गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Friday, October 15, 2021

कथा- भाग-८, एउटा प्रेम यस्तो पनि ।




हिजोको कम्पनिले दिएको सरप्राइज मेरो जन्म दिनको सेलिब्रेसन र एकैचोटी मेरो जागिरको पद्दोन्नतीको सरप्राइज को खुशी अनी जादा आउँदा दुई घण्टाको लामो यात्राले गर्दा थाकेर बेलुकी कतिबेला निदाएछु थाहै पाइन, अहिले बिहान जब मेरो झ्यालको सानो खिड्किनिबाट बाहिरको सुर्यको किरणको प्रकाश भित्र मेरो कोठामा छिरेर मेरो शिरानी हुँदै मेरो आँखामा ठोकिन आइपुग्दा मात्रै बल्ल बिहान भएको थाहा पाए, जिउलाई तन्काउदै टेबलमा राखेको सानो घडीलाई हेरे बिहानको सात बजिसकेको रहेछ, त्यसपछी उठेर झ्यालको अरु बाँकी पर्दा पनि हटाएर रुमलाइ पुरै उज्यालो बनाए, पूर्वमा पारी क्षितिजमा सुर्य जुन जुलाइको मध्य गर्मिलाई पार गरेर अक्टोबर महिनाको दोश्रो हप्ता तिर प्रबेश गर्दै गर्दा बिस्तारै सुर्य पनि आकाशमा कलिलो हुन लाग्दैथियो,सँधाझै बिहानै सुर्य चर्किएको थिएन, शायद अब बितेको दुई महिना अघिसम्मको मात्रै प्रचन्ड गर्मी र ह्युमिडिटी अब केही नरम र केही मलिनो हुन लागेको थियो, शायद अब बीस्तारै हिउद लागेको संकेत गर्दैथियो सुर्यको मलिन्ता र पारीलो मौसमले, बाहिरको हलुका चिसो हावा र चराहरुको मसिनो चिरबिर गर्ने आवाज हरुले, यसरी बिहानै सुर्यको किरण मलिनो हुनु चराचुरुङ्गी कराउनु अनी बाहिर कम्पनिको केटाहरु ब्याड मिन्टन र भलिबल खेल्दै गरेको देख्दा त्यो स्फुर्तिमा घरदेशमा पनि हिउद पलाउदै गएको अनुभुती र नजिकै दसैं तिहार आउँदैगरेको आभास दिलाउथ्यो, हामी बस्ने बिल्डिङको अगाडिपट्टी भलिबल र बास्केट्बल खेल्ने कोर्ट थियो, त्यहा सबैजना खेल्दै थिए भने कोही चै जिउ मर्काउदै बिहानैको ब्यायाम गर्दै उफ्रदै र कम्मर मर्काउदै होहल्ला गर्दै थिए, म भने अझै पनि उठेर बेडमै बसेर मोबाइल बाट दसैं भित्रीदै गरेको आभासमा मालाश्रीको धुन सुन्न मन लागेर युट्युबमा धुन खोजेर बजाउदै भित्तामा पुन सिरानीको अडेसा लगाएर मन्त्रमुग्ध भैरहेकोथिए, मालाश्री धुन बजिरहेको थियो, म आँखा चिम्म गरेर घरमै पुगेको कल्पनामा चुर्लुम्म डुबेको थिए, यसरी आँखा चिम्लिएर एकाग्रतामा हराउदा म भने बाल्यकालको बर्सौ अघिको दसैं तिहार नजिकिदै गर्दाको रौनक्तामा हराउदै थिए, पुन एकपल्ट त्यही समयमा डुल्दै थिए, आहा कती सुन्दर समय थियो, कती स्वच्छ हावापानी र बातवरण थियो, गाउँघरमा अहिले जस्तो त त र म म गरेर कसैमा दुश्मनी वा इर्श्या डाहा झै झगडा हुन्नथ्यो चाहे हामी जुनसुकै जातिधर्मका भए पनि गाउघर छरछिमेकमा नातागोता साईनो लगाएर हास्ने बोल्ने चलन थियो, न कसैलाई कसैको डर हुन्थ्यो, न कसैलाई कसैको बैमनस्यता र रिस राग नै हुन्थ्यो, साच्चै भन्ने हो भने त्यो बेलाको समाज इस्टमित्र आफन्त छिमेकी सम्झिदा आजपनी त्यो समयको लोभ लागेर आउछ, तर अहिले समय संगै गाउ छिमेकको त के कुरा गर्नु आफ्नै एउटै पेटबाट जन्मिएका दाजुभाइ दिदिबहिनी भित्र पनि दुस्मनी र इर्श्या बाहेक केही छैन शायद यो बद्लिदो समय र भौतिक बिकासको बिलासिता र चरमउपयोगीताले पनि होला । 

उ बेला जब बर्षा ऋतु सकिएर  शरद ऋतु प्रबेश गर्दै गर्दा बारीभरी फुलेको कोदोको फुलले दसैं नजिकैदै गरेको आभास दिन्थ्यो, बेलाउती पाकेर मगमग बास्ना आउँदा दसैंकै झल्को दिन्थ्यो, घर आँगनको डिलभरी मक्खमली र सयपत्रीको मसिनो र सुन्दर कोपिलाहरु बयस्क हुनैलाग्द र घर पछाडिको गल्लिको बाटको डिलभरी कात्ला र भित्तामा उभिएका रातै फुलेका लालुपाते फुलहरुले पनि दसैं नै भित्रीदै गरेको संकेत दिन्थ्यो, जब अन्नबाली र फलफुल हरुले दसैंको संकेत गर्थ्यो अनी घटास्थापना को दिन देखी नौरथाको सुरुवातबाट गाउभरिको मान्छेहरु भेला भएर स्कुल बाटोघाटो चौतारो हरु सफाइ गर्ने बाटको दुबैछेउमा पलाएको झार बोटबिरुवा काटेर बाटोघाटो सफा पर्ने चलन थियो, हरेकको घरको आईमाई केटाकेटिहरु घर सिङार्न लाई सेतो माटो रातो माटो, गेरु रङको माटो र कालो माटोको खानि खनेर बोक्नेको लर्को नै लाग्थ्यो, र बीस्तारै सबैको घर घरमा दुलही झै चिटिक्क घरलाइ सिङार्ने काम हुन्थ्यो, जब घर सिङार्ने काम अन्तिम तिर आइपुग्थ्यो तब गाउँको युवाहरु रातभरी लिङ्गे पिङको लठारो बाट्नलाई बाबियो काटेर ल्याएर रातभर लगाएर बाट्थे र लठारो तयार पार्थे र लठारो बाटिसकेपछी गाउको कसैको बाँसहुने हरुकोमा गएर बास काटेर ल्याएर फुलपातिको दिन पूजा आजा गरेर लिङ्गे पिङको लिङ्गोलाई टिको लगाएर पूजा गरेर पिङ ठड्याउने चनल थियो, र गाउको बुढापाका नत्र कन्याकुमारि बालिका बाट पिङको उध्घाटन गराइन्थ्यो, अलिक सक्ने हरुलेचै जंगलमा गएर सालको काठ काटेर ल्याएर रोटे पिङ बनाउने चलन थियो, साच्चैनै त्यो समयलाई सम्झिने हो भने आजको हाम्रो समय जस्तो होइन कि, त्योबेलाको चोखो पवित्र र पापरहितको स्वर्ग झै महसुस हुन्थ्यो, त्योबेलाको भाईचारा अपनत्व र आत्मियता अहिलेको समाज र युवा पिढिमा कहाँ बाट पाइयोस र, एकाबिहानै मालाश्रीको धुन र बाहिरको घमाइलोपनले दसैं भित्रीएको कल्पना गर्दागर्दै मत निकै पर अतितमापो पुगिसकेछु, आँखा चिम्लिएर मस्त त्यो समय संगै मिठो कल्पनामा हराएछु, एक्कासी ल कफी पिउने होइन सर भन्दै रुमको पार्टनर भाईले कफी र ब्रेड लिएर आउँदा मात्रै झसँग भएर पुन आँखा खोल्दै जिउ तन्काउदै भने, ओहो भाई कतिछिटो हो, मत अझै बेडमैपो छु, हिजोको थकाईले गर्दा आज अलिक अबेलासम्म निदाएछु, भाईले जवाफ फर्कायो, केही फरक पर्दैन सर आज बिदा होनी हाम्रो, आरामले बीस्तारै उठे पनि भयोनी, कहापो जानुछर, फर्साइलो पाराले भाईले उत्तर दियो, हुनपनी हो आजको दिन कतै जानु थिएन न अफिस न कुनै टेन्सन बीस्तारै उठे पनि हुन्छ, हप्ताभरिमा आज मात्रै त हो आराम गर्न पाउने पनि मैले जवाफ फर्काए, हुनत आज बिदाको दिन मात्रै होइन म प्राय डिउटी जाने दिनपनी घडीको आलाराम बजेर पनि उठ्नै जागर गर्दिनथिए अझै एकछिन सुत्न पाएपनी हुन्थ्यो झै गर्थे, तर मेरो रुमपार्टनर भाई भने सँधै उस्लाई बिहानै चार बजेतिरनै उठेर हातमुख धुएर नास्ता तयार गरेर चिया कफी बनाएर पाँच बजिसक्दा चिया कफी र नास्ता बनाएर पनि म बेडमा सुतेकै अव्स्थामा ल्याइ पुर्याइसक्थ्यो साचिकै जागरिलो र फुर्तिलो थियो उ, परदेशमा त चार बजे देखी उठेर तढकभडक गर्ने मान्छे झन आफ्नो घरमा त आईमाई केटाकेटिलाई सुत्नै दिन्न होला जस्तो लाग्थ्यो मलाई चै, भाईले टेबलमा कफी र फ्रान्च तोस बनाएर ल्याएको ब्रेड राख्दै भन्यो ल सर फेरी सेलाउछ उठ्नुहोस् अब खाउ भन्यो, मैले भने हैन मत बेडमैछु हातमुख धुएर आउछु है तपाईं खाँदै गर्नुहोस भने तर भाईले पुन ठट्टा गर्दै भन्यो फेरी, आ.. सर केकोलागी धुने होर, रातभरी कतै गाको होइन क्यारे, हात आफ्नै हो मुख आफ्नै हो, खाएर पछी धुए पनि हुन्छ भन्दै खितितिती हस्यो, मैले पनि लाज पचाउदै भने होत ? ल खाउनत उसोभए मैले आफ्नो सरम लाई लुकाउदै कफी र ब्रेड खान थाले, बिहानैको ताजा कफी पिउदै बेडमा बसेर मस्त हुनुत शायद घरमा श्रीमतिले पनि यतिको सुखत दिदैन होला हौ भाई भनेर जिस्काए किनकी म बेडमै हुँदा उस्ले हरेक दिन कफी र नास्ता बनाएर ल्याइसकेको हुन्छ अनी त्यो लबस्तरो पनलाई लुकाउन म उस्लाई श्रीमती भन्दा पनि राम्रो जागरिलो हुनुहुन्छ भनेर फुर्काउदै आफ्नै सरम छोप्ने कोशीस गर्दै थिए, भाई फेरी एकपल्ट गललल हास्यो, भाई बुटवल तिरको मगर केटो रे साह्रै सिधा र मिजसिलो छ, सँधै जागरिलो, र मलाई केही गर्नै दिदैन थियो, भन्थ्यो आ... सर हजुर बस्नुहोस् यती जाबो काम त म आँफै सकिहाल्छु नि भन्दै अगाडि आँफै गर्न तम्सिने, अफिसमा पनि मेरो हरेक कामलाई सघाउथ्यो, उ चै हाम्रो अफिसको अफिस ब्वाइ थियो तर सबैले मन पराउथ्यो उस्लाई, सानो होचो छोटो कदको मगरको छोरो साचिकै जागरिलो फर्साइलो र हलुका र सफा मन को थियो, अफिसमा पनि सबैलाई रिझाएर काम गरेरै सबैको प्यारो थियो उ, सबैको प्यारो र काम रिझाएरै आफ्नो तनखा महिनाको पच्चिस सय पुराएको थियो उस्ले, नत्र प्राय जसो हरेक कम्पनिमा अफिस ब्वाइको तलब सात सय रियल देखी बार सय रियल सम्म मात्रै हुने गर्छ, उस्को काम र मेहनत ले यो प्रमाणित गरेको थियोकी मान्छेको लागि यदी कोही प्यारो हुन्छ भने उस्को ब्यक्ती संग होइन ब्यक्तिको काम संग प्यारो हुन्छ भन्ने प्रमाणित गरेको थियो, दुबैजनाले गफ गर्दै नास्ता र कफी खाइसक्यौ । 

यतिकैमा मेरो मोबाइलमा मेसेजको नोटिफिकेशन आयो, मोबाइल हेरे ट्विटरको डिएमा मा मेसेज आएकोरहेछ, डिएम उही हिजोको अन्जान मान्छेको मेसेज रहेछ, मेसेजमा थियो शुभप्रभात सर अनी शुभप्रभात लेखिएको अक्ष्यर संगैको लाइनमा कफिको कप, स्टिकर र फुल अनी हातको नमस्ते गरेको स्टिकर पनि संगै पठाएको थियो, शुभप्रभात हजुर ! मैले  जवाफ पनि फर्काए, मेरो उत्तर पुग्ने बित्तिकै पुन अर्को मेसेज आयो, सञ्चै हुनुहुन्छ, मैले जवाफ फर्काए ,हजुर सञ्चैछुत, हजुरलाई कस्तोछ नि ? मैले पनि औपचारिकता पुरा गरे, उताबाट पुन जवाफ आयो, सञ्चै भनुम अहिलेसम्मत बाचिएकैछ, हरेस खाएर मर्न पनि त नसकिने, उस्को निरास लाग्दो जवाफ थियो, उस्को जवाफलाइ पुन मैले अर्को प्रश्न तेर्साए किननी हजुर यती निरास त्यो पनि यती बिहानै, मेरो मेसेज जतिछिटो उता पुग्थ्यो त्यतीनै छिटो जवाफ आउथ्यो, कहाँ बिहान हुनु एघार बज्न लागि सक्यो यहाँ त, खानपिन गरेर घरधन्दा सकेर एकछिन आराम गरेर बसिरा हो,उस्को जवाफ आउन भाउदा नभ्याउदै अर्को प्रश्न गरी ए साची सर कुन ठाउमा रे अहिले। उस्ले उत्सुक्ता ब्यक्त गरी, उस्को प्रश्नमा मुसुक्क हासेको इमोजी पठाउदै मैले भने गरीबहरु कहाँ जान्छन, हजुर लाई थाहाछ, उस्ले जवाफ फर्काइ खै कहाँ कहाँ जान्छन, मलाईत थाहा भएनत सर, यती जान्ने भएत म यहाँ नेपालमा कहाँ हुन्थेर सर, उस्को ठट्टा सहितको उत्तर थियो, पुन मैले उस्कै जवाफलाइ समातेर अर्को प्रश्न पठाएँ कहाँ हुनुहुन्थ्योर तपाईं, के चन्द्रमामा पुग्नुहुन्थ्यो, मैले छक्क परेको र हासेको दुइटा इमोजी पठाउदै भने, हाम्रो संबाद निकै लामो चल्ला जस्तो छ, हामी दुबैको संबादले केही रहस्य र र केही रमाइलोपन थपिदैथियो, यतिकैमा उस्ले फेरी पुरानै प्रश्न दोराउदै भनी खोइत मेरो प्रश्नको जवाफ त आएनत, कि हामीलाई भन्नु हुन्न र ? भन्न नहुने हो भनेत ठिकैछ भन्नु नभन्नु तपाईंको बिचराको कुरा हो, मैले त सोद्नुथियो सोधी दिए बस यतिनै हो तर मन नदुखाउनुहोस् है के के सोधी यस्ले भनेर, उस्को कुरा गराइको शैलिमा उनी नारी पात्र थिन अनी सवाल केही घुर्काइमा, उस्को घुर्काइमा लाग्थ्यो हामी धेरैपहिले देखिको घनिस्ट साथीहौ, त्यसैले उ मलाई निर्धक्क भएर घुर्काएको शैलिमा उत्तर खोजिरहेकी थिन, धेरै प्रश्न उत्तर नगरनुहोस् है नत्र फेरी पछी गाह्रो होला, मैले हासोमै उत्तर पठाएँ, उनिपनी केकम, बुझेर पनि नबुझे झै होकी वा नबुझेरै अर्को जवाफ फर्काइ कस्तो गाह्रो होर, छोटो सवाल अनी सवाल जस्तै छोटो उत्तर फर्काए मायाको, साथै हासेको र लाजएको दुइटा इमोजी पनि पठाएँ, उस्ले त्यो इमोजिको खासै ख्याल गरिन जस्तै लाग्यो र पुन सोधी मायाको ? अनी कस्लाई नि तपाईंलाई कि मलाई, मैले जवाफ दिए, दुबैलाइ, उताबाट हासेको इमोजी आयो हाहाहा.. मैले पनि हासेकै इमोजी पठाएँ हाहाहा, दुबैको हासेको इमोजी पछी दुबैतर्फ केहीछिन मौनता छायो, उताबाट उस्ले पनि केही मेसेज पठाइनन, मैले पनि केही पठाइन, म उतैबाट केही आवोस भन्ने चाहन्थे, केहीछिन मेसेज को पर्खाइमा बसे, तर दशपन्द्र मिनेट कुर्दा पनि मेसेज आएन, त्यसैले उठेर अबचै वासरुम छिरेर नुहाउनुपर्‍यो भन्दै के उठ्न मात्रै लागेको थिए पुन अर्को मेसेज आयो, सरि है, मेसेज गर्न ढिलो भयो, उस्को मेसेज आको देख्ने बित्तिकै फेरी रोकिएर उस्को मेसेज पढे,अनी सोधे मैले पनि, अनी कता हराउनुभाकोनी यत्रोबेर ? यतिका कुर्दा पनि आउनुभएन अनी मत अफ हुन लागेको थिए, है ? उस्ले जिस्काउने भावमा है मात्रै पठाइ अनी मैले पनि उम भनेर जवाफ फर्काए, फेरी उस्ले केही भाव फेर्दै बोली केको उम नि खुरुक्क नबोलेर, अनी फेरी हाहाहा, यो उम, है, हाहाहा मा निकै आत्मिय र रोचक संबाद महसुस गरिरहेको थिए मैले, मानौ धेरैपहिले देखी परिचित छौ हामी दुबै, तपाईंले मलाई मोहनी लगाउनु भएजस्तोछ, मेरो सब्जी नै डड्यो अनी फेरी हासेको इमोजी हाहाहा, अघी मैले भनेकैत होनि,गारो पर्ला है भनेर, विश्वाश नै गर्नुभएन, कस्तो लाग्योत हामी गफिएको धेरै भएकोछैन तर तपाईं मेरै कारण ले सब्जी नै डडाउने भैसक्नुभो, मैले हासेको इमोजी पठाउदै भने,होलाहोला खुब, उस्ले आत्मिय पोखी, किन होइनत बाँदर केही असहज हुँदै जवाफ फर्काए मैले पनि, लगत्तै जवाफ आयो को बाँदर नि म कि तपाईं, ? मलाई यो बाँदर भनेको मन पर्दैन है अहिलेनै भन्देकोछु, बरु भौमान भन्नुहोस्न है उस्को त्यो बाँदर सम्बोधन संग थोरै आपत्ति र केही मायालु आग्रह थियो, हस आज देखी हजुरलाई भौमान नै भने खुश, मैले प्रश्न गरे, ओ एम जि,उस्ले अचम्म मान्दै उत्तर फर्काइन, तर मैले गरेको अहिलेको सम्बोधन्ले भने उस्को मुटुमै छुएको महसुस गरे, किनकी ओ एम जि भनेर उ त्यो सम्बोधन संग निकट्ता महसुस गर्दै लजाएको जस्तो महसुस गरेको थिए मैले, उस्को ओ एम जि पछी अरु कुनै मेसेज आउछकी भनेर कुरे तर पाच मिनेट बितिसक्दा पनि मेसेज आएन, मेसेज न आएपछी म पुन दोश्रो पल्ट बाथरुमा जानलाई तौलिया र साबुन टुथ्पेस्ट तयार गर्न लागे, मोबाइल चार्जमा राख्दै बाहिर निस्कन मात्रै के लागेको थिए पुन अर्को मेसेज आयो, ओ हेलो हजुर अफ हुनुभाको कि कता बिजी हुनुहुन्छ, त्यो दिन खै मलाई पनि के भएको थियो कि उस्को मेसेज आउने बित्तिकै नुहाउन जान लागेको मान्छे पनि रोकिएर पुन उस्को मेसेजको जवाफ फर्काएको थिए, हजुर, हैन म यतैछु हजुरलाई नै कुर्दै बरु तपाईंपो कता हराउनुभो, मेरो जवाफ जाने बितिकै उताबाट पुन सरि भन्दै मेसेज गरी, मैले ल ल भोभो सरि भन्नुपर्दैन, मित्रतामा नो सरि न एक्स्क्युज ओके, मैले आफ्नो राय राखे, उस्ले उताबाट हस भन्दै हातको औलाको थम्सप पठाउदै भनिन, हजुरको समय कस्तोछ, डिस्टर्ब पो गरेकी सरि है, उस्को मेसेज लगतै मैले रिसाएको भावमा उत्तर फर्काए, फेरी सरि ? अघिनै मैले भनेको हैन नो सरी नो एक्स्क्युज भनेर, अनी फेरी किननी यो केकोलागी हो सरि चै, उताबाट हासेको इमोजी पठाउदै भनिन, त्यस्तो होइन, मित्रतामा सरि नै माग्नुपर्ने नभए पनि औपचारिकता त निभाउनै पर्‍योनी होइनर ? प्रश्न गरी, मैले अँ होला खोइ मलाई त थाहा छैन, अलीक अन्जान रुखो र घुर्काएको शैलिमा जवाफ फर्काए, रिस त नाकको टुप्पो मै छ कि क्याहो, साहित्यकार हरुत रिसाउदैनन भनेको सुनेको थिएत, हाहाहा, फेरी हाँस्दै मलाई फुर्काउन खोजी, लगतै मैले जवाफ दिए, त्यैत साहित्यकार हरु त मान्छे नै होइन, उनिहरुत ढुङ्गा का हुन अनी कहाँ रिस उठ्छ र है भौमान, लगत्तै फेरी जवाफ केरे केरे फेरी भन्नुहोस्त, उस्को म माथिको प्रश्न थियो वा उत्सुक्ता मैले केही बुझ्न सकिन, त्यसैले लाटो जवाफ फर्काए अनी केत, मेरो छोटो अनुतरित शब्दले उ अचम्मित भएको इमोजी पठाउदै भनिन होइन होइन, मेरो आसाय त्यो हैन, हजुरले कती मिठो तरिकाले भौमान भनेकोले मज्जा लागेर सोधेको फेरी, उस्को कुरा टुङिन नपाउदै पुन मैले जवाफ फर्काए, ल अनी अघी भर्खर मात्रै बाँदर नभन्नु मलाई भौमान भन्नु भाको हैन आँफैले, मैले अन्जान बनेर प्रश्न गरे, हो, त्यही भएरत तपाईंको मुखबाट सुन्दा कस्तो आनन्द आयो, एक पल्ट फेरी भन्नुहोस्न प्लिज, उस्को अनुरोध संगै मैले छोटो उत्तर दिए फेरी, ओके भौमान खुश, उस्ले उम गर्दै मुटुको इमोजी पठाइन, मैले जिस्किदै ठट्टाको पारामा अर्को बाण हाने धेरै यो मुटुको इमोजी पठाउने होइन है मत अर्काको सम्पत्ति होनी, उनिपनी के कम, जवाफ तुरुन्तै फर्काइ हालिन, म पनि त अर्कैको सम्पत्ति हुँ नि, म चै कुन चै ब्यापिरिले बैना नमारेको खजना हुँँ र ? गललल हासोको इमोजी फेरी दुबैजना हाहाहा, यतिकैमा उस्ले भनी साची म एउटा कुरा सोधुम हजुरलाई, एउटा होइन दुइटा सोध्नुहोस किनकी मेरो उत्तर दिने डायरीमा एउटा मात्र प्रश्नको जवाफ छैन, ठट्टा गर्दै म कुरालाई लम्ब्याउन चाहन्थे, किनकी मलाई उ संग संबाद निकै रमाइलो लाग्दैथियो, लगतै उस्को जवाफ आयो, है, कुरा गर्न त कस्ले सकोस हजुर लाई, कवी न पर्नुभो, हाहाहा, हाँस्दै उस्ले भनी ओके म सोध्छु तर टार्न वा झुट बोल्न नपाई हैत, मैले हुन्छ हस भनिदिए, पुन उस्ले प्रश्न गरी, हजुर नढाटी भन्नुहोस्त हजुरको राधा छकी छैन, ? मलाई उस्को यो सवाल अनौठो लाग्यो, र उल्टै प्रतिप्रश्न गर्न मन लाग्यो उस्को प्रश्न संग, कस्तो राधा, म कोही राधा त चिन्दिन, मैले अन्जान बन्दै कुरोलाई लम्ब्याउन र खोतल्न लागे, उताबाट उस्ले जवाफ फर्काइ, कठै म बिचरा, हजुरले राधा भनेको बन्दै बुझ्नुहुन्न है, कती सोझो मान्छे के हजुरत, कुलो र पानी दुबैलाइ बङाएर हासिया जस्तै बनाउने, ब्यङ्य गरी, मैले छोटो जवाफ फर्काए, हो भन्या मैले बुझिन के कस्तो राधा, को राधा, उता बाट आस्चर्य मान्दै कसम राधा भनेको हजुरले नबुझ्नु भाकै होत, मैले उस्ले सोध्न खोजेको कुरा बुझिसकेको थिए, तैपनी अन्जान बनेर म भन्दै थिए, कि म उसैको मुख बाट कुरा ओकलौ भनेर, होके मैले बुझिन, हामी दुबैजना कुरा गर्दैगरेको बिचमा अचानक राधा भनेर सोध्नुभो मैले बुझिन के, अलिक बढीनै सोजोपना देखाए मैले, उस्ले उता बाट पुन बोली, ओके मैले सोध्न खोजेको राधा चै हजुरको कुनै प्रेमिका छकी छैन राधा के राधा, कृष्ण जि को राधा के, गोकुलको राधा बुद्धु, लामो हासो फेरी, हाहाहा, मैले लामो श्वास तानेको भावमा भने ओ गड कुरो त्यस्तोपो, म सोझोलाई केथाहा त नि यस्तो कुरो, कठै साह्रै सोजो नी, हजुर, खुब मेरै मुखबाट ओकल्न लाग्नु भा हैन, मैले नबुज्या जस्तो, उस्ले कुरा पैलै बुझिसकेकी रहिछे, मैले उस्लाई पंगु बनाए भन्ठानेकोत उल्टै उस्ले नै पो मलाई पंगु बनाएर अन्जान बनेर बेलिबिस्तारमा सोद्धै रैछे, मनमनै काउकुती लाग्यो मलाई, अनी मैले पुन जवाफ दिदै आफुलाई र उस्लाई हामी दुबैलाइ छल्न खोजे, आजसम्म जिन्दगीमा गोपिनी कस्तो हुन्छ थाहा छैन, झन राधा त हुने कुरैभएन, त्यसैले घरमा एउटी रुक्मिणी छे बस, मेरो जिबनको रुक्मिणी राधा मिरा गोपिनी जे भने पनि तिनै हुन, मैले थोरै सालीन उत्तर दिन के खोजेको थिए, उस्ले उताबाट जवाफ फर्काइ हालिन, खुब मलाई ठीक्क पार्नुहुन्छ हैन, अझ कविता र हजुरको पत्र कथा सुनिसकेपछी कती डिएम आउदो होलान गोपिनिहरुको अझ राधा छैन रे, उस्को जिज्ञासा र भनाइमा कतै उनी म प्रती प्रेममा पो परिन कि जस्तो भाव महसुस भएको थियो मलाई, कथा बाचन सकिएपछी सबैले गरेको टिप्पणीमा पनि बिशेष गरेर महिला दिदिबहिनीहरुले दिनुभएको टिप्पणीमा उस्लाई कताकता जलन भएको महसुस गरे मैले, किनकी उस्को प्रश्नहरु र जवाफहरुमा बिस्तारै उ म भित्र समाहित हुँदै गरेको प्रेमिल गन्ध आउथ्यो, मलाई के भनौ भनौ भो, अलिक केही असहज र अफ्ठ्यारो हुँदै सोधे मैले पुन, तर हजुरले सोध्नु भाको चै किन नि ? आज होइन कुनै दिन भनौला, मेरो प्रश्नको जवाफ दिदै मेरो कौतुहल लाई अधुरो छोडि, तर अब भने म हरेको उस्को कुरा गराइमा आनन्द महसुस गर्दैथिए, मैले उस्लाई मेरो मेसेज छोडेर बेपत्ता हुने निस्ठुरी अन्जान बिम्ब देख्न थाले र उस्को शब्द शब्दको प्रतिक्ष्या गर्न थाले, मानौ म कुनै अबोध बालकले भोकाएको बेला आफ्नो आमाको स्तनपान कुरे झै, मलाई उस्को हरेक कुरा गराइले एकातिर तान्दै थियो भने अर्को तिर दिनको १२ बज्न लाग्द पनि मैले ब्रस सम्म नगरि उसै संग गफिएर बस्दै थिए, बाथरुम जानलाई पनि अर्को मनले हतारिदै थियो, तैपनी खै उस्को कुन चै त्यस्तो चुम्बकीय सक्तिले लगतार उनैतिर तानिरहेको थियो, म गफीदै गए, हामी दुबैजना गफिदागफिदै बिहानको समय गएको पत्तै भएनछ, अचानक रुमको साथीले किचेनबाट खाना बनाइसकेर भित्र आएर तौलियाले सरिरको पसिना पूछ्दै भन्यो, हैन आज नुहाउने बिचार छैन कि क्याहो, मान्छे त अझै मोबाइलमै पो रैछत, म उस्को अनुहार हेरेर अलिकती लाज लुकाउदै फिस्स हासेर टारिदिए, मलाई उस्को भनाइको ब्यङ्य भन्दा त्यो अन्जान मान्छे संगको च्याटले तानिरहेको थियो, आनद दीरहेको थियो, त्यो बेला समयको ख्याल र उस्ले जिस्काएको भाव भन्दा पनि उल्टै मलाई डिस्टर्ब गरेको महसुस भएको थियो र मन मनै भने ह्य के बोलिरहेको होला, आज मलाई पहिलो चोटि अरुकसैको एउटा च्याटको केही घण्टाको संबादले बर्सौ देखी संगै बसेको साथी अर्गेलो महसुस भएको थियो, पुन अघिको जस्तै निक्कैबेर उस्को मेसेज आएन, मलाई अत्यास भो, दुई तीन चोटि हेलो हेलो हाइ लेखे कुनै जवाफ आएन र मेसेज सिन गरेको हरियो सिग्नल पनि देखिएन, त्यसपछी अब चै पक्कै उ अफ भैहोलि भन्ने सोचे, तर अफ भए पनि त कम्सेकम बाइ त भनेर जानुपर्छ, यत्रोबेर बोलेर एकपल्ट जान्छु गए है बाइ सम्म पनि नभनी गै, अलिकती रिस पनि उठ्यो मलाई, मैले पनि नेट बन्द गरेर मोबाइल लाई चार्जमा राखेर नुहाउन बाहिर निस्किए, 
घन्टौ सम्मको हाम्रो हाम्रो च्याटिङ्ग संबाद पछी जब उ अफ भएर सवाल जवाफहरु आउन बन्दभयो, अनी चै, अब आउदिनन होला भनेर म श्यामपु टुथपेस्ट ब्रस र तौलिया लिएर बाथरुम नुहाउन छिरे, बाथरुम बाट नुहाइसकेर पुन रुम फर्किए, यतिन्जेल सम्म दिनको साँढे बार्ह बजाइ सकेको थियो, साथी बेडमा पल्टिएर युट्युबमा गीत सुन्दै रहेछ, म भित्र छिर्ने बित्तिकै साथीले बेडबाट उठेर हाँस्दै भन्यो, मोबाइलमा अझै बस्नै छकी खाना खाने अब, बिहान कहिले बेडमा अबेला सम्म नबस्ने मान्छे आजत बेडमै एघार बजाउनुभयो कतै माल भेटउनु भयोकी केहो, उस्ले जिस्काउदै भन्यो, मलाई मनमा अलिकती चोट पर्‍यो, चाहे आफ्नै घरको श्रीमती किन नहोस वा बाहिरको कुनै महिला साथी, मलाई कुनैपनी छोरीमान्छे वा महिला मित्रलाई माल भनेर कसैले बोलाएको वा भनेको मन पर्दैन, त्यसैले टार्दै भने त्यस्तो होइन, एउटा साथी हुनुहुन्थ्यो लामो समय देखी भेट भएको थिएन आज फेसबुक मार्फत भेट भयो र कुरा लम्बियो, दुबैको खोजखबर गर्दागर्दै समय गएको पत्तै भएन, मैले त्यो माल भनेको शब्दलाई टार्दै झुट बोले साथी हो भनेर, दिनको मध्यान्य सम्म खाना खनलाई मलाई कुरेर बस्नुपर्दा साथीलाई निक्कै नै भोक लागिसकेको थियो, शायद अलिअली त् उस्लाई भित्र भित्रै रिस उठेको पनि हुनुपर्छ, किनकी घरको श्रीमतीले झै बिहानै उठेर चिया नास्ता कफी बनाएर, बेडमै ल्याइदिनुछ, अझ खाना पनि बनाएर ठीक्क पार्नुछ अनी उल्टै भोक लागेको समयमा खान पनि नपाउदा र साथीलाई कुरेर बस्नुपर्दा रिस पनि कस्लाइ पो नउठोस, यदी उस्को ठाउँमा म भएको भए र यतिको मैले नै गर्नु परेको भए मलाई पनि अबस्य रिस त उठने नै थियो, मैले यही भाव बुझेर र साथीको अनुहारमा देखिएको थोरै रिस र थोरै भोकाएको नियाउरो र मलिनो अनुहार देखेर आँफैले माफि माग्दै भने, सरी है भाई अलिक ढिलो भो आज, तिमीलाई भोक लागि सक्यो होला मैले गर्दा तिमीलाई पो अलिक अफ्थ्यारो पारीदिए मैले उस्को रिस शान्त पार्नलाई केही चिल्लो दल्दै फुर्काउन खोजे आफ्नो औपचारिकता पोख्दै, उस्ले पनि निधार खुम्च्याउदै भन्यो हैन केहीछैन कहिलेकाही यस्तो हुन्छ, बरु तपाईं लुगा फेर्नुहोस् म खाना पस्किदै गर्छु, यतिभनेर म उ भान्स कोठा तर्फ लाग्यो र म पनि पानीले भिझेको शरीर तौलियाले पुच्दै कपडा फेरेर खाना खानु लागे भान्सा कोठा तिर, दुबैजनाले खाना खाइ सक्यौ र मैले भाडाकुडा मस्काएर पखालेर राखे साथीले किचेन सफा गर्‍यो, त्यसपछी काम सकेर दुबैजना आफ्नो रुमामा गयौ । 

