गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, October 20, 2013

नाता सिन्दुरको होइन !!!

गजल

 नाता सिन्दुरको होइन त्यही भावना त छोडि आकोछु
 प्रेम यौबनको होइन त्यही सम्झना त गोडी आकोछु । 

 थाहा छैन पाप गरेँ या पुन्य जिबन भरी एक्लो बनाइ 
 लाग्छ बिरहिमा साँझ पख त्यही कल्पना त तोडी आकोछु । 

 रिस राग कुन्ठा भर्यौकी कुन्नी एक्लो पारी आएपछी 
 केही नभन मेरो लागि त्यही सपना त छोपी आकोछु ।

 के हिसाब खोज्छौ र जगतमा जगतै बेहिसाब छ यहाँ 
 नमेटिने धनीपुर्जा तिमीमा त्यही मुटुमा त खोपी आकोछु । 

 नसा काटी रङ्गिन किन बन्छौ रगत निचोडी लाली 
बिर्सेंर पनि नभुल्ने याद त्यही कोशेली त रोपी आकोछु । 

 अर्पण तामाङ
 हाल साउदीअरेबिया
 यान्बु

Saturday, October 1, 2011

तिम्रो त्यो अधरमा छुपायौ कि मलाई !!!

१५ असोज २०६८
गजल

तिम्रो त्यो अधरमा छुपायौ कि मलाई
मोहिनी त्यो नजरमा लुकायौ कि मलाई ।

आज आँफै हराएछु पाउँदा तिम्रो छायाँ
बास्ना चल्ने यौबनमा भुलायौ कि मलाई ।

थोरै मायाँ देखाएर धेरै पर सम्म
नफर्कने बाटो गरी डुलायौ कि मलाई ।

मिठो मिठो सपना देखाइ बगैचा मा
रङ्गी चङ्गी फुलबारिमा झुलायौ कि मलाई ।

आकाशको परि संग नाता जोड्नु भन्यौ
इन्द्रेणिको रङ सरि खुलायौ कि मलाई ।

अर्पण योन्जन

Thursday, September 29, 2011

नसोच्नु आमा देशको मायाँ मारेछ भनेर !!!

संक्रमणकालिन आजको यो परिस्थितीमा सायद हामीले देश लाई नै भुलेको हौकी ? तर होइन ! हामी लाई तराइको २२ जिल्ला मात्र होइन हिमाल देखी तराइ सम्म र मेची देखी महाकाली सम्म हाम्रो भुमी हाम्रो माटो हाम्रो राष्ट्र हाम्रो राष्ट्रियता हाम्रो स्वाभिमान बिभिधताको बिचमा पनि प्यारो लाग्छ ।किन कि बिभिधताको बिचमा एकता कायम गर्न सक्नु नै हामी नेपालीको सुन्दरता र प्रेमको पहिचान हो । त्यसैले यो शब्द चित्र यहाँ हरु लाई पस्कँदै सुझाबको आसा राखेको छु । धन्यवाद !!!
गीत १२ असोज २०६८

नसोच्नु आमा देशको मायाँ मारेछ भनेर
लेख र बेशी पहाड तराइ छाडेछ भनेर ।

म कहाँ सँधै हाँसुला आमा पर्देशी माटोमा
टेकुँला धर्ती फर्केर आमा नेपाली बाटोमा
नसोच्नु आमा अर्कैको मायाँ गडेछ भनेर
लेख र बेशी पहाड तराइ छाडेछ भनेर ।

नसोच्नु आमा देशको मायाँ मारेछ भनेर
लेख र बेशी पहाड तराइ छाडेछ भनेर ।

अनेकता बिच एकता मेरो अरु काँ पाईन्छ
मरेछु भने जन र कात्रो त्यै माटो चाहिन्छ
नसोच्नु आमा अर्कैको आँगन गोडेछ भनेर
लेख र बेशी पहाड तराइ छाडेछ भनेर ।

नसोच्नु आमा देशको मायाँ मारेछ भनेर
लेख र बेशी पहाड तराइ छाडेछ भनेर ।

अर्पण योन्जन
तरहरा-२ सुनसरी

Monday, September 26, 2011

धर्ती फाट्यो मनै फाट्यो !!!

