन्द गर्छौ सर हामी, केही भए अहिलेनै अर्डर गर्न सक्नुहुन्छ ? अरु केही चाहिन्न तर मिक्स जुस एक जग ल्याइदिनुहोस् साथमा एउटा गिलास पनि त्यती भए पुग्छ, यतिभनेर मैले कल राखिदिए ।

त्यसपछी हामी बिगतको हाम्रो सुरुवाती भेट देखी आज साँझसम्म भए गरेका र भोगेका गफगर्दै समय कटाउन थाल्यौ, बिगतको हाम्रो संबादहरुको याद गर्दै खुब मरिमरी दुबैजना हास्न थाल्यौ, अगी भर्खरै रिसले चुर भएको मेरो दिमाग अहिले सबै हलुका भएर खुब म उनको कुरामा मग्न भएर रमाइ रहेको थिए, मेसेज होस वा कल संबादमा हामी प्रेमी प्रेमिका देखीलिएर श्रीमान श्रीमती सम्म भएर निभाएको काल्पानिक कुराहरुको फेरो निकालेर खुब हाँस्दै थियौ, यतिकैमा ढोकामा आवाज आयो मैले ढोका खुलै भएको जनाउ दिदै भित्रै आउन आदेश दिए, साँझ देखी अहिलेसम्म सर्भिस दिने त्यही भाई अहिले पनि गिलास र एक जग जुस लिएर भित्र प्रबेश गर्‍यो, म बिन्दु संगै गफगर्न ब्यस्त थिए, जुस टेबलमा राखेर बाहिर निस्कनै लागेको भाईलाई बोलाउदै भने, वहाँ मेरो म्याडम भाई, परिचय गराए मैले, भाईले नमस्कार पनि नगरि म तिर हेरेर मुसुस हासेर हेरिरहयो, त्यसपछी मैले स्कच पिएको गिलास र उसले ल्याएको गिलासमा दुबैजनालाई जुस राख्न आग्र गरे, भाईले उसै गर्‍यो, मैले नयाँ गिलासको जुस म्याडमा लाई देउ भाई भनेर स्कचको गिलासको जुस मैले आफुतिर समाए, होटल सर्भिस भाईले अफ्ठ्यारो मान्दै बिन्दुको हातमा जुस नदिएर अगाडिपट्टी भुइमा जुसको गिलास राखेर हस सर म गए, गुडनाइट भनेर ढोका ड्याङ्ग तानेर उ बाहिरियो, त्यसपछी हामी धेरैबेर सम्म तितामिठा कयौ कुराहरु गरेर बसिरहयौ ।

रात निकै छिपिदै जादै थियो, जतिजती रात छिपिदै थियो उतिउती हाम्रो गफहरु पनि कामुक हुँदै असैय पाराले छिपिदै थियो, गफ गर्दागर्दै अघिसम्म दुरी बनाएर गफिएका हामी अहिले दुबैजना एक अर्काको नजिकै भैसकेका थियौ, दुबैको सरिरले एकले अर्कालाई प्रस्टरुपमा छुएका थियौ, कुरै कुराको शिलशिलामा घरिघरी हामी एक अर्कालाई हात लगाएर ठेल्ने, चिमोट्ने हिर्काउने सम्म भैसकेका थियौ, हाम्रो निकट्ताले यस्तो लाग्थ्योकी हामी पहिलो चोटि भेट नभएर बर्सौ देखी लगातार निरन्तर भेटमा छौ यस्तै अनुभुती भएको थियो, एकातिर अल्कोहलको मात अर्कोतिर रुममा बलेको सेतो बत्तिको प्रकाशमा बिन्दुको अनुहार धपक्क बलेको जस्तै देखिन्थ्यो, गफिदैजादा मलाई उनको सुन्दरताले उनको नजिक नजिक खिच्दै थियो, म बिस्तारै उनको नजिक हुँदै आफ्नो लाज हटाउने प्रयास गर्दैथिए, उनिपनी अल्कोहलले मातिएको झै भएर म संग खुब मस्की मस्की मेरो पिठ्युमा पिट्दै गफिएर नजिकैदै थिन, बेलाबेलामा नजिकै मेरो कानै छेउमा आएर साउती मारे झै गरेर उनी बोल्दा भने उनको मुखबाट निस्किएको तातो स्वासले मलाई उत्तेजित हुनलाई अझ मादक्ता थपिदिन्थ्यो, गफिदै गयौ, रात लम्बिदै गयो, त्यसपछी दुबैजनाले अब सुतौ है भनेर रुममा बलिरहेको ट्युबलाइट अफ गरेर रुमको जिरो वाटको रातो बत्ती मात्रै बालेर दुबैजाना असहज हुँदै बेडमा पुग्यौ, सुत्ने बेलामा लुगा फेर्नलाई दुबैलाइ केही असहज भैरहेको थियो, यो महसु दुबैले गरेका थियौ, शायद त्यसैले होला एकले अर्कालाई हेराहेर गरेर एकपल्ट मुसुक्क हास्यौ र अचानक कुनै आक्रमण भएझै हामी एकअर्काको अंगालोमा चिलले चल्ला टिपे झै झम्टिएर बेरिन पुग्यौ, रुमको मन्द मधुरो बलेको रातो प्रकाशले हामी दुबैलाई कामुक्ता तिर धकेलिरहेको थियो, यतिबेला हामी आपसमा अंगालोमा कसिसकेका थियौ, मानौ बर्षौ देखी दुबैजना भोका छौ, प्यासी छौ, हामीलाई पेटभर खानुछ, तिर्खा मेट्नुछ झै गरेर आक्रमक रुपमा एकअर्कालाई स्पर्स गर्न उद्ध्वेलित थियौ, उनले आफ्नो दुबै हात मेरो घुचुकको पछाडि लगेर मेरो कपाल र गर्धन मुसार्दै मेरो अनुहारभरी चुम्न आतुर थिन, निरन्तर अस्पस्ट आवाजमा मलाई प्रेमको युद्ध लड्न आह्वान गरिरहेकी थिन, म पनि उनको सिउदो, निधार, आँखा, गाला, ओठ, जिब्रो, चिउडो, घाटी, छाती, दुबै कानको जरिको फेद हुँदै पिठ्युँ, घुचुक वरिपरी चुमेर अझ उत्तेजित हुँदै थिए, यतिबेला हामीसंग हवसको कुनै ठेगान थिएन, दुबैजना आआफ्नो बस भन्दा बाहिर थियौ,  त्यसपछी उनले आफुलाई परास्त भएको महसु गरेर होला बेडमा आफुलाई लडाउन पुगिन, यतिबेला सम्म मपनी कामग्निमा आतुर बनिसकेको थिए, उनले आफ्नो दुबै आँखा चिम्लिएर अस्पस्ट आवाजमा मेरो घाटी, गर्धन, कपाल, पिठ्युँ, छाती र बलिस्ट पाखुराहरु मुसारेर स्पर्स गर्नमै काम बास्नाको दुनियाँमा हराइ रहेकी थिन, दुबैको सरिरको तापक्रम बढेर ५०, डिग्रीको राप झै महसु भएको थियो, दुबैको मुखबाट निस्किएको तातो स्वासले आतुरता थपिरहेको थियो, मैले बिस्तारै उनको अघी भर्खरैसम्म काँधमा भएको सारीको सप्को हटाएर सरिरबाट अलग गरिसकेको थिए, अहिले भने उनको सरिरमा रातो पेटिकोट र पुस्ट कसिएका बक्षस्थल बाहेक केही थिएन, त्यो पनि मैले सरिरबाट सबै हटाइ सकेको थिए, मान्छे जन्मदाको प्राकृतिक स्वरुपमा पुगिसकेका थियौ दुबैजना, त्यसपछी के भयो तपाईंहरु आँफै अड्कल लगाउन सक्नुहुन्छ, बास्नाको अन्तिम खेल खेलिसकेर दुबैजना एकअर्काको अंगालोबाट छुटिएर आआफ्नो शिरानीमा लामोलामो श्वास फेर्दै एकअर्कालाई नियालेर हेर्दै हाँस्दै थियौ, त्यसपछी त्यो थकित युद्ध पछी हामी दुबैजना कतिबेला निदायौ थाहै भएन ।

