गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, February 26, 2023

कथा- बार्दलिको जून- भाग- ८

भाग- ८

उस्को मेसेज पढेर सुतेको अघिल्लो दिनको रात कतिबेला उज्यालो हुन्छ र कलेज पुगौँ झैं भएको थियो । ओछ्यानमा कयौँ पटक कोल्टे फेर्दै छट्पटिमा बितेको थियो । जसोतसो मुस्किलले रात कटेपछी भोलिपल्ट बिहान अलिक चाडै कलेज गएँ । कलेज जाँदा पनि मनभरी एक प्रकारको झंकार भएको थियो । एउटा मनले राजलाइ नियाल्न आतुर थियो भने अर्को मनले उसको सामुने पर्दा के भन्ने होला ? कसरी बोल्ने होला ? शिर ठाडो गरेर नजर जुधाउन त टाढाको कुरा उसको छेउ पर्न पनि हिम्मत थिएन मलाई । तैपनी उस्लाई भेट्ने, देख्ने ब्यग्र हुटहुटी भने थियो आफु भित्र । 

कलेज पुग्ने बित्तिकै सरासर सिँधै लाइब्रेरी गएँ । लाइब्रेरी पुग्दा राज त्यही बसेर पढिरहेको थियो । म पनि उसलाई देखेर पनि नदेखे झैं गरेर केमेस्ट्रिको एउटा गाईड पेपर निकालेर ऊ बसेको अगाडिको टेबलमा बसेर पढ्न थालेँ । पढ्ने त एउटा बहाना मात्रै थियो । मलाई त उस्लाई हेर्नु थियो । उस्को सामु परेर ऊ सँग गफ गर्नु थियो । उस्को नजिक हुनु मलाई कुनै बहानाबाजी को आवश्यकता थियो । त्यसैले त्यहा पुस्तक लिएर उस्को अगाडि गएर बसेको थिएँ । देखेर पनि नदेखे झैँ म आफ्नै सुरमा घोप्टिएर किताब मै अनुहार फर्काएको थिएँ । हुनत किताब के हेर्नु ? किताब हेर्ने बहानामा मेरा आँखाहरु भने उस्लाई नै नियाली रहेको थियो । एकतमासले किताब हेरेको अनुहारले घरिघरी झुक्याएर घोप्टो परेको मेरो शिरले आँखा छलेर उस्लाई नियाल्नमा उद्धत थियो । म अनेक बहाना बाजिमा घरी खोक्दै थिएँ भने घरी गीत गुनगुनाउँदै थिएँ । ताकी मेरो आवाज उस्ले सुनोस र मलाई देखोस् भन्नेमा मेरो ध्यान थियो । तर उस्ले हेर्न त परै जावोस किताबमा घोप्टिएको उस्को अनुहार एकपल्ट सम्म माथि उठाएन ।

धेरैबेरको मेरो प्रयास पछी पनि अगाडि नहेरेपछी रिसले चुर हुँदै त्यहाँबाट म जुरुक्क उठेर हिँड्नै लागेको थिएँ । त्यतिबेला भने उस्को नजर म सँग जुध्यो । जसरी उस्को आँखा मेरो आँखा सँग जुध्योनी उसैगरी मेरो मनमा चट्याङ्ग हाने झैँ ४२० भोल्टको झट्का हानेको थियो । मलाई पनि अचानक अनौठो महसुस भयो । शरीर भरी तरंग छाएको थियो । अचानक मुटुको चाल तिब्र गतिमा बढेको थियो । श्वास रोकिएला झैँ गरेर घाँटी आठयाएको जस्तो भएको थियो । के गरौँ कसो गरौँ जस्तो भएर उकुस्मुकुस भयो । मनमा आएको एकैचोटीको झट्काले बोलौं कि नबोलौँ जस्तो दोधार भएर ठिंङ्ग उभिदै हाइ राज भनेर मुखबाट फुत्किहालेछ । 
हाइ आश्मा तिमी ? उसले पनि मुसुक हाँस्दै बोल्यो ।  
उम म ! तिमी यहाँ के गर्दैछौ ? जवाफ दिदै मैले सोधे
हैन एउटा प्रोजेक्ट गर्नु थियो त्यसैको तयारी गर्दै थिएँ ।
अनी तिमी यहाँ के गर्दै थियौ ? उल्टै उस्को प्रतिप्रश्न थियो ।
उम म पनि केमेस्ट्रिको गाइड पेपर लिनु आको थिएँ । दुई शब्द मात्रै के बोलेका थियौँ यतिकैमा कलेजको घन्टी लाग्यो । त्यसपछी हामी दुबैजना त्यहाँबाट बाइ भनेर छुट्यौँ ।

निक्कै लामो प्रतिक्षा पछी बल्ल ब्रेक भयो । मैले फेसबुकको मेसेन्जर खोलेर हेरेँ । सुरुमै उस्को मेसेज देखायो । हतारिदै मेसेज पढेँ । आश्मा ! ब्रेकमा क्यान्टिनमा आउन सक्छौ ? यदी आयौ भने मलाई मेसेज गर है । मेसेज लाइब्रेरिमा हामी छुटेपछी बिहानै गरेको रहेछ । क्लास सुरु भएपछी मैले बल्ल यतिबेला हेरेको थिएँ । त्यसपछी मैले पनि उस्को मेसेजको जवाफ फर्काउँदै लेखेँ ।
हाइ राज !
उम भन आश्मा ! ऊ अनलाइन मै रहेछ तुरुन्तै जवाफ फर्काइ हाल्यो ।
त्यसपछी फेरी मैले सोधेँ । भन राज किन क्यान्टिन आउँछौ भनेर सोधेको ?
तिमीसँग भेट्न मन लागेको छ 
किन ?
कुरा गर्न ।
कस्तो कुरा होर राज ? मेसेजमै भने हुन्न ?
हुन्छ, किन नहुनु ? तर तिमीसंग भेटेरै भन्नु मन लागेको छ । 
नाइ मत आउँदिन । 
किन आउँदैनौ ?
लाज लाग्छ ।
ल केको लाज नि ? के म तिम्रो लागि अझै अपरिचित छु र ?
त्यस्तो हैन राज ।
अनी के त उसोभए ?
डर लाग्छ ।
केको डर के ? यत्रो मान्छेहरुको अगाडि ? 
उम लाग्दैन त ?
ए उसोभए म बाघ, भालु हो ? जो तिमीलाई देख्ने बित्तिकै खाउँ ?
उम...! त्यस्तो मैले कहाँ भनेको छु र ?
अनी ?
बरु मेरो अर्को घन्टी पछी अफ छ । बाहिर क्याफेमा भेटे हुन्न ? मैले असाय राख्दै सोधे । त्यसपछी फेरी उसले जवाफ तुरुन्तै फर्काइहाल्यो ।
हस ! मेरो क्लास छैन अब, म बाहिर कुरेर बस्छु, तिमी त्यतै आउ है त ? हुन्छ हस आउँछु । मैले क्लास सकिएपछी आउने जनाउँदै बाइ राज भनेर बिदा मागेँ । उस्ले पनि बाइ आश्मा भनेर छुट्टीएको संकेत दियो । त्यसपछी हामी दुबै अफ भयौँ ।

अब पालो थियो कतीबेला क्लास सकिएला र बाहिर निस्कौँला भनेर कुर्ने । क्लासको लेक्चरको गनगन भन्दा बाहिर कतिबेला निस्कने भन्ने हुटहुटिले सताएको थियो । बेन्चको अगाडिपट्टी लेक्चर आफ्नै सुरमा भटभटाइ रहेको थियो । म भने आफ्नै सुरमा टोलाई रहेको थिएँ । मेरो मन र आँखाको चञ्चल्ता सरको आवाज र ब्लाकबोर्डमा भन्दा झ्यालबाट कतै टोलाउनमा ब्यस्त थियो । करिब ४५, मिनेट जतिको स्पिच दिएर क्लासबाट बल्ल बाहिर निस्कियो । त्यसपछी म डेस्कमा रहेको किताब टिपेर त्यहाबाट बिरालोको चालमा निस्किएर सोबिताहरुलाई जान्छु पनि नभनी फटाफट हावाको बेगमा बाहिरिएँ ।

गेट बाहिर पुग्दा राज ठीक कुरेर बसिरहेको रहेछ । त्यसपछी हामी दुबैजना सरासर घण्टाघरको बाटो हुँदै दरबारमार्गको रोड तर्फ हान्नियौँ । बाटोमा दुबैजना के भन्ने के नभन्नेमा चुपचाप् थियौँ । मध्य-दिन हुनै लागेको त्यस्तो ब्यस्त सडकमा पनि एकअर्कामा कुनै दोहोर संबाद थिएनन । साना ठुला गाडी, र मान्छेहरुको भिड थिचोलेर हामी निक्कै पर पुग्यौँ । सडकको त्यो होहल्ला र धुवाँ धुलो खाँदै अझै पनि सुन्सान थियौँ दुबैजना । शायद ऊ मैले केही भनोस भन्न चाहन्थ्यो । म पनि कुराको थालनी उसैले गारोस भन्ने चाहन्थेँ । दुबैजना एकअर्काको बाटो हेर्दाहेर्दै अन्धाधुन्ध जब हामी राजदरबारको गेट अगाडि पुगेर टक्क अडियौँ त्यसपछी पहिलो वाक्य उसैले खोल्यो । कहाँ जाने ? मैले उस्को अनुहार पनि नहेरी जवाफ फर्काएँ । कोनी त कहाँ जाने ? अनी अघी कहाँ जाने भनेर निस्केको त ? उल्टै मलाई नै उस्को प्रश्न थियो । त्यसपछी म उस्को अनुहार तिर फर्किएर लाजले निलोकालो हुँदै मुसुक्क हाँसे एकपल्ट । उसले पनि मुसुक्क हाँसेर नै मौन जवाफ फर्कायो । त्योबेला हामी दुबैजनाको प्रत्यक्ष नजर जुधेको थियो । नजर के जुधेको थियो भन्नु, हंसले ठाउँँ छोड्ला जस्तो गरेर धड्किएको थियो । त्यो कोलाहलमा लाजले घाँटी आठयाएको जस्तो श्वास फेर्न पनि गाह्रो भएको थियो मलाई ।

दुबैको सटिक संबाद पछी फेरी मेरो अगाडि ऊ हिँड्न थाल्यो । म कुनै सानो बालक झैँ खुरुखुरु उस्को पदचाप पछ्याएँ । निक्कै पर पुगेपछी एउटा क्याफेको बाहिर पुगेर ऊ टक्क अडियो । कफी पिउने ? उस्ले सोध्यो । मैले हुन्छको भावमा टाउको मात्रै हल्लाएँ । त्यसपछी सरासर ऊ क्याफे भित्र छिर्यो । मैले क्याफेको बाहिर झुन्डिएको बोर्डमा हेरेँ । मधुश्री क्याफे लेखिएको थियो । त्यसपछी म पनि कुनै आज्ञाकारी बालक झैँ क्याफे भित्र उस्को पछीपछी लागेँ । भित्र पुगेर कुनाको एउटा टेबलमा बस्यौँ । न कुनै हेराहेर, न कुनै संबाद, कस्तो अचम्म होला ? संगै गएका छौँ । अन्धाधुन्द त्यहाँसम्म पुगेर पनि कुनै गफागाफ नहुनु भनेको साँच्चिकै जोकर झैँ नमुना बनेका थियौँ आफैमा । एउटै टेबलमा बसेर पनि अपरिचित ब्यक्ती झैँ संबादबिहिन थियौँ । घरिघरी नचाहेरै मेरो अनुहार र आँखा उस्को अनुहार सँग जुध्न पुग्थ्यो भने, उस्को म सँग । आँखा जुधेको बेला भने दुबैजना पहिलेको झैँ मुसुक्क हाँस्थ्यौँ ।

टेबलमा रहेको मेन्यु देखाउँदै राज बोल्यो । के खान्छौ तिमी ? तिमीलाई जे मन लाग्छ, मैले जवाफ फर्काएँ । त्यसपछी केही अन्कनिएको झैँ गरेर ऊ मेन्युमै घोत्ली रहयो । त्यसपछी मैले नै केही सहज बनाइदिदै बोलेँ । मलाई त मिल्क कफी मन पर्छ । साथमा एउटा ब्रेड भए हुन्छ । त्यसपछी उसले पनि मैले जे भनेको थिएँ त्यही कफी र ब्रेड मगाएर फेरी चुप्चाप बस्यो । टेबलको दुई ध्रुवमा बसेका हामी एकअर्कामा मौन संबाद थियो शायद । म उस्लाई चोरेर हेर्थेँ, ऊ मलाई चोरेर हेर्थ्यो । एकैठाउँमा बसेर पनि हेराइको त्यो लुकामारी साँच्चिकै रोमाञ्चककारी थियो । जतिपटक आँखा जुध्थ्यो उतिपटक मनमा एक प्रकारको झन्कार पैदा हुन्थ्यो । शरीरभरी करेन्ट प्रभाव भएझैँ महसुस हुन्थ्यो । करिब १५/२० मिनेटको गुम्सुम पछी वेटरले कफी र ब्रेड दिएर गयो । दुबैजना नबोली नबोली कफी पिउन थाल्यौँ । त्यसरी कफी र ब्रेड खाँदा पनि दुबैमा लज्जा महसुस भएको थियो । मानौँ  त्यसरी खाँदा मुखबाट कुनै आवाज निस्केला र लाज होला भनेर स्वासको भरमा कफी र ब्रेड खान्थ्यौँ ।

आ-आफुलाई सम्हालेर खाँदा-खाँदै ब्रेडले सर्किएर राज खोक्न थाल्यो । त्यसरी सर्किदा भने ऊ निलो न कालो अनुहार बनाएर लाजले भुतुक्क बनेको थियो । तर मलाई भने उस्को सर्काइमा बिचरा भनेर पानी मगाएर दिनु त कता हो कता उल्टै एक्कासी हासोको फोहोरा छुट्यो । त्यसरी अचानक हाँस्दा भने मेरो मुखभरी भएको कफिको फोहोरा उछिटिएर टेबल र उस्को शरीरभरी भयो । त्यसपछी दुबैजना झन जोडजोडले हाँश्न थाल्यौँ । त्यसरी हाँस्दा भने म उस्लाई नियाल्थेँ भने ऊ मलाई । मानौँ धेरैपछी हामीले मौन ब्रत तोडेका छौँ । त्यसपछी पो बल्ल मैले राज तिमी ठीक त छौ ? भनेर सोध्न पुगेछु । उसले पनि उम ठीक छु भनेर उत्तर फर्कायो ।

रैबेर पछीको हामी दुबैको मौनता तोडिएको थियो । त्यसैले म आफैले कुराको जरो खोतल्दै सोधे । राज तिमीले किन भेट्ने भनेको ? किन केही भन्नु थियो र मलाई ? उम..! केही भन्छु भनेरै तिमीलाई भेट्न् चाहेक थिएँ आश्मा ! केही त्यस्तो भेटेरै भन्नुपर्ने ? पुनह: मैले सोधेँ । त्यसपछी फेरी राज बोल्यो ।
आश्मा सरी !
किन ? केका लागि ?
मैले तिमीलाई सताएकोमा ।
कहिले ?
बुझेर पनि नबुझे झैँ मलाई लज्जित बनाउने कोशीस नगरन आश्मा प्लिज ।
हो भनेको कसम मैले केही बुझिन । आखिर केको लागि तिमीले सरी मागेको ?
तिमीलाई सब थाहा छ आश्मा ! तिमीलाई मैले खुब सताएको छु । मैले चाहेर वा नचाहेरै तिम्रो मन दुखाएको छु । जब मैले त्योदिन तिम्रो बाटो छेकेर त्यो पत्र दिएँको थिएँ । तर असलमा भनुम भने त्यो दिन मलाई रुम फर्किए पछी हातखुट्टा नै काँपेको थियो । यो मैले के गरेँ ? मैले यस्तो गर्नु हुन्थेन । तिमीले के सोच्यौँ होला ? वा कसैलाई भन्यौ होला भनेर म खुद तनाबमा थिएँ । उता तिमीले के सोँच्यौ मलाई थाहा छैन । तर तिमीलाई त्यो पत्र थमाइ दिएर फर्किएपछी मैले गरेको हर्कत देखी आफैलाइ आत्माग्लानी भएको थियो । मन खुब बेचैनिले सताएको थियो । त्यो रात छट्पटिनु मात्रै हैन, रातभर फिटिक्क निदाउन सकिन । कतिबेला उज्यालो हुन्छ र तिमीलाई भेटेर माफि मागौँ झैँ भएको थिएँ । तर भोलिपल्ट म केही बिसन्चो भएर कलेज नै आइन । अनी त्यस्को चौथो दिनबाट ज्वरोले निक्कै नै सतायो । त्यसपछी म हस्पिटल भर्ना हुन परिहाल्यो । तर हस्पिटलमा बस्दा पनि तिमीले के सोँच्यौ होला भन्ने कुराले मात्रै मनमा खाइ रहयो । मन एकठाउँमा थिरमा थिएन । बिरामले थलिएर बेडमा सुतेको अवस्थामा पनि आफुलाई रेस्ट गराउन सकिन । भुल्न खोज्दा पनि तिमीसँग गरेको हर्कतहरुले मलाई भत्भति पोलिरहेको थियो । आज त्यही हर्कतहरुको माफि मागेर म आफुलाई हलुका बनाउनको लागि भनेर तिमीलाई भेट्न् चाहन्थेँ । भेटेर सबै गल्तिको प्रायस्चित गरेपछी मात्रै आफु हलुका हुन्छु भन्ने सोचेर तिमीलाई यहाँसम्म लिएर आएको । प्लिज आश्मा ! म बाट जेजती गल्ती भयो त्यस्को लागि माफि चाहन्छु । त्यसको लागि साँच्चिकै हृदयदेख Thank you so much आश्मा ।

अघी भर्खरैसम्म मौन रहेको ऊ अहिले मकैको फूल उठेको जस्तो एकोहोरो भएर एक्लै बर्बराइ रहेको थियो । म चुप्चाप सुनिरहेको थिएँ । ऊ लगतार बोलिरहेको थियो । अझै पनि ऊ भन्दै थियो । तिमीलाई दु:ख दिन्छु भनेर चाहेर सताएको हैन आश्मा । म तिमीलाई मन पराउँथेँ । तिमीलाई माया गर्थेँ । अनी तिमीसम्म आइपुग्ने कुनै बहाना पनि त थिएन । तिमीलाई आफ्नो मनको कुरा नसुनाइ रहन पनि सक्दिन थिएँ । सुनाउँ भने पनि तिमीले के सोँच्छौ भन्ने डर थियो मनभरी । मेरो कारणले तिमीले धेरै नै मानसिक तनाब पनि झेल्नु पर्‍यो । त्यसले i am extreamly so sorry आश्मा । उस्को लगतारको बिनय पछी मैले पनि पहिलोपटक खुलेर मुख खोलेँ ।