कविता (धर्ती फाट्यो मनै फाट्यो)
९ असोज २०६८


दैब हरी भुकम्पले
९० साल त कथा भयो
४५ ले जन नै लुट्यो
६८ मा दैब आइ
जन धन सबै भुट्यो
खाटो बसेको घाउमा
अर्को फेरी चोट थप्यो
निस्ठुरी त्यो भुकम्पले
धर्ती फाट्यो, मनै फाट्यो
र त साथी !
फेरी अर्को !
कविता लेख्न मन लाग्यो ।
***********************
राजा भए
हक माग्थेँ !
अन्याय भए
जुलुस गर्थें !
दुस्मन भए
मुद्दा लड्थें
बाबु भए
अंश मांग्थे
भाई भए
पानी बार्थें
छिमेकी भए
सिमा कोर्थें
तर यहाँ त देउतै बैरी
को सँग माग्नु
को संग लड्नु
आइ पर्ने दैब संग
म मनुस्य !
खै कसरी गुहार माग्नु !?
र त साथी !
यहाँ !
भुइचालो गयो
अनी !
धर्ती फाट्यो, मनै फाट्यो ।
*************************
शायद उ रिसाएको छ ।
प्रक्रिती हरुको बिरुद्ध
युद्ध गर्ने हरु संग
ठुला ठुला कङ्क्रिटको
पहाड ठड्याउने हरु सँग
मानबिय बिनासको
युरेनियम बनाउने हरु संग
कालो सेतो
ठुलो सानो
धनी गरीब
उचो निचो
यहाँको बिभाज्य
मानब्तारुपी रंग हरु संग
र त साथी !
यहाँ !
भुइचालो गयो
अनी !
धर्ती फाट्यो !मनै फाट्यो
*************************
अस्ती सम्म
यहाँ !
देश दुखेको थियो
मेरो गरीबी दुखेको थियो
स्वतन्त्रता स्वतन्त्रता भन्दै
चिच्याएर हामी हरु
लुट्दै थियौ ।
हामी भित्रको
प्रेम हरु भुट्दै थियौ
स्वार्थ सिद्दमा
आफ्नै रगत पनि छुट्दै थियौं
हर पल हर क्ष्यण
प्रतिद्वन्दिको प्रतिकारमा
नयाँ नयाँ तिकडम रच्दै
आफ्नो बचाउ गर्दै थियौ
तर आज त
दैब आँफै आइ लाग्द
केलाई भुट्नु ?
केलाई छेक्नु ?
हेर्दा हेर्दै आफ्नै मृत्‍यु
खै कसरी रोक्नु ?
र त साथी
यहाँ !
भुइचालो गयो
अनी !
धर्ती फाट्यो, मनै फाट्यो

अर्पण योन्जन (कान्छा भाई)
तरहरा-२ सुनसरी

Wednesday, September 21, 2011

तिमी मा अनौठो मायाँ फेर्ने रहर !!!

गीत ४ असोज २०६८

तिमी मा अनौठो मायाँ फेर्ने रहर
वस्तु झै किनी किनी तन फेर्ने रहर ।

यसै मा खुशी मिल्छ भने तिमी लाई
बजार मा लागि बरु बेची देउ मलाई
हराउदा कतै त्यो झिलिमिली शहर
वस्तु झैँ किनी किनी तन फेर्ने रहर ।

झरेको त्यो पछ्यौरी सम्हालेर बस्नु
भुलेर प्रित मेरो तिमी त सँधै हाँस्नु
थाहै नदिइ मलाई त पिलायौ जहर
वस्तु झैँ किनी किनी तन फेर्ने रहर ।

तिमी मा अनौठो मायाँ फेर्ने रहर
वस्तु झै किनी किनी तन फेर्ने रहर

अर्पण योन्जन (कान्छा भाई)
तरहरा-सुनसरी

Tuesday, September 13, 2011

निस्ठुरी थि भनु भने मायाँ गर्छु भन्थी !!!