आज शुक्रबारको दिन कम्पनिको सबै कामदारको बिदाको पनि दिन आजको दिन सबैले मार्केट गएर हप्ता भरिको खाने सामलतुमलको जोहो गर्नुपर्छ, आफ्नो भान्सामा सकिएको सबै सामनको लेखाझोखा गरेर हप्ताभरिलाई पुग्नेगरेर चामल, नुन तेल सब्जी चिकेन माछा केके चाहिन्छ किचेन मा चाहिने जती सामनको हप्ता भरिको जोहो गर्नपर्छ नत्रत अरु दिन त बिहान डे डिउटी हुनेहरु बिहान पाँचबजे उठेर हिंडेको बेलुकी सात बजे मात्रै रुम आइपुग्छन, त्यो पनि दिनभरिको थाकेको शरिरले आँफै खाना बनाउने नुहाउने लुगाफाटो धुने र भोली पल्टको लागि प्लास्टिकमा खाना प्याक गरेर फ्रीजमा राखेर भोली बिहानको लागि ठीक्क पारेर सुत्नुपर्छ र बिहान हुन पाउदा नपाउदै आँखा मिच्दै झोलामा खाना बोकेर पुन उस्तै सँधा झै नित्यकर्ममा लाग्नुपर्छ, र नाइटमा डिउटी हुनेहरुले पनि बेलुकिको पाँचबजे हिंडेर भोलिपल्ट रुममा पुग्दा सात बजिसकेको हुन्छ, त्यसैले हप्ता भरिको सामन खरिद गर्न हामी नजिकैको सानो बजार नारिया भन्ने ठाउमा गयौ, हप्ता भरिको गोरुजोताइको काम गरेर थकित भएको शरीर हप्तामा एकपल्ट बजार जान पाउनु पनि जेलबाट छुटेको कैदी झै स्वतन्त्र र गोठमा बाधेको पशुले फुस्किएर बालिनाली खाए जस्तै कोही सामन किन्ने, कोही फोटी खिच्ने, कोही घरमा कल गर्ने त कोही आफ्न मायालु प्रीयसि हरुलाई कल गर्नमै मस्त र ब्यस्त रहन्छन, भने कोही चै बिदाको दिनको मौका छोपेर हप्ताभरिमा थोरै मिठोमसिनो खाने भनेर होटल तिर छिरेर चिकेन ब्रुस्टेट र नेपाली इन्डियन पारीकार हरु खान छिर्छन, कोही चै मार्केट आकोबेलामा घरमा पैसा पठाउनलाई ब्याङ्कमा लाइन लाग्छन, त्यो मद्धे म पनि आफ्नो सबै किनमेल र काम सकेर सपिङ महलमा सामनको सजावटहरुको फोटो खिच्न थाले र ति साजाइएर राखेको फोटोको तस्बिर ट्विटरमा ट्विट् गर्दै क्याप्सन लेखे, आज नाकमा फुली लाउने संग डेटिङ्ग गाको गोजिनै रित्तो भएछ, ठट्टा गरेर पोस्टिएको ट्विटमा छिनभरमै साथीहरुले रिट्विट र कमेन्ट गर्न भ्याइसकेछन्, कसैले ल बधाईछ सर, आज हजुरकै दिन रहेछ, लेखेका थिए भने कसैले, पख्नुहोस्न यता तपाईं नाकमा फुली लाउने संग घुम्न जाने अब म उता नेपालमा म्याडमलाई भनेर पोल लगाइ दिनुपर्ला हाहाहा आदी लेखेका थिए, आजको ट्विट र कमेन्टले मलाई फेरी त्यही पुरानै दिनमा फर्काएर लग्यो, किनकी सुरुवाती दिनमा उस्तै खालको तस्बिर उस्तै क्याप्सन लेख्दै पोस्ट गरेकोथिए, उस्ले आजको साथीहरुले गरेको कमेन्ट जस्तै गरेकिथिन, को नखरमौली होनी नाकमा फुली लाउने चै, उस्को थोरै केही आरिस र केही डाहापूर्ण कमेन्ट थियो ट्विटमा, मैले जवाफ फर्काएको थिए, छ एउटा कोही किन भन्नु पर्‍यो मैले हजुरलाई, मैले गरेको कमेन्टको प्रतिउत्तरमा केही नलेखी रुएको इमोजी पोस्टले रिप्लाई गरिन, त्यस्पछी भने मन अलिक खल्लो भयो मलाई, र सोचे अनी कतै मनपो दूखाएकी जस्तो भान भो, माफ माग्दै मैले डिएममा स्पष्टिकरण पठाएँ, सरि, प्यारो मान्छे त्यो त ट्विटरमा हासोको लागि मात्रै पोस्ट गरेको हो, यहाँ कहाबाट केटी मान्छे पाउनु ? संगै घुम्नुत दुर कि बात अनुहार सम्म हेर्न पाइदैन, यो मुस्लिम देशहरु मद्धेको सबैभन्दा कडा नियम भएको देश हो, मलाई घाटी कटाउनु छ कि केहो, विश्वाश लाग्दैन हजुरलाई आफ्नो मान्छे संग पनि, मैले आश्वासत पार्न खोजे की म कुनै महिला मित्र संग घुम्न गएको थीन भनेर, तर उनी मेरो कुरा मान्ने पक्षमा कहाँ थीन र, उल्टै घुर्काउदै मेसेजको रिप्लाई गरिन, कुन्नी मलाई केथाहा पाउछ कि पाउदैन, म त्यहा आएर देखेको छैन क्यारे, केही जलन केही पिडा तर उस्को म प्रतिको माया प्रस्ट झल्किन्थ्यो कि उ मलाई माया गर्छ तर विश्वाश गर्न सक्दैन, हुनसक्छ उस्ले कयौ नराम्रा कुराहरु सुनेको हुनुपर्छ परदेशिहरुको बारेमा, पर्देशमा हुने पुरुषहरु पर्देशमै भएका अन्य देशका नागरिक केटीहरु संग भुलेर आफ्नै घर श्रीमती छोराछोरी र आफ्नो मायालु हरु भुल्छन भनेर, अझ कतित बिहे नै गरेर बसेको समाचार र खबरहरु पनि सुनेको हुनसक्छन, त्यसैले मेरो कुरामाथी संका जताउदै भनेकी थिन उस्ले, पुन मैले जवाफ फर्काए, यो मलेशिया वा बर-दुबइ होइन जहाँ केटाकेटी संगै बस्न सकोस वा बिहे हुन सकोस, विश्वाश गर्नुहोस् म हजुरको पारीजात हुँँ, हजुरको सोचाइमा आउन सक्छ म नकार्दिन तपाईंको भावनालाई, किनकी तपाईंले त्यस्तै सुन्दै र पड्दै आएको हुनुहुन्छ तर पारीजात पारीजात नै हो, आजसम्म म यो नारिजाती संग नजिकिएर बहकिएको वा बाटो बिराएको ब्यक्ती होइन र हुन पनि सक्दिन, मैले अझ विश्वाशत बनाउन खोजे, उताबाट त्योरै विश्वाश र केही संका रोप्दै भनी खै होला छोटो जवाफ थियो उस्को, उस्ले मलाई डिएमा मा त्यती लामो पत्र झै मेसेज लेख्नु अघिनै लख काटी सकेको थिए कि उनी मलाई बिस्तारै प्रेम गर्दैछिन, जुन उनी आँफैलाई प्रेममा छु भन्ने छनक सम्म थाहा थिएन, त्यसैले त केही डाहा र रिस पोख्दापोख्दै भएपनी हामी असल साथी मात्रै हौ भन्ने रट लगाउन हरेकदिन लागिपरेकी थीन, तर हकिकतमा उनी मेरो मायामा एकप्रकारले आफ्नै मान्छे हुनुको उन्को प्रेमिल स्पर्स गर्ने उस्को हृदयको अन्तरकुनामा म बिझी सकेको थिए, जुन उस्लाई थाहै थिएन वा थाहा भएर पनि थाहा पाउन चाहन्न थिन, देखाउन चाहन्न थिन, वा भन्न चाहन्नथिन, जुन कुरा मैले पनि थाहा पावोस र दुबैजना झन गहिराइमा डुबोस भनेर, तर उस्को मुखले पारीजात म हजुरलाई प्रेम गर्न थालेकीछु नभने पनि उस्को हरेक सवालहरुले थाहा पाइसकेको थिए कि म कसै संग बोल्दा वा मेरो लेख रचना माथि टिप्पणी हुँदा अरु नजिकेको महसु गर्थी र रिस उठ्थ्यो उस्लाई, मेरो प्रसम्सा र स्पेसमा दोहोरो संबाद वा टिएल को दोहोरो प्रतिउत्तरले उस्लाई भत्भति पोल्थ्यो, असैय हुन्थ्यो, भने त्योनै उस्ले मलाई प्रेम गर्दैछिन भन्ने प्रमाण थियो र प्रेममा जब महसुस हुन्छ भने त्यो भन्दा अर्को ठुलो प्रमाण नै के चाहियोर ? यसरी आजको किनमेल सकेर पोस्टाएको त्यो तस्बिर र कमेन्टहरुले फेरी मलाई धेरैदिन पछी उस्को सम्झना सिनेमाको रिल झै मस्तिस्क भरी छाएर आएको थियो ।  

दिनभरिको किनमेल सकियो, सबैजना आ-आफ्नो हप्ता भरिको खजना किनमेल सकेर पोकापन्टुरा बोकेर बसको पार्किङमा भेला भयौ र आ आफ्नो सिटमा बस्यौ, ड्राइभर पनि मार्केट गएकोले फर्किएकै रहेनछ, केहीबेरको पर्खाइ पछी ड्राइभर पनि आइपुग्यो, हामी चढेको बस बिस्तारै हामीलाई बोकेर हाम्रो बासस्थान तर्फ हुइकियो, एक घण्टाको लामो यात्रा पछी कोक्रोमा नानी झोलिदै निदाए जस्तै निदाउदै आइपुग्यौ हामी, सबैजना आ आफ्नो झोला तुम्बी बोकेर गाडीबाट झर्यौ, बेलुकिको साँढेसात बजी सकेको थियो, रुममा पुगेर सामान हरु थन्काएर हतार हतार गर्दै दुबैजना रुम पार्टनर मिलेर खाना बनायौ, उस्ले आफ्नो लागि बिहानको लागि खाना प्लास्टिकमा प्याक गर्‍यो मैले पनि आफ्नो लुगाफाटो युनिफर्म मिलाएर सनिबारको रातको डिउटिको लागि तयार गरे, त्यसपछी बल्ल खाना खायौ र बिहानको झै मैले भाडा माझेर धुइपखाल गरेर थन्काए, उस्ले किचेन सफा गार्यो र बल्लतल्ल पौने नौ बजे तिर बेडमा पुगियो, बेडमा पुग्दा दिउसोको दिभरिको मार्केट घुमाइ, आउँदा जादको बसको हल्लाइ र थेचारै ले थाकेर आँखामा निन्द्रा परिसकेको थियो तर आज बेलुकी घरमा पनि कल नगरेकोले एउटा कल गरेर सुत्नु पर्‍यो भनेर कल गरे, कल रिसिभ नभएपछी घडी हेरे नेपालको बार्ह बजिसकेको रहेछ रातिको, अनी सुतिसक्यो होला भनठानेर कल काट्दै सुत्न लागेको थिए, फेरी अलिकती भएपनी फेसबुक र ट्विटर तिर आँखा घुमाउन मन लागेर आयो, मोबाइलमा डाटा अन गरे, फेसबुक हेरे, फेसबुकमा केही नोटिफिकेसन र कसै कसैको फोटो र तस्बिर पोस्ट भएको बाहेक केही देखिन, अनी फेरी ट्विटर तिर छिरेर हेरे, ट्विटरमा छिर्ने बित्तिकै रिट्विट र कमेन्ट धेरै बसेको रैछ, सबैलाई रिप्लाई र लाइक गरेर डिएम तिर प्रबेश गरे, डिएममा केही साथीहरुको शुभरात्री मेसेज रहेछ सबैलाई रात्रीकाली अभिबादन रिप्लाई गरे, त्यही मद्धे त्यही अन्जान मान्छेको मेसेज पनि रहेछ, मेसेज हतार हतार खोले, मेसेजमा के होला भनेर उत्सुक्ताले गाज्यो अनी बिस्तारै मेसेज पढ्न थाले, मेसेजमा लेखेकी थिन उन्ले । 

