Friday, May 28, 2021
प्रिय काली-2
प्रिय काली- Happy Valentine
Happy Valentine
कालेको आमा !!!
कविता- कालेको आमा !!!
प्यारो मान्छे !!!
कविता= प्यारो मान्छे !!!
Saturday, May 22, 2021
सरकार !!!
कविता- सरकार !!!
Stop The Abortion !!!
वास्तबिक घटनामा आधारीत कथा-Stop The Abortion !!!
Thursday, May 20, 2021
थाहा पाए आमा !!!
कविता- थाहा पाए आमा !!!
थाहा पाए आमा
बिपत्तिले मेरो देश
लासले पनि बाग्मतिमा
पालो मिच्दैछ रे !
मृत्यु उत्सबमा
शंखहरु रुइ रहदा
उस्को मुटु ढुंगाको भाको छरे
त्यसैले त नया कुर्सीको लागि
नया लिगलिगे राजा हरु
बिस्वकिर्तिमानको उन्मादमा
बानेश्वर र शितलनिवासको
पाइला नाप्दैछन रे ।
थाहा पाए आमा
बिपत्तिमा मेरो देश
आज फेरि रुदैछ रे ।
सुन्दैछु आजभोली
सत्ताको फोहोरी खेलमा
नेताहरुको मोलमोलाइ हुदा
यता महामारीको मेला लागेकोछ रे ।
जन्ता आशुको नुन पिउदा
कस्को कति करोड
उता नेताको भेला लागेकोछ रे ।
त्यसैले थाहा पाए आमा !
बिबत्तिमा मेरो देश
आज फेरी रुदैछ रे ।
बिपक्षी भन्छ रे
यस्लाइ ठोक्न पाए हुन्थ्यो
उता सरकार भन्छ रे
यस्लाइ जाक्न पाए हुन्थ्यो
बिचरा जन्ता, यता भन्दैछ रे ।
मृत्यु संग भाग्न पाए हुन्थ्यो
त्यसैले थाहा पाए आमा
मृत्युको शहरमा
आज फेरि मेरो देश रुदैछ रे ।
ठुला राजा भन्छन रे
बेसारपानी र बेलौतिले
घार्रघुर्र पार्नु,
नाकमा बसे हाच्छिउ गर्दै
ख्यार्रखुर्र पार्नु
तर यता जन्ता
अक्सिजन नपाइ
मृत्युको पालो कुर्दैछ रे ।
प्रेम र चेतना शून्य
महाराज हरु भएपछि
केनै आशा गर्नु र आमा
स्वर्गको लागि बैतर्णी तर्नु बाहेक
त्यसैले यी बिबेकहिन हरु बाट
जिबनदानको आशा गर्नु भन्दा
अर्को चिताको लागि
जीवन उत्सर्ग गर्नु
धेरै ठूलो महान हो आमा
लास हरुको बिस्कुन
लगाउनु अघि
मृत्यु लाई नमन गरेर
आफ्नो ख्याल आफै गर्नु आमा,
रैती बिनाको शासन गर्ने हरुलाइ
आशुको भिख नमाग्नु आमा,
त्यसैले
थाहा पाए आमा
लास हरुको बजारमा
आज फेरि मेरो देश जल्दैछ रे
लाशले पनि बाग्मतिमा
पालो मिच्दैछ रे ।।।
अर्पण योन्जन
३, जेष्ठ २०७८
17 may 2021
Thursday, February 6, 2020
म एक दिन पक्का रंगित बनेर उर्लनेछु ।
Wednesday, February 5, 2020
बालुवाको पिरामिड
बालुवाको पिरामिड जस्तै
मेरो मन भित्र पनि सयौ प्रकार का
पिरामिड हरु छन ।
जो भात्किन्छन
अनी फेरी बन्छन
अर्को नयाँ पिरामिड हरु !
जो तिमीले कहिलै देख्न सकेनौ ।
यो पिरामिड जस्तै
सुन्दर र हेरी रहु जस्ता लाग्ने
मन भित्र का पिरामिड हरु
सुन्दर भै दिए !
म कहिल्याई गुनासो गर्ने थिन
किन कि !
मन भित्रको पिरामिड हरु त
घरि घरि दुखी रहन्छ ।
बद्ली रहन्छ ।
आज सम्यायो भोली उस्तै चुलिन्छ ।
भोली सम्यायो पर्सी उस्तै चुलिन्छ ।
कयौ पल्ट फाट्ने मन हरु !
हरेक दिन चुलिने पिरामिड हरु सम्याउदै
जिबन यहाँ कती खेर अन्त हुन्छ, थाहै हुन्न ।
कहिले सन्तानको पिरामिड बन्छ
कहिले साहुको रिणको पिरामिड बन्छ
कहिले आमाको चौबन्दी र !