अब सरी को कुरा नै बाँकी कहाँ रहयो र राज ? जबकी तिमीले पठाएको पत्र र इन्बक्सको तिम्रो मेसेजको जवाफ त मैले तिमीलाई दिई नै सकेको छु । यस्को मत्लब अब हामी बिचमा सरी को अर्थ के नै रहयो र ? बस मैले तिम्रो अनुरोध स्विकारीसकेकी छु । मैले आफुलाई तिमीमा समर्प्रीत गरिसकेकी छु राज ! प्लिज ! सरी नभन अब । यदी यही कुराले तिमी मलाई बारबार सरी माग्छौ भने कित तिमीले मलाई माया गरेकै छौनौ, कित तिमीले यतिका दिनदेखी यो कस्ती केटी रहेछ भनेर मलाई जाँचेको हुनुपर्छ । तर यदी तिमी साँच्चिकै मलाई ह्रिदय देखी माया गर्छौ भने सरी भन्नुको अर्थ छैन अब । मेले नउठाउने कदम उठाएकी छु । मैले मेरो बाआमाको सपना र आफ्नै जिम्मेवारी भुलेर तिम्रो अनुरोधलाई आत्मासात गरेकी छु । मैले तिमी माथि दया गरेकी छैन । गर्नुपर्ने पनि छैन । मैले पनि तिमीलाई माया गरेकी छु । बरु भन अब, फूलमा घुमेर जाने भमरा जस्तो बनेर उडेर जानेछैनौ । बटुवाले झैँ कुवाको पानी झैँ पिएर जाने छैनौ । मलाई बाचा गर । तिमी मलाई रुवाउने छैनौ । हुनत तिमीले मलाई र मेरो वास्ताबिक्ता कती बुझेको छौ वा छैनौ तर मलाई लाग्छ मेरो यथार्थ केही बुझेरै यहाँँसम्म को कदम उठाएको छौ भन्ने विश्वाश लाग्छ मलाई । मैले पनि तिम्रो पछाडिको दृश्य केही नहेरी, नसोधी तिमीलाई अपनाएको छु । बस धोका दिन पाउने छैनौ जुन मैले मेसेजमै भनिसकेकी छु तिमीलाई ।

उस्को भनाइ पछी मैले पनि आफ्नो भनाइ स्वासको भरमा फटाफट भनी टुङ्गाएँ । म बोलिरहदा ऊ कुनै आज्ञाकारी कर्मचारी झैँ सुनिरहेको थियो । म उस्को अनुहारतिर नजर पनि नलगाइ भुइतिर हेरेर स्वासको भरमा भनी भ्याएँको थिएँ । ऊ मलाई एकनिमेसले टोलाएर हेरिरहेको थियो । यतिकाबेला सम्म बोल्न सकेका हामी अहिलेभने खै कहाँबाट एक्कासी हिम्मत आएको थियो । त्यसैले उस्ले जस्तो सवाल उठाएको थियो त्यस्को जवाफ पनि म कडारुपमा नडराइ निर्धक्क भनिरहेको थिएँ । यतिकैमा उस्ले आँखा चिम्म गरत भन्यो । मैले त्यस्तै गरेँ । त्यसपछी उसले मेरो दुबै हात तानेर बिस्तारै आफ्नो दुइहातको अंञ्जुलिमा कसेर बोल्यो । गड प्रमिश आश्मा ! म तिमीलाई धोका दिने छैन । तिमीलाई रुवाउने छैन । तिमीसँग छुट्न हैन जुट्न माया गरेको हुँँ । विश्वाश गर । बिस्वासले नै सबैकुरा अडिएको हुन्छ । जुन हरेक ठाउँमा हुनु जरुरी छ । मलाई यती थाहा छ तिम्रो भरोस तोड्ने छैन । तिमीले दिएको मायालाई अपमान हुन दिनेछुइन । प्रमिस आश्मा । ऊ निक्कै बेरसम्म मेरो दुबै हातको हत्केला आफ्नो हत्केलाको बिचमा परेर बोली रहयो । निक्कै भाबुक बनेको थियो । त्यतिबेला मैले एकनिमेसले उस्को अनुहारको भाव र आँखाको भाका पढिरहेको थिएँ । ऊ साँच्चिकै म प्रतिको माया, प्रेम, सद्भाव पोखिरहेको थियो । मैले ऊ भित्र प्रस्टरुपमा उस्को प्रेम पढिरहेको थिएँ ।

यता म भने उसले मेरो दुबै हात समाएर बोलिरहँदा लाजले पानी पानी भएको थिएँ । आफै सरमले भुतुक्क बनेर स्वासले ठाउँँ नै छोड्ला जस्तो भएको थियो । मुटु जोडजोडले उफ्री रहेको थियो । अचानक ज्वरो आएको झैँ मेरो शरीर पुरै तातिएर आएको थियो । आज मलाई पहिलो पटक कुनै पुरुषले छुएको थियो । आज पहिलोपटक प्रेमको भावले कुनै पुरुषले मेरो हत्केला छुएर मेरो मनलाई स्पर्स गरेको थियो । खै कस्तो खालको कम्पन महसु भएको थियो शरीर भरी । त्यसपछी उसले यसो भनिसक्दा मैले मेरो हात उस्को हातबाट खुस्काइ सकेको थिएँ । मैले उस्को अनुहार नियाल्न सम्म सकिरहेकी थिईन । लाजले मेरो ओँठतालु नै सुकेको थियो । म केही भन्न सक्ने इस्थितिमै थिईन । बस उस्को कुरा एकतमासले सुनिरहेको थिएँ ।

करिब डेढ घण्टा जती हामीले त्यहाँ बिताएपछी त्यहाँबाट हामी दुबैजना निस्क्यौ । मलाई बेलुकिको ट्युसन जानु थियो त्यसैले म ट्युसन सेन्टर तर्फ लागे भने ऊ न्युरोडमा एउटा काम छ भनेर त्यतातिर लाग्यो । पुरानो पसपार्कको रोड सकिएर प्रदर्शनी मार्गतर्फ प्रबेश गर्नै लागेको थियो । हातमा भएको मोबाइलको रिंग बज्यो । हेरेँ राज कै रहेछ । अँ राज भन । नाइ त्यस्तो केही हैन । बरु भन तिमी कहाँ पुग्यौ ? उताबाट ऊ बोल्यो । उम प्रदर्सानीमार्ग पुगेँ । मैले जनाउ दिदै जवाफ फर्काएँ । त्यसपछी पुनह: राज बोल्यो आफ्नो ख्याल गर । राम्रो सँग जाउ है । अनी त्यहाँ बाटोको बिचबाट हिँड्ने हैननी । साइड प्यासेजबाट हिँड्नु । मैले मुसुक्क हाँस्दै हस हुन्छ भनेर बाइ राज ! तिमी पनि आफ्नो ख्याल गर है भनेर कल काटिदिएँ ।

उस्ले बोलेको कुरा सम्झेर फेरी एकपल्ट आफै एक्लै हाँसे । सम्झेँ, कती माया गरेको होला राजले मलाई ? किन यतिधेरै माया गरेको होला ? आखिर कोही त रहेछ मलाई पनि माया गर्ने । उसले त्यस्तो भनिरहँदा ऊ मेरो अभिभावक जस्तो महसुस भएको थियो । उस्को रेखादेखले त्योबेला म आफुलाई सानो बालक झैं महसुस गरेको थिएँ । म मनमनै निक्कै नै प्रसन्न र खुशी भएँ । साँच्चिकै भन्नु पर्दा म उस्को एक कलले पुलकित बनेको थिएँ । फुर्किएर हौसिएर हिँड्दा बाटो कतिबेला कटे पत्तै भएन । म त्यतिबेला मात्रै झस्केँ जतिबेला म ट्युसन सेन्टरको बिल्डिङ्ग मा पुगेर क्लासमा बसेर सर प्रबेश गर्नुहुँदा मात्रै थाहा पाएँ । मत अघिनै कतिबेला थाहै नपाई त्यहाँ पुगिसकेको रहेछु । कस्तो अचम्म यो सम्बन्ध भन्ने चिज पनि । जस्ले यती धेरै उर्जा र बेहोसी दुबै दिएको थियो मलाई ।

त्यसपछिका दिनहरु क्रमस बित्दै जान थाल्यो । हामी बिचमा घनिस्ट सम्बन्ध मात्रै होइन एकअर्का बिना एक पल पनि बाँच्न नसक्ने भएका थियौँ । हामी बिचको मायाको बिरुवा यती छिटो झाँगिएको थियोनी दिन दोगुना, रात चौगुना हुँदै हामी भबिश्यको कलपनाको कुरा सम्म गर्न सक्ने भएका थियौँ । बिहे कहिले गर्ने ? सन्तान कती बनाउने ? कस्तो बनाउने ? नाम के राख्ने ? कहाँ पढाउने ? म गर्ववती बन्दा कस्ती देखिन्छु ? अनी तिमी पहिलोपटक बाउ बन्दा कस्तो अनुभव गर्छौ ? पहिला छोरा पाउने कि छोरी ? भनेर आदी जस्ता स्वप्निल सन्सारमा हराएर गफै गफमा घर गृहस्थी बसाउन भ्याउथौँ । भबिश्यको योजना छिनभरमै बनाउँथ्यौँ अनी छिनभरमै फेरी भत्काएर अर्को नयाँ योजना बनाउथ्यौँ । साँच्चिकै हामी प्रेममा एकाकार बनिसकेका थियौ ।

शायद माया हुन्छ नै त्यस्तै, आँखामा हजारौँ सपना आउँछन अनी मनमा अरबौँ रहरहरु जन्मनछन । त्यसरी देखिने सपना र जन्मिने रहरहरु कहिलेकाही पलभरमै भत्कन्थे । त्यसरी कुरै कुरामा सपना र रहर भात्किदा भने निरास बनेर म रुन्थेँ । ऊ मलाई घन्टौसम्म सम्झाउँथ्यो । फकाउँथ्यो । म त्यसरी रुँदा होस या रिसाएर बस्दा वा घुर्काएर ऊ सँग झगडा गर्दा मलाई सम्झाएर, फकाएर घन्टौँ खर्च गर्थ्यो । तर पनि मेरो लहडमा ऊ कहिलै थाक्दैन थियो । भन्थ्यो तिमी जती रिसाउ, कराउ, झगडा गर तर म तिमीलाई माया गर्न छोड्दिन । तिमी बाहेक अन्त हेर्न त के सोँच्न पनि सक्दिन । मलाई कुनैदिन तिमी प्रती वाक्क दिक्क हुनेछैन । झर्को लाग्ने छैन । अझ म चाहन्छु तिमी यसरी नै मलाई सताइ रहु म तिमीलाई एउटा बालक लाई झैँ फकाइ रहन पाउँ । यसो गर्नु मै म तिमी भित्र प्रेम भेट्छु । म कामना गर्छु कि तिमीलाई फकाएर कहिले नथाकुँ । तिमीलाई माया गरेर म कहिले हरेस नबनुँ । आदी यस्तै यस्तै भनेर ऊ मलाई सम्हालिरहन्थ्यो ।

कहिलेकाही म सोँच्थेँ । मैले यती माया र केयरिङ्ग गर्ने जिबनमा सायदै अर्को पुरुष भेटउँदिन । ऊ जतिको मेरो लागि पर्फेक्ट पर्सानालिटी भएको अर्को छोरामान्छे पाउदिन । ऊ मेरो भाग्यमै लेखेर भेटिएको रहेछ क्यारे सायद । म कहाँ जादैछु । के गर्दैछु । किन जादैछु । कतिबेला खाएँ वा खाइन । कतिबेला सुते वा सुतिन भनेर मेरो हरेक गतिबिधिलाई नजिकबाट नियालेर मलाई भन्थ्यो । आश्मा तिमी बच्चै छौ । तिमीलाई यस्तो कुराहरु थाहा छैन । बेलामा सुत । ढिलो सुत्यौ भने भोली फेरी बिरामी हुनलाई ? यसैगरी ऊ मलाई भनिरहन्थ्यो । उस्को केयरिङ्गले म अबोध बालक झैँ महसुस गर्थेँ । साँच्चिकै मलाई केही आउँदैन झै महसुस हुन्थ्यो । मलाई उस्को यस्तो आदतको लत बसिसकेको थियो । हुनत उस्ले यसरी मुखले भन्नु मात्रै, न उस्को मनले मान्थ्यो न मेरो मनले । हामी जब रात परेर खाना खाएर बेडमा पुग्थ्यौँ तब घन्टौसम्म् कुरा गरेर बस्थ्यौँ । जब म ऊ सँग माया गर्न थालेँ तब कती रात कतिबेला सकियो ? कतिबेला सुत्यौँ कती घण्टा कुरा गर्यौ केही पत्तो थिएन । समयको सुत्नु उठ्नु खानु हिँड्नु कुनै लेखाजोखा थिएन । बस घन्टौसम्म बोलिरहन पाउँदा हामी दुबै हराउथ्यौँ कतै । जब भोलिपल्ट उज्यालो भएर कलेज जानेबेलामा आँखा पोलेर भतभत हुन्थ्यो तब थाहा हुन्थ्यो हामी रातभर सुतेनछौँ भनेर ।

हामी बिचमा त्यस्तो के कुरा हुन्थ्यो कुन्नी ! घन्टौँ बोल्दा पनि हाम्रो गफ नसकिएर कल राखिसकेर पनि झन्डै आधा घण्टा जती त मेसेजमा Good night र i love you भन्दै बित्थ्यो । घरि उस्ले बिदा माग्थ्यो घरि म । बाइ भनिसकेर पनि मेसेन्जरको इमोजी पठाएर कतै हराउँथ्यौँ हामी । love, kiss, hug वा गुलाफको फूलको आदी इमोजिहरु पालैपालो आदान प्रादान गरिरहन्थौँ । यसरी रातभर गफिँदा कहिलेकाही त कतिबेला निदाउँथ्यौँ पत्तै हुन्नथ्यो । कहिले ऊ निदाउँथ्यो भने कहिले म । यसरी निदाउँदा भने एकातर्फी मात्रै मेसेज लगतार आइरहन्थ्यो । अनी धेरैबेर पछी पनि कुनै जवाफ नआएपछी भने बल्ल मोबाइल अफ गरेर निदाउँथ्यौँ । त्यो पल, त्यो घडी अनी त्यो अभुतपुर्ब क्षण यहाँ म बयान गरेर पनि सक्दिन । शायद सताब्दिमै कसैले यती मिठो यती गहिरो यदी माया गरेको होस त्यो हामी दुई मात्र थियौँ । त्यो पल सम्झेर आज पनि मेरो मन यही भन्छ । युगौँ युगान्तर हाम्रो जस्तो मायालु जोडी यो दुनियाँमा फेरी जन्मने छैन ।

एकदिन कलेजबाट फर्किएपछी खाना खाइसकेर बेलुकी आफ्नै बेडमा पल्टिएर उस्को फेसबुकको वालमा गएर हेर्दै थिएँ । हेर्दै जाँदा केहीदिन अगाडि मात्रै ऊ कलेज भन्दा बाहिरको साथीहरुसँग घुम्न गएको रहेछ । त्यो मैले उस्ले पोस्टिएको तस्बिरबाट थाहा पाएँ । त्यसपछी उस्ले पोस्ट गरेको फोटोहरु खोतल्दै हेरेँ । तीन जना केटा र तीन जना केटीहरु मिलेर फुल्चोकी घुम्न गएका रहेछन । झट्ट हेर्दा सबैको आ-आफ्नै जोडी बाँधेर गएका जस्ता देखिन्थे । फोटोमा देखिएको भावभंगी हेर्दा लाग्थ्यो तिनिहरु प्रेमी प्रेमिका हुन । त्यहाँ भएको मद्धेको कुनै एकको बर्थ डे परेको रहेछ । ६, जना मिलेर जन्मदिन मनाइ रहेको ठाउँमा एकजना केटीले टाउको माथि राजकुमारीको जस्तो क्राउन लगाएर छोटो लुगामा सजिएर केकमा भएको क्यान्डल निभाउँदै गरेको तस्बिर थियो । त्यसपछी बाँकी फोटोहरुमा सबैले एकअर्कालाई केक खुवाउँदै अनुहारभरी केक दलेर खुब रमाइलो गरेको दृश्य थियो । राजले पनि उक्त केटीलाई केक खुवाउँदै गालामा चुम्बन गरेको र अँगालो हालेको तस्बिर रहेछ । त्यो तस्बिर देखेर मेरो मन भने चिसो भयो । त्यो गालामा चुम्बन गरेको तस्बिरले एकसुरमा काम गरिरहँदा पछाडिबाट आएर कसैले झस्काइ दिएको जस्तै झसंग भएँ ।

क्षणभरमै हातखुट्टा लल्याक लुलुक भएर आयो । टाउकोमा चक्कर लागेको जस्तो भयो । तिनभाउन्न भएर केही नदेखेको झैँ भएँ । एकछिन त त्यहीँ ढल्छु कि झैं भएको थियो । तैपनी मनलाई दर्हो बनाएर अन्य तस्बिरहरु हेर्दै गएँ । अन्य तस्बिरहरु पनि उस्तै गरी खिचिएका थिए । कुनै तस्बिर त्यो केटी राजको काखमा बसेको थियो भने कुनै दुबैले अंकमाल गरेको तस्बिरहरु थिए । झन ति तस्बिरहरुले मेरो होसहावास नै उडाइ दियो । त्यसपछी त अरु के चाहियो । हतार हतार गरेर उस्को फेसबुकको एलबममा गएर अन्य तस्बिरहरु पनि हेर्न मन लाग्यो । एल्बम भित्र छिरेँ । अन्य धेरै तस्बिरहरु थिए । तर मलाई भने राजको त्यो केटीसँगको अन्य तस्बिरहरु छन कि छैनन भन्नेमा ध्यान थियो । त्यसैले अन्य फोटोहरुको वास्तै नगरि म सरासर त्यही केटीसँग मात्रै भएको फोटोहरु खोजिखोजी हेर्नथालेँ । हेर्दैजाँदा अलिक तल पुगेपछी अघिल्लो साल मात्रै कालिन्चोकको हिउँमा हिउँ खेलाउँदै हिउँले हानाहान गरेको र हिउँको ढिस्को माथि उभिएर राजको पिठ्युँमा त्यो केटीलाई बोकेको तस्बिर देखेँ । तस्बिरको क्याप्सन हेरें । लेखिएको थियो । मेरो पुकु र म हिउँमा मस्ती ! त्यसपछी त झन हंसले ठाउँँ नै छोड्यो । म आफुलाई धोका भएको ठानेँ ।

