गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, September 11, 2021

म कसरी छोरा भनुम ।



बिस बिर्ष अघी
तिमी मेरो गर्भमा आउँदा
मलाई पस्चताप थिएन
कि, आज तिमी
हिंश्रक बन्छौ भनेर
अनी मलाई
यो पनि थाहा थिएन कि
वृद्ध आमा देखी लिएर
दुई बर्षे बालक सम्म
बलत्कार गर्छौ भनेर
त्यसैले आज मलाई
आफ्नै रगत संग
घृणा लागेकोछ
अनी तिमी आँफै भनत
तिमीलाई
म कसरी छोरा भनुम//

तिमी यो नबिर्स
तिम्रो कुदृस्टी पर्नु अगाडि
कोही नारी हुनु भन्दा पहिले
उ तिम्रो आमा पनि हो,
र, आज तिमी
त्यही आमालाई
बलत्कार गरिरहेको छौ,
जुन कोख बाट
तिम्रो उत्पती भएको हो,
अनी तिमी आँफै भनत
तिमीलाई
म कसरी छोरा भनुम//

शायद तिमी बिर्सदैछौ
तिमीले सयर गर्ने यि साधन हरु
तिमीले लगाउने ब्रान्डेड कपडा र अत्तर हरु
तिमीले खाने यि चौरसी ब्यञ्जन हरु
तिमीले बस्ने सिमेन्ट र इटका महल हरु,
तिमीले घमन्ड गर्ने यो शरीर
यि सबै बिलासिता
यो सन्सारमा आउनु अघी
तिमी तिनै नारिको कोखमा
बास बसेको हौ,
त्यही नै तिम्रो पहिलो संसार हो,
पहिलो घर हो,
एउटा नारिको रगत चुसेर
त्यो गर्वसाय भित्र हुर्किएका हौ
अनी तिमी आँफै भनत
तिमीलाई
म कसरी छोरा भनुम//

तिमिले बलत्कार गर्ने
तिमीले घमन्ड गर्ने
ति अंगहरुको बिकास
यिनै गर्भ भित्र बनेका हुन
तै पनि कसरी तिमी
बलत्कारी हुन सक्छौ
आफ्नो पुरुसार्थ छुपाउन
कसरी हत्यारा बन्न सक्छौ
अनी तिमी आँफै भनत
तिमीलाई
म कसरी छोरा भनुम//

एउटी नारिको कोखबाट जन्मिएर
अर्को नारिको अस्तित्व मेटी रहदा
शायद तिमीलाई लाग्दो हो
तिमी बहादुर हौ
वीर हौ
पराक्रमी हौ
तर तिमीलाई मेरो गर्भको प्रश्न
तिमीले आफ्नै ममाताको
बलत्कार गरेर
आफ्नै कोखको हत्या गरेर
कुन चै युद्ध जित्यौ ?
र बहादुर भयौ ?
के तिमीले
पुर्खाले लडेको युद्धमा
नालापानी, काँगडा र टिस्टामा
बिरता पोख्यौ ?
कि कालापानी र सुस्तामा रगत पोख्न गयौ
आखिर कुन चै युद्ध जित्यौ
र, अहंकारले तिम्रो छाती फुलाउछौ ?
अनी आँफै भनत
तिमीलाई
म कसरी छोरा भनुम//

त्यसैले तिमीले अहम्ता देखाउनु अघी
तिमी पुरुष भएर हैन
कर्तब्य निश्ठ बाउ भएर हेर
प्रेमिल अनी आदर्श पती भएर हेर
चेलीको/छोरीको
सुरक्षा कवज भएर हेर
तिम्रो पहिलो घर
मेरो कोख
असुरक्षित हुँदा
ति राक्षस हरुको बध गर
अनी बल्ल तिमीलाई
छोरा भन्न सकुँला
नत्र तिम्रो यौन पिपाशु आत्मालाई
र, तिमी लाई
कदापी सन्तान भन सक्दिन
तिमी मेरो कोख बाट जन्मनुको
गर्ब गर्न सक्दिन
किनकी तिम्रो पिपासु पन्जा हरुले
आफ्नै काख चिथोरी रहदा
म मामातामयी हुन सक्दिन
किनकी, म बिबस हुनेछु
तिम्रो अस्तित्व मेटाउन
दुर्गा भवानी र काली बनेर
अनी तिमी आँफै भनत
तिमीलाई
म कसरी छोरा भनुम//


रचना- अर्पण योन्जन (शिरिष)
मिती- २४, भदौ २०७८
तदनुसार- ९, सेप्टेम्बर २०२१

Wednesday, September 8, 2021

कथा- भाग-३, एउटा प्रेम यस्तो पनि ।

आँखा झिमिक्क नगरि निमेशभरमै उस्को मेसेज पढिसके, हिजो उस्को अनुपस्थितिमा उस्को अभावमा जती बिछिप्त बनेको थिए, जती आफ्नो प्यारो बस्तु हराएर निरास बनेको झै भएको थिए, मानौ युद्धमा हारेको सिपाही झै निरिह बनेको थिए, तर आज दुई महिनाको लामो अत्यास लाग्दो पर्खाइ र कुराइ पछी एउटा निरासा लाग्दो अन्तरलाल लाई चिरेर उस्को पत्र झै प्रेमिल मेसेज पाएको थिए, जुन ति प्रेमिल पत्रझै सुन्दर सपनाहरुले सजाएको म उस्को मेसेज चाहन्थे, जो आज मैले आशा गरेका, कल्पना गरेका बारंबर भावनामा डुबेका उस्को सुकोमोल हातहरुको औंला हरुले चुमी पठाएका, प्रेमिल अक्ष्यरहरुको आशा गर्थे, साच्चै नै मैले आशा मार्न लागिसकेका सपनाहरु नवजिबन प्राप्त हुनेगरेर आधुनिक टेक्नोलिजोको किबोर्ड हरु समाएर म सम्म प्रेमिल मायाको ठेली हरु पठाएकी थिन, उन्ले स्पर्स गरी पठाएको स्नेह हरु पठाएकी थिन, एस्तो एउटा बकपत्र पठाएकी थिन जो म सँधै आसक्ती बनेर पर्खन्थे आज त्यही सपना र कल्पना यथार्थमा पुरा भएको छ । 

साच्चै नै म यतिबेला केही सोच्न सकिरहेको छैन, किनकी सँधै मित्रता र त्यस्को सिमारेखा सम्झाउने र सिकाउने मलाई एउटा सालीन र गम्भिर मान्छे कसरी एकाएक प्रेमिल बन्न पुगिन ? आखिर कसरी र के कारणले म भित्र समाहित हुन चाहिन, म प्रती किन यती प्रेमको आसक्ती देखाइन, आखिर यो भौतिक शरीर संग थियो नै के अनी छनै के ? म नाजवाफ भएकोछु, यस्को उत्तर न उस्ले दिन सक्थी न म आँफै बुझ्न सक्थे, म खुशीको एउटा उमंग संगै अर्कोतिर अधुरो र मधुरो दिप झै अपुरो जिबनको भोगाइ र टुटेको सपनाहरु देखिरहेको थिए, विवाह इत्तरको यो प्रेम सम्बन्ध कुन आवश्यकता थियो र भबिस्यमा यस्को दु:खद अन्त्य कस्तो हुन्छ, आखिर हामी दुबैको खुशी र शुखी परिवार हुँदाहुँदै विवाह इत्तरको प्रेमको कुन कटुतापूर्ण वा कुन पिडादयी प्रेमको अन्त्य हुन्छ अझ भनुम यसरी यो प्रेमको गला रेटेर हत्या हुन्छ, म केही भन्न सकिरहेको थीन, म केही सजिलै अनुमान लगाउन सकिरहेको थिन, र मलाई हतास भो जान्न, र उस्ले लेखी पठाएको शंदेशहरुको अक्ष्यरहरुमा हरेक शब्द शब्दलाई पढ्न मन लाग्यो, बुझ्न मन लाग्यो, ति शब्द हरुको उन्ले भन्न खोजेको अंश हरु केलाउन मन लाग्यो, उस्को हरेक शब्द हरुको अर्थहरु केलाउन उत्सुक भए र मैले बेलुकी डिउटिबाट आएर बारंबर त्यो पत्र पढेर उस्लाई बुझ्ने कोशीश गरे, आँफैलाई त्यो ठाउँमा उभ्याएर हेरे उस्को नजानिदो तर गम्भिर प्रेमको तड्पाइ लाई बुझ्ने कोशीश गरे, र पनि म अनुत्तरित र नाजवाफ नै बनिरहे । 

जतिपटक पढे पनि बारंबर दोराए पनि म उस्को शब्द हरु संग खेल्न सकिन, सकिरहेको थिन, या म डरै रहेको थिए मानौ यती धेरै डर र त्रास जिबनमै पहिलोपल्ट भएको थियो जो मेरो अगाडि अजंगको डाइनोशर उभिएझै भएको थियो, मलाई अत्यास भो म एउटा हातमा चुरोट सल्काउदै रुमको बाहिर बार्दलिमा निस्किए, बार्दलिमा बसेर जब पूर्व नियाले र मलाई लाग्यो, चन्द्रमाले रात लाई जिस्काउदै क्षितिज संग प्रेम गरिरहेको देखे, उ रातहरु संग प्रेमिल भएर जिस्कदा तारा हरु झुम्मिएर उसैलाई हेरिरहेको देखे, म पनि तिनै रात, चन्द्रमा र ताराहरुलाई टोलाउदै उस्को आक्रिती कल्पना गर्न थाले, त्यो रात र चन्द्रमा अनी ताराहरुलाई उस्को बिम्ब देख्न थाले, र म तिनै भावहाँरुमा हराएर एकतमासले चुरोट को धुवाँ माथि आकाश तिर फुङ्ग उडाउदै उस्को अन्जान चेहेरामा म आफुलाई खोज्न थाले कतै उस्को त्यो प्रेमिल मेसेज हरुको कुनै अंशहरुमा भेटिन्छु कि भनेर, जती सम्झ्यो मलाई झन उती गाह्रोभो, उती झन ऐठन भएर आएको महसुस हुन्थ्यो र थाहै नपाई दिनभरिको त्यो तातो घाम र ह्युमिडिटिले गर्दा रातमा पनि खपी नसक्नु उधुम गर्मिले पशिना चिटचिट बगेर पिठ्युँ र हात गाला घाटी हातको पाखुरा र खुट्टाको पिडुलामा पसिनाले काउकुती लाउदै तप्प तप्प खसेर बगी रहेको रहेछ मैले थाहै पाइन, कतिबेला चुरोट को ठुटो सल्किएर सकिएछ र मेरो हातको बुढी औंला र चोर औंला डढेछ पत्तै पाइन र अचानक तातो भएको थाहा पाएर झस्किए र पुन भित्र आएर पसीना पुछेर उस्को मेसेजको जवाफ दिनलाई मोबाइलमा गीत लगाएर गीत सुन्दै मेसेज भनौ वा पत्र कोर्न थाले, मोबाइलमा गित बजिरहेको थियो त्यो मौनता लाई चिरेर । 