बाबा को दौरा फाटेर पिरामिड बन्छ
तिम्रो तिलहरी र झुम्के बुलाकी को पिरामिड बन्छ ।
हरेक दिन बन्छन र भात्काइ रहन्छु
अनेकौ पिरामिड हरु
यो तातो मरुभुमी को छाती मा उभिएर
फेरी पनि मन कटक्क खान्छ
अनी अर्को पिरामिड त उभिएकै हुन्छ
जहाँ तिम्रो मेरो यौबन फुलेर बैश झरेको हुन्छ
अत्रिप्त प्यास हरु पचास डिग्रिको गर्मी मै
काकाकुल भएर जिउछन
र, सपना हरुले रहर हरु बन्दकी राखेर
बाध्यताको बर्तमान हरु
तपशिल मा तमसुक लेखेर पसिनाले मेट्छन
अरब मा देखिने बालुवाको पिरामिड भन्दा
भिन्न छ मेरो मनको पिरामिड
जो तिमीले कहिल्याइ देख्न सक्दिनौ
मेरो मनको कुनामा
सयौ पिरामिड हरु, जो म मात्र देख्छु ।
र, उक्ली रहन्छु हरेक दिन
रेगिस्तानको हावाइजहाज
उँट हरुमा उडान भर्दै
पसिना र आशु हरु ले प्यास मेटाउदै
अद्रिस्य पिरामिड हरु असफल आरोहण गर्छु
किन कि !यो पिरामिड
खुशी किन्ने बहानामा
बैश, स्रम, सपना, रहर, सबी सबै
पसिना सङ्ग साटेर बनेको हो ।
मेरो यो सुन्दर बालुवाको पिरामिड !
बालुवाको पिरामिड !!
बालुवाको पिरामिड !!!
१३ भाद्र २०७३
आज भोली तिमी !
१२ November 2015
अन्टार्टिका महादेश हरुको
खोजी मा छौकी कसो ?
यो महादेश हरुमा त,
देख्दिन तिमी लाई ?
न भेटेको
र, न देखेको पनि धेरै भो !
कतै अर्को क्रिस्टोफर कोलम्बसको
जन्मको निम्ती
कठोर प्रशब बेदनामा पो छौकी ?
वा आँफै कोलम्बस हुने ध्याउन्नमा ?
कि कतै बुद्धको बाणी हरु पडेर
कुनै वृक्षमुनी ध्यान मग्न भयौ ?
गान्धी, मन्डेला र मदर टेरेसा त,
पक्कै होइन होला ?
कि !? कैलाली र मधेश मा ढुङ्गा हानेर
देश मा आगो लाउन त, ब्यस्त छैनौ कतै ?
यदी यस्तो हो भने
म कहिले माफ गर्ने छैन
तिमी र तिम्रो प्रेम लाई
यदी यो पनि होइन भने
आखिर तिमी छौ त कहाँ ?
ए ! बल्ल बुजे !
आज भोली शायद
तिमी त !
तिहार लागेर भाई टिका मुछ्न
र, सयपत्री उन्न मै ब्यस्त हौली !
यदी यस्तै हो भने !
सबै तिम्रो अनुपास्थिती लाई
मैले हृदय बाटै माफि गरी दिए !
किन कि !
म सँगको सामिप्यता भन्दा
माइती हरु को रक्षा गर्नु
तिम्रो ठुलो कर्तब्य हो ।
तिम्रो केही दिनको
प्रेमको नाकाबन्दिमा
मेरो शिर अझ ठाडो हुनेछ
गर्वले छाती ढक्क फुल्ने छ
स्वाभिमान ले तिमी प्रती
मेरो अझ प्रेम बड्ने छ ।
त्यसैले !
तिम्रो सबै
गयल हाजिर हरु
मैले माफ गरी दिए
तिमी लाई हृदय बाट ।
चौतारिको कथा !
चौतारी को कथा !?
उहिले, उहिले
कति सुन्दर हुने गर्थ्यो चौतारी
पाखाभित्ता हरुले नछेकिने
बिहे भएको चेलि लिन होस
या ! आफन्त लाई
बिदा गर्न होस,
मिलन र बियोगको
संगम हुने गर्थ्यो चौतारी ।
लाहुरे लाई लिन, लाहुरेनी भाउजू
ढाकाको मजेत्रोले मुख छोप्दै
लजाएर उभिएकी तितेपाती चुडल्दै
अनि ! हातमा झुड्याएको टेपरिकोट बजाउदै
देब्रे हातमा साइको फाइब घडी ढल्काएर
लाहुरे जब भाउजू सङ्ग भेट्थ्यो
र ! लाजले !
आफ्नै संगिनी लाई नमस्कार गर्ने
लाहुरेको अभिनय बाट
लजाएर उस्तै लाहुरेनी भाउजू
आफ्नो लाहुरेको घोडा ढोक्थ्यो
र पो रमाइलो थियो चौतारी ।
मनकामना पुरा होस भन्दै
चौतारीमा थुपरिएको
ढुङ्गा को खात लाई
देवता सम्झेर पाती चढाउथ्यो
र !पो, सुन्दर थियो देउराली
डाडै सम्म आएर
चौतारिमा रुमाल साट्दै
आँसु चुहाउथ्यो
र ! पो, सुन्दर थियो चौतारी
गाउको पन्च बस्ने पनि यहि चौतारी
औँठी र पिरती साटिने पनि
यहि चौतारी ।
पर्देश लाग्दा आँसु साट्ने पनि
यहि चौतारी सबैको
साझा हुन्थ्यो र ! पो,
सुन्दर थियो चौतारी ।
न यहाँ आफन्त छ
न यहाँ लाहुरे लाहुरेनी छन
न मायालु छ न न कोहि पर्खने
भौतिक सुखको खोजिमा
परदेश पसेको हरु
शहर बिस्थापित भएपछी
आज न यहाँ देउराली मा
फुलपाती चड्छ
न चौतारी को रौनक छ
छत केवल पुराना यादहरु
छत केवल लामो पर्खाइमा बसेको
यहाँको ढुङ्गा, बरपिपल
अनि अनि थुपारिएको
ढुंगाको देवता
त्यसैले
बिज्ञान को बिकासमा,
सुखसयल खोज्ने हरु हो
आफ्नै बालसखा बिर्सिएर
के तिमी लाई थाहा छ
चौतारिको कथा ???
१८ बैशाख २०७६
१ मे २०१९