ओ हेलो, हजुर अफ भैसक्नु भएको हो, सरी है हजुर, अघी बोल्दा बोल्दै बत्ती गएर वाइफाइ अफ भएको थियो, बाइ पनि भन्नु पाइन, अनी सुन्नुहोस्न एउटा कुरा सोध्नु थियो हजुरलाई, ओके तपाईं त अफ जानुभाको जस्तोछ, ठिकैछ तपाईं अफ नै भए पनि मेरो केही कुराहरु राख्छु तपाईं संग अन्लाई आएपछी उत्तर दिनुहोस् है ल, उनको एकलौटी मेसेज मकैको फुल फुटे झै फुटेको रहेछ, ल सुन्जुहोस् हैत म भन्छु, उस्ले यो शब्द संगै उस्को मनको भावना लेख्दै गएछिन मैले चुपचाप् पढन थाले, तपाईं जिबन र जगत लाई कसरी बुझ्नुहुन्छ, तपाईंको नजरमा जिबन केहो, यदी जिबन बुझ्नुहुन्छ भने चराचर जगतमा हाम्रो महत्व केहो, के जिबन भन्नु नै चराचरजगत हो,? वा चराचरजगत भन्नु चै जिबन हो ? कि एउटा सिर्फ प्रकृतिको रचना वा सृस्‍टि मात्रै हो ? यदी मैले तपाईंलाई सोधेको बिषय वस्तुहरु एक आपसमा नियम बाझिन्छन वा मिल्छन भने प्रेम जरुरी छ कि छैन, यदी प्रेम जरुरी छ भने हरेक गरिएका प्रेमहरुमा किन धोका असफलता, बैराग्यता नैरस्यता वा मान्छे यहासम्म कि आत्माहत्य सम्म गर्छन, जुन आफुले गरेको प्रेम पाउदैनन वा असफल हुन्छन,यदी प्रेम जरुरी छैन भने मथुरा निबासी भगवान बिष्णुको अवतार मानिएका स्वयम कृष्णले किन राधा संग प्रेम गरे ? अनी राधाले कृष्णलाई ? यदी प्रेम जिबनमा जरुरी छ भने वा प्रेम जिबनको सास्वत सत्यहो भने कृष्ण र राधा बिच गरिएको प्रेममा किन रुक्मिणिले बैबाहिक पत्निको रुपमा प्रबेश गरी जहाँ राधाले महत्व पाउनु पर्ने होइन र ? कृष्णले गरेको राधा प्रतिको प्रेम भौतिक आकर्सण वा संगै हाँस्दै खेल्दै हुर्केको भएर त्यो बालापनको मित्रताको आत्मियता मात्रै अंकुरण भएको होकी, तर आत्मियता लाई प्रेम संग तुलना गर्न मिल्दैननी हैन र ? अनी प्रेममा सम्बन्ध वा सम्बन्धमा प्रेम अपरिहार्य छकी छैन ? यदी छ भने राधा संगको प्रेम हुँदाहुँदै कृष्णले रुक्मिणी सहित सातजना युवतिहरु संग किन विवाह गरे, वा एकहजार सात जना युवती हरुसंग मनको सम्बन्ध किन निभाए, यदी प्रेम एउटा वा एकजना संग मात्रै हुन्थ्यो भने कृष्णलाई त्यत्रो युवतिहरुको प्रेमको आवश्यकता किन ? के त्यो एउटा सक्तिशाली र सुन्दर राजकुमार भएकै कारण ले कृष्णले आफ्नो चाहना र इच्छाले मागेको र आँखाले देखेको सुन्दरी जती सबै उस्को समभोगको भौतिक आवश्यकता मात्रै थिएननर ? अनी राधा संगै जन्मी हुर्की खेली गरेको आफ्नै सखि शुशिलाले कृष्णलाई गरेको एकलौटी प्रेम चै प्रेम होइन ? जस्ले कुरुक्षेत्रको लडाईंमा कंशको युद्धलाई हराउन कृष्णको निम्ती साहादात वीरंगना प्राप्त गरेकी थिन प्रेमकै खातिर, अनी के त्यो चै प्रेम थिएन ? अनी मिराले गरेकी निस्वार्थ प्रेम के थियोत ? ल योत मानी लिउ आज भन्दा पाचहजार बर्ष अगाडिको ईतिहास थियो, खैर यस्लाई एकछिनको लागि थाती राखिदिउ, आधुनिक सभ्यता सुरु भए देखी यताको आधुनिक प्रेम गर्ने जोडी हरुकै कुरा गरौ, यदी प्रेम अपरिहार्य होइन भने मान्छे किन प्रेमकै निम्ती ज्यान र राज्य सम्म गुमाउछन, अनी प्रेम अपरिहार्य हो भने, यहाँ त्यस्ता कयौ उधारणा हरुछन जस्ले हाम्रो आजको आधुनिक समाजलाइ नै गिज्याउछ, जात धर्म बर्ग बर्ण लिङ र छुवाछुत को भेधभाव किन आउछ, अझ इतिहासलाइ नै हेर्ने हो भने त्यस्ता कयौ घटना छन जस्ले तिनका प्रणय दिवस वा मृत्‍यु वार्षिकिमा, आज पनि उतिकै महत्व पाएकाछन  इरानका अन्धा कवी रौदकी प्रेमको असफलता कै कारण गजलकार कवी बनेका थिए, रोमियो जुलियट भ्यालेन्टाइन हरु त्यसैको असफल प्रेमको उपज हुन, अरब सभ्यताका लैला मजानु तिनैका असफलताका उधारणा हुन, उसोभए अब हामी यसरी हेर्न सक्छौ कि प्रेम गरिनु हुन्न ? गरिनु हुन्न भने किन यो हरेक लाई आभाश हुन्छन अनी त्यसैको बलमा मान्छे किन प्रेममा चुर्लुम्म डुब्छन र जिबनलाई सुन्दर उपहारको देन ठान्छन, म केहीदिन देखी यस्तै यस्तै कुराहरुले गुम्सुम छु म यो गुम्सुम बाट बाहिर निस्कन चाहन्छु वा मैले सोचेको र तपाईंलाई गरेको प्रश्न हरुको सान्धार्भिक्ता जायज छन कि छैनन म् जान्न चाहन्छु तपाईं बाट किन कि तपाईं त भावनामा बगेर कथा लेख्ने मान्छे पक्कै पनि तपाईंले मेरो उत्तर भेटउनुहुनेछ र मलाई मेरो प्रश्न खुल्दुली र उत्सुक्ता मेटाइ दिनुहुनेछ, र, मेरो प्रश्न लाई निरास बनाउनुहुनेछैन । 

माथिको उस्को यतिलामो प्रश्न मन लगाएर पढे, दोराएर पढे, उस्को प्रश्न गराइ नै यती गम्भिर थियो कि आज सम्म मैले यस्ता प्रश्नहरु कतै सुनेको वा सामना गर्नै परेको थिएन, उस्को प्रश्नको जवाफ हरुको हरेक रुप हुन सक्थ्यो, हरेक अर्थहरु निक्लन सक्थ्यो, उस्को प्रश्नको एक एक सवाल को जवाफ हरुको अलग अलग व्याख्या र उचारण हुन सक्थे, साच्चिकै यती गहकिलो र गहिरो कुरा गर्न सक्छे मैले त कल्पनामा सोच्न पनि सकेको थीन, उस्को हरेक प्रश्न हरुको जवाफ तीन तरिकाले दिन सकिन्थ्यो, एउटा भावनात्मक, दोस्रो व्यबहारिक र तेस्रो अध्यात्मिक भएर जवाफ दिन सकिन्थ्यो, तर उस्ले गरेको सवाल र त्यस्को हरेक अंसको उत्तर दिने म संग क्ष्यमता थिएन, न भावनात्मक न ब्यबहारिक नत अध्यात्मिक नै, जिबन जगत र प्रेमलाई परीभाषा गर्न सक्ने त्यत्रो क्ष्यमता भैदिएकोभए शायद म आज कुनै कन्भेन्सन हलमा मोटिभेस्नल स्पिच दीरहेको हुन्थे होला, उस्को प्रश्नको जवाफ दिन सक्छु कि सक्दिन भनेर म आँफैलाई डर लाग्यो, उस्को प्रश्न हरु झट्ट सुन्दा हास्यस्पद र भावनात्मक भएर दिन सकिन्छ जस्तो लागे पनि उस्को प्रश्न हरु सबै तत्थ्यसंगत थिए, ईतिहास संगत थिए, र पौरानीक संगत थिए, यहाँसम्म कि हरेक सवाल को जवाफ आँफै उत्तर दिएर उत्तर भित्रै अर्को प्रश्न जन्म दिएकी थिन उस्ले, म दोधार भए के गरौ कसो गरौ भयो, उस्ले जसरी सोचेको छ मलाई त्यसरी उत्तर दिन सकिन भने वा उत्तर दिने शैली मिलेन भने उस्ले के सोच्ली मलाई झन हतास भयो, अत्यास लागेर आयो उस्को प्रश्न पड्दै जादा म आँफै उत्तरहरुको खोजिमा गम्भिर बन्दै जादै थिए, कहाबाट सुरु गरौ, के भनेर सुरु गरौ, कसरी उस्को चित्त बुझ्दो जवाफ दिउ मलाई त रिंगटा नै चलेर तीन भाउन्न भएर आयो, तैपनी मन र मस्तिस्कलाई काबुमा राख्दै केहीछिन सुस्ताए र लामो श्वास तानेर उस्को उत्तर दिने कोशीश गरे ।
 
जिबन चराचरजगत प्रक्रिती र प्रेमलाई बुझ्ने सबैको आ आफ्नै ढङ्ग वा बिचार हुन्छन, हरेकले यि सबैको आफु अनुकुल व्याख्या गर्छन्, त्यसैले तपाईंले खोज्नु भएको अन्तरआत्माको उत्तर ठ्याक्कै त दिन नसकुला तर मैले बुझेको र मेरो तर्फबाट मेरो मस्तिस्कले जे भन्छ जे अर्थ्याउछ जती सक्छ त्यती भन्ने कोशीस गेर्नेछु, कृपया माफ गर्नुहोला, ल सुउनुहोस, तपाईं कसरी बुझ्नुहुन्छ जिबनलाई ? कसरी लिनुहुन्छ प्रेमलाई तर म यसरी लिन्छु, यसो भन्दै मैले आफ्नै बुझाई यसरी लेख्दै गए उस्को मेसेज बक्स भरी, प्रेमका रुप र व्याख्या अनेकौ हुनसक्छन, र तिनलाई हरेक ब्यक्तिले आफु अनुकुल व्याख्या गर्छन, ति सबैको अलगलग रुप र भौतिक्ता त म यहाँलाई भन्न नसकौला तर मैले चै प्रेमलाई तीन तरिकाबाट मुल्याङ्कन वा व्याख्या गर्नसक्छु, ति हुन, पहिलो भावनात्माक प्रेम, प्रेम आँफैमा सुन्दा मिठो कर्णप्रीय र सुन्दर लाग्छन, अनी प्रेम कहिले गरिदैन यो आँफै हुन्छ र आँफैहुने एक प्रकारको मस्तिस्कको, मनको, सिधै हृदय संग सम्बन्ध राख्छन, यो भावनात्मक गरिने प्रेममा मनुस्य जातिले एकले अर्कालाई हेरेर देखेर महसुस गरेर वा लामो समय सम्म संगै हिड्दा बस्दा, खादा बोल्दा बिस्तारै उस्को कार्यशैलिले आकर्शण बढाउछ र उस्को ब्यक्तित्व लाई प्रेम गर्न थाल्छन, जहाँ जात धर्म बर्ग लिङ्ग वा छुवाछुत, उचोनिचो ठुलोसानो भन्ने हुन्न, त्यहा नितान्त भावनाले मात्रै काम गरेकोहुन्छ, यसरी भावनाले गरिने प्रेममा एकले अर्काको दिल लाई छुन सकेका हुन्छन, बुझ्न सकेका हुन्छन, तर सामाजिक मान्यतामा बर्जित हुन्छन अपबाद बाहेक, त्यसैले यस्ता प्रेमहरुमा जस्ले युद्ध लड्न सक्छ, संघर्ष गर्न सक्छ, तिनै केही प्रेमहरु सफल हुन्छन, जस्ले समाजमा बिद्रोह गर्न सक्दैनन त्यस्ता प्रेमहरु असफल हुन्छन, दोश्रो व्याबहारिक प्रेम, जो विवाह पस्चात बैबाहिक सम्बन्धले एकले अर्कालाई बुझ्न अवसर दिन्छ र साचिकै दुई आत्मा प्रती प्रेम जाग्रीत गराइदिन्छन तिनिहरुले चराचरजगत लाई पनि मद्धत पुग्छ, त्यो भन्नु नै अर्को मनुश्य पिढिको जन्म वा उत्पती हुनु हो जस्ले सृस्‍टिको नियमलाई निरन्तरता दिन्छ, वा भावनात्मक भन्दा व्याबहारिक भएर गरिने प्रेममा सोचबिचार र भोली त्यो प्रेम विवाहमा पारीणत हुने सम्भावना भए जिबन चलाऊन सजिलो हुने भौतिक र आर्थिक पक्षलाई जोडेर गरिन्छ, ति र त्यस्ता ब्यबहारिक प्रेम हुन मेरो नजरमा, अब कुरो रहयो अध्यात्मिक प्रेम, अध्यातमले प्रेमलाई सँधै पूजा गर्छ, प्रेमलाई सँधै उच्चकोटिमा राखेर हेर्छन जस्तै कृष्णले राधालाई गरेका थिए वा मिराले निस्वार्थ कृष्णलाई, जहाँ न भौतिक शरीर बास्ना थियो न कुनै आर्थिक धन दौलत, नितान्त आत्मा केन्द्रीत थियो । 

यिनै प्रेम संगै जिबनको पनि व्याख्याछन, जिबन आँफैमा सुन्दर हुँदाहुँदै पनि अरबौ प्रश्न हरुको सुरुङ हो जिबन, जस्लाई हामी जिबन यही हो भनेर ठ्याक्कै भन्न सक्दैनौ, बस यती मात्रै भन्न सक्छौ कि जिबनलाई बुझ्न सके जिबन सुन्दर र स्वर्ग झै छ, अनी बुझ्न नसके अनकन्टार र अँध्यारो छ, अझ अध्यात्मिक भएर जिबनलाई यसरी बुझौ कि, जीवन ईश्वरकाे वरदान हो ,मानिसको सर्वश्रेष्ठ प्राणी भन्नेहरुले नै बुझ्ने काेशिश गरेका छैनन, मान+ईश=मानिस हुन्छ ,अथवा ईश्वर संग संपर्क नभए सम्म सर्वश्रेष्ठ भन्ने अधिकार छैन, यो अन्दाजी वा यो शरिरले लगाएको अर्थ होइन, उनै श्रीकृष्णबाट पाएकाे शिक्षा हो, चराचर जगतका सबै प्राणीको रचनाकार उनै ब्रमाण्डनायक राम वा कृष्ण हुन ,प्रकृतिका होइन, भगवान वा ईश्वरलाई नबुझी प्रेमको परिभाषा केवल माया हो, माया र प्रेम फरक कुरा हो, प्रेममा धाेका खादैन ,धाेका खाने मायाको गुण नै हो, धाेका खान्छन् तर त्यसलाई कसरी लिन्छन् ? काेहि मायाले धाेका खाएर भगवान भक्तितिर खुशी हुन्छ भने उ भाग्यमानी हो, तर यस्ता भाग्यमानी कम नै भेटिन्छन, भगवानले आफुतिर आकर्षण नगरी मन उनितिर जादैन, मायाबाट धाेका खादैमा जीवन असफल हुदैन ,भगवानबाट विमुख हुनु नै मानिसको जीवन असफल हुनु हाे, श्रीकृष्णकाे अस्तित्व नै सामान्य बुझाइले बुझ्न सकिने कुरै होइन, याे शरिरले उनलाई संपर्क गर्ने र शिक्षा पाउने अबसर पाएकाे हरुले मात्र उनलाई भेट्न वा बुझ्न सक्छन, हामीले उनी प्रति बनएका धारणा कत्ति पनि मिलेको छैन, राधा उनको प्रेमिका होइन ,उनलेेत केवल जादु गरेर बनाएको नारी हो, खास प्रेम अथवा भगवान संग गरिने प्रेमको नियम अनुसार मिरा श्रीकृष्णकाे प्रेमि वा भक्त हो, माेहनाश गर्ने शक्तिलाई माेह अथवा मायाबध्दहरुले गरेको हिसाबकिताब कत्ति मिलेको छैन, उनको भनाइ अनुसार त्रेताकि सबरि द्वापरकि मिरा आज यो शरीर पाएकि छे, सबरि प्राथमिक स्तरकि भक्त थिईन, अथवा हनुमान बराबर कि थिईन, तर नारी हुनाले कसैले पुछेन,त्यो भन्दा अलि माथिल्लो श्रेणीमा मिरा पुगि तर अर्जुन बराबर हुने अबसर पाएकि होइन, अब अर्थात यो जुनिमा अर्जुन बनाउने आश्वासन दिएर साधनारत राखेका छन, त्यसैले प्रेम शब्दको बुझाई लौकिक दृष्टिले बुझ्ने भाव नै होइन ,अलौकिक भाव हो प्रेम, भक्तिले उत्पन्न हुने भाव "प्रेम"लाई जथाभावी अर्थ लगाइएको छ, कृष्णलाई समेत राधासंग जाेडेर अनेकौं लाञ्छना लागेका छन, माेह अथवा माया र प्रेम एउटै आँखाले हेर्ने गरेकोले भ्रम फैलिएको छ, त्यसैले मैले जानेको र बुझेको माथिको तपाईंले छोड्नुभएको प्रश्नको जवाफ कती पाउनुभो भएन तर एउटा कुरा सत्य होकी इश्वर वा देवता नभेटी माया वा प्रेम भेटिदैन, त्यसैले एउटा भनाइ नै छ"जति लामो डाेराे बाटे पनि गाँठो एउटै"भने झैँ प्रश्न जति धेरै भए पनि उत्तर एक छ, ईश्वरीय शक्तिलाई बुझ्न माेक्ष अथवा मायाको क्षय हुनुपर्छ अनि हृदय निवासीसंग संपर्क हुन्छ ,उनले मात्र सत्य जवाफ दिन्छन, यती लेखिसकेर मैले मेसेज सेन्ड गरे, यतिन्जेल सम्म रातको साडे बार्ह बजिसकेको थियो, दिनभरिको मार्केटको थकाई र रातभरीको अनिदो थपिएर होला निन्द्रा देबिले पनि मलाई छपक्क छोपिसकेको थियो, अन्त्यमा गूड नाइट हजुर भन्दै नेट अफ गरेर बेडको शरणमा परे त्यसपछी कतिबेला निदाए थाहै पाइन ।



रचना- अर्पण योन्जन (शिरिष) 
मिती- २८,२९ र ३० असोज २०७८
तदनुसार- १३,१४ र १५ अक्टोबर २०२१

Friday, October 8, 2021

कथा- भाग-७, एउटा प्रेम यस्तो पनि |

 

ट्विटरको स्पेस बसाइमा सुरुको दिनमा मनलाग्दी रचनाहरु बाचन र गीत संगितले समय कटाउनी गरेपनी पछील्लो समयमा हामीले रेडियो कार्यक्रम झै नियमित र अनुशासित श्रिङ्गखलाबद्ध बाचन र प्रसारण सुरुगरेका थियौ स्पेसमा, जस्मा जापानमा अध्ययन गर्दै गरेका एकजना भाई बिरोजीले होस्ट गर्नुहुन्थ्यो, हरेक सुक्रबारको दिन हाम्रो बिशेष श्रिङ्गखला नै चल्थ्यो, हरेक हप्ताको सुक्रबारको दिन गीत संगित, गजल, मुक्तक, कविता र पत्र शन्देश अनी छोटाछोटा कथाहरु बाचन गर्थ्यौ हामी, यसरी नियमित र नियमबद्ध स्पेस श्रिङ्गखलामा हामीले लगतार सानेको बा को पत्र श्रिखला दशौ श्रिखला सम्म सफल र रमाइलो तरिकाले सम्पन्न गरेका थियौ, हरेक श्रिङ्गखलामा मेरो पत्रको जवाफ र सानेकी आमाको भूमिकामा चितवन निबासि कलौटिमैयाले साथ दिनुहुन्थ्यो, त्यसपछिका श्रिङ्गखलामा हामीले अन्य पत्र कथा र कविता गजल गितमय बनाउथ्यौ, यसैक्रममा हामीले सत्रौ श्रिङ्गखलासम्म पुर्यायौ भने पन्ध्रौ श्रिङ्खला बाट मैले लेख्दैगरेको एउटा प्रेम यस्तो पनि कथाको भाग भाग गरेर बाचन सुरुगरे, अनी सत्रौ श्रिङ्खलामा म आँफैदुवारा लेखिएको कथाको दोश्रो भाग बाचन गर्ने पालो थियो, त्यसै मुताबिक केही साहित्यिक रचनाहरु साथीहरुले सुनाइसकेपछी कथा बाचन गर्ने मेरो पालो आयो कथा बाचन गरे, दोश्रो भाग सानो र छोटो बिषय बस्तु भएकोले चाडै सकियो, कथामाथी टिप्पणी र हासोमजाकको माहोल बन्यो, केही टिप्पणीहरु यस्तापनी थिए कि टिप्पणीमा भनिएको थियो,कथा अलिक छोटा भएको र अझै लामो हुनेपर्ने सुझाब आयो त्यो मैले पनि महसुस गरे, स्पेसको साथीहरुको प्रसम्सा र टिप्पणी अनी हासोमजाकले कतै खुशी त कतै लज्जाबोध गराउथ्यो मलाई, तर जेहोस म जस्तो सानोतिनो लेख्न र सुनाउन मन पराउने मान्छेको लागि वहाँहरुको प्रसम्सा र हासोमजाकले मलाई अझै केही लेख्ने जिम्मेवारी र उर्जा थपिएको थियो र थपिदैथियो, स्पेसको सुरुवाती दिन कयौ स्पेसहरुमा बस्यौ र सुन्यौ सुनायौ पनि, तर मैले छुटाउनै नहुने नाम र स्पेसहरु थिए जस्ले मलाई सुरुदेखी नै परिचय दिलाउन मुख्य भूमिका निर्भाह गरे, ति थिए, टिआर अर्घाखाँची र ब्रीष बहादुर रोकायको स्पेस महत्वपूर्ण रहयो, अनी मेरो रचना हरुमा उर्जा भर्नेहरुमा मैले छुटाउनै नहुने केही नाम हरुपनी थिए जस्ले मलाई उर्जा मात्रै भरेरनन वहाँहरुले हरेक हप्ता सुनेर मलाई हौसला प्रधान गर्दै हरेक हप्ता हाजिर जनाउनुहुन्थ्यो र वहाँहरु थिए, रास्ट्रीयनानी, अप्सरा पन्त, सोभ न्यौपाने, यात्री जि, करुणा केसी, राधापियारी, जग्गु तिवारी, प्रकाश घिमिरे, पवन ठटाल, सोबित पन्त र पछील्लो समय चन्द्र प्रसाइ चन्द्रमा, जयन्ती शर्मा, कन्चन पोख्रेल, सबिन केसि आदी धेरै, मैले नाम सम्झना सकेका वा नसकेका कयौ स्पेस प्रयोगकर्ता हरुले प्रत्यक्ष्य र अप्रत्यक्ष्य हौसला र उर्जा थपिदिनुभएको थियो,यसरी नै स्पेस को बसाइ र लेखन यात्राले मेरो गोरेटो समाएको होकी भन्ने महसुस हुनथालेको थियो मलाई,