इनं आँखो कि मस्ति के
मस्ताने हजारोँ हे । 
इन आँखो से भबस्ता 
अप्साने हजारोँ हे.......।। 
  
मिती: २३,भदौ २०७८ 
स्थान: परदेशको साघुरो कोठा 
समय: रातको सुन्यता केवल हजुरको सम्झना 
 
प्रीय मान्छे, 
सर्बप्रथम त, यतिधेरै अब्यक्त प्रेम हरु पोखेर स्नेही अक्ष्यर हरुको कोशेली भनौ या तपाईंको म प्रतिको त्यो प्रेमिल भावनाको लागि मेरो पनि यो म्रिदुल हृदय देखी अनगिन्ती सम्झना सहित मायाको कोशेलीहरु हजुरलाई,अनी तपाईंको यती लामो पत्र झै मेसेजको लागि मुरिमुरी आभारी छु, अनी खुशी पनी प्रकट गर्न चाहन्छु जस्ले आज कम्सेकम दुई महिनापछी भएपनी आफ्नो मनमा गुम्सिएको भावनाहरु मेरो निम्ती भनेर कोरी पठाउनु भएकोछ त्यस्को लागि पनि धन्यवाद मलाई यो सुनौलो अक्ष्यर हरुको हकदार सम्झिनुभएकोमा ।  

प्रीय मान्छे, मलाई थाहाछ हजुरलाई झै भाती पुराएर पत्र त लेख्न आउँदैन तपाईंले झै शब्द शब्दमा प्रेम पोखेर मुनामदन र गौरी हरुको जन्म दिन त सक्दिन अनी म त्यसरी पनि जवाफ फर्काउन सक्दिन जुन कुनै नामी साहित्यकारले झै फुलबुट्टा भरेर कुनै कथा लेखे झै लेखुँ, कुनै उपन्यास रचे झै रचुँ, कुनै गित वा गजल कविता कोरे झै कोरुँ, ति सबै कथाहरु समेटेर एउटा सानो जवाफ के लेखेर पठाउन सकुँला र, किनकी म न कुनै साहित्यकार न कुनै भावनामा बग्न सक्ने मान्छे, त्यसैले तपाईंले चाहे जस्तो सुकोमोल र सुन्दर जवाफ फर्काउन सकिनछु भनेपनी माफ गर्नुहोस् है ल, अनी यहाँँलाई एउटा कुरा पक्का गराउछु कि हजुरको हरेक सवाल र मन भित्र उब्जिएको कुन्ठा हरुको जवाफ दिन सकुँ बस मेरो सानो कोशीश यही हुनेछ, अनी यहाँ लाई भरोसा दिलाउन चाहन्छु कि हजुरले म बाट चाहनुभएको हजुरको हरेक सवाल हरुको जवाफ दिन हिम्मत गर्नेछु ताकी पारीजातको शिरिशको फुल झै ढकमक्क फुलेर बिहान झरेर नजाउन प्रीय मान्छे ।


प्रीय मान्छे, मैले आज केही कुन्ठा र केही गुम्सुमहरु मैले तपाईंको सामु उजागर गर्नैपर्छ, केही अनुत्तरित प्रश्नको जवाफ हरुपनी खोज्नै पर्छ, 
र दिनैपर्छ, जस्ले हजुरलाई र मलाई अहिलेसम्म दोसाध र कौतुहल्ता बीच अल्झाइ रहेकोछ,  किनकी आउने दिनमा हामी दुबैलाइ सहज हुनेछ, हरेक संबादहरुले कुनै असमन्जस र दोधारपन खडा नगरोस त्यसैले पनि आज मैले यो सानो मेसेज मार्फत खुलस्त पार्नै पर्छ, हजुर मेरो हरेक जवाफको हरफ हरुलाई कुनै प्रश्न नगरि सुनिरहनुहोस् है ल, बस मात्र सुन्नुहोस म भन्नेछु सबै तपाईंका प्रश्न हरुको जवाफ । 

हो प्रीय मान्छे जतिबेला हामी स्पेस र डिएममा प्रत्यक्ष र अप्रत्यक्ष संबादहरु भैरहदा म तपाईंको हरेक शब्द शब्दमा हराउथे म आफुलाई तपाईं भित्र समाहित भएको महसु गर्थे र हजुरको स्नेह बाट बाहिर निस्कन बाटो नपाउदा म आफुले आँफैलाई मस्तिस्क बन्द गरेर ति भावनाका चारदिवाल भित्र खोज्थे कि म कहाछु तपाईं भित्र भनेर, हामी हरेक डिएमको संबादमा एक अर्कालाई एकाकार नहुन र एउटा असल मित्रता भन्दा माथि नजान एक अर्कालाई बिस्वास्त गराइ रहन्थ्यौ, झक्झकाइ रहन्थ्यौ, दुबैले विवाह इत्तरको सम्बन्ध भनेर आँफैलाई घरिघरि अटेन्सन दिलाई रहन्थ्यौ, तैपनी म खै किन र कसरी तपाईं भित्रको प्रेमिल भावमा डुब्थे, हराउथे र आँफैलाई खोज्न मुस्किल पर्थ्यो र मस्त निन्द्राबाट कसैले चिसो पानी छ्यापिदिएर सपनाबाट बिउझाइ दिए जस्तै तपाईं कसैको नासो हो, कसैको जिबनसाथी हो, कसैको सिउदोको सिन्दुर हो, र कसैको जिम्मेवार आमा बुहारी  श्रीमती भाउजु हो भनेर झस्कन्थे र मुस्किल ले त्यो मानसपटल बाट बाहिर निस्कन कोशीश गर्थे, थाहा छैन किन म यसरी तपाईंको हरेक संबादले बग्न वाध्य हुन्थे, एक्लै बस्दा होस या तपाईंको संबादमा रहदा होस या त्यो स्पेसमा बस्दा होस जब तपाईंको बोली सुन्थे साचिकै म तपाईंको प्रेममा लिन भएको हुन्थे, हो मैले यो तपाईंले भने जस्तै देखाउन सकिरहेको थिइन, किनकी मैले मेरो भावहरु तपाईं सामु ब्यक्त गरिरहदा एउटा खराब पुरुषको दर्जमा दर्ज हुन्थेकी भन्ने लागि रहन्थ्यो, कतै तपाईंको नजर बाट गिर्छु कि भन्ने भयले सताइ रहन्थ्यो 
कुनैपनी सानो गल्तिले म हजुरलाई गुमाउछु कि भन्ने डर थियो, किनकी तपाईंले दिनुभएको इज्जतलाई म जिबनभर सम्हालेर राख्न चाहन्थे, तपाईंले लगाइ दिनुभएको त्यो इज्जतको ताजलाई म आफ्नो शिरबाट छिन भरमै भुइमा झारेर कुल्चन दिन चाहन्नथे, त्यसैले पनि मैले पनि हजुरले जस्तै जानेर वा नजानेर एक सुसुप्त प्रेम गरी रहे, गरी रहे । 


प्रीय मान्छे, तपाईंको पत्र भनु वा मेसेजमा सोधे जस्तै मलाई पनि भएको थियो र तपाईंले लेख्नु भएको मेसेजमा यसरी सोध्नुभएको थियो मैले यहाँ हजुरको मेसेजको एक अंश जस्ताको त्यस्तै पस्किएको छु है ल,  प्यारो मान्छे के यो दुई महिनामा म जस्तै तिमी पनि तड्प्यौ ? के मैले झै मेरो टिएल आयोकी भनेर चिहायौ ? के स्पेस तिर आउछ कि भनेर मेरो आवाजको प्रतिक्ष्या गर्यौ ? के मैले गरेको यो आसक्ती तिमीलाई गरेको तिमी प्रतिको प्रेम हो ? यदी हो भने प्रस्ट संङ भन प्यारु मलाई यो अँध्यारो सुरुङ्ग बाट बहिर निकाल बिन्ती छ तिमी लाई कि प्रेम गर्छु भन कि गर्दिन भन एउटा कुरा प्रस्ट भन प्यारु नत्र मलाई यो विवाह इत्तरको तिमी संङको एकोहोरो प्रेमले पागल बनाएको छ, मेरो आफ्नै महाराज प्रती मैले पाप गरिरहेकी छुकी मलाई हरेक प्रश्नको जवाफ देउ प्यारु हरेक प्रश्न को जवाफ देउ, हो तपाईंले यस्तै लेख्नुभएको थियो र म तिनै शब्दहरु सापटी लिएर भन्दैछु कि मैले पनि हरेक मेसेजको हरियो सिग्नलको बाटो हेर्नु, कुनै टिएलको प्रतिक्ष्या गर्नु, वा हरेक रात हरेक स्पेस तिर हजुरको आवाजको झल्को आउनु, मेरो लागि पनि ह्जुर प्रती प्रेम भएको मिठो अनुभुती र महसुस हुँदैथिए, र कयौ रात त मैले हजुरको कल्पनामै छर्लङ्ग रात काटेर उज्यालो बनाएको थिए, तर प्रीय मान्छे तपाईं अचानक कुनै खोजखबर नै नगरि यतिका दिन सम्म जब हराउनुभो तब मलाई एकप्रकारको एक्लोपनको महसुस भयो, तपाईं प्रती प्रेम भएको अनुभुती भयो, साच्चैनै हामी एकले अर्कालाई खबरदारी गराउदा गराउदै पनि म तपाईंको मोहजालमा पसिसकेको रहेछु जुन मलाई थाहा थिएन, तर मलाई त्यतिबेला थाहा भयो जतिबेला हजुर म देखी कयौ दिन संपर्क बिहिन भएर हराउनुहुँदा बल्ल थाहा भयो कि म तपाईंलाई प्रेम गर्न थालेको रहेछु, किनकी प्रत्येक दिन, प्रत्येक पल, प्रत्येक घडी तपाईंको सम्झना गर्नु र घरिघरि टिएल डिएम र स्पेस मा आँखा लगाउनु मेरो दैनिकी नै तपाईंको प्रेममा परेको रहेछु भन्ने प्रमाण हुन, तपाईंको अनुपस्थिती मेरो लागि यस्तो बनेर आइदियो कि म जिबनको यो चालिसौ बसन्त पार गरेर पनि आज सम्म कुनै विवाह पूर्व होस वा विवाह पस्चात आफ्नै जिबनसाथी भन्दा अन्त प्रेम महसुस कहिले भएन र गरिन पनि, तर आज त्यो प्रेम गर्न वाध्य गराइदिनु भयो जुन प्रेम बैध्या थियो वा अबैध्य त्योत समयले बताउदैजाला तर यतिबेलाको लागि मैले तपाईंको हरेक बिम्ब लाई प्रेम गरेको छु ।  

