गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, August 29, 2010

जो फेरी बुद्ध बनोस ।

कबिता-जो फेरी बुद्ध बनोस-रचना २०६७ भाद्र १३

कहिले काहीँ
म आफ्नै मस्तिक हरुको
अप्डेट गराउँछु ।
दुसित बिचार हरुको
भाईरस स्क्यान गराउँछु ।
अनी देखा पर्छन ।
कु-बिचार हरुको संसार
जहाँ !
अत्याचार/ब्यभिचार
दुरचार/अनाचार
सदाचार/सिस्टचार
सबै राम्रा नराम्रा
भाईरल हरु !
डिटेक्टिप भएर देखिन्छन ।
मेरा रिडेबल मस्तिक हरुमा !
अनी !वाक्क दिक्क लाग्छ आँफैमा
र !म!!
खोज्दै छु यस्तो मानब !
आजको मान्छे हरुमा
जो फेरी बुद्ध बनोस ।
***********************
रात हरु छिप्पिएर
आकाश घोप्टिँदा
म र म हरुको पाप
दुश्परिणाम
नियतिका औँशु हरु
बग्रेल्ती बिहानिमा
पोख्न खोज्दै छन ।
आत्मा हरु चोखिने बहानामा
गंङ्गा बगेर किनारमा
म हरु !
पाप पखाल्ने तरखरमा छु ।
ब्रम्हा स्नान बिहानिको
अनी मख्ख पर्छु र पर्छन ।
पाप बग्यो कुन्ड सङ्गै ।
भोली फेरी अर्को दिन
उही कर्म /उही नित्य !
जहाँ सत्य हरुको गला रेटेर
असत्य हरुको मल/जल हुन्छ ।
र!म !
खोज्दैछु यस्तो मानब
जो फेरी बुद्ध बनोस ।
**********************
मेरा दुस्कर्म हरु !
सालीन आत्मा हरुको भिडमा
पिरामिड भएर !
पहाड बन्दा !
म !सगरमाथा भएर सेलाउन खोज्छु ।
ग्रह हरुको टक्करमा !
सयौँ उत्पादित उल्का हरु !
हिउँ बनेर चिसिन खोज्छु ।
अनी धर्तिमा !
एउटा मानब खोज्छु ।
जस्ले !सबैलाई सुत्रमा बाँधोस ।
र!म !
खोज्दैछु यस्तो मानब
जो फेरी बुद्ध बनोस ।
************************
युग हरुको आगमन हुँदा
नरभक्छी हात हरु बाट
स्रिजिएका अस्त्र/शस्त्र हरुले !
मान्छे/मान्छेको बध हुँदा
जिसस/अल्लाह हरु हराएका छन ।
यहाँ बुद्ध हरु,रुएका छन ।
ति सेता परेवा हरु !
शान्तिबाहक होइनन
शान्तिका पर्यायवाची मात्र भएका छन ।
चेतनशिल मस्तिक हरु लाई
बिनासको झिल्का हरुले !
टाउका हरुका मोल तोक्दै ।
रगतले पोतिएको छ ।
अनी !खोइ कहाँ छ ।?
धर्म र शान्ती ???
र!म !
खोज्दैछु यस्तो मानब
जो फेरी बुद्ध बनोस ।

अर्पण तामाङ(योन्जन)
हाँसपोसा-२ तरहरा
हाल दोहा कतार

Thursday, August 26, 2010

भुटानी शराणर्थी हुँ म ।

रचना २०६७ भाद्र १०

नोट:-यो कबिता मैले अमेरिका बस्ने एकजना भुटानी शराणर्थी
साथीको पिडा सुने पछी लेखेको हो यो । र समग्र भुटानी
शराणर्थी हरुमा यो कबिता समर्पित गर्न चाहन्छु ।

धर्तिको कुन कुनामा जाउँ म ?
सुख्ख सयल वा स्वर्ग ?
प्रिथिबिको !
यो कुना वा त्यो कुना
कहिँ नरम्ने यो मन
किनकी !
मेरो परिचय मलाई
शराणर्थी भनेर चिनाउँछ
त्यसैले !
मान्छे हुनुको पिडामा
दुख्दै छु आजकाल म
स्वतन्त्रताको नाममा
अधिकार खोज्दै
टिस्टुङ गुम्बा हरुले
चिहाइ रहँदा
मेरै गुमपाड पहाड हरुले
निचोर्दै मलाई
जिग्मे वङ्चुक र थिन्ले हरुको
तानाशाही रात हरुले
प्रताडित बन्दै छु म
किनकी !
भुटानी शराणर्थी हुँ म ।
*****************
असिमित सिमान्तक्रित
जाती भाषा बिभेदमा
जिउँदै जल्दै छु म
मानब बाट
खै कुन मानबमा ?
दर्ता हुँदै छु म ।
आँफै जन्मेको आँगन बाट
फुर्बा ,टासी , ग्याल्जेन
डोल्मा र आनी हरु
बालसखा भुलेर
दुस्मन भएका छन ।
किनकी !
भुटानी शराणर्थी हुँ म ।
******************
मेरो धर्ती खोसेर
मेरो देशको माटो
मेरो बलेसी सङ्ग
बिरानो बन्दै छु म ।
जली रहेको घरमा
आफ्नै अगी
आफन्त को ज्यान गुम्दा
मानसिक बिचलनमा
त्रसित मन हरु लिएर
डुक्पा हरु बाट
बलात्‍कृत आँफै
जिउनुको शहरा काखी च्यापेर
रगतको मांसपिन्ड हरु डोराउँदै
मैले टिस्टा र मेची तरेँ ।
किनकी !
भुटानी शराणर्थी हुँ म ।
*********************
आज बर्सौ पछी
मान्छे हुनुको पस्चतापमा
आफ्नै परिचय बद्लिएर
मानब संसाधन आपुर्ती गर्न
अमेरिका आयत हुँदै छु म ।
साल नाल र रगत
भुटानको माटो मा पोखिएको छ ।
र म भुटानी हुँ ।
मेरो स्वाभिमान भुलेर
म युरोपियन हुनुमा गर्ब छैन
किनकी ?आज पनि
मेरो माटो प्यारो लाग्छ ।
जती पिडा देवोस बरु मलाई
मेरै देश स्वर्ग लाग्छ ।
तै पनि मेरो धर्ती भुलेर
कतै बिस्तापित हुँदै छु म ।
भुटानी हुनुमा होइन मलाई
आज मान्छे हुनुमा
पक्षपाती दुनियाँ सङ्ग
दुख्दै छु म ।
किनकी !
भुटानी शराणर्थी हुँ म ।