यो मन पनि कस्तो अचम्मको ? मलाई ति तस्बिरहरु हेरेर पुगेन । मलाई त्यो केटीको फेसबुक वाल पनि हेर्न मन लाग्यो । त्यसपछी मैले राजले त्यसलाई ट्याग गरेर पोस्ट गरेको माध्यमद्वारा त्यस्को फेसबुक वालसम्म पुगेर हेरेँ । उनको फेसबुकको वालमा पापाको परि लेखिएको थियो । दुबैले एक अर्काको फोटो, क्याप्सन आदी पोस्टहरुमा लभ इमोजी रियाक्ट र हग गरेको इमोजी सहित एक अर्कालाई कमेन्टहरु गरागर गरेको भेटाएँ । राज र त्यो केटीको कमेन्ट रियाक्ट र तस्बिरहरुले उनिहरु दुबैजना प्रेमी प्रेमिका पक्का हुन भन्नेमा पुगेको थिएँ । त्यसपछी सय डिग्रीको तापमानमा आएको ज्वरो जस्तै शरीर पुरै तातिएर आयो । आँखा, गालाबाट तप्तप रगत चुहिएला जस्तो भएको थियो । मनलाई सम्हाली नसक्नु र आफुलाई काबुमा राख्न नसक्ने भएको थिएँ म । मलाई यस्तो लाग्यो कि राजले म संग प्रेमको नाटक गरेर मलाई टाइम पास गरेको रहेछ । उस्ले क्षणिक रोमान्स र म सँग समय ब्यतित गरेर रमाइलो गर्न चाहन्थ्यो । म उसको मिठोमिठो कुराहरुले ठगिएको महसुस भयो । उस्को मायाजालमा आफु फसेको अनुभुती भएर आयो । आँखाले चारैतिर हेरेँ, सुन्सान सन्नटा छाएको थियो । के गर्ने नगर्ने सोच्नै सकिएरहेको थिईन । त्यसैले मैले आफुले धोका पाएको सम्झिएर फेसबुक र फोन नम्बरमा समेत राजलाइ ब्लक गरिदिएँ । भोलिपल्ट सन्चो नभएको बाहानामा कलेज् पनि गईन । त्यसको लगत्तै अनिश्चित कालको लागि कुनै राजनैतीक दलको आह्वानमा नेपाल बन्द पनि भएको थियो । त्यसपछी भने हप्ता दशदिन जती राज र मेरो कुनै मेसेज, कल संपर्क केही भएन । 

बितेको हप्ता दश दिनमा मैले आफुलाई रित्तिएको पाएँ । सन्सारमा मेरो आफ्नो भन्नु कोही पनि नभएको जस्तो महसुस गरेर बिताएँ । सबै हाँसिखुसी भएको देख्दा म एक्ली टुहुरी जस्तै महसुस गरेको थिएँ । न भोक न प्यास, बिल्कुलै भोको पेटमा बिताएँ दुइदिन त । त्यसपछी भने केभयो भनेर माइजुले कराउनु भएपछी भने अलिअली गरेर खाना खाएँ । तर खाना भने फिट्टिकै रुची थिएन । खाना के खानु ? बरु आफै मरिदिउँ जस्तो भएको थियो । अब मैले कस्को लागि बाँचिदिनु छ र ? जस्तो भएको थियो । दिन कतिबेला बित्यो ? रात कतिबेला पर्‍यो बिल्कुलै बेसुरको बनेको थिएँ । सम्झन्थेँ उसले देखाएको माया र केयर सबै मसँग खेलबाड गर्नलाई देखाएको बनावटी नाटक रहेछ । दिन त जसोतसो बिथ्यो तर रात परेपछी भने रुएरै छर्लंग उज्यालो हुथ्यो । कती रात त रुँदारुँदा थाकेर कतिबेला निदाउथेँ पत्तै पाउँदिन थिएँ । करिब एक हप्ता भन्दा धेरै बन्द कोठा भित्र आफुलाई गुम्साएर रुँदारुँदा आँशु नै रित्याइ दिएँ जस्तो भएको थियो । यतिका दिनमा आफु घुट्घुटिएर बिताएँ । रुएँ, कराएँ चिच्याएँ जे गरेँ त्यो बन्द कोठा भित्र कसैले थाहा नपाउने गरेर आफुलाई खुब दु:ख दिएँ । दु:ख मात्रै होइन रिस वा पश्चाताप खै केले हो कतिपटक त बेड र भित्तामा मुड्की र आफ्नो टाउको नबजारेको पनि हैन । तर त्यसले झन उल्टै आफुलाई पिडा र दुखाई थपेको थियो । तर उस्को हर्कतले मेरो दुखेको मन शान्त हुने कुनै तर्खरमा थिएन ।

कलेज बन्द अवधिभर उस्लाई न मेसेन्जरमा अन्ब्लक गरेँ नत नम्बरमै । यो बिचमा कुनै खोजखबर पनि गरिन । त्यसपछी भने बल्लतल्ल कलेज लाग्यो । जान मन लागि नलागी, कलेज् गएँ । कलेजमा राजलाइ देख्न भेट्न पर्छ भनेर ढिलो गरेर जान्थेँ भने फर्किँदा पनि सबैभन्दा पहिला नै क्लासबाट निस्किएर हिड्थेँ । यो बिचमा उसले बाटो छेक्छ भनेर ट्युसन सेन्टर पनि गईन । कलेजको तेस्रो दिन राजले सोबिता लाई खबर पठाएछ । एकपल्ट राजलाइ भेट रे ! केहो मोरी दरो जमेको छकी क्या हो ? ल बधाई छ है ! यती भनेर जिस्काउँदै सोबिता त्यहाँबाट ओझेल परिई । म भने त्यो दिन पनि उस्लाई नभेटी रुमतर्फ लागेँ । अझ उस्ले बाटो ढुकेर बस्ला कि भनेर मभने भद्रकाली, सिंहदरबार र माइती नेपाल हुँदै अनामनगरको पछाडिको भागबाट त्यती लामो घुमेर रुम गएँ ।

यसरी नै राजको आँखा छल्दै मैले करिब् १५/२० दिनजती कलेज धाएँ । ऊ नजिक पर्न चाहन्थ्यो म छेउमै पर्दिन थिएँ । ऊ भेट्न खोज्यो म मौका छोपेर हिँड्थेँ । यसरी नै दुबैको लुकामारी गर्दागर्दै एकदिन हाम्रो क्लास सकिने अगावै बाहिर ढोकैमा आएर मेरो बाटो कुरेर बसेको रहेछ । म बाहिर निस्किनु बित्तिकै मेरो हातमा च्याप्प समातेर अलिक पर्तिर तानेर बोल्यो । आश्मा के भएको छ तिमीलाई ? किन भेट्न् चाह्दैनौ ? आखिर मैले तिम्रो के बिगारेँ ? के गल्ती गरेँ भन ? मैले कती मेसेज र कल संपर्क गर्न कोशीस गरेँ भनत ? किन ब्लक गरेकी मलाई सबैतिरबाट तिमीले ? यदी बिचबाटोमै छोड्नु थियो त पहिले मेरो प्रेम प्रस्ताबलाइ किन स्विकार्यौ ? म उस्को कुरा सुनेर पनि नसुने झैँ निरवत भएर ठिंग उभिएर सुनिरहेँ । ऊ एक्लै बर्बराइ रहेको थियो भने म किंकर्तब्यमुढ भएर एकोहोरो सुनिरहेको थिएँ ।

ऊ अझै अनेकन बर्बराइ रहेको थियो । मलाई उस्को अनुहार देखेर रिसले चुर-चुर भएको थिएँ भने भित्र कतैबाट भक्कानिएर रुन मन पनि लागिरहेको थियो । आँखाहरु गहरुङ्गा भएका थिए । तैपनी उस्को अगाडि आफुलाई रोक्ने प्रयास गरिरहेको थिएँ । उस्ले मेरो हात समातेर भत्भताइ रहेकोबेला झट्कारेर त्यहाँबाट हिँड्न खोजेँ तर सकिन । कुनै फलामको साङ्ग्लाले बाँधेझैं कसिएर मेरो नाडी उसको हातले समातेको थियो । मैले बल गरेर हिँड्न खोजेको देखेपछी फेरी पनि ऊ मेरो अगाडिपट्टी आएर पुनह: सोध्यो । आश्मा प्लिज ! तिमी यतिकै जान पाउँदिनौ । आखिर मैले त्यस्तो नराम्रो गल्ती के गरेँ र मलाई ब्लक नै गर्नुपर्‍यो तिमीलाई ? तिमीलाई थाहा छ ? आज कतिदिन भयो हामी नभेटेको, नबोलेको ? आखिर किन यस्तो गरिरहेकी छ्यौ ? यदी तिमीले मेरो गल्ती भनेनौ भने कसम म यहाँँबाट तिमीलाई जान दिनेछुइन । जसरी भएपनी तिमीले भन्नै पर्छ आश्मा । आखिर केको सजाय दिँदैछौ मलाई ? ऊ लगतार एक्लै प्रश्न माथि प्रश्न थोपरेर बोलिरहेको थियो । ऊ त्यसरी बोलिरहँदा उस्को आँखा छलेर हेरेँ आँखाभरी आँशु पारेको रहेछ । त्यसपछी भने कताकता माया लागेको जस्तो भएर आयो ।

त्यसपछी उस्को अनुहार पनि नहेरी लामो श्वास तानेर बोलेँ । अझ गल्ती गर्छौ तिमी ! अनी नजाने झैं गरेर उल्टै मलाई सोध्छौ मैले के गरेँ भनेर ? तिमीलाई अलिकती पनि लाज लागेन त्यस्तो गर्नु अघी ? भनत मैले तिम्रो के बिगारिदिएको थिए र यो सब मायाको नाटक गर्यौ ? मैले तिमीलाई पहिलै भनेकी थिएँ । मलाई मायाको झुटो नाटक गरेको मन पर्दैन भनेर । मलाई झुटा सपना पनि मन पर्दैन । आखिर यो सब प्रेमको नाटक गरेर तिमी मलाई के साबित गर्न चाहन्थ्यौ ? यही हैन तिमी पुरुष हौ ? तिमीले चाहयौ भने जस्तोसुकै केटी पनि पट्याउँछौ र आफ्नो पुरुष्वत्वको अहंकार देखाउँछौ हैन ? तर भो राज ! मैले तिम्रो सबै नाटकहरु देखिसकेँ । मलाई यो भन्दा अगाडि अब अलिकती फकाउने कोशीस नगर । मलाई यो भन्दा धेरै तिम्रो अभिनय हेर्नु पनि छैन । अनी तिमी यो पनि बुझिराख ! म तिमीले माफि मागेर वा तिम्रो बहकाउमा आउनेवाला केटी हैन । तिमीले सोँच्यौहोला आज म सँग रमाइलो गर्छौ । अनी भोली फेरी अर्कै केटीसंग प्रेमको गुल खिलाउँछौ हैन ? भनत म जस्ता कती केटीहरुको मन लुट्यौ ? कतिको मन रुवायौ ? आखिर तिमी केटाहरुलाई त्यस्तो गरेर कुन खुशी मिल्छ ? किन गर्छौ तिमी यस्तो ? ठिकैछ राज ! मलाई त मायाको झुटो नाटक गरेर रुवायौ । गल्ती मेरै हो । म तिम्रो हरेक मेसेज र पत्रहरुमा पोखिएको शब्दहरुले बहकिएको थिएँ । तर तिम्रा ति सबै शब्दहरु केटी पट्याउने अस्त्र रहेछन । तिम्रो रामबाणले मलाई त जिउँदै मार्यौ, अब उन्लाई नमार्नु । तिमी खुशी हुनु । तिम्रो नयाँ जिबन सफल बनोस । तिम्रो नयाँ प्रेमको सफलताको शुभकामना तिमीलाई राज ! उस्को बोल्ने पालो सकिएपछी मेरो बोल्ने पालो थियो । ऊ अघी मैले झैं चुपचाप सुनिरहेको थियो । म बोलिरहेको थिएँ ।

म अझै अरु केके बोल्न खोज्दै थिएँ । मलाई बिचैमा रोकेर राज फेरी बोल्यो । ओ हेल्लो ! तिमी यो सब केको कुरा गरिरहेको छ्यौ ? कस्को कुरा गरेकी तिमीले ? अनी मैले तिमीलाई धोका दिएँ रे !? भनत ! कहिले तिमीलाई मैले धोका दिएँ ? तिमी होसमा त छ्यौ ? तिमी सपनामा छ्यौ कि ? भाङ्ग खाएकी छ्यौ ? तिमीले अहिलेसम्म जेजे बोल्यौ त्यो सब सुनेर म आफै अल्मल्ल परेको छु । न मैले तिमीलाई धोका दिएको छु न मैले अरु कसैलाई प्रेमको नाटक गरिरहेको छु । तिमी जे भन्दैछौ त्यो सब मेरो व्यबहार बाहिरको कुरा गर्दैछ्यौ । मैले तिमीलाई माया गरेँ भन्दैमा यो हैनकी म हरेक केटी मान्छेलाई प्रेम गर्दै हिँडौँ, अनी उनिहरुको बैश चाख्दै हिँडौ । तिमीले यसरी सोँच्यौ पनि कसरी ?

ऊ यसरी बोलिरहँदा मैले डाटा खोलेर मोबाइलामा भएको उस्को फेसबुक खोलेर सबै फोटो र कमेन्टहरु देखाएँ । त्यसपछी मैले देखाएको फोटो र कमेन्टहरु हेरेर एउटा हात घुँडामा र अर्को हात निधारमा राखेर सरिरलाइ अलिक घोप्टिएको पोजिसनमा पारेर मरिमरी हाँस्न थाल्यो । त्यसपछी फेरी मैले भनेँ । कुनै ढाकछोप गर्न नसकेपछी म रंगेहात समातिएँ भनेर टार्नलाई हाँसेको हौला हैन ? हाँस, अझै कती हाँस्छौ । तर गूड् बाइ राज ! प्लिज मेरो पिछा नगर । मलाई जान देउ, मलाई एकपल पनि तिमीसंग बस्नु छैन । तिमी जस्तो निच धोकेबाज सँग मलाई एकरती पनि अडिनु छैन यहाँ । तिमी खुशी हुनु राज । मैले यती भनेर हात झट्कारेर फटाफट अगाडि बढेँ । म अलिकती अगाडि मात्रै के बडेको थिएँ उसले पछाडिबाट फेरी बोलायो । आश्मा जानु अगाडि एउटा कुरा सुनेर जाउ । तिमी जे गर्दैछौ त्यो सब गलत गर्दैछौ । तिमीले जे देख्यौ, जे भन्यौ त्यो सब गलत हुन । तिमीलाई म अहिले प्रमाण दिन त सक्दिन तर भोली मलाई दरबारमार्गको मोनालिस क्याफेमा अवस्य भेट्नेछौ । म तिमीलाई त्यहाँ कुरेर बस्नेछु । अनी यथार्थ कुरा केहो त्यहाँ तिमीलाई सब भन्नेछु । ऊ यती भनेर त्यहीँ उभिरहेको थियो । म भने त्यहाँबाट सरासर रुमतर्फ लागेँ ।

भोलिपल्ट कलेज सकिएर उस्ले बोलाएको क्याफेमा जाउँकी नजाउँ भन्दै दोधार हुँदै अगाडि बड्दै थिएँ । अलिकपर पुगेपछी फेरी अर्को मनले भन्यो हैन एकपल्ट गएर भेट्नु पर्‍यो । उस्ले के भन्न् खोजेको हो ? अन्तिमपल्ट गएर भेट्छु र जे भनेको भएपनी सुनिदिन्छु । तर उस्ले घुँडा टेकेर माफि मागेर घिटघिटाए पनि म उसँग फर्कनेछैन अब कुनैपनी हालतमा । मनमा यस्तै कुरा खेलाउँदै रुम हान्निएको पाइला फेरी दरबार्गको मोनालिसा क्याफे तर्फ अगाडि बड्यो । त्यहाँ पुग्दा एउटा टेबला दुइजना सँगै जोडीएर बसेका रहेछन । सँगै मत्लब मैले केहीदिन अगाडि फेसबुकमा देखेको त्यही केटी रहेछ । मनमनै सोँचे, मलाई देखाउन ल्याएको होला ? अर्कोमनले भन्दै थियो । बादरनी अर्काको मान्छे खोस्नेलाई त्यही भुत्लाएर पिटपाट पारीदिउँ । तर आफुलाई सम्हाल्दै उनिहरु भएको टेबलछेउमा पुगेर कड्किएर बोलेँ । भन राज ! किन बोलाएकी तिमीले मलाई ? बसन । बस्न आग्रह गर्दै राज बोल्यो । म यहाँ बस्न नपाएर आएकी हैन, भन के भन्न बोलाएको हौ तिमीले ? मैले यसरी कड्किएर बोल्दा उसँगै बसेको त्यो केटी भने मुसुमुसु हाँस्दै थियो । मानौ ऊ मेरो दुखेको घाउमा नुनचुक छर्की रहेको थियो भने हाँसेर मेरो रिसलाई उपहास गरिरहेको थियो । यतिकैमा त्यो केटी बोलीईन । बस्नुहोस्न । त्यसपछी भने आफ्नो रिसको पारो कन्ट्रोल गर्दै उनिहरु बसेको टेबलको ठीक अपोजिट बसेँ ।

त्यसपछी राज मुसुस्मुसु हाँस्दै मतिर फर्किएर आफ्नो आडैमा भएको केटीलाई देखाउँदै बोल्यो । यतिका दिन तिमीले मलाई ब्लक गर्न परेको मुख्य जड उनी नै हुन । उनको नाम प्रिती ! यानिकी प्रिती रिजाल । मेरो आफ्नै कान्छी बहिनी । हामीहरु काठमान्डौमा दाई भाउजु म र बहिनी चारजना संगै बस्छौ । दाई र भाउजु जब गर्नुहुन्छ । म र बहिनी पड्छौँ । गाउँमा बाआमा मात्रै हुनुहुन्छ । बहिनी यही एउटा प्राइभेट कलेजमा होटल म्यानेजमेन्ट पढ्दैछ । मलाई फिट्टिकै मन नपर्ने बिषय । पढाई सकिएपछी काम पाउन पनि हम्मेहम्मे पर्छ । नेपालमा त्यती ठुलाठुला होटलहरु हामीसबैलाई पर्याप्त जागिर पुग्ने गरेर छँदा पनि छैनन । तर प्लस टु सकेर ब्याचलरको होटल म्यानेजमेन्ट पहिलो बर्ष पड्दैछिन । यती भनिसकेर फेरी म तिर ईशारा गरेर देखाउँदै बोल्यो । उनी चैं आश्मा । हामी एउटै कलेजमा पढ्छौँ । उनी मेरो मिल्ने साथी हुन । यती भनेर राज फेरी मुसुक्क हाँस्यो ।