हो प्रीय मान्छे आजभोलि लोग्ने मान्छे हरु हुन वा महिला हरेकको प्रेम, प्रेम भन्दा धेरै भौतिक शरीर संङ हुन्छ र हुनेगर्छन, हुनपनी आजभोलि प्रेम प्रेम नभएर शारीरिक सुखको आवश्यकता पुरा गर्ने माध्यम बनेकाछन जस्ले हामी जस्तो निस्वार्थ प्रेम गर्ने हरुलाई पनि डर लाग्छ र कतै मेरो भावना र फिलिङ्स माथिको प्रेम भन्दा पनि सिर्फ एउटा बेडसम्म मात्रै पुग्ने प्रेम त होइन भनेर संका गर्न मन लाग्छ, हुनत यहाँ मान्छे कोही रुप लाई गर्छन्, कोही धनलाई गर्छन्, कोही लगाइ खुवाइ र ब्यक्तित्व लाई गर्छन् भने कोही शारीरिक आकर्शणमा गर्छन जहाँ एउटा नारिको कोमल हृदय लाई बाटो बनाएर उस्को कोमल भावना हरु संग खेलेर बेडसम्म पुराएर जब शरीर भोग्छन तब टाढीन बहना गर्छन र सँधैलाई एउटा नारी हृदय भित्र कुनै पुरुष प्रती दया माया सद्भाव इज्जत र स्नेह प्रेम मरेर जान्छ र पुरुष सँधै पिपासु भएर उभिनु पर्छ तर म यो सबैबाट बिल्कुलै  टाढा भागन चान्छु किनकी म हजुरको शरीर छुन होइन हजुरको मन छुएर हजुरको ब्यक्तित्व लाई प्रेम गर्न चाहन्थे, हजुरको हृदय संग प्रेम गर्न चाहन्थे हजुरको हरेक फिलिङ्स संग प्रेम गर्न चाहन्थे र सबै भन्दा धेरै त म तपाईंको कोमल स्नेह लाई प्रेम गर्न चाहन्थे किनकी हजुरले नै भन्नुभएको होइन म असल साथी भन्दा माथि गएर प्रेम गर्न सक्दिन किनकी साथी वा मित्रताले सँधै एउटा सिमा कोरेर रख्छ तर प्रेमले शरीर माग्छ र भौतिक शुखको आवश्यकता पुरा भएपछी लोग्ने मान्छे टाढिन्छ भनेर, हुनपनी हो आजभोलिको बजारु प्रेममा एउटा नारिको कोमल शिरिर पाउन लाई बास्नाले प्रेम गर्छन् तर नारी प्रेम पाउनलाई आफ्नो शरीर सुम्पिरहन्छन तर बिचरा उस्लाई थाहै हुन्न कि एउटा झुटो र बिस्वासघाति प्रेमिबाट उ आफु लुटिरहेको छु भनेर, अनी उ यसरी लुटिन्छ कि कहिले जिबनमा रहर अनी प्रेम बोकेर उठ्न नसक्ने गरेर यहाँ सम्म कि दुबैले बिराएको बाटो बाट एउटा नारिले मात्रै जिबनभर समाज र परिवार बाट छि छि र दुरदुर भएर बाच्नु पर्छ, एउटा नारिले मात्रै दुबैको गल्तिको सजाय एक्लै भोग्नुपर्छ र म त्यस्तो हुन चाहन्न प्रीय मान्छे । 

तर म यतिबेला सोच्न सकिरहेको छैन, भन्न सकिरहेको छैन कि कयौ दिनको गैर हाजिरी बाट आज मेसेजको माध्यम दुवारा तपाईं पुन फर्किनुहुँदा मलाई कुन खुशी मिलेको छ भनेर, जुन म भाव र शब्द अनी अक्ष्यर हरुमा ब्यक्त गर्न सकिरहेको छुइन त्यती खुशी र उमंग ले छुएको छ मलाई, कालो बादल ले आकाश ढाकेर जब बर्षात हुन्छ अनी पानी रहेर खुलेको आकाश झै स्वच्छ भएर खुलेको निलो आकाश झै अनुभुती भएकोछ, शरिरमा एक प्रकारको अनुभुती चन्चलता र हलुका तरंग छाएकोछ, हराएको बहुमुल्य सामन भेटिदा जती खुशी हुन्छ मान्छे त्यो भन्दा बेसी म बड्ता खुशी भएकोछु म आज, तर यो खुशी संगै अर्को पाटोमा हामी बिच अजंगको पहाड छ, ठुलाठुला पत्थर छन, जुन पहाड र पत्थर लाई हामी कुनै पनि सन्सारको भौतिक टेक्नोलोजी मेसिनहरु लगाएर फुटाउन भत्काउन सक्दैनौ जुन अधुरै रहनेछ र हामीले सँधै कल्पना गरेर एक्ला एक्लै कुनै अँध्यारो कोठा त कतै कुनै एक्लोपन खोजेर आशुमै ब्यतित गर्नुपर्ने छ किनकी त्यो पहाड त्यो ठुलो कालो अजंगको ढुङ्गा भनेको हामी दुबैको सानो र सुन्दर शुखी परिवार हुन, जस्लाई हामी चाहेर पनि भाताभुङ्ग बनाउन सक्दैनौ र चाहन्नौ पनि यो ध्रुब सत्य हो प्रीय मान्छे । 

प्रीय मान्छे, तिम्रो हर प्रश्नको जवाफ मेरो चिठ्ठी हरुमा खोज्नु भने जस्तै तपाईंले भन्न खोज्नु भएको र सोध्न खोज्नुभएको लगभग सबै प्रश्नको जवाफ त दिइ सकेकोछु किनकी मलाई थाहाछ तपाईं आँफै यती सुन्दर र मिठो भाव पोखेर पत्र झै यती लामो र अर्थपूर्ण खबर हरु लेखेर मलाई पठाउन सक्ने मान्छे त्यसैले पनि मलाई आशाछ मेरो खबर हरुको जवाफ पक्कै पनि बुझिसकेको हुनुपर्छ तपाईंले, तसर्थ बस यसरी छोटो अर्थमा बुझ्नुहोस म तपाईं लाई प्रेम गर्न लागेको रहेछु त्यो तपाईंको अनुपास्थितिको छट्पटी र एक्लोपन ले भनिसकेकोछ, र तपाईंले सोध्नुभएको अर्को प्रश्नको जवाफ पनि दिन्छु है ल प्रीय मान्छे ल सुन्नुहोस । 

यो विवाह इत्तरको तिमी संङको एकोहोरो प्रेमले पागल बनाएको छ, मेरो आफ्नै महाराज प्रती मैले पाप गरिरहेकी छुकी मलाई हरेक प्रश्नको जवाफ देउ प्यारु हरेक प्रश्न को जवाफ देउ । 

मैले धेरै पहिले एउटा कुनै उपन्यासमा पढेकी थिए

सम्झे त माया अमर छ 

बिर्सेंत माया बेकार छ ।। 

प्रीय मान्छे यो माथिको लाइन हजुरकै पत्र मेसेज बाट लिएको हुँँ किनकी मैले माथिको पंतिमा केही भन्नै पर्छ जस्तो लागेर पुन हजुरकै शंदेशको पंती यहाँ ल्याएर हजुरलाई भन्न मन लाग्यो, प्रेम कुनै उमेर समुह जात धर्म सस्कार सस्क्रिती भनेर गर्ने वा गरिने हुन्न, यो आँफैमा पवित्र शब्द हो, अपवित्र त यौन पिपासु हरुले बनाएका हुन तर मेरो नजरमा तपाईंले गर्नुभएको म प्रतिको प्रेम चोखो छ अमर छ अजर छ, प्रीय मान्छे किन कि हामी संग जिबनका कयौ रंग हरुछन तिनै रंग हरु मद्धे विवाह वा हाम्रो पारिवारिक निजी जिबन र प्रेम दुई नितान्त फरक कुरा हुन किनकी प्रेम परिवार मा मात्रै हुन्छ भन्ने छैन अनी प्रेम कुनै उमेर समुह र अबिभाहित महिला पुरुषमा मात्र हुन्छ भन्ने छैन, यो जुनसुकै उमेर र जुनसुकै अवस्था र ठाउँमा हुन्छ त्यो हामी बिचमा भएको छ अनी हामी मात्रै यस्तो प्राणी होइनौ कि त्यो प्रेम हामीलाई मात्र भएको होस यो हरेक घर परिवार र समाजमा भएको हुन्छ, बस हामीले हाम्रो नाङ्गो आँखाले नदेखेका वा नसुनेका मात्रै हौ तर हरेक लाई हरेक संग प्रेम हुन्छ परिवार भन्दा फरक आफ्नै फरक जिबन पनि मान्छेका हुन्छन त्यो आफ्नो निजी जिबनमा परिवार र समाजलाइ असर नपुर्याइ आफु खुशी हुनु वा प्रेम गर्नु एउटा सचेत ब्यक्तिको नैतीकता र ब्यक्तिगत स्वतन्त्रता को कुरा हो उस्ले कस्ले कस्लाई प्रेम गर्न हुन्छ वा हुँदैन भनेर, किनकी प्रेममा मनको भावना संगको नातामा कुनै सम्भिधान वा कानुन बुँदागत उलेख गरिएको हुदैन बस हामीले सचेत प्राणी भएर अरुलाई दु:ख नदी प्रेम गर्न सक्छौ त्यो पनि जिबनभर असल पवित्र चोखो अनी अनन्त सम्म एउटा क्षितिजमा आज अस्ताउने सुर्य भोली उदाउछ लगतार उस्तै हरेक दिन, त्यसैले मैले भन्न खोजेको कुरा हजुरले नभुझ्ने कुरै आउदैन, बुझिसक्नुभो, मैले धेरै यहाँ के भनुम र प्रीय मान्छे यो भन्दा धेरै, अन्य बाँकी कुरा त भबिस्यले हाम्रो संबादले पनि कती कुरा र कती परीघटनाले प्रस्ट्याउदै जालन । 

सानोमा प्रकाश कोबिद को उपन्यास पढ्न खुब मन पराउथे र पढेर रुन्थे पनि, तर आज आफ्नै प्रेम पढ्न मन लागेर आएको छ, यो नजानिदो आफ्नै प्रेम संग डाको छाडेर रुन मन लागेकोछ, किनकी म यतिबेला सिर्फ वा सिर्फ हजुरको प्रेममा बगेकोछु, डुबेकोछु, जती भाग्न खोजेपनी प्रेमरुपी ति सामुन्द्रीक छालहरुले मलाई अझ भित्र लगेर धकेल्दैछ कि म हजुरलाई मुटुमा राखेर आँखा भरी सजाएर राखुँ कहिले न अघाउने गरेर प्रेम गरिरहु, हजुरको प्रेमले यती भोक दिएकोछ कि मलाई सँधै त्यो भोकले सताइ रहोस प्रीय मान्छे, र आज तिनै कोबिदले लेखेको उपन्यासको पंतिको एउटा रचना यहाँ लेख्न मन लाग्यो । 