अर्पण तामाङ(योन्जन)
हाँसपोसा -२ तरहरा
हाल दोहा कतार

Thursday, August 12, 2010

मायाँ गर्छु भन्ने ले

गजल २०६७ स्रावण २७

मायाँ गर्छु भन्ने ले मलाई भुल्यो कि
दिल भित्र रोपेको थेँ अन्तै फुल्यो कि ।

कुनै दिन थेन यस्तो बाटो नकुरेको
उन्लाई कुर्दा साउनमा सिरु फुल्यो कि ।

न पर्खेको होइन मैले रात ढले सम्म
आफ्नै घरको आँगनी मा बाटो भुल्यो कि ।

आफ्नो पराइ छुट्टाइ हाल्यौ नाता केलाएर
रिण लायौ पिरती को ब्याज सुल्यो कि ।

कुरी बसे मनको दिप आशा जलाएर
आउँदा आउँदै अँधेरी मा आँफै भुल्यौ कि ।

अर्पण तामाङ(योन्जन)
हाँसपोसा -२ तरहरा
हाल दोहा कतार
नोट:-यो गजल मेरो एक जना मित्र को प्रेम प्रसङ्ग
बाट लेखे को हुँ अन्यथा माफि चाहन्छु ।

Wednesday, August 11, 2010

शहर हरुमा के हुँदैन ?

कबिता २०६७ स्रावण २६ (शहर हरुमा के हुँदैन ?)

गोलो प्रिथिबी हरु
आँफैमा अभ्यस्त हुँदा
बेफुर्सदिला दुनियाँ हरु
कम्प्युटरका हार्ड डिस्क झैँ
रफ्तार मा दौडी रहेका
यि भिड भाड हरुको शहरमा
दिउँसै आँखा चिम्लिने हरु
दिन हरु ढलेर
रात हरु
बिरात मा ढले पछी
स्पात हरु पनि पग्लिन्छ
पत्थर हरु टुक्रिएर
भाटी हरुमा गालीन्छ
र ,मन हरु साटिएर
यहाँ रात हरु बहुलाउँछ
किन कि यो शहर हो
शहर हरुमा के हुँदैन ? ।

उन्मत्त बैंसालु शहर हरु
साँढे बनेर अँधेरी हरुमा
दाँयाँली खेल्छन
रात हरु छिप्पिदै जाँदा
सडक हरु मात्तिन्छन
भिड भाड नदेखेका
गाउँले मन हरु
कोलाहाल मा आत्तिन्छन
अनी गाउँ बाट
शहर छिरेका तिर्थे हरु
जेम्स,ज्याक, र माइकल बन्छन
शहर पसेका सुन्तली हरु
सानी र मैयाँ बनेर
हर रात
बेचिन्छन लुटिन्छन
किन कि यो शहर हो
शहर हरुमा के हुँदैन ? ।

साँझ हरु उमेर पुग्दै जाँदा
मद्ध्य रात हरुमा
ठुला-ठुला
टेन्डर हरुको आह्वान हुन्छ
सुर्योदय हुनु अगिको रात
मोल-तोल हुन्छन
ठेक्का-पट्टा सकिन्छन
रात भर शहर हरुमा
दलाल हरुको भिड लाग्छ
टाउका हरुको मोल हुन्छ
भालेको डाक हुँदा
हामी बेचिएका हुन्छौ
हामी सङ्गै
देश बेचिएको हुन्छ
स्वाभिमान बेचिएको हुन्छ
आत्मा र स्वाभिमान भित्र
नालायक हरु करोडौँमा
बेचिएको खबर आउँछ
अनी देश र जनता
अ-निर्णयको बन्दी बनेका
स्वयम सङ्खघोस् गर्छन्
मन्जुश्री को डाडो बाट
किन कि यो शहर हो
यहाँ दिन हरुको
प्रस्थान पछी
शहर र रात हरुको
मिलन हुन्छ
किन कि यो शहर हो
शहर हरुमा के हुँदैन ? ।

अर्पण तामाङ (yonjan)
हाँसपोसा-२ तरहरा
हाल दोहा कतार

Monday, August 9, 2010

आजको मान्छे हरु

रचना २०६७ स्रावण/२५ (आजको मान्छे हरु )