रातभरीको अबेरसम्मको अनिदो र अल्कोहलले मातेकोले गर्दाहोला भोलिपल्ट बिहान अबेरसम्म निदाइरहेको थिए, शायद बिहानको ८, बजिसकेको हुनुपर्छ, होटलको ल्यान्ड लाइनको नम्बरमा लगातार फोनको घन्टी बजिरहयो, रातभरीको धङधङिले गर्दा उठ्न त के म आँखा सम्म खोल्न सकिरहेको थिन, तैपनी फोनको घन्टी दोराइ तेरै लगातर पुन बजिरहयो, यतिकैमा मैले निदाएको आँखा खोल्दा पनि नखोली बिन्दुलाई कल रिसिभ गरन कान्छु, प्लिज म एकछिन सुत्छु भने, तर अर्धचेत जस्तै बनेको मेरो निन्द्रामा बिन्दुको कुनै आवाज आएको सुनिन मैले तर फोनको घन्टी भने लगतार बजिरहयो, केहीबेर बजिरहेको फोनको घन्टी अहिले बन्द भएर चुप लागेको थियो, त्यसपछी भने म अर्ध निन्द्रामै पुन निदाउन लागे, फोनको घन्टिको झर्को लाग्दो आवाज बन्द भएको दश मिनेट जती मात्रै भएको हुँदोहो यतिकैमा फेरी ढोका ढकढक गरेर लगतार आवाज दिईरहयो, यतिबेला पनि मलाई आँखा खोलेर उठ्न हम्मे भएको थियो, त्यसपछी अलिक ठुलो बोलिमा झर्को लागेको भावमा पुन बिन्दुलाई नै आग्रह गर्दै भने, कान्छु प्लिज ढोका खोलन, बाहिर कोही आएकोछ, अहिले पनि बिन्दुको कुनै चालचुल केही आवाज आएन, तर ढोकामा ढक्ढक गर्ने रिस उठ्दो कर्कस आवाज भने  लगातार आइरहयो, त्यसपछी भने मैले आफुले ओडिरहेको ब्लान्केट फ्याकेर सुतेकै अवस्थामा आँखा नखोली हातले ठेलेर बिन्दुलाई उठ्न आग्रह गरे, तर यतिबेला मैले हातले धकलेर उठ्न आग्रह गर्दा भने बिन्दुलाई भेटिन, मेरो हात बेडमा भएको सेतो बेडसिटमा धसरिदै हलुका भएर स्वाट्ट चिप्लियो, त्यसपछी भने एकाबिहानै यो केटी उठेर कता गैन भन्दै झर्को मानेको भावमा आँफै उठेर ढोका खोले, ढोका खोलेर हेर्दा होटलकै अर्को एउटा नयाँ केटो ट्रेमा कफी र नास्ता लिएर ठिङ्ग उभिएको थियो, मैले किन एउटा मात्रै कफी ल्याएको हामी दुइजना छौ भनेर अर्को कफी लिएर आउन आग्रह गरे, उक्त केटो हसको भावमा टाउको मात्रै हलाएर त्यहाबाट बिदा भयो, मैले ट्रेमा भएको नास्ता र कफी भित्र टेबलमा राख्दै अन्डरवेर मात्रै लगाएको मेरो अर्धनग्न शरीरलाई हाइ काड्दै तन्काएर चुरोटको खिली निकालेर सल्काउन मात्रै लागेको थिए फेरी रुममै बिन्दु भएकोले कराउछिन भन्ने सोचेर निकालिसकेको चुरोटलाई बट्टामै फिर्ता राखिदिए, यतिन्जेलसम्म आँखा प्रस्टरुपमा खुलेर निन्द्राले छोडिसकेको थियो, त्यसैले म पुन बेडमै अडेशा लागेर बस्दै भित्तामा टासेको टिभी अन गरेर हेर्न लागे, रातिको खानपिन र अल्कोहलको बोतल, गिलास प्लेट टेबल र भुइभरी ढलेर छरपस्ट थिए, चुरोटको ठुटो जतासुकै फ्याकिएको अवस्थामा थियो, आफुले लगाएको लुगा पनि बेड भन्दा तल खुट्टामुनी असरल्ल छरिएका थिए, म भने टिभी खोलेर हेर्दै बिन्दु कती चाडै उठेर बाथरुमा नुहाउन गएकी होलिन भनेर सोच्दै थिए, तर मैले बेडमा र आमनेसामने उनको लुगा भएको नभएको पनि ध्यान दिईन, यतिकैमा फेरी ढोकाको बेला बज्यो, ढोका खुलै भएकोले मैले भित्र आउन आग्रह गर्दै आवाज दिए, होटलको वेटरले अघी ल्याएको कफिको ट्रे संगै अर्को कफी पनि राखेर फर्कियो, म बाथरुमबाट बिन्दु आउँला र दुबैजना संगैबसेर गफगर्दै नास्ता र कफी पिउला भनेर कुर्दाकुर्दै निकैबेर भैसकेको थियो, अघी भर्खरसम्म तातो बाफ उडिरहेको कफी अहिले बाफ उढ्न छोडेर चिसिदै थियो, यत्रोबेर के गर्दैछिन यिनी बाथरुममा भन्ने सोचेर ढोकाको छेउमै गएर भित्रको आवाज सुने, तर भित्रबाट मान्छे भएको वा पानी चलेको खेलाएको कुनै आवाज आएन, त्यसपछी भने भित्र बेहोस् भएरपो ढलिनकी भन्ने सोचेर तिनचार चोटिसम्म बिन्दु, बिन्दु भनेर आवाज दिईरहे, निकैबेर बोलाँउदा पनि आवाज नआएपछी भने ढोका भित्रपट्टी ठेले, भित्रबाट चुकुल नलगाएकोले गर्दा ढोका सजिलै खोलियो, भित्र पसेर हेरे, त्यहा बिन्दु थिएन, त्यसपछी मनमनै हैन यो केटी कता गैछिन बिहानै भन्दै बाहिरपट्टी बारान्डा तर्फ गएर हेरे, तर त्यहापनि बिन्दुलाई देखिन मैले, त्यसपछी भने झसंग झस्किदै आँफैलाई मनमनै सोचे, अरे यार, यति बिहानै कहाँ गईन त ? जान्छु पनि नभनी गैन त यिनी ? आँफैलाई प्रश्न गरे, फेरी हतार हतार भित्रआएर  टेबल, दराज, भुइ र बेडमा उनको लुगाहरु हेरे, तर त्यहा उनको लुगा त के छोरीमान्छे ले लगाउने कुनै एउटा सानो निसाना सम्म थिएन, त्यसपछी उनको लुगाहरु पनि नदेखिपछी भने मनमा चिसो पस्यो, कस्तो केटी गएपनी नभनै गैन त ? गाकै भएपनी कम्सेकम ल गए है भनेर त जानुपर्छ भनेर सोचे, यतिकैमा तिमी कहाछौ भनेर सोध्नलाई फोन गर्न मन लाग्यो, फोन लगाए, तर फोन हिजो अस्तिको जस्तै अफ बताइरहेको थियो, जतिपटक फोन गरेपनी टेलिकमको एन्सरिङ्ग मेसिन मात्रै बोलिरहयो, त्यसपछी भने मन झन हतास भएर आतियो, कतै दुईनम्बरी केटीत थिईनन, रातभर नसाको तालमा अनेकथोक गराएर सबै पैसासैसा कुम्लाएर गइन कि क्याहो ? यस्तै सोच्दै हतार हतार सिरानीमुनी राखेको पर्स खोलेर हेरे, भएको कागजपत्र पैसा सबै सहिसलामत ठिकै थियो, त्यसपछी ब्याग खोलेर हेरे, त्यहापनी सबैथोक ठीकठाक नै थियो, यदी त्यस्तो गलत केटी हैन भने कता गैन त यार, मलाई झन सोचाइमा डुबाउन वाध्य गरायो र म झन हतास भए, तैपनी लगतार उनको नम्बरमा भने फोन संपर्क कोशीस गरिरहे, तर अहँ जतिपटक गरेपनी न फोन लाग्छ, न त्यहा बिन्दुनै छिन ।

त्यसपछी भने आतिदै होटलको रिसेप्सन मा फोन लगाए, उताबाट हेलो सर गूड् मर्निङ भन्ने आवाज आयो, मैले गूड् मर्निङ विस फर्काउदै सोधे, बहिनी मेरो कोही लेडिज गेस्ट बाहिर गएको देख्नुभयो ? सर देखिनत थाहा भएन मलाई, उताबाट जवाफ आयो, त्यसपछी मैले राती मलाई सर्भिस गर्ने भाई छ भनेर सोधे, उनले छ सर तर केही समस्या भयोकी ? अलिक संकाको भावमा सोधिन, मैले त्यस्तो केही हैन बैनी बरु बेलुकी मलाई सर्भिस गर्ने वेटरभाइ भए पठाइदिनुहोस्न एकछिन, मैले अनुरोध गरे, उनले हस हुन्छ भनेर कल राखिदिन, म एउटा हात कम्मरमा अर्को हात टाउको, कपाल र अनुहार मुसार्दै तनाब पोख्दै थिए, साच्चै भन्नेहोभने मलाई रातिको स्कच र रमको धङ्धङिले छोडेकै थिएन, जोडतोडले टाउको दुखिरहेको थियो, दिमाग कुनै ठेगानामा थिएन, रक्सी र चुरोटको धुवाको गन्ध अहिले पनि गनाएर बसिनसक्नु थियो, भित्रभित्रैबाट भुँडी हुडल्किएर बमिट होला जस्तो पनि भैरहेको थियो, मुखमा अमिलो पानी बाहेक केही थिएन, यतिकैमा बाहिरबाट आवाज आयो, मैले भित्रै आउन आग्रह गरे, वेटरभाइ दुइहात जोडेर नमस्कार गर्दै भित्र प्रबेश गर्‍यो र सोध्यो, सर नमस्कार ! केही थियोकी ? भाई राति मलाई सर्भिसगर्ने तपाई नै हो ? मैले सोधे, उक्त भाइले केही भयोकी भन्ने डराएको भावमा भन्यो, हो सर मै हो, तर केही भयोकी सर ? केही सामन त हराएन हजुरको ? सामन हैन भाई मान्छे हरायो, मैले जवाफ दिए, भाई अलमल्ल पर्दै आश्चर्य हुँदै सोध्यो ? मान्छे ? मान्छे कसरी हराउछ सर ? हो मान्छे हरायो, मैले फेरी जवाफ दिदै बोले, लगतै पुन सोधे, भाई राती तपाईंले मलाई केके ल्याएर दिनुभयो, ? मैले त हजुरलाई सुरुमा तिनपटक स्कच, एकपटक रम र तरकारी अनी जुस ल्याएर दिए सर, रमको बोतल लिएर आउँदा हजुरले ४, हजार टिप्स पनि दिनुभएको थियो, मेरो मातेको अवस्थाको याद दिलाउदै बोल्यो उ, मैले पुन सोधे, तिमीले सामनहरु लिएर आउँदा म एकलै थिएकी अरुपनी कोही थियो म संग भाई, टाउको हल्लाउदै कोही नभएको ईशारामा उ बोल्दै गयो, सर हजुर दोश्रोपटक म स्कच लिएर आउँदा पुरै मातिसक्नु भएको थियो, पछी मैले रम ल्याउदा झन पुरै बेहोसिमा एक्लै बोल्दै खै कस्लाई हो गाली पनि गर्दै हुनुहुन्थ्यो, जब अन्तिमपटक जुस लिएर आए त्योबेला भने भुइमै बसेर रम पिउदै हुनुहुन्थ्यो र आफ्नो अगाडि ईशारा गर्दै भाई मेरो म्याडम भन्दै देखाउदै हुनुहुन्थ्यो तर तपाईंले देखाउनु भएकोतिर कोही थिएन, तपाईंको अगाडि त के, रुममै कोही थिएन म त्यत्रोचोटी आउँदा पनि, त्यसपछी तपाईंले दुइटा गिलासमा जुस भर्न लगाएर दुइजनालाइ दिन लगाउनुभयो, तर तपाईंको अगाडि तपाईंसंग कोही नभएकोले हजुरकै अगाडि जुस राखेर हजुर बेस्सरी मात्नु भएछ राती केही हुनेहोकी भनेर डराउदै म रुमबाट हतार हतार निस्किए, हजुर एक्लै कसैसंग बोलेको झै एक्लै बर्बराउदै हुनुहुन्थ्यो, मातेको मान्छे जेपनी बोल्छ भन्ने सोच्दै म निस्किएपछी रुममा कोही आएको थाहा छैन, खासमा हामी होटलको गेट साँझमै ताला लगाउछौ, कोही कसैको गेस्ट आएभने रुमको गेस्टलाई फोन गरेर सोधेर मात्रै भित्र पठाउछौ तर हजुरलाई त भेट्न् त्यसरी सोद्धै कोही पनि आएको पनि थिएन, बरु तपाईंले धेरै पिउनु भएकोले राती केही भयोकी भनेर रिसेप्सनको हाम्रो स्टाफले अहिले बिहान धेरैबेरसम्म फोन गर्नुभएको थियो, तर तपाईंले कल रिसिभ नगर्नु भएपछी कफी लिएर हजुरलाई हेर्न मान्छे पठाएको थियौ, होटलको भाईले यतिभने पछी हस भाई भनेर जान आग्रह गरे, उनी बिदा भएर बाहिरियो, तर म भने झन सोचाइमा परे ।

