गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Friday, March 25, 2022

कथा- भाग-२१, एउटा प्रेम यस्तो पनि ।




हरेक दिनको दैनिकी एकै प्रकारको हुन्थ्यो, बिहान डिउटी जाउ अनी बेलुकी थाकेर रुम फर्क, कित बेलुकी डिउटी जाउ अनी भोलिपल्ट रातभरीको निन्द्रा र थकानले लखतरान भएर रुम फर्क, म मात्रै हैन, हरेक परदेशिको दैनिकी यसरी नै बित्थ्यो, प्रत्येक दिन जानु र आउनुमै हाम्रो नियमित काम भित्र पर्थ्यो, यसरी नै दिनहरु बित्दैथिए, चन्द्राले भोली दिउसो नत्र बेलुकी कल गर्छु है भनेर बाइ भनेर गएकी, आज एक हप्ता पुग्दासम्म आइनन, म बेलुकिको डिउटिमा आफ्नै अफिसमको कामले कम्प्युटरमा घोत्लिएर रिपोर्टहरु अपडेट गर्न मै तल्लिन थिए, यहाँको स्थानीय समयनुसार झन्डै रातको एघार बजेको थियो, मोबाइलमा गित लाएर सुन्दै काम गर्दैगर्दाको एकोहोरोपन को एकाग्रताको मज्जा नै छुट्टै हुने, काम गरिरहेको अवस्थामा यतिकैमा तिनचार चोटि नोटिफिकेसनको आवाज आयो, कम्प्युटरमा काम गरिरहेको अवस्थाबाट मोबाइलमा नजर पुराए, हेरे, मोबाइलको स्क्रिन बाहिरै मेसेजको सिग्नल देखायो, मेसेज चन्द्राको रहेछ, डिसेम्बर १० को साँझमा लामो मेसेज छोडेर गएकी चन्द्रा, झन्डै एक हप्ता भन्दा पनि धेरै पछी २६, डेसेम्बर को राती मात्रै झुल्किएकी थिन, हतारमा मोबाइल तानेर स्क्रिन खोलेर मेसेज हेरे, मेसेजमा हेलो, सञ्चै हुनुहुन्छ, काममा होकी सुतिरहनु भएकोछ, च्नद्राको मेसेज थियो, मेसेज पडिसकेर जवाफ फर्काउदै मैले सोधे, हेलो अनी कता होनी आफु चै यत्रो दिनसम्म ? यता छु उता छु, सन्चोबिसन्चो, केही नभनी भोली बोल्छु भनेर मेसेज छोडेर गएको मान्छे, बल्ल आज झुल्किएको ? मैले पनि उस्ले गरेको मेसेज जस्तै लगतार सबै एकैचोटी सोधी भ्याए, उताबाट हासेको इमोजी पठाउदै सरी हजुर, उता गाउँमा आफन्तको बिहा परेर अचानक जानु पर्‍यो, अनी आजत बिहान बल्ल आएको, हजुरलाई जादैछु है पनि भन्न पाइन, सरी हजुर, मेरो मेसेजको जवाफ फर्काउदै सरी माग्दै हासेको इमोजी फ्याक्दै थिन, ल ल अब सरी भनेर ठीक्क पार्नु पर्दैन, म कोहोर सरी भन्नलाई, अनी गए भन्न लाई, न मैले जानलाई इजाजत दिने, न नजाउ भनेर बन्देज लगाउने, आफ्नै पोइले त हक नराख्ने जाउ नजाउ भन्नलाई, मत अर्काको पोइन परे, केको सरिनि ? मैले पनि घुर्काएको शैलिमा जवाफ फर्काउदै भने, हेरन भोटेको छउरोको कत्रो रिस बाबै, इमोजी पठाउदै हासिन हाहाहा, ए अब हुँदाहुँदा म छउरो पनि पो भए ? ल ल अब देखी बोल्नु छैन मलाई, अलिक रिसाएको जस्तो भाव पोख्दै जवाफ फर्काए, हे भगवान आफ्नो साथी ठानेर पो भनेकोत हौ, रिसाइ हाल्नु पर्छ त अनी, घोप्टे ! अझ खितिती हासेको इमोजी पठाउदै उल्टै मलाई जिस्काउन थालिन, उनको मेसेज लगत्तै मैले जवाफ फर्काए, केही नभनी हराउने आँफै, अनी उल्टै मलाई नै केके भन्दै अझ ठुलो कुरागर्ने ? यत्रोदिन पछी कुरागर्न आको कि झगडा गर्न ? न झगडा न कुरा, केही गर्न आको हैन, भोटे के गर्दैछ भनेर सोध्न मात्रै आको, पानको पातको सांकेतिक इमोजी पठाउदै लजाएको इमो पनि पठाइन, मैले उस्को मेसेज पछी तुरुन्तै अर्को जवाफ फ्याके, म रिसाएको छ भनेर मायाको इमोजी पठाएको होला हैन, भोभो पर्दैन फकाउन मलाई, आँफै हराउने आँफै ठुलो कुरागर्ने हैनहै, बरु यहाँ खुरुक्क कलगर्ने, मैले रिसाएको जस्तो गरेर घुर्काएको भाबमा भने, बाफरे ! यती राती कल गर्नु ? मार्छन घरकाले थाहा पाएभने, डाडा कटाउने बिचार छकी क्या हो मलाई, भोटेले लगेर पाल्नु पर्ला है फेरी, हासेको र लजाएको इमोजी संगै उ खुब मलाई अझै रिस उठ्ने बनाउदैथिन, खुरुक्क कल गर के, परेको म बेहोरौला, मैले अझ जिद्धी कस्दै बोले, बाबु निदाको छ के उठ्छ फेरी, उनी कल नगरने दाउमा उल्टै बहाना बनाउदैथिन मलाई, तर मैले अड्डी कसिरहे, कसम अहिले कल नगरने हो भने भोली देखी बोल्न पर्दैन है म संग भन्देकोछु, धम्किपूर्ण भाषामा अझ घुर्काए, उताबाट हासेको इमोजी मात्रै आयो, मैले पनि त्यो इमोजी पछी रिसाएको रातो इमोजी पठाएँ, त्यसपछी भने केहीमिनेट जती दुबैतिर सन्नटा छायो, न उस्ले मेसेज गरिन न मैले केही पठाएँ, मनमनै सोचे, अलिक बढीनै भयो कि क्याहो, मोरित बोलिनत, तर केहीछिनको मौनता पछी बल्ल अर्को मेसेज आयो, बाथरुम गएर आको है, सरी ! ढिलोभो मेसेज फर्काउन लाई, ए हो है ? केके गर्न जाने, त्यो पनि नभनी, म भने यता कुरेर बस्नुपर्ने, दुबैजनाको बिचमा निक्कैबेर रस्साकस्सी संबाद चलिरहयो, एकातिर उस्लाई घुर्काउनुको मज्जा बेग्लाई थियो भने, अर्को तिर उस्ले देखाएको मित्रता प्रतिको घनिस्टता साचिकै न्यानो थियो, उस्को यही न्यानो आत्मियपन नै मलाई मनपर्ने पक्षहो, त्यसैलेत छोटो समयमै हामी नजिकको साथी बनेका थियौ ।

टिरिङ्ग.. टिरिङ्ग.. व्हाटस एप्समा कल आयो, मैले रिसिभ गर्दै कलको पहिलो संबादमै अझ रिस नमरेको भाव देखाउदै भने, अहिले भर्खर कल गर्न मिल्दैन भनेको मान्छेले केखान कल गरेकोनी, के खान गर्नुनी, भोटेको छाउरोको गाली खानलाई गरेकोनी, खुब, गर्दा पनि जस छैन नगर्दा पनि जस छैन, हैन गाह्रो छ हौ मलाई गाह्रो, हाँस्दै जवाफ फर्काइन, तर किन मलाई उनले गरेको सम्बोधनहरु प्यारो लाग्छ, यस्तो लाग्छ सम्बोधनको नयाँ-नयाँ शब्दहरुले उ मलाई बोलाई रहोस म सुनिरहुँ, चाहे घोप्टे भनोस वा भोटे, चाहे बाँदर भनोस वा छाउरो, तर किन मिठो लाग्छ, प्यारो लाग्छ, आत्मिय लाग्छ, नदेखेको मित्रताको यो मायालु सम्बोधनले पनि किन अशिम लाग्छ, बाहिरी मुखले रिसाएको जस्तो नाटक गरेर भने पनि भित्रभित्रै असिमित मित्रताको विश्वाश पाउछु म, खै किन-किन, त्यसैले त उन्लाई घुर्काउनुको मज्जा नै बेग्लैछ, उनी सँग रिसाउनुको आनन्द नै बेग्लैछ, सोच्छु कहिलेकाहित यतिको स्वर्गिय आनन्द त मित्रता भन्दा माथिको सम्बन्ध दुई आत्माको प्रणय बन्धनमा पनि पाउन सकिन्न होला शायद, त्यसैले त आजभोलि उनिसँग बोल्दा पहिलो सम्बोधनमा नमस्कार पनि नगरि कुनै औपचारिकता भूमिका नबाधी बोल्न मज्जा आउछ, हो साचिकै मैले उन्लाई मुखले भन्न नसके पनि मलाई आजभोलि यस्तो लाग्छ कि उनी कतै जादा मलाई भनेर जावोस, मलाई सुनाएर जाने गरोस, हरेक पलपलको खबर मलाई गरोस, रुँदा-हाँस्दा दु:खसुख सबै मै संग सेयर गरोस, उनी कतै गइन भने किनकिन छट्पटिले सताउछ मलाई, उनी नहुदाको समय खल्लो लाग्छ मलाई, त्यसैले होला यो झन्डै दुइहप्ता जती संबाद हुन नपाउदा को एक्लोपन उन्लाई भेटेर आज रिस पोख्दैछु, अनी सम्झिन्छु आँफै, यो प्रेम हैन तर अभाव महसुस हुने यो कस्तो मित्रता, कलमा बोल्दा-बोल्दै केके सम्झिएर टोलाएछु मत, एकैचोटी उनैले उताबाट अघी बोल्न पाइन भनेर मर्न लागेको कता मुन्टिएछ घोप्टे फेरी, कि निदायो अफिसमै, भनेको आवाजले पो झसंग भएर निन्द्राबाट बिउँझीए जस्तै भए, हैन त्यताबाट केही पनि आवाज आएन अनी चुपचाप सुनेर बसेको नि, आवाज आउछ कि भन्दै, झुट बोलेर उत्तर फर्काए मैले, उम ल भन्नुन, के भन्न लागेको अघी मर्नै आटेको जस्तो गरेको थियोत, उन्ले प्रश्न गरिन, भन्नत के भन्नु यतिका दिन हराएको मान्छे सन्चोबिसन्चो के भयो, खोजखबर केहीछैन अनी सोध्नलाई कल गर्नु भनेकोनी, कि अरु के हुनुपर्थ्यो, मैले जवाफ फर्काए, अनी अघिनै मैले मेसेजमै भनिसकेत आफन्तको बिहे परेर गाउँ गएको थिए भनेर, मेरो सवालको मेसो टिपेरै जवाफ फर्काइन चन्द्राले, त्यसपछी दुबैजनाको भलाकुसरी पस्चात आँफैले कुराको मियो अगाडि बढाउदै भने, चन्द्रा सुन्नुन, निन्द्रा नलागेको भए भन्नुन प्लिज त्यो अस्तिको कुरा, कुराको गाठो फुकाउदै आग्रह गरे मैले, मलाई थाहा थियो हजुरलाई त्यही कुराको हतार छ भनेर, कम्तिको बाठो छ भोटेको छोरा भएपनी, ठट्टा गर्दै भनी, बाठो हैन, लाटो हो म, अर्काको प्रेमकहानी सुनेर आनद मान्ने, बाठोले त आफ्नो सुनाउने हो, आफुत लाटो परेरत लब गर्न जानिएन र अहिले अरुको लब परेको सुनेर आनद मान्नु परेकोछ, नत्रत हजुरले भन्नै पर्दैनथियो, म पनि आफ्नो सुनाइ हाल्थेनी, हाँस्दै जवाफ फर्काए, कठै हजुर लाटो है, अर्काको मनको कुरो खोतली खोतली सुनेर कथा लेखेर स्पेसमा सुनाउने उही चै लाटो कठैबरा माया लाग्यो मलाई, उनले पनि हाँस्दै जवाफ फर्काइन, पुन लगत्तै मैले जवाफ फर्काए फेरी, भन्नुन के प्लिज, अहिले फेरी बाबु उठ्ला र हजुरले बोल्नै पाउनुहुन्न, ल-ल हस हजुर हस सुनाउछु, बरु भन्नुत अस्ती कहाँ पुगेर रोकिएको थियो, कुरोको थालनिको सुरुवात खोज्दै बोलिन उनी, लगत्तै उन्को कुरा सुनेर पुरानो कुराको प्रसंग गासेर याद दिलाउदै भने मैले, अस्ती पत्र भाईले भेटेर गाली खानुभाको थियो,अनी क्षितिजलाई दिन नपाउदै कल्पनाको बिहे भएर पत्र दिन पाउनुभएको थिएन र बाबा र ममिको गाली खानु भाको थियो, मैले पूर्व घटनाको जानकारी गराउदै बोले, उम.. लल हस, सुन्नु हैत, उन्ले बाँकी काहानी सुनाउन लागिन ।

समय बित्तै गयो, बा र आमाले पत्रको बारेमा थाहा पाएर भरमार गाली खुवाएर सातो लिनुभयो, त्यसपछिको दिन भनेको प्राय मेरो घरकै सानोतिनो काम-धन्दामा समय बित्न थाल्यो, साँझ परेपछी घरबाट मलाई कतै निस्कनै दिएनन, दिउसो कतै जादा पनि साथमा कित बहिनी लाई कित भाईलाई साथमै लगेर जादा मात्रै यताउता हिडडुल गर्न दिन थाल्नुभयो, त्यसपछिको दिन भनेको मेरो लागि म आफ्नै घरमा बन्दी जिबन जस्तै बिताउन थाले, बजार वा चोकतिर जानु पर्‍यो भनेपनी सोधेर र साथमा बहिनी र भाईलाई नलीइ निस्कनै नपाउने भए, तैपनी पत्र दिन नसकेर हार भने खाएको थिइन, बाटोमा वा क्षितिजकै घरमा गएर भएपनी उस्लाई भन्छु भन्ने लागेको थियो, तर शायद मेरो भाग्यमा मै थिएन कि वा यो कुरो माथिबाटै भगवनले टारी दिनुभएको होकी, कती लाख कोशीस गर्दा पनि न मैले क्षितिज लाई देखे,न भेटे न कसैको मार्फत खबर नै पठाउन सके, आखिर उ पनि एस.एल.सी को परिक्षा सकेर उस्को मामा घर रजहर गएको थियो, क्षितिजको ममी काकिले भोली आउछ कि पर्सी आउछ भनेकी तर यतिका दिन बितिसक्दा पनि उ मामा घरबाट फर्किएर आएन, त्यसैले पनि मेरो बिबाहको कुरा छिनेको थाहानै पाउन सकेन उस्ले, वा थाहा पाएरै उ मेरोसामु पर्न चाहेन, केही थाहा पाउन सकिन मैले, आजभोलि पनि सम्झिन्छु म कहिलेकाही कतै मेरो बिहे हुने कुरा चलेकै सुनेर उ घरमा फर्केर आउन नसकेको होकी जस्तो पनि लाग्छ, नत्रत उ कतै गएर धेरै दिन बाहिर नबस्ने मान्छे हो, आखिर उस्को मामाको घर पनि त खासै टाढा थिएन, करीब एक घण्टाको बाटो त थियोनी, तैपनी हामी दुबैजना एक-अर्कामा साचिकै बेखबर भयौ स्कुल सकिएपछी ।