आजको सत्रौ शृङ्खला साहित्यिक बसाइ लग्भग कथामाथिको टिप्पणी र हासोमजाकले बिट मार्दै हामी अन्त्यतिर आइसकेका थियौ, यसैक्रममा डिएममा मलाई नितान्त नौलो अन्जान नामको मेसेज आयो, मेसेजमा औपचारिकता पोखिएर लिखिएको थियो, सर नम्स्कार ! आजको तपाईंको कथा र प्रस्तुती सुन्ने सुनौलो मौका मिल्यो, म तपाईं जस्तो श्रस्टाको रचना सुन्न पाउनु मेरो अहोभाग्य हो, साचिकै हृदय देखी मैले भन्नै पर्छ कि तपाईंको लेखाइ र प्रस्तुतिको म बिग फ्यान भए, धन्यवाद सर तपाईं लाई यतिमिठो प्रस्तुतिको लागि, यता साथीहरुको रचना बाचन हुँदै थियो भने म चै त्यो अप्रत्यासित अन्जान ह्यान्डल बाट आएको मेसेज पड्दै अचम्म मानिरहेको थिए, म सोच्दै थिए को होला यो मान्छे जस्ले मलाई आफ्नो परिचय लुकाएर प्रसम्सा गरिरहेकोछ, म एकछिन त सोच मग्न भए, कस्ले गरेको हो मैले केही ठम्याउनै सकिन, अनी फेरी लामो श्वास तानेर सोचे कतै आफ्नो परिचय लुकाएर हुंडार ह्यान्डलबाट मेरो मन चोर्नलाई उनैत आकी होइनन? मैले प्रश्न गरे आँफैभित्र, किनकी आठ नौ महिना पहिले स्पेस सुरु हुँदा मेरो कविता बाचन सकिएपछी उस्ले पनि यसरी नै र यस्तै मेसेज गरेर मेरो निम्ती प्रसम्साको लामो शब्दहरु खर्छ गरेकिथिन, र उस्को औपचारिकता निभाउने तरिका र आज आएको मेसेजको बेहोराको प्रक्रिती ठ्याइकै उस्तै थियो, मैले तिनै कुरालाई लख काटेर केही छोटो र सटिक जवाफ मात्रै फर्काए, हस हजुरलाई यो हौसलाको लागि मुरिमुरी धन्यवाद, मैले उता स्पेस चलिरहदा यता उस्को जवाफ फर्काएको थिए, यताबाट मेरो मेसेज जाने बित्तिकै उस्ले पनि मेसेज हेरेको सिग्नल देखियो र तुरुन्त अर्को मेसेज आयो, सर एउटा कुरा सोधौ है ? मैले जवाफ फर्काए सोध्नुहोस्न, उस्ले उताबाट पुन सर्त राख्दै अर्को प्रश्न गरी, ओके म सोध्छु तर नरिसाइ साचो भन्नुहोस् है ल, उस्को आग्रह थियो बिनम्रको साथ, मैले हासेको इमोजी पठाएँ, मेरो हासेको इमोजी लगतै पुन उस्को मेसेज आयो, सर किन हास्नु भएको ? खोइत मेरो उत्तर त दिनुभएनत ? मैले पुन जवाफ फर्काए कस्तो उत्तर ? उता बाट उस्तै लगतार सवाल जवाफ गर्न थालिन, मैले हजुरलाई केही कुरा सोध्ने अनुमती मागेको थिए तर तपाईंले त केही जवाफ नै दिनुभएनत ? मैले जवाफ फर्काए ओके ठीक छ के सोध्नु हुन्छ सोध्नुहोस, उस्को प्रश्न को लागि अनुमती दिदै मैले उनैलाई सम्झिरहेको थिए जस्ले मलाई प्रश्न हरुको ओइरो लगाएर बेपत्त भएकी थिन, कतै उनि नैपो हुन्की भन्ने लख काट्दै थिए, उताबाट मेसेज आयो सर हजुरले कसैलाई प्रेम गर्नुहुन्छ हो, मैले नसोचेको र मेरो कल्पना बाहिरको अनौठो प्रश्न थियो यो उस्को, उस्को प्रश्नमा खास गम्भिर्ता त देखाइन मैले तरपनी प्रश्न आँफैमा नौलो र सपना जस्तै थियो, त्यसैले मैले आफुलाई सम्हाल्दै पुन हासेको इमोजी मात्रै सेन्ड गरेर सिम्बोलिक उत्तर दिए, उत्तर न छ भन्ने थियो, नत छैन भन्नेनै थियो, दुइअर्थी लगाउने मेरो उत्तरले शायद उस्लाई चिढ्याएको हुनुपर्छ, त्यसैले उताबाट रिसाएको जस्तो रातो इमोजी पठाएर आफ्नो भाव ब्यक्त गरी, साचिकै हाम्रो लामो समय पछीको अन्तरलालमा सुरुवाती दिनको झै उस्तै सवाल जवाफ हुँदैथियो, जसरी डिएममा पहिलो पल्ट हामीले गरेका थियौ, त्यसैले पनि पक्कै उनै हुनुपर्छ भन्दै सोच्दै थिए, तैपनी पुन आँफैले प्रश्न गरे किन र हजुर सोध्नु भएको, मेरो मेसेज उता पुग्न नपाउदै सवाल सहितको जवाफ आयो, मेरो प्रश्न को जवाफ यो होइन सर, मैले बस यती मात्रै सोध्न खोजेको हो तपाईं प्रेममा हुनुहुन्छ कि हुन्न भनेर, मैले जवाफ दिए, छैन, छोटो एउटै वाक्यको जवाफ थियो मेरो र मैले पुन उसैलाई प्रश्न गरे, किन सोध्नुभएकोनी ? मेरो प्रश्नको उत्तर दिदै मेसेज रिप्लाई गरिन हैन तपाईंको कथा सुनेपछी प्रेममा हुनुहुन्छ कि भनेर संका गरे मैले, उस्को संका थियो, मैले पुन जवाफ फर्काए साहित्य यस्तै हुन्छन, पड्दा वा सुन्दा लेखक स्वयमले भोगेका जस्तै, तर सबै कृति वा रचना लेखकको आफ्नै भोगाइ हुँदैनन केही अपबाद बाहेक, साहित्य भनेकै भावना हुन कल्पनाको सागर हुन, जती परिकल्पनामा डुब्न सक्यो जती अक्ष्यरलाई शब्दमा खेलाउन सक्यो उतिनै जिबन्त हुन्छन, पड्दा र सुन्दा हेर्दा साचिकै झै लाग्छन, तर सबै कथा काहानी लेखकको आफ्नै हुँदैनन, ति कतिपय आफ्नै त, कतीपय अरुको देखेर सुनेर वा कल्पना गरेर श्रीजना गरिन्छन, आज मैले जुन कथा सुनाइरहेकोछु जस्लाई तपाईंहरु जस्ता शुभेक्छुक र हौसला प्रधान गर्ने हरुको साथ सपोर्ट र आत्मियताले गर्दा यो कथा हैन आज कसैको जिबन्त प्रेम काहानी उपन्यास बनेर उभिने प्रयत्न गर्दैछ, बस हौसला मिलेकोछ, उर्जा मिलेकोछ अनी तपाईंहरुको फुर्काइले जिम्मेवारि  बढेकोछ, कि मैले केही गर्नैपर्छ, केही लेख्नैपर्छ, बस यतिनै हो र यसरी नै लेखेर सुनाउने प्रयत्न गरिरहेकोछु हरेक हप्ता, मैले लामो जवाफ फर्काए,


जस्ले मलाई प्रेमको प्रश्न र जवाफ बिहिनी बनाएर छोडेर लापता भएकी थिन, जसरी कुहिरोमा सयौको यात्रु बोकेर हवाइजहाजको कक्पिट बेपत्ता हुन्छ, त्यसरी नै मेरो मन मस्तिस्क र हृदयको र्याडर देखी सम्बन्ध बिच्छेद भएर हराएको पनि आज महिनौ बित्यो, तैपनी उनी आज सम्म कुनै खोज खबर बोकेर फर्किएर आइनन, अनी सम्बन्ध र प्रेम आत्मियता छोटो होस या लामो, मिठो होस या तितो, आखिर जस्तो भएपनी याद त यादै हुदोरहेछ, आजको अपरिचित ब्यक्तिको प्रश्न गराइले पुन मलाई उस्को सम्झना गर्नबाट वाध्य पारेकोछ, पुन उस्लाई सम्झना कर लागेकोछ, शायद त्यसैले होला मन भित्र केही उकुशमुकुस अनुभुती भयो, अनी अपरिचित र नयाँ ह्यान्ड्डल भएकोले होला यता डिएमको त्यो नयाँ र अपरिचित ब्यक्तिको खासै वास्ता नगरि म टिएल तिर गएर तिनै पुरानो दिनको उस्को बिम्ब कल्पना गर्दै ट्विट गरे, ट्विटमा यस्तो लेखे, तिमी कोहौ थाहाछैन, तिम्रो आक्रिती कस्तोछ थाहाछैन, तीन महिना अगाडि स्पेसमा सुनेको बाहेक तिम्रो आवाज कस्तोछ त्योपनी थाहाछैन, तरपनी कहिलेकाही अल्छि र आलस्यताले गाजेर भावनाहरु मुर्झाएकोबेला तिमीले दिने हौसला, सल्लाह, सुझाब, र प्रेरणा हरुले पनि केही उर्जा थपिदिन्थ्यो र पुन लेख्ने कोशीस गर्थे, भावनाहरु कल्पना हरु अक्ष्यरहरुलाई शब्द सँग साट्ने गर्थे, मानौ कि मेरो लेखनयात्राको लागि तिमी एउटा असल शेर्पा थियौ, दक्ष्य गाइड् थियौ र साहित्यिक यात्राहरु देखाइ रहयौ अनी त्यो तिमीले देखाएको पथहरुलाई मैले मनको सुमेरु पर्बत सम्म पुराएर सन्जीवनी बुटी खोजेर ल्याउने र मेरो हातको औली मार्फत कलम र मसी अनी कम्प्युटरको कि बोर्डहरुमा जिबन भरिरहन्थ्यौ साँच्चिकै तिमी मेरो जिबनको एउटा नजानिदो सहयात्री थियौ अनी कृष्ण को सुधामा झै थियौ, त्यसैले पनि तिमी आज जहाँछौ जस्तो अवस्थामा छौ, जस्तोसुकै परिस्थितीमा छौ सबै ठिकै र कुशल मंगल छौ भन्दै तिमीलाई मुरिमुरी धन्यवाद अन्जान मान्छे, अनी सँधै उच्चस्थानमा राख्न पाउँ तिमीलाई । 


मैले ट्विट गरेको साठी सेकेन्ड पनि हुन नपाउदै तिनै अपरिचित ब्यक्तिले मेरो डिएममा मेरो तिनै भर्खरै पोस्ट गरेको ट्विट् सेयर गरी र भनी, सर ! तपाईं झुट बोल्दै हुनुहुन्छ, तपाईं कसैलाई प्रेम गर्नुहुन्छ, कसैको मोहमा हुनुहुन्छ, किनकी तपाईंको हृदय रोएको शब्द बनेर ट्विटरको भित्ताभरी पोखिदैछ, अनी बुज्दछु यस्तो कुरा किनकी तपाईं जस्तै प्रेममा डुबेर आधा मुटु चिरा पारेर हरेक रात आशुले सिरानी भिझाउने मान्छे म पनि हुँँ, त्यसैले प्रेममा बिछोड हुँदा होस् या खटपट हुँदा हरेक प्रेमिल जोडीहरुलाई यस्तै भावहरु आउछन, छरिन्छन, पोखिन्छन, सामाजिक सन्जालका भित्ता भरी, अनी रुन्छन धित मरुन्जेल एकान्त वा अध्यारो कुना खोजेर, यहाँ सम्मकी साचो हृदयले प्रेम गर्नेहरु आफु रुएर भएपनी मन शान्त पार्न खोज्छन,यदी सकेनन भने अन्तिम बिकल्प भनेको बाथरुमको बन्द कोठा भित्र गएर भएपनी आफुलाई लुकाउछन र रुन्छन, चिच्याउछन, कहालिन्छन, र आफुलाई शान्त पार्छन, यो मैले बुझेकोछु, किनकी म पनि आँफैले गरेको प्रेम देखी पटकपटक रुएकोछु अनी यस्तै अँध्यारो ठाउँहरु खोजेर आशु झारेर आफुलाई शितल र हलुका बनाएकोछु, जिबन देखी कयौपटक हरेश खानुपरेकोछ, त्यसैले पनि म बुझ्छु तपाईंको कथाको पात्र वा साहित्य जे भन्नुहोस ति सबै तपाईंको निजी भोगाइ हुन, म यो ठोकुवा गरेर भन्न सक्छु, त्यो अपरिचित मान्छे कती चाडै मेरो वालमा गएर मेरो ट्विट पढ्न भ्याएर पनि यतिधेरै ट्विटको बिसयमा बिस्लेसण गर्न भ्याइछिन, उस्को यो रफ्तार देखेर कतै अचम्म त कतौ अनौठो लागिरहेको थियो मलाई, अनी भित्रभित्रै कतै उनी नै पो हुन्की भनेर अझ बढी मनमा संका पलाउदै थियो, अनी मैले उस्को यो लामो टिप्पणी पछी पुन उस्तै कुनै नाजवाफ हुँदै सिर्फ हासेको र छक्क परेको सिम्बोलिक इमोजी पठाएर उत्तर दिए शायद उस्ले मेरो इमोजिको भाव बुझी सकेको हुनुपर्छ, उताबाट उस्ले पनि हासेकै इमोजी पठाउदै अर्को मेसेज गरिन, सर प्राय साहित्यकार हरु यस्तै हुन्छन, कित भाबुक र सेन्सेटिभ हुन्छन, कित घामड र ज्याद्रा हुन्छन, तिनिहरुलाई न काडाले घोच्छ नत घामले पोल्छ नत आगोले नै पोल्छ, यदी घोच्छ त केवल प्रेमको काडाहरुले घोच्छ कित पागलपन ले पोल्छ, त्यसैले त यस्ता स्वभावका मान्छेहरु कवी नत्र उपन्यासकार र कथाकार बनेका हुन्छन, नत्र त यि पागलहरु त्यसै कहाँ कवी बन्छन र, मेसेज संगसंगै हासेर लजाएको इमोजी पठाइन,


उस्को मेसेज पढिसकेर कुनैपनी प्रतिक्रीया नदीकिन म सोच मग्नभए, म सोच्दैथिए यतिबेला अपरिचित मान्छे भएर पनि किन यतिधेरै भावहरु ब्यक्त गरिरहेकोहोला म संग्ग, आखिर उ के भन्न चाहन्छ, के सुनाउन चाहन्छ, माथिको उस्को मेसेज पुन सर्सर्ती पढ्न मन लाग्यो र गएर दोराएर सबै मेसेजहरु पढे, अनी फेरी उस्तै सोचमै डुब्न थाले म, कथाको एउटा भाग सुनेर प्रभावित भएकी थिन वा उ साच्चिकै पिडामा छिन, साच्चिकै उ भित्रभित्रै जलेर खाग बनेकिछिन वा ग्रस्त मनस्थितिले गाजेर थिलाथिला परेकिछिन, उ केही भन्न चाहन्थ्यो केही सुनाउन चाहन्थ्यो र आफ्नो मन भित्र गूम्सिएको काहानी सुनाएर आफ्नो मन मस्तिक र शरीर लाई हलुका बनाउन चाहन्थ्यो, उस्को मेसेज पड्दा यस्तो लाग्थ्योकी उस्ले आफुले चाहेको प्यारो र प्रीय ब्यक्ती सँधैलाई गुमाएकिछिन, उस्लाई थाहाछ, जस्लाई उनी माया गर्थी आज उनै टाढा भएकोछ, उस्को माया बाट, प्रेम बाट, र भौतिक शरीर र दुरिबाट पनि टाढा भएकोछ सँधैलाई र उस्लाई त्यो पिडा भुलाउन निक्कै गाह्रो भएकोछ, पिडा भएकोछ, उस्को मुटु छातीभित्र क्ष्यतबिक्ष्यत भएर च्यातिएकोछ, जो कहिले नपुरिने वा नटालिने गरेर, र तिनै बिछोड र धोकाको पिडा सुनाएर आफ्नो मन मनै भित्र दबिएको रोदन कसैको समु पोखेर गहभरी आशु झारेर उ आफुलाई शान्त पार्न खोजिरहेकोछ, त्यसैले उस्ले एउटा कथाको भरमै मेरो प्रेम भएको वा नभएको लख काट्न पुगी, अनी आफ्नो प्रेममा आफुले पनि धोका खाएर बिछिप्त बनिसकेको जानकारी दीन, यसरी उस्को बारेमा गम्भिर भएर सोच्दा सोच्दै उस्ले आफ्नै रफ्तारमा आफ्नै गतिमा उ मलाई लगतार मेसेज गरिरहेकी रहेछिन, सोच्दा सोच्दै डिएमा भरी कतिधेरै मेसेजको ओइरो  लगाइछिन, पुन म झसंग झस्कदै उस्को मेसेज पढ्न थाले, मेसेजमा लेखिएको थियो, 


सर, जिबन एउटा बुझी नसक्नु सागर रहेछ, सागर पनि के भनुम योत अझ महासागर नै रहेछ, जुनबेला देखी बाल्यकाल सकेर आफुले आँफैलाई होस सम्हाल्न सक्ने भए त्यो बेला देखी आज सम्म जिबन देख्दैछु, भोग्दैछु तर जिबन न कहिले उत्तार्धमा पुग्यो, न कहिलै मध्यान्न नै भयो न कहिले यो भोगाइहरु समाप्त नै भए, तर आज सम्म जती यो जिबनलाई भोगे उतिनै झन भाष लाग्न थालयो, झन गहिरो लाग्न थालयो, जिन्दगीलाई बुझ्दाबुझ्दै झनझन दिनदिनै महासागर तिर धकेले झै प्रतित हुन थालयो, हुनत यो इश्वरको देन वा लीला नै होला जब सम्म जिबन रहन्छ जिन्दगीले केहीन केही नाटक गरिरहन्छ, अनी त्यो नाटकको किरायदार हामी आँफैले निभाइ रहनुपर्छ र, प्रिथिबिको यती ठुलो सन्सारलाइ रंगमन्च हामीले सम्झिनु पर्ने रहेछ, बाँकी त एकअर्काको दर्शक रहेछौ, जो हामी हरेक दिन अलग अलग किरायदारमा नयाँ नयाँ प्रस्तुती दीरहन्छौ, अझ यसरी भनौ कि जिबनको नाटक मृत्‍यु पर्यन्त आर्यघाटमा जल्दा पनि नाटकनै रहेछ, शायद त्यसैलेत होला, एउटा मरेको लास माथि कोही घोप्टिएर रोइ रहेका हुन्छन, त कोही डाको छोडेर छाती पिटेर रुन्छन, अनी कोही बिहेको जन्ती झै लावालस्कर लागेर लासको पछीपछी राम नाम सत्य हो भन्दै धान गहु मकै सिलाजौ पलजौ अक्ष्यतापाती टिका र पैसा बाटभरी फ्याक्दै आर्यघाटा पुराएर चित माथि चढाएर दागबत्ती दिन्छन अनी जलिरहेको लास हेर्दै सबैजना जिबन र मृत्‍युको व्याख्या र सास्वत जिबन जगतको पुराण सुनाउछन, एउटा लास जलेर खरानी भएर राख भएर सकिदै चिताबाट निस्किएको धुवा आकाश तर्फ फुस्स उडिरहदा बाँकी सबै रमिता हेरिरहन्छन भने आखिर ति पनित नाटकैत हुन, बस फरक यतिहोकी कुनै प्रस्तुती सुखद र शान्ता शितल मिठा हुन्छन भने कुनै प्रस्तुतिहरु जिबन भर भुल्न नसकिने गरेर असफल हुन्छौ, जुन एउटा खराब कथाको चलचित्र जस्तै फ्लप हुन्छन अनी तिनै असफल फ्लप कथाले सँधै झस्काइ रहन्छ, पोलिरहन्छ, दुखिरहन्छ, कहिले नमेटिने नभुल्ने र बिर्सन नसक्ने गरेर, साच्चैनै हिजो जिबन कती सुन्दर थियो, जुनबेला न कुनै चिन्ता न कुनै पारिवारिक जिम्मेवारी, न कुनै सामाजिक दावित्व, बस रुइ दियो आफुले चाहेको सबै कुरा प्राप्त हुन्थ्यो, थोरै र अलिकतिको झगडाले रुवाइले मिठा मिठा खाने कुरा पाइन्थ्यो, मन लागेको लाउन पाइन्थ्यो, मनलागेको खेलाउन चलाऊन पाइन्थ्यो, जहाँ जान्छु, जे गर्छु, जसो गर्छु सोचेको चाहेको सबैकुरा गर्न पाइन्थ्यो र जिबन सुन्दर थियो, अनी जब बयस्क भएर कयौ सपना देख्न थालियो, कयौ इच्छा रहर खेलाउन थालियो जिबनको चारैतिर रंगिन फुल हरु फुले झै झन ति सपना रहर इच्छा आकाङ्क्ष्या हरु जिबन सुन्दरै सुन्दर भएर आयो, यस्तो कल्कलाउदो र रहर लाग्दो उमेर जब शरिरको हरेक अंगहरुको बिकास हुँदै जादैगर्दा झन रहस्यमय र झनझन सुन्दर प्रक्रिती लाग्न थालयो, शायद उमेर नै त्यस्तै भएर होकी आफु भित्रै हरेक अंगहरु नियालेर हेर्दा आँफैलाई लज्जा र काउकुती लागेर आउथ्यो, अनी जब प्रेममा परियो झन जिबन सुन्दर र हराभरा भएर आएको बसन्त झै लाग्न थाल्यो, एकाएक किशोर अवस्थामा पलाएको त्यो खुशी प्रेमको आगमन पछी जती सुन्दर लाग्थ्यो उतिउती जिबन साचिकैनै मिठा र स्वर्ग झै प्रतित हुन्थ्यो,सोच्दै नसोचेको मोडमा पनि जिबनको खुशी हरु पुग्ने रहेछन, तर प्रेममा डुबेर पाएको खुशीमा जब तुसारापात हुन्छ, जब धोका र बैमानी हुन्छ, प्रेममा प्रेम लाई हैन, आत्मालाई हैन, तन लाई छुन खोजिन्छ, शरीर भोग्ने अभिप्राय सिर्जिन्छ, तब यसरी त्यो बैसालु उमेरमा पलाएको त्यो प्रेमालु खुशी एकाएक शिशिरको आगमन पछी मुर्झाएको त्यो पालुवा जस्तै उजाड र उराठ लाग्दो रहेछ, जिबनको हरेक पाइला पाइलामा धोका, दु:ख पिडा रोदन आशु सिवाय केही बाँकी बच्ने रहेनछ, हो मैले पनि कसैलाई प्रेम गरेको थिए गर्थे तर ति दिनहरु मेरो जिबनको कालो धब्बा भएकाछन, एउटा तितो पल भएकोछ, म भित्रको खुशी एकाएक खोसिएकोछ, मेरो इच्छा रहर सपना सबै बसाइ सरेर बिरानो भएकाछन, अहिले म साचिकै नितान्त सिउदो पखालिएको कुनै अबला नारी झै बेरंगी भएकोछु, पलाएको हरियो चिउला लुछेर ठुटी रुख जस्तै बिरुप भएकोछु, मैले उस्लाई चोखो हृदयले गरेको निस्वार्थ प्रेमको सजाय पाएकोछु जहाँ अदालतले सजाय नसुनाएको कैदी जस्तै लाचार भएकोछु, आखिर हिजो सपना बोकेर घर खेत आगन गाउ बेशी मेला पर्ब गाउदै नाच्दै उफ्रदै हिंड्ने स्वतन्त्र चरी जस्तै एकाएक पखेटा काटिएको पिन्जडाको चरी जस्तै भएकोछु, प्रेम मिठो हैन साचिकै यो तितो र बिसालु हुनेरहेछ, यस्ले न जिबन जिउन दिन्छ न मर्न नै दिन्छ, चितामा जलाउन ठीक्क पारेको लास को श्वास फर्किएर फर्किएको जिबन जस्तै बिटुलो हुनेरहेछ, हो आज मलाई जस्तो भएकोछ, तपाईंको कथा सुनिरहदा मलाई पनि तपाईं प्रती त्यस्तै अनुभुती भयो, थाहा छैन मलाई हामी एक अर्कामा कोहौ केहौ बिना परिचय आज यती धेरै आफ्नो मनको मैलो र केही भाडास हरु पोखेर आफुलाई कुन चै त्यस्तो सितल बनाउने प्रयत्न गर्दैछु, तपाईं भित्र केछ त्यस्तो कुन्नी सबै तपाईं समु आफ्नो मनको बह पोखाएर आफुलाई चिसो बनाउने कोशीस गर्दैछु,