फेरी अगिल्लो दिनको मसंग घटेको त्यो घटना र रातिको सबै कृयाकलाप दिमाग भरी खेल्न थाल्यो, म केही सोच्न सकिरहेको थिन कि, म संग के भैरहेको छ, के हुँदैछ, यदी राती बिन्दु आकी थिनन भने कोथिन त मसंग बिन्दु बनेर आएर रात बस्ने ? के मलाई साचिकै नशा लागेर त्यो सबै मेरो मनको भ्रममात्रै थियोत ? यदी भ्रममात्रै होभने पशुपतिको त्यो घटना, अनी रातभर बिन्दु संगको मेरो बसाइ ? के थियो, यो कस्तो भ्रम होत उसोभए मलाई ? के नशाले पनि यतिसारो गराउछ ? राती बिन्दुसंग भएको त्यो हर्कत के त्यो पनि भ्रम नै थियोत ? हैन खासमा मलाई के भैरहेको छ, आखिर मलाई केले यस्तो दिग्भ्रमित बनाउदैछ ? के म साचिकै बिन्दुको प्रेममा छु वा म कतै मानसिक बिरामी त भैन ? म अझै पनि नशामै छुकी वा मसंग भएको घटना सबै दिगभ्रमित वा म आँफै मानसिक रोगको एक फोबियाले ग्रसित त भएको छुइन ? महिनौ उनिसंग संबादमा छु, एयरपोर्टमा आइपुगेर प्लेनमा चड्ने बेलासम्म म उनिसंगको कल संबादमा छु, उ यहाँको एयरपोर्टमा लिन आउन नसक्नु एउटा कोइन्सिडेन्ट मात्रै थियो, यो सबै भ्रम कसरी हुनसक्छ ? म आँफैलाई मन भित्र खुब तनाब भएर आयो, के हुँदैछ, के भयो म केके मात्र सोचौ ? आफुले आँफैलाई कन्ट्रोल गर्न सकिरहेको थिईन, यदी बिन्दुको ठाउमा अर्को छोरी मान्छे आउने सक्ने कुरै थिएन, यदी गलत मान्छे थियो भने मेरो ब्यागमा भएको औठी, सिक्री र पर्समा भएको त्यत्रो हजारौ रुपैया कुम्लाएर जानुपर्ने हो, ति सबका सब सहिसलामत छन, त्यस्तै धन्दा गर्ने यदी कोही हुन्थ्यो भने मेरो शरीरको लुगामात्रै बाँकी राखेर सबै लिएर फरार हुनुपर्ने हो, आखिर त्यस्तो पनि गरेको छैन, उनी आकै थिन भने पनि बिहान दुबैजना बिउँझीए पछी मात्र बिदा मागेर जानुपर्ने हो, उस्लाई त्यस्तो के आपत थियो र मलाई थाहै नदिकिन जानुपर्ने पनि ? फेरी होटलको भाईले भनिसक्यो कोही थिएन म एक्लाई बोल्दै थिए भनेर, उसोभए, फेरी भयो केत म संग ? म अनेक प्रकारले सोच्दासोच्दै सिथिल बनिसकेको थिए, यतिकैमा रिसेप्सनबाट अर्को कल आयो मैले फोन रिसिभ गर्दै हेलो भने, उताबाट त्यही नारी आवाज लगतार आएको थियो, सर तपाईंले बिराटनगरको प्लेन टिकट काट्न भन्नु भएकोथियो, अहिले बिहान ११, बजेको फ्लाइट छ, खाना खाएर निस्कनुहुन्छ कि के गर्नुहुन्छ ? अब एक घण्टा मात्रै बाँकी छ, मैले खाना नखाने भनेर ट्याक्सी मगाउन आग्रह गरे, त्यसपछी हतारमा हातमुख धुएर सबै लुगाफाटो ब्यागमा राखेर तल रिसेप्सनमा झरे, होटलको बिल १७, हजार पुगेको रहेछ प्लेनको टिकट सहित, मैले त्यसमा ३ हजार रुपौया टिप्स थपीदिदै २०, हजार रुपैया होटलमा पे गरेर निस्किए, टिकट बुद्ध एयरको रहेछ, त्यसपछी म मनभरी कुरा खेलाउदै बिराटनगरको फ्लाइट NA250,Y20 मार्फत २, असाढ २०७९, तदनुसार अंग्रेजी महिनाको १६, जुन २०२२, ११, बजे आफ्नो घरतर्फ लागे ।       

रचना- अर्पण योञ्जन (शिरिष)  
मिती- असार १ देखी ११, २०७९
तदनुसार- १५, देखी २५, जुन २०२२

Wednesday, June 8, 2022

कथा- भाग- २६, एउटा प्रेम यस्तो पनि ।

समय,न हो, बित्न कतीनैपो लाग्छर ? आजभोलि पर्सी भन्दै क्रमस दिनहरु बित्दै गए, जतिजती दिनहरु बित्दै जादै थिए, उतिउती हामी दुई बिचको प्रेम पनि झाँगिदै जादै थियो, यो बिचमा कती संबाद भयो, मलाई ठ्याइक्कै थाहा छैन, बस आजभोलि म अड्कल गर्न सक्छु हामी दुइको संबादले निम्ताएको प्रेमले अफिसका सबैजना आजित भैसकेका थिए, म भन्दा तलका कोही केही भन्न सक्दैन थिए, बाँकी अरु पनि केही नभन्ने किनकी मलाई मेरो अफिसको हाकिम र डिभिजन हेडको आशिर्बाद मिलेको जतिकै थियो, उनिहरु अफिस आउँदा अफिस ब्याइ भाईले चियापानी दिनुपर्ने ठाउँमा म आँफै नयाँनया अलगलग परिकारको चियाकफी बनाएर खुवाउथे, हाकिमको अफिसमा गएर कहिले फाइलहरु मिलाएको जस्तो त कहिले के सामनहरु मिलाएको जस्तो गरेर चिम्प्लो घस्थे, यहिकारणले पनि मलाई हाकिमले काम बिगारेर पनि केही भन्दैन थिए, तर समयमा कामको रिपोर्टिङ नसक्दा र कामहरुको फाइलहरु अपडेट नहुँदा अरुहरु भने दिक्क भैसकेका थिए, नहोस पनि कसरी ? मैले यतिसम्म गरेको छु कि घरमा हुनुभएको आफ्नो जिउदो बाउलाई पनि बाउ बित्यो भनेर पशुपतिको आर्यघाटमा जलाउन लागेको अन्यको लाशको फोटो इनटरनेटबाट डाउनलोड गरेर कम्पनीमा देखाएर बिदा लिएको थिए, हामी दुइको सम्बन्धले यहाँसम्मको अन्धो बनाएको थियो मलाई, बस हाकिम संगको मेरो उठबसले गर्दा मात्रै अरु केही भन्न सक्दैन थिए, यसरी बिदा लिएर गफ गर्नै भनेर दिनभर रातभर मोबाइलमै झुन्डिएको हुन्थे, अफिसको साप्ताहिक मिटिङमा बस्दा समेत मेरो भागको जिम्मेवारी आउँदा अर्काको टाउकोमा लगाएर तिमीले त्यो रिपोर्ट सकेको छैनौ भनिदिन्थे र उक्त ब्यक्ती तर्फ नजर घुमाएर आँखा झिम्काउथे, बिचरा त्यो ब्यक्ती पनि अंकनिदै आज सक्छु सर भरेसम्म मेलगर्छु भनेर भन्थ्यो, मिटिङ सकिएपछी आएर मलाई गाली गर्थ्यो किन तिमीले मिटिङ मा झुट बोलेको भनेर रिसाउथ्यो, त्यसपछी हाँस्दै जवाफ दिन्थे म, त्यतित सहयोग गरन यार भन्दै गोजिमा दुइचार पैसा हालिदिन्थे, मैले उसको गोजिमा हात लगाएपछी उस्ले कुरा बुझ्थ्योकी उस्को गोजिमा पैसा पस्यो भनेर, अनी उ चुपचाप जान्थ्यो र काम सकेर मलाई मेल गर्थ्यो र त्यही डकुमेन्ट डाउनलोड गरेर पुन म मेल गर्थे, यतिसम्म गरेको छु मैले आफ्नो कामको लापारबाहिमा ।


एकपल्ट कोरोनाको चौथो डोज भ्याक्सिन लगाएर ज्वरो आएको बहना गरेर डिउटी गइन, रुममै सुतेको थिए त्यो दिन दिनभरी, खै किन हो, त्यो दिन दिनभरी बिन्दु पनि अन्लाइनमा आइनन, झन्डै पचास चोटि भन्दा धेरै त मेसेन्जर र नम्बरमा रिङ्ग हाने तैपनी कल रिसिभ भएन, त्यसपछी केही तनाब र रिस बोकेर मुर्मुरिदै ओछ्यान मै पल्टिएर टोलाउदै थिए कतिखेर निदाएछु, एकैचोटी बेलुकी आठ बजे मात्रै बिउँझीए, त्यसपछी हतार हतार खाना खाएर पुन बेडमा पसे, दिनभरित सुतेको मान्छे झन रातिको समयमा केनैपो काम हुन्थ्योर, बेडमा ढल्किएर पुन मोबाइल खेलाउन मै ब्यस्त रहन थाले, यतिकैमा मोबाइल खेलाउदा खेलाउदै फेरी बिन्दुलाई कलगर्न मनलागेर आयो, आज दिनभरी पनि आइन कता गैछे यो केटी भन्दै ९/१० चोटि जती कलगरे तर यो पल्ट पनि उनले कल उठाइनन, त्यसपछी दिक्क मान्दै मोबाइलमा चार्जमा राखेर बेडमै टोलाउदै मनमा अनेकन कुराहरु खेलाउन थाले, जिबनको यत्रो उत्तरधमा कसैसंग बिपरित संगत नगर्दा पनि भएकै थियो, परदेशको जिबन झन्डै १८ बर्ष पारगर्न लागेको थियो, तर आज बिन्दु संग भेटेपछी मेरो दैनिकी नै फेरिएको थियो, समयमा खाना नखानु, समयमा नसुत्नु, अफिस नजानु आफ्नो स्वास्थ्यको पनि ख्याल नगर्नु मेरा यिनै कम्जोरिहरु बन्दै जादै थिए बिस्तारै, शायद समयमा खाना नखानले र नसुत्नाले गर्दा नै होला म निक्कै दुब्लाइ सकेको थिए, अफिसमा र रुमको साथीहरुले पनि सोध्थे कहिलेकाही सर केभो हजुरलाई, घरमा कुनै टेन्सन छ कि किन आजभोलि पुरै दुब्लाउनु भयोत ? खाना पनि समयमा खानुहुन्न, कहिले रातभरी नसुतिनसुती रातभरी मोबालमा एक्लै बोलेर हासेर बस्नुहुन्छ, उताबाट कोही बोलेको पनि सुनिदैन ? कि साउदीको चुडैलले भेट्यो हजुरलाई भन्दै गललल पनि हास्थे, उनिहरु भन्थे म दुब्लाएर सानो खिनाउटे भएको छु, तर मलाई भने त्यस्तो लाग्दैनथ्यो, जस्तो पहिले मेरो शरीर हट्टाकट्टा भरिलो थियो आजपनी त्यस्तै छ जस्तो लाग्थ्यो, बरु उनिहरुले त्यस्तो भन्दा त्यस्तो केही हैन भनेर कुरालाई टार्न खोज्थे म चै, बरु उल्टै मलाई चै उनिहरुले यस्तो कुरा निकाल्यो कि किनकिन कताकता रिस उठेर आउथ्यो र म उनिहरुबाट अलग हुनलाई कतै बाहिर निस्कन्थे र बाहिर रोडतीर एकछिन टहलिएर फर्कन्थे, हरेकदिन यो क्रम बड्दै जान लाग्यो र यसरी नै बित्न लाग्यो ।