ग्रह हरुको घर्सणमा
स्खलित
सामुन्द्रिक तट हरु उभिँदा
अग्लिएका पहाड हरु
जल,बायु र सुर्यको
सौहार्द्र मिलन पछी
बनस्पती जिबमा
यौन उन्माद पोखिदा
टुसा पलाएका
युगिन पदचाप को सुरुवात
होमु पिथेकस
राम पिथेकस हरु
पत्थर ठोकेर
आगो बाल्दा बाल्दै
जिबित श्वास हरु
आदिम काल को
स्नायु तन्तु र रेशिका हरु
उत्तर आधुनिक्तामा
भौतिक संसार को
ठुलो सुकुलमा
बिस्कुन झै असरल्ल
छरिएका रक्त बिज हरुका
जिन र क्रमोजोम हरु
प्रारुप स्वरुप मा
रुपान्तरण हुँदै
आजको मान्छे हरु
मानब बाट
अतिमानब बन्न खोज्दै छन
आजको मान्छे हरु ।

भु-मन्डलीय मोह त्यागेर
आजको बिकसित मान्छे हरु
चन्द्र रोहणको होडबाजि
प्रियासी हरु को नाममा
पिण्ड हरु
नामसारी गर्न आतुर
लोभि मनको भाउ बढाउदै
दाइले भाई लाई
बहिनी ले दिदी लाई
सन्तान ले
जन्म दाता लाई
एकले अर्को बाट खोसेर
आफ्नै पाइलाको
टेकेको जमिनमा
हिसाब-किताब गर्दै छ
मृत्‍यु पस्चात का अबसेश हरु
आफ्नै लम्बाइ नापेर
अद्रिस्य संसार को
बादशाह हुन
अत्यासी
घनघस्याको उकालो हरु
मृत्‍यु नाप्न आतुर छन
आजको मान्छे हरु
मानब बाट
अतिमानब बन्न खोज्दै छन
आजको मान्छे हरु ।

हाम्रो भुलेर
म को पछी
भु सामन्ती हरुको
मुकुट पहिरन
नयाँ कोलम्बस हरुको
सपनामा अल्झिएर
अन्टार्टिका महादेश हरु
अफ्रिकी शहरा मरुभुमी हरु लाई
अंमिनी लाएर
अंशबण्ड गर्ने सुर मा
विल्गेट्स बन्ने धुन देखेर
गोग्ले सर्छ इन्जिन को
प्रतिस्पर्धामा
आजको मान्छे हरु
मानब बाट
अतिमानब बन्न खोज्दै छन
आजको मान्छे हरु ।

शताब्दी पछ्याउने मान्छे हरु
सम्भाबित युग लेखन मा
आ-आफ्नै
अस्तित्व को लडाईं मा
हिरोसिमा पछीका
इराक हरु जल्न थालेका छन
अफ्गानिस्तान हरु
गल्न थालेका छन
सिया र सुन्नी हरु
उस्तैमा बिभाजन भएका छन
धर्मका अफिम हरुले
हिन्दू मुस्लिम का नाममा
सिख बुद्धिस्ट हरु
शान्ती को नाममा
बुद्ध हरु ढलेका छन
नामे बाबरी मस्जित हरु
पर्खाल र गिर्जा हरु ढलेका छन
अनी आज
आस्था का बिम्ब हरु ढलेका छन
परमाणु हरु को अबिस्कारमा
ब्यस्त बनेका
आजको मान्छे हरु
मानब बाट
अतिमानब बन्न खोज्दै छन
आजको मान्छे हरु ।

बिनासका आइन्स्टाइन हरु
चाणक्य का निती हरु
सुकरात हुन नपाउदै
मानब संसाधन
स्वचालित मेशिन हरु
मानब कङ्कालको
अर्को बस्ती बसाउने
नयाँ आइन्स्टाइन हरु
कु-क्रित्य रचना गर्दै
भौतिक बिज्ञान को
प्रतिबादन गर्न
एच,टु,एस,र साइनाइट का
उत्पती र बिनास को
परीभाषा दिदै छन
जोड घटाऊ र नाफा घाटामा
क्यल्कुलेटरका
मस्तिक हरु थिचेर
रिण को पोको हरु बनाउने
मार्सल र रबिन्स हरु
गणितिय दर्शन हरुमा
अन्धोबक्त मानब हरु
अल्जेब्रा र ज्यामिटी हरुले
देशान्तर नाप्न
अन्धो भएका छन
आज मानब बाट
अती मानब बन्न लाई
अघोसित युद्ध हरु को तयारीमा
अन्बेशण गरी रहेका छन
आजको मान्छे हरु
मानब बाट
अतिमानब बन्न खोज्दै छन
आजको मान्छे हरु ।

अर्पण तामाङ(योन्जन)
हाँसपोसा -२ तरहरा
हाल दोहा कतार

Wednesday, August 4, 2010

"यो त अती भो अब"

कबिता रचना २०६७/१९ स्रावण "यो त अती भो अब"

नारायणहिटि को
ठाकुर साहेब लाई
बिस्थापित गरेर
तिमी लाई इस्थापित गर्न
हामी मरेका छौ
लाखौं आमा हरुले
ममता को बिर्को बन्द गरेर
देशको लागि सन्तान हरु
उत्पादन गरेका छन
त्यसैले !
जनता को टाउको टेकेर
हरेक दशक हरुमा
चिच्याइ रहेका
सम्भिधानसभा हरु
हरेक बाद हरु को
नारा उराल्दै
जिन्दाबाद र मुर्दाबद मा
मर्दै बाँच्दै गरेका
सार्भभौमिक्ता हरु
आज कसैको ईशारामा
कठपुतली बनेर
नाची रहेछ हाम्रा ठुला हरु
त्यसैले ए!ठुला हो !!
योत अती भो अब ।