समय बित्दैगयो, बिबाहको कुरा छिनेपछी मेरो बिबाहको मिती पनि आइपुग्यो, तर जतिजती बिबाहको मिती नजिकिन्छ उतिउती म पानी बिनाको माछा जस्तै क्षितिजको अभावले छट्पटिदै थिए, जिबनमा मैले महसुस गरेको कुराहरु उस्लाई अन्तिम पटक भएपनी भेटेर भन्छु भनेर कल्पना गरेको कुराहरु दिनदिनै ब्यर्थ हुँदैजादै थिए, हाम्रो बिहे असम्भव रहेछ, तर मैले तिमीलाई एउटा पुरुष संग पहिलो चोटि प्रेम गरे, त्यो तिमी हौ, र आजिबन तिमी नै रहिरहने छौ, बस तिमी संग मेरो भौतिक शरीर मात्रै ब्यतित गर्न सक्दिन, तर तिमीनै मेरो पहिलो प्रेम हौ क्षितीज भनेर एकपल्ट को लागि भएपनी उस्को अंगालोमा बाधिएर उस्को छातीलाई आफ्नो आशुले बिझाउने सपना हरेक घडी क्षिण हुँदैजादैथियो, जिबनमा पहिलोपटक त्यो कलिलो किशोरि मस्तिस्कले यदी कसैलाई मन पराएको थिएभने त्यो उ नै थियो, जस्लाई एउटै गोत्र परेकोले मैले प्रेमलाई बिर्सिएर सस्कार लाई अंगालेको थिए, तर आजभोलि यस्ता धेरै घटना देख्छु कतिपय बिबाहहरु केटाकेटिको मन मिल्दा परिवारकै स्विकृतिमा एउटै गोत्र भएर पनि फरक जात हुँदा बिहे गर्न दिएको पनि देख्छु, तर त्यतिबेला अहिलेको जतिको न समाज खुलेको थियो, न समाजको सोच्ने र हेर्ने दृष्‍टिकोण, बिल्कुलाई फरक, अहिलेको केटाकेटिहरु उस्तैपरे आआफ्नो प्रेमी प्रेमिकाहरु परिवारमै ल्याएर चिनाउने बस्ने खाने चलन बड्दोछ, तर त्यो बेला संगै खान बस्न वा यो मेरो मन पराएको मान्छे हो भन्न पाउनुत टाढाको कुरा, कतै दिल खोलेर हासेको बोलेको देख्दा पनि मान्छेहरु गाउँभरी कुरा काट्थे, बाउआमाको नाक काट्यो भन्थे, तर अहिलेको हामी पछीको नयाँ पढिलाई कतिधेरै सेवासुबिधा र छुट दिएकोछ परिवार र समाजले, त्यसैले पनि मैले न उस्लाई भेटेर भन्न सके, न कसैलाई भनेर उस्को सामु खबर पठाउन सके, बस गुम्सुमा र छट्पटिमै समय बित्यो ।

अन्तत २०५९ साल मंसिर १४ गते मेरो विवाहको दिन पनि आइपुग्यो, बिहे घरमा आउने टाढाटाढाको पाहुनाहरु तिनचार दिन देखिनै आउन थालेका थिए, सबैको लागि उल्लास रमाइलो कुनै चाडपर्ब भित्रीएको जस्तो खुशीयाली छाएको थियो सबैमा, केटाकेटिहरु दिदिको बिहे भन्दै रमाउदै थिए, साथीहरु चन्द्राको बिहे भनेर आफुहरु पनि सिगारिएर आएका थिए, घरको आँगन, भित्ता बार्दली गोठ सबै रंगिचंगी तोरनहरु टागेर म भन्दा पनि अझ बेहुली जस्तै चिटिक्क सजिसजाउ बनेका थिए, कतै एकादशिको मेला लागेजस्तै मान्छेहरुको घुइचो लागेको थियो, घर पछाडिको बारीमा गाउले र जन्तीलाई खुवाउने भतेर पकाउनेको चटारो थियो, बेहुलाबेहुलिको स्वयम्बर गर्ने थलो एउटा खटिया राखेर काँचको चुरिमा रंगिन धागा बाधेर स्वयम्बर कक्ष चिटीक्क पारेका थिए, स्वयम्बर कक्षाको अगाडि दुइटा सोफा सिगारिएर राखिएको थियो भने पछाडि शुभ-बिबाह ! चाँदनी प्लस राम लेखिएको रातो तुलमा टागिएको थियो, मान्छेहरु प्रबेश गर्ने प्रबेशद्वार बनाएर दुइटा तामाका घैलाहरु राखेर स्वागत कलश सजाएर राखिएको थियो, आँगनको बिचभागमा चारकुने अग्निकुन्ड बनाएर चारैतिर कोलाको थाम, उखुको बोट, सिमालिको सेउली, अंलिसोको बोट, बरपिपलको पातहरुले जग्गेको मन्डप बनाएर त्यहा पनि शुभ-बिबाह लेखिएको तोरन टागेर रंगिन कागजहरुले सजाइको थियो, सबैलाई मेला लागेको जस्तै भएको थियो तर मलाई चै भित्रभित्रै देखी डर त्रास र अनौठो कौतुहल्ता ले सताएको थियो, गाउँको एकहुल केटीहरुले मलाई सिँगार्ने काम गर्दैथिए, तर मलाई भने क्षितिज आउछ कि भन्ने तिरै ध्यान मोडिएको थियो, मलाई सिँघार्ने त्यो केटीहरुको हुलबाट घरिघरी यताउता आँखा डुलाउथे, बेडको छेउको झ्यालबाट बाहिर चिहाउथे तर उ त परैजावोस उस्को छायाँ सम्म देखिन मैले, अन्मिएर जानु अगाडि एकपल्ट भएपनि उस्लाई देख्न ठुलो धोको थियो म भित्र, केटीहरु बेहुलिको बखान गर्दैथिए, मसिना केटाकेटिहरु वरिपरी झुम्म घेरेर मलाई नै हेरिरहेका थिए, विवाह भएर गैसकेका केही अलिक उमेरका गाउँका दिदिहरु भने मेरो कान छेउमा आएर सुस्त आवाजमा मलाई जिस्काउदै भन्दै थिए, अलिक होस् गर है मोरी, कहिले मिन्स भाकी हो कुन्नी, गएको नौमहिना मै छोरो लिएर आउलिस नि, हतार गर्लिस, दुइचार बर्ष मोज गरिनस भनेत पछी छोराछोरी भएपछित दु:ख पाउलिस, खितितिती उनिहरुको हासो, उनिहरु मलाई जिस्काउन पाएकोमा खुब निक्कै ठुलै बिजयप्राप्त गरेझै खित्का छोडेर हास्थे, तर म भने उनिहरुको उतौलो जिस्काइले लाजले भुतुक्क भएर पानी-पानी हुन्थे, यता छातीभित्र एकतमासले आफ्नो भने मुटुको गतिको चाल कतिको रफ्तारमा चल्दैछ भन्ने सम्म थाहा थिएन, म भित्र डर बाहेक सिवाय अरु केही थिएन ।

जन्ती काठमान्डौ बाट आउने भएकोले अलिक ढिलो गरिकन साँझको ६ बजेतिर मात्रै आइपुग्यो, जन्ती ढिलो आउँदा पनि आफन्त र घरका बाआमा लाई कती पिर लाग्नेरहेछ, त्यो बेला मोबाइल फोनको जमना थिएन, त्यसैलेगर्दा बा घरि कस्लाई त घरि कस्लाई कावसोतिको सभापति चोकमा पुरानो मालपोत राखिएको घर छेउमा एउटा पसलमा राखिएको पिसिवोमा पठाउदै बेहुला पक्षकालाई फोन संपर्क गर्न लगाउनु हुन्थ्यो, त्यसरी फोन संपर्क गर्न जानेहरु पिसोवो बाट फर्किदै फोन संपर्क नभएको बालाई सुनाउथे, उनिहरुको कुरा सुनेर नियाउरो मलिनो अनुहारमा घरमा यताउता गर्दै हतास मनस्थितिमा देखिनु हुन्थ्यो, वहाँँको छट्पती देख्दा लाग्थ्यो म कन्यादानको लागि हैन बोझ भएर कतिबेला बिदा गरौ झै भएको महसुस गर्थे, तर थाहाछ, एउटा बाआमाको लागि जग्गे बसेको छोरीको बिहे रोकियो भने कती मुस्किल पर्छ भनेर, जतिजती भिढको होहल्ला बड्दै जान्थ्यो उतिउती त्यो भिडभाड र होहल्लाले मलाई चिच्याइ रहेको महसुस हुन्थ्यो, जन्ती आउने समय घर्किदै जादा बाआमा लाई पर्न जान सक्ने असर र जिबनभर म आँफैलाई अलछिनिको संज्ञा पाउने डरले पनि खप्लक्क निलेको थियो, कथित समाज भनौदोले म आँफैलाई दुत्कारी रहेको आभाष भएकोथियो, साच्चै नै त्योबेला मेरो आँखै अगाडि अग्निपरिक्षा उभिएको थियो, जन्ती आउने समय बित्त्दै गएपछी क्षितिज लाई नदेख्दाको भन्दा समाजमा बाउआमाको इज्जतको के हबिगत होला भन्ने पिरले सताउन थालएको थियो, अन्तत मेरो वरिपरी झुम्मिएर मलाई हेरिरहेका मसिना केटीकेटी जन्ती आयो भन्दै हुर्‍र दगुरेर बाहिर तर्फलागे, त्यसपछी भने मन अलिक शान्त भयो, मनमनै सोचे मैले यो समाजले बनाएको नियममा अलछिनी नहुनुपर्ने भयो, समाजमा बाआमाको इज्जत जोगिने भयो, निक्कै लामै सास तानेर म आँफैलाई ढुक्क शान्त बनाए । 

त्यसपछी दिनको करिब साडे तीन बजेको थियो होला मेरो राम जि संग स्वयम्बर भएरै छाड्यो, अब म सदासदाको लागि रामजिको सिता भएर वहाँँको जिबनमा प्रबेश गरिसकेको थिए, थियोत केवल बाँकी सिन्दुरपोते त्यो पनि रातिको बिहे भएकोहुँदा रातिको दश बजे त्यो पनि पुराभयो, बिधिवत र सामाजिक, परम्परागत र कानुनी रुपमा सम्पूर्ण तरिकाले त्यसदिन देखी म राम जि को अर्धाङिनी भए, मारे पाप पाले पुन्य भन्दै बाआमाले गोडा धुएर दिएपछी म जन्मेको आफ्नै घर आफ्नै आगन बाट छिनभरमै पराइ बनेको थिए, त्यही सामाजिक मुल्य र मान्यता मुताबिक भोलिपल्ट बिहान ९ बजेतिर बेहुली अन्माएर बिदा गरेर सदासदाको लागि म जन्मिएको घरगाउ घर बाट माइती घरमा परिणत भएको थियो, मेरो बिहेको रातभर पनि मैले एक पल, एक नजर भएपनी क्षितिजलाई देख्ने आशाको सानो त्यान्द्रोले छोडेन मलाई, रातभर कतै देख्छु कि भनेर जन्ती र घरगाउले नाचेको भिड र जग्गेको वरिपरी रमाइलो गर्नेको भिडमा आँखा डुलाए तर अहँ फिटिक्क देखिन मैले उस्लाई, आखिरमा समय न हो, कस्ले रोक्न सक्छर ? भोलिपल्ट बेहुली अन्माउने बेला पनि भयो र म अन्मिएर जन्तीको हुल संगै मिसिएर एउटा नौलो दुनियाँँ नौलो सन्सारमा बिदा भएर म सँधाको लागि पराइ घर गएको त्यो मिती देखी हाम्रो कहिले देखभेट भएन, उस्ले खोजखबर गर्न खोजेन वा चाहेन, जानेर बुझेर नै त्यो बिहेमा उ नआएको हो या, कुन्नी आजसम्म मैले थाहा पाउन सकेको छैन, अझ यसरी भनौ त्यो दिन देखी हाम्रो भेट कहिलै भएन ।

त्यसपछी मेरो विवाह पछीका ४/५ बर्षत राम्रै संग हासिखुसिमै बित्यो तर लामो समयको अन्तरलालमा पनि मेरो गर्वबाट कुनै जायजन्म नभएपछी भने मेरो जिबनको कठिन यात्रा सुरुभएको थियो, हरेकदिन ससुराबाट गाली गलौज र दुत्कार बाहेक केही पाउन सकिन, सासुआमाले केही साथसपोर्ट गरेपनी बिचरा वहाँँको पनि केनै लाग्थ्यो र, घरको मुली लोग्ने मान्छेको अगाडि, ससुरा बा, कराउन थालेपछी सासुआमा पनि चुपचाप बस्न वाध्य हुनुहुन्थ्यो, बिचमा मेरो गर्वमा सन्तान आएपनी महिना पुगेको केही समय पछी नै मिसक्यारेज भएको थियो, त्यसोत मेरो श्रीमान राम जि ले, कहिले नराम्रो भन्नुभएन, मेरो लागि अर्को बिहे गर्ने मन्साय पनि कहिलै बनाउनु भएन, तैपनी म एउटी नारी भएकै कारणले परिवार माइती, आफन्त छिमेकिको लागि सन्तान पाइदिनु भन्दा पनि मेरो आफ्नै बात्सल्य ले पनि रित्तो काख भएकोमा आँफैलाई पिडाबोध हुन्थ्यो, हरेक नारिलाई आमा हुनुको खुशी र आफु सन्तानको आमा बनेर आफ्नो छाती चुसाउनुको ममताको रहर उर्लेर आउनु स्वाभाबिक नै थियो, शायद त्यो मलाई मात्रै नभएर यो हरेक नारी भित्रको सन्तान सुखानुभुतिको सपना हुनु अनौठो हैन होला, कयौ धामिझाक्री, पन्डित-बाबा, बैध्य र डक्टरलाई देखाउदा देखाउदा म हारिसके को थिए, हरेक दिनको कहिन कही केहीन केहीको तनाबले म वाक्क-दिक्क भैसकेको थिए, आँफै देखी थाकिसकेको थिए, यस्तै पिडामा छट्पटिदा आत्माहत्या को बाटो पनि नरोजेको हैन, तर हरेकपल्ट त्यो दुर्घटना बाट कुनै न कुनै बाहानामा जोगिएको थिए, यिनै भोगाइ र पिडाले गर्दा म डिप्रेसनको सिकार भएर मानसिक रुपले बिछिप्त बनेको थिए, त्यसैले राम जि ले वहाँ घरमा नहुँदा मलाई समय कटाउने वा मन भुलाउने माध्यमा होस भनेर फेसबुक खोलिदिनु भएको थियो, म त्यसैमा गएर अरुको फोटोहरु र क्याप्सन हरु हेरेर पढेर लाइक कमेन्ट गरेर दिन बिताउथे, तर राम जि अचानक बिराटनगर जानुभए पछी म झन दिनभर रातभर नितान्त एक्लो भएपछी मलाई झन अत्यास लागेको थियो र मैले त्यही एक्लोपनमा मैले मेरो आफ्नै बिगत आफ्नै अतित क्षितिजलाई सम्झन पुगेको थिए र फेसबुकमा खोजेर एड गरेर हामी १० बर्ष पछी र आजभन्दा ७ बर्ष अगाडि पुन जोडीएको थियौ । 