धेरै दिन भएको थियो घरमा कल नगरेको, पहिलेको जस्तो दैनिक बिहान दिउसो र बेलुकी घरमा कल गर्न छोडेको निक्कै महिना भएको थियो, आजभोलि हप्तामा एक पल्ट नत्र पन्द्र, बिस, दिनमा मात्रै कलगर्न थालेको थिए, अझ पछील्लो समयमा त, सेलरी आएर घरमा पठाइदिएको दिन मात्रै कल गरेर पैसा हालेको छु है भनेर कलगर्थे, बाँकी दिन भनेको ब्यस्त भएको वा फोन गर्न नमिल्ने ठाउमा भएको कुरा सुनाउथे घरमा भने, उता श्रीमतिले पनि बिस्तारै संका गर्न लागेकी थिइन, कहिलेकाही भन्थिन, आजभोलि किन कल गर्नुहुन्न तपाईं ? उनले यसरी सोद्धा म झर्किएर बोल्थे, भ्याउदा त गरेकै छु नि, नभ्याएको कहाबाट कसरी गर्नु ? उल्टै रिसाउथे, परिवारमा लोग्ने श्वासनी दुई समस्या हुँदा रिसाउछन रे भनेको सुनेको थिए, एउटा अभावमा र अर्को झुट बोल्दा आफ्नो झुटलाई लुकाएर आफु साचो छु, ठीक छु भनेर देखाउनलाई अक्सर मान्छे रिसाउने गर्छन् रे, हो उनले त्यसरी सोद्धा संका नगरोस भनेर आफुलाई सहि देखाउन रिसाएर हप्काएर बोल्थे म पनि, तर खै मनमा कहिलै यो आएन कि पैसा चै यताउता फुर्मास गरौ, मोजमस्ती गरेर उडाउ यस्तो सोच कहिलै गरिन, आफुले खाना नास्ता खाएको बाहेक बाँकी सबै तलब घरमा पठाइदिन्थे र भन्थे, तिमीलाई थाहैछ, मेरो तलब कती आउछ भनेर, त्यो आज पनि पठाएकै छु, यदी अर्कै केटीसंग लागेको भएत पैसा पनि त कम हुन्थ्यो होलानी ? उल्टै प्रतिप्रश्न गर्थे श्रीमती लाई, शायद साबिकको सेम सेलरी पठाउदा उता उनलाई पनि पत्याउन करै थियो, शायद उनी पनि सोच्थिन होला, लोग्ने अन्तै लागेको भएत पैसा पनि त कम पठाउन थालथ्यो वा कुनैन कुनै बहना गरेर पैसा लुकाउन थालथ्यो होला भनेर, तर भनेकै जती हरेक महिना सेलरी आउने बितिकै पठाउनाले उनले पनि संका गर्ने ठाउँभने थिएन, आठ बजे बिउँझीएर खाना खाएर बर्तन सफा गरेर बेडमा पुग्दा ९ बजिसकेको थियो, त्यसैले बिस्तारै रात छिपिदै जादैथियो, म पनि सुस्ताएछु थाहै नपाईकिन, निन्द्रामा सुस्ताउदै गएको मस्तिस्क र आँखालाई अचानक आएको मोबाइलको रिङले झस्काएर उठायो, मोबाइल खेलाउदा खेलाउदै निदाएको अघी छातीमाथि मोबाइल बज्दा मोबाइलको भाईब्रेसनले तर्सिएर बिउँझीए, सोचे यतिराती बल्ल बिन्दु आइछिन भनेर, अनी दिनभरी र साँझमा कल गर्दा रिसिभ नगरेको रिस एकैचोटी पोख्नुपर्‍यो भनेर, निन्द्रैमा बर्बराउदै कराए, दिउसो त्यत्रो कलगर्दा रिसिभ नगरेको यतिराती के खान कल गरेकोनी काम नपाएर, यती मात्रै के भनेको थिए उताबाट भिन्न आवाज आयो, हैन के भन्नुहुन्छ, दिउसो कतिबेला फोन गर्नुभयो र कराउनुभाको, अरे ! आवाज त अर्कै छत, म छक्क पर्दै झस्किएर मोबाइल हेरे, कल घरबाट बुडीको गरेको रहेछ, त्यसपछी कुरोलाई बनाउदै घुमाएर बोले, दिउसो तिम्रोमा गरेको उठेन अनी फेरी नानीको मोबाइल्मा गरेको, नानीले पनि रिसिभ गरेन, अनी मस्त निन्द्रामा भएको बेला कल गर्छौ तर्सिने गरेर रिस उठ्दैनत ? उल्टै बहाना बनाउदै हलुका कराएको जस्तै पारामा तर स्पष्टिकरण दिए, होर कतिबेला गर्नुभएको थियो, मैले त थाहापाइन त अनी, नानीले पनि बाबाको फोन आको थियो पनि भनिन फेरी, बुडिले जवाफ फर्काइन, त्यसपछी मैले पुन प्रश्न गर्दै सोधे, अँ भन, किन यतिराती कल गरेको ? केभो र कल गरेको तर्सिए पनि मत यतिराती कल आउँदा, आफ्नो जिज्ञासा राख्दै बोले म ।


नेपालको झन्डै मध्यरातमा कल गरेकी श्रीमती अचानक सुकसुक रुन थालिन, उनी रुन थालेपछी भने अलिक मनमा चिसो हुँदै फेरी हडबडाएर सोधे हैन केभयो के ? रुएर बस्ने कि भन्ने पनि ? रुदैगरेको श्रीमतिलाई अलिक रिसाएको भावमा सोधे, यती के मात्रै सोधेको थिए मैले, उनी त झन आधारतामा कस्तो नराम्रो सपना देखे भन्दै डाको छोडेर रुनपो थालिन, त्यसपछी भने बेस्कन मलाई हासो लागेर आयो, जाबो सपना देख्दा पनि रुन्छ त कोही ? म यताबाट हास्न लागे, उनी अझै सुकसुक गर्दैथिन, भन्दैथिन, तपाईं र म खोलामा नुहाउन गएका थियौ, नुहाउदा नुहाउदै ठुलो बाडी आयो, म हतार हतार भागे, तपाईं चै पौडी खेल्दै हुनुहुन्थ्यो, कालोमुस्लो भएर आको भेलबाडिले हजुरलाई बगाएर लाग्यो, म खोलाको किनारै किनार, तपाईंको पछीपछी भाग्न थाले, जतिजती तल भाग्दै जान्छु बाडिले हजुरलाई त्यतिनै छिटो बगाउदै थियो, एकछिन मा तपाईं हराउनुभो, फेरी म बसेर रुन थाले, रुदारुदै एकहुल सुन्दर केटीहरु आए उनिहरुले तपाईंलाई खोजेर ल्याएछन, म खुशी हुँदै तपाईंको अंगालोमा कसिएर रुन खोज्दैथिए, पछीत तिनिहरु त भुतपो रैछन रे, त्यसपछी सबैजना आकाशै गुन्जिने गरेर चित्कार जस्तो डर लाग्दो हासो हाँस्दै तपाईंलाई लिएर आउने ति केटीहरुले फेरी दुइतिर पखेटा बनाएर उडाएर लिएर गयो, म तिनिहरुलाई समात्न फेरी पछाडि दौडन थाले, त्यसपछी तपाईंलाई तिनिहरुले ठुलो भिरमा लगेर माथि उड्दै गरेको ठाउँबाट जमिनमा खसाली दिए, म समाउन खोज्दै थिए, एउटा ठुलो माटोको ढिस्कोमा खुट्टा ठोकिएर लड्न पुगेर झस्किएर बिउँझीए, बिउँझीदा पसिनाले निथ्रुक्क भिझेर मेरो शरीर सबै थुरुरुर कापी रहेको रहेछ, हतार हतार उठेर बत्ती बाले, ओछ्यान मा हेरे, तपाईंलाई देखिन झन आतिए, त्यैबेला नानी बिउँझीयो ममी केभो भन्दै अनी बल्ल झस्किए आधारातमा म सपना देखिरहेकी रहेछु भनेर, बेसरी रुन मन लाग्यो, मलाई एकदमै डर लागि रहेछ बाबा हजुर आउनुहोस अब घरमै, बाहिर बसेको पनि धेरै बर्ष भयो, भो अब बिदेश बस्नु पर्दैन, जती हुन्छ जे हुन्छ यतै गरेर खानुपर्छ, खुरुक्क टिकट काटेर तुरुन्त आइहाल्नु, मत एक्लै बस्न सक्दिन, उनले देखेको सपनाको सबै द्रिश्य बताइ सकेर फेरी सुकसुक रुन थालिन, त्यसपछी भने मैले पुन बोले, धत लाटी त्योत सपना हो, सपनामा देखेको पनि कही साचो हुन्छत, हुनेभएत ओछ्यानमा खोला हुनुपर्ने, बाडी आउनुपर्ने, मलाई बगाउनु पर्ने, त्यो सबै हुन्छत ओछ्यानमा लाटी, त्यो सबै सपना हो, भ्रम हो, सुत्ने बेलामा केके मनमा कुरा खेलाउदै सुतेको थियौ होला अनी त्यस्तो सपना देख्यौ, सुत्ने बेलामा केही नसोची ढुक्कले सुत, यता मलाई केही हुँदैन म ठीक छु, उसैपनी अब यो आउने दसैंमा आउँदैछु अनी किन आतिएकी बेकारमा, सपनामा देखेको सबै पुरा हुनेभएत म संग कहिलेकाही बेसरी पैसा हुन्छ बिउझदा ओछ्यान मा हुन्छु, खोइत मेरो पैसा, धत लाटी, सपनामा देखेको कुरालाई लिएर पनि टेन्सन लिने होत, मैले सम्झाएको पारामा अलिक कराएर भने, सिरानीमा हतियार छुरी खुकुरी केछ राखेर सुत्नु अनी खुट्टा मुनिको धुलोको टिका लगाएर सुत केही हुन्न, आधारातामा केकेले सताएको हुन्छ, पैतालाको धुलोको थुकले टिका लाएपछी भुतप्रेत ले पनि केही गर्दैन भन्ने भनाइ छ बुडापाकाको, त्यसै गरेर ढुक्क भएर सुत, त्यसपछी भने श्रीमती एकोहोरो भएर टोलाउदै बसिरही, र एकछिन मा ल सुते भन्दै कल काटेर उ अफ्लाइन भएर गैन ।