सभा सम्मेलन र गोस्टी हरुमा
उर्लिएको तिम्रो राष्ट्रियता
भाषाण हरुमा आजित हामी
बन्द हड्ताल र महँगिले
डामिएको हामी
ग्लेसियर पग्लेर
पत्थर बनेका मनका पहाड हरु
पुन पत्थर पग्लेर
ग्लेसियर बन्ने सुरमा
बुद्ध खोज्ने यि आँखा हरु
अती भएर खती बेहोर्न
बिबस स्वाभिमान हरु
अबत कोत पर्बका जङ्गे हरु
खोज्न थालेका छन आजकाल
किनकी !
योत अती भो अब ।

सम्भिधानको ढ्याङ्ग्रो ठोकेर
जाती धर्मको खेल खेल्यौ
समान्ताको सपना देखाएर
बर्ग क्षेत्र को बिष रोप्यौ
चुहिएको छाना छाउनुत कता कता
आफ्नै भाई जुदाएर
घर जलाउने मन्त्र जप्यौ
साढे दुई करोड आत्मा हरु
सत्ता स्वार्थ र घमन्डमा
तिम्रो लागि !
छ सय एक मात्र मान्छे देख्यौ
त्यसैले ए !जनता हो !!
यि नसा काटेका नपुङ्सक हरु
पेरिस बल्खु र सानेपा हरुमा
एक मधेश प्रदेश देख्ने हरु
हाम्रो छाती मा टेकेर
नपुङ्सक्लिङ्ग भएका छन
अर्नेस्टिक ग्रस्त बनेका
मस्तिक गुमाएका
बिबेक हिन भएका छन
इन्फ्लुन्जा हरुको गर्वधान बाट
ए,एच,वान,एन,वान भाईरल हरुको
परजिबी स्वाइन फ्लु
बन्ने दाउमा छन !
त्यसैले अब हामीले
एन्टिबायोटिक प्रतिरक्षात्मक
सिंरिन्ज हरु को
अबिस्कार गर्नु पर्छ
किन कि !
योत अती भो अब ।

कानुन र सरकार बिहिन
आज देश !
अनिर्णयको बन्दी बन्न लाई
यदु हरु आँफै मरेनन
सेन हरु आँफै सेरिएनन
मैना हरु आँफै लुटिएर मरेनन
सेतु हरु आँफै भुटिएनन
बर्ग बिहिन
समाज निर्माणको निम्ती
नयाँ नेपालको कल्पनामा
लोकतन्त्र र गणतन्त्र को नाममा
सन्तान हरुको भबिस्य खोज्न
शहीद हरुको !
रगत को मुल्य
अब हामी लाई चाहिएको छ ।
तिम्रो भाषण होइन
हामी लाई रासन चाहिएको छ ।
तिम्रो शासन होइन
हामी लाई कानुन चाहिएको छ ।
तिम्रा दस्ताबेज हरुको
सम्झौता र योजना हरु होइन
गाँस बास र कपास चाहिएको छ ।
तिम्रा आस्थाका ऐना हरु होइन
हामीलाई स्वास्थ्य शिक्षा
र ! मुलुक चाहिएको छ ।
किन कि अबत !
तिम्रो राष्ट्रियता माथि
सङ्का लाग्न थालेको छ ।
तिमी हरुको नागरिकता माथि
अख्तियार लाउने
बेला भएको छ
किन कि ए ! ठुला हो
तिम्रो बल मिच्याइ हरु
हाम्रो लागि !
योत अती भो अब

अर्पण तमाङ(योन्जन)
हाँसपोसा -२ तरहरा
हाल दोहा कतार

Tuesday, August 3, 2010

"रहर "

रचना स्रावण २०६७१९"रहर "

गिजा टोकी चाउरी गाला
गिजाउँछ रहर ।
बुढेउली को झनै याद
तन्देरी को रहर ।

धर्ती बसी जुन चुम्ने
तार गन्थ्यो रहर ।
मन उडेर आकाश छुँदा
बादल बन्थ्यो रहर ।

जुरेली को नाच देखे
चरी बन्थ्यो रहर ।
बतास चल्दा सिमल को
भुवा हुन्थ्यो रहर ।

वाग देखे करेसा मा
माली बन्थ्यो रहर ।
फुल देखे कोपिला मा
बास्ना बन्थ्यो रहर ।

गजल लेखे मधुमासको
गीत बन्थ्यो रहर ।
गाइने दाइको सारङ्गी को
धुन बन्थ्यो रहर ।

बैसालु को जोबन देखे
चन्चल हुन्थ्यो रहर ।
मायाँलु को मायाँ देखे
तुल्बुल हुन्थ्यो रहर ।

गौँथली को जोडी देखे
प्रिती बुन्थ्यो रहर ।
नैनी तालको जल देखे
प्यास बन्थ्यो रहर ।

युग गल्यो बैशं ढल्यो
रात फुल्यो रहर ।
मलबास को तिथी जस्तो
अछुत बन्यो रहर ।

उमेर छँदै बैँश जिउनु
पुरा गर्नु रहर ।
ढले पछी चैतमास को
ओइलिएको रहर ।

अर्पण तमाङ(योन्जन)
हाँसपोसा-२ तरहरा
हाल दोहा कतार

Monday, August 2, 2010

बिचलित कबि मन हरु-कबिता

कबिता रचना २०६७स्रावण १७

आफ्नै को आक्रमण बाट
बिचलित कबि मन हरु
अनाथ कबिता हरु को
भोरण पोसण गर्न छाडेका छन ।
बिधा उप-बिधा हरुले
लखेटिएर !
संपर्क बिहिन कबिता हरु
शब्दकोश भित्र !
कैदी बन्न थालेका छन ।
सयौँ यात्रु हरु बोकेर
शुन्य गगन को,बादल भित्र
बेपत्त कक्पिटको मेशिन जस्तो
आज भिड भाडमा
बिचलित हुँदै छ कवि मन हरु ।