राम जि बिराटनगर जानुभए पछी निक्कै समयसम्म आउनु भएन त्यही समयमा क्षितिज संग मेरो फेसबुक भेट भएर हरेक दिन र हरेक रात आफ्नो मनको पिडा र मैले भोगेको दु:खसुख सेयर गर्दै बित्न थाल्यो, शायद त्यो बेला मानसिक अवस्थाको औषधी खाँदै गरेको अवस्थामा उ नै मेरो लागि संजिबनी बुटी बनेर पुन झुल्किएको थियो मेरो जिबनमा, हाम्रो फेसबुकको पहिलो भेटपछी साधारण बोल्चाल पछी अर्को पल्ट उ अन्लाइन आउँदा बिगतका केही रहलपहल कुराहरु गरेर हामी रमाउन थाल्यौ, पुन मैले हास्न थाले, कताकता मेरो शरिरमा एउटा छुट्टै बेग्लै हलुका र रमाइलो भएको तरंग छाएको महसुस गर्न थाले, जिबनमा हराएको मेरा खुशीहरु पुन एकाएक फर्किएका झै लाग्न थाल्यो, उस्को आगमन र उ संगको हरेक दिनको संबाद संगै दोश्रो पटकको अन्लाइन भेटमा अचानक एउटा अपत्यारिलो प्रश्न सोधेको थियो, चन्द्र तिमीलाई एउटा कुरा सोधौ, सोधन, तिमिलाई जाबो एउटा कुरा सोध्न पनि इजाजत मागिरहन पर्छ र? एउटा हैन हजार प्रश्न सोध त्यो सोध्ने हक पुरापुरा छ तिमीलाई, मैले जवाफ फर्काएको थिए, लगत्तै उस्ले अर्को सवाल गरिहाल्यो, ए सुनन साची, तिमी मलाई के अहिले पनि माया गर्छौ ? उस्को प्रश्नको जवाफ फर्काउदै मैले भनेको थिए, यो कस्तो सवाल हो ? तिमीलाई के लाग्छ गर्छु कि गर्दिन होला, मेरो प्रतिप्रश्नको सवाल जवाफ गर्दै उ फेरी बोल्यो, अनी तिमीले चै यो कस्तो उत्तर देकोनी ? मेरो प्रश्नको जवाफ यही होत ? मैले तिमीलाई उत्तर मागेको हो प्रतिप्रश्न हैन, उ अलिकती रिसाउदै जवाफ फर्कायो, उस्को रिसको भाव मैले बुझिहाले कि उ मेरो मुखबाट उस्लाई प्रेम गर्छु कि गर्दिन वा त्योबेलाको अन्जान प्रेम आज पनि छकी छैन सुन्न चाहन्थ्यो, त्यसैले मैले जवाफ फर्काउदै बोले, शायद तिमीले मेरो मुखबाट सुनेर आफु आनन्दित हुन खोजेको हौला, तर म तिमी जस्तो कठोर छैन, तिमीले त यतिका बर्ष सम्म न कुनै खोजखबर गर्यौ, न खोज्ने बुझ्ने चेस्टा नै गर्यौ तर मैले तिमीले झै त्यती कठोर भएर बस्न पनि सकिन र आज फेसबुकमा तिमीलाई खोजेर एड गरेर यतिबेला तिमी संग दोहोरो संबाद गरिरहेकी छु, हो तिमीले सोधेको प्रश्नको उत्तर सुन, हाम्रो बिहे असम्भव थियो तर त्यो प्रेम सिर्फ तिमीलाई मात्रै गरे, र मेरो मृत्‍युसम्म गरिरहनेछु, मैले उत्तर फर्काए, तर उस्ले उताबाट केही बोलेन, सिर्फ मेसेज पढिसकेर रुएको इमोजी पठाउदै केही समयको लागि मौन बस्यो, दुबैतिर मौनताले छायो, केहीछिनको दुबैतिरको मौनता लाई चिर्दै म आँफै बोले ओ हेलो ! कता गायब हो के फेरी, यतिका बर्ष हराएर पुगेको छैन अझै ? प्रश्न संगै हासेको इमोजी पठाउदै मैले सुनसान बातावरण भंग गर्न खोजे, तर उस्ले मेरो मेसेज लगत्तै, ल, अहिले बिदा भए, भरे आउछु है भनेर हग गरेको र मुटुको इमोजी पठाउदै उ हतार हतारमा अफ भैहाल्यो, मैले हस बाइ सम्म भन्न पाइन, तर उ अफ्लाइन भैसकेको भएपनी हस बाइ शुभदिन भन्दै जवाफ फर्काएर म पनि अफ भएर आराम गर्न तर्फ लागे । 

समय बित्दै गयो बिराटनगर जानुभएको राम जि दुई महिनामा मात्रै फर्किएर आउनुभो, यो बिचमा क्षितिज र म निक्कै नजिक भैसकेका थियौ, हामी हाम्रो प्रेमका कुरा मात्रै हैन मेरो सन्तान नहुनुको कारण, औषधीमुलो र सारिरिक ब्यायामा अनी स्त्री पुरुषमा हुनुपर्ने सहबासको तौर तरिकाको बारेमा प्राबिधिक पक्षहरुको बारेमा छलफल गर्थ्यौ, महिनवरी रजस्वला को अंशिक समय र सहबासको भौतिक पक्षको बारेमा कुरा गरेर म सन्तान हुने आशाको त्यान्द्रो झुन्डाउथे आफ्नो मन भित्र, किनकी सन्तान नभएर म आजित भैसकेको थिए, त्यसैले मेरो बात्सल्य भर्ने बिषयमा निक्कै खुलेरै कुरागर्न सक्ने भएका थियौ, उ पनि अन्लाइन र जानेजती सुनेजती औषधी र डक्टर हरुको नाम पठाएर त्यहा गएर देखाउत, वहाँ गएर चेक गराउत, भनेर मेरो प्राय निर्जिब बनिसकेको आशा लाई जगाउने कोशीस गर्थ्यो, उस्को सरसल्लाह र उस्को म प्रतिको केयरिङले गर्दा मलाई उस्को स्नेह प्रती निक्कै नै खिच्न थालेको थियो, हरेकदिन जसो उस्ले दिने सुचना र खबरहरुले गर्दा मेरो उ प्रतिको इज्जत अझ बड्दै जादै थियो, उस्लाई मेरो आदर्श पुरुषको रुपमा हेर्न थालेको थिए, उ मेरो साथी वा प्रेमी मात्रै नभएर मेरो जिबनको असल पुरुषको छबी उ भित्र देख्न थालेको थिए, उ त्यस्तो ब्यक्ती भएर उभिएको थियो मेरो अगाडि जस्लाई म आफ्नो सबै समस्या सुनाउन सक्ने भएकी थिए, यदी म कसैलाई विश्वाश गर्थे भने त्यो उ मात्रै भएको थियो मेरो लागि, उ त्यस्तो पुरुष थियो जस्लाई म आदर गर्न सक्थे, सम्मान गर्न सक्थे, हरेक कुराहरु उस्को मात्रै विश्वाश गर्थे, तसर्थ हरेक दिन जसो हाम्रो संबाद बाक्लिदै गयो, कुनै पनि समय अलिकती फुर्सद मिल्योकी हामी दुईमा प्रत्यक्ष संबाद र अफ्लाइन मेसेज गरागर अझ तिब्र बन्दै जान थाल्यो, यो संबादको बिचमा मैले त आफ्नो सबै समस्या उस्लाई सुनाइसकेको थिए, तर उस्ले उस्को आफ्नो बारेमा खुलेर बताउन सकेको थिएन वा भन्न सुनाउन उपयुक्त चाहेन, एकदिन मैले कुरैकुरामा उस्लाई सोधेको थिए, अनी तिमीले बिहे गर्यौ ? उस्ले त्यो बेला मेरो कुरा सुनेर पनि नसुने झै उत्तर दिएको थिएन वा उत्तर फर्काउन उचित ठानेन, तर उस्ले नभने पनि मैले उस्को फेसबुकको एलबंममा गएर थाहा पाइसकेको थिए, उस्ले बिहे गरिसकेको रहेछ, बिहे गरेर पनि दुबैजना बिदेशमै भएको तस्बिरमा देखिएका भवन घर र प्राकृतिक बातवरणले थाहा पाइसकेको थिए, किनभने नेपाली पाराको घरहरु थिएनन ति फोटोहरुमा, सबै घरहरु बिदेशी शैलिमा बनेका थिए, बाटोघाटो कुलेसो सबै बिदेशी शैलिमा देखिन्थ्यो, त्यसैले पनि दुबैजना कि संगैछन कित संगै नभएपनी दुबै बिदेशमै छन भन्ने थाहा पाइसकेको थिए, त्यसैले उस्ले नभने पछी  मैले त्यही प्रश्नलाई दोराएर पुन सोध्ने औचित्य पनि ठानिन ।

समय न हो, बित्न कतिनैपो लाग्छ र, दिन महिना गर्दै साल बित्यो, तर हामी बिचको घनिस्टता र संबाद त्यसपछी कहिले टुटेन बरु झनझन गाढा र प्रगाढ बनेको थियो, फेसबुकमा भेट भएदेखी यता कयौ प्रेमका कुरा गर्यौ, कयौ अनुभुतिका कुरा गर्यौ, कयौ पटक हास्यौ, कयौपटक रिसायौ, अनी कयौपटक एकले अर्कालाई फकायौ, साच्चिकै भन्ने हो भने विवाह अघिको हाम्रो प्रेम अहिले आएर झन झाङ्गिएको थियो, फेसबुकले जुराएको हाम्रो दोश्रो भेटपछी हामी बोल्न थालेको चौथो बर्षमा लागिसकेको थियो, यस्तैमा एकदिन भर्खरै जन्मिएको सानो बच्चाको तस्बिर फेसबुकको प्रोफाइलमा र वालमा सेयर गर्दै उस्ले क्याप्सन लेखेको थियो, मेरो जिबनको पहिलो खुशी, हाम्रो बंशको पहिलो सन्तान मेरो रगत र मेरो जिबन संगिनिको प्रेमपूर्ण उपहारले आज खुशीको सिमा नाघेको छ, नयाँ मान्छेलाई यो सन्सारमा सुस्वागतम र सापकोटा परिवार हामीसबैलाई हार्दिक बधाई छ, उक्त पोस्टिएको फोटो देखेपछी कताकता मन खङ्रङ्ग सुकेर आए झै भयो, आँफै भित्र हिन्ताबोध भएझै भएर आयो, क्षितिज प्रती कतै रिस त कतै आँफै प्रती घ्रिणा जागेर आयो, मनमनै कताकता डाहा लागे जस्तै पिडाबोध भएर आयो, तर आफ्नो सन्तान नभेर उस्को सन्तान भएकोमा रिस डाहा औडा भएको थिएन मलाई, जस्लाई आफ्नो प्रेम सम्झेर जिबनको सबै घटना परिघटना सुनाउथे, आफुभने एकएक पलको सुखदुख सुनाउथे, आफुले भोगेको देखेको सुनेको हरेक कुराहरु उस्को सामु सेयर गर्थे तर विवाह भएको देखी बच्चा भएको सम्म उस्ले मलाई लुकाएर राख्यो, अलिकती पनि उस्को खुशी म संग सेयर गर्न उचित सम्झिएन कतकता मन दुखेर आयो, अनी सम्झे शायद म सन्तान नभएको लाई सुनाउदा उस्को श्रीमतिको गर्वमा आएको सन्तान तुहिएर जान्छ कि मलाई अशुभ ठानेको होकी भनेर आत्माग्लानी ले सताएर ल्यायो, छरछिमेक समाजाले भने जस्तै एउटी बाझी आईमाईको नजर लाग्छ भनेर उस्ले आफ्नो खुशी सेयर नगरेको होकी भन्ने लागेर आयो र एकाएक आफ्नै खाली बाझो कोख छामेर सिरानीमा घोप्टो परेर रुए । 

निक्कै बेरको रुवाइ पछी उठेर मेसेज लेख्दै भने, बधाईछ तिमीलाई बाबा बनेको मा, धन्यवाद तिमीलाई, उ अन्लाइन मै रहेछ धन्यबादको झटारो तुरुन्तै फर्काइ हाल्यो, उस्को धन्यवाद पछी अर्को प्रश्न गर्दै सोधे, यस्तो खुशीको कुरा पनि कुनैदिन मलाई सुनाउन उचित सम्झेनौ है, तिमी एउटा ब्यक्ती बाट श्रीमान भयौ त्यसपछी अहिले जिबनकै खुशीहरु मद्धेको अर्को उत्कृष्ट खुशीमा पनि मलाई एकपल्ट पनि सेयर गर्ने लायक सम्झेनौ, खुशी साटौ भन्ने आएन है, तिमीमा आको यो परिवर्तन ले मलाई साचिकै दुखी बनायो क्षितिज, म आफु बाझी छु, मेरो आफ्नो सन्तान छैन भनेर म तिम्रो सन्तान भएकोमा दुखी भएको हैन, मलाई त्यो इर्श्या वा डाहा पनि भएको हैन, तर हामी दोश्रोपटक भेट भएर एक अर्काको दु:खसुख सेयर गरेको पनि यतिका बर्ष बित्यो, मैले पलपलको हरेक आफ्नो निजी कुराहरु सुनाउन कुनै कसर बाँकी राखिन तर तिमीले आफ्नो खुशी एकपल्ट पनि सुनाउन कर्तब्य सम्झेनौ, ठिकैछ तिम्रो खुशीमा अरु दोब्बर तेब्बर भएर जावोस, शायद तिमीले मलाई सेयर नगर्नुमा तिम्रो गल्ती हैन, बर्षौ देखी सन्तान नभएकी म बाँझी आईमाई मान्छेलाई सुनाउद तिमीलाई अशुभ हुन्छ भन्ने ठान्यौ होला, नठान्नु पनि कसरी, किनकी तिमी पनि यही समाजामा जन्मेर हुर्किएर न गएको हौ त्यहा, भलाही तिमी अहिले बिदेशमा छौ तर तिम्रो रगतमा पनि हाम्रो समाजाको एकएक कण बगेकोछ, त्यसैले पनि शायद लुकाएको थियौ तिमीले म बाट, खैर जेहोस् फेरी एकपल्ट तिमीलाई शुभकामना, मैले मन दुखाउँदै निकै लामो मेसेज फर्काए, उ भन्दै थियो, हैन सबैलाई सरप्राइज दिउँ भनेर हो, नरिसाउ तिमी प्लिज, तर म उस्को कुरा पड्दा पनि नपढी अफलाइन भए, त्यो दिन, दिनभरी र रातभरी आफु बाझी हुनुको आफ्नै कर्म र सबैको नजरमा अलछिनी हुनुको पिडामा छट्पटी रहे ।

फेसबुकमा भेट भएपछिको हाम्रो बोल्चाल र निकट्ता बढेको त्यस्तै पाचौ बर्ष भएको थियो होला शायद, यता मेरो बच्चा जन्मिने कुनै छाँटाकाट थिएन, घरका परिवार र राम जि अनी म स्वयम आजित भैसकेका थियौ रातदिनको यो सन्तान सन्तान भन्ने शब्दले, कतै बिहे ब्रतबन्ध पूजापाठ चाडपर्ब वा आफन्तकोमा जादा-आउँदा एक न एकले मेरो नभएको सन्तानको बारेमा कुरा गरेकै हुन्थे, कोही कुन डक्टरकोमा जाउ भन्ने सुझाउथे भने कोही जादुमन्तर जडिबुटी गराउन सुझाउथे, यस्तै आफन्तको सल्लाह लिदालिदा हैरान भएको मेरो मनस्थिती एकदिन यस्तैमा क्षितीज संग कुरा गर्दै जादा बिभिन्न औषधी र डक्टरको प्रसंग निकाल्दै गर्वधानको कुरा निकाल्यो, दुबैजना गफिदै थियौ, गफिदागफिदै अचानक क्षितिजले भन्यो, जुन उस्को कुरा सुनेर म स्तम्ध बने, जुन मैले कल्पना सम्म पनि गरेको थिन, जुन कुराले मेरो हातखुट्टा नै लगलग कामेको जस्तो भो, आफ्नै शरीर खङ्रङ्ग सुकेको जस्तै भयो, एकाएक मेरो ओठतालु हातखुट्टा चिसो भएर आयो, जुन कुरा मेरो लागि आफुले भोग्न त के सोच्न पनि सक्दिन थिए, चन्द्रा तिमीलाई एउटा कुरा भनुम, उस्को सोधाई थियो, भनन के कुरा होर? आजसम्म कुन कुरा गर्न सोध्न भन्न रोकेको छुर मैले तिमीलाई, मैले काम गर्दै आफ्नै धुनमा भने, उसोभए भन्छु हैत, रिसाउदैनौन नी, उ अझै भूमिका बान्दै थियो, भन खुरुक्क केहो, कतिनै कहिलै केही नभनेको जस्तो, तिमीले भन्न सुनाउन बाँकी केनैपो कसर छोडेको छर ? मैले हाँस्दै जवाफ फर्काएको थिए, मेरो कुरा सुनिसके पछी लामो सास तान्तै क्षितिज बोल्दै थियो, म उस्को कुरा सुन्दै भान्सामा काम गर्दैथिए, हेर तिम्रो बिहे भएको यतिका बर्ष बितिसक्यो, यदी मैले भनेको मान्छौ भने कुनै एउटा ब्यक्तिलाई साथी बनाएर तिमी गर्व राख्न सक्छौ, यदी तिमी आँफैले हिम्मत गर्यौ र गोपनियता राख्न सक्यौ भने यो सम्भव छ, उस्को यो कुरा सुनेपछी म केही बोल्नै सकिन, उस्को कुरा सुनेर मलाई एकाएक रिंगटा लागेर आएको जस्तो भो, तीन भाउन्न भएर आयो, ग्याँस चुलोको अगाडि भान्सामा उभिएर काम गर्दै गरेको म आँखा चिम्म गरेर भुइमा थचक्क बसे, एकाएक मेरो जमिन भासिएको जस्तो भो, मेरो अगाडि पछाडि के भैरहेकोछ केही थाहा पाउन सकिरहेको थीन मैले, आज पनि सम्झन्छु उस्ले भनेको त्यो समयको मेरो लागि मुटु बिझाउने त्यो शब्द, अनी आँफै मुल्याङ्कन गर्छु, यो समाज, त्यसको चिन्तन, पुरुष अनी पुरुष सोच भनौ वा निचता अनी एउटी आईमाई मान्छे, हो एउटी आईमाई मान्छे भएर जिउन कती गाह्रो रहेछ यो पुरुष चिन्तन भएको समाजमा, अझ बिहे भएर बर्सौसम्म सन्तान नभएकी म जस्तो आईमाई मान्छेको लागि त झन अभिसाप नै रहेछ, यो समाज, यो दुनियाँ अनी यो सिंगो जिबन, जस्लाई मैले सबै भन्दा नजिकको साथी वा प्रेमी सम्झेको थिए तर उसैले मेरो सन्तान प्राप्तिको लागि एक गैर पुरुषको बिर्य सहबासको सल्लाहले म अजंगको पहाड बाट खसेको जस्तै भएको थिए, साच्चै भनौ भने म ठिङ्ग उभिएको काठको मुडा जस्तै स्तब्ध भए, जुन मैले सोच्न त के उस्ले त्यस्तो पनि सल्लाह देला भनेर कल्पना सम्म गरेको थिन तर त्यो दिन उस्को त्यो कुराको कुनै सवाल जवाफ नगरि मैले कल काटी दिए, अनी भान्सा बाट आफ्नो रुममा दौडदै गएर घोप्टी परेर धेरैबेर सम्म रुइ बसे ।