सरसर्ती उस्को मेसेजहरु सबै पढि भ्याए मैले, पढिसकेर कुनै प्रतिकृया जनाइन यो पल्ट, यतिबेला मलाई उस्को मेसेजको भनाइहरुले सोच्दासोच्दै चक्कर लागेको जस्तो भएको थियो, आफुले आफ्नै मुटु भित्र कुनै अन्जान प्रकृयाले असहज महसुस भएको थियो, कुनै हिमालको कठिन ठाउमा अक्सिजन नपुगेर सास फेर्न गाह्रो भएजस्तै भएको थियो, छातीको दाँया र बाँया दुबै कुनामा जोड जोडले कसैले मेरो छाती थिछेको जस्तो भएको थियो, मुटुमा कुनै भारिचिजले थिचेझै बोझिलो बनेर दुखिरहेको थियो, एउटा अन्जान मान्छेले कसरी यसरी आफ्नो निजी ब्यक्तिगत कुरो भन्न सक्छ म सोचिरहेको थिए, ल मानौ उस्लाई त्यो सबै घटना घटेको होस, उस्ले प्रेममा धोका खाएको होस, आफुले चाहेको जस्तो जिबनसाथी वा आफ्नो प्रेमी नपाएकोहोस, तर यो सबै उस्ले मलाई यसरी सामाजिक सन्जालको जाबो एउटा स्पेसमा सुनेकै भरमा आएर सुनाउन पर्ने त्यस्तो कारण नै के थियो, जस्ले उस्लाई पुगेको आघात माथि म बाट कुनै सहानुभुति वा सहयोग पुगोस, मैले केही ठम्याउनै सकिन, आखिर उ उस्को सबै जिबनी वा अतित सुनाएर के साबित गर्न चाहन्थी वा म बाट के हासिल गर्न चाहन्थी, र लगतार उ मेरो डिएममा भावबिहल भएर एउटा भावनामा नदी झै बगी रहेकिछे, बगिरहेकिछे, उस्को यो काहानीले म आफ्नै प्रेम भुलिरहेको थिए, उस्को यो आफ्नै जिबनमा घटेको कथा सुन्दा सुन्दै म आफुलाई नै त्यो उस्को कथा भित्रको पात्र पाउन थाले कि ! त्यो पात्र मै हुँँ झै भान हुनथालेको थियो, म पनि उस्को भावनामै डुब्न थालेछु, र सोच्दैथिए कि तीन महिन अगाडि मात्रै प्रेमको आसाय पोखेर बेपत्ता बनेकी उ आज मेरो सामु उल्टै मलाई नै दोश लगाएर मलाई धोकेबाज अपराधी घोसित गरेर उस्ले म बाट भोगेको दु:ख पिडा र कस्ट उस्को काहानी सुनाए झै प्रतित भैरहेको थियो, उस्को मेसेज भित्र म आफुलाई नै हराएर सोच्न थालेछु,

 

यतिकैमा मोबाइलको रिङ्ग बज्यो, फोन रिसिभ गरे, उताबाट हेलो दाई नमस्कार सञ्चै हुनुहुन्छ भनेर आयो, मैले पनि नमस्कार फर्काउदै अँ सञ्चैछु, छोटो उत्तर दिए, त्यो हाम्रै कम्पनिको नेपाली ड्राइभर भाईको फोन रहेछ, उताबाट उ भन्दैथियो, दाई हजुर युनिफर्म लगाएर ठीक्क परेर बस्नुहोस म लिन आउँदैछु, बिस मिनेटमा आइपुग्छु है हजुर बाहिर सेक्युरिटी गेटमा निस्किएर बस्नुहोला, उस्को कुरा सकिने बित्तिकै मैले भने भाई मेरो त नाइट डिउटिछ जान सक्दिन मात्रै के भनेको थिए उताबाट उस्को जवाफ आयो दाई त्योत मलाई खै थाहा भएन तर मलाई मेनेजरले तपाईंलाई लिएर आउनु भनेकोछ, अर्जेन्ट छ छिटो तपाईंलाई लिएर आइज भनेकोले म यताबाट गाडी लिएर निस्किने बित्तिकै तपाईंलाई कल गरेको ठीक्क भएर बस्न भन्नुलाई, यतिभनेर उस्ले कल काटिदियो, मलाई भर्खरै त्यो मेसेजहरुले डुबाएर सोच्न वाध्य बनाएको बेला, पुन अर्को फोन कल आएर झन तनाब बनायो, सोचे किनहोला केकोलागी यति हतार गरेर मलाई रेडी हुन भन्यो, के काम परेछ अफिसमा, कि कुनै गल्तिपो गरेको थिएकी झनै तनाब थपीदियो मलाई,जेहोस् हतारहतार गरेर बाथरुम गएर नुहाइओरी आएर युनिफर्म लगाएर बाहिर सेक्युरिटी गेट सम्म जानलाई तयार भए लगत्तै फेरी अर्को कल आयो कल त्यही अघी कल गर्ने ड्राइभर को रहेछ, मैले कल उठाए पुन, दाई म बाहिर गेटमा आइपुगे तपाईं तयार हुनुभो, मलाई प्रश्न थियो उस्को, उस्को प्रश्न गराइ र हतारोपन देख्दा कुनै केही अनिस्ट भएकोछ वा मैले काम बिगारेकोछु आज अफिसमा र यतिहतास भएर बोल्दैछ उ, मैले पनि हतास भएर यस्तै सोचे, मनभरी केके तनाब हुने कुरा खेलाउदै हतारहतार बाहिर गेटमा निस्किए, गाडी आइपुगेर पार्किङमा कुरिरहेको रहेछ, गाडीभित्र छिरे र सिटमा बसे, सिटबेल्ट बाधेर ड्राइभरलाई भने के काम पर्‍यो भाई यती हतारो गरेर बोलाएको मलाई, केही कुरा चुहाइपो हाल्छ कि उस्ले भनेर प्रश्न गरे, खै दाई छिटो लिएर आइज मात्रै भन्यो, उ अन्जान बनेर उत्तर दियो, उ बाट कुनै कुरा चुहिने छाटकाट देखिन र यता आफुलाई भने अर्काको देशमा कुनै काम समयमा सकिएन र कुनै काम बिग्रेको भए कुनै वार्निङ्ग लेटरपो थमाइ दिने होकी, अर्काको देशमा सबैको सामु बेइजत पो हुने होकी भनेर मनमनै सताइ रहयो, तर आफ्नो मन भित्रको तनाब ड्राइभर लाई नदेखाइ आफुलाई कुनै डर नभएको बहाना गर्दै केचै भएछत मुले हरुले किन बोलाएछ हतारमा, तिनिहरुलाई थाहा थिएनर मेरो नाइट डिउटी छ दिउसो आराम गर्नुपर्छ भनेर, भन्दै आफुले आँफैलाई ठुलो पल्टिएको भाव पोखे र पुन भने आ जे भएपनी कामै बिग्रेको रहेछ भने पनि प्लेन को टिकट काटेर टर्मिनेसन नै गरेछ भने पनि आफ्नो घर जानेहोनी केको डर हौ, फेरी आफ्नो तनाब कम गर्नलाई उस्को अगाडि थोरै भडास पोखे जस्तो देखाए, ड्राइभर चुपचाप केही नभनी उ आफ्नै सुरमा गाडी एकतामासले १२० को गतिमा हुइकाइ रहेको थियो, गर्दागर्दै हामी अफिस पुग्यौ, अफिसको नजिक पुगेपछी झनझन तनाब बढ्न थाल्यो, आफ्नो मनलाई सम्हाल्दै अफिस भित्र छिरे ड्राइभरले गाडी पार्किङ् गराउन भवनको पछाडि लाग्यो, म भने अफिसको तल्लो तलामा प्रबेश गरे कोही थिएन, तल्लो फ्ल्याट सबै खाली थियो, अनी मनमा अनेकौ कुरा खेलाउदै मास्लो फ्लाट तर्फ खुट्टा उचाले, भर्र्याङ्ग को केही खुट्किला पार गर्दै दोश्रो फ्लाटमा पनि पुगे त्यहा पनि कसैलाई देखिन, अचम्म लाग्यो कस्ले किन र केका लागि पठाएको केही पत्तो नै पाउन सकिरहेको थीन, यतिकैमा अफिसमा चिया कफी बनाउने अफिस ब्वाइ भाईलाई देखे, केछ बाबु खबर ,सञ्चै छौ तिमी ? मैले सोधे सन्चैछु दाइ, उस्ले नमस्ते गर्दै मुसुक्क हासेर जवाफ फर्कायो, अनी पुन मैले सोधे भाई यहाँ अफिसमा मलाई कस्ले बोलाएको खोइत कोही पनि देख्दिनत प्रश्न गरे, उस्ले अघिको झै हाँस्दै जवाफ फर्कायो, सबैजना मिटिङ्ग रुममा छन दाई तपाईंलाई नै पर्खिरहेकोछन छिटो भित्र जानुहोस, उस्ले भनी नभ्याउदै म झन डराउदै मिटिङ्ग रुमको ढोका नकनक गर्दै excuse me भन्दै ढोकाको ह्यान्ड्ल लाई समाएर बिस्तारै भित्र प्रबेश गरे, मिटिङ रुम अँध्यारो थियो, म छिर्ने बित्तिकै पटटट आवाज आउँदै ढ्याम्म एउटा ठुलो आवाज सहित केही फुटेको आवाज आयो म एकपल्ट त झस्किए पनि, तर अचानक सबैले बत्ती बालेर happy birthday to you Parijat happy birthday to you भन्दै ताली पररर बजाएर मलाई स्वागत गरे, मेरो शरीर भरी रंगिन फुल र प्लास्टिकका मसिना धुलोहरु छरिए बत्तिहरु झालक र झुलुक बले, म छक्क परे एकछिनत, यहाँ के भैरहेकोछ केही पत्तै पाउन सकिन, तर मलाई हतार हतार गरेर बोलाएर उठाएर ल्याउनको कारण त बल्लपो थाहा पाए, अफिसको सबै स्टाफ र कम्पनिको मालिक सहित मलाई सरप्राइज दिन ल्याइेको रहेछ, सबैले जन्म दिनको शुभकामना दिए, जन्म दिनको केक काट्न लगाइयो, सबैलाई केक खुवाए मैले पालैपालो, यो सरप्राइजले केही भाबुक पनि बनायो र केही खुशी पनि बनायो, पर्देशमा गल्ती हुँदा वर्निङ लेटर देखी ट्रमिनेसन लेटर मात्रै होइन यसरी सरप्राइज खुशी पनि पाइदो रहेछ अहिले सोच्दै म खुशी भएकोछु, जन्म दिनको केक काटेर सेलिब्रेसन मनाइसकेर कम्पनिको मालिक बाट एउटा सेतो खाम भित्र खै के राखेर हातमा राखिदिदै हात मिलाएर भन्दै गयो, Congratulations Mr, Parijat ! We Appreciating to the company of your work, you have been promoted. i wish you success in the days to come and success in our business as well as happy birthday.  खाम समाउदै मैले पनि सबैलाई धन्यवाद दिए भने, It's my big pleasure A heartflet thank you to the owner of my company for wishing me a happy birthday today and for giving me the new opprotunity to demonstrate and serve me the responsibility of another job by believing in me and my work. त्यसपछी मैले सबैको सामु त्यो सेतो बन्द खाम खोलेर देखाए त्यस भित्र मैले कम्पनिमा रहेर गरेको कामको प्रसम्सा सहितको मेरो नयाँ कामको प्रमोसन पत्र र यहाँको पाँच हजार साउदी रियल मेरो बक्सिस स्वरुप रहेछ, पुन सबैले एकपल्ट परररर ताली बजाए, यतिकैमा सबैले बधाई दिदै बाहिरिदै थिए, र म पनि सबैको प्रसम्सा खाएर पुन ड्राइभर संग पुन रुम फर्किए, बाट भरी मेरो मनभित्र खुशीको कुनै सिमा रहेन, अघी भर्खरै मात्रै जादा केही गल्तिपो भएछकी भन्दै डराउदै गएको मान्छे अहिले मनभरी र अनुहार भरी खुशी लिएर फर्किदै थिए, त्यो खुशीको कुनै सिमा थिएन ममा, यतिकैमा पर्स बाट सय रियल निकालेर ड्राइभरलाई बक्सिस दिदै भाई धन्यवाद है भने, ड्राइभर भाईले केही अफ्ठ्यारो महसुस गर्दै त्यो सयको नोट समायो र भन्दैथियो पर्ने थिएन दाई, मैले कर गर्दै उस्को हातैमा थमाइ दिए, उ पनि खुशी भएको भाव देखे उस्को अनुहारमा , अघी जादा अत्यास लाग्दो र लामो पट्यार लाग्दो लागेको बाटो अहिले थाहै नपाई छोटिएको महसुस भएको थियो मलाई, र त्यो आज पाएको अप्रत्यासी खुशी संगै कतिखेर रुम पुगेर बेडमा डङ्ग्लङ्ग पल्टिए र जादा र आउँदाको थकित अवस्था अनी आज अचानक मिलेको त्यो खुशीले दङ्दास् हुँदै कतिबेला निदाए थाहा नै पाइन,



रचना- अर्पण योन्जन (शिरिष) 

मिती- २१ र २२ असोज २०७८ 

तदनुसार- ७ र ८ अक्टोबर २०२१

Thursday, September 23, 2021

कथा-भाग-६, एउटा प्रेम यस्तो पनि ।





रात्रीकालिन डिउटी, अत्यास लाग्दो बातावरण, अनी केही छट्पटाहट र रेल गाडी झै तन्किरहेको दिक्क लाग्दो समय, हाउजिङ्गको आफ्नै अफिसमा कुर्सिमा बसेर सुस्ताइ रहेको छु, बाहिर गेटमा बेलाबेलामा सेक्युरिटिको आवाज अनी बेला बेला कुदने गाडीको एकोहोरो ध्वनी, हामी बस्ने क्यापको पछाडि पटी केही भुस्याहा कुकुरहरुको एकोहोरो घ्वाङ्ग घ्वाङ्ग गर्ने भुकिरहेको आवाज र मेरो अफिस कोठाको अगाडि पट्टी रिसेप्सनको भितामा झुन्ड्याइेको घडीको टिकटिक आवाज बाहेक अरु केही छैन, छत केवल यतिका दिन बितिसक्दा पनि फर्किएर कुनै मेसेज खोजखबर नगरेकी उस्को याद अनी एक सुसुप्त प्रेम त्यो हिजो थिएन र आज भएर पनि छैन झै, साच्चैनै कसैले भन्थ्यो, जसरी बादल जती बर्सिए पनि आकाश कहिलै नरितिए जस्तै जती सम्झिए पनि वा बिर्सन खोजे पनि नरित्तिने उस्को याद हरु, अनी बिशाल समुद्रको बिचबाट एक अंखोरा पानी फ्याखेर जमिनमा घोप्टाएर फ्याके पनि समुन्द्र नरितिए जस्तै नरितिने उस्को यादहरु, आजको यतिका दिन बितिसक्दा पनि आँखाको समुन्द्रमा पोखिरहेकोछ निरन्तर कुनै चलचित्रको काहानी झै, अनी उस्तै उकुशमुकुस भएर आउछ मनको तलाउमा उस्तै ढलपल ढलपन हुने गरेर, हो याद हरुको भनेका यस्तै हुनेरहेछन, जो जती भुल्न र बिर्सन खोजेपनी हृदयको बाटो हुँदै मस्तिस्क भरी छाउछ उनी, ट्विटरको स्पेस मार्फत झुल्केकी उनी मेरो प्रसम्सक र आइडल हुँदै जिबनको प्रेमिल स्वप्लिन हुन आइपुगेकी थीन, जिबनको उत्तार्धमा चालिसौ बसन्त पार गरेपछी आएको अर्को घुम्तिमा भेटिएकी थिन उनी, जिन्दगीको यात्रा गर्दा गर्दै आधा बाटोमा पुग्दा एउटा असजिलो र साँघुरो घुम्तिमा साइट दिदा ठोकिएर भेटिएकी हुन उनी, मेरो हरेक कविता कथा र पत्रहरु बाचन भैराख्दा होस् वा भैसकेर मेरो रचना माथि टिप्पणी भैराख्दा त्यो भन्दा पनि पहिले उस्को भावनाहरु मेरो डिएम भरी पोखिएका हुन्थे, जहाँ उनी प्रेमिल भावहरु संगै मेरो तारिफ नै तारिफमा स्खलित भएकी हुन्थिन उनी, कहिलेकाहित उस्को प्रसम्सा र म प्रतिको उस्को समर्पण  देखेर म आँफै डराउथे, छक्क पर्थे, एउटा कुनै अन्योल्तापूर्ण दुर्घटना हुन्छकी भनेर, उस्को प्रसम्सा गराइमा हरेक शब्द शब्दले मलाई कतै लज्जित त कतै प्रेमानुभाव महसुस गराउथिन, उस्को हरेक भावनाहरुले मलाई हरेक दिन हरेक पल्ट एउटा नयाँ उर्जा थपिएको महसुस हुन्थ्यो, मलाई पनि केही लेख्ने र केही गर्ने आँट र हिम्मत पलाएर आउथ्यो, खै कुन्नी के थियो त्यस्तो उनिमा, म आँफै पनि रचना बाचन सकिएपछी उस्को टिप्पणी नसुनी चित्तै बुझ्दैनथ्यो, कयौले प्रसम्सा पोखेर गरेको टिप्पणीमा पनि जब सम्म उस्को टिप्पणी आउँदैनथ्यो तब सम्म मलाई लाग्थ्यो कहिन कही अधुरो छ मेरो रचना मेरो साहित्य आदी यस्तै महसुस हुन्थ्यो, उनी लेख्थिन पारीजात नरिसाउनुहोस है मेरो प्यारो मान्छे, हजुरले यसरी ट्विटरको स्पेस्मा मात्रै सिमित भएर बस्नु हुन्न, केही लेख्नुहोस केही गर्नुहोस, बरु म छु तपाईंको पछाडि यदी कुनै केही सहयोग जुटाउन पर्छ भने पनि म त्यो गर्न तयार छु, साथीभाइ गुहारौला, कुनैन कुनै माध्यम जुटाउला तर बिन्ती गर्छु कविज्यु यसरी गुमनाम भएर नबस्नुहोस् है यो स्पेसमा मात्रै सिमित भएर, उस्को प्रसम्सा पछी लज्जित महुस गर्दै कतै मायाको इमोजी र कुनै मेसेज माथि लजाएको वा हासेको इमोजी पठाएर प्रतिकृया दिदै म जवाफ फर्काउथे र लेख्थे, जसरी तपाईंले लेख्नुभएकोछ, जसरी तपाईं भन्नु हुन्छ त्यसैगरि म त्यो लेभलको हैन, जती तारिफ गर्नुहुन्छ तपाईं र लगायत साथीहरुले, तर त्यस्को लायक वा हकदार छुइन म, मेरो मेसेज उता उस्को डिएममा पुगी नसक्दै जवाफ पठाउथिन उनी, र लेख्थिन, तपाईं भन्नुहुन्छ म त्यो लेभलको होइन, जती तारिफ गर्छन् म त्यस्को लायक होइन, मेरो शब्दले मेरो बोलिले मलाई लाग्दैनकि शायद कसैलाई छुन्छ, र कसैलाई आनन्द देला जस्तो लाग्दैन भनेर, तर सत्यता यो होकी तपाईंले चाहेर वा नचाहेर या कुनै पारिवारिक कारणले होला शायद आफुले आँफैलाई कहिले चिन्दै चिन्नु भएन वा चिनेर थाहा पाएर वा बुझेर पनि चिन्ने बुझ्ने कोशीस नै गर्नुभएन, एकपल्ट आफुले आफुलाई झाकेर हेर्नुहोस कि म भित्र केछ र त्यस्तो साथीहरुले यतिधेरै प्रसम्सा गर्छन भनेर, यदी साचिकै हजुरले आफ्नो खुलेको नाङ्गो आँखा खोलेर हेर्नुभयो भने देख्नुहुनेछ कि तपाईं के हुनुहुन्छ भनेर, उस्को जवाफ सरासरती पढेर फेरी लजाउछु र जवाफमा पठाउछु, खुब बाँदर ! अर्कालाई माथि चढाउन आउछ होइन ? संगै लजाएको र हासेको इमोजी पठाउछु, उता बाट उनी रिसाएको रातो इमोजी पठाउछिन, अनी म उस्को भनाइ लाई काट्न नसकेर अरे बाबा हजुरले भन्नुभएका सबै सत्य हुन मैले बुझे मैले आँफैले आँफैलाई चिने भो अबत ? खुश होइन कि अझै रिसाइ रा? यती भनिसक्दा मुटुको इमोजी पठाउछिन पाँच वटा, एकपल्ट स्पेसमै सानेको पत्र बाचन् भैरहदा उस्ले डिएम गरेकिथिन वाह ! साहित्यकार ज्यु माने मैले हजुरलाई, मलाई तपाईं प्रती साचिकै डाहा लाग्यो, कास त्यो तपाईंको पत्र बुझ्ने सानेको आमा को पात्र मै हुँँ र मै हुन पाएपनी हुन्थ्यो, जतिजती हजुर पत्र भित्र बगी रहेको हुनुहुन्थ्यो उती उती म हजुरको न्यानो अंकमालमा हुन्थे, खै किनहो कुन्नी बाँदर तपाईंलाई तारिफ अरुले गरेको देख्नै नसक्ने भएकोछु, अरुको तारिफ संग मलाई जलन हुन थालेको छ, कि म कतै त्यो सानेको बा लाई नगुमाउ, जतिजनाले तपाईंको तारिफ गर्छन् नि म कल्पिरहेको हुन्छु कि हरेकले तिम्रो शब्द र तिम्रो आवाजमा पत्थरको मुटु हुनेहरुले पनि मन पगालेर मन मनै हजुरलाई नभनी मन भित्र सजाएर कयौपटक हजुरसंग कल्पनाको दुनियाँ बाटै मदहोसिमा संभोग गरिरहेका हुन्छन, हजारौ मायाको बिजारोपण गरेर हजारौ पटक आत्मिक समागमनमा त्यो शब्द र आवाजमा आनदित भैरहेकाछन, माया र विश्वाशका हजारौ सन्तति जन्माइ सकेका हुन्छन, त्यती सक्तिछ तपाईंको लेखाइ र बाचन गर्ने शैलिमा, त्यसैले तपाईं आँफैले चिन्न नसकेको कस्तुरी हुनुहुन्छ बाँदर, उताबाट यतिलामो टिप्पणी थियो मेरो डिएममा, म छक्क परे, मेसेज पढिसकेर केही असहज लज्जाबोध महसुस गर्दै हासेको इमोजी मात्रै सेन्ड गरे मैले, यसरीनै प्राय उनी मेरो प्रसम्सा मा समय खर्चिन्थिन ।

तेइस चौबिस बर्षको कलिलो लक्का जवान हुँदानहुँदै दुई सन्तानको बाउ र श्रीमतिको जिम्मेवार श्रीमान भएर तिनिहरुको सुख शान्ती र भौतिक आनन्दको संसार खोज्दै हिंडेको पनि आज ठ्याक्कै सत्र बर्ष बिती सकेछ, सन्ततिको सपनाको महलहरु ठड्याउन पर्देशको यो मरुभुमिमा आफुलाई जोताउदा जोताउदै कर्तब्य र जिम्मेवारीको बोझले घट्दै गएको उमेरको खुड्किलोले कयौ दिन महिना बर्ष र सालहरुको बषन्त फेर्दै रहर हरुको जिउदो तिलान्जली दिएर अर्को दिन बिउझाउदै जन्माउने कोशीस गर्छु हरेक अर्को बिहानी, भनिन्छ कर्तब्य र जिम्मेवारीले थिचेको छोराको पासपोर्टको पाना हरेक साल भिसाले भरिदै घर फर्कने काठको बाकस र प्लास्टिकको कफनको जोहो गर्दै बित्छ रे अनी छोरीको सिउदोको सिन्दुरले रंगिनु र पराइको घरमा अन्माएर गएपछी जन्मिएको माइती घरको आँगन टेक्नु पनि कफन बाधेझै हुन्छ रे, किनकी यि दुबैलाइ बिरानो ठाउँ, बिरानो शहर, बिरानो देश, बिरानो आगन, अनी नयाँ चुनौती संग खेलेर कर्तब्य र सम्बन्ध दुबैलाई बराबर निभाउनु पर्छ रे, त्यसैले सिन्दुर लगाएको छोरी र पासपोर्टमा भिसा लागाएर परदेशिएको छोराको पिडा अनुहारको ओठको मुस्कानमा होइन एकान्तमा लुकाएर रुएको आँखाको आशुलाई सोध्नु रे पिडा र् जिम्मेवारी केहो भनेर । 