सपुत हरुको बिरतामा
काँगडा र टिस्टाका
सिमा कोर्ने कवि हरु
भ्रिकुटी र सिता का
मीत लेख्ने कवि हरु
आमाको प्रसब बेदनामा
पिडा पोख्ने कवि हरु
बहिनिको सिन्दुर पुछिदा
बिधुवाको ब्यथा लेख्ने कवि हरु
आज मेची र काली बाट
अक्टोपसका पन्जा हरुले
द्रौपदी बन्दा आफ्नै आमा
राजधानिको मुटु बिचमा
बलात्‍कृत हुँदा आफ्नै आमा
प्रत्याक्रमण मा उभिन छाडेका छन
बिचलित कवि मन हरु ।

मुना मदनको बिछोडमा
मालती मंगलेको कथा रच्ने
म्रित गौरिको पस्चातापमा
काब्य फुलाउने कवि हरु
कपिलबस्तु जलेर राख बन्दा
गौरमा आफन्तको लाश ढल्दा
पिडा नपोख्ने
निस्ठुर भएका छन आजकाल
बिचलित कवि मन हरु ।

अरुको पराधिन्ता नसहने
अन्याय र अत्याचारको
निरुङ्कुस्ता नचाहने
प्रजातन्त्र र स्वत्रन्तताको
शान्तिको पाठ सिकाउने
आफु बाँचेर बाँच्न सिकाउने
आज आफ्नै
डिट्ठा बिचरी र मुखिया हरु बाट
नेत्रित्व बिहिन मुलुक बन्दा
कलमका निप हरु निमोठेर
चुप चाप छन कवि मन हरु
बरु उल्लास बिहिन
जिबन लाई रङ्ग भर्न छोडेर
पारीजात ले रोपेका
शिरिसका फुलका हाँगा हरुमा
रसी हरु कसेर
आत्मा हत्या गर्दै छन
आजकाल
बिचलित कबि मन हरु

अर्पण तमाङ(योन्जन)
हाँसपोसा-२ तरहरा सुनसरी
हाल दोहा कतार

Sunday, August 1, 2010

काठमान्डौ !!

रचना स्रावन २०६७/१६

काठमान्डौ !!
मन्दिर र सुन्दर कला हरुले
मन्जुश्रिको खड्गोले काटी
चार पहाड का दिवार हरुले
सफा स्वच्छ र निस्छल
मन हरुले बास गरेको
हिजो को कान्तिपुरिनगरि
आज काठमान्डौ भएको छ ।

इतिहाँसका काल खन्ड हरु
जिजिबिसा र खन्डहरमा पारीणत हुँदै
आधुनिक्ता को पर्खाल हरुले
पुरिन थालेका भग्नावसेस हरु
इतिहाँसको ठेली हरुमा सिमित !
हिजो को कान्तिपुरिनगरि
आज काठमान्डौ भएको छ ।

बिज्ञान को खोल ओढेर
प्रभिधी र टेक्नोलोजिका
बिशाल संसाधन हरुको
बैसाखि टेकेर !
कुलकुटुम्ब नचिन्ने
परिबर्तित आधुनिक मन हरु !
गुज मुज्ज इटहरु को
शर बन्दै छ काठमान्डौ
सु-सुप्त बैसालु मन हरु
उत्तेजनामा चलायमान मुर्ती हरु
ब्यस्त मेशिन हरुको मस्तिक बाट
समायोजनका बिर्य हरु
फ्युजन पोख्न आतुर
हरेक रात हरु को मोल मोलाई मा
नसाले चुर उन्मत्त ईन्द्र हरु
अप्सरा हरुको ब्यापार मा
तल्लिन छ !
हिजो को कान्तिपुरिनगरि
आज काठमान्डौ भएको छ ।

सती हरु को कान्तिपुर
एकलब्य र सुधामा का कर्तब्य हरु
कङ्क्रिट हरु को शहर बन्दा
छलकपट र बधशाला
भएको छ काठमान्डौ !
ठुला साना महाराज हरुको
आशन र रासन परिवर्तन को
खोपी बन्दै छ काठमान्डौ !
लुटपात काटामार र अपहरण को
शहर बन्दै छ काठमान्डौ
न्याय नपाए गोर्खा जने हरु
पापको कुन्डमा दहन हुन
दुशित मस्तिक हरु बोकेर
खराब खेलको पेनाल्टी भर्न
अकर्मन्य खेलाडी हरु को
स्टेडियम बन्दै छ काठमान्डौ
र यसरी !
हिजो को कान्तिपुरिनगरि
आज काठमान्डौ भएको छ ।