उ संगको भेट र संबाद पछी यस्तै मुटु बिझाउने एउटा घटना आज पनि सम्झन्छु म, र मनमनै त्यो घटनाले कहिलेकाही सोच्न बाध्य हुन्छु कि यो समाजमा एउटी नारी किन सुरक्षित हुन्न, पती पती जस्तो, बाउ बाउ जस्तो, माइती माइती जस्तो, काका काका जस्तो, मामा मामा जस्तो, साथी साथी जस्तो अनी प्रेमी प्रेमी जस्तो भएर किन बस्दैनन पुरुषहरु, हरेक पुरुषमा हुने देखिने यौन भोकको आगो यती बिघ्न घिन लाग्दो र डर लाग्दो भएर किन उर्लन्छ, किन यिनिहरु यती हवस हुन्छन, शायद दुनियाँँमा पुरुषहरुले महिलालाई आफ्नो बास्ना र हवसको मात्रै साधन नसम्झने हो भने यहाँ बलत्कार र हत्या जस्ता डर लाग्दो अपराध हुन्थेन होला, राम जि को हरेक दिनको अफिस घर गर्दै ठीक्क हुने, घरका सबै आ-आफ्नै धुनमा आ-आफ्नै रुममा हुन्थे, त्यस्तै बिहानको खाना खाइसकेर म पनि बेडरुममा गएर मोबाइलमा केके कमेडी सिरियल हरु हेर्दैथिए, यतिकैमा मोबाइलको रिङ्ग बज्यो मेसेन्जरमा, कल क्षितिजको थियो, मैले कल उठाउदै हेलो भने, उताबाट केछ खबर भन्दै सोदनी भयो, मैले उम बसिराको अनी केछ तिम्रो ? म पनि ठिकैछु क्षितिजको जवाफ थियो, यसरी सन्चोबिसन्चो को हालखबर सोदासोध पछी हामी निरन्तर गफमै ब्यस्त भयौ जसरी अरुबेला गफिन्थ्यौ, गफगाफ निक्कै लामै चल्यो, हरेक दिनको दैनिकी देखी रेलाठट्टा हुँदै उ सारिरिक स्पर्स र यौन का बारेमा खुलेरै खुब इत्रीदै थियो, मैले यतिकैमा आज के भाको छ तिमीलाई रक्सी त पिएर आएनौ, किन इत्रीएको यसरी हँ, हाँस्दै सोधे, नाइ त्यस्तो हैन, तर तिमी संग नबोले को संग बोल्न जाने त नि म, मेरो भन्नु नै तिमी नै हैनर? उस्ले भावनात्मक ब्लाकमेल गर्दै बोल्यो, मैले पुन हाँस्दै भने धेरै मातिने हैन है, यती भनिसक्दा उ पुन बोल्यो, म मातिने हैन, बरु तिमी खुरुक्क भिडियो कल अन गरत, आज तिमीलाई हेर्न मन लाग्यो, उस्को अनुरोध लाई मैले नराम्रो र अनौठो ठानिन, मैले भिडियो अन गरे, उताबाट उस्ले भिडियो एक्सेप्ट गर्दै बोल्यो, ओहो तिमीत कती फेरिएछौ, पहिले जस्तो रैनछौ, कती राम्री भरिली पोटिली भएकी, लोभ लाग्यो यार, उ मलाई फुर्काउदै बोल्दै थियो, मैले पनि उस्कै पारामा जवाफ फर्काए, तिमी पनि त सानोको जस्तो च्याँखुरे रैनछौ नि, अर्कै भएछौ, ह्यन्ड्सम भएछौ त, दुबैतिर हासो गुन्जियो, हाहाहा, भिडियो कल पछी दुबैमा एकछिन रमाइलो भयो, यतिकैमा अलिक सिरिय भएको भावमा उ फेरी बोल्यो, ओइ तिम्रो त त्यो पनि कती ठुलाठुला यार, कस्तो मजाको, कसम हेर्न मन लाग्यो यार, कस्तो होला है त्यो भित्र, उस्को भनाइलाई मैले खासै गम्भिर लीइन, हासेर है भन्दै टारिदिए, तर मेरो मौनता र हासोलाई उस्ले शायद कम्जोरी ठानेको हुनुपर्छ, उ अझै जिद्धी गर्दै झन उत्तेजित हुनथाल्यो, प्लिज यार एकपल्ट देखाउन, कस्तो हेर्न मन लाग्यो, कस्तो दामी स्याउको दाना झै टम्म मिलेको, पोटिलो, हिमालको टाकुरा झै, उस्को जिद्धी बड्दै गयो अनी त्यसपछी भने म गम्भिर बने, अचानक मन चिसो भयो, के भन्नु नभन्नुको अक्कन बक्क भएम, यस्तैमा मलाई मुखमा खै के भन्न आयो कुन्नी, तिमी मेरो साथी हौ कि बलत्कारी, यदी मलाई इज्जत गर्न सक्दैनौ भने बरु कल राख, मलाई यस्तो कुरा मन पर्दैन, हो तिमी मेरो साथी हौ, म तिमीलाई प्रेम गर्छु, तिमी मेरो यो जुनिको हुन नसक्ने प्रेमी पनि हौ, मेरो हरेक समस्या हरु तिमीलाई सेयर गर्छु, सुनाउछु, तर यस्को मत्लब यो हैन कि म तिमीलाई आफ्नो शरीर खोलेर मेरो हरेक गोप्य अंगहरु तिमीलाई देखाउँ, तिमी मेरो नजरमा त्यो ब्यक्ती हौ जस्लाई म माया गर्छु, सम्मान गर्छु, आदर गर्छु, मेरो जिबनको आदर्श पुरुष सम्झन्छु, साच्चै भनुम भने म हृदय देखी तिमीलाई आजिबन माया गर्छु, मलाई सम्झना भएसम्म पहिलो चोटि रगतको नाता भन्दा बाहेक कसैको माया लागेको थियो भने त्यो तिमी हौ, जुन मेरो जिबनको अन्त्य सम्म मेरो जिबनको एक अभिन्न अंग भनौ वा मेरो जिबनमा लुकेको एक अंग हौ तिमी जुन मैले कसैलाई देखाउनु वा भन्नु छैन, तर तिमीले यदी मलाई टाइमपास सम्झेको छौ भने त्यो तिम्रो भुल हो, तिम्रो हवसको त्रिश्णा मेट्ने साधन सम्झन्छौ भने त्यो तिम्रो अर्को झन ठुलो अक्षम्म भुल हो, मलाई कताकता अचानक झननन रिस उठेर आयो, अनुहार भरी चिटचिट पसिना आएझै भयो, तिमी यस्तो नहुने छिल्लिने फोहोरी कुरा गर्छौ भने कल राख, म निक्कै रिसाउदै उस्लाई कराए, हैन यार म तिमीलाई मन मात्रै चोरेको के गर्छौ भनेर, तिमी पहिलेको जस्तै अडिक जिद्धी, लडाकु हिम्मतिलो छौ की कस्तो छौ भनेर हो, म तिमीलाई इज्जत गर्छु यार, नरिसाउन, प्लिज सरि यार सरि, योपल्ट पनि मैले उस्को कुरा सकिन नपाउदै कल काटिदिएको थिए, अहिले सम्झिदा त्यो बेला उस्को श्रीमतिको गर्बमा बच्चा भएकोले उस्ले सारिरिक सम्बन्ध बनाउन नसक्दाको हवस उ मलाई नियालेर आफुलाई शान्त पार्न खोजेको होकी जस्तो लाग्छ, किनकी उस्ले त्यस्तो भनेको केही महिना पछी नै उस्को छोरीको जन्म भएको थियो, तर मैले आफुले असल पुरुष सम्झेको मान्छे बिस्तारै मेरो नजरमा गिर्दै जादै थियो, यो उस्को दोश्रो पल्ट थियो म प्रतिको तुच्छ व्यबहार, तर समय संगै आखिर प्रेम प्रेम नै हो, आफुले माया गरेको मन पराएको विश्वाश गरेको मान्छे बाट जतिसुकै नराम्रो बोले पनि वा उस्ले हेर्ने दृष्‍टि फरक भएपनी उस्ले प्रयोग गरेको शब्द र उस्ले राखेको गलत नियत जतिसुकै घिन लाग्दो र घ्रिणापूर्ण भएपनी दुइचार दिन पछी भुलिदो रहेछ, शायद एउटा मनले उ प्रती उस्ले बोलेको पोखेको भावले बितिस्णा पलाएको भएपनी मनमा माया नमर्ने रहेछ, उस्ले बोलेको वा ब्यक्त गरेको भावहरु कती चाडै बिर्सिएर सम्बन्ध पुन उस्तै रफ्तारमा सुमधुर भएर बग्ने रहेछ, म र क्षितिजको बिचमा पनि जिबनमै बर्सौ पछी दोश्रो पटक भेटभएर हामी बोल्न थालेको पनि ५ बर्ष लागिसकेको थियो, केही दिनको मनको खिन्नता र रिसलाई भुलेर पहिले झै म उसंग हास्ने बोल्ने रमाउने भएको थिए, समय बित्द्धै गयो, पहिले झै हामी बिचको सम्बन्धहरु पुन सुमधुर बन्दै गयो । 

२०७६ असाढको पहिलो हप्ता तिर हुनुपर्ने मेरो नियमित महिनावरी एकाएक रोकियो, यता महिनवरी रोकिए संगै मलाई शरीर भारी भएको महसु भएको थियो, अल्छि लागेको जस्तो, निन्द्रा लागेको जस्तो अनुभुती हुनथालेको थियो, यस्तैमा मलाई जेष्ठ महिनाको अन्तिम हप्ताबाट वाकवाकी लाग्ने घरिघरी मुखबाट अमिलो पानी निस्किएको जस्तो, उल्टी हुनखोज्ने हुनथालेको थियो, बर्सौ देखी रगतको आशु पिएर बाचेको एउटी आईमाई मान्छेको लागि यो भन्दा अरु खुशीको कुरा केनैहुन सक्थ्योर, दैनिक फेरिएको मेरो सरिरको अनुभब र रोकिएको महिनावरी ले म ससंकित हुँदै केही मनमा खुशी पलाएको जस्तो, केही आफुले नयाँ चिज पाएको जस्तो लाग्न थालेको थियो, तर मैले पटक-पटक धोका खाएको थिए आफ्नै शरीर संग, कयौपटक यो पिडाबाट गुज्रीएको हुनाले मैले मेरो सरिरमा आएको परिवर्तन बारे सासुआमा लाई र परिवारको अन्य सदश्य लाई पनि तत्काल सुनाउन चाहिन, यहाँ सम्मकी मैले आफ्नै श्रीमान रामजीलाई पनि केहीभनिन, वहाँ त झन लोग्नेमान्छे छोरीमान्छेको कहिले महिनवरी हुन्छ हुँदैन के थाहा पाउनुहुन्थ्यो र? त्यसैले मैले पनि हतारमा नसुनाउने निर्णय गर्दै केही समय पर्खने निधो गरे कि म भित्रको परिवर्तन मेरो र परिवारको लागि त्यो खुशीको माहोल सुखद होकी हैनभनेर, नभन्दै असाढमा हुनुपर्ने महिनवरी स्रावणमा पनि नभएपछी र दैनिक आफुलाई अफ्ठ्यारो हुन थालेपछी म आँफैले कसैले थाहा पाउछ कि भनेर पसलमा सामन किन्ने बहाना गरेर मेडिकलमा गएर प्रेगनेन्सी टेस्ट किट ल्याइ घरको बाथरुममा गएर पिसाब लगाएर चेक गरे, जतिबेला मैले आफ्नै पिसाबको प्रेगनेन्सी चेक गर्दैथिए, त्यो बेला म आँफै भित्र एकप्रकारको आँधितुफान आएको जस्तो भएको थियो, मनमा होलाकी नहोला दोधारमा थिए म, मनभरी कौतुहल्ताले छुएको थियो मलाई, नभन्दै किटमा पिसाब राखेको दश सेकेन्ड भित्रै दुइटै धर्कोमा प्रस्ट संग रातो सिग्नल देखायो, म आँफै सोच्न सकिरहेकी थिन कि मलाई के भैरहेको छ भनेर, अचानक खुशीको कुनै सिमा रहेन, जोडले चिच्याउ झै भएको थियो, बाथरुमबाट दगुरेर घरका सबैलाई सुनाउ झै भएको थियो, अन्तत मैले त्यो कुरालाई लामो समय सम्म लुकाएर राख्नैसकिन, हतार-हतार अफिस जानुभएको रामजिलाई कलगरे, दिउसो कहिलै कल नगर्ने म, अचानक मेरो फोन जादा वहाँ आतिदै किन कल गरेकी ? केभो ? तिमी ठीक छौ ? वहाँको सवाल नसकिदै अक्मकिदै बोले म, तपाइ एकछिन घर आउनुहोस्न झट्टै मिल्छ भने, एउटा कुराछ अहिलेनै सुनाउनु पर्ने, हैन म यहाँ अफिसमा छु के भन्छौ तिमी ? किन हड्बडाए कि तिमी ? म बेलुकी अलिक चाडै आउछु भन्दै फोन काट्नुभो, तर फोन काटिने बित्तिकै वहाँले मोबाइल पनि टेबलमा राख्न नभ्याउदै पुन अर्को कलगरे, प्लिज आज मलाई अलिक हतार छ, आउनुहोस्न मेरो लागि भएपनि, मैले पुन जिब्रो लट्पटिदै अनुरोध गरे वहाँ संग, त्यसपछी वहाँले ल, म, आइहाल्छु भनेर कल राखिदिनुभो ।