२७ भदौ २०६८

निस्ठुरी थि भनु भने मायाँ गर्छु भन्थी
तिम्ले भुले पासो लगाइ मत मर्छु भन्थी ।

समाज लाई लुकाएर तिम्ले देको सिन्दुर
जूनी भरी मेरो सिउँदो मत भर्छु भन्थी ।

नाना थरी कसम खाँदै अँगालोमा मेरो
हजुर लाई जिताउन मत हार्छु भन्थी ।

जस्तै बाधा आए पनि जिन्दगीमा हाम्रो
हाँसी हाँसी प्रेमको सागर मत तर्छु भन्थी ।

देउ न देउ दिल भित्र प्रिती फुल्ने ठाउँ
तिम्रै घरको बलेसिमा मत सर्छु भन्थी ।

अर्पण योन्जन (कान्छा भाई)
तरहरा-२ सुनसरी

Sunday, September 11, 2011

'मेरो स्वाभिमान' !!!

कविता 'मेरो स्वाभिमान' !!!

पहिले म दुखेको
कविता लेखे
अस्ती म भोकाएको
कविता लेखे
हिजो देश दुखेको
कविता लेखे
आज त मेरो
स्वाभिमान नै दुखेछ ।
खै कसरी लेखु अब
मेरो राष्ट्रियता ?
मेरो पहिचान ?
मेरो भाषा ?
मेरो सँस्क्रिती ?
मेरो भुगोल ?
समग्रमा !
मेरो स्वाभिमान ?
*********************
हिजो सम्मत
म मात्र रोएको थिएँ
मेरो भोकमरी मात्र
गरीबी भएर रोएको थियो
मेचीकाली बाट
एउटा पाटो मात्र दुखेको थियो
मेरो देशको भुगोल
कयौँ पटक बलात्‍कृत हुँदा
अश्रु पिडामा छटपटिएको थियो
दशौ बर्षको द्वन्दमा
रक्त आहालमा डुबेको थियो
तैपनी जिउदै छु झै लाग्थ्यो
म मेरो राष्ट्रियता
मेरो चिनारी
अनी
मेरो स्वाभिमान ।
************************
अब त
आफ्नै बाट कसै लाई
मेरो धर्म दुख्न थालेको छ
मेरो जाती दुख्न थालेको छ
मेरो झन्डा दुख्न थालेको छ
मेरो दौरा सुरुवाल दुख्न थालेको छ
मेरो गाई
मेरो लाली गुराँश
मेरो रङ
मेरो डाफे
मेरो सगरमाथा
मेरो बुद्ध
मेरो पशुपती
सिता भ्रिकुटी र जनक र अरानीको हरु
बिभुती भएर दुख्न थालेको छ
हुँदा ! हुँदा !!
मेरो चिनारी आजकाल
स्वाभिमान दुख्न थालेको छ ।
************************
आखिर के खोट देख्यौ र ?
मेरो झन्डामा ?
मेरो दौरा सुरुवाल र टोपिमा ?
र प्रश्न गर्यौ मेरो
राष्ट्र !
राष्ट्रियता !
र स्वाभिमान ! मा ?
यदी तिमी लाई
हिमालको चिनारी छुट्टै
पहाडको चिनारी छुट्टै
तराइको चिनारी छुट्टै
चाहिएको हो भने ?
खोइत मेरो सम्पूर्ण
भुगोल को परिचय ?
के मेरो परिचय
म नेपाली होइन ?
आज मलाई
मेरो भाषा देउ
मेरो जाती धर्म र सँस्कार देउ
हकले उचाल्ने
मेरो देशको झन्डा देउ
अनी मैले टेकेको धर्तिको
मेरो चिनारी
मेरो नाम
मेरो कर्म
अनी म र मेरो
स्वाभिमान देउ ।
***********************
शायद तिमी देश हाँक्ने हरु लाई
मेरो सगरमाथाले थिच्छ होला
मेरो झन्डाले झुकाउँछ होला
मेरो दौरा सुरुवालले पोल्छ होला
मेरो ढेँडो गुन्द्रुकले लाज लाग्छ होला
शायद त्यसैले
आँफैले ल्याएको लोकतन्त्रमा
मेरो स्वाभिमान लाई
सिक्किमा देख्न थाल्यौ
र आज
मलाई बेच्ने सुरसार गर्दै छौ ।
****************************
त्यसैले अब मैले
मेरो भोक रोग