जिबित तर चेतना बिहिन
बिबेक हिन्ता गुमाएका
पाखन्डी हरु को
आँफैमा बेखबर बन्दै छ काठमान्डौ !
बौद्ध स्वयम्भु र पसुपती हरुमा
सफा सुन्दर बग्ने !
बिष्णुमती र बागमती हरुमा
प्रदुसण गर्न आतुर जन्तु हरु !
मान्छे मा पारीणत हुँदा पनि
दुर्गन्धित गन्ध हरुको उत्पादन गर्ने
आइ.एस.ओ. प्राप्त फाक्ट्री
आजकाल बनेको छ काठमान्डौ ।
अनी खै कहिले !?
बिउँझीएला र बीकशित मान्छे को
मस्तिक लिएर हिँड्ला काठमान्डौ !?
र यसरी !
हिजो को कान्तिपुरिनगरि
आज काठमान्डौ भएको छ ।

अर्पण तमाङ(योन्जन)
तरहारा-२ सुनसरी
हाल दोहा कतार

Saturday, July 31, 2010

आज उसको मन मेरो भएको छ ।

रचना स्रावण २०६७/१५

चिसो हिउँले कठाङ्ग्रिएर
निस्तेज उसको,मन र मस्तिक
ज्वालामुखी हरुको पहाडले
चट्टान बनेर हिर्काउँदा,पनी नफुटेको
कठोर उसको दिल मा !
मैले एउटा शब्द बाण हाने
घायल हरिण को साबक जस्तो
पिडामा छटपटिदा अचानक
एउटा आवाज निस्क्यो "मायाँ"
र कुनै !
युद्धरत देशको सिमा स्तम्भ
हार र जित पछी भत्काए झै
उसको कठोर मनलाई !
मैले भत्काए र एउटा युद्ध जिते
युद्ध पछीको आत्म समर्पणमा
आज उसको मन मेरो भएको छ ।

गृह युद्धको शान्ती बार्ता पछी
क्यान्टोन्मेनमा थुनिएका
हतियार जस्तै !
मेरो आँखाको निगारानीमा
मनको मध्यस्तता मा
उनको मायाँ लाई !
भोटे ताल्चा लाएको छु !
बन्द चार दिवाल भित्र
हाम्रा बबुरा दिल दिमाख हरु !
प्रेमाग्नमा तल्लिन हुन्छन
क्यान्भास मा पोतिएको
कुचिका रङ्ग हरु जस्तै
सिंगार्न ब्यस्त बयली मन हरु !
आर्गज्म श्रीजनामा लिन छौ
किन कि !
आज उसको मन मेरो भएको छ ।

ति अघोर काला र निरास
निर्दयि रात हरु !
क्षितिजमा ओर्लदै गर्दा
मेरो निद र सपना हरु !
अभिसाप बनेर !
अचुक रात हरु मेरो लागि
तारे भिरको पैरो बनेर
गर्ल्याम्म पुर्थ्यो !
आज त्यही रात
हरेक दिनको सुर्यास्त पछी
अनेकन रात हरु !
उधारोमा किन्न थालेको छु ।
किन कि !
आज उसको मन मेरो भएको छ ।

अहिले म पटक्कै डराउँदिन
ति नरपिसाच रात हरु सङ्ग
बरु मेरो साथी भएको छ उ !
ति कुम्भकर्ण रात हरु !
क्षितिज लाई हेरेर !
हरेक रात हरु को !
पर्खाइमा बस्छु आजकाल
महिनौ पछी को समागममा
अत्रिप्त उनको प्यास हरु लिएर
उपस्थित हुन्छे र,हाजिर गरेर जान्छे !!
दुई बिजको मिलन पछी
उत्पादित भ्रुण हरु !
जन्म लिने तर्खरमा
मायाँ बाडिन्छ कि भनेर
अभोर्सन गर्छे र ,मलाई मायाँ पोख्छे !!
किन कि !
आज उसको मन मेरो भएको छ ।।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, July 29, 2010

मैले यसरी कबिता लेखेँ ।

'मैले यसरी कबिता लेखेँ (रचना स्रावण २०६७/१४

क ख र ज्ञ गर्दै
बार्ह खरी चिन्दा
गुना अंक र जोड घटाऊ मा आफुलाई
खरी पाटी र चक सँगै
पाठशाला तिर डोराँदा
पढेका ति बाल कबिता हरु !
आचार्य भट्ट र देबकोटा हरु !
शिरोमणी र घिमिरे हरु !
मेरो बाल मस्तिक मा साथी बनेर
मेरो खरी पाटिमा बच्चन गर्न थाले
र !मैले यसरी कबिता लेखेँ ।

आउ साथी रँगी चङ्गी फुलबारी मा
आकाश को जुन टिपेर
तारा हरु को माला गाँसुँला
चिर्बिर गर्ने गौँथली को गीतमा
छिरबिर गर्ने पुतली को भेषमा
हाँगा पात कोपिला मा नाचुँला

सानो मा रहर ले लेखे
ठुलो मा लहड ले लेखे
तर अहिले कहरमा लेखे
जिबनको पिडा मा छट पटिएर
जन्मको मिती लाई धिक्कार्दै लेखेँ
आँफै मा सँघर्ष बिहिन भएर
अनेकौँ जन्जिर हरु ले बाँधिएको
महसुस गरेर लेखेँ ।

कहिले मेरो गरीबी ले गिज्याएर लेखेँ
आङमा फाटेको दौरा ले खिस्याउँदा
घाम पानी र जाडो मा लेखेँ
अभाबमा भोक हरु तड्पिडा
अन्न बिना को आन्द्रा हरु ले
बाटरिएर लिङ्गे पिङ्ग खेल्दा लेखेँ
मेची र महाकाली को पिडा मा
देश हरु दुखेर !
सप्तकोशी गण्डकी र कर्णालीमा बगेर लेखेँ
ठुला शहर का नपुँसक हरुको बस्ती पुग्दा
जाल झेलमा बन्दी बन्दा लेखेँ
राष्ट्रपती को नाममा इतिहाँस बल्झिँदा
एउटै बिमती प्रधानमन्त्रिमा जनता बल्झिएर !
चिच्च्याइ चिच्च्याइ सडकमा कबिता लेखेँ ।