त्यसपछी भने अघिल्लो दिन मेरो कुरा सुनेर त्यो फोटो हेरेपछी राज मरिमरी हाँस्नुको रहस्य बल्लपो खुल्यो । उस्को कुरा सुनिसकेर कताकता अचाक्ली लाज लागेर आयो । आफैलाइ मन भित्र यो मैले के गरेँ भनेर काउकुती लागेर आयो । पछुतो पनि भयो । तर सरी राज भन्न सकिन । उनिहरुको अगाडि म लज्जित त बनेकै थिएँ अझ त्यो भन्दा धेरै प्रमाण नै जुटाएर देखाउनलाई राजले आफ्नो बहिनिलाई नै लिएर आएको थियो । उनिहरुसँग मैले ठाढो शिर गरेर नजर जुधाउन सम्म सकिन । साँच्चिनै आफुले देखेको सुनेको कुरा पनि साँचो नहुन सक्छन भनेको यही होला । कतिपय आफ्नै आँखाले देखिएका सत्य नहुन सक्छन । आफ्नै आँखाले पनि धोका खान्छन भनेको हो रहेछ । मैले राजलाइ एकबचन पनि नसोधी रिसले आगो बनेको थिएँ । खास केही सोध्न नपाई आफैले आवेसमा आएर मैले उस्लाई ब्लक गरेको थिएँ । ब्लक गर्नु मात्रै हैन झन्डै महिना दिन जती आफु पनि तड्पिएर बस्नु पर्‍यो भने उस्लाई पनि तड्पाएर राखेँ । मलाई मन भित्र लाज र ग्लानीले भरिएर आयो । आफैदेखि रिस उठ्यो । मनमनै भनेँ । अबदेखी केही हुनु वा गर्नु अगाडि मैले उस्लाई सोध्नुपर्छ । हरेक कुराको पर्याप्त जानकारी र सुचनाको आदान प्रदान गरेर मात्रै गर्नु बोल्नु उचित हुन्छ भनेर सोँचे । यतिकैमा राजले चाउमिनको अर्डर गर्‍यो । केहीबेरको पर्खाइ पछी चाउमिन आइपुग्यो । केहीछिन पछी खाइसकेर हामीहरु छुटियौँ । आउँदा बाटोभरी पश्चताप र लाज लागिरहयो । बाटोमा हिँड्दा कतै सरमले एक्लै मुसुक्क हाँस्थेँ भने कतै आफै भित्र मनले राजसँग सरी भन्दै मनभरी कुरा खेलाउँदै रुम पुगेँ ।

आफै देखी लाज, घिन, पश्चाताप, ग्लानी आदी केके भएको थियो, थियो । आफ्नै गल्तिका कारण मन एकछिन पनि थिरमा थिएन । दिमाग हल्लिएको जस्तो भएको थियो भने मन भित्र संकुचित अफ्सोँचले उथपथल भएको थियो । मन बेचैन थियो । आफुलाई सम्झाउन बुझाउन खोज्दा खोज्दै पनि सम्हालिनु गाह्रो भएको थियो । दिउँसोसम्म कुरा नबुझेर उस्लाई चारतिर ब्लक गरेको थिएँ भने अहिले उसँग कसरी बोल्ने होला भनेर छट्पटी छाएको थियो । कुनै कुराको जानकारी नपाई आफुले गरेको ऊ प्रतिको व्यबहार सम्झिएर आफैदेखि रिस पनि उठेको थियो । छि ! कस्तो मान्छे होला म ? भनेर आफैलाइ धिक्कारी रहेको थिएँ । तर जतिकोसिस गर्दा पनि आफु भित्रको गल्ती छुपाउन सकिन र राजलाइ सरी माग्दै ब्लक गरेको फेसबुक खोल्दै मेसेज लेखेँ ।

राज !
सर्बप्रथम त माफि चाहन्छु । थाहाछ मलाई सरी मागेर मेरो गल्तिको प्रायश्चित हुन सक्दैन । किनकी मैले वास्ताबिक्ता नबुझी तिमीलाई ठुलो आरोप लगाएको छु । मैले दाजु बहिनिको जस्तो पवित्र सम्बन्धलाई पाप सोँचेर अपवित्र बनाएको छु । यथार्थ बुझ्नु अगाडि तिमीलाई सोध्न वा तिमीले त्यस्को स्पष्टिकरण दिने मौकै नदिई ब्लक गर्नु अर्को ठुलो अक्षम्य भुल थियो । त्यसैले पनि मैले माफि मागेर पनि तिमीले मेरो गल्तिलाई क्षमा दिन्छौ या दिँदैनौ थाहा छैन । तर यथार्थ नबुझी आक्षेप वा तिमीलाई दोश लगाउनु ठुलो भुल भयो । त्यसैले पनि यदी सक्छौ भने बिन्ती गर्छु राज ! मलाई माफ गरिदेउ । अब देखी संकाको भरमा र आफ्नो आँखाले नदेखी कुनै पनि कुराको आरोप लगाउने छुइन । अर्थात मेरो गल्तिको जे सजाय दिन्छौ म भोग्न तयार छु ।

म के गरौँ राज ? यो मन हुन्छ नै त्यस्तै । आफुले माया गरेको मान्छे अरुकसैको अंगालोमा देख्दा वा साथमा देख्दा कुनचै प्रेमिकाको मन थामिन्छ होला ? हो मैले पनि तिमीलाई प्रिती अर्थात तिम्रो बैनिसँग बिभिन्न पोजमा फोटो पोस्टिएको देखेपछी आफुलाई थाम्न सकिन । रिसको पारो यती माथि पुगेको थियोकी मैले चाहेर पनि रोक्न सकिन । भएभरका तस्बिर र कमेन्टहरु देख्दा मलाई लाग्यो तिमीहरुको सम्बन्ध दाजुबहिनिको जस्तो नभएर अरुनै केही हो भन्ने लाग्यो र वास्ताविक्ता नबुझी तिमीलाई ब्लक गर्न वाध्य भएँ । यथार्थ बुझ्न नखोज्नु मेरो गल्ती भएपनी त्यो अवस्थामा तिमी भएकोभए के गर्थ्यौ भनत ? हो तिमीले पनि मैले झैँ अवस्य त्यस्तै गर्नेथियौ । या,त मलाई एकबचन सोध्दा पनि नसोधी खुब गाली गर्थ्यौ होला । किनकी समय परिस्थितीले नै मान्छेलाई अनेक सोँच्न वाध्य बनाउँछ । त्यही गलत सोँचाइकै कारण दुर्घटना वा घटना घट्न पुग्छन । हो त्यतिबेलाको मेरो रिस र आवेग त्यही गलत बुझाईको परिणा थियो ।

तिमी पनि आफै सोँचत ! यदी मेरा तस्बिरहरु तिमीले नचिनेको कुनै केटाहरुसँग हुन्थ्यो वा देखेको भए तिमीले पनि मैले जस्तै सोँच्ने थियौ । म जस्तै तिमी पनि रिसाउने थियौ । किनकी आवेगमा मान्छेले होस गुमाउँछ । होस् मात्रै हैन राज ! मान्छे त्यतिबेला साँच्चिकै राक्षस बनेको हुन्छ । पशु बनेको हुन्छ । साँच्चै भनौ भने मान्छे त्योबेला अन्धो बनेको हुन्छ । हो म पनि त्योबेला अन्धो भएँको थिएँ । मलाई यस्तो लाग्यो, म आफु तिमीबाट ठगिएको महसुस भएको थियो । तिमीले ठुलो धोका दिएको अनुभुती भएको थियो । एकसब्दमा भन्ने हो भने मैले तिमीलाई माया गरेर जीबनकै सबैभन्दा ठुलो भुल गरेकी भन्ने लागेको थियो । तर दिउँसो क्याफेमा जे प्रमाण दियौ त्यसको लागि मेरो कुनै शब्दहरु छैनन । म आफु साँच्चिकै लज्जित महसुस गरेको छु राज ! म तिम्रो सामु अनुहार देखाउन पनि नसक्ने भएकिछु । एउटा पवित्र सम्बन्धलाई अपवित्र सम्झेर तिमीसँग कसरी म आँखा जुधाउँ ?

राज ! प्रेम जती मिठो र मायालु हुन्छ उतिनै किन यती कठोर हुन्छन ? माया किन यती निर्मोही हुन्छ ? अनी त्यही प्रेमको निम्ती मान्छेको मन किन यतीबिघ्न स्वार्थी बन्छ ? मलाई थाहा छैन राज ! तिमी प्रतिको आघाध माया हो या म भित्रको स्वार्थ, डाहा, इर्श्या, रिस, राग, वा अबुझपनको बहुलठ्ठिपन ? किन किन यो मनले तिमीलाई अरुसँग हाँसेको, बोलेको मस्किएको देख्नै चाहदैन । कतै देखेँ भनेपनी यो मन आतिन्छ । छाती निस्सासिन्छ । रिसले चिटचिट पसिना छुट्छ । आखिर यस्तो हुन्छ किन ? म साँच्चिकै पागल भएकोछु तिम्रो मायाको निम्ती । तिमीसँग बोल्ने केटीहरुलाई काँच्चै निलिदिउँ जस्तै हुन्छ । चिथोरेर चोटैचोट बनाइदिउँ जस्तो हुन्छ । किन यतिधेरै जलन हुन्छ मलाई । हो राज ! केही महिना अघिसम्म तिमी मेरो लागि डरलाग्दो अपरिचित पुरुष थियौ भने अहिले मेरो सरिरको प्राण भएको छौ । तिमीबिना जिउन त के एकपल पनि श्वास लिन सक्दिन जस्तै हुन्छु । कहिलेकाही तिमी अरुकसैको भएको कल्पना गर्दापनि बहुलाउँछु जस्तै हुन्छु । साँच्चिकै म बेकाबु भएकोछु राज बेकाबु ।

एउटा कुरा साँच्चिकै भन्नुपर्दा म तिमीजस्तो हरेक कुरालाई सोँचबिचार गरेर सहि निर्णय लिनै सक्दिन । तिमीले जस्तो म हरेक कुरालाई सहज ढंगले बुझ्न सक्दिन । म लाटी छु । तिमीलाई जस्तै मलाई प्रेम गर्न आउँदैन । तिमीले जस्तै माया पोख्न आउँदैन । तिमीले जस्तै आत्मिय देखाउन आउँदैन । तर मलाई यती थाहाछ राज ! जसरी हावाबिना पात हल्लिदैनन उसैगरी तिम्रो मायाबिना म अलिकती पनि हल्चल हुननसक्ने भएको छु । अक्सिजन बिना जसरी यो धर्ती रहँदैन उसैगरी तिमीबिना म रहन नसक्ने भएको छु । मेरो लागि अब तिमी कम्जोरी भएको छौ । तिमीलाई गुमाउन फिट्टिक्क मन छैन । तिमीसँग कयौँ सपनाहरु देख्न थालेकोछु । यो मनभित्र कयौँ रहरहरु पालेकोछु । कयौँ इच्छा आकाँक्षाहरु मनभित्र सजाएकोछु । थाहाछैन भोली जीबन रहन्छ रहँदैन तर जीबनको अन्त्यसम्म तिम्रो हात समाएर सँगै हिँड्ने उत्कन्ठ चाहनाहरु पलाएकाछन । तसर्थ तिमीलाई पाउनु भन्दा गुमाउनुको ठुलो डर र भय उब्जिएकाछन म भित्र । एउटा माया गर्ने मान्छेको लागि यो गलत पनित हैन । हैन र राज ?।

राज ! आफुलाई नै बिर्सिएर तिमीलाई प्रेम गरेकी छु । एकअर्थमा तिमिमाथी ठुलो भरोसा छ मलाई कि भबिश्यमा कुनैपनी प्रकारको बहानाबाजी गरेर टाढिने कोशीस गर्ने छैनौ । मेरो जात, धर्म र सँस्कृतिले एउटा परम्परा निभाएपनी म हाँसिखुसी तिम्रो धर्म सँस्कार परम्परामा आउन तयार भएकिछु । मैले मेरो परिवारको भन्दा अधिक तिमीलाई प्रेम गरेकोछु । भोली समाजले के भन्ला भन्ने डर र पिर त छँदैछ, त्यो पनि टाउकोमाथी लिएर तिमीसँग एउटै छतको छानामुनी ओत लाग्न तयार छु । तर म अझै पनि भन्दैछु, र यो बराबर हजारपटक भन्छु, कुनैपनी बाहानाबाजिमा मेरो हात छोड्ने छैनौ । मसँगैको पाइला मोड्नेछैनौ । आज निभाएको साथ भोली एक्लै बनाउने छैनौ भन्ने पूर्ण बिश्वासमा बाँचेको छु राज ।

अन्त्यमा मैले गरेको अक्षम्य भुललाई माफि दिन्छौ भन्ने आशा गर्दै हृदयको अन्तरकुनाबाट मिठो माया र चुम्ब्बन पठाएको छु । सहस्र स्विकार्छौ भन्ने मनमा लिएको छु । शायद तिमीलाई मदेखी खुब रिस उठेको हुनुपर्छ । तर जतिनै रिस उठेपनी तिमी मायालु छौ । तिम्रो यही मायालुपनले गर्दा नै तिम्रो सामु आउन वाध्य गरायो मलाई । यही बिस्वासले नै माफि दिन्छौ भनेर क्षमायाचना मागेकिछु तिमीसँग । यदी मदेखी खपिनसक्नु रिस उठेकोभए कम्सेकम हाम्रो मायाको लागि भएपनी माफ गर है ल ? हस्त रात निक्कै छिप्पियो । बाँकी पहिलेको झैँ कलेजमा भेट्ने नै छौँ । मनमा लागेका तितामिठा कुराहरु आपसमा सेयर गर्नेनै छौँ । यतीभन्दै अहिलेलाई बिदालिएँ हस ? बाई राज ।

उही तिमीलाई सदा माया गरिरहने
पागल केटी आश्मा ।

मनभरी केही डर त, केही लाज बोकेर मेसेज लेखिसकेर पठाएँँ । त्यसपछी भने मनमा एकप्रकारको चैनको अनुभुती भयो । आफैलाइ आफ्नो शरीर हलुका भएको जस्तो भानभयो । अघिसम्म छातीभित्र केही अड्किएको जस्तो, ऐठन भएको जस्तो लाग्ने महसुस सबै शान्त, सितल र हलुका भएको थियो । शायद यही हलुकापन र सरिरमा आएको स्फुर्तिले नै तन पनि हावामा तैरिरहेको जस्तो हलुका भएरहोला कती मिठो निन्द्रामा परेछु ।

बेलुका त्यतिबेला सुतेको मान्छे भोलिपल्ट बिहान कलेज जाने घडीको आलाराम बज्दा मात्रै बिउँझिएँ । बिउँझदा शरीर फ्रेस भएको जस्तो अनुभुती भएको थियो भने मन पनि चंगा झैँ हलुका भएको थियो । ओछ्यानबाट बिउँझनु मात्रै, एकैचोटी राती पठाएको मेसेजमा दिमाग गईहाल्यो । सोँचे, राती पठाएको मेसेज उस्ले हेर्यो कि हेरेन ? एक्कासी मनमा हुटहुटी जागेर आयो । त्यसपछी सुतेकै अवस्थामा ओछ्यानबाटै मेसेन्जरको इन्बक्स खोलेर हेरेँ । मेसेज हेरिसकेको रहेछ उस्ले । हेर्न मात्रै हैन मैले पठाएको मेसेजको जवाफ पनि पठाएको रहेछ ।

प्राण भन्दा पनि प्यारी आश्मा ।
माया कती गर्छु नसोध, तर अबिरल बग्ने कहिलै नसुक्ने हिमनदी जतिकै स्वच्छ, निश्चल र अनगिन्ती गहिरो माया तिमीलाई । प्रेमको प्रण भनौँ या मायाको बन्धन ? ति हरेकलाई भाकेर कहिलै नछुट्ने बाचा तिमीलाई । सँगै जिउने, सँगै मर्ने त भन्दिन म, तर तिम्रो आयुको लाख-लाख कामना सहित मेरो आयु पनि तिमीलाई । त्यसैले कती माया गर्छु तिमीलाई म आफैलाइ थाहा छैन । नसोध त्यसको आयतन र परिधी । बस मलाई यती थाहाछ, यो धर्तिको आकार र आयतन भन्दा धेरै माया तिमीलाई ।

प्यारी मुटु ! गल्ती मान्छेबाटै हुन्छ, पिर गर्नुपर्दैन । तर मान्छेबाट गरिएका गल्तिहरु दुइप्रकारका हुन्छन । तिनिहरु एकत मान्छेले नजानेरै भुलबस गर्छन । अर्को जानिजानी वा नियतबस गर्छन । तर यिनिहरुमा पनि फरक केछभने अन्जानमा गरिने गल्ती वा भुललाई मान्छेले नै माफि दिन्छन र भुलबस हुने गल्तीलाई गल्ती भनिदैन । संयोग वा दुर्घटना भनिन्छ । क्षमा दिन सकिन्छ । अर्को, जानेर, बुझेर वा नियतबस गरिन्छ । त्यस्ता भुलहरु क्षम्य हुन्छन । जुन माफि दिएर पनि क्षमदान हुँदैनन । किनकी जानेर गरिएका गल्तिको न कुनै माफि हुन्छ न कुनै प्रयासचित नै । तर तिमीले गरेको भुल नियतबस र जानेर गरेकी थिएनौ । त्यसैले तिमीले माफि माग्नुपर्ने र मैले क्षमादान दिनुपर्ने त्यस्तो केही कारण छैनन ।