मोती दिएर आशु बटुले 
हार भएन जित । 
हाँगा बाट खसेको फुल ले 
भुल्न सकेन प्रीत ।।

हो प्रीय मान्छे यहाँ आशुले बटुलेका प्रीत हरुले जित्न सिकाउछ, अनी हाँगा बाट खसेको फुलले पनि आफ्नो प्रीत भुल्ल दिदैन भने हामी त सजिब मान्छे हौ, अनी यो खबरको अन्त्यमा भन्न मन लाग्यो कि सुरुवातमा हजुरले सम्बोधन गर्ने नाम को हक माग्नु भएको थियो त्यो हक हजुरलाई पुरापुरा छ, हजुर जसरी पुकार्नुहोस् जसरी सम्बोधन लगाउनुहोस् सँधै शिरोधार्य छ स्वुइकार्यछ, र सँधै त्यो नाम हरुको उपनाम अनी ति सर्बनाम हरु प्रीय हुनेछन मेरा लागि जसरी बोलाउनुहोस आँखा चिम्लेर सुनिरहनेछु, श्रवण गरिरहनेछु एउटा प्रेमको अमृत सम्झेर । 

लत, प्रीय मान्छे मेसेज निक्कै नै लामो भयो होला पढ्न झर्को लाग्छ होला बिन्ती छ झर्को नमानी पढेर उत्तर दिनुहोस् है ल, अहिले लाई यो कम्प्युटरका किबोर्ड हरु थकाई लागेर सुस्ताउन लागेकाछन बिदा हुन्छु मिठो र प्रीय प्रतिउत्तर हरुको ब्यग्र प्रतिक्षा मा यो कल्पनाको भाव सागर बाट हजुरको इच्छा मुताबिक हजुरलाई तिनै हावा र हजुरको तातो कफिको बाफको उश्ण संगै धेरै धेरै स्नेह र चुम्बन हरु पठाएकोछु जुन तपाईं चाहनुहुन्थ्यो, सहस्र स्विकार्नुहोस है ल, पुन स्पेस र डिएम मा भेट्ने र ति मधुर ध्वनी हरु सुन्ने सुनौलो आशा राख्दै अहिले लाई बिदा हुन्छु । 

उही हजुरलाई माया गर्ने 
पारीजात  
       
 
  
रचना- अर्पण योन्जन (शिरिष)
मिती- २३,भदौ २०७८ 
तदनुसार- ८, सेप्टेम्बर २०२१ 

Sunday, September 5, 2021

कथा- भाग-२, एउटा प्रेम यस्तो पनि,

समयले कती चाडै कोल्टे फेरेछ आखिर घडीको सुइन हो उस्लाई कस्ले नै पो रोक्न, सक्छर ?  उ, निरन्तर घुमी रहन्छ चली रहन्छ एक रफ्तारले प्रिथिबीको गोलो दुई ध्रुबहरु जस्तै सुर्यको परीक्रमा गरेझै, हरेक दिन टेबलमा भएको सानो घडीले मलाई झस्काउछ र उठाउने गर्छ हरेक दिनको पहिलो बिहानिमा मेरो निन्द्रालाई खल्बलाउदै, हो आज पनि बिहानै ३:४५ मा घडीको आलाराम ले उठ्न संकेत गर्‍यो, म निन्द्राबाटै छामछाम छुमछुम गर्दै घडीको आलाराम बन्द गर्ने कोशीश गर्छु तर हातले टेबलमा रहेको घडी भेटिन र आँखा मिच्दै उठेर बेडै छेउको झ्यालको पर्दा खोलेर बिहानी हुनुको अर्थ लगाउदै हाइ काड्दै अल्छि मानेर उठे, पारी क्षितिजमा अर्ध चन्द्रमा पश्चिम दौडने प्रकृयामा रहेछ, राम्रो संग उज्यालो भुइमा नखसेको हुनाले होला अर्ध जुनको मधुरो प्रकाश झ्याल बाट मेरो शिरानी सम्म ठिकियो, अनी मेरो रुम भन्दा पाँचसय मिटर पर रहेको मस्जिदबाट ईस्लाम धर्मलम्बी हरुको पहिलो हजान अल्लाह अक्बर इलाहा भन्दै एकोहोरो आवाज गुन्जिरहेको थियो, उठेर झ्यालबाट बाहिर नियालेर हेरेर जिउ तन्काउदा ओर्दा बिहानको चार बजिसकेको थियो, र वासरुम जानलाई तौलिया तयार गरेर ठीक्क के पारेको थिए अनी खै अचानक के कुरा खेल्यो मेरो मनमा र मोबाइलमा वाइफाइ अन गरेर हेरे केही कुनै नोटिफिकेशन हरु छनकी भनेर, फेसबुक र ट्विटरको सय भन्दा धेरै नोटिफिकेसन आएको रहेछ, अनी डिएम मा मेसेज बसेको हरियो सिग्नल देखे, मन कौतुहल भो मेसेजको हरियो सिग्नल देख्ने बित्तिकै डिएम तिर प्रबेश गरे र हेरे, म छक्क परे, असमन्जसन भो, के गरौ के नगरौ भो, खुशी भनौ कि के खै म अक्कनबक्क भएको थिए, बास्तबमा मानौ कुनै आफ्नो मन परेको चिज हराएर पुन धेरै दिनपछी भेटे झै मेरो अनुहारमा चमक छाएको थियो, जुन मेसेज देखेर आज दुई महिना पछी सुक्न लागेको मेरो मनको माझेरिमा फेरी हरियो आशाको दुबो पलाएको थियो, किनकी मलाई यतिधेरै खुशी दिने मेसेज त्यही थियो जुन उस्ले आज गरिकी थिइ र म पक्का भैसकेको थिएकी, यतिका दिनपछी मेसेज उसैको रहेछ, मेसेज एउटा पत्र झै निक्कै लामो रहेछ, मलाई हतार भो केछ यती लामो मेसेजमा कती खेर पढौ र कतिखेर सकौ झै भयो र उत्सुक्ता र खुशीको कौतुहल्ता बिच मैले पत्र झै त्यो लामो मेसेज पढ्न थाले, पत्रमा लेखिएको थियो । 


प्यारो मान्छे ! 

मिठो सम्झना साथै धेरै माया र अनगिनिती स्पर्स हरु पठाएकोछु तिमीलाई, मेरो घरको कौसिको कुर्सिमा म बसिरहदा मलाई छुएर बग्ने हावा हरुको एक झोका आसा छ तिमी भएको ठाउ सम्म मेरो आभास लिएर आउने छ र, तिमीलाई छुएर उ पुन फर्किएर भन्नेछ मलाई, मैले तिम्रो पारीजात लाई छुएर फर्किएकी छु भनेर, र म ढुक्क हुनेछु त्यतिबेला जतिबेला म हरेक बिहानी बार्दलिमा बसेर तातो कफिको बाफ संगै गुनासो गरिरहेको हुनेछु जुन बाफले पनि तिमीलाई छुएर आएको होस, जस्ले जुन बाफ र हावाले तिमीलाई छुएर फर्किनेछ म सम्म र म ति हावाहरुलाई अंकमाल गर्नेछु तब बल्ल म चैनको श्वास फेरेर हरेक दिनको सुरुवात गर्नेछु । 


प्यारु मलाई थाहाछ तिमी लाई सम्बोधन गर्ने कुनै त्यस्ता शब्द हरु मेरा लागि छैनन किन कि तिमीलाई सम्बोधन गर्ने उपनाम हरुको शब्द बुनेर टप्प टिप्पी तिमीलाई पहिरिदिउ तर त्यो हक म संग छैन आज सम्म, तैपनी मेरो आफ्नै मन र जिद्धिले तिमी लाई प्यारो मान्छे र प्यारु भनेर बोलाउने हिम्मत जुटाएकिछु कम्सेकम त्यती भनेर बोलाउने हक त दिन सक्छौनी है प्यारु ? ठिकैछ तिमी दिदैनौ भने पनि म आँफै भन्नेछु त्यो तिमीले चाहेर रोकेर वा बन्देज गरेर मलाई रोक्न पाउने छैनौ किनकी मैले तिम्रो भौतिक शरीर लाई भन्दा तिम्रो हृदयलाई माया गरेकिछु । 


प्यारो मान्छे म तिमी लाई कसरी भनौ मैले यो सहि गर्दैछु कि वा गलत म आँफै छुट्याउन सकिरहेकी छुइन, यो कतिको जायज हो वा नाजायज हो,मैले बुझ्न सकिरहेकी छुइन, जिबनको शुरुवातमा जतिबेला म बैंशालु थिए जतिबेला म बिस, बाइस बर्षको को उमेरको थिए त्यो बेलाको कल्कलौदो ऊमेरमा पनि मैले कसैलाई प्रेम गर्न सकिन नत मैले आभास नै गरे, तर आज जिबनको कयौ घुम्तिहरु पार गर्दै उकाली ओरालिहरुमा अनेकौ भोगाइ हरुसंगै जिबनले यतीधेरै पाठ सिकाइसकेर यतिबेला म तिमी संग  प्रेम पड्दैछु माया पड्दैछु, प्रेम भित्रको अनुभुती पड्दैछु, अझ यसरी भनुँ मेरो मस्तिस्कले र मेरो आँखा भित्र जताततै तिमीलाई पड्दैछु, तिमीलाई पढ्नु भनेको मैले आफुले आफ्नै प्रेम र जिबनको पानाहरु पल्टाइरहेकोछु, म आफुलाई तिमी भित्र अनुभुत गर्दैछु, हिजोको दिन सम्म म मेरो लागि बाच्थे भने आज म तिम्रो लागि बाँच्न थालेकोछु, मलाई थाहाछ यो समुन्द्रपारिको भौतिक दुरीबाट तिमीले कहिलै छुन सक्नेछैनौ, तैपनी तिमीले आफ्नो त्यो पौरुश्ताको कशिलो अंगालोमा बाधेर मेरो हरेक अंगहरुलाई चुमेको अनुभुती गर्दैछु, अनी यो काल्पानिक नै सही तर तिम्रो भावनात्मक हृदयमा बाधिएपछि म पूर्ण नारी हुनुको अर्थ भेट्दैछु, अनी यतिबेला म सोच्दैछु म मेरै महराजको सिउदोको सिन्दुर भएर उसैको भौतिक स्पर्स बाट मैले दुई सन्तानहरुको जन्म दिएकोछु तर पनि सिउदोमा सिन्दुर भर्दैमा र भौतिक स्पर्स र सन्तानको आमा हुँदैमा प्रेम पूर्ण नहुनेरहेछ भनेर यतिबेला बुझ्दैछु, थाहाछैन आज मलाई त्यस्तो के यस्तो मदहोसी पिलायौ र म तिमीलाई एउटा प्रेमको कथा सम्झेर पाना पाना पल्टाएर तिम्रो हृदय पड्दैछु, एउटा सुनौलो सपना पड्दैछु जुन कहिले स्कुलमा पढाईएन ति अनुभब र स्नेहहरु, तर आज खै तिमीले मलाई त्यस्तो के पाठ पढायौ र म तिम्रो हरेक बोलिहरुमा, हरेक तिम्रो भाषाहरुमा तिम्रो हरेक हासोहरुमा, तिमीले लेख्ने हरेक कविताको भाव हरुमा प्रेम गर्दैछु, तिम्रो हरेक अक्षर हरुको व्याकरण हरुमा प्रेम गर्दैछु मानौ अब म तिम्रो हरेक मन भित्रको ढुक्ढुकी लाई र तिम्रो भावना अनी तिम्रो हरेक शब्द शब्दको मायाजालमा परेकोछु, मलाई थाहाछ प्यारु यो सब गलत हो, तर म के गरम मेरो मनले मेरो मस्तिस्कले गलत हो भनेर सुइकार्नै सकिरहेकी छैन, यता बर्सौ देखी विवाह बन्धन को एउटा रथलाई तानिरहेकी छु हाशिखुशी तर आज कयौ बसन्त संगै बिताएको आफ्नै महाराज संग मेरो मन र तन बिस्तारै टुटेर तिमी संग समाहित हुँदैछु मलाई डर लाग्दैछ कतै म जिबनको यो उतार्धमा आएर तिमीलाई प्रेम गरेर गल्ती त गर्दैछुइन, म प्रश्न माथि प्रश्न खडा गरेर उत्तर बिहिन भएकोछु प्यारो मान्छे, र आश गर्छु, बिन्ती छ तिमी संग यि सबैको उत्तर हरु तिमीले मेरो मेसेज हरु पढिसकेपछी पक्कै दिनेछौ भन्ने झिनो आशा गरेकोछु किनकी आशा सिवाय अरु केनै गर्न सक्छुर प्यारो जुन म तिमीले भन्नै पर्छ भनेर कर पनि त गर्न सक्दिन, 