उता फोन कल काटेर श्रीमती त सुतिन होला, तर म भने यता उनको हर्कतले स्तब्ध भए, फेरी आफ्नै ओछ्यानमा बसेर एकतमासले टोलाउन थाले, उनले देखेको सपना, अनी उ आतिएको उनको अनुहारमा देखिएको डर, उनको रुवाइ सबै आँखामा र दिमागामा झल्झली आउन थाल्यो, सयमा पनि कस्तो होला, अझ समयलाई के दोश लगाउ समय भन्दा पनि यो जिबन कस्तो होला, जन्मे पछीको दुइदिनको जिबन नियात्रामा मान्छे आफ्नो घरगाउँ साथीभाइ स्टमित्र, छोराछोरी श्रीमती सम्पूर्ण परिवार संगै हासेर खेलेर किन बस्न रमाउन पाउदैन, बिहान बेलुकी मान्छेलाई एकछाक खान र एक आङ लगाउन त जसरी पनि पुराएकै हुन्छ, तैपनी किन मान्छे प्रिथिबिको ओल्लो कुना र पल्लो कुना भौतारिन्छ, यो सबथोक पाउनलाई खेतिपाती गरेर मात्रै नपुग्ने, ति हरेक आवश्यकता हरुको पदपुर्ती गर्न पैसा नै चाहिने, अचम्म ! अनी यो पैसा भन्ने चिज पनि अजिबको, दुनियाँमा कस्ले यो पैसाको अबिस्कार गर्‍यो होला, यो पैसा बनाउने मान्छेलाई केको कमी थियो र, पैसाको सुरुवात गर्‍यो होला, बेलाबेला त, यो पैसा बनाएर दुनियाँलाई अफ्ठ्यारोमा पार्ने त्यो कुन मनुश्यलाई सम्झदा पनि रिस उठेर आउछ, कानको जाली फुट्ने गरेर हिर्काउ झै हुन्छ, तर हिर्काउनु कसरी ? त्यो मरेर कहाँ पुग्यो, कुन सताब्दी बितीसक्यो कसरी पिट्न पाउनु त्यस्लाई ? शायद अहिले सम्म बाचेको हुँदोहोत सन्सारको गरीबहरुले कती पिटाइ गरिगरी मार्थे होलान तिनलाई त, एउटा अनपत्यारिलो तर्क आँफै भित्र उभ्याएर हाँस्दै फेरी सोच्न थाले ।


आखिर यही पैसाले जन्म र मृत्‍यु बाहेक सबैथोक किन्न पाउने बनाएको छ, संसार यसैको खातिर दुरदराज सम्म पुग्छ, यसैको लागि मान्छे यता देखी उता र उता देखी यता अनी कहाँकहाँ सम्म दौडधुप गर्छ मान्छे, मरी मेट्छ मान्छे,  एकपल्ट जन्मिएर मरेर जाने मान्छेको चोलाले आरमले आफ्नो जिबन आफ्नै खुशीले पनि ब्यतित गर्न नपाउने, हरेक दिन हरेक घडी एकले अर्काको अधिनमा चल्नुपर्ने, हेर्दा अरुकै अधिनमा मात्रै चलेको वा आफ्नै अधिनमा मात्रै चलेको जस्तो देखिए पनि आखिर हरेक भूमिकामा मान्छे कुनै न कुनै दोश्रो ब्यक्तिको अर्थात एक अर्काको अधिनमा चलेकै हुन्छन, आखिर त्यो सब के पाउनको लागि यती दौडधुप छ दुनियाँमा मान्छेलाई, आखिर त्यो सब पैसाकै लागि हैन, ? अनी त्यो पैसाको न्युनतम प्रयोग भनेको बाचुन्जेल खान लाउन र बस्नकै लागि मात्रै प्रयोग हुन्छ हैनर ? मान्छेले अनेक टिक्डम गरेर एकले अर्कालाई झुकाएर मासेर रुवाएर वा दु:ख दिएर अकुत पैसा त जोड्छ तर जिबनमा उस्ले प्रयोग गरेको पैसा भन्दा बाँकी पैसा के संगै लिएर जान्छर ? अबस्य जादैन तैपनी किन मान्छे पैसाको पछी म्याराथुनको होडबाजी जतिकै ज्यान फालेर दौडेको छ ? हुनत अरुलाई म के प्रश्न गरौ, म पनि त तिनिहरु भन्दा भिन्न त कहाँ छुर ? आखिर त्यही पैसाको लागि परिवारबाट यती टाढा आकोछु हैनर ? आज तिनै पैसाको कारनले छोराछोरिले बाउ आमा को माया मामाता पाएका छैनन, श्रीमतिले लोग्नेबाट पाउनुपर्ने स्नेह पाएका छैनन, अझ कतिकोत त्यही समय अनुकुल सम्बन्ध र प्रेमलाप वा स्पर्स नहुँदा घरबार बिग्रीएका पनि छन, आखिर केहोत पैसाको जड ? म आँफै प्रश्न भित्र उत्तर र उत्तर भित्रको अर्को उत्पती हुने नयाँ नयाँ प्रश्नको नमिल्दो आफ्नै अनुत्तरित प्रश्नहरुले वाक्क बनेर निरन्तर टोलाई रहे, फेरी आँखाको छबी भरी अगिकै श्रीमतिको नियती सम्झिरहे, आखिर जिबन साथी केहो? जिबन साथी भनेको सुख दु:खमा एक अर्कालाई सघाउदै जिबनभर एक भएर बस्नु हैन ? यदी यस्तो हो भने खैत हामी संगै बसेर जिबन गुजार्न सकेको ? आखिर विवाह गरेको २५, बर्षमा १८ बर्षत दुबैजना एकला एक्लाई बाच्नु परेको छ, जुनबेला सन्तानले बाउको माया मामाता पाउनुपर्ने थियो त्यो बेला एक काख त के एउटा चकलेट सम्म खान पाएन बाउको हातले दिएको, अनी केका लागि यो सम्बन्ध ? केका लागि यो सब दौडधुब र दु:ख सास्ती ? अझै पनि म सोच्दैछु तैपनी अहँ फिटिकक्क कुनै उत्तर हरु पाउदिन म आफु भित्र र कताकता भर्खरै रुएको श्रीमतिको अनुहार र उनको घर फर्कने आग्रह सम्झन्छु अनी लामो श्वास तानेर निराश हुँदै पुन बेडमा पल्टिएर निदाउने प्रयत्न गर्छु ।


टिरिङ टिरिङ, मध्यरातमा आएको कलको आवाजले पुन दोश्रोपल्ट बिउँझीए, मस्त निन्द्रामा भएकोले गर्दा एकछिन सम्म फोनको रिङ्ग बजी रहयो, तैपनी निन्द्रामा भएकोले गर्दा झट्ट कल उठाइन, अघी दुइतिन घण्टा अगाडि मात्रै नराम्रो सपना देखे भन्दै कल गरेको श्रीमतिले फेरी कुन चै सपना देख्यो र कल गरी भन्ने सोच्दै सुतिरहे, तर फोनको पहिलो रिङ सकिएपछी पुन दोश्रो घन्टी पनि लगतार बजिरहयो, त्यसपछी भने दिक्क मान्दै निन्द्रैको सुरमा टेबलामा राखेको मोबाइल तान्दै नाम पनि नहेरी कल रिसिभ गर्दै बोले, अँ भन ? अब फेरी कुनचै सपना देख्यौ र कल गरेकी ? आज रातभरी सुत्न नदिने होकी केहो ? यती भनिनसक्दै उताबाट अर्को आवाज आयो, हैन हजुर बहुलाउनु भयो कि केहो, कस्ले सुत्न दिएन, मत भर्खर कल गर्दैछु, म नहुँदा कस्ले कल गर्‍यो हँ हजुरलाई ? यो पल्ट भने बिन्दु रहेछ, बिन्दुको आवाज आएसंगै पुन बोले, अघी भर्खरै तिम्रो सौताले फोन गरेकी थिन, सपना नराम्रो देखे भनेर, अनी फेरी उनैले गरेकी हुनकी भनेर भनेको नि, अनी फोन उठाउनु अगाडि नाम हेरिदैनत ? उनले जवाफ दीन, मोबाइलको स्क्रीनमा हेरे, रातको ठीक १२:५० भैसकेको रहेछ, मोबाइलमा देखाएको समयलाई इङित गर्दै जवाफ दिए, यता आधारात भैसक्यो, अनी यस्तो आधारतमा भुतले कल गर्ने बेलामा मान्छेले कल गर्छर ? यतिराती कल गर्ने भनेको भुतले मात्रै हो, जिस्कदै मैले जवाफ फर्काए, बिचरा यत्रो दिन रातभरी दिनभरी कल गर्ने पनित भुत नै त होनी, के आजसम्म मान्छे भन्ठानुभाको थियो मलाई ? म झन ठुलो भुत हो, होसियार है हजुर, उनको हासो संगैको जवाफ थियो, भुत हैन यतिका दिन सम्म कलमा बोल्ने त भुतनी हो, त्यो पनि तनमन सबै खाने, पुन म हाँस्दै जवाफ फर्काए, ए ल ल, अब मैले तनमन पनि खान थाले है ? त्यती धेरै भाकी भए अबदेखी फोन नगर भनेत भैहाल्योनि, केको भुतनी र सुतनी भनिराख्नु पर्छ ? अलिक रिसले च्याठिएको भावमा जवाफ फर्काइन उनले, उनको रिसको पारो चढेको थाहा पाएर अलिक शान्ता पार्न खोज्दै कुरालाई अन्तै मोड्दै जिस्कन लागे, ल ल भो भो, मेरो कान्छु रिसाउनु पर्दैन, तर थाहाछ तिमीलाई ? आजभोलि नेपालमा राष्ट्र ब्यंकले पैसा बाड्दैछ रेन्त हो ? उनको रिस शान्ता पार्न खोज्दै जिस्किए म, ब्यंकले पैसा फिरिमा बाड्ने भएदेखी तिमी किन बिदेश बस्नु पर्थ्यो र ? अनी बाडे पनित तिमीले मलाई सुनाउथ्यौ र? सबैभन्दा पहिला पैसा लिनलाइ आँफै दगुर्थ्यौ होलानी, मलाई केथाहा ? अझ च्याठिदै झन जंगिएर जवाफ फर्काउदै थिन उनी, त्यसपछी लगत्तै मैले ठट्टाकै पारामा अर्को जवाफ फर्काए, त्यै ब्यंकले पैसा फिरिमा बाड्न थालेकोलेत, तिमीले नम्बरबाट कल गरेकीनी? त्यो पनि नेपाल देखी ? महाराज मेसेन्जर अफ गरेर सुतिदिने अनी नम्बरमा त कल गर्नै पर्‍योनी, नत्र महराजको बोली नसुनी फेरी रात नबित्ला भनेर गरेकिनी, कि गर्न हुन्नथ्यो, अझै उनको रिस मरेको थिएन, घरिघरी रिसाउने त उनको बानी नै थियो, रिसाउनु उनको भागको काम हो भने हरेक पल्टको रिसाइमा फकाउनु मेरो जागिर नै थियो, त्यसैले हरेकदिन हाम्रो यस्तो क्रम चलिरहन्थ्यो, केहीछिनको घुस्सा घुस्सी पछी नम्बरमा बोल्दै गरेको कल काटेर पुन उता फेसबुकको मेसेन्जर तर्फ कल गरेर बोल्न थाल्यौ ।