चिर निदमा सुतेका !
ति पहरेदार हरु बिउँझेलानकी भनेर लेखेँ
देशको लागि भनेर ति सपुत हरु !
बलिको बोको बनेर ढल्दा लेखेँ
आमा को काख रित्तिएर
आफ्नै को सिन्दुर पुछिँदा लेखेँ
आकाश बाट दुई परेवा हरु !जमिनमा खस्दा !!
गोला बारुद र खुन को छिटा मा लेखेँ
र ! यसरी !!
मैले घरी घरी अन्जानमा कबिता लेखेँ

सानोमा गुरुको स्याब्बासिमा लेखेँ
तन्देरीमा मायाँलुको घुर्काइमा लेखेँ
लेख्दै जाँदा आफन्त र साथी हरुको
गुणगान र लही लही मा लेखेँ
हुँदा हुँदा शुभ चिन्तक हरुको मन राख्न
फुर्काइमा लेखेँ ।

थाहा छैन मलाई !
त्यो कबिता हो या शब्द हरु को रास
लेख्नै पर्ने बाध्यता हो या भोलिको आस
घमन्ड हो या सरस्वती को बास
आस बास गाँस र कपास मा
भोक रोग र अशिक्षमा
देश काल र परिस्थिती मा
कुनै न कुनै बहनामा मैले कबिता लेखेँ
जिउने बहनामा होस् या जिउने बहनामा
यो कबी बन्ने होडबाजिमा
शब्दकोश हरुको ठेली खोजी खोजी
मैले यसरी कबिता लेखेँ ।

अर्पण तामाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Tuesday, July 27, 2010

मेरो घर छेउ को बुढो रुख ।।।

कबिता रचना स्रावण ११/२०६७

मेरो घर छेउको
चौर को पल्लो कुना मा
सयौँ शिशिर र बसन्त रोपेर
हरिया मुना हरु पलाउन छाडेका
चरी हरुले ठुँगेर खोक्क्रो बनाइ सकेका
जिबन को जिबित आत्मा हरु मरे जस्तै
बैरागिएको कुनै बैरागी मनुस्य जस्तो
ठिङ्ग उभिएको बुढो रुख !

हाम्रा बा मलाई भन्नु हुन्थ्यो
मलाई जन्माउने पुर्खा भन्दा
धेरै पहिले देखेको रे यो रुख
बाटोमा आउँदा जाँदा भारी बिसाउने
चौतारीको शितल थियो रे यो रुख
बिदा बाट फर्केका लाहुरे र पर्देशिको
औठी चिनो पिरती को !
साट्ने सँगम थियो रे यो रुख
मेरा बा र आमा ले बैश भुलाउने
मनको मन्जरी थियो रे यो रुख
सयौँ जोडी हरु को मायाँ बिसाउने
चौतारी को बास थियो रे यो रुख
ढाकरे को ढाकर बिसाउने
बिसाउनी थियो रे यो रुख
मेला पात गोठाले को
साथी थियो रे यो रुख
सर्जमिन र कचहरि को
बैठक थियो रे यो रुख

त्यसैले बर्सौ देखी यो बुढो रुख ले
कती को कचरिको फैसला गरेको छ ।
कती को जालिरुमाल र औँठी,चिनो साटी दिएको छ ।
कती लाई हसाएको छ,कती लाई रुवाएको छ ।
कतिको मिलन देखे को छ,कतिको बिछोड भोगेको छ ।
लाहुरे र पर्देशी को बिदाइमा !
सखी हरुले बिदाइको आँशु झारेको छ ।
अनगिन्ती उस्को सहयोगी छाँयाँ हरु !
आज बुढो भाको छ,शिथिल भाको छ ।

उस्को सुकेको शरीरको
अस्थिर्पन्जिर मात्र बाँकी छ ।
तै पनि यो बुढो रुख ले !
कती को जिन्दगी फेर्यो
कतिको भोटो फेर्यो !
उस्को आयु लामो रहेछ ।
मनुस्य को छोटो रहेछ ।
अनित उस्ले एउटा युग फेरेको छ ।
घाम पानी र खडेरिमा
शिशिर बसन्तको परिवर्तन देखे को छ ।
आफ्नै छत्र छायाँ मा !
राजनीतिको आम-सभा देखेको छ ।
कहिले काहिँ राजा हरुको !
जय-जयकार सुनेको छ ।
अनी कहिले काहिँ द्वन्दी-प्रतिद्वन्दी हरुको
आफुले चोट शाहएर पनि !
ढुङ्गा मुढा खाएको छ ।
कठाङ्ग्रिने तुसारो र हिमपात हरुमा
सयौँ ॠतु हरु खेपेको छ ।
सात साल देखी अहिले सम्म
जिन्दाबाद र मुर्दाबादमा अल्झिएको
राजनीतिको घाटा नाफा बेहोरेकै छ ।
यसरी हेर्दा हेर्दै को बुढो रुख !
मुना मरेर पात झरेको छ ।
आज बर्सौँ पछी बुढो रुख !
खै किन हो !?
ढल्ने तरखरमा छ !
मेरो घर छेउ को बुढो रुख ।।।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, July 25, 2010