तिमीले भनेका कुराहरु सतप्रतिसत सत्य हुन । किनकी तिमीले मेरो बहिनीलाई न देखेका थियौ, नत चिनेको नै ! बिल्कुलै अन्जान थियौ र तिमीले त्यस्तो सोँच्नु स्वभाविक थियो । यस्लाई मैले अन्यथा ठानेको छुइन । यती भन्दाभन्दै पनि एउटा कुरा सत्य केहोभने हामीहरु मान्छे भएर चेतनशिल भईसकेपछी कुनै काम गर्नुपूर्व वा गरिसकेपछी त्यसको परिणाम् थाहा पाएरै अगाडि बढ्नु उत्तम हुन्छन । नत्र कहिलेकाही पछुताएर वा प्रयाश्चित गरेरपनी पुरा नहुने दुर्घटना हुनपुग्छ । यस्मा भने हामीले केही सचेत हुनैपर्छ । तिमीले पनि देखेका ति सबै तस्बिरहरुको गलत अर्थ लगाउनु अगाडि यथार्थ बुझ्न खोजेको भए सुनमा सुगन्ध हुन्थ्यो । तर खैर जेहोस ! तिमीले आफ्नो गल्ती महसुस गरेकीछ्यौ । यही नै ठुलो महानता हो तिम्रो । म यसैमा बेहद खुशी भएको छु । कम्सेकम तिमीले आफ्नो गल्ती त, महसुस गर्यौ ।

प्यारी आश्मा ! हो म तिमीलाई प्रेम गर्छु । प्रेम मात्रै हैन जीबनभर सँगै डोर्याउने सारथी सम्झिएकोछु । एउटा घाम हो भने अर्को छाँया हो । एउटा बषन्त हो भने अर्को फूल हो । एउटा शरीर हो भने अर्को छाँया हो । एउटा मुटु हो भने अर्को धड्कन हो । तिनै मुटु र धड्कन बिचको सम्बन्ध नै मृत्‍यु र जीबन हो । जो हामी हौँ । एकअर्काको हृदयले नै हामीलाई जोडेकोछ । अनी हाम्रो जीबनलाई । त्यसैले म भन्छु अब तिमी मेरो लागि तिमी मात्रै होइनौ । कुनै आश्मा नामको केटी मात्र रहेनौ । त्यतिमात्रै हैन तिमी मेरो प्रेम मात्रै रहेनौ । अब हामी एकअर्काको जीउने बैसाखी हौँ । प्रेमी प्रेमिकाले बाधेको सम्बन्ध मात्र हैन । घाम, पानी, झरि-बादल, बर्षा, हिउँद, दु:ख:सुख, सबै बराबर बाँड्ने छौँ । एकअर्थमा भन्नेहोभने हामी एकरथको दुई पाँग्रा भएर जीबन काट्नेछौँ, यो मेरो बाचा भयो तिमीलाई । न कहिले भुल्ने छु, न कहिले घात गर्नेछु नत रुवाउने नै छु । हमेसा तिम्रो छाँया बनेर हिँडिरहने छु ।

प्यारी आश्मा ! तिमीले समाजको कुरा गरेकी छ्यौ । दुनियाँँले के भन्ला भनेर भनेकी छ्यौ । तिमीले भनेका ति सबै समाज वा यो दुनियाँँसँग मलाई कुनै मत्लब छैन । तिनिहरुले मलाई कुनै फरक पार्दैन, नत कुनै असर नै । यदी फरक पार्छ भने त्यो केवल तिमी मात्र हौ । किनकी तिमीले मेरो हात छोड्यौ भने म, म हुन्न । जस्तो आज छु तिम्रो अगाडि त्यस्तो भोली म रहन्न, किनकी मलाई तिमीबिना रहनै छैन । तिमीबिनाको जीबन कल्पना पनि गर्न सक्दिन । त्यसैले प्रिय आश्मा ! एउटा गीत छ, दुनियाँँलाई टाढा छोड, आफ्नै मनलाई सोधिहेर...! हो दुनियाँँ त अरुको कुरा काट्नकै लागि बनेका हुन । पाप हैन पून्य हो माया । अभिषाप हैन पूजा हो माया । तिमीले सोँच्यौ भने देवताको बास हो माया । आँखा चिम्लिएर हेर्यौ भने मन्दिर, मस्जिद, गुम्बा र चर्चाहरु यि सबै प्रेमकै प्रतिक हुन ।

भन्नेले त यहाँँ के-के भन्छन, भन्छन । आफु जन्मेको कोखलाई त दोष लगाउन नछोड्ने मनुष्यहरुले हाम्रो प्रितलाई दोष देख्नु अनौठो हैन आश्मा । त्यसैले बिन्ती गर्छु तिम्रो सिउँदोको सिन्दुरको हक बनेर अर्को जुनिपनि तिम्रै सौभाग्यको गाँठो बनेर कसिरहने मन छ । तिम्रो भौतिक शरीरलाई मेरो अधिनमा कसेर राख्ने सपना छ । बस मलाई तिम्रो माया र हिम्मतको खाँचो छ । तिमी हुन्छ मात्रै भन म जितेर देखाउनेछु प्रेमको युद्ध, जुन हामीदुबै चाहन्छौँ ।

तिमीले मलाई कुनैदिन भनेकी थियौ । राज ! मलाई लैजानुन अर्कै देशपारी, जहाँँ कसैले नदेखुन । किनकी ! मैले तिमीभित्र त्यो प्रेम भेटेँ जुन आजसम्म मैले महसुस गर्नै पाएको थिईन । हो राज ! म तिमीबाट मात्रै पूर्ण हुनेरहेछु । मेरो मायाको तृस्णा तिमीबाट मात्रै तृप्त हुनेरहेछ, जहाँ तिम्रो माया नै माया होस । मैले थाहा पाइसकेँ राज ।

अनी फेरी यस्तै कुनैदिन भनेकी थियौ आश्मा ! शब्दमा उतारिने प्रेमको ऐना वास्ताविक जीबनमा हेर्न खोजिएको ऐना जस्तै नभईदिनाले नै दुख्ने रहेछ । हो तिमीलाई प्रेमगर्न थालेदेखी तिमीलाई गुमाउछु कि भन्ने भयले घच्घचाउँछ । तिमी अरुकसैको हुन्छौ कि भन्ने डरले सताउँछ ।

तर हैन आश्मा ! प्रेम शब्दमा सिमित रहने हुँदैहैन । योत, त्याग, तपस्या र बिस्वासले नै युगल जोडीहरु बन्दछन । यिनैले मुनामदन जन्मिए । यिनैले प्रेम पूर्ण हुन्छन, सफल हुन्छन । तिमीले भनेजस्तै म न अरुकसैको हुनेछु । नत तिमीबाट अलग नै हुनेछु । जीबनभरको यात्रा सँगै तय गर्नकै लागि तिम्रो हात मागेको हुँँ । त्यसैले आउ मेरो हात समाउ, माया गर्ने अरु जोडीहरुले जस्तै हामी पनि एउटा नयाँँ जीबन जन्मौँ फेरी । प्रेमिल सन्सारमा चखेवाको जोडीजस्तै भएर बाँचौँ हामी । यो समाजलाई छोडेर प्रेम गरौँ, माया गरौँ । दुनियाँँलाई भनौँ कि हामी मर्न सक्छौँ तर छुट्न सक्दैनौँ । हामीलाई खुलेर बाँच्न देउ, माया गर्न देउ खुला आकाशको पंन्छी जस्तै उन्मुक्त । र, पुनश्च: मेरो प्रेम बिन्ती तिमीलाई ।

अन्त्यमा उज्यालो भईसकेको छ । तिम्रो मेसेज पढेर खुशीले पुलकित हुँदै मोबाइलको स्क्रिनलाई सयौँ पटक चुम्बन गर्दै निदाउने प्रयास गर्नेछु । यती भन्दै असिम मायाको चुम्बन पठाएको छु तिमीलाई । लिन्छौ र आँखा चिम्लिएर म भएको अनुभुती गर्छौ भन्ने आशाको साथ बिदा हुन्छु । हस्त बाइ आश्मा ।

उही तिम्रो राज ।

ओ माइ गड ! मेरो मेसेजको जवाफ यती मिठो र प्रेमयुक्त आएको थियो नी ! जुन म यहाँ भावमा ब्यक्त गर्न सक्दिन । बिहान कलेज जानलाई ढिला भईसकेको थियो । तैपनी कयौँपट उस्को मेसेजहरु पढेर आफुलाई तृप्त पारेँ । जतिपटक पड्छु उतिपटक मन भोको हुन्छ । किन-किन बारबार पढेर पनि त्यो मेसेज कहिलै नटुंगियोस, म लगतार पढिरहुँ यस्तै अनुभुती भएको थियो । तर के गर्नु ? कलेज जान ढिला भएकोले हतार हतार गरेर म बाटो लागेँ ।

मिती- १४, फाल्गुन २०७९

Sunday, February 12, 2023

कथा- बार्दलिको जून-भाग- ७

भाग-

 

खुशी त्यहिँबाट हरायो जुनदिनबाट बाल्यकाल सकियो खुशी त्यहिँबाट बिलायो जुनदिनबाट बैशालु आँखाले देखेको सपना पनि बिलायो हो खुशी त्यहिँबाट अस्तायो जुनदिनबाट जिन्दगीको घाम डुब्यो अस्ताउनु एक बाहाना थियो जहाँँ जिन्दगीले संघर्षको बाटो समायो हो त्यही आश्चर्य लाग्दो जिबन डोराएर आजसम्म हिँडिरहेकोछु एउटा अफ्ठ्यारो साँघुरो बाटोमा थाहाछैन यसको गन्तब्य कहाँँ पुगेर टुंगिने हो यिनै भोगाइहरुमा जिन्दगीले केही मिठा केही तिता पलहरु बाँचेकोछ कहिले पुर्णेको जून जस्तै सुन्दरपलहरु बाँचेकोछ भने कहिले चुक जस्तो घोप्टिएको औँशिको कालो रात बाँचेको तर कस्तो अचम्म ! खुशीका ति सुन्दर पलहरु पाहुना जस्तै आएर गए अनी दु:, पिडा हमेसा साथमै रहयो जुन आएपछी कहिलै फर्किएर गएनन जो आज आफै भोगिरहेकोछु

पहिले पहिले सोँच्थेँ कस्को लागि स्वर्ग बनायौ भगवान ! यहाँँ कोछर पाप गर्ने !? तर हैन रहेछ, यहाँ पापै पापको मात्र दुनियाँँ रहेछ पाप दुश्कर्मले भरिएको मान्छे भन्दा अरु कोही देखिन मैले आजसम्म शायद त्यसैलेहोला इश्वरले स्वर्ग नर्कको सृजना गरेका तर मलाई तिनका पनि भरोसा छैन किनकी ति सबै पाप गर्नेहरु कोही नर्क गएको देखेको छुइन आजसम्म, अनी स्वर्ग पनि त्यसैले तिनिहरु स्वर्ग जान्छन वा नर्क ? आजसम्म थाहा लागेको छैन कसैले देखेर आएको हैन तैपनी स्वर्ग हुन्छ भनेको सुनेकोछु एकमनले सोँच्छु यो स्वर्ग कस्ले देखेर आयो होला ? कस्ले सुनायो होला ? आखिर कोही होला देखेर आउने ? नत्र कस्ले फैलायो होला यो कुरा धर्मात्मिलाइ स्वर्ग पापिलाई नर्कमा लगिन्छ भनेर यदी साँच्चिकै स्वर्ग नर्क हुन्छ भने मलाई हेर्ने मन ति पापिहरुलाई नर्क लगेको

मेरो जिबनमा आकाश भन्दा फराकिलो छाती लिएर आएको थियो जहाँ हराउन सक्थेँ लाखौंँ सपना अटाउने प्रेमको नयन लिएर आएको थियो जहाँ बिस्तारै उस्लाई मायाको दृष्‍टिले नियाल्न थालेको थिएँ तर समयसंगै धर्ती जत्रो उसको छातीमा साँघुरो भएको थिएँ अरबौँ सपना देख्ने आँखामा एक थोपा आँशु नअटाउने भएको थिएँ उसको लागि लाखौंँमा एक छँदै थिएँ, तर पनि उसको पत्र, मेसेज ठिठ लाग्दो नयनले बिस्तारै मेरो लागि हजारौँमा एक हुँदैथियो हृदयको कुनै एककुनामा सुसुप्त झझल्कोले गाँझ्न थालेको थियो बिस्तारै मेरो मन मस्तिस्कमा राज गर्दैथियो बिस्तारै तिर तानिरहेको मेरो एकोहोरोपनलाई हटाउन खोज्छु तर असक्षम हुँदैथिएँ उसलाई बिर्सनलाई कहिलेकाहीँ लाग्थ्यो मेरो सोँचाइमा नआइ दिएपनी हुन्थ्यो उसलाई भुल्न वा बाट सकेसम्म टाढै बस्ने कुनै औषधी भएपनी हुन्थ्यो झैं लाग्न थालेको थियो सोँच्दा-सोँच्दा हैरान हुन्थेँ मुटुको एउटा कुनाले प्रेम चाहन्छ फेरी दिमागले भन्छ अब्बु-अम्मीको सपना, आफ्नै भबिश्यको सफलता यि चिजहरुको लक्ष बोकेर शहर आएको मैले यो कर्तब्य भुल्नु हुँदैन भन्थ्यो साँच्चिकै के सोँच्ने रनभुलमा परेको थिएँ आत्मा-शान्ति खुशीको लागि प्रेम छानौँ वा आफ्नो क्यारियर ? मैले दुबैलाई छनौट गर्न सकिरहेको थिईन

भनिन्छ जिन्दगी एउटा किताब हो जहाँ भाग्यको किताबमा धेरै कुरा लेखिएको हुन्छ तर मेरो भाग्यमा सुखको पाना जहाँँ थियो त्यही पाना च्यातिएको जस्तो लाग्छ रत आजसम्म पाना पल्टाउँदा पल्टाउदै जिन्दगीको पुरै किताब पल्टियो तर त्यो पाना कतै भेटिएन जस्को कारण अपूर्ण परिक्षा आज पनि दिईरहेको छु तर रिजल्ट कहिलै आउँदैन जुनदिन आउँछ त्यो दिन जिबननै यस धर्तिमा हुँदैन उफ...! कस्तो कहाली लाग्दो होला यो जिबन अनी संसार ? वाक्क हुन्छु सोँचेरै कहिलेकाहीँ बेहोसी दिमागले उस्लाई धेरै धेरै धन्यवाद भन्न मन लाग्छ किनकी ! यती कम्जोर अवस्थामा पनि सहन सक्ने शक्तिशाली बनाइदिएको रत आज पनि जिउँदैछु

हुनत मौनतामा हराएको मान्छेलाई भिडमा खोजेर नभेटिएको शब्दमा खोजेर कहाँँ भेटियोस ? तैपनी एकएक अक्षर अक्षर शब्दमा जोडेर आजपनी उस्लाई खोज्दैछु थाहाछ मलाई जितको वरिपरी हो भिड हुने, हारको बोझमा सबै एक्लै हुन्छन पनि एक्लै छु तर उसलाई यही डायरीमै कैद गरेर किन नहोस् उस्लाई भेट्नुछ मैले कानुनको कठघरामा उभ्याउन सकिन केभो ? मनको कठघरमा थुनेर यही डायरीको पाना पानामा कैद गर्न सक्छुनी ! त्यसैले निरन्तर पोखिरहेकोछु मसिको कालो धब्बाहरु सेतो कागजको पानामा

समयले सृजना गरेको परिस्थिती हो या मेरो किस्मतको नियती, जितेर पनि हारेको खेल हो मेरो जिन्दगीको खेलमैदानको गोलपोस्टमा गरेको गोल फर्किएर पेनाल्टी चुकेको जस्तै खेल हो मेरो जिन्दगी जितको उर्जा भर्दाभर्दै हारको शुली चढेको पराजयको उपज हो मेरो जिन्दगी मेरो दयनिय अवस्थाको कसैको हाँसो बनेको उपहास हो मेरो जिन्दगी तर चाहदा नचाहदै पनि आफ्नै प्रेमकथाको कथाबुन्न बाँचेको जिउँदो मुर्दा हुँँ त्यसैले भन्छु यहाँ कोही भ्रममा नपर्दा हुन्छ कि प्रेम हुनु भनेको खुशी प्राप्त गर्नु हैन खासमा प्रेम भनेको एउटा अन्धकार सपनामा बाँधी राख्ने मायावी पासो मात्रै हो खासमा प्रेम गर्नु वा हुनु भनेकै गहिरो चोट हो, पीडाको पहाड हो, दु:खको सागर हो, यो भनाइको अर्थ उसैले बुझ्छ जसले प्रेमको नाउँमा, मायाको नाउँमा धेरैपटक आँशु बगाएको पलपल मरेर आफुलाई जिउँदो राखेको यो कुरा यतिबेला आएर बुझ्दैछु पनि तर के गरुँ ? समय धेरै ढिलो भैसकेको फेरी नउठ्ने गरी लडेको छु तङ्ग्रिन नसक्ने गरेर गिरेको छु, ढलेको छु जहाँ उठेर पाइला सार्न सक्ने कुनै गुन्जायस छैन

हो त्यसदिनको पत्र अनी हरेकदिनको मेसेजले मलाई उसको मायाको, प्रेमको नशा लागिसकेको थियो सोच्मग्न हुनथालेको थिएँ त्यसपछिका दिनहरु भने पहिले जसरी नै साधारण तरिकाले नै समय बित्न थाल्यो जसरी पहिले कलेज जान्थेँ कलेज मात्रै हैन पुतलिसडकको ट्युसनसेन्टर सम्म पुगेर पढेर फर्किनु पनि अब भित्र कुनै डरत्रास थिएन मनमा कुनै हतोत्साही वा छट्पटी थिएन थियो केवल अब उसको अनुहारको, उसको छबिको झझल्को उसले प्रती देखाएको मायाको अनुभुती, मेरो रुवाइमा देखाएको सहानुभुती उसको आत्मियपन बस यस्तै उसको स्वभावहरुले मलाई बिस्तारै खिच्दै उनितिर लाँदैथियो जब बेलुकिको खानापछी रुममा पुग्थेँ तब सबैभन्दा पहिले उसको मेसेज आएर बसेको कि भनेर हेर्न यो मन आतुर हुन्थ्यो तर उसको अन्तिम त्यो लामो मेसेज पछी कुनै मेसेज आउन छोडेको थियो बेलुकिको पढाई होमवर्क सकेर बेडमा सुत्ने बेलासम्म कुनै मेसेज आएको हुन्नथ्यो दैनिकजसो आउने उसको मेसेजहरु जब आउन छाड्यो तब मनभित्र एकप्रकारको खुल्दुली कौतुहल्ता हुनथाल्यो मनमनै सोँच्न थालेको थिएँ, किन उसले मेसेज गर्न छोड्यो ? कि कतै गयोकी ? ब्यस्त भएर होकी ? कि ! रिसाएर गर्न छोड्यो ? आफै भित्र प्रश्न उत्तर खोज्थेँ तर मन शान्त बनाउन सकेको थिईन हरेकदिन उसको कुनै खोजखबर नपाउँदा आफै आतिन थालेको थिएँ आफ्नै मन केहीपो भयोकी भनेर डराउन थालेको थियो शायद मैले उस्लाई माया गर्न थालेको रहेछु क्यारे