सोक मा मात्र होइन
मैले टेक्ने धर्ती

मेरो चौडा छातीको नाप सँगै
मेरो जाती धर्म बर्गको
मेरो भाषा कला सँस्कृतिको
कविता लेख्नु छ मलाई
मैले गर्ब गर्ने कर्म को
कविता लेख्नु छ मलाई
पौरख र पसिनाले आर्जन गरेको
मेरो राष्ट्र
राष्ट्रियता
र मैले सास फेर्ने
मेरो नेपाल
म नेपाली भनेर
संसारको सामु
हुँङ्कार पिटेर
मेरो स्वाभिमान को
कविता लेख्नु छ मैले ।।।

नोट:- सर्बोच्चको फैसला पछी बिबादित बनेको दौरा सुरुवाल बिषयले गर्दा
वाध्य बनेर लेखेको मेरो कविता । हजुर हरुको प्रतिकृयाको आसामा छु ।

अर्पण योन्जन
तरहरा-२ सुनसरी

Thursday, September 1, 2011

युद्धकामी कवी बन्नु छ ।

कविता १४ भदौ २०६८

समाजको
प्रतिबिम्व हरु टिपेर
मैले देखेको
आजको वास्तबिक्ता हरु !
ओकल्न
असफल प्रयास गर्दै छु ।
र यो द्रुव सत्य हो ।
कवी हरुको वस्तिमा
आफुलाई उभ्याउने मेरो दुस्साहस
एउटा पागल कवी हरुको भिडमा
म आफ्नो मस्तिक हरु लाई
जबर्जस्ती स्खलन गराउने
सुर मा छु ।
***********************
मलाई थाहा छ ।
देवकोटा,सम,र घिमिरे हरुको
अनी पारीजात को
कोमल बगैचा हरुमा
सिरिसको फुल भएर फुल्न सक्दिन
लाचार मुनामदन हुन सक्दिन
गौरी हरुको बियोगमा
आँशु चुहाउन सक्दिन
मालती हरुको मंगले हुन सक्दिन
झमक हरुको
फुलको जिबन पनि त हुन सक्दिन
अनी पुरुस्वार्थको निजी उपयोगमा
राणा र शाह युगिन
बसन्ती हुन सक्दिन
पल्पसा क्याफे, क्याक्टस र क्यान्भास भएर
कतै सजिन र फुल्न पनि सक्दिन
अनी त्यसो त म
सेतो बाघ भएर गर्जन पनि त सक्दिन
****************************
तै पनि मेरो
सकी नसकी
घनघस्याको उकालो हरु उक्लने
असफल प्रयास भने हुने छ ।
बाघ झै पहाड बनेर
गर्जने प्रयास हुने छ
चिस्सिएका हिउँ हरुमा
सगरमाथा भएर उभिने प्रयत्न हुने छ ।
किनकी अब मैले
इतिहाँसको
कठोर् पत्थर हरु फोरेर
नयाँ युगको
आरम्भ गर्नु छ ।
अब यहाँ
सिरु हरु फुल्ने साउनको
गीत होइन ।
आरु हरु फुल्ने बैश हरु होइन
मंसिरे पिरतिका भाका हरु होइन
यहाँ अब
कर्म गर्ने हात हरुको
पसिना बगाउने पाखुरी हरुको