रात छिपिदै थियो, रातको प्रहर संगै छिपिएको हाम्रो कल संबादहरु पनि उछ्रिङ्गखल हुँदैजादै थियो, जतिजती रातको आयु लम्बिदै जादै थियो उतिउती हाम्रो रसिला गफहरुको तानहरु पनि तन्किदै लम्बिदै जादै थियो, कुरा छोटिने र सकिने त कुनै नामोनिसानै थिएन, रातको त्यो कालो अंध्यारोमा दुबैको बिचमा संबादको भद्धा मजाक र शब्दहरुले रातलाई अझ मादक्ता थपिरहेको थियो, कल संबादको अनुभुतिमै दुबैमा कामबास्ना थप्ने काम भएकोथियो, कहिले प्रेममा कुरा, कहिले ब्यबहारका कुरा कहिले सन्तान जन्माउने कुरा देखी लिएर दुबैको यौनिक सहबास र अनुभुतिका कुराहरुले अझ कामुक्त थपिरहेको थियो, यतिकैमा मैले आज दिउसो र साँझमा कल गर्दा किन नऊठाएकी भनेर कुरा झिके, उनले दिउसो लाइन गएको थियो, बोल्नलाई मोबाइलमा चार्ज पनि थोरै थियो, अनी राती बोल्नलाई चार्ज नपुग्ला भनेर रिसिभ नगरेकी, घरमा सबैजना पनि थियौ त्यसैले पनि बोल्न नमिलेर नऊठाएकी हजुरको कल, तर हजुरको कल आउँदा मैले साइलेन्समा राखेर हेरिरहेकी थिए, उठाउँ भनेपनी घरभरी मान्छे थिए, अनी आँफै भन्नुहोस्त, कसरी उठाउनु ? मैले सोधेको प्रश्नको जवाफ दिदै उल्टै मलाई नै प्रश्न गरी, त्यसपछी मैले पुन कुरालाई अन्तै मोड्दै भने, ओके ठीक छ उसोभए तर एउटा कुरा भनत, म नेपाल आएभने के तिमी मलाई भेट्न आउनसक्छौ ? मैले सोधेको प्रश्नको जवाफ नदिइकन फेरी उल्टै मलाई नै अर्को प्रश्न गरिन, के हजुर मलाई साचिकै माया गर्नुहुन्छ ? यो कस्तो सवाल हो ? माया नगरेको भए आजसम्म कसरी तिमीसंग नजिक भएर बोलिरहेको छुत ? किन मेरो हरेक पारिवारिक देखी लिएर निजी अनुभब र अनुभुतिका कुराहरु कसरी सेयर गरिरहेको छुत तिमी संग, माया गर्छु रत, हरेक कुरा तिमी संग सेयर गर्छु सुनाउछु, भन्छुनी हैनर? यदी माया नहुदो होत, तिमी त्यतिका महिना बेपत्ता भयौ तर पनि तिम्रो अफलाइन छोडेको मेसेजकै भरमा परदेश गएको श्रीमतिले आफ्नो श्रीमान लाई पर्खिए झै तिमी एकदिन त पक्का आउछौ भनेर कुरेर बसे हैनर ? नत्रत बर्सौ देखी सामाजिक संजाल चलाऊदै आएको मान्छे कोहिन कोहित ठोक्किन कसो आउँदैन थिए होला र ? यही स्पेसमा बसेर पनि i love you भनिदिउँ कि केहो भोटेको छोरालाई भनेर जिस्किन न आएका हैनन, तर तिमी थियौ र आजसम्म पर्खिएर बसेनी हैन ? अनी फेरी कसरी सोध्न सक्छौ माया गर्छौ भनेर ? मैले लामै जवाफ दिए, त्यसपछी उनी बोलिन, हो म यही चाहन्छु हजुरबाट, यदी हजुरबाट मैले खोजेको माया जिबनभर पाउछु भने हजुरलाई जाबो भेट्न आउन सक्दिन होलार ? भेट्न मात्रै हैन हजुरले भन्नुभयो भने एयरपोर्टमै लिन पनि आउन सक्छु, बस एकपल्ट तिमी मलाई रिसिभ गर्न आउ मात्रै भन्नुहोस्त, म ट्याक्सी रिजर्भ गरेर हजुरलाई स्वागत गर्न एयर्पोर्टको ढोकामा उभिएर बसेकी हुनेछु हजुरको दाशी, उनी भेट्न आउछिन आउदिनन वा आउन सक्छिन वा सक्दिनन मलाई थाहा छैन तर मैले पनि उनको मुखबाट झुटमुटकै भए पनि यस्तै आस्वसनहरु सुन्न चाहन्थे, म आफ्नो प्रेममा पूर्णछु भन्ने हेर्न चाहन्थे, आफ्नो प्रेममा समर्पण भेट्न चाहन्थे, त्यो समर्पण आज एउटा बिबाहीत नारी भएरहैन एउटी प्रेमिका भएर अशिम माया देखाएकी थिन, एउटा प्रेमी प्रेमिकाले आफ्नो मायामा कतिसम्म गर्न सक्छन त्यो मैले उनी भित्र देखेको थिए, उनले देखाएको समर्पणमा मलाई आज फिटिकै किन यस्तो लागि रहेको थिएन कि म कसैको सिउदोको सिन्दुर हुँँ, कसैको जिम्मेवारी हुँँ, कसैको अबिभाबक हुँँ भन्ने भुलेर म नितान्त एक्लो त्यो पनि सिर्फ उनको लागि मात्रै हुँँ जस्तो महसुस भएको थियो, अनी मेरो लागि उनी पनि कसैकी अर्धाङिनी र जिम्मेवारी बुहारी र ममतामयी आमा हुन भन्ने भुलेको थिए, यतिबेला मैले सिर्फ उनलाई मेरो उनी एक्लो जिबन लिएर उभिएकी मलाई प्राणनाथ सुइकार्न तयार भएर बसेकी प्रेमिका, वा दुलही हुन तयार एउटा नारी जस्तै महसु भएको थियो ।


मध्यरातको चकमन्नता त छँदै थियो, त्योभन्दा एकाग्रता हामी हाम्रो गफमै मस्त थियौ, कुराहरुको प्रशंग चलिरहेकै बेला यतिकैमा पुन अर्को प्रश्न सोधे मैले, काठामान्डौ मै भएको भएत आउन पनि सक्थ्यौ होला तर राजाधानी बाट त्यती टाढा पाल्पा देखी तिमी कसरी आउन सक्छौत नि ? मेरो प्रश्न भुइमा पनि खस्न नपाउदै उनको जवाफ थियो, तपाईं सात समुन्द्र पारी जान सक्नु भयो, बर्सौ देखी परदेश मै हुनुहुन्छ, हरेकपटक बिदामा आउनुहुन्छ, हजुर कसरी जान र आउन सक्नुहुन्छ झन त्यती टाढा ? त्यो पनि आफ्नो गाउघर देश भन्दा पर, जहाँ हाम्रो लागित कल्पना भन्दा पनि टाढाको कुराहो, यदी हजुर त्यती टाढा जान आउन सक्नु हुन्छ भने म आफ्नै देश भित्र जाबो त्यही पाल्पा देखी पनि आउन जान सक्दिन होलार ? प्रतिप्रश्न गर्दै उनको जवाफ फेरी, उनको कुरा सुनेर मैले जिज्ञासा सहितको अर्को प्रश्नगरे, मैले भौतिक दुरिको कुरा गरेको हैन, मैले त तिमी घरबाट के भनेर निस्कन्छौ, के भनेर आउछौ, कस्लाई भेट्न् जान्छु भनेर आछौ कि ! कहाँ जान्छु भनेर आउछौ कि ! के गर्छौ ? तिमी एउटा लोग्नेमान्छे जस्तो हैन कि भन्ने बितिकै फुत्त निस्केर कतै जान सकोस, तिमी मेरो प्रेमिका त हौ, म तिमीलाई माया गर्छु अनी उस्तै तिमी पनि गर्छौ त्यो मलाई थाहा छ, तर बिबाहीत नारिलाई घरबाहिर फुत्त निस्किएर हिंड्न अफ्ठ्यारो हुन्छ, अनी के भनेर बहाना बनाउछौ भनेर सोधेको के ? मेरो सोधाईमा पुन उनी बोलिन, हजुर मेरो प्रेम त होनी ? अनी म हजुरलाई माया गर्छु हैन ? जवाफमा मैले उम भन्ने छोटो उत्तर मात्रै फर्काए, त्यसपछी लगत्तै उनले फेरी भनिन, बस कुरो खत्तम, म हजुरको प्रेम हुँँ, म हजुरको माया हुँँ भने घरबाट कसरी निस्कने त्यो मेरो जिम्मामा छोडिदिनुहोस, त्यसको बिषयमा धेरै टेन्सन नलिनुहोस, कतिनै अहिले नै आउनेबेला भएको जस्तो, यती भन्दै उनी उताबाट खितितिती हासिन, उनको हासो संगैको उत्तरमा म पुन पुलकित हुँदै फेरी अर्को प्रश्न तेर्साए, साच्चै एयर्पोर्टमै लिन आउछौ त ? मलाई त विश्वाश नै छैन यार तिमी लिन आउन सक्छौ भनेर ? उनी पनि उतिकै हौसलायुक्त भनौ कि उत्तेजित हुँदै खुब गफिदै सवाल जवाफ गर्दैथिन, ओके म आए भने चै हजुर के गर्नुहुन्छ नि, चुनौती दिए झै गरेर उनले उल्टै मलाई अर्को प्रश्न सोधिन, जवाफमा मैले भनिदिए बिहे गर्छु, आँट छ ? उनको सोधाई, तिमी हस मात्रै भनन बिहे मात्रै होर, केके गर्ने आँटछ बुझ्यौ ? पुन हाँस्दै अर्को प्रश्न फेरी, केके चै गर्नुहुन्छ नि, हजुर बाघ हैन भालु हैन चिथोर्न खानलाई ? सबथोक गर्न सक्छु महरानी साहेबा, बस तिमीले कुनैकुरामा नाइ नास्ती गर्न पाउदिनौ, जतिबेला म जे गरिरहेको हुन्छु त्यो बेला तिमी चुपचाप सहनु वा साथ दिनुको बिकल्प हुँदैन तिम्रो, मैले हाँस्दै जवाफ फर्काए, बिचरा हेरहेर, कती ठुलो सपना देखेको मान्छेले, यती भन्दै हासिन उनी, म पनि हासे, दुबैजना एकछिन फेरी खित्का छोडेर हास्यौ हाहाहाहा, त्यसपछी कुरालाई अझै कोट्याउदै ठट्टा गर्नथाले मैले, ओके ठिकैछ मैले माने कि, तिमी काठमान्डौ पनि आउछौ, एयर्पोर्टमा लिन पनि आउछौ, अनी बस्ने चै काहानी ? त्योत हजुरको जिम्मा कहाँ बस्ने भनेर, सिधै घरमा लैजानुहुन्छ कि, दरबारमा लैजानु हुन्छ कि, जंगलमा लैजानुहुन्छ कि, होटलमा लैजानु हुन्छ कि, कहाँ लानु हुन्छ, जहाँ लगेर बास बसाउनु हुन्छ त्यही गएर बसि दिन्छुनी, बिदेशबाट पैसा कमाएर फर्किने हजुर, अनी सबै ब्यबस्था मैले गर्नुपर्ने ? अनी फेरी दुबैको हासो एकछिन, हासोपछी पुन म आँफै बोले, ठिकछ, होटेलमै लगेर राखौला, पिर नगर जंगलमा लगेर राख्छ भनेर, तर होटेलमा चै के भनेर नाम लेखाउने नि? बिदेशबाट बुडो आएको, म घरबाट लिन आएको लेखिदिने नि बुडाबुडी भनेर, उनको जवाफ, ओहो बुडाबुडी भन्न हिम्मत आउछ है मैले सोधे, अनी बुडाबुडी नभनेत फेरी युट्युब लिएर पुलिस आइपुग्लानी, फेरी उनको हासो, हो है खुब, मेरो छोटो जवाफ, अनी हैनत ? उनको पनि छोटो जवाफ, त्योत होला ? खै आजसम्म होटलमा यसरी बसेको छैन हेरौ के हुन्छ, त्यतिबेलै थाहा हुन्छ, बरु बेड चै दुइटा लिने कि एउटै ? हाँस्दै अर्को प्रश्न तेर्साए मैले, एकछिन चुपो लागेर लामो लेग्रो तान्दै बोलिन उनी, उम रुम एउटै लिने तर बेडचै दुइटा, भो एउटै रुम भएर पनि दुइटा बेड लिनेभएत मत संगै बस्दिन, बरु पैसा खर्च होस रुम पनि दुइटै लिने कुरै खतम, मैले अन्जान हुँदै रिसाएको भावमा भने, दुइटा चै किनलिने बेकारमा, पैसा त्यस्तो धेरै कमाएर ल्याउन आटेकोछ कि केहो ? उनले भनिन, त्यसपछी पुन म बोले, अनी एउटा रुममा बसेर दुइटा बेड लिने भए किन एउटा रुम लिनेनी, दुइटा रुममा बसे बराबर, म उनको मनको कुरा खोतल्दै अन्जान भनेर सवाल गर्दैथिए, उसोभए रुम एउटै डबल बेडको ठुलो बेडमा दुबैले नछुइकिन सुत्नेनित हुन्न, गफैगफमा अहिले उनी एउटै बेडसम्म आइपुगिन, लगतै मैले अर्को प्रश्न गरे, एउटै बेडमा चै नछुइकिन कसरी सुत्छ हौ मान्छे ? छुइ हाल्छनी, अझै अन्जान हुँदै उनको मनको कुरा खोतल्दै सोद्धै थिए म, उसोभए बिचमा शिरानी राख्ने सिमाना बनाएर अनी सुत्ने, उनले भनिन, अनी राती अँध्यारोमा छिमेकिले जग्गाको सिमाना मिच्यो भनेनी, हाँस्दै अर्को प्रश्न मेरो, मिच्यो भने मिच्यो, केभोत, हाँस्दै उनको जवाफ हाहाहा, मन मनै सोचे अब आया ऊँट पहाडका निचे, आखिर सिमाना मिच्दा पनि चुपो लाग्ने भए त्यत्रो नाटक गरेर किन दुइदुइ बेड लिने भनेकोत नि अघीचै, म हाँस्दै बोले, ओहो, अर्काको करेसाबारी त्यती सजिलै कस्ले दिन्छतनी मास्नलाई, भाउ खोज्नु परेन सरकार, हाँस्दै उनी, फेरी दुबैको हासो हाहाहाहा ।