प्यारु तिमी लाई थाहा छ म दुई महिना सम्म तिमी संङ संपर्क बिहिन भएर बस्दा कयौ प्रश्न हरु गरी बसे आफुले आँफैलाई, कयौ नाजवाफ सवाल हरुले आँफैलाई पिडा दिइ बसे, हरेक रात संगैको जिबनसाथी मस्त निन्द्रामा हुँदा म तिम्रै बारेमा सोच्दा सोच्दै आँखा फिटिक्कै झिमिक्क हुन पाएनन, कयौ दिन आँखा बन्द नगरि उज्यालो भयो, शायद यो दुई महिन तिमी मेरो पर्खाइमा वा मेरो यादमा कुनै रात कुनै पल तड्पिएनौ होला तर यता म भने कतिखेर साँझ हुन्छ र अध्यारोको त्यो सन्नटामा आँखा बन्द नगरी तिमी लाई कल्पी रहुँ तिम्रै कल्पनामा उज्यालो बनाउँ मलाई यस्तै हतार हुन्थ्यो महाराज यस्तै हुन्थ्यो, तिमीलाई थाहैछ हामी बिचमा असल मित्रता बाहेक केही छैन भनेर बारबार तिमीलाई खबरदारी गराएर सिमा नाघ्न दीन तर यता म आँफै भने हरेक दिनको तिमी संगको संबादले नजानिदो पाराले तिम्रो बसमा परिसकेको थिए, तिम्रो मायाले मलाई अंगाल्दै थियो, र म अचानक सोच्न पुगे म गलत गर्दैछु मैले यस्तो गर्नु हुन्न भनेर तिमी बाट टाढा हुन्छु भनेर तिमीलाई खबरै नगरि तिमी बाट दुई महिना बेपत्ता हुन कोशीश गरे, तर सोचे जस्तो कहाँ हुनेरहेछ र प्यारु तिमी संङ दुई महिना सम्म बेखबर बस्नु भनेको म आँफैले बन्द कोठाको जेलखानामा कैद गर्नु झै थियो, आफुले आफ्नै मुटु आफ्नै भौतिक शरीरबाट झिकेर छुटाउनु जतिकै थियो, त्यसैले तिम्रो सामु टिएल र स्पेसमा न आएपनी लुकिलुकी आएर तिम्रो टिएल नियालेर पढेर फर्कनु मेरो दैनिकी थियो एउटा खुशी अनी पिडा संङै, र, अन्त्यमा आफ्नै दिल लाई कन्ट्रोल गर्न नसकेर आज यो मेसेज गर्न वाध्य भए, तिम्रो कुन मोहक्ताले तानेर हो कुन्नी म तिम्रो डिएममा नफर्की मलाई धरै भएन, त्यसैले यो मेसेजको अन्त्यमा सोध्न चाहन्छु यदी चाहन्छौ भने मेरो सवाल को जवाफ छोडेर राख्नेछौ भन्ने आशा बच्चाएर राखेछु, प्यारो मान्छे के यो दुई महिनामा म जस्तै तिमी पनि तड्प्यौ ? के मैले झै मेरो टिएल आयोकी भनेर चिहायौ ? के स्पेस तिर आउछ कि भनेर मेरो आवाजको प्रतिक्ष्या गर्यौ ? के मैले गरेको यो आसक्ती तिमीलाई गरेको तिमी प्रतिको प्रेम हो ? यदी हो भने प्रस्ट संङ भन प्यारु मलाई यो अँध्यारो सुरुङ्ग बाट बहिर निकाल बिन्ती छ तिमी लाई कि प्रेम गर्छु भन कि गर्दिन भन एउटा कुरा प्रस्ट भन प्यारु नत्र मलाई यो विवाह इत्तरको तिमी संङको एकोहोरो प्रेमले पागल बनाएको छ, मेरो आफ्नै महाराज प्रती मैले पाप गरिरहेकी छुकी मलाई हरेक प्रश्नको जवाफ देउ प्यारु हरेक प्रश्न को जवाफ देउ, 

मैले धेरै पहिले एउटा कुनै उपन्यासमा पढेकी थिए

सम्झे त माया अमर छ 

बिर्सेंत माया बेकार छ ।। 

साच्चै नै प्यारो मान्छे माया जस्तो सम्झ्यो त्यस्तै नै हुन्छ होला, तर मेरो लागि मेरो माया मेरो प्रेम र मेरो जिबनको श्वास सबै तिमी भएको छौ, त्यसैले यो पत्रको भनौकी मेसेजको अन्त्यमा यस्को बिट मार्दै पुनश्च यदी गलतै भए पनि सपना र कल्पनाको भावसागर बाट तिमी लाई असिमित अशिम माया र न्यानो स्पर्स सहित अन्त्य गर्छु बिदा भए ल, 

उही तिम्रो भन्न नसकेकी तिम्रो भौमान 

तिम्रो नाम बिनाकी तिम्रो कथाकी पात्र बेनाम


पत्र श्वास भरमै कतिबेला सकियो, कती छिटो सकियो मैले पत्तै पाइन, पत्र भनौ कि मेसेजको शब्द शब्दको रस्वादन गर्दागर्दै नघाउदै अत्रिप्त हुँदाहुँदै साचिकै कतिबेला क्ष्यण भरमै पत्र टुङ्गिएको थाहानै पाइन, पत्र पढि सकेपछी मेरो ओठ तालु सबै सुकिरहेको थियो, म के सोच्ने केही मस्तिस्कमा ल्याउने केही सकिरहेको थिन, कतै खुशी त कतै धेरै डर थपिएको थियो मलाई मेरो आफ्नै पैताला मैले टेकेको धर्तिमा थियो वा थिएन मैले केही थाहा पाउन सकिरहेको थीन एकतमासले मनको ढुक्ढुकी बढेको थियो, केही नजानिदो पाराले हातको औंला हरु कापेर नौनारी खत्रक्क गले झै भएको थियो मैले मेरो आँखै अगाडि बली रहेको लाइट लाई पनि देखिरहेको थिन बिल्कुलाई मेरो अगाडि अध्यारो छाएको थियो, जती उ स्पेस र टिएल मा न आउँदा मन आतिएको थियो त्यो भन्दा धेरै उस्को पत्र मेसेज पाए पछी आतिएको थिए के जवाफ दिने के भन्ने के नभन्ने म आँफै अलमलमा परेको थिए म केही सोच्नै सकिरहेको थिन म सोच्दै थिए एउटा प्रेम यस्तो पनि हुनेरहेछ भनेर । 

  


रचना- अर्पण योन्जन (शिरिष)

मिती- २०,भदौ २०७८ 

तदनुसार- ५, सेप्टेम्बर २०२१ 






Thursday, September 2, 2021

कथा- भाग- १, एउटा प्रेम यस्तो पनि,

परदेशी जिबनको अनगिन्ती संघर्स हरुको एउटा श्रीङ्खला आज पनि उसैगरी ४५ डीग्रीको तातो रापमा गलाएर असाढ स्रावनको खेतमा जोतिने पशु झै दिनभरी नारिएर थकित मुद्रामा आफ्नो रुम तर्फ लाग्न सबैजना आफ्नो औजारहरु स्टोरमा बुझाएर हातमा हेल्मेट बोक्दै कम्पनिको बसमा चढ्न लामबद्ध भएर गाडी भित्र छिर्यौ, यहाँ लामबद्ध भएर बिहान बेलुकी लाम हुनु दैनिकी हो हाम्रो, यहाँ लाम नलागी केही हुँदैन बिहान डिउटी जाउ लाम लाग्नुपर्छ कुनै सिपाही झै, बेलुकी रुम फर्किनु लाम लाग्नुपर्छ, बजार जाउ लाम लाग्नुपर्छ, ब्याङ्कमा जाउ लाम लाग्नुपर्छ अनी बर्सौपछि घर फर्क एयर्पोर्टमा पनि लामबद्ध भएर लाम लाग्नुपर्छ, लाग्छ कहिलेकाहित यो लाइन त्यो बेला सुरुभएको हो जहाँ जिम्मेवारीको बोझ टाउको माथि आएको थियो, अनी यो लामबद्ध लाम त्यतिबेला टुङ्गिन्छ जतिबेला मृत्‍युको रथ चडेर आर्याघाटको स्वर्ग या नर्कको यात्रा नापिन्छ तर आजभोलि यहाँ मृत्‍युको राज चलेकोछ, मृत्‍युको राजमा आर्यघाट सम्म जानु र चितामा जल्न पनि लामबद्ध नै हुनुपरेकोछ, तैपनी मृत्‍युको अग्निकुन्डमा जलेर आकाश तर्फ धुवा बिलाउदै गएपछी वा जलेर राख भएको देहको खरानी नदिमा मिसिएर बगाएपछी अनी बल्ल यो लामबद्ध हुने लाम हरुले छोड्छ होला नत्रत जिन्दगी रहेसम्म जिन्दगीभर लाम लागेरै संघर्सहरु गर्नुपर्छ र पार गर्नुपर्छ कयौ दु:खसुख पानी झरी बादल बर्षा जाडो गर्मी कयौ जिबनका अनगिनी ऋतु र बषन्त हरु एउटा एकहुल बादल हरु जस्तै बनेर उड्नुपर्छ र छिनभरमै हराउनुपर्छ, नत्र जिबन रहेसम्म यो लाम हुने र लामबद्ध हुने अनी हरेक दैनिकिमा मान्छेले फलाम झै पिटिनुपर्छ नदिको बेगमा आएर ठोकिने ढुङ्गा झै ठोकिदै बग्नुपर्छ, धोबिको घाटमा लुगा चुटिएझै पछारे झै चुटिनुपर्छ बजारीनुपर्छ, र यसरीनै लामबद्ध भएर हामी बसमा चड्यौ तछाड र मछाड गर्दै ।  