चट्टान फोरेर लावा निल्ने हरुको
आवसेक्ता भएको छ ।
किनकी मैले टेकेको धर्ती
र ! तिमी ले टेकेको धर्ती
आज हाम्रो देश
कतै बिस्थापित हुँदै छ
उनै साँडे हरुको
बल मिच्याइँमा ।
**************************
अब मैले हरेक दिन
चालबाजी रात हरुको पहरेदारमा
मेची काली को रक्षा गर्नु छ ।
हरेक सुर्योदय र सुर्यस्त पछी
कयौँ सुस्ता हरु को
पहरेदार गर्नु छ ।
यहाँ पाइला पाइला हरुमा
आफ्नै आमा र चेली हरु
बेचिएर बलात्‍कृत हुँदा
निदाएका कुम्भकर्ण हरु लाई
ब्युँझाउँनु छ ।
चिम्टी सिन्दुरको भरमा
दासता लाद्ने पुरुष हरु लाई
अधिकार र नैतीकताको
पाठ सिकाउनु छ ।
स्वाभिमान र स्वतन्त्रता बिचमा
राष्ट्र राष्ट्रियताको रक्षा गर्ने
हिमायाती योद्धा हरु जन्माउनु छ ।
त्यसैले अब म
प्रेम बियोगमा छटपटिने कवी हरु होइन
परिवर्तनको नारा हरु उरालेर
सडकमा गाउँमा शहरमा
क्रान्तिको राँको सल्काउने
युद्धकामी कवी बन्नु छ ।

अर्पन योन्जन
तरहरा-२ सुनसरी


































Saturday, August 27, 2011

तिम्रै लागि खाली दिल साँचेको छु नानु !!

११ भदौ २०६८
गजल

तिम्रै लागि खाली दिल साँचेको छु नानु
तिम्रै मायाँ सम्झेर त बाँचेको छु नानु ।

हात लाग्यो कोशेली मायाँ भरिएको
चिन्ता गर्नु पर्दैन भो जाँचेको छु नानु ।

तिमी लाई झैँ मलाई पनि घोचेको छ मुटु
फर्की आउन दिलको बार भाँचेको छु नानु ।

भेट हुँदा मुस्कान ले अँगालो मा बेरी
तिमी आउने उल्लासमा नाचेको छु नानु ।

अर्पण योन्जन

कहाँ छर चैन, तिमी सँग छुटे पछी !!

६ भदौ २०६८

कहाँ छर चैन, तिमी सँग छुटे पछी
बाँकी छैन यो मन, दिलै टुटे पछी ।

नपलाउने पात भो, पिरतिको अब
मुना भै झर्यो, असिना झै चुटे पछी ।

नेटो झै युद्ध गर्यौ, भावना मा मेरो
मृत्‍यु शैया कुर्दैछु, गोली झै भुटे पछी ।

कस्लाई विश्वाश गरुँ, दुनियाँ मा आज
जाली फटा कहाँ, आफ्नै ले लुटे पछी ।

चल्दै थ्यो श्वास, अलिकती बाँकी
त्यो पनि निभ्ने भो, मुटु फुटे पछी ।

अर्पण योन्जन
तरहरा-२ सुनसरी

प्यारी !!