घर देखी लग्भग १५,२० मिनेटको बाटोमा झन्डै ४५, मिनेट जती लगाउनुभयो वहाँँले घर आइपुग्नलाई, तर मलाई भने त्यो अरुदिन वास्तै नलाग्ने समय त्यो दिन जाबो ४५ मिनेट घन्टौ जस्तो लागेको थियो, वहाँ कतिबेला आइपुग्नु हुन्छ र सुनाउला भनेर खुशीको कुनै सिमा थिएन, एकाएक मेरो शरीर भित्र छाएको चन्चलता र उमंगको तरंगले आफ्नो शरीर हलुका फुल झै महसुस भएको थियो, लाग्थ्यो म यतिबेला सिमलको भुवा झै हावामा तैरिरहेछु, त्यसैले मलाई वहाँको ४५ मिनेटको आगमन पनि घन्टौ जस्तो पट्यार लाग्दो भएको थियो, अचानक बाहिर घरको आँगनमा वहाँँ आइपुग्नु भएको वहाँँको बाइक को आवाज आयो, वहाँँलाई देख्ने बित्तिकै मलाई खुशी र लज्जा दुबै एकैपटक भएर आयो, के भनौ कसो भनौ, के भनेर सुनाउ, कसरी भनौ जस्तो काउकुती र होसहावास उडेको जस्तै भएरआयो, तर जब वहाँ भित्र रुममा आइपुग्नु भयो तब म खै केभो कुन्नी अघी भर्खरै उर्लिएको उमंग एकाएक वहाँको छातीमा टासिएर रुनपो थालेछु, जब म रुन थाले वहाँ झन आतिएर मलाई पिठ्युँमा समाएर बिस्तारै मेरो शिर आफ्नो अनुहार तिर उठाएर केभो ? किन रुएकी ? कसैले केही भन्यो? कि आमाबा संग झगडा गर्यौ ? एकैचोटी भएभरको प्रश्न सोधी भ्याउनु भयो, तर मैले आफ्नो आँखाको आशु पुच्छ्दै वहाँँको छातीको सर्टको बाटम खेलाउदै भने, हजुरको लागि आज एउटा सरप्राइज छ, सुन्न चाहनु हुन्छ ? वहाँ झन आश्चर्य मान्दै मेरो अनुहारमा ट्वाल्ल परेर हेर्दै छिटो भन, म अफिसमा बाहिर निस्कन्छु नभनिकिन आएको, फर्किहाल्नु पर्छ, वहाँँले भन्नु भयो, वहाँँको हतारो लाई धेरैबेर बाँधेर राख्न सकिन र तुरुन्तै मुखबाट फुस्काइ हाले, म आमा बन्ने भए, र हजुर बाबा बन्नुहुनेभो, मेरो कुरा सुन्नेबित्तिकै एकछिन त वहाँँलाई विश्वाश नै भएन, मेरो कुरा सुन्ने बित्तिकै ४४० भोल्टको पावरले सर्ट भएको जस्तै गरेर आश्चर्य मान्दै सोध्नुभो, हँ ? के भन्छौ तिमी यो ? कसरी थाहा पायौनी तिमीले, पुन वहाँँको आश्चर्यको प्रश्नको जवाफ दिदै बोले म, मेरो महिनावरी रोकिएको दुई महिना भयो तर मैले आमा र हजुरलाई भनेकैथीन, हजुरले पनि वास्ता गर्नुभएन तर मलाई गर्ववती भएकी भनेर संका लागेर आज मेडिकल बाट किट ल्याएर चेक् गर्दा पोजिटिभ देखायो, त्यसैले आफुलाई रोक्न नसकेर हजुरलाई कल गरेर बोलाएकी, मैले आफ्नो कुरा सक्ने बित्तिकै वहाँले बिस्तारै मलाई आफ्नो अंगालोमा कस्नुभो र बिस्तारै मेरो चिउडिमा समातेर मेरो अनुहार वहाँको अनुहार तिर पार्दै मेरो निधार, आँखा गाला र ओठमा चुम्बन गर्दै धेरै बेरसम्म माया बर्साइ रहनुभयो, हामी दुबैको आँखामा यतिबेला हर्श र खुशीको कुनै सिमा थिएन, दुबैको आँखामा हर्शको आशु झरेका थिए, यतिकैमा वहाँँले सोध्नु भयो, यो कुरा किन यत्रो दिनसम्म लुकाएर राखेकी तिमीले ? यदी यो गलत साबित भयो भने फेरी तपाईंको मन दुख्नेछ, तपाईं फेरी निराश हुनुहुनेछ त्यो म चाहन्न थिए, त्यसैले नभनेकी, मैले जवाफ दिए, अनी बाआमा लाई भन्यौ कि भनेनौ यो कुरा, फेरी अर्को प्रश्न सोध्नुभो वहाँँले, पुन मैले जवाफ दिदै भने, भनेको छुइन तपाईं नै हो मेरो सबथोक अनी हजुरलाई नै पहिले नभनी अरुलाई कसरी भन्न सक्छु र म ? मेरो कुरा सुनि सकेपछी मेरो अनुहारमा एउटा खुशीको भावले एकटकले नियाली रहनुभयो र मलाई वहाँँले कसेर राख्नु भएको अंगालोबाट खुस्काउदै भन्नु भयो, ल, म भरे छिट्टै आउछु, अरुकसैलाई नभन्नु है, म भोली बिदा लिएर आउछु हस्पिटल गएर जचाएर आएपछी भनौला, यतिभनेर वहाँ पुन अफिस तर्फ लाग्नुभयो ।

भोलिपल्ट बिहान कहिले हुन्छ र हस्पिटल गएर मेरो गर्व रहेको हो वा हैन, कतिबेला पक्का गरौ र निर्धक्क हौ भन्ने मनभरि कहुतल्ताले रातभर निन्द्रा लागेन, रातभर बेडमा दुबैतर्फ पालैपालो कोल्टे फेर्दाफेर्दै छर्लङ्ग उज्यालो भयो, भोलिपल्ट बिहान सबैलाई चिया खाजा दीसकेपछी हामी दुबैजना बाहिर निस्कने काम पर्‍यो भनेर घरबाट निस्कियौ, हस्पिटल पुगेर डक्टर संग चेकअप गर्यौ, मेरो सारिरिक मेडिकल्ली हुनुपर्ने टेस्ट जती सबैभयो एक्सेरे, ब्लड टेस्ट, र युरिन देखी गर्नुपर्ने सबै चेकजाँच सकेर हामी रिपोर्टको पर्खाइमा बस्यौ, रिपोर्ट ढिलो गरीकिन दिउसो पौनेचार बजे मात्रै आयो, चेकजाँच पछीको रिपोर्ट आउने बेलासम्मको बिचको समय पनि मलाई किन घन्टौ जस्तो लागेको थियो, बस, मनमा एउटै कुराले मात्रै मलाई सताइ रहेको थियो, हे भगवान सबै सहि सत्य साबित बनिदेवोस है, अब मैले यो पिडाबाट मुक्ती पाउनुपर्छ, अब पनि मेरो वहाँँलाई घरिघरी तनाब नदेउ है भगवान, बरु तिमी जे माग त्यो सबै भाकल म गर्न तयार छु, मैले मन मनै कयौ पटक जानेजती र सम्झेजती सबै देबिदेवता भाकिसके, अन्तत डक्तरको रुममा हामी रिपोर्ट बुझाउन गयौ, डक्टरले रिपोर्ट हेर्दै हसिलो मुद्रामा भन्नुभो, ल तपाईं हरुलाई बधाई छ, तपाईं दुबैजना ममी ड्याडी बन्दै हुनुहुन्छ, बधाई छ हजुरहरुलाई, डक्टर ले यती भनिसक्दा पनि म सपनामै छुकी जस्तो लागेको थियो, कुनै खुशीको सिमा थिएन म भित्र, कतिबेला उडेर घर पुगौ र सासुआमा लाई सुनाउ, माइतिमा पनि फोन गरेर आमालाई सुनाउ जस्तै भएको थियो, नहोस् पनि कसरी बिहे पछी दुइदुइ पटक बसेको गर्भ मिसक्यारेज् भएर गएपछी आज म बिहेको १५ बर्ष पछी आमा बन्ने सौभाग्य पाउदै थिए, मेरो जिबनकै सबैभन्दा ठुलो खुशी र सपना यो भन्दा अरुकेही थिएन, थियोत केवल आमा बन्ने सपना, आज त्यो पनि भगवानले बर्सौको परिक्षा पछी मेरो हारगुहार, पुकार सुनेर पुरा गरिदिएको थियो, यतिबेला मेरो भुइमा खुट्टा थिएन, घर पुगेर कतिबेला रामजी लाई अंगालो बाधेर वहाँँको अनुहारभरी चुमौ झै भएको थियो, मेरो अनुहारमा देखिएको खुशीको चन्चलता शायद बाहिरी रुपमा सबैले प्रस्टै देखेको हुनुपर्छ सबैले म भएतिरै हेरिरहेका थिए, तर जोसुकैले जती हेरेपनी यतिबेला आज मलाई लाजसरमा घिन केही पनि महसुस भएको थिएन, बस एउटै इच्छा थियो कि कतिबेला घर पुगेर एउटा सन्तोसको,सुखको, खुशीको अनी पुरा हुँदैगरेको जिबनकै ठुलो प्रतिक्षाको घडी सकिदैथियो, म आमा बन्दै थिए, साचिकै आमा हो आमा, बस म आमा बन्दै थिए, बिहेपछी हरेक नारिले कल्पना गर्ने आफ्नो हक सम्झने आमा बन्दै थिए, सिर्फ यतिबेला म आमा अनी मात्रै आमा, ठुलोठुलो श्वास लिएर बेडमा पल्टिन मन लागेको थियो, आमा बनेर आमा, हो आमा, प्रकृतिले हरेक नारिलाई दिएको यो अलौकिक शब्दको आमा, स्वर्गिय शब्दको आमा, पवित्र बचनको आमा, सुन्दैमा पनि आनन्द महसु दिलाउने त्यो शब्द हो आमा, आमा आमा ।

बेलुकी अबेर गरेर हामी दुबैजना ७ बजे मात्रै घरमा पुग्यौ, हामी घरमा पुग्दा घरको बाहिर पिढिमा बसेर ससुरा चुरोट तान्दै हुनुहुन्थ्यो, ढोकाकै छेउमा एउटा मुडामा बसेर अगाडि पट्टी एउटा प्लास्टिकको भाँडोमा अँध्यारोमा आँखाले देखी नदेखी पनि सासुआमा सब्जी केलाउदै हुनुहुन्थ्यो, घरमा पुग्ने बित्तिकै वहाँँको बाइक बाट ओर्लिएर दगुर्दैगएर सासुआमा लाई अंगालो हालेर रुन थालेछु, सासु एकपल्ट त आतिनु पनि भयो, हैन के भयो यसलाई ? किन आतिएर आकी ? केभो किन रुएकी हँ ? त्योबेला मलाई वहाँँलाई देख्ने बित्तिकै खै के भएको थियो कुन्नी म भक्कानिएको थिए, कोमल भएकी थिए, आफ्नो अगाडि आमा समानको सासु देख्दा आफु भित्रको खुशी वहाँँसँग साट्न म आतुर भएकी थिए वा आतिएकी थिए वा म बहकिए कि थिए केही थाहा पाउन सकिन, मैले रुदै सासु-आमालाई भने, आमा म पनि आमा बन्ने भए, आज हामी हस्पिटल गएर चेकअप गरेर आएका, सासुको काखमा टासिएर म बर्बराउदै थिए आफ्नै सुरमा, त्यसपछी मेरो कुरा सुनिसक्दा सासुआमाको पनि कुनै खुशीको सिमा थिएन, मेरो आशु पुच्दै आमा पनि रुनुभयो, अनी मलाई उठाउदै बोल्नु भयो, हाम्रो परिवारको खुशी फर्किएको छ, यो त खुशीको कुरा हो रुनुहुदैन, अब यस्तो बेला रुनुहुन्न भन्नुभो र रामजिले हस्पिटल बाट ल्याएको रिपोर्ट देखाउदै ससुराबा लाई दिनुभयो, ससुराबा को मुखबाट यतिबेला केही निस्किएको थिएन, एकटकले बाटोतिर नियाल्दै घरको माथि दलिनतिर चुरोटको खिल्लीबाट धुवाँ उडाउदै चुपचाप हुनुहुन्थ्यो, तैपनी वहाँँको अनुहारमा भने खुशी प्रस्टै देखिन्थ्यो ।

बितेको १५ बर्षसम्म मिनेट-मिनेट गरेर हरेकदिन मैले आफन्त, छिमेक, समाज र कयौको नजरमा एउटा पिडादयी अवस्थाबाट गुजारे, कसैको बालबच्चा छुन वा बोक्न खोज्दा उनिहरु असजिलो महसुस गर्थे, कतिले त बच्चा बिरामी हुन्छ, मोच लाग्छ सम्म भन्थे र छुन बोक्न दिदैनथिए, त्यो बेला म आँफै मरेतुल्य महसुस गर्थे, यता घरमा ससुराबा बाट रातदिन अलछिनी र बाझी भनेर गाली र दुत्कार खेपेर बस्नु पर्थ्यो, मेरै कारणले माइतिका आमा र बाबा पनि रातोदिन पिर गर्नुहुन्थ्यो, मेरै गर्वको लागि अनेकौ देबिदेवता भाकल गर्न कहिलै छोड्नु भएन, बाबा भन्दा पनि अझ आमा हमेसा पिर गर्नुहुन्थ्यो, नानी कस्तो कर्म लिएर आइछस नि, भन्दै रुनुहुन्थ्यो, तर प्रकृतिले ठगेको मैले न आमाको मन शान्त पार्न सक्थे, न आफन्तको मुखको बुचो लगाउन सक्थे, तर आखिर आमा त आमा न हो, आफ्नो शन्तानको चिन्ता कस्लाइपो हुँदैनर ? त्यसैले हरेकपल्ट माइती जादा वा कलमा बोल्दा आमा रुन कहिलै छोड्नु भएन, १२ बर्षमा खोलो पनि फर्कन्छ भने जस्तै मेरो गर्वमा पनि १५ बर्षपछी बात्सल्य उभार भैकन छोड्यो, म बाझी बाट एकाएक आमा बन्ने भएकी थिए, मैले बिताएको ति पिडादयी बर्षहरु, हरेकपल रगतको आशु पिएर गुजारेको त्यो रातहरु आज कल्पना सम्म नगरेको खुशीहरु फर्किएको थियो, घरमा पारिवारको जती अरु सदश्यहरु खुशी थिए, त्यो भन्दा चौगुना खुशी मेरो ससुरा हुनुहुन्थ्यो, अब वहाँले आफ्नो रगतको बंश पाउनेवाला हुनुहुन्थ्यो, बर्सौ पछी वहाँ हजुरबुवा बन्दै हुनुहुन्थ्यो, बालबाल वहाँको बंश धान्ने छोरा होस या छोरी कोहित आउँदै थियो, त्यही खुशीमा मैले यो घरमा भित्रदा जसरी सुखसयल माया प्रेम र स्नेहा पाएको थिए त्यो सबै आज फिर्ता भएको थियो मलाई, मैले कुनै सानो काम गरेको देख्दा पनि ससुराबाले मायाले काम नगर, काम गर्नुहुन्न भन्दै कुनै काम गर्न दिनुहुन्नथियो, भान्सामा सानोतिनो काम गरेको देखे पनि गाली खाने पालो घरको अरु सदश्यको थियो, त्यसमाथी पनि सासुआमा र रामजिले धेरै गाली खानुहुन्थ्यो, त्यस्लाई काम गर्न नदेउ भनेर कराइ रहनुहुन्थ्यो, सासुआमा ससुराले कराउनुहुँदा मेरो अनुहार तिर मुसुमुसु हासेर देखिस तेरो ससुराको भुइमा खुट्टा छैन भन्नु हुन्थ्यो, तर मलाई भने कस्तो अफ्ठ्यारो लाग्थ्यो सासुलाई किच्किच गर्नुभएको देख्दा, यसरी बर्सौ देखी हराएको मेरो खुशी र परिवारको प्रेम मेरो पोल्टाभरी भएको थियो पुनएकपल्ट फेरी, समय बित्दै गयो यो बिचमा मलाई पहिलेको जस्तै दुर्घटना हुनेहोकी भनेर मनमा डर नलागेको पनि हैन, तर घरको सबैको हौसला र मायाले पुल्पुलिएर त्यो डरलाग्दो पल पनि भुलिदिन्थे, यसरी नै समय संगै मेरो डेलिभरिको समय पनि आयो अन्तत मैले मेरो मुटुको टुक्रा प्रणब लाई २०७६ फाल्गुन ७ गते यो धर्तिमा जन्म दिए ।