यसरी नै उसको कुनै खबर वा मेसेजबिना करिब दुई हप्ता बित्न लागेको थियो उसलाई मोबाइलको नोटिफिकेसनमा पाएँ कलेज वा ट्युसनसेन्टरमा एकाएक दुइहप्ता देखी हराएको थियो कसैलाई सोध्न वा भन्न पनि सक्थिन ओई राज लाई देख्यौ भनेर कस्लाई भनौँ ? आज राज आएन कसरी सोधौँ ? हुँदाहुँदा उसलाई नदेखदा यती ब्याकुल हुन थाले कि ! साँच्चिकै छट्पटिमा पर्न थालेँ पहिले उसको डरले हिँड्न, खान, बस्न, निदाउन सक्दिन थिएँ तर अहिले उसको अनुपस्थितिले निदाउन नसक्ने भएकोछु उसको सुसुप्त प्रेमले खिचिएर एक झुल्को देख्न आँखा लोलाएका थिए कलेजको लाइब्रेरी होस् या ट्युसनसेन्टरको गल्ली जतासुकै उसलाई नै मेरा आँखाहरुले खोज्न थालेको थियो यसरी नै त्यो झन्डै दुई हप्ता बित्यो तर कतै देखिन

एकदिन बेलुकी सधाको झैं खाना खाएर बेडमा पल्टिएर मोबाइल हेरिरहेको थिएँ यतिकैमा यतिका दिनसम्म आउनुको कारण जान्न मन लागेर आयो त्यसपछी केही सम्झे झैं गरेर फेसबुक लगईन गरेर उसको वालमा गएर हेरेँ मलाई लागेको थियो कि यदी कतै गएको वा केही भएको भए फेसबुकको वालमा कुनै अपडेट पोस्ट गरेको छकी भनेर नभन्दै दुइदिन अगाडि मात्रै हस्पिटलको बेडमा अक्सिजन लगाएको फोटो पोस्ट गरेको रहेछ फोटोसंगै सानो स्टाटस पनि पोस्ट गरेको थियो उसले पढेँ, जिबन आज भोली छैन, आखिर केनै रहेछ यो एकमुठ्ठी श्वासअरुपी प्राण भएको मान्छेको जिन्दगी बिहान उदाएर बेलुकी अस्ताउँछ भनेर ! शायद अस्ताउन लेखेको छकी केहो कुन्नी बिगत केही दिनदेखी अस्वास्थ्य भएर हस्पिटलको बेडको बास बस्नु परेकोछ सबैलाई धेरै माया अनी सम्झना अनी त्यो भन्दा धेरै माया मेरी उनिलाई जस्लाई मैले खुब सताएकोछु सताउनु मात्रै हैन, मेरो मृत्‍यु भन्दा पनि बेहद माया गर्छु आदी यस्तै केके लेखेको थियो

उक्त पोस्ट देखेपछी मन थाम्नै सकिन एकमनले सोँचे कतै मेरै कारणले पो केही गरेर बिरामी भयोकी भनेर मुटुले ठाउँँ नै छोड्यो एकछिनको लागि भएपनी हातखुट्टा चिसो भएर आयो तैपनी आफुलाई सम्हाल्दै फेरी दोराएर पोस्ट हेरेँ सबैले गरेको कमेन्ट स्वास्थ्य लाभको कामनामा मैले पनि आज कसैको लागि पहिलोपटक कमेन्ट गरेँ लेखेँ, राज स्वास्थ्य लाभको शुभकामना हजुर ठीक हुनुहुनेछ चाँडै पहिले झैँ कलेज आउनुहुनेछ छिट्टै निको भएर फर्किएको हेर्नपाउँ यस्तै कमेन्ट छोडेर मुटुको चालको तिब्र गतिमा बतासिएको झै भएर उसको प्रोफाइलबाट निस्किएर निदाउन कोशीस गरेँ फेरी दिमागले निदाउनै दिएन पुन फेसबुक खोलेर उसको तस्बिर हेरेँ झन माया लागेर आयो आफैलाइ पाप गरेकी भन्ने पिर पनि लागेर आयो

त्यसदिन देखी अचानक प्रती खै कस्तो लत लागेर आयो मलाई थाहा छैन एक झलक उसको तस्बिर नहेरी निदाउन नसक्ने भएको थिएँ उसको त्यो दिनको पोस्टपछी सोँच्छु, कोही किन यती प्यारो हुनसक्छ एक्कासी अचानक ? तर भयो मलाई हरेकदिन मलाई प्यारो लाग्न थालेको थियो त्यसैले अबत झन सुत्नु अगाडि उसको एकझलक तस्बिर नहेरी निन्दाउनै नसक्ने भएको थिएँ जब छट्पटी वा अत्यास लागेर आउँथ्यो तब उसको वालमा गएर फोटो हेरेपछी कतिबेला निदाउँथेँ आफैले थाहा पाउँदिन थिएँ साच्चिकै मलाई एक महत्वपूर्ण बिशेष मान्छे लाग्न थालेको थियो शायद प्रेममा यस्तै हुन्छ होला सबैलाई त्योबाट पनि अछुतो रहन सकिन

यदी तिम्रो जिबनमा यस्तो माया पाउनु पनि ठुलो कुरा हो जसले रुपरंग हेर्छ, धन दौलत हेर्छ, तिम्रो हिजोको बिगत हेर्छ आजको, कुनै जात-धर्म बर्ग वा लिंग केवल तिमीलाई पाउन प्रेम गरिरहन्छ भने तिमी आफुलाई भाग्यमानी सम्झिन्छौ सिँधै हृदयमा स्पर्श गरेको महसुस गर्छौ हो यही विश्वाशले भरिएको तिम्रो मुटु कुनैदिन टुट्न पनि सक्छौ त्यसैले तिमी यदी कसैलाई प्रेम गर्छौ वा विश्वाश गर्छौ भने यतिसारो पनि नगर्नु कि जसको घातले भोली तिमी जिउने कल्पना पनि गर्न छोडिदिनेछौ हो मैले पनि यही गल्ती गरेकोछु आज त्यही भोगाइहरु लेख्दैछु, सुनाउँदैछु

उसको वालमा स्वाथ्यलाभको कामना गरेको कमेन्टको भोलिपल्ट मनभरी राजको तस्बिर आँखाभरी बोकेर कलेज गएँ कलेज पुग्दा सोबिता सुचिता, गंगा, मधु, बिनोद, प्रज्वल, प्रणब सबैजना पुगिसकेका रहेछन आज अलिक ढिलोगरिकन निस्किएको थिएँ रुमबाट त्यसैले उनिहरुसंग मेरो भेट भएन बाटोमा कलेज पुग्दा उनिहरुले ब्रेक पछी राजलाइ हेर्न जाने भनेर सल्लाह गरेका रहेछन यो कुरा मलाई सोबिताले बताइन ब्रेकपछी हामी राजलाइ हेर्न जादैछौँ हस्पिटल पनि जान्छेस भने हिँड भनिन उसैत मन आतिएको थियो उसलाई कसरी भेटौँ कहाँँ देखौं कहिले फर्किन्छ भनेर बस के चाहियो मलाई झन उनिहरु भेट्न जानेभनेपछी मलाई के खोज्छस कानो आँखो भनेजस्तै भएको थियो तर कलेज कतिबेला ब्रेक हुन्छ भनेर मन उग्र बनेको थियो छिनभरमा सकिने दिन पनि महिनौँ जस्तो दिक्क लाग्दो भएको थियो

जसोतसो बल्ल ब्रेक भयो त्यसपछी हामी ललितपुरको ग्वार्को इस्थित बि & बि हस्पिटल तर्फ लाग्यौँ जाँदा सुचिता, गंगा मधु, बिनोद, प्रज्वल प्रणबको बाइकमा गएभने सोबिता ट्याक्सी समातेर गएका थियौँ जाँदा कतिबेला पुगौँ जस्तो भएको थियो पुगेर सबैभन्दा अगाडि विस गरौँ जस्तो लागेको थियो सबैको सामु अंकमाल गरेर छातीमा टासेर माफि मागौँ झैं भएको थियो तर जाँदा जसरी गएको थिएँ ठीक बिपरित त्यहाँ पुग्दा मनभरी डर थियो कसरी राजको अगाडि पर्ने होला ? के भनेर सँग नजर जुधाउने होला ? के भनेर बोल्ने होल ? आदी कुरा खेलिरहेको थियो हस्पिटल पुग्दा पि डि वार्डको दुई नम्बर बेडमा राखिएको रहेछ हस्पिटल भित्र धेरै भिढ हुनाले सेक्युरिटी गार्डले दुइदुइ जना मात्रै गरेर भित्र छिर्न दियो सुरुमा केटाहरुले भेटे त्यसपछी केटीहरुले भेटे अन्तिममा एक्लै भएँ चाहन्थेँ त्यसतै उसलाई भेट्ने बेलामा एक्लो होस, अनी उसको हात समातेर माफि मागौँ सरि भनौँ, अंगालोमा बेरेर पनि तिमीलाई प्रेम गर्छु भनौँ झै सोचेको थिएँ तर भित्र पुगेपछी त्यसो गर्न सकिन जब भित्र पसेर बेडको सामु पुगेर उसको अनुहार देखेँ तब आफै आत्तिएको झैँ हड्बडाएको झैं भएर डरले लुगलुग काँपेको जस्तो भएको थिएँ तैपनी आफुलाई सम्हालेर उसको सामु पुगेर सानो मलिनो स्वारमा सोधेँ राज ! कस्तोछ अहिले ? मैले सोधी नभ्याउँदै उसले आफ्नो अनुहार अर्कोतिर फर्काएर तिर हेर्दा पनि नहेरी छोटो जवाफ फर्कायो ठीक छु सोँचे पक्कै पनि देखी रिसाएको हुनुपर्छ फेरी सोधेँ, खास के भएको तिमीलाई ? कुनै जवाफबिना अर्कोतर्फ हेरिरहयो पुन आफैले कुरोको अर्को फुर्को खोलेँ डक्टरले कहिले डिस्चार्ज दिन्छ भनेको ? भोली ! फेरी अघिको जस्तै एउटै वाक्यको छोटो उत्तर थियो उसको हस छिट्टै निको भएर कलेज फर्किनु है सिघ्र स्वास्थ्य लाभको शुभकामना राज ! यतिभनेर त्यहाँबाट हतार हतार बाहिर निस्किएँ निस्कदा उसले Thank you सम्म भनेको सुनिन फेरी सोँचे, देखी निक्कै रिसाएको या मैले कुनै रेस्पोन्स नदिएकोले गर्दा मसंग बोल्नै चाहदैन मैले त्यत्रो बोल्दा पनि मन लागि नलागी छोटो उत्तर फर्काएर खुलेर बोल्न पनि चाहेन शायद त्यतिबेला उसको अवस्था उसले बाल नदिएकोले गर्दाहोला मलाई पनि अचानक रुन मन लागेर आएछ तर हस्पिटलको त्यत्रो भिढमा कसरी रुन सक्थेँ ? छातीभित्रबाट बिस्फोट भएर आएको मेरो रुवाइलाई घाँटिसम्म ल्याएर रोकेको थिएँ तर जती रोक्ने कोशीस गर्दा पनि आँशु भने आँखाभरी भएको थियो

त्यसपछी सलले आँशु पुछ्दै हतार हतार बाहिरिएँ बाहिर आइपुग्दा सबैजना मलाई पर्खेर बसेका रहेछन हस्पिटलको आडैमा रहेको आरती खाजाघर रहेछ सबैले त्यहाँ खाजा खाएर लाग्ने भनेर नास्ताको अर्डर गरे कसैले :: कसैले चाउमिन मगाए मैले एउटा कफी मात्रै मगाएँ त्यहाँ भएको मद्धे कसैको अनुहारमा बिरामी साथी भेट्न आएको जस्तो दुखी भाव छँदै थिएन सबैजना हाँस्दै होहल्ला गर्दै मजाक गर्दै थिए भने केही छुटे जस्तो, केही हराए जस्तो एक्लो निरासा महसु गर्दै थिएँ सबैको अनुहारमा हाँसोको फोहोरा हुँदा मेरो अनुहारमा पानी पर्न लागेको बादल जस्तो कालो धुम्म भएको थियो त्यहाँ मलाई एक मिनेट पनि रोकिन मन लागेको थिएन कतिबेला रुम पुगौँ जस्तो मात्रै भएको थियो करिब त्यहाँ हामीले एक घण्टा जती बिताएपछी अघी आउँदाको जस्तै गरेर कोही बाइकमा फर्किए भने सोबिता फेरी उस्तै ट्याक्सी समातेर फर्कियौँ फर्किँदा कतिबेला फर्कियौँ केही पत्तो पाएको थिईन अचानक अनामनगरको कुइनोटोमा आइपुगेर सोबिताले ओई ओर्लिदैनस भन्दा पो झसंग झस्केर सम्हालिदै बोले निदाएछु यार मत झुट बोल्दै ट्याक्सी बाट झरेर त्यहाँसम्मको भाडा तिरेर सोबितालाई बाइ भनेर सरासर रुमतर्फ लागेँ           

हस्पिटलबाट डिस्चार्ज भएर पनि राज करिब एकहप्ता जती कलेज् आएन तर यता मलाई भने उसको यादले सताउँथ्यो कस्तो भयोहोला ? केभयो होला ? कलेज् कहिले आउँछ होला कहिले उस्लाई देखौँ जस्तो भएको थियो कसैलाई प्रेम हुन्छ भने त्यो पागल हुन्छ भनेको सुनेको थिएँ साचिकै उस्लाई देख्न नपाउँदा पागल जस्तै भएको थिएँ दैनिक बाटो कुर्नु मात्रै हुन्थ्यो मलाई मनले उसैलाई मात्रै खोज्थ्यो भने आँखाले उसैलाई मात्रै नियाल्थ्यो तर कतिदिनसम्म कलेज आयो, नत पुतलिसडकको त्यो गल्लिमा यता मलाई भने खुब छट्पटी भएको थियो बाटोमा हिँड्दा अनामनगर देखी पुतलीसडक, प्रदर्शनी मार्ग हुँदै बतासिएको कतिबेला कलेज पुग्थेँ आफैलाइ थाहा हुन्नथ्यो अचानक एकाएक उसकोलागी खुला आकाशमा तैरिरहेको हावा जस्तै बनेको थिएँ जो बेग हानेर कतिबेला कहाँ पुग्थेँ केही ठेगाना हुन्नथ्यो हो हरपल हरक्षण होस हराएको पागल जस्तै बतासिएर हिँड्थें कलेज जानु, रुम फर्किनु आफैमा समयको बेपर्बाह हुनथालेको थिएँ धागो चुँडिएको चंगा जस्तो बेटुंगोले उडेको झैं हुन्थेँ कतिबेला जान्थेँ फर्कन्थेँ केही थाहा हुन्नथ्यो बिल्कुलै नशामा हिँडेको मान्छे जस्तै

समय बित्दै गयो राज पनि पहिलेको झैं कलेज् आउन थाल्यो निको भएर पहिलोदिन कलेज आएको देख्दा पूर्वको क्षितिजमा घाम झुल्किएको जस्तै महसुस भएको थियो आकाशमा जून ताराहरु उदाएको झैँ भएको थियो मेरो मनभित्र यो माया भन्ने चिज पनि कस्तो हुनेरहेछ हिजोसम्म त्यही अपरिचित मान्छेसंग डराएर लुकेर हिँड्न खोजेँ तर आज त्यही मान्छेको उपस्थिती पनि मेरो जिबनको खुशीको हिस्सा बन्न लागेको थियो प्रेमले संसार जित्छ भनेको हो रहेछ मलाई उसको मायाले जितेको थियो उसको मायामा परिसकेको थिएँ बस मैले आफ्नो एहसास उस्लाई देखाउन सकेको थिईन प्रती उर्लिएर आएको प्रेम उसको सामु छताछुल्ल हुनेगरी पोख्न सकिरहेको थिईन तर आफुभित्र भने मनको बाँध फुटिसकेको थियो नजानेरै अन्जानमै भित्र समर्पित भैइसकेको थिएँ त्यसैले कलेजबाट फर्किएपछी एकदिन राती उसको पत्र मेसेजको जवाफ दिन्छु भन्ने हिम्मत कसेर बेडमा बसेर मेसेन्जरमा जवाफ लेख्न थालेँ

राज मिठो सम्झना !