कुरा लम्बिदै गयो, लम्बिएको कुरा संगै रमाइलो पनि थपिदै गयो, रमाइलो के भनौ दुबैको आत्मारती केन्द्रीत कुराले दुबैतिर कामुक्ता ब्यक्त गरिरहेका थियौ, दुबैमा कामुक्ता झल्किएका थिए हाम्रो संबाद र हासोले, रात छिपिदै जादा यता मेरो मन पनि छिपिदै जादै थियो, अनेकौ अनुभुतिमा रमाउन उद्द्वेलित हुँदैथिए म, शायद त्यता उनी त्यस्तै, त्यसैले त, रातभर नसुतुनसुती चाहिने नचाहिने कल्पनामा चुर्लुम्म डुबेर गफमै बहकिएका थियौ दुबै, त्यसपछी कुराको निरन्तरता दिदै पुन मायालु सम्बोधनले बोलाए मैले, कान्छु, हजुर ! उनको छोटो जवाफ, सुननन यता फेरी म बोले, उम भन्नुन हजुर, उनको जवाफ, पहिलो भेटमा के गर्छौ तिमी ? मैले सोधे, उम हजुरलाई कस्तो लुगा लगाएको मन पर्छ हजुरलाई त्यो भन्नुत पहिले, मेरो प्रश्नको जवाफ नदिई लामो लवज तानेर सोधेकी थिन मलाई, मैले पनि निकै गम खाएर सोच्दै बोले, मलाईत, सारी ब्लाउज लाएको मन पर्छ, ओके उसोभए सुन्नु यता, उनी बोल्दै गैन, म सुन्दै गए, पहिलो कुरोत, हजुर आउने दिन थाहा पाएपछी बसको टिकट काटेर अघिल्लो दिननै काठमान्डौ आइपुग्छु, हजुर नेपाल आइपुग्ने दिन होटल बुके गरेर हजुरलाई मनपर्ने सारी ब्लाउज लाएर तयार हुन्छु, अनी मार्केटमा गएर फूलको एउटा बुके किन्छु, साथमा खादा लिन्छु, त्यसपछी ट्याक्सी रिजर्भ गरेर एयर्पोर्ट आएर आगन्तुक वेटिङ कक्ष्यमा पर्खेर बस्छु, जतिजती हजुरको प्लेनको आगमनको नजिक समय आउछ, उतिउती टिभी स्क्रीनमा दिएको सेड्युल हेर्दै आतिन्छु होला, कतिबेला आउने होला मेरो हजुर भन्दै हतारिन्छु होला, त्यसपछी हजुर आउनु भएको प्लेन बिमानस्थलको जमिनमा तलतल ओर्लिदै गर्दा म स्क्रीनमा हेरेर पक्कै पनि वहाँ चढ्नु भएकै प्लेन हुनुपर्छ भन्दै खुशीले पुलकित भएर उत्सुक्ता बस अधर्य भएर बसेकी हुनेछु, मुटुको चाल द्रुत गतिमा धड्की रहेको हुनेछ, जतिपटक नयाँ नयाँ प्लेन जमिनमा बस्छ उतिनै मेरो छातीहरु ढक्क फुल्नेछ, हातखुट्टाहरु शायद हजुरलाई पाउन लालयित भएर कापी रहेका हुनेछन, त्यसपछी फाइनल्ली हजुर सबै लगेजहरुको आगमन इमिग्रेसन सकेर ट्रलिमा ब्यागहरु ठेलेर मलाई यताउता हेर्दै बिस्तारै बाहिर आउनुहुनेछ, तब म लुकेर हजुरलाई धित मरुन्जेल हेर्नेछु पहिलेत, त्यसपछी जब ट्याक्सी वे मा आएर चारैतिर आँखा घुमाएर खोज्नुहुनेछ मलाई त्यो बेला, म झन हजुरको ठीक पछाडि गएर मुखमा माक्स लगाएर उभिनेछु, ताकी हजुरले मलाई भन्ने बितिकै चिन्न नसकोस, नत्र म सरप्राइज दिन पाउनेछैन, अनी सबैको आफन्तहरुले आफ्नो मान्छेहरुलाई रिसिभ गर्दै हग गरेर लादैगर्दा हजुर हरेस खाएको भावमा हतास हुनुहुनेछ, त्यो हजुर भित्रको छट्पटी मुख थुनेर हाँस्दै खुब हेर्नेछु, जब तपाईं हार मानेर फोन लगाउनुहुनेछ तब म मोबाइल सुइच अफ गरेर झन अगाडि नगैकिन हेरेर बस्नेछु, हजुरले बार बार कल गर्दा पनि मेरो नम्बर सुइच अफ बताएपछी हजुरको चेहेरामा तनाब हेर्न झन मज्जा आउनेछ मलाई, मलाई नदेख्दा र फोन नलागेपछी हजुरले ट्याक्सी खोज्न लाग्नुहुन्छ अनी म ठीक त्यसैबेला हजुरलाई सरप्राइज दिएर एक्कासी पछाडिबाट गएर ग्वाम्लङ हजुरलाई अंगालो मारेर वेलकम महाराज भन्दै विस गर्नेछु, अनी हजुरको हातमा फूलको बुके दिदै खादा लगाइदिएर अनुहार भरी माया गर्नेछु, त्यसपछी हजुर लाजले भुतुकै हुँदै रातो अनुहार पारेर रिसाएको भाव गर्नुहुनेछ, किन मोबाइल अफ गरेको भनेर, अनी म भन्नेछु, मलाई हजुर भित्र मेरो तस्बिर हेर्न मन थियो, तपाईंको अनुहार र आँखामा मेरो खोजी भएको हेर्ने मन थियो, मलाई नदेख्दा हजुर तड्पिएको हेर्ने मन थियो, आखिर प्रेमको तड्पनमा त छ नि मिठासपन पनि हैनर भनेर फकाउने थिए, त्यसपछी ट्याक्सिको पछाडिको सिटमा बस्ने थियौ दुबैजना, ट्याक्सी जब एयरपोर्टको ओरालो हुँदै मुलबाटो तर्फ हुइकन्थ्यो तब म हजुरको दुबैहातको औलाहरु खेलाउदै हजुरको छातीमा टाउको राखेर गफ गर्दै हामी होटल पुग्थ्यौ, बोल्दा बोल्दै उनी टक्क अडिएर चुपचाप बसिन, उनको कुनै आवाज न आएपछी पुन सोधे, अनी त्यसपछी के गर्छौ ? अनी त्यसपछी सक्यो, छोटो जवाफमा हाँस्दै बिन्दु बोलिन, तर उनले म आउने समयको द्रिश्यको अनुभुती सुनाएको भन्दा पनि कुनै कथाको अंश सुनाइ रहेकी जस्तो लागेको थियो मलाई चै, कती मिठो काहानी बुने झै उनी भन्दैथिन, म आउने प्रतिक्षाको घडीको एक एक द्रीश्य हरु,  कथा झै बेलिबिस्तार लगाउदै लगतार बोलिरहेकी बिन्दु पुन बोलिन,  यती लामो बेलिबिस्तार लगाएपछी कस्तो लाग्योत हजुरलाई मेरो स्वागत गर्ने तरिका, भन्दै खितितिती हास्न लागिन ।