हो मलाई पनि कर्तब्यले बाधेर जिम्मेवारीले थिचेपछी परदेशीएको बर्सौहुँदा पनि बिहेगरी नौडाडापारी दिएको चेलीझै आफ्नो घरदेशको आँगन नटेको बर्सौ भयो, यसै बिचमा परदेशको एक्लोपनले सिकाएको पाठ र सामाजिक सन्जालले सिकाएको कयौ पाठ बाट मैले जिबनको यो उत्तार्धमा उस्लाई प्रेम गरेको हो जुन आज मेरो हृदय भित्र राज गरेर बसेकीछे उ, रत आज घरिघरी उसैको झझल्को र सम्झनारुपी यादहरुले गिजलेकोछ मलाई, त्यसैले होला आज उनका यादहरु पनि आत्मिय लाग्छन, उनको तस्बिर मंसिर पुसको जाडोको चिसो शितको थोपा झै नबिझाउने सालीन र सितल लाग्छन र मस्तिस्कको बाटो हुँदै आँखाको नानी भित्र टुप्लुक्क आइदिन्छन अनी धित नमरुन्जेल बसिदिन्छन दिलको कुनै कुनामा सुसुप्त बनेर, र आँफै भन्न मन लाग्छ कास.... तिम्रो यादहरु पनि तिमी जस्तै भैदिए शायद आज म तिम्रो प्रेमको आभास र अनुभुती गर्न पाउने थीन होला किन भने जसरी सवाल हरुको थुप्रो लगाएर बेपत्ता भएकीछौ र तिमी आज सम्म फर्किएर आएनौ शायद ति यादहरु पनि उसैगरी बेपत्ता भैदिन्थे होलान, यदी त्यस्तो भैदिए कम्सेकम पल पलमा मैले तिम्रो बाटोको प्रतिक्षा गरेर तड्पिनु त पर्दैन थियो होला, अनी यसो भन्दैमा यदी सम्बन्धमा तितोपना नहुदो होत, माया प्रेममा पिडा भन्ने चिज नहुदो होत फेरी सम्बन्ध र प्रेमको पारीभाषा नै अर्कै भैदिन्थ्यो होला, शायद यस्को महत्वनै हुन्थेन होला, किनकी परिभाषा र महत्व बिनाको कुनैपनी चिज वा वस्तुको मुल्य शायद गौण बनिदिन्थ्यो होला, र अर्को कुरो प्रेम कहिले पनि धन सम्पत्ति दौलत, रुप रंग र बर्ण संग गरिदैन, योत भावना संग गरिन्छ, आत्माको आत्मा संग गरिन्छ, जहाँ दुबैको शरीरले भन्दा हृदयले काम गरेका हुन्छन, अनी जहाँ हृदयले काम गर्छ त्यहा प्रेम शितल भैदिन्छ, सालीन भैदिन्छ,अमर भैदिन्छ, अजर भैदिन्छ, पवित्र भैदिन्छ, जहाँ मन छुएर प्रेम गरिन्छ, त्यहा तन कहिले आउँदैन तन जब आउछ र तन छुएर सकिएपछी प्रेम खल्लो लाग्छ, निरस लाग्छ, प्रेम आँफैमा अपवित्र भैदिन्छ र सम्बन्धमा दरार आइदिन्छ, त्यसैले मेरो यो कथा पढ्नेहरुलाई भन्न मन लाग्छ,सारिरिक सुन्दरता लाई भन्दा मान्सिक सुन्दरता लाई महत्व दिनुहोस, किनकी गुलाबको फुल हरु खोजिखोजी चुडिन्छन तर तुलसिको बिरुवा खोजी खोजी रोइपिन्छन, हो तिमी यदी कसैलाई माया गर्छौ भने, अथवा भित्रै हृदय देखी मन पराउछौ भने उस्को रुप र सुन्दरता लाई होइन उस्को गुण र उस्को भित्री सुनदरता लाई प्रेम गर जसरी तुलसिको बिरुवाको गुण लाई चिनेर रोप्ने गर्छौ तिमी । 

रातको यो कहाली लाग्दो समय अनी अफिसमा म एक्लै हुँदाको अवस्था भएर पनि होला यस्तै यस्तै अनेकौ नानाभाती सम्झेर र कल्पना गरेर हरेक रात बित्छ आजभोलि मेरो, बेलुकी डिउटी आउनु र आउने बितिकै मोबाइलको नोटिफिकेसन हेर्नु कम्प्युटर खोलेर फेसबुक लग इन गर्नु र उस्को वालमा कुनै क्याप्सन वा स्टाटस अपडेट आयोकी भनेर चिहाउनु मेरो डिउटी भित्रकै अर्को डिउटै झै भएको थियो, मोबाइल को ट्विटर र फेसबुकको उनको वालमा केही नदेखिदा मनभरी एक अनौठो पिडा बोकेर मन अमिलो र धमिलो बनाउनु मेरो परमानेट दैनिकी भएको थियो, अनी उस्ले छोडेर गएको डिएम र उस्ले गरेको म संगको संबाद हरु हेरेर पढेर चित्त बुझाउनु बाहेक अर्को म संग कुनै बिकल्प वा बाटो पनि थिएन, थियो त केवल आफुले आँफैलाई दुखाएर रुनु वा आँफैलाई सम्झाउनु त्यो भन्दा सिवाय अर्को बिकल्प पनित थिएन म संग, एउटा ट्विटरको स्पेस र डिएम बाहेक उ संग कम्युनिकेसन हुने कुनै फोन नम्बर वा मेसेन्जर भाईबर इमो र व्हाटस एप्स हरु कुनै पनि माध्यम थिएनन, त्यसैले बेलाबेला त मनमनै भन्थे उस्लाई, प्यारो महाराज प्लिज फर्किएर आइदेउन, बरु म चाहन्छु, कि तिमी संग जस्तोसुकै भए पनि सम्बध निभाउन कोशीस गर्नेछु, बरु तिमी संग झगडा होस, रिस होस, तिमी कसै संग स्पेसमा बोल्दा जलन होस, मलाई असहज लागेको सबै परिस्थिती बरु सहुँला, तर यसरी गुमनाम भएर नबस बिन्ती गर्छु किनकी बरु म तिम्रो रिसलाई प्रेम गर्न सक्छु, तिमी खुलेर हासेको बोलेको अरु संगको यो सबै कृयाकलाप सहन सक्छु तर आज तिमी नहुनुको पिडा सम्झेर किन यस्तो सम्बन्ध को सुरुवात गरेछु भन्ने पछुतो झै कहिलै नहोस । 

चालिस कटेपछी बुढेशकालको माया प्रेम अनौठो र मिठो हुन्छ रे भनेको सुनेको थिए, शायद ति भनाइहरु ठिकै हुनकी ! किनकी गाउँघरमा ठट्टामा बोलिने बुढापाका का यस्ता बोली र उखान हरु आज म आँफै माथि लागु भएको महसुस गर्दैछु, यिनै महसुस र यादहरुको तिम्रो आकृतिलाई भुलाउन रातभरीको काममा आफुलाई ब्यस्त राख्ने र बनाउने कोशीस गर्छु, तैपनी मन अन्त नमोडिदा आँफैलाई फ्र्सटेसन भएको जस्तो महसुस हुन्छ, अनुहारमा एकप्रकारको चिटचिहाट पन भएको महसुस हुन्छ, शरीर आलस्यता ले गाजेको आभास हुन्छ अनी म बिस्तारै आफ्नो दुनियाँ र मेरो त्यो पारिवारिक जन्जाल लाई म बाट निकालेर छुट्दै गएको अनुभुती गर्छु र वाक्क बनेर दिक्क मान्दै अफिस बाट उठेर अफिसको पेन्ट्री रुममा छिर्छु, कफिम्याट लगाएर कफी बनाउछु र कफिको गिलास र चुरोटको खिल्ली औलिको बिचमा च्यापेर बाहिर फ्रेस हुनलाई निस्कन्छु, अनी ढोकाको बाहिर पट्टी भर्र्याङ्ग मा बसेर आकाश नियाल्दै कफिको चुस्की संगै सिगरेटको धुवाको सर्को उडाउछु, केही थोरै राहत भएको महसुस गर्छु, र चुरोटको ठुटा बाट सल्किदै रित्तिदै गएको मेरो सपना लाई आकाश तिर नियालेर फ्याक्ने कोशीस गर्छु, आकासमा पूर्ण गोलाकारको चन्द्रमा पश्चिम तर्फ दौडिरहेको देख्छु, आकासको त्यो पूर्ण चन्द्रमाले भर्खरै पुर्णिमा गएको दर्साउथ्यो शायद उ पनि कुनै आफ्नो अभुतपुर्ब प्रेमलाप पछी रात हरु संग भागने चेस्टा गरिरहेको थियो, र छिटोछिटो पश्चिम क्षितिजमा अस्ताउन म्याराथुन हरुको धावन मार्ग नापिरहेको थियो, तिनै द्रिश्य र कल्पनामा गिलासको कफी सकिएछ, हातको चुरोटको ठुटो सल्किएर दाहिने हातको औलिको फेद सम्म पुगेर नङ्गको थोरै भागलाइ पोली सकेको रहेछ, थाहा पाए तातो भयो अनी त्यो चुरोटको ठुटो फ्याकेर पुन अफिस भित्रै आफ्नो टेबलमा फर्किएर बसे । 

साच्चै यो खटपट र छटपटी म उ भित्र चाहिदो भन्दा अलिक बड्तै डुब्दै गएको प्रमाण थियो, मैले क्ष्यणिक समयमै उस्लाई माया गर्दै गएको अनुभुतिको प्रमाण थियो, यहाँ सम्मकी कल्पनामै म उस्लाई भन्न थालइसकेको रहेछु, प्यारु तिमी बाहेक अरु कोही आउने छैन मेरो जिबनमा, तर मृत्‍यु मात्रै एउटा यस्तो चिज हो जो म चाहेर पनि तिमी बाट अलग रोक्न सक्दिन त्यसैले म मृत्‍यु बाहेक अरुलाई मेरो जिबनमा न आउन दिनेछु नत आँफै जानेछु, बस तिमी मात्रै एउटा त्यस्तो ब्यक्ती हुनेछौ जहाँ तिमी निर्धक्क राज गर्न सक्नेछौ, तिम्रो प्रसम्साले मात्रै यती गहिरो सोचमा डुबाएको होइन मलाई, मलाईत तिम्रो ति खोपी सन्देश हरुले डुबाएकोहुन, यदी तिमी गुमनाम नै हुनुथ्यो भने ति मिठामिठा शब्दहरुको चाङ्ग हरु थुपारेर किन मलाई तौलिन खोज्यौ ? के आजभोलिको समबन्धहरु भनेको भौतिक साधनको डिभाइस को ब्ल्युटुथ जस्तो नजिक संगै हुँदा कनेक्ट हुने र टाढा हुँदा सर्चिङ्ग फर न्यु डिभाइस भने जस्तै हुन र? के मेरो अनुपस्थितिमा वा म नहुँदा वा मलाई ति प्रश्न हरुको ओइरो लगाएर मेरो मन तौलिएर हराउन कस्ले हक दियो तिमीलाई, शायद तिमीलाई थाहा छैन होला जिन्दगी एउटा किताबको पाना जस्तै हो, जो पल्टिदै जादा जिबनको एक नयाँ अध्यायको सुरुवात हुन्छन, तर तिनै पानहरुको एउटा च्याप्टर छुट्यो भने यहाँ पुरै जिन्दगी छुट्छ, त्यस्लाई सम्हाल्दा सम्हाल्दै पुरै जिन्दगी बित्छ, तिमीले यो बुझेको रहेनछौ शायद अहिलेसम्म, मलाई थाहाछ यहाँ हरेक कती सम्बन्ध हरु जोडीन्छन, वा जोडीनु अगाडि नै छुटिन्छन, अनी मलाई यो पनि थाहाछ कि सोचेको भन्दा जिबन सँधै अलग र भिन्न हुन्छन भनेर, जुन हामी सोच्छौ वा देख्छौ ति सबै सहि हुँदैनन, किनकी हामीले सोचेको र भोगेको जिबन बिल्कुलाई बिपरित र फरक हुन्छन, त्यो तिम्रो मेरो वा अरु कसैको मान्छेको गल्ती होइन, त्योत भाग्यमा लेखिएको हो, तर यसो भन्दैमा कसरी तिमी भाग्य संगै यती छिटो निस्ठुरी भएर हराइदिन सक्छौ, यदी तिमी हराउनु नै थियो भने किन आयौ मेरो जिबनमा कयौ आशाहरु बोकेर अनी किन देखायौ सपनाहरु, हेर सन्सारमा कसैको पनि सम्बन्ध हरु एक्लै टिक्दैनन तिनलाई टिकाउन लाई एक्लो प्रयासले हुनेभए एउटा सुन्दर घर बनाउदा बालुवामा किन सिमेन्ट र पानी मिसाउन पर्थ्यो होलार, तिमीलाई त के थाहा जब देखी तिमीले प्रेमको ऐना देखायौ तब देखी तिम्रो सन्सारमा डुबेको छु म, हराएकोछु म, तिमी भित्रै हरेक कल्पना र सम्झनामा जुन तिमी चाहेर पनि सोच्न सक्दैनौ कि ति सपना हरु कती मिठाछन भनेर, तिमीलाई थाहा छ, तिमी कसैको सिउदोको सिन्दुर हौ भन्ने जाँदा जान्दै पनि तिम्रो सन्देश हरु पढेर नरोएको रात छैनन, तिमीलाई नसम्झेको कुनै पल वा दिन छैनन, अनी आँफै भनत महाराज कसरी भुल्न सक्छु र म तिमीलाई यो मुटु भित्र सजाएर, जिबन जगत लाई म राम्ररी बुझ्छु महाराज, जिबनको पाठ मलाई कसैले पढाउन पर्दैन किनकी जन्मे देखी अहिलेसम्म आफ्नै जिन्दगी र आफ्नैले धेरै पाठा सिकाएकछन, त्यसैले म् तिमी माथि धेरै गुनासो त गर्न सक्दिन, तर म् आँफैले यसो भनेर आफ्नो मन शान्त पारीरहदा किन बुझ्दैनन मेरो आफ्नै मनले, किन बुझ्ने प्रयास गर्दैनन मेरो मुटुहरु, कि तिमी हिजो मात्र झुल्किएर मलाई अनुभुती दिलाएको हौ भनेर, हुनत मेरै मन उस्तो हो कि ? म सबै दोश तिमीलाई मात्रै कसरी दिउँ, किनभने आउने मान्छेले के थोरै प्रेम जताएको थियो आज उसैको लागि दिन महिना गर्दै आँफैलाई देबदास बनाएर राखुँ, हुनत यहाँ मान्छे आफुलाई कर पर्दा र सर पर्दा मात्रै नजिकिन्छन र आवश्यकता नपर्दा टाढिन्छन, अझ यसरी भनौ कि यो दुनियाँमा आफ्न भन्ने कोही हुँदैनन, त्यसैलेत मसानघाटको चितामा जलाउदै गरेको लाशलाई हेर्दै आफ्नैले सोध्छन, अझै कतिबेर लाग्छ भनेर, केही समय अगाडि मृत्‍यु भएको आफन्तको छातीमा घोप्टिएर रुएको आफन्तको मुखबाट त यस्तो निस्कन्छ भने तिमी त पराइको हौ, जस्लाई मैले आजसम्म न देखेकोछु न कुनै कलमा दोहोरो संबाद नै गरेका छु, सिर्फ डिएमको तिम्रो प्रसम्सा मेसेज र स्पेसको त्यो आवाज बाहेक थियो नै केर म संग, कुनै पल वा सम्झना अनी प्रमाण हरु, शायद महसुस हुँदा भावनामा बहकिएर ति खोपी संदेश हरु लेख्यौ होला, र सर नपर्दा वा निन्द्राबाट बिउझे झै बिउँझीएर मैले गलत गरेछु भन्ने लागेर शायद टाढिने तिम्रो राम्रो प्रयास होला । 

कल्पनामा डुबेर भावनाको भावसागरमा बग्दै गएछु म, रात्रीकालिन डिउटिको त्यो सन्नटामा उस्कै बिम्ब हरु कोरेर उस्को छाया संग प्रश्न हरु गर्दागर्दै कतिबेला बिहान उज्यालो हुन लागेछ, बिहानको तीन बजायो घडीले, अनी बल्ल आँखाले निन्द्रा लागेको संकेत गर्‍यो, सोच्दासोच्दै शरीर र मस्तिस्क दुबै थाकेर सुस्ताएको थाहै भएन, अनी फेरी उठेर अर्को एउटा एक कप कफी र सिगरेट लिएर रित्याउन लागे आफ्नै अब्यबस्थित बिचलित मनहरु लिएर, निमेश भरमै कफी र चुरोट रित्याएर पुन अफिसमा छिरेर केहीछिन भएपनी कुर्सिमा झकाउन मन लाग्यो र मोबाइलमा कैशर उल जफारिले को शब्द भएको गुलाम अलिको स्वरको एउटा हिन्दी गीत लाएर कानमा इयरफोन लगाए अनी कुर्सिमै निदाउने कोशीस गरे, गीता बजी रहेको थियो, निरतर निरन्तर.......!!!

हम तेरे शर में आए हैं मुसाफिर कि तरह 
सिर्फ इक बार मुलाकात का मौका दे दे 
हम तेरे शहर मे.........!!!

मेरे मंजिल है कहाँ मेरा ठिकाना है कहाँ 
सुबह तक तुझसे बिछड कर मुझे जाना है कहाँ 
सोचने के लिए इक रातका मौका दे दे 
हम तेरे शर में...............!!!


रचना- अर्पण योन्जन (शिरिष) 
मिती- ७ र ८ असोज २०७८ 
तदनुसार- २३ र २४ सेक्टेम्बर २०२१ 

Monday, September 20, 2021

पर्खिरहेछन देउरालीहरु !!!

आधुनिक सभ्यता सुरु अघी 
हिउँदको चिसो सिरौटोमा 
बिहानिको शितको थोपा 
दुबोमा टपक्क टल्किएर 
बैश स्खलित हुँदै गर्दा 
चिसो मौसममा कठाङ्ग्रीदै 
रगताम्य महिनावरी पोखिएर
फक्रीदै गरेको लालुपातेको
बैँश पोखिदै गर्दा  
एउटा प्रेमिल आदिम जोडी 
यही देउरालीमा पाती चाडहाउधै 
घुँक्क घुँक्क रुदै छुटेका थिए //

पारी लालिखर्कको डाडामाथी 
क्षितिजको रातो लाली पोखिदै गर्दा 
एकहुल चखेवा हरु 
बतासिएका थिए उँधै उँधो 
हेवा र फेवाको दोभान हुँदै 
नदेखिने तमोरको तिरैतिर 
शायद बिरहमा छुटिएकी तिनी !
आजसम्म लेख फर्किएको देखिएन  
ति अभागी आदिम जोडी हरु //

देउरालीमा पत्थर फ्याकेर 
एक थुङ्गा फुल चढाएर 
सम्झनाको फुल रोप्दै
चाडै भेट्ने बाचा गर्दै
आँखाबाट आँशुका ढिक्का 
छल्ने असफल प्रयास गर्दागर्दै 
पछ्यौरामा टप्लक्क खसालेर  
अंगालोमा बाधिएको 
त्यो छातीको न्यानो स्पर्स चुम्दै 
बिस्तारै छुटेका थिए 
ति आदिम हत्केलाका औलिहरु //

ऋतु फर्किन्छ हरेक बर्ष 
बास बस्छ यही पाखा पखेरामा 
र, फर्किन्छ फेरी बसन्त पोखेर 
तर किन फर्किएन उसैगरी 
त्यो छाती र औलाको आदिम स्पर्स 
यौबनको फुल हरु ओइलाउन अघी 
अर्को सुनौलो सृस्‍टि किन भएन 
प्रकृतिको उच्चतम समागममा //

आदिम सभ्यतामा छुटिएका 
ति पदचाप हरु, 
आधुनिक सभ्यतामा 
युगौपछी उज्यालो हुँदा पनि 
एकहुल कुहिरो भित्र
बहकिएर उडिरहेकोछ 
खोज्दै खोज्दै 
त्यो टुहुरो बतास हरु
तैपनी भेटिएन कहिकतै 
मायालु आँखा बाट छुटिएका 
ति आदिम प्रेमिल जोडीहरु 
र, आज पनि 
पर्खिरहेकाछन देउराली हरु //



रचना- अर्पण योन्जन- शिरिष
मिती- ५,असोज २०७८ 
तदनुसार- २१, सेक्टेम्बर २०२१

Friday, September 17, 2021

कथा-भाग-५, एउटा प्रेम यस्तो पनि ।


जब यादहरुको ज्वारभाटा हरु समुन्द्रको छाल बनेर उर्लिन्छ तब मनको कुना कुनामा सुनामी आउछन र  प्रतीक्षाको घडी सकिन्छन, फुट्छन टुट्छन र मनको बाध भत्केर छताछुल्ल हुन्छन आज मलाइ पनि उस्को सम्झनाले सताउदा यादहरुको चाङ्ग हरुले सर्लक्क निलेकोछ, जसरी सामुन्द्रीक ज्वाराभाटामा सुनामी आएर एउटा सुन्दर बस्ती तहनस बनाउछ, उसैगरी मेरो पर्खाइको त्यो पहाडहरुमा पैरो गएकोछ, लाग्छ हिउँ पहिरो गएर छ्यो रोल्पा ताल फुट्न लागेको बाध झै भएकोछ यो तनको बाध र मनको पर्खाल दुबै उस्तै, साच्चै नै यो यादहरु पनि अनौठा हुदारहेछन, जति भुल्न कोशिश गर्यो उति बल्झिएर आइदिने, जति मनलाइ बहलाउन अन्तै मोड्न खोज्यो उति फर्किएर आउने र यो मन भित्र ठोकिने, अनेक तरिकाले भुल्न र बिर्सन खोजेपनि मनको किनारामा समुन्द्रको छालले यताबाट उता र उताबाट यता हानेर अग्लिएको छाल हरु जस्तै अग्लिए पछि आखाको डिलबाट तिनै सम्झना र यादहरुको सुनामिले भदौरे भेल र हिउदको शीत झै बनेर जताततै बर्सिने रहेछ आज आएर बल्ल बुझ्दैछु एउटा मान्छेको मायाले कति फरक पार्दो रहेछ भनेर । 

उस्ले शंदेश पठाएदेखी मैले रिप्लाइ दिएको पनि आज अठार दिन पुगेछ, मेरो दैनिकिमा पनि धेरै परिवर्तन आइसकेको छ, दिनभरिको मेरो ब्यस्तता अब नाइट डिउटिमा परिणत भएकोले गर्दा दिनभरी सुत्नु अघि बेलाबेलामा मोबाइलको मेसेज चिहाउदै बस्नु र निदाइ सकेर पनि झसङ्ग झस्कदै बिउझदा मोबाइलको नोटिफिकेसन हेर्नू र उस्को मेसेजको आसा गरेर डिएम हेरेर निरासा बन्दै पुन राती डिउटि छ सुत्नुपर्छ भन्दै जबर्जस्ती निदाउन खोज्छु, तैपनी मन मान्दैन, नहुदा केही थिएन हुदा झन पीडा हुने रहेछ यो मायारुपि जीवन पनि, बरु यो भन्दा राम्रो त जीवन एक्लै बाच्दा ठिक थियो, न कोहि आउने अभिलाषा न कोहि गुमाउनु को पिर, न कोहि छोडी जाला भन्ने डर, हिजो उ नहुदा पनि हासेरै बाचेकै थियो यो ज्यान, आज उसैले प्रेमको अनुभूति र प्रश्न हरुको थाक लगाएर बेपत्ता हुदा पलपल र हरक्ष्यण छाती भत्भती पोलाएर जिउनु परेकोछ, बाहिरी आँखाले जलेको रानी बन देखिए पनि भित्री जलेको मन नदेखिने रहेछ, तैपनी छिनभरमै सल्केको डढेलो झै भित्रभित्रै हृदय लाई जलाएर राख बनाएर आफ्नै प्रेमको यादहरुको हत्यामा आँफै साक्षी र मलामी बन्नु परेकोछ ।  