कविता ३२ स्रावण २०६८
प्यारी-
न आयो तिम्रो खबर चिट्ठी न आयौ पर्देशी
सम्झना पनि भुल्यौकि खसम घर बाट गएसी ।

झिली र मिली शहरको घर त्यसैमा भुल्यौ कि
अप्सरा नाच्ने रङिन साँझ त्यसैमा खुल्यौ कि ।

खसम-
लेखेर चिट्ठी पठाको थिए खै कहाँ रोकियो
उडेर आउँ त म पंक्षि होइन डाँडै ले छेकियो ।

के हुन्छ प्यारा झिली र मिली शहर को घरमा
साँझ र बिहान गर्दै छु दु:ख अर्काको भर मा ।

प्यारी-
भुल्यौ कि खसम खरको छानो साउन चुइएको
खाइ लाग्दो ज्यान भोकले पेट शरीर नुइएको ।

चोलिया फाट्यो फरिया फाट्यो मन पनि फाटियो
गएको हिउँद आसैमा बित्यो बर्ख नि काटियो ।

खसम-
काँ भुल्न सक्छु पियारी तिम्लाई मुहार मलिनो
न भन त्यस्तो अमिलो चुक मन हुन्छ अलिनो ।

फेरुँला छाना भरुँला माना भोका को शरीर
म आउंला फर्की सपना साँची जंघार तरेर ।

प्यारी-
म कती सिलाउँ फाटेको मन आउ राजा फर्केर
तकिया मुनी तस्बिर हेरी मन रुन्छ धर्केर ।

चिस्यानी रात गुनगुनाउँ कती तस्बिर बोल्दैन
कल्पना बिच मनको रहर मुख ले खोदैन ।

खसम-
पर्देसी जिबन काँ हुन्छ सुख सिलाउ त्यो मन
पसिना पोखी कमाइ ल्याउँला पर्देशको त्यो धन ।

सपना बिच झस्केर उट्छु तड्पिन्छु मै पनि
सुस्केरा हाली निदाउन खोज्छु हुंदैन तै पनि ।

प्यारी-
भन्छौ नि राजा मन लाई बाँधी त्यो आँशु लुकाइ
कतिन्जेल बसुँ दुखेको मन पिर ब्यथा लुकाइ ।

म पनि उस्तै हजुर लाई उस्तै केले हो छेके को
मर्नु र बाँच्नु भोलिको दिन कस्ले छ देखे को ।

खसम-
मन मा गाँठो पारेर सानु न भन त्यसरी
साहुको रिण त्यो गैरी खेतको मै तिरुँ कसरी ।

दुई हिउँद कुर गरेर दु:ख बसन्त डाकेर
बोकेर खुशी म फर्की आउँला देउता लाई भाकेर ।

प्यारी-
मुनाको मदन हजुर ले हुनु मै हुँला पियारी
हजुरको सती भएर जिउँला बालबच्चा स्याहारी ।