सम्योग पनि कस्तो, यता देशमा प्रजातन्त्रको उल्लास मनाइरहदा त्यही पवित्र पावन अवसरमा मेरो प्रणबको जन्म भएको थियो, आफु आमा बन्नु अगाडि धेरै नारिहरुको मुखबाट सुनेकी थिए कि सन्तान जन्माउदा एकपल्ट मृत्‍युको मुखमा पुगेर फर्कनुपर्छ भनेर, तर मलाई मृत्‍युको डर र प्रशुति हुँदाको प्रसब पिडा भन्दा धेरै आमा बन्न पाउदाको पलले कुनै खुशीको सिमा थिएन, त्यो बेला मैले न पिडा महसुस गरे, न मृत्‍युको भय, बस कतिबेला मेरो गर्वबाट मेरो पहिलो सन्तानको जन्म हुन्छ र उस्को पहिलो रुवाइ सुन्न पाउनेछु, आमाको रुपमा आफ्नो नवजात शिशुलाई आफ्नो छाती चुसाउन पाउनेछु भनेर ब्यग्र प्रतिक्षा भएको थियो, शायद आफ्नो दुखाइको पिडा र मृत्‍युलाई पनि भुलेर आफ्नो शिशुको आगमनको प्रतिक्षा गर्ने पहिलो नारी म नै हुँँ होला, जस्लाई कुनै पिडाको महसुस भएको थिएन, जब मेरो प्रणबको जन्म भएको थियो त्यो बेला आफ्नो बंशको सन्तान आउने खुशी त छदैथियो ससुराबा मा, त्यो भन्दा अझ खुशी मेरो पेटबाट छोराको जन्म भएको थाहा पाएपछी एकपल्ट त ससुराबा उफ्रीएर मेरो नाती, मेरो नाती, मेरो कालेजोको टुक्रा, भन्दै खुशीले चिच्याउनु भएको थियो, त्यो पल, त्यो क्षण, र त्यो खुशी म जिबनभर भुल्ने छैन, मैले जिबनको आधा हिस्सा पिडामा बिताए पनि प्रणब को जन्म पछी सबै पिर-ब्यथा भुलेको थिए, साँच्चै भनुमभने त्यो दिनदेखी प्याकुरेल परिवारले आफ्नो कुल धान्ने घरको खम्बा पाएको थियो, बंशको निरन्तर्ताको बाटो खोलेको थियो, त्यसैले छोरा होस या छोरी, जे जन्मेको भए पनि म बाझी र अलछिनी बाट मुक्त हुनेथिए, मेरो यही सपना थियो र त्यो आज पुरा हुँदा मेरो मन भित्र र म भित्रको खुशीको बर्णन गर्ने त्यस्तो कुनै शब्द छैन र आजसम्म भेटेको पनि छैन, त्योदिन मैले आफ्नो नवजात शिशुलाई आमाको रुपमा पहिलोपटक आफ्नो छाती चुसाए, त्यो पलको म भित्रको खुशी कती थियो म यहाँ बताउन सक्दिन, बस यती भन्छु त्यतिबेला म आमा भएको थिए, मात्र आमा ।     

समय बित्दै गयो, जब मेरो महिना नजिक नजिक आउन थाले देखी नै मैले क्षितिज संग दोहोरो कल संबाद र मेसेज कम गरेको थिए, यो बिचमा उस्ले कतिपटक कल र मेसेज नगरेको पनि हैन तर मैले न कलको रेस्पोन्स गरे, नत मेसेजको रिप्लाई नै, मैले कुनै रेस्पोन्स नै नगरेपछी उस्ले पनि कहिलेकाही हेलो हाइ, सञ्चै छौ बाहेक कुनै लामा मेसेजहरु छोडेको थिएनन, यस्तैमा मेरो प्रणब जन्मिएको तीन महिना पछी मात्रै आफ्नो फेसबुकको प्रोफाइलमा बाबु प्रणब र टाइमलाइनमा हामी तिनजनाको तस्बिर चेन्ज गर्दै पोस्ट गरे, तस्बिर पोस्ट भएको तीनदिन पछी मेसेन्जरमा मेसेजको नोटिफिकेसन आयो, म आँगनमा बसेर दिनको घाममा बाबुलाई तेल लगाउदै सेकाउदै थिए, मैले मोबाइल उठाएर हेरे मेसेज क्षितिजको रहेछ, हेलो प्रगती भएछनी ल बधाई छ तिमीलाई, तर हामी यतिका दिन सम्म मेसेज र कलमा बोल्दा पनि सुनाएकी थिएनौ त, आश्चर्य वा गुनासो थाहा पाउन सकिन मैले, तर उस्को सवालको जवाफ दिदै भने, तिमीले पनि त आफ्नो खुशीको कुरा भनेको थिएनौ नि हैन, अझ तिमीले त तिम्रो बिहे भएको सम्म भनेनौ, सँधै म बाट लुकाएर राख्यौ, कम्सेकम मैले त तिमीलाई मेरो बाबु पेटमा आएको बाहेक हरेक कुरा सेयर गर्थेनी, तर तिमीले त बिहे भएको सम्म पनि सुनाउन लायक सम्झेनौ, या मैले तिम्रो घर गृहस्थी बिगार्छु भन्ने तिमीमा डर थियो, खैर जेहोस शुभकामना को लागि धन्यवाद तिमीलाई, हाँस्दै लामै ब्यंज्ञ कसे मैले, उस्ले ए त्यस्तो पो, भन्दै छोटो उत्तर फर्काएर ल अहिले बिदा भए भोली कुरा गर्छु ल भनेर अफ भयो ।

निक्कै दिन भएको थियो क्षितिज र मेरो बिचमा राम्रो संग कुराकानी पनि नभएको, लामो समयको अन्तराल पछी बेलुकिको खाना खाइसकेर बाबुलाई सुताएर म बेडमा पल्टिएर मोबाइलमा समचारहरु हेर्दैथिए, रामजी भने अफिसको काम बिसेशले बुटवल जानुभएको थियो, यतिकैमा मेसेन्जरको इन्बक्समा मेसेजको ट्वाङ्ग् गर्दै नोटिफिकेसन आयो, हेरे, मेसेज क्षितिजको रहेछ, हेलो केछ खबर, सञ्चै छौ? हरायौ त तिमीत ? कता हो आजभोलि ? उस्को मेसेजको जवाफ दिदै उत्तर फर्काए, कता हराउनु यतैछु, तिमीपो बिदेशमा बस्छौ तीन महिना हराउछौ अनी तीन मिनेट उदाउछौ, तिमी जस्तो कहाँहोर म, मैले हासेको इमोजी पठाउँदै मेसेज सेन्ड गरे, तिमीले बालै दिन्नौत अनी हराउनु परेन, उस्को मेसेज आउँदै थियो, यस्तैमा उस्को मेसेजको रिप्लाई दिन नपाउदै रामजिले फोन गर्नुभयो, तिमी सुतेकी छैनौ ? उम छैन, समाचार हेर्दैथिए उत्तर फर्काए, अनी बाबु, वहाँले सोध्नुभो फेरी, बाबु सुत्यो, भनेर भनिदिए, त्यसपछी पुन ल ल, राती अबेरसम्म नबस है भन्दै कल राखिदिनुभो, म हुन्छ हस गूड् नाइट भनेर पुन क्षितिजको मेसेज पढ्न थाले, ओ हेलो महारानी ! बोल्दाबोल्दै कता हराएको फेरी ? कि तिम्रो बुढो आयो हँ ? हेलो, किन मेसेज नहेरिकी के, ह्य ! झ्याउ लाग्दो, म जाउँ ? उस्को छट्पटिएको मेसेजको जवाफ दिदै बोले, बुढो आको हैन वहाँँको कल आएको थियो त्यसैले रिसिभ गरेर बोल्न थालेकी, मैले जवाफ पठाएँ, ओहो कुरो त्यस्तोपो, बुडोको कल आउँदा हाम्रो मेसेजको त बालै छैन है, उ डाहा लागेको झै घुर्काइमा मेसेज गर्दैथियो, हामी गफिदै गयौ, कुराकानी कै बिचमा हासोमजाक, रमाइलो गर्दागर्दै रातको एक बजेको पत्तै भएन, यतिकैमा मैले ल निन्द्रा लाग्यो मलाई सुत्छु है अब भनेर बिदा माग्न खोजे, म अफ हुन लागेको देखेपछी यत्रोबेर त कुरा गर्यौ अब एकछिन बसन, प्लिज मेरो लागि भएपनी, उस्ले मासुम अनुरोधको बाण फ्याक्यो, मैले हुन्छ हस भनिदिए, केछ त्यस्तो प्लिज भनिभनी मलाई रोकाउनुपर्ने ? मैले केही समय रोकिने आसाय ब्यक्त गर्दै मेसेजको जवाफ फर्काए, यदी गलत ठान्दैनौ भने तिमीलाई एउटा कुरा सोध्नुछ, जुन कुरा म सोचिरहेको हुन्छु, शायद तिमी पनि त्यही कुरालाई सोच्छौ या सोच्दैनौ, म तिम्रै मुखबाट हाँ या ना को जवाफ सुन्न चाहन्छु, उस्ले भूमिका बान्दै सोध्यो, मैले हस सोध केहो भन्दै मेसेज पठाएँ, लगत्तै उस्ले अर्को मेसेज पठायो, तर झुट बोल्न पाउदैनौ हैत फेरी, उ अझै भूमिका बाधेर आँफैमा सम्सय पोख्दै थियो, निन्द्रा लागि सक्यो छिटो भन केहो तिम्रो त्यस्तो भूमिका नबाधी भन, मैले जवाफ फर्काए, त्यसपछी उस्ले अर्को मेसेज पठायो, के तिमी मलाई अझै पनि माया गर्छौ ? यो कस्तो प्रश्न हो ? यस्को जवाफ त आज भन्दा ६, बर्ष अगाडि नै भनिसकेको हैन मैले, आज फेरी किन त्यही प्रश्न, कुनै संका छ तिमीलाई मेरो मायामा, ? मैले उल्टै प्रतिप्रश्न पठाएँ, तर मेसेज गएको निक्कैबेर सम्म पनि कुनै मेसेज आएन, शायद उ के भन्नु नभन्नुको दोधारमा थियो, वा उस्लाई भन्न केही हिम्मत जुटाउनु थियो, उ यस्तै केके सोच्दै थियो होला त्यसैले म आँफैले यताबाट मेसेज सेन्ड गरे, हैन के सोध्छु भनेको मान्छे कता हराएको फेरी ? कि अफ भैसक्यौ ? मेरो मेसेज हेरेको हरियो सिग्नल देखायो, उ मेरो मेसेज पड्दै दोधारमा थियो शायद, त्यसैले पुन अर्को मेसेज ढिलो गरिकिन पठायो, ओके सोध्छु तर झुट बोल्न र रिसाउन नपाई हैत, मैले हुन्छ हस रिसाउदिन ढुक्क दिलाउदै अर्को मेसेज पठाएँ, त्यसपछी भने सिरियस भएको रुदैगरेको भाबको इमोजी पठाउदै उस्ले अर्को मेसेज पठाउदै सोध्यो, नरिसाउ हैत ल, मैले यो सोध्नु हुन्थ्योकी हुन्थेन तर पनि डर लाग्दै सोद्धैछु, हेरन, कहिलेकाही म तिमी संगको सपना देख्छु, तिमी संग हासेको बोलेको, संगै हिंडेको र यहाँसम्म कि म तिमी संगको सारिरिक सम्भोगको पनि कल्पनामा डुब्छु, किनकिन मलाई तिमी संगको शरीर सेयरिङको कल्पनाले धेरै डुबाउछ र उत्तेजित बनाउछ, तिम्रो शरीर संग मलाई किन यतिधेरै मोह जागेर आउछ, दिनमा होस या निन्द्रामा सपना देख्दा पनि म तिमी संगको सारिरिक संपर्कको को बिचलनमा डुबेको हुन्छु, के मैले जस्तै तिमीले म संग शरीर साटेको कल्पना गर्छौ? एक्लै हुँदा होस या सपनामा तिमीले मलाई आफ्नो शरीर भोग गरेको कल्पना गरेकी छ्यौ? । 

एकछिन त म उस्को प्रश्न ले खंग्रङै सुकेको पात झै भए, निन्द्राले झुप्झुप हुँदै बोल्दै थिए म उ संग, तर उस्को प्रश्नले आएको निन्द्रा पनि एकाएक कता हरायो-हरायो, एक्कासी हातखुट्टा चिसो भएर आयो, उस्ले पठाएको मेसेज दोराएर पढ्न सम्म सकिन, रिंगटा चलेको जस्तो तीन भाउन्न भएर आयो, म के जवाफ दिउ सोच्न सम्म सकिन मैले केहीछिन त, त्यसपछी आँफैलाई सम्हालिदै जवाफ फर्काए, क्षितिज म तिमीलाई माया गर्छु, यो तिमीलाई पनि थाहाछ, तर तिमीलाई यो पनि थाहाछ कि ! म कसैको सिउदोको सिन्दुर हुँँ, कसैको सौभाग्य हुँँ, कसैको अर्धाङिनी हुँँ, त्यसमाथी बर्सौ पछी एउटा पिडामा रहेर, त्यो दु:खबाट बल्ल बाहिर निस्किएको जस्तो अनुभुती गरेकोछु, त्यसैले मलाई यस्तो प्रश्नहरु सोधेर अझै कम्जोर बनाउने कोशीश नगर, बस शरीर दिएको कल्पना गर्छु गर्दिन त्यो मलाई नसोध, मात्रै यती बुझ, म तिमीलाई प्रेम गर्छु, आज पनि र भोली पनि, मैले यति भनिसके पछी मेरो जवाफको अर्को जवाफ फर्काउदै पुन उस्ले मेसेज गर्‍यो, उ अझै yes or no को छोटो जवाफ चाहियो मलाई भन्दै मेरो मुखबाट केही भनाउन चाहन्थ्यो, त्यसपछी एकछिन म निशब्द केही बोल्न सकिन, चुपचाप बनेर मोबाइलको स्क्रिनमा एकोहोरो टोलाई मात्रै रहेँ, पुन उस्को अर्को मेसेज आयो, चन्द्र प्लिज भनन, केही भन्न पर्दैन, मात्रै yes or no, यती भन, त्यती भए पुग्छ मलाई, बाँकी म आँफै बुझ्नेछु, उ अझै कर गर्दै थियो मलाई, त्यसपछी मेरो मस्तिस्कमा पुरानो दिनको कुराहरु सिनेमाको रिल झै रि-इ भएर आए, उनिसंगको फेसबुकको दोश्रो भेट भएपछिको घरिघरीको उस्को म प्रतिको जलिल हरु सम्झिए, जस्लाई विवाह अगाडि भन्न नसकेका कुराहरु बर्सौ पछी भेटेर सबै सुनाएर आफुलाई सितल बनाएको महसु गरेको थिए, जस्लाई प्रेम गरे, विश्वाश गरे, असल पुरुष सम्झिए उसैले हरेक संबाद र मेसेजहरुमा सेक्स लाई लगेर जोडेको पलहरु सम्झिए, मलाई आजभने साचिकै झननन रिस उठेर आयो, रातको समय पनि थियो, मनमा झन कुराहरु खेल्यो, निन्द्रा पनि लागेन, मनमा रिस संगै कताकता रुन मन लागेर आयो, जस्लाई आफ्नो आइडल  पुरुष सम्झन्थे, जस्लाई आफ्नो पहिलो र अन्तिम प्रेम सम्झिए, उसैले पटकपटक यौनिक्ता संग जोडेर कहिले के भन्ने त, कहिले केही भनाउन खोज्ने, साचिकै म निशब्द भए, त्यसपछी रिसलाई थाम्ने कोशीश गर्दै जवाफ फर्काए, धेरैबेर सोचेपछी उस्को प्रश्नको जवाफ लेखे, मैले तिम्रो प्रश्नको जवाफ भेटाए, छैन रैछ, म संग तिमी प्रतिको सारिरिक फिलिङ्स, के सोचेर तिमीले म संग सरिरको कुरा गर्यौ, कोहो म तिम्रो, अनी कोहौ तिमी मेरो, हाम्रो सम्बन्ध भनेको बाल्यपनको ब्यक्त गर्न नसकेको प्रेमको सम्बन्ध मात्रै होइनर, शरीर कस्लाई दीइन्छ, अनी केका लागि दीइन्छ, हुनत सरिरको सम्बन्ध भनेको प्राकृतिक हो, सृस्‍टिको बिस्तारको लागि हो, तर त्यो कानुनी र सामाजिक बैधानिक हुनुपर्छ, तिमीले जे सोचेको होलाउ, बर्सौ सम्म मेरो गर्व नभरिदा, मेरो सन्तान नहुँदा म यौनको भोको छु, अत्रिप्त छु, तिमीले यही सोच्यौ हैन, यदी यही सोचेको हौ भने तिमी गलत छौ, अर्को कुरो म मेरो जिबनसाथी संग सन्तुस्ट छु, छुइन त्यो जान्ने हक तिमीलाई छैन, बस म खुशीछु उ संग, हो मलाई भाग्यले वा भगवानले ठग्यो पन्द्र बर्षसम्म, आमा बन्ने सौभाग्य पाइन, तर म आतिइन, कतिपनी बिचलित बनिन, आखिरमा मलाई बर्सौको परिक्षा पछी आमा बनाएरै छाड्यो इश्वरले, म धन्य छु, त्यो भगवान संग जस्ले हामीलाई खुशी दिलायो, अनी तिमीलाई यो पनि थाहाछ कि, तिम्रो मेरो शरीर चल्दैन, त्यसैले गर्दा हामी बिच बिहा हुन नसकेको भन्ने तिमीलाई राम्रै संग थाहा थियो, अनी यि सबै कुरा थाहा पाउदापाउदै पनि तिमीले कसरी सोच्न सक्यौ, तिमीले सरिरको कुरा, यदी चल्थ्यो नै भनेपनी अब म सक्दिन यि कुराहरु, किनकी म बैधानिक रुपमा मेरो सिउदो र शरीर सुम्पी सके मेरो रामजिको लागि, शरीर एकलाई दीसकेपछी बाध्यताबस र कर्मको खेल बिना दोश्रो पुरुष लाई सुम्पिन सकिदैन, जुनकुरा म सोच्न पनि सक्दिन, जतिबेला तिमीले मलाई माया गर्थ्यौ, अनी मैले तिमीलाई, तिमीलाई थाहा थियो सरिरको सम्बन्ध केहो भनेर, कस्तो हुन्छ भनेर, त्यसैले त हामी एक हुन सकेनौ, अबदेखी आइन्दा भुलेर पनि म संग यस्तो कुरा नगर, मैले लामै जवाफ पठाएँ, शायद उस्ले यतिलामो जवाफ पढ्यो पढेन मलाई थाहा भएन, तर उस्ले मेरो जवाफको तुरुन्तै रिप्लाई गर्‍यो, झुट बोल्यौ तिमीले, मैले पुन उस्को झुटको सवाल फर्काउदै भने, झुट बोले या साँचो म र मेरो हृदयलाई सिवाय अरुकसैले थाहा पाउन वा बुझ्न सक्दैन, तिमीले त आजसम्म मलाई बुझेको रैनछौ भने अरुलेत झन मेरो कुरा बुझ्ने कुरा नै भएन, तर म अहिले निन्द्राले हैरान भैसके क्षितिज, प्लिज आज म सुत्छु, बाँकी तिम्रो सवालको जवाफ तिमीले भोली अबस्य पाउनेछौ, तर मलाई आज सुत्न देउ, बाबु पनि बिउँझीएर रुदैछ, हस आज अफ भए है म, बाइ गूड् नाइट, यती लेखेर उस्लाई मेसेज पठाएर नेट अफ गर्दै बेडको भित्तामा मोबाइल बजारदै फ्याकेर निदाउने कोशीस गरे, तर उहुँ ! त्यो रातभर मलाई खै उस्को त्यो शब्दले कहाँ घोच्यो, कहाँ दुख्यो, जिबनमै पहिलोपटक झुटो प्रेमको पर्दा उघारिएको महसुस भयो, म उस्लाई आफ्नो कर्तब्य भुलेर प्रेम गरिरहे, आफ्नो हरेक दु:खसुख सेयर गरिरहे, तर उस्ले प्रेमको खोल ओढेर मेरो शरीर नियाल्न चाहन्थ्यो, म सर्बाङ्ग भएको हेर्न चाहन्थ्यो, मेरो नग्नता अंगहरु निहालेर उ आफु शितल हुन चाहन्थ्यो, आज मलाई यस्तै कुराहरुले गिजोलेर भत्भति पोल्यो, म फिटिक्कै निदाउन सकिन, रातभर छट्पटिदा छट्पटिदै त्यो रात छर्लङ्ग उज्यालो भयो ।