आखिर समय न हो, हातमा जतिसुकै महंगा र किम्ती घडी लगाए पनि हातमा बाधिएर बस्ने र रहने भनेको त त्यो भौतिक सम्पती मात्रै हो, जुन हाम्रो हातमा कसैले देख्दा महंगो घडी देखिएला, त्यस्को मूल्य कति हो भनेर सोधिएला वा यती हो भनेर घमण्ड ले भनिएला तर घमण्ड गर्न नसकिने र बाधेर छोपेर वा चार दिवालमा बन्दी बनाएर राख्न नसकिने भनेको त मृत्यु र समय मात्रै रहेछ, हो साच्चिकै स्पेस को दुनियाँमा प्रवेश गरेर उ संगको चिनजान र निकटा पनि ७ महिना पूरा गरेर आठौ महिनामा प्रवेश  गरिसकेछ, बेपत्ता भएर दुई महिना पछि उ फर्किएर गरेको खोपी शंदेश पनि  महिना पुग्यो र म स्वयम् आफैले पनि उस्को शंदेशको जवाफ फर्काएको यो अठारौ दिन पुग्दा पनि सिन नगरेको सिम्बोल र कुनै इमोजी खोजखबर न आउदा पुन उस्तै गरेर मन अतालिन सुरु गरेकोछ, मन भत्भती पोल्न थालेकोछ, कताकता उकुसमुकुस भएर पेट हुडल्किएर आएझै हुन्छ, सम्झिन्छु उस्ले दिलाएको त्यो आभाष र उस्ले गरेको संदेश अनि संदेश मा पोखिएको हरेक शब्द शब्द केलाएर हेर्छु प्रेमिल लाग्छन तर तिनै प्रेमिल बिम्बहरुले आज बिछिप्त बनाएकोछ, साच्चै भन्ने हो भने यो श्वास भएको ज्यान शरीर भएर पनि ढालिएको सालको बूढो रुख सरि निर्जीव मुढो झै अचेत र चेतना बिहिन भएको छ आत्मा, साच्चै नै कसैको अधुरो मिलन र अपुरो प्रेममा बाच्नु पनि आफै आत्महत्या गरे जतिकै हुने रहेछ त्यो कुनै अपराध मा अदालतले सुनाएको मृत्युदणड भन्दा कम को भएको छैन । 

भनिन्छ सबै संग राम्रो बोल, राम्रो संग हास, संगै रहुन्जेल यादगार समय बिताउ ताकी आफ्नो मान्छे दुइदिनको लागि कतै जादा पनि तिनै यादहरुले जिउन सिकाउन र ती यादहरु केही पिडादायी हुन्छन तैपनी मिठासपुर्ण हुन्छन तिनै यादहरुले मान्छेलाई समय पर्खन र समय बिताउन साथी बनिदिन्छन, अनि भनिन्छ यहाँ मरेको मान्छे कहिले फर्किदैन उस्को याद सिवाय तर यहाँत कहिलेकाही जिउदो मानिस पनि गएपछी फर्किएर आउदैनन तैपनी तिनै संग  बिताएका पलहरु लाई आफ्नो साथी सम्झेर सम्झनामा भुल्नुपर्छ, फर्किएर आउने कल्पनामा आशाको दिप जलाएर बस्नुपर्छ, नत्र यहाँ जीवन कहाँ उज्यालो बन्छ र,  मीठो सपना देखाएर जानेलाइ त सजिलो छ तर बिछोडिएर बस्ने वा बिदाइमा हात हलाएर बर्सौ सम्म बाटो कुरेर बस्ने लाई पो थाहा हुन्छ पर्खाइको पीडा कति हुन्छ भनेर, हो आज मलाई पनि यस्तै भएकोछ, एउटा संदेश पठाएर सवाल हरु छोडेर उत्तर हरुको प्रतीक्षामा बिदा भएको उ आज यतिका दिन सम्म पनी उपस्थित नहुदा पहिले झै मन हरु बेढङ्गले बतासिएका छन, बिरहको कोइली र पानी नपाएर छट्पटिएको काकाकुल झै बिरक्तिएर बतासिएर बेग हानौ झै भएकोछ, यस्तै बोझिलो मन हरु लिएर म बेलुकीको रात्रीकालिन डिउटिको लागि आफ्नो कामको लागि अफिस तर्फ लागे, उस्तै रफ्तारमा त्यो उराठा लाग्दो सडकमा फुङ्ग उडेको मनलाइ हुइकाएर सपनाको मैदानमा अवतरण गर्नु थियो मलाई ।

एक घन्टाको लामो यात्रा पछि अफिस पुगेर एटेन्डेन्स मेसिन मा फिङ्गर प्रीन्ट गरेर डिउटिको हाजिर जनाए, र मोबाइल अफिसको टेबलमा कम्प्युटर अगाडि राखेर म एकछिन वासरुम छिरेर अनुहार पखाल्न तर्फ लागे, किनकी एक घन्टाको लामो यात्रामा हावाले हानेर अनुहार अस्पट महसुस भएको थियो, मुख धुए फ्रेस भएर भित्र अफिसमा छिरे, कम्प्युटर अन गरेर सबभन्दा पहिले फेसबुक खोलेर उस्को प्रोफाइल चिहाउन मन लाग्यो, सम्झिए कतै गएको वा ब्यस्त भएको नत्र यदि बिरामी नै भएको भए पनि केही क्याप्सन हरु वा तस्बिर हरु नत्र कसैले शुभयात्रा त कसैले get well soon भनेर लेखिएको कुनै न कुनै पोस्ट हरुत अवस्य हुनेछन भन्ने सोचेर फेसबुक खोलेर उनको वालमा प्रबेश गरे, तर त्यहा यस्तो भैदियो कि नसोचेको भयो, सोचे मैले कतै मेरो नेट सर्बर पो स्लो भयोकी भनेर रिफ्रेस गराएर पुन हेर्न खोजे, तर वालमा प्रोफाइल तस्बिर बाहेक केही देखिन, नया त कुरै छोडौ पुराना पोस्ट हरुपनी पुरै हटाएको वा प्राइभेसी गरिएको हो केही देखिएन, मैले केही थाहा पाउन सकिन, कि मैले बुझ्न सकिरहेको थिन आखिर के भैरहेकोछ भनेर, एक महिना अघि मात्रै हेर्दा पुराना पोस्ट र कयौ असरल्ल छरिएका उन्को तस्बिर हरु थिए फेसबुकको वालभरी, मन झन हतास भयो, झन मनमा अनेकौं उथलपुथल कुरा हरु तछाडमछाड गर्दै खेल्न थाले, हुने कुरा पनि सोच्न बाध्य भए र नहुने कुरा पनि सोच्न बाध्य भए, उ कतै गएको वा ब्यस्त भएको देखि लिएर उस्को असवस्थ्य र मृत्युु सम्मका पर सम्म गएर सोच्न भ्याए, हातमुख ओठ तालु सबै चिसो भएर सुक्यो, केही चक्कर आएझै महसुस भयो, आखाको सामुन्ने केही देखिन तीन भाउन्न भएर आयो, एकाएक मनमा अचाहिदो आधिहुरी बेजोडको आयो, म आफैले आफैलाइ सम्हाल्न सकिरहेको थिन कि म के गरुँ वा कसो नगरुं, मस्तिष्कले केही सोच्न भ्याएको थिएन, तैपनी मेरो नेटको समस्या होकि भनेर मोबाइल मा डाटा खोलेर मोबाइल बाट फेसबुक लग इन गरेर हेर्न खोजे तर त्यहाबाट पनि केही देख्न नसकेपछि हाता लाग्यो शून्य हुँदै एकपल्ट लामो श्वास तानेर सुस्ताउदै सोचे, किन उस्को सबै पोस्ट हरु गायब भए किन प्रोफाइलको एउटा तस्बिर बाहेक अन्य तस्बिर हरु किन निकालिए वा प्राइभेसी गरिए आफै प्रश्न गरे मन भित्रै, र डर लाग्दो बिम्ब हरु आए मेरो मन भित्र, त्यसपछि केही सीप नलागेर काम सुरु गर्नु अगाडी नै आफुलाइ निरास हुँदै कम्प्युटरको अगाडी दुई हात राखेर हातको नारिमा शिर झुकाउदै एकछिन दिमाग र मनलाइ रेस्ट गराउन खोजे र बिस्तारै त्यही सुस्ताएर थोरै पातलो निन्द्राले च्यापेछ मलाई र म निन्द्राले केही झकाएछु । 

कस्तो कम्प्युटरको अगाडी ढल्केकै अवस्थामा निदाएर कति छिटो सपना देखेछु, सपनामा कतै अग्लो भिरको टुप्पोमा दुबै संगै थियौ, उस्ले जिस्किएर पारिजात म यहाबाट खसे भने के गर्छौ भन्दै जिस्काउदै थिन, भिरको तल गहिराईमा माथी बाट बगेर आएको हेर्दै डर लाग्ने हरियो निलो पानीको निर परेको भुमरी भएको नदि थियो, उ म सङ्ग जिस्किदै थिइन, जिस्किदा जिस्किदै अचानक उस्को खुट्टा चिप्लिएर भिरमा खस्न पुगिन म आफ्नो पुरै शरीर भुइमा सुताएर आफ्नो शरिरको बल लागाएर उस्को एउटा हातमा समातेर माथी तान्न खोज्दै थिए, तर केही गर्दा पनि नसकेर हात थाकेर अचानक चिप्लियो, उ तल पहरमा खसिन, उ झर्दा उस्को शरीर म भएको तिर अनुहार थियो, उस्ले एउटा हात दिएर पारिजात भनेर चिच्याउदै हावामा तैरिदै खस्दै गयिइन, म चिच्याएर रुदै थिए, म आफ्नै मुटु आफ्नै शरीर बाट निस्किएर गए झै श्वास नै बन्द होला झै गरेर हिक हिक गर्दै रुदै उ खसेको आखाले टोलाइ रहे टोलाइ रहे, म त्यो भयंकर ठूलो दुर्घटना ले गर्दा केही बोल्न सकिरहेको थिइन, अचेत जस्तै बन्दै थिए, उ बिलाइ कहाँ झरी, कहाँ खसीन, कहाँ बेपत्ता भै, अनि म एक पल्ट डाको छोडेर रुए, अचानक मोबाईल मा लगतार आएको मेसेजको आवाजले बिउझिए, बिउझदा अफिस को टेबलमै निदाएको रहेछु, शरीर थररर गरेर कापी रहेको रहेछ अनुहार र घाँटी भरी पसिनाले निथ्रुक्क भिजाएको रहेछ, बिउझदा आफैलाइ केही असहज भयो र पुन चिसो पानीले अनुहार धुएर फ्रेस हुँदै अफिस भित्र छिरे, पुन अर्को मेसेजको नोटिफिकेसन को आवाज आयो, मोबाइल हेरे केही मेसेज देखिन र मनलाई भारी बनाउदै ट्विटर खोले अचानक डिएम को हरियो सिग्नल्ल देखे, अनि आशाले थोरै दिप जलायो मेरो मनमा केही हलुका र फ्रेस भएझै खुशिको भावमा हतार हतार भित्र प्रबेश गरेर हेरे कतै उसैको डिएम होकि भनेर तर निरासा भन्दा केही हात लागेन त्यो ग्रुप सेयरिङ्ग डिएम को नोटिफिकेसन रहेछ, मनलाई फेरि भारी बनेर स्पेस तिर प्रबेश गरे त्यहा पनि आशा लाग्यो कतै स्पेस मा आएर कुरा पो गर्दैछ कि भनेर, तर..तर त्यहा पनि निराशा भन्दा केही थिएन मेरो लागि, तैपनि मन लाई गाठो पारेर साथीहरू संग स्पेस मा आफुलाई भुलाउन थाले र स्पेस सुन्दै कम्प्युटर खोलेर अफिसको काम सुरु गरे, यतिकैमा स्पेस बाट बोलावट भयो सर केही सुनाउन हजुरको पनि भएदेखी माथी आउनुहोस्न, म अलिक काममा ब्यस्त भएकोले गर्दा स्पिकरमा जान सकिन र म सुन्दै काम गरिनै रहे तर पुन फेरि बोलावट भयो सर प्लिज माथी आउनुहोस्न, यो माथिबाट होस्टले बोलएको थियो, होस्टको बोलावट नसकिदै तुरुन्त नारी आवाज आयो पारिजात सर वहाँ हामीले बोलाउदा आउनुहुन्न, वहाँ लाई बोलाउने अरु कोहि नै छ, वहाको आफ्नो मान्छेले आएर बोलाए पछि मात्रै माथी आउनुहुन्छ, यो मलाइ पुरानो चिन्जानको साथिको नाताले ब्यांग्य थियो तर साचिकै जाने झै गरेर वहाँँले भन्नुभएको थियो, म झस्किए, अरे कसरी थाहा भयो वाहालाई साच्चिकै जस्तो गरेर म एकछिन त के भनम नभन भो तल लिस्टनर बाटै बोलौ झै आभास भएर आयो, यसरी धेरै चोटि बोलावट भएपछी म काम गर्दै भए पनि स्पिकरमा पुगे र सबैलाई नमस्कार गरे, नमस्कार है मेरो सबै जनालाई, उताबाट पनि नमस्कार को जवाफ आयो सबैबाट अनि मैले पुन सवाल थप्दै आफ्नो कुरा लाई अगाडी बढाए, ओके आज म संग खासै त्यस्तो त केही छैन तर एउटा सानो कविता छ आज त्यही सुनाउछु है भने र सुनाउन थाले मेरो आफ्नो कविता को शिर्षक बाट, र मेरो कविता यसरी सुरु हुन्छ बाकी सबै चुपचाप सुन्न थाले मानौ त्यहा कुनै ठूलो भब्य साहित्यक समारोह भए झै म सुनाउदै गए । 

लुक्छौ किन बादलुमा


लुक्छौ किन बादलुमा छेक्छ चन्द्रमाले
नआउ तिमी ताराबनी तड्पाइदिन्छ सम्झनाले ।
पुर्णिमाले आंखा खोल्यो चन्द्र हांसी रहयो
क्षितिजमै रहयौ तिमी डाहा लागि रहयो ।।

नाची रहयौ आँखा भित्र बिज्यो परेलिमा
हासी रहयौ ओठ भित्र फुलको तरेलिमा ।
सम्झनामा किन आउछौ रात गोधुलिमा
सपनिमै झस्काइ दिन्छौ संधै अधेरिमा ।।

आउछु भन्थ्यो तारा सधैं बादलुले छल गर्‍यो
पर्खिबसे क्षितिज पारी रात त्यसै झर्यो ।
प्रित लायौ फुल बनी पस्यौ चन्द्र बनी
दियौ चोट छाती भरी घोच्यौ काडा बनी ।।

सम्झना त धेरै हुन्छ चोट एउटै हुन्छ
छोडि जाने बिर्सिजान्छ बस्ने एक्लाई रुन्छ ।
कहिले आयौ चन्द्र बनी कहिले तारा बनी
बादलुमै छोडि गयौ झरी रैछौ भनी ।।

नदेउ अब छाती भरी मायालुको आस
जान्छौ अन्तै यात्री बनी गर्छौ अन्तै बास ।
माया साट्यौ मुटु सित नलाउ भन्दा प्रित
सोला बनाइ चडाई गयौ गयौ अन्तै सित ।।

पत्थर लाई पूजा गरे इस्वर होकी भनी
आराधाना गरी रहे एक्लाई मुर्ख बनी ।
तिमी होइनौ भाग्य कोर्ने कोर्छ बिधताले
कर्म लेख्छ पसिनाले हुन्न तिम्रो सहायताले ।।

ढुङ्गा पुज्नु ब्यर्थ रैछ दियो जल्नु पनि
ब्यर्थ रैछ परायलाई आफ्नो भन्नु पनि ।
मांया भन्नु प्रित रैछ प्रित भन्नु मुटु
मुटु भन्नु चोट रैछ खान्छ कुटु कुटु ।।


उस्को अनुपस्थितिको थोरै रिस, अनी धेरै पिडा, कविताको माध्यमद्वारा आफ्नो बह पोखे, पोखे के भनौ मनमा अनगिन्ती गुम्सिएर बसेको उ प्रतिको भढास पोखेर आफुलाई शान्ता पार्ने कोशीश गरे, कतै मन थोरै भएपनी शान्ता हुन्छकी भनेर, तर मनैत हो, उहुँ ! कहाँ हुन्थ्योर ? मन्ले यादहरु बोकेर हानेको बेगले रोकिने छाटकाट देखाएन, चैत्र बैसाखको आधिहुरीझै बेग हानेर मडारिदै आउन थाल्यो, छिनभरमै मन अशान्त भएर मनभरी कुहिरिमन्डल छाएर आयो, उस्को त्यो अभाव मेटाउन यतिका कविता सुनाएर पनि मन थामिएन, बरु उल्टै रातको त्यो चकमन्नतामा याद हरु झन पोखिन थाले, उता स्पेशमा सबैको रमाइलो हासो चलेको छ, तर यता मलाई भने त्यस्ले कुनै प्रभाब पारेको छैन, फिटिक्क छुएको छैन त्यो होहल्लाले, त्यस्पछी दिक्क मान्दै जान्छु पनि नभनी स्पेस बाट चुपचाप बाहिर निस्किए, रातभर गर्नुपर्ने कामहरुको थाती राखेर म आफु बसेको चेयरको लक खोलेर लिङ्गे पिङ्ग झै चेयरमै अगाडिपछाडि शरीरलाई झुला बनाउन लागे, दुबै हातको औलाहरु बाधेर छातीमा राखेर माथि सिलिङ्ग तिर आँखा घुमाउदै अफिसको घडीको कर्कस लाग्दो रफ्तारलाई नियाली रहे, घडीको सेकेन्ड काटा जोडतोडले दौडी रहेकोथियो, उस्लाई कही पुग्नुथ्यो, शायद कुनै गन्तम्ब्यमा पुग्नु थियो होला उस्लाई, कसैलाई भेट्नु थियो उस्लाई, रत उ यो मध्यरातमा पनि कर्कस आवाज बोकेर आफ्नै सुरमा सिङ्गै रातहरुलाई खर्लप्प बोकेर दौडी रहेछ, निरन्तर निरन्तर, अनी सङैको सेकेन्ड काटाले यती हतारमा दौडी रहदा उसै संग बसिरहेको मिनेट काटा र घण्टा काटा लाई भने कुनै हतारो थिएन, उस्लाई कही पुग्नु थिएन, सुस्ताएर कछुवाको गतिमा चलिरहेको मिनेट र घण्टा काटालाई मनमनै प्रश्न गरे मैले, तिम्रो कुनै डिउटि छैन, वा कोही तिम्रो पर्खाइमा छैन र यती अल्छि गरेर हिडिरहेको छौ, यदी तिम्रो प्रतिक्ष्यामा कोही हुन्थ्यो भने तिमी पनि आफ्नो गती लाई बढाउथ्यौ होला, कि कसैलाई प्रतिक्ष्या गराएर तड्पाउदै हिडिरहेको छौ सुस्त गतिले, घडीको दुबै काटाले मलाई कुनै जवाफ दिएन, र म पुन वाक्क भए, फेरी उतै मोढिए जहाँ उस्को यादहरु थियो, उन्ले पनि एउटा मेसेज छोडेर गएदेखी त्यही घडीको दुई काटा झै आजको यतिका दिनसम्म आउने कोशीश गरिन, आजसम्म मलाई तड्पाएर, पलपल सम्झनाका तिरहरुले घोपी रहेकोछ,    म रात्रीकालिन डिउटिको घडीको कर्कस संङ गुनासो गर्दै भने, यदी यो संसारमा कोही निशठुरी छ भने तिमी दुई हौ, जो तिमीहरुलाई उस्लाई झै कुनै मत्लबै छैन अरुको बारेमा, न पिर छ तिमीहरुलाई न सोच्ने नै सक्छौ दोश्रोको बारेमा, तिमी हरु निस्ठुरी हौ, ढुङ्गा हौ, ए ए ! ढुङ्गा मात्रै हैनौ तिमीहरु, तिमीहरुत हृदय नै नभएको झुलो र चकमक अरुलाई जलाउने दल्छिन पत्थर हौ पत्थर, जसरी उ गएदेखी आज सम्म कुनै संदेश लिएर फर्किनन, उ पनि त पत्थरको मुटु भएको निस्ठुरी हुन, पापिनी हुन, छातीमा रगत बग्ने मुटु नभएको हुन, बिल्कुनलाई निर्जिब सुकेको सालको ठुटा झै, नत्र कोमलको फुल झै कोमल हुन्थ्यो भने आजसम्म कतिपल्ट आएर पारीजात तिमीलाई गाह्रो होला है पछी, भनेर जिस्काउथी, तर आज यतिका दिन सकिदा पनि आएन त्यसैले तिमीहरु र उनिमा कुनै भिन्नत छैन, यस्तै यस्तै मनभरी कुरा खेलाउदा खेलाउदै कल्पनामा बर्बराउदा बर्बराउदै रातको दुई बजे तिर पुन अफिसको टेबलमा शिर राखेर कतिबेला निदाए फुस्स थाहै पाइन, शायद यही पिडा अनुभव गर्नकै लागि भएपनी उ प्रतिको मलाई एउटा यस्तो पनि प्रेम भएको रहेछ क्यारे ।



रचना- अर्पण योन्जन शिरिष) 
मिती- १ र २ असोज २०७८ 
तदनुसार- १७ र १८ सेक्टेम्बर २०२१  

Sunday, September 12, 2021

कथा-भाग-४, एउटा प्रेम यस्तो पनि ।

सँधा झै दिनभरिको थकान बाट लखतरान परेर बेलुकी मरेको बिरालुको चालमा रुम फर्किनु र खाना बनाएर भोलिको लागि तयार हुने मनस्थिती बनाउदै बेडमा पल्टिएर कित युट्युब हेर्नु कित फेसबुक नत्र ट्विटरको स्पेस छिर्नु मेरो नियमित दिनचर्या नै थियो, त्यसैले आज पनि सबै सोसियल मिडिया हरु चाहरे कतै मन अडिएन, जता छिरेर हेर्छु दिक्क लाग्छ, उराठ लाग्छ, निरास र रंग हराए झै लाग्छ, रातको त्यो चकमन्नतामा रुमको त्यो सुन्सानमा ए सि को स्वा...... गरेर आउने एकोहोरो आवाज र टेबल घडीको एकोहोरो टिक टिक कर्कस भन्दा अरु केही सुनिदैन, मलाई झन त्यो एसी र घडीको कर्कस आवाजले दिक्दारी बनाउथ्यो, अनुहारमा पसिना आए झै चिटचिहाट महसुस हुन्थ्यो, थाहै नपाई नजानिदो पाराले कुनै चिजले मलाई भित्रभित्रै उकुसमुकुस र गुम्सुम बनाइदै थियो, बेडमा पल्टेर यता फर्कन्छु उता फर्कन्छु मनमा फिटिक्क चैन छैन, किन किन यो छट्पटी पछी मलाई एफ एम रेडियोमा हिन्दी गित सुन्न मन लाग्यो रातको एघार बजी सकेको थियो तैपनी आँखामा फिटिक्क निन्द्रा आएको छैन, र मैले रेडियो खोले, रेडियोमा जोयालुकास र लुलु हाइपर मार्केट द्वारा प्रायोजित हिन्दी गितको कार्यक्रमा चलिरहेको रहेछ गित बज्यो म सुन्सान त्यो एक्लो कोठाको मजा लिदै गीत सुन्न थाले गीत एकोहोरो बज्दै थियो । 
   
शीशे का समंदर
पानी की दीवारें
शीशे का समंदर
पानी की दीवारें

माया है, भरम है
मोहब्बत की दुनिया
इस दुनिया में जो भी गया
वो तो गया!