मायाँ गर्छु भन्नु देश लाई धिक्कार जस्तो भो

कबिता रचना स्रावण २०६७/१०

मायाँ गर्छु भन्नु देश लाई धिक्कार जस्तो भो
शहिद को रगत पनि हामी लाई सस्तो भो ।
बाठो मान्छे टाउको टेकी जाली नेता भो
समाजबाद को कुरा गर्ने फटाहा नेता भो ।।

खुला आकाश खुला धर्ती यही थियो सप्ना
सामन्त को दिन जान्छ यही थियो जप्ना ।
सँगै लड्यौ सँगै मर्‍यौ एउटै थियो भाबना
आकाशमा चरी जस्तै उड्ने थियो कल्पना ।।

रातो सुर्य उदाउछ भोली बिहान शित मा
क्रान्ति प्रिया गित बज्छ जनताको जित मा ।
सुखनि को जङ्गल रोयो देउमाइ को तिरमा
खोकुछिन्ताङ पनि रोयो जल्जला को भिरमा ।।

जाली फटाहा सामन्ती को शासन हाम्ले तोड्यौ
अत्याचार को माखे साँङ्लो त्यस्लाई पनि तोड्यौ ।
प्रजातन्त्र सुख शान्ती न्याय हामी ले रोप्यौ
सात साल देखी अहिले सम्म त्यस्लाई पनि गोड्यौ ।।

पानी भन्दा शहीद को रगत सस्तो भो
उनकै नाम यो देशामा माग्ने भाँडो भो ।
के के होला भन्थ्यौ हिजो देशको लागि मर्दा
ज्यानै पनि बाजी हाल्यौ देश को लागि पर्दा ।।

मायाँ गर्छु भन्नु देश लाई धिक्कार जस्तो भो
शहिद को रगत पनि हामी लाई सस्तो भो ।
बाठो मान्छे टाउको टेकी जाली नेता भो
समाजबाद को कुरा गर्ने फटाहा नेता भो ।।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Saturday, July 24, 2010

खै कहाँ छ मेरो देश नेपाल ।

कबिता रचना 2010-07-24

भुमध्य रेखाको बिचमा
आफ्नै पैसाले तमसुख बनाएर
साहुको रिणमा बन्धकी राखेर
महल ठ्ड्याउने मिठो कल्पनामा
बिदेशिएको म र मेरो जिजिभिसा
तातो घाम र गैती बेल्चा सँग
आज आचनक
डल्लो प्रीथिबी को नक्सा हेरेँ
ब्रम्हान्ड भनाउँदो आकाशको मुनी
स्वार्थ कोरिएका सिमानाका
नक्सा हरु हेरे !
ठुला ठुला पिन्ड
र !
सामुन्द्रिक तट हरुको बिचमा
मैले मेरो देश नेपाल खोजे
सिमाङ्कन रेखा हरु को बिचमा
टिक्लिक्क अबस्थित मेरो धर्ती
शिरमा सगरमाथाले हिउँ ओढेर
काखमा साना फाँट हरु सजिएका
मेरो देशको नक्सा देखे
हिमाल पहाड र मधेश ले
सजिएको मेरो देश खोजे
नेपाल नेपाली कहाँ छन भनेर
आँफैलाई छामेर खोजे
र !सोधे !!
खै कहाँ छ ?मेरो देश नेपाल ?

सुन्दैछु परदेश बाट मेरो देश
नयाँबानेश्वर र सिंहदरबार भित्र
आफ्नै सतित्व बाजी दाउमा राखेर
बन्धक छ रे !
देश चलाऊने श्रीमान हरु ले
साँढे दुई करोड को छाती माथि
छक्का पन्जा खेल्दै छन रे
आफ्नै सन्तान र आमाको बलत्कारमा
नयाँ साँढे हरु बाजी मार्दै छन रे
त्यसैले आज !
परदेशमा मलाई देश दुख्यो
ठुला श्रीमान हरुको अभिमान ले
मेरो देशको स्वाभिमान दुख्यो
हेर्दा हेर्दै को मेरो देश
बर्ग क्षेत्र र धर्मको आधार ले
बाइसे र चौबिसे हुन खोज्दा
मेरो राष्ट्रियता दुख्यो
र बिभाजित आफ्नै भित्र
खै कहाँ छ मेरो देश नेपाल

१९५० देखी दुख्न थाले को मेरो देश
टनकपुर र महाकाली हुँदै
काला पानी र सुस्ता मा दुख्यो मेरो देश
ईलाम झापा र दर्चुला बाट दुख्यो मेरो देश
रुकुम रोल्पा ले भोकाएको
कपिल्बस्तु मा दुख्यो मेरो देश
काठमान्डौमा नदुखे को
गाँउ गाँउ मा दु:खयो मेरो देश
बिधिको शासन बिनाको मुलुक हुँदा
मरेर बाँच्यो मेरो देश
दसौँ बर्ष सम्म रगत बगाएर
आहालमा डुबेर बाँच्यो मेरो देश
आफ्नै सन्तानको लास बोकेर
बिधुवाको घुम्टो ओढेर बाँच्यो मरो देश
बार बार बालक बिनाको
खाली काख च्यापेर बाँच्यो मेरो देश
त्यसैले त शिथिल मेरो देश खोजेर
आज सोद्धै छु ठुला श्रिमान हरु लाई
खै कहाँ छ मेरो देश नेपाल ।

अर्पण तमाङ(योन्जन)
तरहारा-२ सुनसरी
हाल दोहा कतार