भोलिपल्ट पनि दिनभरी रातभरको उस्को त्यो प्रश्नले सताइ रहयो, भोक-प्यास सबै बिर्सिएको जस्तै बेहोसी भए, मनमा सोच्दिन, सम्झिदिन, मनमा कुरा खेलाउदिन भन्दा-भन्दै पनि बारबार त्यही कुराले मनमा डेरा जमाएर सताइ रहयो, दिनको उज्यालो सकिएर कतिबेला रात आऊला र अँध्यारो कोठामा आफुलाई लुकाउला झै भैरहयो, जसोतसो मुस्किल ले रात पर्‍यो, सबैले खाना खाइसकेर आ-आफ्नो रुममा लागेपछी म पनि बाबुलाई तेल दलेर सुताएर आफु पनि सुत्ने तर्खरमा लागे, तर हिजोकै कुराले छट्पटी बनाइरहयो, जतिकोसिस गर्दा पनि निदाउन नसकेपछी उठेर पिठ्युँमा सिरानी लगाउदै बेडको भित्तामा अडेसा लागेर क्षितिजलाई मेसेज लेखे ।

प्यारो क्षितिज ! मेसेजको सम्बोधनमा तिमीलाई प्यारो शब्द राखेर सम्बोधन गरेपनी, आज देखी तिमी मेरो लागि प्यारो रहेनौ, आजको यो नै अन्तिम मेसेज हो जस्लाई मैले मनले अस्विकार्य गरेर पनि प्यारो सम्बोधन राखेर सम्बोधन गरिरहेकी छु, किनकी तिमीले म प्रती गरेको तुच्छ ब्यबहारले आज देखी पहिलेको झै मेरो प्यारो क्षितिज रहेनौ, अनी होइनौ पनि अबदेखी, यो मेसेजको उप्रान्त मेरो लागि तिमी सिर्फ क्षितिज भएकोछौ, एउटा अन्जान ब्यक्ती जस्तै, मलाई माफ गर, आजबाट म तिमीलाई मेरो प्रेमको साँक्षी राखेर तिमीलाई मायालु सम्बोधन गर्न सक्दिन, आजबाट प्यारो क्षितिज भनेर सम्बोधन गर्न छोडिए, अब नसोध किन भनेर, किनकी त्यो तिमीलाई पनि राम्रै संग थाहा हुनुपर्छ ।

हो म तिमिलाई प्रेम गर्छु र मेरो श्वास रहेसम्म पनि गरिरहनेछु, किनकी बिबाहपुर्ब एउटा पुरुषलाई प्रेम गरेको भनेकै तिमी थियौ तर यस्को मत्लब यो हैन कि मैले तिमिलाई प्रेम गरेकै कमजोरी समातेर तिमी मलाई मायालु तरिकाले जलिल गर, मलाइ तुच्छ बनाउ, पतित बनाउ, चरीत्रहिन स्त्री बनाउ, तिमिले सोच्यौ होला मैले तिमिलाई प्रेम गर्छु भन्दैमा म तिम्रो हवसको अग्निकुन्ड बन्न सक्छु, तिम्रो भोगको प्यास हुन सक्छु, अनि तिमिले यो कसरी सोच्न सक्यौ कि मैले त्यो बेला देखि अहिलेसम्म गरेको प्रेम सबै सेक्स वा तिम्रो शरीर पाउनलाई हो भनेर, हो यी सबै सत्य हुन म तिमिलाई प्रेम गर्छु, तर यसो भन्दैमा शरीर सुम्पिन सक्दिन, यदि शरीर तिम्रो वासनाको लागि सुम्पन सक्थे भने आजभन्दा १७, बर्ष अगाडी नै तिम्रो भैसक्थे, तर यो सम्बन्ध हामी बिचमा असम्भव नै थियो, त्यो किन थियो भन्ने प्रश्न को जवाफ तिमि स्वयम लाई पनि राम्रो संग थाहाछ ।

क्षितिज, मैले जे सोचेर तिमिलाइ फेसबुकमा खोजी-खोजी एड पठाए, तिमिलाई एउटा आदर्श पुरुषको रुपमा सम्झेर आफ्नो प्रेमी बनाए, मेरो दुखसुखको कथा सुनाउने असल साथी बनाए, मैले भोगेको र मेरो पिडाको मलम बन्छौ भनेर तिमिलाई सम्झिए, हरेक मुस्किल घडिमा मलाई हिम्मत आँटभरोसा सल्लाह सुझाब दिन्छौ भनेर तिमी संग आस गरे, तर तिमिले त दोश्रोपटक हाम्रो फेसबुकमा भेट भएपछी मलाइ कतिपटक यौनको भावले हेर्यौ, पटकपटक सेक्सको अफर गर्यौ, न तिमी मलाइ भौतिक रुपले छुन सक्थ्यौ न मलाइ हेरेर तिम्रो हवस मेटिन्थ्यो, तैपनी बारबार तिमिले मलाइ सेक्सको आसाय राख्यौ, हरेक पटक अपिल गर्यौ, हरेकपलको संबादमा तिम्रो मुखमा सेक्सको बिसय भन्दा अरुकेही हुन्थेन, आखिर यो भौतिक बिज्ञानले दिएको साधनको उपयोग बाट मलाइ नङ्गाएर तिम्रो आखाको बीस मार्नु सिबाया अरु केनै ठुलो उपलब्धि हासिल गर्न सक्थ्यौर, भनत, सायद प्रेमलाइ तिमिले गलत सोच्यौ या मैले प्रेमलाई बुझ्न सकिन, प्रेम हुदैमा र गर्दैमा दुइआत्मा बिच सारिरिक सम्बन्ध नै स्थापित गर्नपर्छ भन्ने छैन, प्रेम हुदैमा आफ्नो पार्टनर संग सारिरिक भोक मेटाएको वा शरीर सुम्पिएकै कल्पना वा महसुस गर्नुपर्छ भन्ने छैन, प्रेमले त शितल बनाउछ, त्यागी हुन सिकाउछ, आत्माप्रेणना दिन सिकाउछ, जिबन प्रगतिको उर्जा बन्छ, प्रेमले मान्छेलाई जीवन भोग्न हैन जिउन सिकाउछ, प्रेमले इज्जत, मान मर्दन, स्नेह आत्मिय खोज्छ, भोक हवस हैन, सारिरिक भोकले एकछिनको हवस त मेटाउला तर प्रेम रोप्न सक्दैन, तिमी जसरी बुझ तर म यसरी बुझ्छु कि प्रेमको अन्तिम यात्रा भनेको बिबाह वा सेक्स हैन बाकी तिमिले कसरी ग्रहण गर्छौ प्रेमलाइ त्यो तिम्रो सोच र बिचारको कुरा हो । 

क्षितिज, तिमिले गरेको हर्कतहरु तिमी आफै सम्झत, कहिले अस्लिल फोटोहरु पठायौ, कहिले अस्लिल भिडियो हरु पठायौ कहिले अस्लिल प्रसंगहरु मोडेर मलाइ सेक्सको लागि आकर्सित गर्ने कोसिस गर्यौ, यहासम्म कि तिमिले भिडियो कलमा मेरो भित्री अंग र स्तन सम्म हेर्नको लागि मेरो लुगा खोल्न उद्दत रहयौ, हुदाहुदै आज आएर मैले तिमिलाइ शरीर सुम्पिएर तिमी संग सेक्स गर्छु कि गर्दिन भन्ने कल्पनाको कुरा सोधेर तिमिले मलाइ कुन रुपमा हेर्न खोजेको, कि म एउटा चरित्रहिन आइमाई भनेर उभ्याउन खोजेको, कि यो कस्ती रैछ, यो सारिरिक रुपले यौनको भोको छ कि, छैन भनेर बुझ्न खोजेको, तर मैले आदर्श पुरुष सम्झिएको मान्छे कुनरुपमा उभिन खोज्दैछौ तिमी ? नेपाल छोडेर बिदेशमा छौ भन्दैमा के तिमिले आफ्नो मानमर्यदा सबै भुल्यौ, के बिदेशमा सेक्सलाई यती खुलारुपले हेरिन्छ? यदि हेरिन्छ भने, तिमी त्यहिको बाताबरण मा रमाउ, म संग हैन, सायद तिमिले त्यहा गएर आफ्नो अंगालो भरिको स्वास्नी हुदाहुदै पनि अरुलाइ नग्याउने र अरुको नाङ्गो शरीर हेर्ने बानी सिकेको रहेछौ, तिमिलाई बधाई छ, तर म घरमा श्रीमान हुदाहुदै आफ्नो सतित्व र अस्तित्वलाई भुलेर आफुलाई मेटाउन सक्दिन, म आफ्नो अस्तित्व मेटेर मेरो परिचय बदल्नु छैन, हुनत घरमा श्रीमान हुँदाहुँदै पनि मैले तिमीलाई गरेको प्रेमलाई यदि तिमी पतित सम्झिन्छौ भने त्यो तिम्रो भुल हो, किनकी बैबाहिक जीवन र प्रेम भिन्न कुराहुन, बिबाह मेरो जिबनको एउटा पार्ट हो, जस्लाई मैले मेरो इज्जत, मानमर्यदा, प्रतिसठा, मेरो सिङ्गो जिबन र परिचय ठानेकी छु, भने प्रेम मैले बिबाह अगावबै कसैलाई गरेको थिए र गरिरहन्छु, जो तिमी थियौ, जहाँ मैले आफ्नो मन बाहेक शरीर छुवाएको छुइन, आफ्नो श्रीमानको हक खोसेर अरुलाई सुम्पिएको छुइन, यो कदापि म बाट हुनपनी सक्दैन, बस मेरो शरीर मेरो रामजिको हो भने मन तिम्रो हो, किनकी आज पनि तिम्रो सबै हर्कत हरुलाई आँखा चिम्लिएर उतिकै प्रेम गरेकोछु, र, गर्छु पनि जति हिजो गर्थे, तर तिमी नै मेरो कमजोरी भने होइनौ । 

क्षितिज, मलाई लागेको थियो, बाल्यकालमा तिमीले भन्न नसकेका अनी तिमीलाई भनेर लेखेको मेरो पहिलो प्रेमपत्र तिमीसामु पुराउन नसकेका ति पुराना बिगतलाई हाम्रो दोश्रो भेटपछी एक अर्कालाई सुनाउनेछौ, एक सान्तिको श्वास फेर्नेछौ, अनी त्यो बेलाको झै उस्तै आज पनि प्रेम गर्नेछौ, मलाई लाग्थ्यो, तिमीले त्यो बेला म प्रती गरेको इज्जत आज पनि उतिकै गर्छौ, तिमी त्यही क्षितिज हौ, अधुरा रहेका हाम्रो प्रेमानुभुती एकपल्ट फेरी महसुस गर्नेछौ, एक अर्काको बर्सौ पछीको भेटमा सुखदुख सेयर गर्नेछौ, आ-आफ्न जिबन भोगाइका अनुभवहरु बाढ्नेछौ, एक-अर्काको समस्याहरु बताउनेछौ कती ठुलो सपना देखेकी थिए, थाहाछ तिमीलाई जब पहिलो चोटि तिमीलाई फेसबुकमा देखेर तिमीलाई एड पठाउदा तिमी संगै भेटेको कल्पना गरेको थिए, अनी जुनदिन तिमीले एक्सेप्ट गरेर मलाई मेसेज छोडेको थियौ, लाग्यो मेरो बर्सौको सपना पुरा भएकोछ, बर्सौ पछी तिमी मेरो सम्मुख उभिएको छौ, उही पुरानो लजालु, इर्श्यालु, अनी मायालु खिनाउटे क्षितिज, आजफेरी एकपल्ट मेरो अनुहारमा, खुशीको लहर छएकोछ, हराएको मेरो ओठको मुस्कान फर्किएको छ, तर किन-किन मैले त्यो बालापनको क्षितिज तिमीलाई फिटिक्क पाउन सकिन, म हरेक पिडामा डुबेको बेला तिमी संग मनको बह पोखेर तिम्रो सामु रुएर आफुलाई सितल बनाउन खोज्थे, किनकी मेरो भरोसा योग्य पुरुष तिमी  मात्रै हौ झै लाग्थ्यो, तर तिमीत तिम्रो उमेर संगै सारिरिक बनाउट मात्रै बद्लिएनछ त्यो संगै तिमी भित्रको अर्को मानब भित्रको अर्को दानबपन पनि हुर्किएको रहेछ, जो मैले कहिले तिमी यस्तो हर्कत गर्छौ भनेर सपनामा पनि सोचिन, कहिलै कल्पना गरिन कि तिमी यती तल झरेर एकदिन मेरो प्रेमको बगैचामा ओइलाएर झर्छौ भनेर, किनकी सानोमा मलाई प्रेम गर्ने क्षितिज यस्तो थिएन, जो आज मलाई हरेकपटक अश्लील रुपमा नागिएको हेर्न चाहन्छ, आज मलाई किन यस्तो लाग्दैछ क्षितिज, दोश्रोपल्ट तिमी संग किन भेट भएछ, यदी म आँफैलाई जलील महसुस गरेर पस्चाताप हुनुथ्यो भनेत, म आफन्त बाटै बर्सौ देखी सन्तान नहुदाको पिडा भोगेकी थिए, तिमी नै किन चाहिन्थ्योर म अरु, थप पिडा खेप्नलाई, त्यसैले तिमी संगको प्रेम आज आँफैलाई, बिझाउने कडा भएकोछ, दुख्ने घाऊ भएकोछ, सोच्थे म प्रेम बाध्यता बाहेक कहिले छुट्दैन तर प्रेम यसरी पनि अन्त्य हुँदोरहेछ, जुन शरीर संग तुलाना गरिन्छ, बास्ना संग हेरिन्छ, प्रेम यसरी पनि टुट्ने रहेछ जो, तिम्रो लागि पलाएको म भित्रको प्रेमको अन्त्य भएकोछ आज । 