मैले हार खाएँ तिम्रो सामु आखिर तिमीले जितिकन छोड्यौ हैन ? केही हदसम्म मनको जिद्धी बाँधेर बसेको , मलाई पगालेरै छोड्यौ है ? बधाई तिमीलाई ! जस्ले तिमीलाई तिम्रो सबै सवालहरुको जवाफ लेख्न वाध्य भैईन तर बिन्ती गर्छु राज ! तिम्रो जित मेरो मृत्‍युको कारण नबनोस कुनैदिन यस्तै साँझमा किनकी तिमीले चाहे जस्तै बगिकिसकेको छु अब तिमीभित्र यो कती ठीक वा बेठिक छुट्याउने सामर्थ्य छैन म संग यतिबेला । किनकी सही या गलत छुट्याउने तिम्रै हातमा छोडेकिछु मैले । हो राज मलाई केही आउँदैन । साँचिकै नादन छु केही जान्दिन, बस तिम्रो मायाको अगाडि प्रेमको घुँडा टेकेर तिम्रो हुनुको स्विकारोक्ती जनाउन हाजिर भएकिछु यतिबेला यही मेसेज मार्फत हो राज ! मैले हार मानिसकेको छु तिम्रो अगाडि मायाको मैले घुडा टेकेकोछु मेरो जिद्धिपन त्रासको अगाडि मैले तिम्रो हृदयमा चढाएको छु मेरो प्रेमबिन्ती मेरो केही सिप चलेन राज डरको अगाडि हार मानेरै भबिश्यमा मलाई घात गर्ने छैनौ भन्ने आशाको साथ यो मेसेज लेखिरहेकी छु

छरपस्ट भएको मनहरु सम्हालेर तिमीलाई प्रेम पोख्न बसिरहेकोछु यतिबेला तिमीलाई तिमीले चाहे जस्तै मायाको नजराना बाड्न बसेको छु थाहाछ कतिबजेको यतिबेला ? हो सुस्ताउँदो रातमा निदाएको शहरमा एक्लो जागा बसेर तिमीलाई अनुभुती गर्दैछु तिम्रो बानी कस्तो होला ? तिम्रो आदत कस्तो होला ? कस्तो मान्छेलाई यो मायाको भावना साटिरहेकी छु एउटा मनले डर मानिरहेको भएपनी अर्को मनले नाइ भन्नै सकिन मेरो सामु नआउ भनेर नकार्नै सकिन यो कालो चकमन्न निस्पस्ट अँध्यारो रातमा तिमीलाई तिम्रो सबै सवालहरुको जवाफ लेख्न मेरा हातहरु काँपेकाछन अझै एकपल्ट भन्दैछु, सहि गलत छुट्याउन सकिरहेकी छुइन मलाई माफ गर राज ! जानिनजानी प्रेमको फूल चढाउन मायाको परकास्टताको घुँडा टेकिरहेकी छु तिम्रो प्रेमको आह्वानलाई स्विकारेर तिम्रो मुटुको कुनै कुनामा बास बस्न आएकिछु आशा माफ गर्नेछौ, समयमा तिमीलाई जवाफ दिन सकिन

अरे यार केटी मान्छे हुँँ ! तिमी केटा मान्छे जस्तै सहज हिम्मतिलो कहाँ हुन्छौँ हामी छोरीमान्छेहरु ? एक कदम अगाडि पाइला सार्नु अघी दश कदम पछाडि फर्केर हेर्नुपर्छ कि कतै जिबनको एउटा महत्वपूर्ण अध्याय नछुटोस किनकी केटामान्छे खोला तरेपछी लौरो बिर्सने जात हुन तर हामी केटी मान्छे एकपल्ट लडेपछी फेरी उठेर हिँड्नै नसक्ने भएर जिबन नै उत्सर्ग गर्नुपर्छ एउटा सानो गल्तिको लागि तिमीले सोँचे जती सजिलो सहज् छैन छोरी मान्छेको जिबन इज्जत माटोको घैला फुटेपछी टाल्न सकिन्छ, एकपल्ट चर्किएको ऐनामा सिंगो तस्बिर देख्न सकिन्छ बिल्कुलै बिटुलो हुन्छ छोरी मान्छेको जिबन इज्जत सियोको टुप्पोमा राखेर हिँड्नुपर्छ हामीले पाइला पाइलामा काँडा भेटिन्छ राज त्यसैले आकाशपताल् सारा संसार सोँचेर यो फैसला लिएकी हुँँ कि तिमीलाई प्रेम गर्न सकुँ तिम्रो जिबनको सारथी बन्न सकुँ कथांकदाचित घात् गर्यौ भने मलाई यो जिबन जिउनु छैन मैले आफुलाई निमिट्यान्न बनाउनु पर्छ यो धर्तिमा जिउँदो रहने हक हुनेछैन जिबनमा पहिलोपल्ट कुनै अपरिचित पुरुषको प्रेम प्रस्ताब स्विकार्दैछु मेरो सबै विश्वाशमा पक्कै पनि प्रतिघात गर्ने छैनौ भन्ने आशा राख्नुको बिकल्प छैन सँग

हो राज ! ख्याल ख्यालैमा तिम्रो पत्र, मेसेज पढ्दा पढ्दै तिम्रो मनको करिब आइसकेछु जुन मैले पत्तै पाईन तिम्रो अभाव हुनथालेछ मलाई तिम्रो अनुपस्थिती मेरो पर्खाइ हुनथालेछ तिम्रो चोटहरु मेरो पीडा हुनथलेछ थाहैनपाई तिम्रो हरेक सुखदुख अब मेरो सारथी हुनथालेछ हिजोसम्म तिम्रो मात्रै थियो होला तर आज हामी दुबैको साझा हुनथालेछन खै कसरी कहाँँ चुके थाहैनपाई अनुभुतिमा तिमीभित्र पाउन थालेछु मैले आफुलाई तर राज मुस्किलले उमारेको तिमी माथिको मेरो बिस्वाशको बिरुवा मर्न नदिनुहै ? कतिपटक आफैलाइ भुलेर तिमिमाथी यो भरोसा जगाएकोछु यस्लाई निमोठ्ने प्रयास नगर्नु है ? मैले तिम्रो मनको बगैँचामा एउटा प्रेमको फूल रोपिसकेकोछु बस अब यस्लाई मलजल गरेर कोपिला हुँदै फूल्ने फल्ने बनाउने जिम्मा तिम्रो हातमा छोडेकोछु

प्रिय राज ! एउटा कुरा भन्छु है ! सम्हाल, उमार, फुलाउ हाम्रो मायाको बिरुवालाई मनको सुन्दर बगैचामा सजाउ तर पुतली बनेर आएर भमरा बनेर चुसेर नजाउ है ? नत्र कलिलो मस्तिस्कले देखेको सपनामा डढेलो लाग्नेछन बैशालु मनले सजाएको रहरहरुमा खडेरी लाग्नेछन थाहा तिमीलाई ? मलाई मेरी आमाले फूल जस्तै माया गरेर हुर्काएकी हुन तिमी चैत्रमासको खडेरी बनेर मलाई नसुकाउनु है ? मलाई मेरो बाबाले आफ्नो काँधमा गरिबिको जिम्मेवारी उठाएर पनि राजकुमारी जस्तै बनाएर हुर्काएकी हुन तिमी क्रुर सासक जस्तै बनाएर मलाई राज नगर्नु है मलाई मेरी दिदिले कुनै गिफ्टसपको गूड्इया जस्तै गरेर माया गरेर सम्हालेकी हुन तिमी हृदयबिहिन बनेर मलाई अस्तित्वबिहिन बनाएर सडक फोहोरको डंगुरमा नफाल्नु है ? त्यसैले बिन्ती राज ! घामपानी बनेर मलाई फक्राउने माली बनेर आउनु तिमी मलाई फूल बनेर फूलिरहने मन जून बनेर चम्किरहने मन हमेसा भित्रको चञ्चल्ता पोखेर कोमल गूलाब हुने मन फेरी भन्दैछु बटुवा बनेर आएर टिपी बाटोमा नमिल्काउनु है मलाई ? नत्र मलाई सजाउन सक्दैनौ भने, मेरो अस्तित्व जोगाउन सक्दैनौ भने मेरो निश्चल्ताको सुरक्षा दिन सक्दैनौ भने भो रहर नपाल आफुभित्र अनी सपना नदेखाउ मलाई पनि सपना टुट्नु अगाडि नदेखै राम्रो मलाई सपना देखेर टुटेको भन्दा ननिदाएकै जाती लाग्छ राज

सानोमा छँदा खुब डर लाग्दो सपनाहरु देख्थे आधारातमा कहाल्लिएर बिउँझन्थेँ सपनामा मलाई कसैले तानेर लान्थ्यो डराउँथेँ मलाई कोही घिसार्दै पिट्दै लान्थे रुन्थेँ कोही मलाई भिरबाट धकेलेर गहिरो खोँचमा फ्याँकिदिन्थे कहालिन्थे त्यसैले मलाई हरेक सपनाहरु झुटा लाग्छन डर लाग्छन मलाई सपनासंग सख्त नफरत त्यसैले पनि दुइदिनको लागि मेरो कलिलो जोबन देखेर आएको हौ भने आजै भन्छु मलाई झुटो सपना देखाएको मन पर्दैन किनकी सानैदेखी रातमा देखिने सपना देखी थकित भएकोछु राज मलाई कहाली लाग्दो सपना हैन सानामा घरको बार्दलिमा बसेर आकाशमा देखिएको जून देखाउँदै सुनाएको मेरी हजुरआमाको परिको कथा जस्तो हुनुछ एकादेशको रानी हुनुछ टाढाबाट घोडाको खुट्टाको टप बजाउदै आउने राजकुमारको कथाको जस्तै राजकुमारी बन्नुछ साँचै त्यो सपना हैन मेरी हजुरआमाले सुनाएका सबै दन्त्यकथाको पात्र जस्तै रहर लाग्दा जिबन जिउनुछ त्यसैले भोलिको काहाली लाग्दा सपना हैन बर्तमानको यथार्थ जिउनुछ मलाई अंगाल, प्रेम गर, आफ्नो मायाको बहुपासामा कस कुनै आपत्ति हुनेछैन तर धोका दियौ भने मेरो अब्बु, अम्मिले आफ्नो रगतको नाता गुमाउनेछ, वहाँँहरुले आफ्नो सपना गुमाउनेछ, आफ्नो राजकुमारी गुमाउनेछ, समग्रमा भनौँ भने तिम्रो घातले संसार त्याग्नेछु वहाँँहरुले आफ्नो सन्तान गुमाउनेछ तिमीलाई के हुन्छ आज एउटा भोली अर्कैमा घुम्न पुगिहाल्ने छौ कोही कसैको जिबन रित्तियोस यहाँ त्यसले तिमीलाई के फरक पार्छ ? फरक मेरो बाउ-आमा, दिदिभाइलाई फरक पर्नेछ किनकी तिम्रो विश्वाघतले संसार छोड्नेछु त्यसैले यि सबै तिमीलाई सुनाएर तिम्रो पाउमा आफुलाई सुम्पिँदैछु राज हो राज तिम्रो पाउमा सुम्पिदैछु

प्रिय राज ! अझै पनि तिमीलाई भन्दैछु यदी तिमी मलाई प्रेम प्रस्ताव राख्छौ नै भने तिम्रो आफ्नो मनलाई सोधी हेर बिगतमा कुनै पुरुषको हात नथामेकी , कुनै अन्जान पुरुषको बहुपासमा नकसिएको तिम्रो हात थाम्न जाँदैगर्दा तिम्रो हुनको लागि लायक छु या छुइन तिम्रो जिबनको यात्रामा संगै यात्रा गर्न सुहाउँछु वा सुहाउँदिन यदी तिम्रो मायाको लागि हकदार हुनसक्छु भने मात्रै मेरो हात थाम्ने कोशीस गर नत्र तिम्रो मायामा बेहिसाप तरिकाले हारिसकेको छु त्यसैले एकपल्ट आफैलाइ सोधिहेर यदी तिम्रो मनले आफ्नो जिबनमा ल्याउन अनुमती दिन्छ भने आउ मायाको दुई कदम अगाडि बढाउ, दुई कदम तिम्रो सामु बढाउनेछु तर भबिश्यमा बाटो मोड्न पाउने छैनौ पाइला हटाउन पाउने छैनौ कसैको मन भावना संग खेलेर मिल्काउन पाउने छैनौ भोली गएर पछुताउनु भन्दा आजै भरपुर तिमीलाई समय दिन तयार छु मलाई कुनै हातारो छैन किनकी हतारमा गल्ती गरेर फुर्सदमा मलाई पछुताउनु छैन यदी हात थामेर छुट्यो भने मलाई रत्तिभर पनि रहर हुनेछैन जिउन, नत एक सिक्काको साहस नै रहनेछ ममा तर यती भन्दाभन्दै पनि तिम्रो मायाले छुएकोछ मलाई अछुतो रहन सकेको छुइन तिम्रो आदतले राज ! बिचार गरहै

प्रिय राज ! मैले तिमीलाई दिएको भरपुर समयबाट सहि निर्णय लिन सक्नेछौ प्यारा ! किनकी भोलिको दिनमा यस्तो दिन पनि आउनेछ कि तिमीलाई प्यारो नलाग्न सक्छु सडकमा देखिएका सुन्दर केटीहरुको मिलेका शरीर रुप देख्दा कतै आफुले रोज्न गल्ती गरेको होकी भन्ने लाग्न सक्छ मेरो सारिरिक बनावटहरु तिमीलाई नमिलेको फिक्का-फिक्का लाग्न सक्छ प्रेमले बन्द कोठासम्म पुर्याउँदा सबै ठीक भएको सम्बन्ध समाजलाइ हाम्रो परिचय दिनुपर्दा तिमीलाई नसुहाएको महसुस हुनसक्छ आज सरल, सिश्ट लाग्ने मेरो चरित्र भन्दा भोली मेरो चित्र नराम्रो लाग्न सक्छ त्यसैले मेरो अभिमान भन वा स्वाभिमान, भोली तिमीले फ्याँकेर दुत्कारेर अपमानित हुनुभन्दा आजै तिमी प्रती बिस्तारै पलाउँदै आएको मायाको अंकुरनलाई दबाउन सक्छु रोक्न सक्छु भोली जुटाउन नसक्ने हिम्मत कम्सेकम आज जस्लाई भोली सहन नसकुँला राज हुनत तिमीलाई लाग्न सक्छ, तिमीलाई माया गर्न सुरुवात गर्दागर्दै पनि भित्र यती घमन्डले भरिएको केटी रैछ भनेर ! तर हकिकत केटाहरुको यस्तै आदत हुन्छ पाएपछी चुसी राखेर मिल्काइ हिँड्ने त्यो हुन चाहन्न राज

प्रिय राज ! माथिको हरफमा मैले तिमीलाई यसो भनिरहँदा तिमीलाई नराम्रो लाग्न सक्छ नमिठो लाग्न सक्छ तर बिन्ती ! तिमी एकपल्ट मेरो ठाउँमा छोरीमान्छे भएर सोँचत ! अनी बुझ्नेछौ कि किन यस्तो भनिरहेकोछु भनेर त्यसपछी मलाई बुझ्नेछौ तिमीले कि गलत बोलिरहेकी छुइन भनेर आशाछ ! जानअन्जान मा मैले गलतै बोलेको रहेछु भने पनि मेरो नादानी सम्झी माफ गर्नेछौ मैले कहिँकतै तिम्रो मनै दु:खाएको रहेछु भनेपनी भुलिदिनेछौ मेरो सबै नादानी बाल्यपनहरुलाई स्विकार्नेछौ मलाई सम्हाल्नेछौ मलाई तिमीले पत्र मेसेजमा पोखेको माया जस्तै त्यो अनुभुतिमा बाँधेर राख्नेछौ सानो बालक झैं बने भनेपनी सम्झाउने छौ बुझाउने छौ तिम्रो सबै महानतालाई हाँसिहाँसी प्रेम गर्नेछु मेरो जिबनको सुनौलो हिस्सा सम्झनेछु तिम्रो त्यही अभिभावकत्व भित्र आफुलाई न्यानो सुरक्षित महसुस गर्नेछु

एउटा कुरा राज ! तिमीले कयौँ दिनदेखी मेरो पिच्छा गर्दा मलाई खुब डर लागेको थियो तिम्रो पत्र हरेकदिन जसो आउने मेसेजले मेरो झन होसहावास नै उडाउँथ्यो हो तिमीदेखी आफुलाई लुकाइ लुकाइ हिँड्ने कोशीस गर्थेँ तिम्रो व्यबहार साँच्चिकै अभद्र लाग्थ्यो तर यसरी आउने हरेकदिनको मेसेजले मलाई पनि बिस्तारै आफुतिर तानिसकेको रहेछौ त्यो मैले महसुस गर्न नसकेको कुरा जब तिम्रो मेसेज आउन छोड्यो, मेरो इन्बक्स हरेकदिन रित्तो हुनथाल्यो तब मलाई एक किसिमको बेचैनिले सताउथ्यो शायद यही नै रहेछ क्यारे प्रेम भनेको सुनेको थिएँ मान्छेलाई कहिले कतिबेला कहाँ कोसंग प्रेम हुन्छ, माया हुन्छ पत्तै हुन्न मलाई हरेकदिनको इन्बक्सले प्रेम गर्न सिकाइसकेको रहेछ अझ तिम्रो अनुपस्थिती हुन छोडेपछी तिम्रो हालखबर बुझन जब तिम्रो प्रोफाइल खोलेर हेरेँ तब त्यहाँ पोस्टिएको क्याप्सन सहितको हस्पिटलको बेडमा तिमी सुतिरहेको तस्बिर देखेपछी झन तिम्रो मायाको सागर उर्लिएर आएको थियो कतै मेरै कारणले बिरामी भयौकी भनेर आफैलाइ दोशी सम्झिएको थिएँ आफैलाइ गाली पनि गरेँ तर राज सम्पूर्ण विश्वाश खन्याएर तिम्रो अनुरोधलाई स्विकारेकोछु प्लिज मेरो भरोसा नतोड्नु है

अन्त्यमा राज ! तिमी निको भएर कलेज् फर्किएको छौ यसैमा मलाई बेहद खुशी मिलेको हिजो मैले तिमीलाई एकनजर देख्नको लागि लाइब्रेरी क्यान्टिन पटकपटक् धाउनु परेको थियो हस्पिटलमा मैले बोलाउँदा तिमी अर्कोतिर अनुहार फर्काएर सँग बोल्न नखोज्दा खुब मन दुखेको थियो त्यहाँबाट तिमीसंग बिदा मागेर निस्कदा Thank you सम्म भनेनौ साँचिकै मन रोएको थियो मन मात्रै हैन राज आँखाले आँशु रोक्न नसकेर सलले मुख छोपेर बाहिरिएको थिएँ त्यतिबेलाको भित्रको भक्कानिएको मनको पीडा कित मलाई थाहाछ कित भगवानलाइ मात्रै अनी आफै भनत ! के यि सबै हुनुभनेको मैले तिमीलाई प्रेम गर्न थालेछु भन्ने प्रमाण हैनन ? प्रेम देखिदैन राज ! यो हुन्छ आफै अनुभुती महसुसले बाँध्छ आफै जसरी पहिलोपल्ट तिमीलाई मलाई देख्दा भएको हुनुपर्छ हो राज अब मलाई सहनै सक्ने गरेर तिमीमा प्रेम भएको , अचम्म लाग्छ कताकता आफैलाई लाज पनि लागेकोछ फेरी यो नसोँच है, केटी पट्टिएछ भनेर मैले तिम्रो हृदयलाई माया गरेकी हुँँ राज ! हृदयलाई

राज ! मेसेज धेरै लामो भयो पढ्न झर्को लाग्छ होला झर्को नमानी पढ्नु है अनी मैले जानी नजानी जेजे भने लेखें ति सबैको लागि माफि दिन्छौ भन्ने सोँचेकी छु मेरो मेसेज प्राप्त गरेपछी पढिसकेर तुरुन्तै मलाई जवाफ दिनुपर्छ भन्ने छैन तिमी आफ्नो ठन्डा दिमागले फुर्सदमा सोँचेर जवाफ लेख्न सक्नेछौ जतिपनी मेरो माथिको सबै सर्तहरु पुरा गर्न सक्छौ भने तिमीलाई मेरो हृदयको कुनामा हाँसिहाँसी स्वागत आउ हामी संगै हात समाएर किनारा तरौँला हस्त रात निक्कै छिपियो भोली बिहानै कलेज जानु यती भन्दै बिदा हुन चाहन्छु बाहिर रात ढल्किदो , रातसंगै मौसम चिसिदो त्यो संगै मेरो मन पनि चिसिदो उस्तै बाहिर लाटोकोसेरो कुकुर भुकेको आवाज अनी मेरो मनको मौनताको एकाग्रता भन्दा अरु केही छैन छत केवल तिम्रो लागि ढेरसारी माया बस यती भन्दै अफ भएँ बाइ शुभरात्री