दिनभरिको थकानले डामिएको सरिरका जिउदो लासहरु बोकेर बस बिस्तारै आफ्नो रफ्तार १२० को स्पिडमा गती बढाउदै बासस्थान तर्फ हुइकिन थाल्यो, एकघन्टाको लामो यात्रा पछी हामी थकित भएर जसोतसो लखतरान अवस्थामा रुम पुग्यौ र म पनि हतारहतार पसिनाले निथ्रुक्क भिझेको सरिरको युनिफर्म फेरेर किचन तर्फ बेलुकिको खाना बनाउन तर्फ लागे, बाहिर प्रचन्ड गर्मी अनी जमिन तातिएर निस्किएको बस्फिकरणको ह्युमिडिटी दिनभरिको सास पनि बिसाउन नपाउने कामको चाप लाई पनि भुलाउने गरेर किचनमा खानपिन बनाइसकेर खाइवरी म बल्ल रातको ८.४५ तिर बेडमा पुगेर घरमा केहीछिन कल गरेर सन्चो बिसन्चो हालखबर सोधपुछ भयो र केहीछिन मै फोन संबाद सकेर सामाजिक सन्जाल तिर प्रबेश गरे, धेरै दिन भएको थियो मैले ट्विटर नचारेको पनि किनकी त्यहा कुनैपनी आफ्नो मनको बह पोख्ने गरेर दु:खसुख साट्न सकिने गरेर लामालामा भावनाहरु पोस्ट गर्न नसकिने, त्यसैले पनि म खासै त्यतातिर छिर्दिन थिए तर आज खै केभो कुन्नी मलाई ट्विटरमा छिर्न मन लाग्यो, र म ट्विटर तिर छिरे, त्यहा छोटाछोटा बिचारहरु पोस्टिने एप्स्मा पहिलो चोटि स्पेस भनेर एउटा ट्विटरको फिचर आएको रहेछ, मलाई थाहा थिएन स्पेस भनेको लाइभमा बसेर केही मानिसहरु संबाद गर्छन् र केही तल बसेर अरुका कुरा सुन्छन भनेर, जब मैले क्लिक गरेर भित्र छिरे मान्छेहरुको भिड देखे त्यहा बिभिन्न मान्छेहरु आफ्नो बिचराहरु पोख्दैथिए कोही सुन्दै थिए मलाई अनौठो लाग्यो, ओहो म कहाँ आइपुगे भने झै भान भो, कतै म गलत ठाउँमा ता आइपुगिन म एकछिन त अलमल्ल परे, मानौ म कुनै शहरको एउटा नौलो भिडभाडमा प्रबेश गरेको छु, जहाँ अजनबी मान्छेहरुको चेहेरा भन्दा सिवाय अरु केही हुँदैन हो मलाई पनि त्यस्तै महसुस भएको थियो मेरो पहिलो पटकको त्यो अन्तरिक्ष्या को भ्रमण भनौ सामाजिक सन्जालको बिल्कुलै नयाँ र नौलो फिचरसमा मानौ म एउटा ठुलो चलचित्र भवनको भित्री अँध्यारो सुरुङ्ग भित्र कुनै नाम चलेको चलचित्र हेर्न छिरेको छु र, त्यहा भित्र नौलो मान्छेहरुको भिडभाड र होहल्ला छ जहाँ चलचित्र चल्नु अघी मानिसहरु हल्ला गरेर बस्छन हो मलाई यस्तै भएको थियो पहिलो पल्ट यो ट्विटरको स्पेसको दुनियाँमा प्र्बेश गर्दा कतै अनौठो कतै रमाइलो केही रोमान्चक मेरो मस्तिस्कको बातवरण र मेरो मनले भनिरहेको थियो आहा यस्तो पनि हुने रहेछ ।


साचिकै नौलो अनौठो सन्सारमा मानिसहरु आ आफ्न बिचराहरु राख्ने क्रममा पालैपालो कोही परिचय गर्दै थिए, एउटाको पालो सकिएपछी अर्कोले गजल सुनाउथ्यो, उस्को पालो लगत्तै मुक्तकको पालो आउथ्यो भने कसैकसैले बिचबिचमा रेडियोमा बिज्ञापन बजे झै होहला गरेर माहोल लाई केही सुन्यता चिरेर रमाइलोपन पनि थप्ने रहेछ, तर त्यसरी होहल्ला र रमाइलो गर्दा भने एकले अर्कालाई महोदय भनेर खिल्ली उडाएको हो वा इज्जत दिएको मैले ठम्याउन सकिन तरपनी महोदय भनेर गरिएको सम्बोधनले एकलेअर्कालाई निक्कै नै खारिएको वा भद्र भलाध्मी भएको आभास दिलाउदो रहेछ त्यही आत्मारतिमा मान्छे रमाउदै भएपनी एकोहोरिएको माहोल लाई चिर्ने कोशीस गर्दो रहेछ भने एकजना कुनै रेडियो टेलिभिजनको वा स्टेज कार्यक्रमको प्रस्तोता झै होस्ट हुनेरहेछ र उस्लेनै कस्लाई स्पिकर दिने र नदीने तय गर्दोरहेछ र उसैले बोल्न अनुरोध र स्वागत पनि गर्दोरहेछ, आहा कस्तो राम्रो रेडियो झै बोल्न र सुन्न पाइने म प्रफुल्ल आनन्दित थिए अनी यस्तैमा बिचबिचमा गित आउने र रहर हुनेहारुले गीत पनि गाउने रहेछ यतिकैमा एउटा नारी प्रतिनिधिले निर्मला बलत्कारको प्रतिबिम्ब टिपेर लेखिएको कविता सुनायो म पनि चुप्चाप निसब्द सुन्दै गए कविता यथार्थ र वास्तबिक थियो मन कटक्क खायो मस्तिस्क केही भुइचालो गएझै भाताभुङ्ग बनाइ दियो अझ एक अर्थमा भन्ने हो भने कविताको बिम्ब समाजको ऐनाको वास्तबिक बिम्ब थियो यो घिन लाग्दो पुरुष प्रबिर्ती प्रती,


म कविता मन पराउने र कहिलेकाही लेख्ने मान्छे पनि, मलाई कविताको हरेक अंशहरुले निक्कैनै भित्र कतै छुइरहेको थियो, दिनभरिको थकाई सुपरभाइजरको गाली घामको त्यो चरा खस्ने तातो रापको गर्मिको यथार्थलाई पनि भुलेर म आज निक्कै शितल महसुस गर्दैथिए शायद हुन सक्छ बर्सौ पछी आज मैले मन परएको बिधा सुन्न पाएर होला सबै दु:खकस्ट छिनभरको लागि नै किन नहोस् म भुल्दै थिए, स्पेसको त्यो कार्यक्रम निकै रोमान्चक बन्दै गयो रात छिप्पिदै गयो मानिसहरुको भिडभाड झन थपिदै गयो, शायद हुनसक्छ पर्देशमा बस्ने पर्देशिहरुको सबै काम सकिएर फुर्सदिला बनेर केही समय कटाउन आउँदै थपिदै थिए होलान, यस्तैमा मलाई पनि होस्ट बाट स्पिकर दिएर बोलावट भो, म छक्क परे कसरी चिनेर दिए कि वा अन्जान्मा, खैर जेहोस् म केहीनसोची चुपचाप स्पिकर एक्सेप्ट गरेर अरुले बोल्ने ठाउँमा पुगे, कुनै अन्जान ब्यक्तिले जाने झै गरेर बोलावट हुँदा आफुलाई निक्कै ठुलो र बरिष्ठ सम्झिदै निकै केही जानेझै गरेर माथि पुगे, र उता होस्ट बाट आवाज आयो, सर नमस्कार यहाँको पनि केही छ भने सुनौन, केहीछ तपाईं संग ? यो प्रश्न मलाई थियो अनी केही डराको भावमा केही गल्ती बोल्छुकी भन्दै हड्बडाएर बोले सर नमस्कार ! म पनि एउटा कविता भन्छुनी है, मेरो बिनय थियो होस्ट संग, उताबाट सबैले हस सर जेछ सुन्नाउनुहोस हामी सुन्न तयार छौ भनेर अनुमती आयो,र मैले मेरो एउटा पुरानो कविता संकल्प शिर्षकको सुनाए, कविता पस्चात सबैले वाह ! वाही! गरे, तर त्यो प्रतिकृया सुनेर एकातिर खुशी बन्दै थिए आफ्नो भावना सुनाउन पाउदा भने धेरैपछी, तर प्रतिकृया सुनेर म लजाउदै पनि थिए म नतमस्तक भए के भनुम के नभनुम भो म आफ्नै प्रसम्सा सुन्दा आँफैलाई लज्जित महसुस भैइरहेको थियो, 


धेरैपछी मलाई एउटा स्टेज मिलेको आभास भएकोथियो, मलाई एउटा रेडियोमा बोल्ने सपना पुरा भएझै ट्विटरको स्पेसले पुरा गरिदिएको थियो, शायद यो खुशी र यो रमाइलोपन पहिलोचोटी भएर होला म त्यो रात बिहानको २ बजे सम्म बसे उता स्पेस पनि भर्खर  भर्खर आएको भएर होला अरुपनी रातभर बस्दा रहेछन मलाई पनि त्यस्तै भएको थियो र त्यो रात पहिलो चोटि भएर होला सुन्दासुन्दै कतिखेर फुस्स निदाएछु थाहै पाइन । 

बिहानको दुई बजे निदाएको मान्छे टेबलमा आलाराम फिट गरेर राखिएको सानो टेबलघडिको सुइले कतिचाडै बिहानको चार बजाइसकेको संकेत गरेर बिउझ्यायो र म आँखा मिच्दै उठेर नुहाएर पुन सँधाझै उस्तै आफ्नो कामको नित्यकर्मा तिर लागे, तर दिनभरिको कामको जिम्मेवारी भए पनि मलाई त्यो रातभरको रमाइलो कविता, गजल, मुक्तक, गित कानमा गुन्जिरहेको थियो, साचिकै सिनेमा हेरझै रातभरको रमाइलोपनको द्रिश्य झल्झली आँखाभरी आएको थियो, कतिबेला सुर्य अस्ताउछ र बेलुकिको ६ बज्छ र रुम पुगेर खाना बनाएर खाएर कतिबेला सेपेसामा पुगेर बोलौबोलौ भएको थियो, यसरी नै हरेक दिनको मेरो ब्यस्तता र थकानलाई मेटाउने मेरो प्यारो साथी बनिसकेको थियो ट्विटरको स्पेस, 


प्रत्येक दिन डिउटी जानु र हतारहतार गरेर स्पेसमा बस्नु मेरो दैनिकी नै हुँदै गयो, हरेक दिन भिन्न कविता सुनाउदै गए सबैको हौसला वा फुर्काइ जे भएपनी मैले कविता सुनाउन हतार गर्न थाले जब मेरो कविता वाचन सकिन्थ्यो तब कविता माथिको टिप्पणी हुन्थ्यो, कतै खुशी र कतै आँफैलाई लाज लाग्थ्यो, आफ्नै कविता माथिको टिप्पणी र प्रसम्साले, यसैक्रममा स्पेसकै दौरानमा अन्य नयाँ सदस्य हरु पनि थपिदै गयो, बिस्तारै चिन्जान र पारिवारिक घुल्मेल र आत्मियता र स्नेहाता बड्दै गयो हरेकमा केहीन केही कला गला र संबादले एकले अर्कालाई नजिक ल्याउदै थियो, अहिले सम्झिदैछु म एउटा पल त्यो स्पेस सुरु भएपछिको केही दिनको कुरा थियो शायद यस्तै आजभन्दा पाँच महिना अघिको हो, यस्तैमा एकदिन मैले एउटा कविता सुनाए त्यो थियो ''आमा'' शिर्षकको त्यस्पछी मलाई डिएममा एउटा शंदेश आयो, 

सर नम्स्कार ! 