क्षितिज, मेसेजको अन्त्यमा भन्न चाहन्छु, आजिबन तिमीलाई पोख्न वा देखाउन नसकेको प्रेम तिमी लाई पोख्न पाए, जुन मेरो मुटु भित्र गाठो बनेर जिबनभर रहिरहने तुस मेटाउन पाएकोछु, अब त्यो तुस, त्यो खिल मेरो छाती भित्र कहिलै रहनेछैन, आखिर मेरो प्रेमको कम्जोरी समातेरै मलाई तुच्छ र अश्लील बनाउने कोशीस गर्यौ, जो म कदापी चाहन्नथे, आज आफ्नो प्रेमको मुल्य संगै सँधैको लागि तिमीसंग टाढा हुन चाहन्छु, ताकी म तिम्रो निचताको उपहास हुन नपरोस, तिम्रो प्रेमले तिम्रो आबेगलाई थेग्न नसकेर म आफुलाई अझ कम्जोर बनाउन नपरोस, जस्को परिणाम स्वरुप म तिम्रो आँखाकोको सर्बाङ्ग हुननपरोस, मलाई लागेको थियो तिमीले हासिल गरेको शिक्षा संगै तिम्रो बौदिक्ताले मलाई इज्जत गर्नेछ, मलाई माया जताउनेछ, मेरो भावनालाई जित्नेछ, तर त्यस्तो हुन सकेन, तिमीले सिकेको तिमीले पढेको तिम्रो शिक्षाले हासिल गरेको PHD को प्रमाणपत्र मेरो प्रेमको लागि होइन रहेछ, तिम्रो उच्च-शिक्षाले तिमीलाई आफ्नो जिबन चलाऊन त सक्छ, फगत किताब भित्रको ज्ञानले कयौ युवाहरुको भभिस्यको रेखा त, कोर्न सक्छौ तर त्यही तिम्रो प्रमाणपत्रले मलाई इज्जत गर्न सकेन, त्यसैले हजारौको भबिस्य कोर्ने तिम्रो शिक्षाले मेरो प्रेमको दुई अक्ष्यर लाई न्यान दिन सकेनौ, त्यसैले आज उप्रान्त म तिम्रो नजिक कहिले हुनेछैन, मलाई माफ गर, मैले यतिका बर्षपछी तिमीलाई आफ्नै मनले नमानी नमानी यस्तो भावनाहरु लेख्नु पर्दा मन मानेका छैन, हात कापेका छन, तर बिबस छु, लेख्न बाध्यता छु, अब आइन्दा हामी संबादमा रहने छैनौ, मेरो यो पत्र सम्झ वा आधुनिक जमनाको मेसेज, जे सम्झ, तर यो पाएपछी जब पढिसक्नेछौ कृपा गरेर मलाई स्पष्टिकरण दिदै आउने छैनौ, यदी मेरो मनलाई सितल, शान्ता र खुशी देख्न चाहन्छौ भने यो मेसेज उप्रान्त मलाई कुनै मेसेज गर्ने छैनौ र यस्को जवाफ पनि लेख्ने छैनौ भन्ने आशा गरेकिछु, जो म रिप्लाई पढेर अझ आफुलाई अपमानित र कम्जोर बनाउन चाहन्न, यदी मेरो भलाई चाहन्छौ भने, एक शब्द लेख्ने छैनौ, हस्त मेसेज लामो भयो होला, आशा छ, झर्को नमानी पढ्नेछौ भन्ने आशाको साथ सँधैलाई मेरो प्रेमको अन्त्य गर्न चाहन्छु, हिजो जस्तै आज पनि उस्तै प्रेम पोखेर सँधैलाई बिदा चाहन्छु, मलाई माफ गर, तिम्रो इच्छा पुरा गर्न नसकेकोमा, अनी अलबिदा क्षितिज ! अलबिदा !!! 

उही तिमीले सर्बाङ्ग देख्न चाहेकी 
तिम्रो अधुरो इच्छा चन्द्रा

मेसेज लेखिसकेर सेन्ड गरे, तर उ ब्य्स्त भएर होलाकी उस्ले केहीदिन सम्म मेसेज हेरेको थिएन, त्यसैले पनि उस्ले मेसेज पढ्यो कि पढेन भनेर छिनछिनमा मेसेज बक्समा गएर हेरेर फर्कन्थे, त्यस्तैम झन्डै एक हप्ता पछी उस्ले मेसेज सिन गरेको हरियो सिग्नल देखायो, सोचे, उ पक्कै माफि माग्दै मेसेज गर्नेछ, अबदेखी त्यस्तो भन्ने छैन भन्दै कल गर्नेछ, तर उस्ले मेसेज पढेपछी त्यस्तो कुनै मेसेज कलहरु गरेन, त्यसपछी जुन पिडाले मैले मेसेज लेख्न वाध्य भएको थिए, उस्ले माफि नमागेको देखेपछी मेरो मनलाई झन ग्लानी भयो उस्लाई प्रेम गरेकोमा, मलाई झन भत्भती पोल्यो उ संगको सम्बन्ध संग, आँफैलाई पिडा, रिश, खै ! के के भएर आयो-आयो, झन त्यसपछी त उस्ले मेरो आत्मालाई हैन मेरो प्रेमलाई हैन, मेरो शरीर लाई मात्रै प्रेमको नाटक गरेको रहेछ, शायद मेरो सर्बाङ्गता पछी, मेरो नग्नताको अर्को कुनै पुरुष संग सानले आफ्नो मर्दाङ्गिनिको काहानी सुनाउन ब्यस्त रहन्थ्यो होला जस्तो लाग्यो, धन्न उस्को कोमल बहकाउमा आफुलाई पत्र-पत्र गरेर मकैको खोस्टा छोडाए झै आफुलाई उघार्न उत्द्दत रहिन, आफुले आँफैलाई भाग्यमानी सम्झिए, उस्को प्रेमको कम्जोरिमा म स्खलित भईन, उ बाट आफुलाई जोगाए भन्ने लागेर मैले एउटा प्रेमको हत्या गरे, एउटा मायाको गला रेटे सँधैलाई, आज पनि सोच्छु, कहिले भावनाहरुमा रंगहरु जस्तै रंगिन बनेर उडिदिन्छु, मनमनै आँफै लाई प्रश्न गर्छु, मैले उस्लाई धोका दिए वा उस्ले मलाई धोका दिएको थियो, मैले प्रेम बुझिन वा उस्ले मलाई बुझ्न सकेन, तर जिबनमा पहिलो र अन्तिमपटक यदी कसैलाई प्रेम गरेको थिए भने त्यो उहिनै थियो, त्यसैले कहिले-काही आज पनि याद आउछ, उस्ले जतिसुकै चोट दिएको भएपनी आखिर प्रेम त प्रेम नै हो, उस्ले गरेको होस वा मैले गरेको, यदी मेरो जिबनमा प्रेमको बहार लिएर कोही आएको थियो भने त्यो उहि थियो, जस्ले मेरो जिबनमा प्रेमको परिभाषा  बनेर आएको थियो, त्यसैले मेरो प्रेमको नजरमा आज पनि उ मेरो मनमुटु मस्तिस्क भित्र कृष्ण भएर रहनेछ, अनी मेरो श्रीमान रामजी, सँधै मेरो शरीर र सिउदोको हकदार मेरो भगवान राम भएर रहनेछ, जस्को शरणमा म आज छु, अनी उ, मेरो दिलमा कृष्ण भएर, तर उ, मेरो प्रेमको कृष्ण भयो भन्दैमा उस्लाई मेरो शरीर छुवाउन सक्दिन थिए, किनकी मेरो जिबनमा मेरो रामजी साच्चिकै रामजी बनेर सिउदो भरेर माइतिको चारकुने आँगन पोलेर मंगलशुत्र ले बाधेर आउनुभएको थियो, वहाँँको बाहेक मेरो भौतिक शरीर अरुको हुनेपनी भएन, र, छुने पनि भएन, त्यसैले क्षितिजले गरेको म प्रतिको जलील्ता लाई भुलेर पनि आज मेरो लागि मेरो जिबनको दुई पुरुषहरु उतिकै महान लाग्छन, जुन मेरो सिउदोको भगवान मेरो रामजी हुन भने, मेरो प्रेमको कृष्ण क्षितिज हुन ।

फोन संबाद पछी बोल्दाबोल्दै चन्द्र टक्क अडिएर सुँक-सुँक रुन लागिन, शायद यत्रोबेर सम्म आफ्नो अतित पुरै सुनाइ सक्दा कयौपटक उन्को मनभरी त्यो अतितले दुखेको हुनुपर्छ, तैपनी मैले उन्को रुवाइको सुँक-सुँकता लाई तोड्दै पुन सोधे, अनी त्यसपछी के भयो, मेरो प्रश्नले लामो सास तान्दै पुन उनी बोलिन, त्यसपछी जब उस्ले मेसेज पढ्यो अनी मेरो मेसेज र मेरो आशाय केहो, मैले उस्लाई कुन रुपमा हेरेको थिए भन्ने कुरा उस्ले प्रस्टरुपमा थाहा पायो होला भन्ने सोचेर सँधैलाई मेसेन्जर, मोबाइलमा भएको नम्बर बाट सबैतिर ब्लक गरेर डिलेट गरेर हटाइदिए, त्यसपछी आज कुनै पनि माध्यबाट हाम्रो तेश्रोपल्ट भेट भएको छैन र नहोस पनि अब, जिबनभर मलाई दुखिरहने छ यो घाऊ, जस्लाई आफ्नो मनको महान पुरुष सम्झिएको थिए, यतिभनेर ल आज धेरै लामो बोलिएछ, अब छुटौ पनि, आज सम्म जतिसुनाए, जेजे भने यो सबै तपाईं मा मात्रै निहित रहनेछ आशा गर्छु, यहाँ आएर मेरो प्रेमको दु:खद अन्त्य भएकोछ, बिन्तीगर्छु, एउटी नारिलाई पतितको रुपमा उभ्याउनु हुनेछैन, किनकी मलाई विश्वाश छ प्रेम गर्नु पाप थिएन, उनले यती भन्दै छुट्ने आसाय राखी, अनी उनी बिदा हुनु अगाडि उनको आसाय प्रती ढुक्क दिलाउदै बोले, विश्वाश गर्नुहोस् म बाट त्यस्तो हुनेछैन, र, तपाईंलाई अजर-अमर बनाउने मेरो हातको कलमको मसिले गर्नेछ, छोटो जवाफ दिएर हामी दुबै बाइ भनेर छुट्यौ, हामी दुइको छुटाइ पछी उस्को प्रेम काहानी बाट मैले के सम्झिए भने, सन्सारमा एउटा यस्तो पनि प्रेम हुँदोरहेछ ।



रचना- अर्पण योन्जन (शिरिष)
मिती- ३,४,५, र १२ चैत्र २०७८ 
तदनुसार- १७,१८,१९ र २६ मार्च २०२२  

Friday, March 18, 2022

कविता- झरेको तारा र टुटेको सपना



आमाको स्तनपान गरेर
कोक्रोमा निदाइ रहेकी
छोरीको अनुहारमा हेर्छु
अनी सपनामा झै बर्बराउछु
र, अनायसै बोल्छु
छोरी !
जुन, शब्द देखी आजभोलि मलाई
किन-किन छाती ऐठन भएर आउछ
दुख्छ, पिरोल्छ, भत्भती पोल्छ ।

थाहा छैन मुटुको कुन कुनामा
चिमोटेर रगतका भल्भहरु
बन्द भए जस्तै लाग्छ ।
चिटचिट पसिना आएको अनुहार लिएर
असैय हुँदै फुत्त आँगनमा निस्कन्छु
टोलाउछु, माथि आकाश नियाल्दै
अनी देख्छु, पारी क्षितिजमा
टुटेको सपना संगै आज फेरी
एउटा तारा झर्यो तल धर्तिमा
उ आकाशमा कहिलै नफर्कने गरेर ।

मलाई याद छ आज पनि !
तिमीलाई पाउन तिम्रो आमा संग झगडा गरेको
मेरो पहिलो सन्तान छोरी नै होस् भन्दै,
पिन्डेश्वर, बुढासुब्बा, दन्तकाली र माइ भाकल गरेको
किनकी !
म छोरी नभएको घर सम्झन्थे
लाग्थ्यो, ति घरहरु, घर हैनन
तिई त, केवल, खन्डहर हुन
कंकृटका चारदिवाल मात्रै हुन
तिहार बिनाको दसैं जस्तै,
शृङ्गार बिनाको दुलही जस्तै
फुल बिनाको बषन्त जस्तै
तर आज, समचारको हेडलाइन पढ्दै गर्दा
दुधे-बालक बलत्कार भएको सुन्दै गर्दा
पिपाशु पंजाहरुले,
क्ष्यतबिक्ष्य बनाएको अंगहरु हेर्दा
छोरी तिमीलाई सुरक्षा दिन सक्दिन कि भनेर !
आज तिमीलाई भाकल गरि-गरी मागेकोमा !
डराउछु, तर्सिन्छु, झस्किन्छु !
र, आकाश नियाल्छु !
टुटेको सपना संगै आज फेरी
एउटा तारा झर्यो तल धर्तिमा
उ आकाशमा कहिलै नफर्कने गरेर ।

निश्पस्ट कालो अँध्यारो
यो चिस्यानी रात ओढेर
देखिएको जुनलाई
तिमी संग दाजेर हेर्छु छोरी,
कती सालीन, सितल, सौम्य
मायाँलु, तिमी जस्तै,
न कहिलै तिमी रिसाउछौ
अनी त्यो जुन,
बिल्कुलाई,
देवता जस्तै तिमी दुई ।

अनी फेरी सोच्छु,
ति पुरुष हरुलाई,
छोरी पाउन भाकल गर्ने पनि पुरुष
तिमीलाई जन्म दिने पनि पुरुष
तिम्रो लालनपालन गर्ने पनि पुरुष
तिम्रो कन्यदान गर्ने पनि पुरुष
तिम्रो मामाताको छहारि पनि पुरुष
तिम्रो भबिस्यको कामना गर्ने पनि पुरुष
अनी फेरी किन ?
तिम्रो अस्तित्व मेट्ने पनि पुरुष
तिम्रो सतित्व मेट्ने पनि पुरुष
पुरुष भित्रको म र म भित्रको पुरुष
आखिर ! को हो पुरुष ?
के हो पुरुष ?
किन यती डर लाग्दो छ पुरुष ?
किन कहाली लाग्दो कुरुप छ पुरुष ?
के पुरुष कहिलै देवता हुन सक्दैन ?
आखिर, कहिले फुलिस्टप लाग्छ ?
मेरो यो अनुत्तरित प्रश्नमा
झरेको तारा र टुटेको सपना संगै
फेरी आकाश नियाल्छु
उत्तर हरुको खोजिमा
अनी देख्छु पारी क्षितिजमा
टुटेको सपना संगै आज फेरी
एउटा तारा झर्यो तल धर्तिमा
उ आकाशमा कहिलै नफर्कने गरेर ।

रचना- अर्पण योन्जन(शिरिष)
मिती- ४,चैत्र २०७८
तदनुसार- १८,मार्च २०२२