गित लगतार एकतमासले एक धुनले सर्गम पोखेर बज्दै गयो अनी म पनि तिनै गितको भावमा संगसंगै बग्न थाले डुब्न थाले र सम्झे साचिकै यो अन्जान मान्छेको मायामा तड्पिएर वा एक कौतुहल्ता र उत्सुक्ता बोकेर एउटा कुन चै त्यस्तो आशा बोकेर रमाउन परेकोछ, आखिर जुनकहिले भेट हुने सम्भावना पनि छैन, जुन चाहेर पनि कुनै दिन, कुनै पल एउटै छाना मुनी वा एउटै चुलोचौका र भान्सा गरेर एक गास खाना खाउला जिबनको सुखदुख साटौला भन्ने सानो र झिनो आशा दुर कही क्षितिज सम्म देखिदैन अनी कुनै भरोसा छैन, फेरी पनि त्यही मायाको निम्ती किन यती धेरै म डुबी रहेकोछु किन बगी रहेकोछु सुसाउदै बगेको त्यो सप्तकोशी झै निरन्तर निरन्तर कल्पनाको पारी सिमाना सम्म । 

साच्चै यो प्रेम केहो ? यो माया मोह केहो ? के मायाको अनेकौ रुप रंग हरु हुन्छन ? माया प्रेमको कुनै त्यस्तो जात धर्म बर्ग लिङ्ग बर्ण र भौगोलिक सिमाना हुन्छ ? के विवाह पस्चात पनि कसैलाई परिवार र सन्तान भन्दा बाहिर कुनै अर्को दोश्रो ब्यक्ती संग पनि प्रेम हुन्छ ? गितको तरंग संगै म आफुले आँफै भित्र कयौ प्रश्न हरु गरिरहेकोछु, जुन प्रश्नहरुको जवाफ हरु सदैब असम्भव पनि छन, यदी सम्भव छन त केवल दुबैको परिवार लाई बिखन्डन र तोदफोड गर्नुबाट छ, यदी दुबैको पारिवारिक जिबन बैशाख १२ को महा बिनासकारी भुकम्प जस्तै प्रलय हुने गरेर भुइकम्प जिबनमा ल्याउनु हो भने कती प्रश्नको जवाफ आउन पनि सक्छ, निस्कन पनि सक्छ, तर ति सबै गर्ने हाम्रो नैतीकता ले दिदैन न् मलाई न उस्लाई, फेरी किन यती बिघ्न सम्झना हरु, याद हरु, किन यती धेरै तड्पाइ हरु अनी किन यती धेरै उ आउछ कि भनेर मेसेज बक्स र स्पेस तिरा आँखा र कान दुब्बै बिछ्याउनु ? सोच्दा सोच्दै म अवाक्क हुन्छु आफु आफैदेखी, र केही मौनतामा भुलेर फेरी लामो श्वास तानेर अर्को तरिकाले सोच्छु पुन उस्तै गरी । 

यो बिछिप्त सोचाइ बाट, ब्यग्र उत्थलपुथल मन मस्तिस्क बाट थोरै बाहिर निकाल्ने कोशीश गर्दै जिबन र दर्शनको सुखानुभुती गर्न खोज्छु, चराचर जगत मा हामी हरेकले हरेकलाई प्रेम गरिरहेको हुन्छौ यो प्राकृतिक र दैबिक हो, प्रेम गरिदैन यो आँफै हुन्छ, त्यसैको उपजको एउटा पाटो हौ हामी पनि, त्यो भन्दा बाँकी धेरै अरु केही होइन, यो सान्सारिक माया हो, मोह हो, यस्मा कोही अछुतो छैन, र हामी दुबैको बिचमा जुन प्रेम अंकुरण हुँदैछ त्यो पनि एउटा यसैको रुप हो, वा क्ष्यणिक आकर्सण हो वा भौतिक बिकर्सण हो, यसरी नै सोच्दैछु म फेरी, हुनत नसोचेको नदेखेको कुनै पनि चिज बस्तु वा ब्यक्ती माथि लगाव लाग्न गयो भने त्यो आँफै आफ्से आप आकसर्ण् बड्न जान्छ, जती हास्यो बोल्यो जती आपसी संबाद हरु हुँदै जान्छ स्वाभाबिक रुपले मान्छे अरु नजिक हुन्छ, आखिर मनुस्यले पालेको जिबजन्तुमा त दैनिक उस्को सामु गएर खानपिन घास खोलेफाडो दियो भने अलिक दिन बाट त्यही ब्यक्ती लाई खोज्छ, कतै आयोकी खाने कुरा खोले घास कुडे केही ल्यायो कि भनेर गाई बस्तु बाख्रा बिरालो कुकुर जेहोस् त्यो सँधै आफ्नो खाना दिने मान्छे लाई देख्ने बितीकै नजिकिन खोज्छ, पुच्छर हल्लाउछ खुटामा आएर लुट्पुटिएर हाम्रो पाउमा आएर माया दर्शाउछ आफ्नो पन देखाउछ भने हामी त मान्छे हौ आखिर त्यही नियमले गर्दा हामी नजिक भएका हौला त्यो भन्दा पर र अर्को कुनै सम्बन्ध हामी बिचमा छैन, उस्ले पनि त यो मेसेज पठाउन अघि त भन्थिन, सँधै हामी असल साथी हौ एकले अर्का लाई इज्जत गर्छौ मित्रता भन्दा माथिको सम्बन्धमा हामी जाने छैनौ भनेर तर तिनैले दुई महिनाको गुप्ताबस पछी म तिम्रो प्रेममा हराएको छु मलाई गाह्रो भयो त्यसैले म टाढिन र नभेटिन लाई तिम्रो आवाज र तिम्रो कविता बाट टाढा बस्न आँफैलाई छुटाउन खोजे तर सकिन प्लिज महाराज आँफै भन के तिमी मैले झै प्रेम गर्छौ ? म झै तिमी पनि तड्पियौ भनेर कयौ प्रश्न हरुको जवाफ किन खोजी वा किन मागी ? कुरा यहाँ पनि छ कि हामी असल मित्रता मात्रै हौ भने यि प्रश्न हरुको अर्थ के ? अनी यो तड्पाइ हरुको अर्थ के ? दुबैलाई देख्न आसक्ती हुनुको अर्थ के ? अँह जता बाट जसरी मन बुझाए पनि मैले आफुलाई फिटिक्क बुझाउन वा सम्झाउन सकिन जती उत्तर दिने प्रयास गर्छु उती प्रश्न हरुको ओइरो लाग्छ मेरो मस्तिस्क भित्र मन उतिकै बतासिन्छ उतिकै पेट हुँडारिएको महसुस हुन्छ उतिनै ऐठन भएर आउछ उफ...! म अवाक हुन्छु पुन यि उत्तरबिहिन प्रश्न हरुको लागि । 

उस्को खोपी शंदेशको जवाफ कोरी पठाएको पनि आज हप्ता दिन बिती सक्यो, आज यतिका दिन सम्म मेसेज सिन गरेको सम्म देखाएको छैन, हरेक दिन उस्को डिएम गएर हेर्छु जसरी कुनै जमनामा हुलाक पोस्ट अफिसमा कुनै लाहुरेको पत्रको पर्खाइमा लाहुरेनी मायालु जोडीले बिछिप्त बनेर दैनिक पोस्ट अफिस धाए जतिकै, बस फरक यतिछ त्यो समयमा लाहुरेनी आफ्नो लाहुरेको मायाले कोरिएको पत्र पाउन दैनिक जसो पैदल हिंडेर पोस्ट अफीस धाउनु र हल्करा लाई हरेक साँझ बिहान दाई हाम्रो घरका कुनै चिठ्ठी आयो भन्दै सोध्नु र अहिलेको आधुनिक टेक्नोलोजिको जमनामा सेकेन्ड भरमा आँखा झिमिक्क गर्दा मेसेज आदान प्रदान हुन्छ कुनै पोस्ट अफिस नधाइकिन, तैपनी किन उसैले आसाय ब्यक्त गरेको खोपी शंदेशको जवाफ दिदा पनि हेर्न किन आइन, के उस्लाई मेरो कुनै मेसेज आयोकी भनेर हेर्न मन लागेन ? मनमा कुनै चंचल्ता वा कौतुहल्ताले छुएन होला, किन यतिका दिन सम्म मेसेज सम्म हेरिन, आखिर किन यसरी बेपत्ता भै फेरी, कि पहिले कै जस्तै उ म बाट टाढा बस्न कोशीश पो गर्दैछ कि ? अँह अँह यस्तो हुन सक्दैन, यदी यस्तो गर्दो होत उस्ले मलाई कुनै जमनाको मायालु पत्र झै किन त्यती लामो खोपी शंदेश पठाउथी त प्रशनै प्रश्नको भरेर ? यस्तो सोच्दै म आँफैलाई मन बुझाउने कोशीश गर्छु, 

म यती बेला सोच्दैछु कि अघी भर्खरै बजेको गित जस्तै यो माया मोहको दुनियाँ के सिसाको समुन्द्र जस्तै होत ? जहाँ पाउ राखेर हिंड्न अग्नी परिक्ष्या दिनुपर्छ, जसरी सिसा भएको पानीको समुन्द्रमा हिंड्न गाह्रो र कठिन हुन्छ त्यो पानीको दिवार भित्र, जहाँ शिसा फुटेर पैतलामा काट्न सक्छ, बिझ्न सक्छ, यदी जसोतसो रगत बगाएर भएपनी हिंड्ने कोशीस गरियो भने त्यो समुन्द्रको पानीको दिवार भएको कठिन यात्रामा तैरिएर यात्रा पार गर्न सकिएला त, ? कि यो माया माया नभएर कतै भ्रम त हैन, ? यो प्यार मोहब्बतमा जो डुब्छ दुनियाँमा सबै प्रेम गर्ने जोडी हरु माथिको बजेको गीतले भने जस्तै जो प्रेमको जालमा डुब्छ त्यो त गयो खत्तम भयो भनेजस्तै सकियो, के यस्तै होत दुनियाँमा प्रेम गर्ने हरु ? यदी यस्तै हो भने लाखौं करोडौ प्रेम गर्ने हरुले कसरी पार तरे होलान र पार लाए होलान, म छक्क पर्छु सोचाइमग्न हुन्छु, हो मलाई थाहाछ जिबनको भोगाइ हरुमा अनेकौ दु:खकस्ट र हन्डर हरु आइपर्छन, जस्तोसुकै किसिम को भए पनि त्यस्लाई पन्छ्याउदै अगाडि बड्नु चै बुद्धिमत्ता र ज्ञानी अनी साहसी हुन जान्छ, तर जस्तोसुकै तरिकाले भएपनी आफुले आँफैलाई बुझाउन सम्झाउन गाह्रो हुनेरहेछ, आज उस्को हप्ता दिनको गैल हाजिरले म यस्तै भएकोछु, आखिर मान्छेको मनै त हो बाधेर कहाँ राख्न सकिन्छर ? चाहेर पनि छातीको चारदिवाल भित्र रगत बग्ने मुटुको भल्भ हरु बन्द गरेर रोक्न नसकिने, यादै त हो आइदिन्छन आँफै, जब यादहरुको ऐना आँखाको नानी भित्र देखिन्छ मनको मस्तिस्क हुँदै तब उस्को जुन झै शितल मुहारको आकृतिले झस्काउछ, एक्लोपन हुँदा पनि त्यही आक्रिती आएर गफ गरिरहेको हुन्छ, म आँफै एक्लो भएर पनि एक्लो हुन्न म संग गफ गर्ने कुरा गर्ने मिठामिठा मायाका अनुभुती हरु सेयर गर्न उ सम्मुख बसेकी हुन्छे, मुसुक्क हसेर पारीजात कती निको छौ है महाराज, तिम्रो हासो तिम्रो चिम्से आँखा तिम्रो नेप्टो नाक अनी त्यो ठुलो अनुहार नै किन मेरो दिमाकमा बिम्ब बनेर बस्छौ किन यती प्यारो हुन्छौ मेरो लागि उ फुर्काउछिन मलाई, कुनै सेतो भुइ भएको भित्ता मा अडेशा लागेर घुडा माथि आफ्नो दुबै हातको औलाहरु खप्ट्याएर घुडा माथि राखेर हातको पन्जामा आफ्नो चिउडो अड्याएर निरवत भएर चुप्चाप कुनै डिस्टर्ब नगरि उस्लाई नियाली रहेको हुन्छु, उ मेरो सम्मुख उस्तै पोजिसनमा आफ्नो घुँडा माथि दुबैहातले बाधेर  बसेकी हुन्छे कि कालो केश राशी, बिचमा अर्ध सिन्दुरको धर्को, दुई आखी भौको बिचमा गोल्डेन रंग मिसिएको रातो टिका, कपाल लाई पछाडि क्लिप ले च्यापेको, सानो चुचो अग्लो सलक्क परेको नाक, अनी त्यही माथि लगाएको उस्को सेतो रंगको पावरवाला चस्मा, चस्माले सालीन र सोझी देखिएको उस्को मुहार अनी गोलो भरिलो घाटी, टम्म मिलेको छाती देखिएको, चियाको तिनपाते हुन लागेको मुना झै खिरिलो दुई मधुर ओठ, गलाभरी एक झुप्पा रातो तिलहरी भएको पोते, टिक्टिके बुट्टा भएको रातो टिमिक्क कसिएका ब्लाउज माथि केही खैरो हलुका बुट्टेदार सारी, लाग्छ उस्को आकृतिले कुनै एउटा नामी मोडल वा ठुलो नाम चलेकी लेखिकाको झै छबी झल्किने अनुहारको मोहोडा, झन कानको सानो गोल्डेन कलरमा बिचमा सेतो इउँ भएको टपले धपक्क बलेकी गहुँगोरी, मानौ मेरो अगाडि कुनै स्वर्गको परी बसेकी छिन, शब्दमा बयान गर्न नसकिने उस्को सुनदरता आहा साचिकै कुनै दरबारको माहारानी झै देखिन्थिन उनी । 

ओहो म कल्पना मै डुबेछु, कल्पनामै म उस्लाई देखेर हासिरहेको रहेछु, नियाली रहेकोछु, कल्पनामै उ म संग र म उ संग प्रेमिल संबाद हरु गरिरहेको रहेछु, अचानक मोबाइलको घन्टी बज्यो झस्किएर बिउँझीए, त्यो तितो तर मिठो कल्पनाको दुनियाँबाट, फोन ड्राइभर को रहेछ, बिहान अलिक ढिलो आउछु दाई तयार भएर बस्नु है भन्न लाई कल गरेको रहेछ, मैले हुन्छ भनिदिए, एकैछिन मा मोबाइल मा टुँ टुँ गरेको आवाज आयो शायद उस्ले त्यती भनेर उताबाट कल काटेछ, साच्चै कल्पना को सागर पनि कती गहिरो हुनेरहेछ, जहाँ जती डुब्यो उती डुबदै जान मन लाग्ने, जती डुब्यो उती नयाँ नयाँ सुनौलो सपना हरु सजिदै जाने मस्तिस्क भित्र जो पुरा हौन वा नहौन तर सपना नै सहि कती मिठो हुने आहा म आज यतिका दिन सम्म उस्को मेसेजको प्रतिउत्तर कुर्दै बिताए शायद यो एउटा तितो यथार्थले भरिएको मेरो लागि मिठो सपना झै कल्पना थियो । 

कयौ कथा उपन्यास पढेर सोच्थे आखिर मान्छे कसरी यसरी मरिहत्ते गरेर प्रेम गर्न सक्छन, के कथामा लेखिए जस्तै, उपन्यासमा पढिए जस्तै कुनै गितको अन्तरामा सुनिए जस्तै, फिलिममा फिल्माइए जस्तै यती आसक्ती हुनेगरेर पनि प्रेम पनि हुनसक्छर म सोचमग्न हुन्थे, कहिलेकाही ति सामाग्रीहरुमा पढिएका देखियाका पात्रहरुको कथा सम्झिएर अनौठो लाग्थ्यो आँफैलाई कि यस्तो प्रेम हुँदो होत कस्तो हुन्छ होला, हुनत मान्छेको जिबनमा जो जती बचेँकाछन ति सबै माया प्रेमले कुनै न कुनै माध्यम द्वारा बाधिएरनै जीएकाछन, मान्छेको भौतिक शरीर आज सम्म जिबित र अस्तित्वमा रही रहनु पनि प्रेम नै हुन, यदी दुनियाँमा मान्छे भित्र कुनै पनि चिज बस्तु वा मान्छे मान्छे बिचमै प्रेम नहुदो होत आज सम्म यो मानबिय सभ्यता र मान्छेको अस्तित्व नै मेटिसकेको हुन्थ्यो होला यो संसार बाट जसरी भिमकाय प्राणी हरुको अस्तित्व मेटियो यो सन्सारबाट डाइनोसोर को अस्तित्व मेटीए झै, एकतर्फी सोच्ने हो भने प्रेम सुन्दर छ, मिठोछ, भावयुक्त्त छ, अनन्त छ, अजय अनी अमर छ रत, संसार जिबित छ, नत्र नैरश्या र बिरक्तिले मान्छे आत्माहत्या गरी सक्थे, अर्थात मरिसक्थे दुनियाँ नामोनिसाना निमेटा भैसक्थे, यदी प्रेम नभैदिएको भए यो सन्सारबाट यो प्रिथिबी बाट मान्छेको अस्तित्व के हुन्थ्यो होल, आफुले आँफै प्रस्नै प्रश्न गरेर दिक्क हुन्थे बेलाबेला आँफै, हो उस्को आगमन पछी र उस्को खोपी शंदेश पछी म यस्तै प्रश्नै प्रश्न हरुको भकारी खानि भएकोछु, उत्तर बिहिन प्रश्न हरुको उत्पादक भएको छु जहाँ मार्सल र रबिन्सको क्रय बिक्रय र मुल्य र बजार भाउको अस्तित्व र त्यस्को माग र ह्यासको मुल्याङ्कन हुँदैन, कुनै तुलो, किलो वा ग्राममा जोखिदैन जस्लाई मापन गर्न सकियोस । 

सुनेको थिए प्रेमले मान्छेलाई मिहेनती र परिश्रमी हुन सिकाउछ, अत्माबिस्वासी हुन सिकाउछ, एउटा बाटो मा मान्छेलाई मान्छे भएर हिंड्न सिकाउछ, प्रेमले अनेकथोक सिकाउछ, अरुत अरु सबैभन्दा मुख्य कुरो मानिसलाइ जिउन सिकाउछ, हो मैले यस्तै जानेको थिए तर आज पहिलो चोटि थाहा पाउदैछु कि प्रेमले बाँच्न सिकाउछ क्षितिजमा देखिने आशा र भरोसा लाई लिएर, तर आशा लिएर बाँच्न मात्रै होइन यस्ले मृत्‍यु सरहको जिबन पनि दिन्छ, जो अहिले छ बर्तमानमा मान्छेलाई पलपल मारेर जिउदो राख्ने रहेछ, किनकी मैले जतिपनी मेरो आफ्नै साथीहरु देखे जो मायामा डुबेका हुन्थे उनिहरु एक आफुमा भेट्न नपाउदा तड्पिएको सुनाउथे, बैरागिएका सुनाउथे, संसार सकिएको सुनाउथे, आफुले प्रेम गरेको प्रेयसी अरु कसैको हुने कल्पना त टाढाको कुरा केही दिन ब्यस्त र टाढा हुँदा पनि आफ्नो प्राण नै छिनेर लगेको झै देखेको थिए र सुनेको थिए, हो मलाई पनि आज यस्तै भएकोछ, उस्को आगवमन अगाडि म जुन नर्मल अवस्थामा बाचेको थिए आज त्यो भन्दा दोब्बर उस्को अनुपास्थिती मेरो लागि सजाय जस्तै भएकोछ, कसैको हत्या पछी सुनाइएको मृत्‍युदन्ड जतिकै भएकोछ, ताकी मनमा लागि रहन्छ उ मेरै सम्मुख होस, मेरै आँखा अगाडि बसिरहोस, यदी मैले कुनैबेला आँखा चिम्लिएछु भने पनि उ मेरो आँखाको रानी भित्र कैद होस, र म सोच्दैछु प्रेमले प्रेमिल हैन इर्श्यालु हुन सिकाउदैछ मलाई, हो आज म यस्तै महसुस गर्दैछु अनी प्रेमलाई जिबनदान भन्दा पनि धेरै तड्पन पिडा र मृत्‍युतुल्य महसुस गर्दैछु, र म यस्तो चिजलाई मापन गर्दैछु कि यदी मान्छे मर्छ भने दुई कारणले मात्र यो दुनियाँमा मर्न सक्छ, त्यो जो हामीलाई थाहै नदीइ आउछन र जान्छन, माया र मृत्‍यु मात्रै यस्तो चिज रहेछ जस्लाई हामी न बोलाउछौ न कुनै निम्तो नै दिन्छौ, बस यो कतिबेला र कसरी कुन मोडमा कुन उमेरमा आउछ थाहै नहुने रहेछ, मृत्‍यु आउछ मान्छेको जिबन चुडेर लिएर जान्छ, तर प्रेम आउछ त सिर्फ शरीर मात्रै लिएर जादैन यस्ले जिउदो मुढा बनाएर राखिदिन्छ, निर्जिब बस्तु झै बनाइ दिन्छ, आउछन एक पाहुना जस्तै तर जान्छन सँधैको लागि पर्मानेन्ट बनेर, जस्ले प्रेम गर्ने मान्छेको माया संगै दिल लिएर जान्छन, जलाएर जान्छन, र सँधै दुखाइ रहन्छन, र अझ यसरी भनुम शरिरमा श्वास हुँदाहुँदै पनि मृत्‍युले झै जिउदो मान्छेको धड्कन लिएर जान्छन, 

समयले रातको १२ बजाइ सक्यो, अहँ आँखामा निन्द्रा फिटिक्क आउदैन, मनभरी यस्तै चाहिदा नचाहिदा भावना हरु खेलाउदा खेलाउदै ओछ्यानको दुबै किनरा कोल्टदै बित्छ, म निदाउने असफल प्रयास गर्छु, घरि आँखा खुला गरेर त घरि आँखा बन्द गरेर उस्को याद हरु भुल्ने जमर्को गर्छु, उमहुँ ! हुँदैन फिटिक्कै, यसरी नै आजको रात छर्लङ्ग होला जस्तो छ, मन्मा अनेकौ तर्कना हरुले जबर्जस्ती डेरा जमाएर बसेकोछ जति बल गर्दा पनि निदाउनै सकिन, गित निरन्तर बजी रहेको थियो, खै कुन कुन कुन्नी,? यसरी छट्पटिमै बिहानको कतिबेला ३:४५ भएछ टेबलको घडीले उज्यालो भएको संकेत गर्‍यो, आँखा झिमिक्क नगरि डिउटी जाने संकेत गरेको घडीको खबरदारी संङै उठेर नुहाइवरी पुन सँधा झै आफ्नो युनिफर्म लगाएर आफ्नो दैनिक नित्यकर्म तर्फ लागे मन भारी पारेर, मन अझै शान्ता भएको थिएन, डिउटी जाने बसको यात्रा छुट्यो, अगाडि पटिको रेगिस्तान हरुको उजाड लाग्दो बलौटे मरुभुमी छिचोल्दै लम्पसार परेर सुतेका कालोपत्रे सडक माथि गाडी कुदी नै रहयो कुदी नै रहयो मेरो मन झै एकतमासले ।   

 
  
रचना- अर्पण योन्जन (शिरिष)
मिती- २७,भदौ २०७८ 
तदनुसार- १२, सेप्टेम्बर २०२१