गरुँला आशा फर्केला गुँड बिचरी त्यो चरी
मनको प्यास मेटुला साँझ हेरुँला निहारी ।

कान्छा भाई
तरहरा-२ सुनसरी
कविता ३२ स्रावण २०६८



प्यारी-

न आयो तिम्रो खबर चिट्ठी न आयौ पर्देशी

सम्झना पनि भुल्यौकि खसम घर बाट गएसी ।

झिली र मिली शहरको घर त्यसैमा भुल्यौ कि

अप्सरा नाच्ने रङिन साँझ त्यसैमा खुल्यौ कि ।



खसम-

लेखेर चिट्ठी पठाको थिए खै कहाँ रोकियो

उडेर आउँ त म पंक्षि होइन डाँडै ले छेकियो ।

के हुन्छ प्यारा झिली र मिली शहर को घरमा

साँझ र बिहान गर्दै छु दु:ख अर्काको भर मा ।



प्यारी-

भुल्यौ कि खसम खरको छानो साउन चुइएको

खाइ लाग्दो ज्यान भोकले पेट शरीर नुइएको ।

चोलिया फाट्यो फरिया फाट्यो मन पनि फाटियो

गएको हिउँद आसैमा बित्यो बर्ख नि काटियो ।



खसम-

काँ भुल्न सक्छु पियारी तिम्लाई मुहार मलिनो

न भन त्यस्तो अमिलो चुक मन हुन्छ अलिनो ।

फेरुँला छाना भरुँला माना भोका को शरीर

म आउंला फर्की सपना साँची जंघार तरेर ।



प्यारी-

म कती सिलाउँ फाटेको मन आउ राजा फर्केर

तकिया मुनी तस्बिर हेरी मन रुन्छ धर्केर ।

चिस्यानी रात गुनगुनाउँ कती तस्बिर बोल्दैन

कल्पना बिच मनको रहर मुख ले खोदैन ।



खसम-

पर्देसी जिबन काँ हुन्छ सुख सिलाउ त्यो मन

पसिना पोखी कमाइ ल्याउँला पर्देशको त्यो धन ।
सपना बिच झस्केर उट्छु तड्पिन्छु मै पनि
सुस्केरा हाली निदाउन खोज्छु हुंदैन तै पनि ।

प्यारी-
भन्छौ नि राजा मन लाई बाँधी त्यो आँशु लुकाइ
कतिन्जेल बसुँ दुखेको मन पिर ब्यथा लुकाइ ।

म पनि उस्तै हजुर लाई उस्तै केले हो छेके को
मर्नु र बाँच्नु भोलिको दिन कस्ले छ देखे को ।

खसम-
मन मा गाँठो पारेर सानु न भन त्यसरी
साहुको रिण त्यो गैरी खेतको मै तिरुँ कसरी ।

दुई हिउँद कुर गरेर दु:ख बसन्त डाकेर
बोकेर खुशी म फर्की आउँला देउता लाई भाकेर ।

प्यारी-
मुनाको मदन हजुर ले हुनु मै हुँला पियारी
हजुरको सती भएर जिउँला बालबच्चा स्याहारी ।

गरुँला आशा फर्केला गुँड बिचरी त्यो चरी
मनको प्यास मेटुला साँझ हेरुँला निहारी ।

कान्छा भाई
तरहरा-२ सुनसरी

तिम्रो घरको बाटो गरी आउन पाए हुन्थ्यो!!

३१स्रावण २०६८

तिम्रो घरको बाटो गरी आउन पाए हुन्थ्यो
बहनाले साँझ बिहान धाउन पाए हुन्थ्यो ।

थाहै न दीइ सुटुक्क मन चोरी तिम्रो
यौबन फुल्ने पिरती लाउन पाए हुन्थ्यो ।

दुबै मिली साँझ बिहान देउराली मा सँधै
मिठा मिठा धुन भरी गाउन पाए हुन्थ्यो ।

सपनी मा देखेको कस्ती हौली तिमी
बिपनी मै तिम्रो दर्शन पाउन पाए हुन्थ्यो ।

सँगै तरौ जिन्दगी को सागर पनि बरु
दुई मनको डुङ्गा लाई ख्याउन पाए हुन्थ्यो ।

अर्पण योन्जन

अझै पनि मायाँ उस्तै छन केवल याद बिरानो !!

२० स्रावण २०६८
गित

अझै पनि मायाँ उस्तै छन केवल याद बिरानो
जती भुल्न खोजे पनि केवल तिम्रो साथ बिरानो ।।

ठाउँ उही गाउँ उही सिर्फ तिमी त्यहाँ थिएनौ
भुलेको को याद आउँदा केवल तिमी भएनौ ।

अधुरो अपुरो रहयो केवल मायाको जात बिरानो
अतितको कथा भो सबै केवल तिम्रो घात बिरानो ।।

ढाँटेर यो समाज लाई तिम्रो सिउँदो कोरेकै थिएँ
अर्ध चन्द्र जुनेलीमा बाहोँमा मायाँ भरेकै थिएँ ।

दिन बिते रात बिते बिते महिना साल हरु
लाएर मायाँ दुख्नु रैछ नभेटेकै भए हुन्थ्यो बरु ।।

अझै पनि मायाँ उस्तै छन केवल याद बिरनो
जती भुल्न खोजे पनि केवल तिम्रो साथ बिरानो ।।।

अर्पण योन्जन
तरहरा-२ सुनसरी

Friday, July 29, 2011

तिमी त ! युद्द लड्ने मान्छे !!