तिमीले चाहेकी उही आश्मा

आफ्नो छातीको चाल कती थियो भन्ने पनि थाहा नपाई एकनिमेशमै मेसेज लेखिसकेँ । पठाउनु अगाडि पटकपटक पढेँ । जतिपटक पढ्छु आफैले लेखेको मेसेज उतिपटक शब्दहरु बोझिलो लाग्छन । हरेकपटक सेन्ड गर्न भनेर हातको औँलिहरु थिच्न खोज्छु । तर एकतमासको डर भरिएर आउँछ । मुटुको चाल् तिब्र गतिमा दौडीझैं हतास हुन्छु । थररर कामेको जस्ता हुन्छन । जीबन आफैम अन्योलमा उभिएको झैं लाग्छ । त्यसपछी भित्तामा झुन्डी रहेको घडीलाई हेरेँ । मध्यरातको एक बजिसकेको रहेछ । त्यसपछी भने स्वासलाइ लामो तानेर रोकेँ । अनी आँखा चिम्लिएर हिम्मत बटुलेर सेन्ड बटममा ठेली पठाएँँ । पठाइ सकेर आँखा खोलेँ । मेसेज गईसकेको थियो । बल्ल मन हलुका भयो । मुटुको चाल केही मत्थर भएर आएको जस्तो महसुस भयो र निदाउने प्रयत्न गर्न लागेँ । बलिरहेको बत्ती अफ गरेर सिराकभित्र आफुलाई लुकाउने कोशीस गर्न लागे । शायद बिचलित मन आफै थाकिसकेको हुनुपर्छ अनी भने बल्ल निदाएछु ।

भोलिपल्ट बिहान सनिबारको दिन थियो । बिहान अलिक ढिलो उठेँ । बिउँझने बित्तिकै उसले मेसेज हेर्योकी हेरेन भनेर मोबाइल खोलेर हेर्न मन लाग्यो । हेरेँ, म बिउँझदा बिहानको सात बजिसकेको थियो । त्यतिबेलासम्म उसले मेसेज हेरेकै थिएन । अनी फेरी मनमा अर्को तनाब थपियो । जवाफ नफर्काउँदा एउटा तनाब थियो । अहिले पठाउँदा पनि उसले नहेरेकोमा अर्को तनाब थपिएको थियो ।

मन भारी बनाएर बेडबाट उठेर बिहानको नित्यकर्म सके । बिहानै माइजु लुगा धुनमा ब्यस्त हुनुहुन्थ्यो । केटाकेटिहरु खाजा खाएर खेल्दै थिए । हजुरबा-आमा बार्दलिमा बसेर बाहिर कतै टोलाउदै हुनुहुन्थ्यो । माइजुको छोरी नाफिसा र म भने खाना बनाउन तर्फ लाग्यौँ । दुई दिदिबहिनी मिलेर केही छिनमै भान्षाको काम सक्यौ । त्यसपछी दश बजेतिर सबैले खाना खाइ सकेर पुन: सबैजना आ-आफ्नो सुरमा लागे । कोही बाहिर कतै घुम्न निस्किए भने कोही टिभी हेर्नमा ब्यस्त बने । म भने आफ्नै रुममा फर्किएर बेडमा बसेर दोश्रो पटक मोबाइल खोलेर हेरेँ ! अझै उस्को कुनै रेस्पोन्स थिएन । त्यसपछी दिउँसो आराम गर्नु पर्‍यो भनेर एकछिन सुस्ताउन तर्फ लागेँ ।

जब बेलुकी भयो फेरी उस्तै सँधाको झै माइजु भान्षा कोठामा हुनुथ्यो । हामीहरु टिभी रुममा आफ्नै सुरमा थियौँ । बिस्तारै खानाको समय भयो । सबैले खाना खायौं । बेलुकिको खाना खाइसकेर फेरी आ-आफ्नो रुमतर्फ सुत्न लाग्यौँ । म भने बेलुकिको सबै काम सकेर बेडमा पल्टिएर फेरी मोबाइल खोलेर मेसेज हेर्नतर्फ लागेँ । यो पल्ट भने उसले मैले पठाएको मेसेज हेरेछ । हेर्नु मात्रै हैन जवाफ पनि फिर्ता पठाएको रहेछ । त्यसपछी भने के लेखेको होला ? भन्ने मनमा कौतुहल्ता बोकेर हतारहतार रुमको ढोका बन्द गरेर पढ्न थालेँ । लेखेको थियो ।

प्यारी आश्मा !

हृदय भरिको अशिम माया तिमीलाई । यतिबेला तिमीलाई के भनेर जवाफ लेखौँ म सोँच्न सकिरहेको छैन । मैले कल्पना पनि गर्न नसकेको झट्का दिएको छौ यतिबेला । म यो मान्न सकिरहेको छैन तिमीले यो जवाफ लेख्यौ वा लेख्न सक्छौ भनेर । म भित्र खुशीको कुनै सिमा छैन । तिमीलाई कसरी ब्यक्त गरुँ म भित्र पोखिएको खुशीको पललाई ? न शब्दमा समेट्न सक्छु, न कुनै हृदयमा सम्हाल्न सक्छु । साँचिकै मान्छेलाई आफुले चाहेको र सोँचेको भन्दा दोब्बर खुशी मिल्यो भने दिमाग शुन्य हुँदोरहेछ । हो यतिबेला तिमीले दिएको खुशीले म शुन्य भएकोछु ।

प्यारी आश्मा !

साँच्चिकै नढाँटी भन्नुपर्दा तिमीलाई पाउन मैले भगवान भाकल गरेकोछु । तिम्रो माया पाउनकै लागि भगवान संग पनि भगवानकै कसम खाएर तिमीलाई मागेको थिएँ । आज त्यो मेरो मनोकामना पुरा भएको छ । धन्य इश्वर ! जस्ले मलाई तिम्रो मायाको हकदार बनायो । मेरो प्रेमको बदलामा प्रेम नै फिर्ता गरेकोछौ । मेरो मनले थामिनसक्नु खुशी दिएको छौ । हो म त्यही भगवान संग बेहद खुशी छु आज जसको कारण मैले तिमीलाई पाएको छु । मायाको एक एक अनुभुतिमा तिमीलाई खोजिरहेको बेला, तिम्रो जवाफको ब्यग्र प्रतिक्षा बिचमा म रुमली रहेको बेला यस्तोबेला तिमीले मेरो बिन्ती स्विकारेकी छौ कि जतिबेला मैले आशा मर्नै लागिसकेको थिएँ । मन भित्र निराशाको तुवाँलोले डम्म ढाकेर सपनाहरु बिलाएकोबेला तिमीले मेरो साथ निभाएकी छौ आश्मा । साच्चिकै एक शब्दमा भन्ने हो भने अबत मेरो सरीरको रगतको थोपा भन्दा धेरै त तिमी दौडी रहेको छौ । त्यसैले म तिम्रो प्रेमिल जवाफले पुलकित भएको छु ।

प्यारी आश्मा !

तिम्रो नजवाफ मौनताको दिन देखी अँध्यारोले छाएको अनुभुती गरेको मान्छे म, तिम्रो आगमनसँगै खुशीका किरणहरु पनि सँगै फर्की आएकाछन झैं भएको छ मेरो जीबनमा । तिम्रो स्विकारोक्त्तिले मेरो जीबनकै उदेश्य बद्लिएको झैं लाग्छ । किन थाहा छ ? आज बल्ल बुझ्दैछु एउटा मान्छेको मायाले कती फरक पार्दछ जिन्दगीमा । हो आश्मा ! तिमी मेरो भाग्यमा लेखिएको रहेछौ । अब विश्वाश भयो त्यो इश्वरसँग जस्लाई मैले हरेकदिन तिमीलाई मागेको थिएँ । तिमीलाई पाएपछी यतिबेला म सोँच्दैछु, आफुले चाहेको चिज पाउँदा मान्छे खुशी हुँदोरहेछ । हो म पनि खुशी भएको छु तिमीलाई पाएर । तर तिमी चिज होइनौ । कुनै वस्तु होइनौ । कुनै साधन होइनौ । तिमी त मेरो प्रेम हौ । मेरो धढ्कन हौ । मेरो प्राण हौ । मेरो सर्बस्व हौ आश्मा । सबथोक हौ ।

साँच्चै प्यारा !

तिमी धन दौलत, रुपरंग नहेर्नु । म अरुकसैको सुन्दरता हेर्नेछैन । तिमी जात धर्म नहेर्नु, म समाज हेर्ने छैन । तिमी सुख खोज्ने छैनौ, म अरुलाई रोझ्ने छैन । तिमी मलाई नफेर्नु, म तिमीलाई फेर्ने छैन । तिमी प्रेम गर, बदलामा म आजिबन माया गरिरहनेछु । तिमी हात थामिदेउ, म जिबनभर साथ निभाइ रहनेछु । तिमी श्वास बनेर म भित्र प्रबेश गरिदेउ, म प्राण बनेर बाँचिरहनेछु । किनकी अब म तिमीलाई कदापी गुमाउन चाहदिन । हो आश्मा ! मेरो जीबनमा तिम्रो आगमनले म पूर्ण भएको महसुस गरेको छु । तिमीलाई नपाउँदा हरेकरात जसो आँशुले चिसिने यि आँखाहरु आज खुशीको बर्षाले भिझेकाछन ।

उफ....! पिडामा पनि रुझ्ने यो आँखा, खुशीमा पनि रुझ्ने यो आँखा कस्तो होला है ? तिम्रो मायाको बादलले ढाकेपछी हाँस्दा हाँस्दै रोइदिन्छु । अनी रुँदा रुँदै हाँसिदिन्छु । कस्तो अचम्म होला यो हाँसो र मिलन बिचको संगमा स्थल हुने यो आँखा । तर खैर जेहौन यतिबेला बगिरहेको आँशु भनेको पिडाका होइनन । पिर ब्यथा बेदनाका होइनन । यि आँशुहरु भनेका नितान्त तिम्रो उपस्थितिले दिएका खुशीहरुका हुन । यसमा मलाई दु:ख हैन अनगिन्ती खुशी मिलेको छ । कुनैदिन एक्लोपनको अभाव मेटाउन घरको छतमा गएर रातको जूनलाई नियालेर फर्कन्थेँ । तर अबत रातको जून र तिम्रो मुस्कान एउटै लाग्न थालेकाछन । शायद खुशी यसैलाई भनिन्छ होला ?।

प्यारी आश्मा !

तिमीलाई यो मेसेज लेखिरहँदा बाहिर सडकमा रात ओर्लिसकेको छ । बिजुलिका पोलहरुमा राता बत्तिहरु बलिरहेकाछन । तिनै बलिरहेका राता बत्तिहरुलाई एउटा प्रश्न सोध्न मन लाग्यो मलाई । बत्तिहरुमा वरिपरी झुम्मिएका किराहरुलाई सुनाउन मन लाग्यो मलाई । यदी म भित्र केही पवित्र छन भने त्यो मेरो माया हो । जुन तिमीमा पोख्न मन लाग्यो । क्षितिजमा शहरको माथि पुर्बी आकाशमा देखिएको जूनसँग उनको सितल्ता र मेरो माया साट्न मन लाग्यो मलाई । त्यसैले मेसेजको शब्द शब्दमा बगिरहँदा मात्रै हैन जीबनभर मेरो हात थाम्न सक्छौ ? मलाई आशा छ आश्मा तिमीले मेरो हात छोड्ने छैनौ ।

अनी सुनन ! हरेस खाईसकेको मनले जब म हस्पिटलको बेडमा सुतिरहेको अवस्थामा मेरो फेसबुकको पोस्टमा तिमीले कामना गरेर गरेको कमेन्ट जब देखेँ । तब मेरो कुनै खुशीको सिमा थिएन । शायद त्यतिको खुशी म आजसम्म भएको छैन । मेरो वालमा तिम्रो कमेन्ट आउनु भनेकै तिमीलाई प्राप्त गरेको झैं भान भएको थियो मलाई । ज्वरोले थालिएर बेडमा अलस-तलस भएकोबेला त्यो देखेपछी एकै झट्कामा शरीर नै हलुका जस्तो भएको थियो । मन फुरुङ्ग भएर हावामा उडेको झैँ भएको थियो । साँच्चिकै भनुमा भने त्यतिबेलाको खुशीको कुनै ठेगाना थिएन । एकमनले त उडेर तिमी कहाँ आइपुग्न मन लागेको थियो । तर के गर्नु ? त्यसो गर्न पनि त सक्दिन थिएँ । जेहोस त्यो क्षण भुईँमा खुट्टा थिएन मेरो । त्यती धेरै खुशी भएको थिएँ ।

त्यसपछी भोलिपल्ट को दिउँसो को त झन बयान गरिसाध्य छैन आश्मा । सन्सारमा यदी मैले केही पाउनु थियो भने त्यो तिमी मात्रै थियौ भने झैं भएको थियो । किनकी कलेजको सबै साथीहरु आएर भेटेर जादा पनि एउटा सहानुभुती मात्रै महसु गरेको थिएँ । तर जब तिमी आयौ मैले संसार पाएँ । मैले बिरामको औषधी पिएँ झैं भएको थिएँ । तिमीले मेरो सबै हालखबर सोधिरहँदा तिम्रो मायाले पग्लिएर आफुलाई थाम्न नसकेर अर्कोपट्टी कोल्टे परेर आँशु लुकाउन वाध्य हुनुपरेको थियो । तर समय पनि कती छोटो उफ..! सानो संबादमै तिमी निस्किएर गईहाल्यौ । मलाई लाग्थ्यो तिमी त्यही मेरो नजिकै बसिदेवोस । तर त्यो सम्भव पनि त थिएन । तिमीले बाइ भनेर त्यहाँबाट निस्कदा मेरो प्राण छुटे झैं भएको थियो । तिम्रो हत्केलाबाट मेरो औँलाहरु छुट्दै गएको जस्तो अनुभुती भएको थियो । तिमीलाई आभाष गर्नै नपाई तिम्रो न्यानो साथ चिसिएको जस्तै अनुभुती भएको थियो । खैर जेहोस, तिमी मलाई भेट्न हस्पिटल सम्म आउँदा भने मैले संसार भुलेको थिएँ । संसार त के आफैलाइ भुलेको थिएँ । एकमनले यस्तो सोँचिरहेको थियो की, तिम्रो उपस्थितिको लागि म हमेसा बिरामी भईरहुँ ! तिमी मलाई भेट्न हरेकदिन हस्पिटल आइरहु । साँच्चिकै यस्तै कल्पनाको सागरमा म हराएको थिएँ आश्मा ।

अन्त्यमा ! मेरो प्रेमको अनुरोधलाई स्विकारेकी छ्यौ । मेरो जीबनमा फूल झैँ भएर फूलेकी छ्यौ । हमेसा यस्तै फूल बनेर फूलिरहनु है ल । अनी यस्तै फूल बनाइ राख्ने प्रण गर्नेछु म पनि । कसम ! बाचा गर्छु । मेरो शिरमा राखेर मुटुमा सजाएको छु । जहाँ राखेकोछु, जहाँ सजाएकोछु, त्यहाँबाट कदापी निस्कन दिनेछैन । जस्तोसुकै परिस्थिती आएपनी तिम्रो हात छोड्नेछैन । अनी फेरी अर्को बाचा गर्छु, तिम्रो जिबनभरको साथ छोड्ने छैन । भौतिक सु:खको  खुशी दिन नसकौँला तर जीबनभर तिमीलाई रुवाउने पनि छैन । आउ एकपल्ट फेरी त्यो प्रण गरौँ, जीबनमा कहिले साथ नछुटावोस । मृत्‍यु आउनु अगाडि एक युग सँगै बाँच्नेछौँ हामी । त्यो पनि अमर चोखो प्रेम बनेर । जसरी चखेवाको जोडी हुन्छन ।   

ला..! मेसेज पनि कती लामो भईसकेछ आश्मा ! प्लिज माफ गर है ल ?। झर्को नमानी पढ्नेछौ भन्ने आशा गरेको छु । बाँकी कलेजमै भेटघाट र गफगाफ हुने नै छन । बस यतिबेला हावामा तैरिएर उडिरहेको मनलाई सम्हालेर कल्पनाको भवसागर बाट मायाको अनगिन्ती पुष्पगुच्छा सहित मिठो चुम्बन पठाएको छु । स्विकारन है ल । हस्त अहिलेलाई बिदा चाहन्छु आश्मा ! शुभरात्री आश्मा । उम्मा...।

उही तिम्रो राज ।

मनभरी उत्सुक्ता र कौतुहल्ता बोकेर पटपटक गरेर उसको मेसेज पढेर सकेँ । जतिपटक पढ्छु त्यतिपटक आफुलाई पूर्ण भएको महसुस गर्छु । फेरी हृदयको अर्को कुनै कुनामा खाली भए झैं पनि लाग्छ । जती पढे पनि कताकता न अघाए झैँ, छातीमा टासेर अंकमाल गर्दा पनि कताकता कुनै भाव वा अनुभुती अपुग भए झैं लाग्छ । तैपनी किशोर अवस्थाले यौबनको फूलहरु गुलाबी रंग बनेर फूल्ने तर्खर गरिरहँदा म आफु पनि बैशालु भएको अनुभुती भएको थियो । मेसेज पढ्दै जाँदा आफै भित्र लाजको पोको पनि बिस्तारै फुस्किदै थियो । सरीरको प्रत्येक अंग-अंगमा चुमेझैं प्रतित भएको थियो । पड्दै गरेको मेसेजलाई हजारबार भन्दा धेरै चुम्बन गर्दै आफ्नै मोबाइल लाई छातीमा कतिपटक च्यापे आफैलाइ थाहा छैन । शायद यही होला प्रेम वा माया भनेको । त्यसपछी पुलकित हुँदाहुँदा कतिबेला निदाएँ त्यो रात त्यो पनि मलाई होस-हावास नै थिएन । शायद बिहानको उज्यालोको संकेत भईसकेको हुनुपर्छ ।

 

मिती- १, फाल्गुन २०७९