मलाई रुवाउनु भयो, साचिकै यथार्थ र वास्तबिक समाजको ऐना बोकेको कविता भन्नुभयो, यती मिठो कविता सुन्न अवसर दिनुभएकोमा यहाँ लाई पुन हार्दिक धन्यवाद र सफलताको शुभकामना, आगामी आउने दिनमा पनि सर हजुरको कलमले निरन्तर्ता पावोस, पुनश्च शुभकामना तथा बधाई। 

म असमन्जसमा परे आज सम्म मलाई यसरी खोपी शंदेश पठाएर मेरो सफलता को कामना गर्दै मेरो कविताले मन छुएको कसैले भनेको थिएन 

केही सरम बोकेरै भएपनी लाजले नतम्स्तक हुँदै मेसेज माथि हासेको र लजाएको इमोजी पठाउँदै धन्यवाद हजुरलाई जस्ले मलाई हौसला प्रदान गर्नुभो,मैले आफ्नो औपचारिकता पुरा गरे, तर मेरो मेसेज पुग्न नपाउदै उताबाट केही रिसाएको वा प्रश्न बाचक चिन्न द्वारा सोधियो सर किन हास्नु भएको ? के मैले त्यस्तो हास्नु पर्ने गरेर कुनै केही बोलेर ? यदी त्यस्तो हो भने सरि है सर, तर म जोकर चै होइन। निकैनै तिक्ततापूर्ण सवाल थियो उताबाट, मैले हतारिदै जवाफ फर्काए, हैन हजुर जसरी हजुरले मलाई प्रसम्सा गर्नुभो म त्यस्को लायक छुइन त्यसैले हजुरले गर्नुभएको प्रसम्साले मलाई लाज लागेको हो बस मेरो मनोभाब यही थियो, अन्यथा सरी चाहन्छु मैले पनि सरिको भावमै जवाफ फर्काए, यसरी छोटो सवाल जवाफ हाम्रो पहिलो खोपी शंदेश थियो एक अर्कालाई,


दिनहरु सेकेन्ड मिनेट घण्टा दिन हुँदै महिना बित्दै गयो प्रत्येक दिन स्पेसको घनिस्टता सबै संग बड्गै गयो, दैनिक रमाइलो ठट्टा मा पनि पारीणत हुँदै गयो, लग्भग सबैजना संग चिनापर्चि र पारिवारिकता निकट्ता बड्दै गयो, तर यता मलाई भने यो स्पेसले दिएको घनिस्टता र स्नेहले केही राम्रा र सुन्दर मन र भावना भएको मित्रताहरु कमाउदै गएको थिए, हरेक दिन वहाँहरुकै फुर्काइ र प्रसम्साले कुनैन कुनै नयाँँ कविता हरु लिएर आऊनै पर्ने बाध्यता आइपर्‍यो, मेरो गाम्भिर्ता र मेरो ब्यक्तित्वलाई कायममा राख्न पनि मैले कविता लेख्नै पर्ने भयो, कुनैबेला पारिवारिक झमेला र जिम्मेवारीले लेख्न छोडिसकेको मान्छे वहाँ हरुकै कारणले अहिले पुन लगतारा लेख्न सुरु गरेकोछु, यस्तैमा मेरो कविताको खोपी शंदेश द्वारा प्रसम्सा र मेरो सफलताको शुभकामना ब्यक्त गर्ने मान्छे सित पनि नजनिदो पाराले नजिकैदै थियौ, हामी हरेक दिन प्राय दिन बिराएर सन्चोबिसन्चो र बिहान बेलुकिको कामना र हार्दिकता बाड्दै गयौ, हाम्रो न्यानो र चोखो मित्रता र घनिस्टताले कहिलेकाहीँ हसिमजाक पनि हुन थालयो, सर यस्तै हो भने त बर्बाद होला है ? पछी हजुर लाई गाह्रो होला भनेर प्रेमिल ब्यंग्य गर्थी, म पनि के कम तपाईं पिर नगरनुहोस म्याम बर्बाद भएछ भने म बेहोरौला नि ! मजाक मै जवाफ फर्काउथे म पनि, उनी उताबाट हासेको इमोजी फ्याकेर मेसेजको तल्लो लाइनमा लभ को चिन्न भएको इमोजी पठाउथिन, लाग्थ्यो मानौ हामी बिस्तारै मुनामदन मा पारीणत भए झै लाग्थ्यो कतै रोमियो जुइलियट को झै प्रेमिल जोडी हरुको कल्पना ले झस्काउथ्यो, तर सपनाबाट दुबैजना बिउँझीएर फर्किन्थ्यौ र पुन सम्हालिएर भन्थ्यौ सर यो हाम्रो चोखो मित्रता मात्रै हो है अन्यथा नलिनु होला अनी फेरी कुरै कुरामा आफ्नो सस्कार र सभ्यता प्रस्तुत गर्थी, अनी म पनि उस्तै जवाफ फर्काउथे पिर नगरनुहोस म्याम हामी एउटा मित्रताको सिमाना भन्दा पर पुग्ने छैनौ म ढुक्क छु र हजुर पनि ढुक्क हुनुहोस, म नारिको मन छुन सकौला तर तन छुएर एउटा नारिको नजरबाट गिर्न सक्दिन, मेरो जवाफ पुग्न नपाउदै पुन लब को इमोजी पठाउदै कती बौद्विक हुनुहुन्छ है, मलाई तपाईंको यही सालीन्ताले नै हजुर को नजिक ल्याएको हुँँ सर मेरो निकट्ता लाई गलत नठानियोस, साच्चै कती मिठो र घम्भिर सवाल गर्थी उनी, सालीन र भद्र पाराले जिस्कदै मलाई आफ्नो मित्रताको काडे तार न नाघ्न बराबर झक्झकाउथी, साचिकै हामी बिचमा नजानी नजानी कुन चै निकट्ताले हरेक दिन नजिक ल्याउदै थियो,हामी दुबै एक अर्कामा बिस्तारै एकाकार हुँदै थियौ, आखिर यो सम्बन्द्ध कहासम्म जाने हो थाहा थिएन, कहासम्म लाने हो थाहा थिएन, मानौ हामी दुई ध्रुबमा हुने बिपरित प्रेममा समाहित हुँदैथियौ वा अन्य केही, कहिले काही उस्को अनुपस्थितिमा सम्झिन्थे कल्पिन्थे आखिर हामी र हाम्रो सम्बन्ध केहो भनेर,आँफुले आँफैलाई प्रश्न गर्थे, तर म संग यि सवाल हरुको जवाफ दिने कोही थिएन, अनी मलाई थाहा छ मेरो प्रश्नको जवाफ दिने कोहिछैन 


निक्कै दिन अगाडिको कुरा हो थोरै केही बिसन्चो भएर म ट्विटर र स्पेस तिर आउन सकिन कतै खोजखबर पनि गरिन कसैलाई जानकारी गराउन मन पनि लागेन, तर पनि मनलाई बान्दा बान्दै टिएलमा एउटा हस्पितल को तस्बिर पोस्ट गर्न पुगे, लगत्तै डिएममा मेसेज आयो, मेसेज हेरे मेसेज उसैको रहेछ, ए बैमान नमस्कार ! कस्तोछ हजुरलाई ? म पनि निक्कै ब्यस्त भए खासै स्पेस तिर जोडीएको छैन हजुरपनी ब्यस्तताले होला भन्ने लागेको थियो, तर बिरामी पो पर्नु भएको रहेछ,आत्मबल बलियो बनाउनुहोला, छिटोभन्दा छिटो निको भएर आफ्नो नियमित दैनिकिमा फर्किनुहोला, र हामीलाई अझ मिठामिठा कविता सुनाएर आनन्द दिन आउनुहोला है अनी म विश्वाशत छु कि तपाईं मेरो न्यानो मित्रताले चाडै फर्कनुहुनेछ, मेसेज पढि सकेपछी एकप्रकार को खुशीको रेखा हरु दौडिए मेरा नजरहरुमा, म आँफैमा हराए बिरानो यो मरुभुमीमा बिसन्चो भएर हस्पिटलको बेडमा सुत्त्दा पनि नदेखेरै नभेटेरै पनि आत्मियता दर्शाउने आखिर कोही त रहेछ मेरो लागि पनि कामना गर्ने, अलिकती मन भक्कानियो मन कताकता बिचलित बनेर आयो र बेडमै टप्प आशु खसेकै थाहा पाइन कहिलेकाही खुशीहरुमा पनि कसैको सानो केयर को मेसेजले पनि खुशी दिलाउदो रहेछ मान्छेलाई आज मलाई पनि यस्तै भएको थियो त्यसैले पूर्ण विवरण सहित मैले पनि मेसेजको जवाफ फर्काए,