नेपाल आएको कल्पनाको कुरा सुनाइ रहदा मैले सात समुन्द्रपारी छु भन्ने सम्म भुलिरहेको थिए, उनी बोल्दै जाने, म सुन्दै जाने, लाग्थ्यो यतिबेला हाम्रो भेट भएको छ, हामी दुबैजना संगै छौ, एकअर्काको नगिचै छौ, मानौ मैले बोल्दा मेरो मुखबाट निस्किएको तातो स्वासको उनको घाटी र गालामा छुएर बहकी रहेको थियो भने, उनले बोलेको त्यो मिठो मधुर आवजामा उनको कामुक तातो श्वास मेरो अनुहार र कानमा ठोकिएर कतै बहकी रहेको अनुभुती भएको थियो, मलाई यस्तो फिटिकै लागेन कि हामी कोसौ टाढा मध्यरातमा मोबाइलमा बोली रहेका छौ भन्ने नै भुलिरहेको थिए, हाम्रो भेट हुँदाको रमाइलो क्षणहरुको काल्पानिक परिघटनाहरु उनी सुनाउदै जाउन, म लगतार, उम, उम, अ, अ, अनी, त्यसपछी, अ भनन, अनी फेरी, भन्दै सोधी रहुँ, उनी अझै हामी दुइले निभाउने भूमिकाको कृयाकलाप हरु भन्दै जावोस, म त्यसैमा आँखाभरी द्रीश्य राखेर सिनेमा झै हेरी रहुँ, हेरी रहुँ, मात्र सुनिरहुँ आहा ! कती मिठो र सुन्दर पल हुन्थ्यो होला शायद त्यो पल, त्यो घडी, कास.... उनको कुराहरु सुन्दै कतै हराउदै थिए म, प्रश्नै प्रश्न मात्र गरी रहुँ, अनी तिनै प्रशनहरुको जवाफमा हाम्रो सुखानुभुतिको भौतिक द्रिश्यहरु बुनिरहोस यस्तै सोचिरहेको थिए म, यतिकैमा पुन सोधे मैले फेरी, अनी होटलमा पुगेपछी चै के गर्छौ कान्छु ? बाफरे कती धेरै चासो भएको के हजुरलाई, अहिले भर्खरै उडेर आउने बिचार छकी केहो ? यती भन्दै खितितिति हासिन उनी, त्यसपछी के गर्छौ भनन प्लिज, मलाई तिम्रै मुखबाट सुन्न मन लागेको छ, प्याउले पारामा फुर्काउदै बोले मैले फेरी, मेरो मायालु पारामा सोधेको प्रश्नमा लामो स्वर तान्दै बोलिन फेरी, उम... त्यसपछी होटलमा पुगेर रिसेप्सनमा म कफी अर्डर गर्नेछु दुबैको लागि, हजुर वासरुम गएर नुहाएर फ्रेस भएर आउनुहुनेछ, चिसो पानीले भिझेर तौलिले बेरेर रुम छिर्नुहुँदा म हजुरको तैली तानेर हजुरलाई सताउनेछु, हजुर फेरी बाथरुम तर्फ भाग्नुहुनेछ, म हतार हतार बाथरुमको ढोका बन्द गरिदिनेछु, हजुर लाजले भुतुक्क हुनुहुनेछ, अन्त्यमा केही सिप नचलेपछी लाचार भएर हजुरले मलाई नै उल्टै लखेट्नु हुनेछ, त्यसपछी भने म लाजले बेड र रुमको चारैकुना भाग्ने कोशीस गर्नेछु, अन्त्यमा हजुरले मेरो कम्मरमा समातिकिन छोड्नुहुनेछ, दुबैजना एक अर्काको अंगालोमा हुनेछौ, अनी म लाजले निलोकालो हुनेछु, अगी भर्खरै हजुरलाई बेकारमा जिस्काएछु भनेर सोच्नेछु, म हजुरको दुबैहातको बहुपास बाट फुत्किएर भाग्ने कोशीस गर्नेछु, तर म भाग्न सक्ने छुइन, हार मानेर म आफ्नो अनुहार अन्तै फर्काएर मेरो लाज छोप्ने कोशीस गर्नेछु, तर हजुर झन उतौलो हुनुहुनेछ, म रोक्ने असफल प्रयत्न गर्नेछु, तर किमार्थ म सक्ने छुइन रोक्नलाई, आखिरमा हजुर मेरो सिउदोको बिच भागबाट सुरु गरेर मेरो अनुहार भरी चुमेर झुठो लगाउनु हुनेछ, त्यसपछी मेरो पनि बिस्तारै लजाएको नजर हजुरको अनुहारमा उक्लिनेछ, म पनि हजुरको अनुहारभरी चुम्न तल्लिन हुनेछु, दुबैको होसहावास उडिरहेको हुनेछ, दुबैजना मदहोसी भएको हुनेछौ, तपाईं आक्रमक भोको सिंह झै झम्टिनु हुनेछ, म लाचार सिकार झै हजुर भित्र समाहित हुन आफ्नो हातखुट्टा शरीर सबै छोडेको हुनेछु, मनौ त्यो बेला म आफु भित्र नभएर हजुर भित्र नसा नसामा बगिरहेको हुनेछु, शायद हामीमा हाम्रो प्रेमको अलौकिक प्राप्तिमा हुन्थ्यौ या समर्पण वा आबेग दुबैलाइ थाहा हुनेथिएन, दुबै आ आफ्नो सिमारेखा भन्दा बाहिर जान लाग्नै गर्दा होटलको वेटरले ढोकाको बेल बजाउनेछ, तर त्यस्लाई हजुरले बेवस्ता गर्नुहुनेछ, म हजुरलाई आफुबाट झट्कारेर फुत्काउने छु, अनी मेरो सरिरको बिग्रीएको लुगा सम्हाल्दै कपाल र लिपिस्टिक मिलाउदै ढोका खोल्नेछु, हजुर त्यो असफल लडाईं सम्झेर वेटरलाई पनि यती बेलै आउनुपर्ने भन्ने सोच्दै मुसुमुसु हाँस्दै ऐनामा हेर्दै चिसो कपाल कोर्न थाल्नु हुनेछ, कफिको ट्रे दिदै वेटर मेरो अनुहारको बिग्रीएको रंग देखेर हेर्दै मुसुमुसु हासेर फर्कनेछ, म थाहा नपाएको झै गरेर लजाउनेछु, त्यसपछी कफिको कप लिदै दुबैजना होटलको बाल्कोनिमा बसेर परपर सम्म शहरलाइ नियाल्दै कफी पिउने छौ, यती भन्दाभन्दै उनी फेरी टक्क अडिन, म सुन्सान भएर लामो लामो स्वासमा आफुलाई काबुमा राख्ने असफल प्रयास गरिरहेको थिए, उनले यस्ता द्रिश्यहरु पस्किरहदा साँचिकै म उनको सरिरको हरेक अंगहरुमा सल्बलाई रहेको थिए, म आफ्नै बसबाट बाहिरिदै थिए, मेरो सरिरको नसा नसामा एक अलग्गै रक्त संचार भएको अनुभुती हुँदैथियो, मेरो मुटु जोडजोडले उफ्रीरहेको थियो, मेरो मस्तिस्क भित्रको रंगमन्चमा रमाइलो द्रिश्य मञ्चन भैरहेको थियो, तिनै द्रिश्यहरुमा म आगो झै दन्की रहेको थिए, बाफरे, यती धेरै सोच्न कसरी आयो तिमीलाई, हलुका हाँस्दै सोधे मैले, अनी हजुरले यही सुन्न खोज्नु भएको हैन अघी, ? खुब, अनी के ? अनी के ? भनिदिए त, चित्त बुझेन अझै ? कि अझै थपिदिउँ खुराक ? यती भन्दै खित्का छोडेर हासिन, अनी फेरी बोलिन, हैन मान्छेलाई हुने नहुने अचाइदो सोधेर आउने चै कहिले होके महाराज ? उनको सवालमा जवाफ दिदै भने मैले, दसैं भेट्ने गरेर आउछु हौ कान्छु, तर यतिबेला मलाई केही नसोध म केही भन्न सक्ने अवस्थामा छुइन, तिमीले यतिपर लग्यौनी म फर्किनै सकिरहेको छैन, उफ हाम्रो भेटमा यस्तो क्षण पनि आउँला र कान्छु, मैले केही निरासा लाग्दो गरेर सोधे, हजुर ढुक्क भएर बस्नु भए हुन्छ, बरु छिटो आउनुहोस, योत केही हैन, हजुर आउनु भएपछी वास्ताबिक्तामा डुबेर गर्न त अझै केके बाँकी छ,छ, त्यसपछी केही सम्झिए झै गरेर पुन बोलिन, ए साँची दसैंमा हजुर साचिकै आउने नै होर ? मैले उम आउछु भन्ने छोटो उत्तर फर्काए, त्यसपछी उनले फेरी भनिन, दसैं अगाडि आए हुन्न महाराज, कोशीस गर्छु, मिलेसम्म दसैं अगाडि नै आउने प्रयास हुनेछ, नसके तिहारसम्म हरहालतमा आइपुग्छु, काल्पानिक दुनियाँमा डुबेर बोल्दा बोल्दै रात सकिन लागेको पत्तै भएन, मोबाइलको स्क्रीनमा समय हेरे, बिहानको तीन बजिसकेको रहेछ, आँखामा निन्द्रा झप्झप लागेको थियो, तैपनी खै किन हो, हामी घन्टौसम्म बेला न कुबेला सँधै यतिकै केके वार्तालाप मै हराउथ्यौ, त्यसपछी उनी संग छुट्ने कोशीस गर्दैभने, कान्छु उज्यालो हुन लाग्यो, एकछिन सुत्छु है म, अहिले छुटौ हुन्न ? राती डिउटिमा पुगेर बोल्छु फेरी, हस हुन्छ, यता पनि उज्यालो भयो, म पनि अब चिया बनाउन उठ्छु, हजुर आफ्नो ख्याल गर्नुहोला, बाइ सि यु डियर, आराम गर्नुहोस है ल, यतिभनेर उनी कल काटेर गईन, म पनि रातभरी बोल्दा मोबाइलको पावर सकिनै लागेको रहेछ, चार्जमा राखेर सुत्ने तर्खरमा लागे, तर उज्यालो भैसकेको थियो, बाहिर मान्छेहरुको हिंडेको होहल्ला र हिंडेको आवाजहरु आउन थालिसकेको थियो, म भने सुत्ने प्रयास गर्दागर्दै बल्ल निदाउने कोशीस मा थिए, त्यसपछी कतिबेला निदाए, थाहै पाइन ।     


रचना- अर्पण योञ्जन- शिरिष 

मिती- २०, २१, २५ र २६ जेष्ठ २०७९ 

तदनुसार- ३,४, ८ र ९ जुन २०२२