२९-०७-२०११

युग हाँक्ने बहनामा
ईतिहास रच्ने दाउमा
तिमी त ! युद्द लड्ने मान्छे!!
आज कसरी तिमी लाई ?
म्रुत्युरुपी काँडा ले घोच्न थाल्यो ??
म मेरै !प्रश्नको ?
अनुत्तरित जवाफले अवाक छु ।
***********************
तिमी पहाड हरु टेकेर
सगरमाथा को उचाइ नाप्ने मान्छे
चट्टान हरु फोरेर आगो निल्ने मान्छे
पाइला पाइला हरुमा
ज्वालामुखी ओकल्ने मान्छे
हरेक श्वासमा हिम्मत बटुल्ने मान्छे
आज कसरी ? आफ्नै अगी
मृत्‍यु उभिएको देख्न थाल्यौ ?
*************************
हिजो सम्म संसार बदल्छु भन्थ्यौ
देशको मुहार फेर्छु भन्थ्यौ
युद्ध प्राप्तिको उन्मादमा
मादल ठोकेर
क्रान्तिको गीत गाउछु भन्थ्यौ
म एक्लै सामन्तिको तह लाउछु भन्थ्यौ
त्यो आदम्य साहस हरुको बिचमा
खै कसरी मृत्‍यु हरुले डराउन थाल्यो तिमी लाई
र ! मृत्‍यु संग भाग्न थाल्यौ ।
*******************************
मलाई थाहा छ ।
चैत्रको हुरी र पुष माघको ठिहिमा
कौडेलको उक्लाई
अनी ! हात्ती लेकको थकाई
र ! बर्तुङ को ओराली झरेर
रानी घाट तर्दै
जल्जला पहाड उकल्ने तिमी
कयौ रात हरु त !
सिद्ध बाबाको आँगनिमा
बन्दुक को सिरानी लगाउँदै
होलेरिमा बम को गोला फ्याँकेर
कालिको गर्तिरमा
लेफ्ट राइट गर्दै परेड खेल्ने तिमी
खै कसरी आज मृत्‍यु लाई
नजिक बाट देख्न थाल्यौ ?
अनी !
दियो, बाती, तेल संग जिबन नाप्न थाल्यौ ।
*******************************
त्यसैले तिमीले
मृत्‍यु संग डराउन सुहाउँदैन
बिबस्ता सँग भाग्न मिल्दैन
युद्ध र ईतिहास संग थाक्न मिल्दैन
कयौ पल्ट मृत्‍यु लाई
हत्केलामा लिएर हिंडेको मान्छे
सानो पराजय लाई मृत्‍यु देख्न हुन्न
किनकी !
रगत को आहालमा तिमीले सुरु गरेका
युद्ध हरु !अन्त्य होइन !!
युद्ध बिन्दुमा पुगेका छन ।
कयौ पल्ट गर्बधान गरिएका
सम्भिधान को थाती हरु !
आज पनि तुहिने तरखरमा छन
त्यसैले तिमी ले
म्रुत्यु होइन यहाँ
यमराज हरु सँग लड्नु छ
र कयौ मृत्‍यु हरुको परजयमा
तिमीले !
कयौ को भाग्य र कर्म
लेखेर मात्र बिस्राम लिनु छ ।
हजार पल्ट आउने
मृत्‍यु हरु लाई जितेर ।
पटक! पटक!! पटक !!!

अर्पण योन्जन
तरहर-२ सुनसरी