प्यारो मान्छे आज पहिलो पल्ट ए बैमान भनेर गर्नुभएको सम्बोधनले आत्मियता महसुस गरेकोछु, म नतमस्तक छु, यो सम्बोधनको लागि धन्यवाद दिन सकिन, किनकी धन्यवाद जस्तो औपचारिक शब्द बोलेर हजुरको मित्रताको खिल्ली उडाउन चान्न म, त्यसैले मुरिमुरी आभारी छु, बस, अलिकती प्रेसर थियो, अनी भ्याक्सिन लगाएको निहुँ मात्रै भाको, हस्पिटलमा कुर्सिमा बसेको थिए त्यस्को १५ मिनेट पछी मुटु कामेको फिल भो, अनी मेरो त सेन्सर नै हराएछ शायद त्यसैले ढल्न पुगेछु बसेको कुर्सिमै, निदाएको जस्तो देखेर नर्सले बोलाँउदा नचलेपछी थाहापाएछ बिसन्चो भएको, धन्न बाटोमा गाडीमा थीन, नत्र आज सम्म मरेको पनि एक हप्ता पुगुसकेको हुनेरहेछ हस्पिटलमै भएकोले केही हुन पाएन, अहिले ठिक्छु, थोरै मुटु कामेको जस्तो महसुस हुन्छ, अहिले बिहान बिउझदा ज्वरो पनि घटेको रहेछ, शायद आज नत्र भोली सम्म रुम फर्कन्छु होला, हिजोसम्म मोबाइल हेर्न गाह्रो भएको थियो, घरमा त भनेकै छैन अझ उताबाट कल गर्दा पनि थाहा नपावोस भनेर उठेर बस्छु, अनी उता पनि बिरामी छन, त्यसैले पनि यता परदेशमा आफु बिरामी भएको देखाएर  थप पिडा र पिर दिन मन लागेन, अनी तपाईं र स्पेसको सम्पूर्ण साथीहरुलाई धेरै मिस गरेको छु, मनभरी सम्झेकोछु, त्यो भन्दा धेरै तपाईं संगको ठट्यौली त झन धेरै मिस भएकोछ, कती मिठो आफ्नोपन दिनुहुन्थ्यो, सम्झिदैछु त्यो संबाद र बितेको यो एक हप्ता बर्सौ जस्तो महसुस भएकोछ, हस्पिटल बाट आज बिहान जान्छु भनेको जान दिएन, अनी अझै अरु दुई दिनको बेड रेस्ट दिएकोछ, त्यस्पछी त आइपुग्छु रुम र स्पेस दुबैमा, साथीहरुलाई धेरै माया सुनाइ दिनुहोला, आएर पुन यहाँ हरुलाई दिक्क लाग्ने गरेर कविता सुनाउनेछु, अनी शायद ब्यस्तताले गर्दा होला हजुरको मेसेज हरु खासै आउँदैन कतै दुइजनाको आपसी निजी संबादमा कुरैकुरामा रेलाठट्टा र हासो गर्दा हजुरको आत्मासम्मान मा चोट पुग्ने गरेर केही बोलेकी ! तर एउटा कुरा सत्य हो, स्पेसको माध्यम द्वारा भेट भएको मद्धे हजुर एउटा असल र आत्मिय साथी हुनुहुन्छ, फुर्काउन खोजेको होइन है, अहिले बिदा चाहन्छु, मेसेज पठाएँ, उता बाट दुखी भएको रुएको इमोजी आयो, झन मन दुखाएकी भनेर मन कटक्क खायो नमिठो लाग्यो, तर उनी अन्लाइनमै रहेछिन लग्गतै मेसेको जवाफ आयो बिरामी मान्छे अनी ब्यस्त मान्छे कतिधेरै दिमागलाई दु:ख दिनुभएको चिन्ता लाग्यो मलाई, मेसेज पढे उस्ले चिन्ता ब्यक्त गर्दै फेरी उही रुएको इमोजी पठाइ, म भाव बिभोर भए उस्को यो सदासायता देखेर, पुन मैले मेसेजको जवाफ फर्काए, दिमाग लाई दु:ख दिएको होइन प्यारो मान्छे यो सब तपाईं माथि तपाईंको ब्यबहारले उब्जाएको विश्वाश हो, विश्वाशले नै आजसम्म तपाईं नै हो भनेर बोल्दैछु नत्रत न मैले हजुरलाई प्रत्यक्छ्य देखेकोछु न हजुरले नै नत कुनै भ्वाइस संबाद एउटा स्पेसको आवाज र केही मुर्त डिएमा बाहेक अरुत केनैछर हामीलाई जोड्ने, अब हजुरले नै ढाट्नु भएको छ भनेत म के जानुम तर एउटा विश्वाशले नै हो आज सम्म को यो मित्रतामा कहिलेकाही लुकेर फेसबुक को वाल चोरेर तपाईंको तस्बिर नियालेर फर्किन्छु, थाहा छैन मलाई त्यो तस्बिर मा के आनन्द मिल्छ कुन आत्मा सन्तुस्टी मिल्छ ? हेर्छु जब तब देख्छु एउटा सालीन र गाम्भिर्य मान्छे जो मेरो नजरबाट कहिले झर्न वा गिर्न सक्दैन एउटा आत्मा बिस्वासी मान्छे म आँफै हराउछु त्यो तस्बिर हरु हेरेर त्यो ब्यक्तित्व संग,


यसरी सन्चोबिसन्चोको हालखबर को खबर सोधासोध हुन्थ्यो दिनहरु बित्दै गए मिठामिठा संबादहरु हुन्थे हामी बिचमा र सँधा झै उसैगरी हाम्रो संबाद हुन्थ्यो प्राय जसो बेलुकी समय गूड् नाइट बाट सुरुभएको संबाद कहिले कही हामी निक्कै पर सम्म पुग्थ्यौ र घरिघरि निक्कै रमाइलो गफ गरेर इमोजीले संकेत पठाएर दुबै खुब हसी रहेका छौ भन्ने संकेत दिन्थ्यौ दुबै तर्फ, आज पनि उसैगरी संबाद सुरु भयो गूड् नाइट असल मान्छे, मैले जवाफ फर्काए गूड् नाइट महाराज ! उताबाट जवाफ आयो यो महाराज भनेको चै केहो होनी भौमान, मैले मेसेज रिसिभ गर्ने बित्तिकै जवाफ फर्काए, महाराज आफुलाई आदर गर्ने स्नेह दर्शाउने असल मन भएको मान्छेलाई अपनत्व महसुस गरेर गरिने सम्बोधन हो जो मेरो मनको नजिक छ जस्तै हजुरले मलाई असल मान्छे, भौमान भनेर नाम दिनुहुन्छ हो त्यस्तै हो मेरो पनि, त्यसैले देखाउनु भएको अपनत्व आदरभाव मेरो लागि सँधै पूजानिय छ, हुनत म तपाईंलाई नाम दिन सक्ने हैसियतको त होइन तैपनी तपाईंको स्नेहले नै सँधै नजिक लगेर सम्बोधन गर्न वाध्य गराउछ, मेरो मेसेज उता जाने बित्तिकै सिन भएको देखाउछ र लग्गत्तै जवाफ आउछ अझ हासेको इमोजी थपेर आउछ मेसेज, धत लाटा हजुरलाई डर देखाएको मात्रै हो कती सारो सिरियस भाईहाल्नु भाको के फेरी ? यो साहित्यकार हरु लाई त केही भन्नै नहुने सिरियस लीहाल्ने अनी हासेको इमोजी, मैले जवाफ दिए म साहित्यकार होइन है मलाई यो शब्द मन पर्दैन अब देखी साहित्यकार नभन्नु होला म त्यो लेबलको होइन जती तपाईं सम्झनुहुन्छ, मत बस कहिलेकाही मनमा चोट पर्दा होस् वा तपाईं हरु जस्तो सुन्दर मन भएको हरुले फुर्काउदा लेख्छु, बस त्यतिनै हो मेसेज सेन्ड गरे, उता बाट पुन जवाफ फेरी उस्तै, अरुको लागि म जान्दिन तर मेरो लागि त प्रीय कवी हो तपाईं मैले आदर गर्ने साहित्यकार हो तपाईं यस्मा हजुरले मलाई अब्जेक्सन लाउन पाउनुहुन्न यो मेरो अधिकारको कुरा हो, तर मलाई त हजुर को जस्तो भावना पोख्न आउँदैन, मत यस्तो बिषयमा जिरो छु सर, दु:ख लाग्छ कहिलेकाही आँफैलाई, त्यसैले तपाईं मेरो आँखाको लागि साहित्यकार नै हो, हरेकले हरेक उमेर समुहको मन छुनेर गरेर लेख्न सक्दैनन त्यो क्ष्यमता तपाईं मा छ, त्यसैले पनि एउटा सफल साहित्यकार हुनुहुन्छ, उस्ले कती आदरभाव राखेर बोल्छ मेरो प्रसम्सा गर्छ तैपनी कहिले काहित खिल्ली उडाएझै पनि लाग्छ तैपनी मेरो लागि उ बिस्तारै आइडल बन्दै गएकोछ,          

हरेक दिनजसो हाम्रो संबादहरु बाक्लिदै जादैथियो, मित्रताले प्रघाढ बनाउदै लादैथियो, र यिनै आत्मियपनले नै होला हामी कहिले बिषय प्रसंग त कहिले हासोमजाकमै समय कटाउथ्यौ र यसरी प्रत्येक दिनको संबाद शुभरात्री म्यामा,कित गूड् मर्निङ्ग म्याम सर बाट यसरी सुरु हुन्थ्यो, तर एकदिन निक्कै नै निरासभावले एउटा मेसेज पठाइन, सर धेरै सम्झना हाम्रो मित्रतालाइ कुनै दुई आत्माको प्रेम जस्तो नसम्झनुहोला, हामी नितात्न्त पारीपक्व उमेरका एक सह्रिदयी मित्र हौ, बाचुन्जेल एकले अर्काको मन नदुखाइ सुखदुख सेयर गरौ, जिबन आज छ भोली छैन, हाम्रो जिबन बिहान हुँदा कर्कालोको पातमा टप्किएको शितको थोपा जस्तै हो, थोरै हावा चल्दा पनि ढल्पल भएर पोखिन सक्छ अनी जती सुर्य छिपिदै जान्छ उतीनै शितको थोपा पनि सुक्दै बिलिदै हराउदै जान्छ, हो त्यस्तै हो मान्छेको काँचो शरीर एक मुठी सासले धानेको हुन्छ, झन यतिबेलात कोरोनाको महमारिले कतिखेर मरिने टुङ्गो छैन जताजतै मृत्‍युको बजार लागेकोछ कुन बेला जिबनको अन्त्य हुन्छ कसैलाई थाहाछैन मन अमिलो नबनाउनु होला बस बिन्ती गर्छु हाम्रो चोखो र पवित्र मित्रतालाई कहिले गलत अर्थ नलाउनुहोला अनी एउटा कुरा साच्चिकै मैले भन्नै पर्छ भौमान म हरेक प्रकारको मित्रताको सम्मान गर्छु, सबै प्रती उतिकै सम्मान छ मेरो, भावना सबैको आआफ्नै प्रकारको हुन्छन,आत्मियता पनि अलग हुन्छन, तर हरेक सम्बन्ध र मित्रताको म बराबर सम्मान गर्छु, ति मद्धेको तपाईं पनि एउटा मेरो स्नेही मित्रता हुनुहुन्छ जस्लाई म आँखा चिम्लेर विश्वाश गर्न सक्छु सम्मान गर्न सक्छु अपनत्व महसुस गर्न सक्छु, साच्चिकै भन्नु पर्दा मलाई हजुरको साहित्य, श्रीजना, र प्रस्तुतिको प्रसम्सक हुँँ र सम्मान गर्छु, यती भए ढुक्क भएर बुज्नुहोस, उस्को मेसेज सबै पढे निकै गम्भिर लाग्यो सम्झे आज सम्मानपुर्बक सालीन ढङ्गले किन यस्तो भनिरहेकोछ उ म छक्क परे के भनुम के लेखुम भो, एकछिन त असमन्जसमा परे, अनी फेरी मस्तिस्कलाई सम्हालेर पुन मेसेजको जवाफ फर्काए, प्यारो मान्छे मैले हजुरलाई एउटा कुरा पक्का गराउनै पर्छ, मान्छे जुनसुकै उमेर समुहका भएपनी कोही रुप रंग लाई प्रेम गर्छन्, कोही पहिरनलाई प्रेम गर्छन, कोही सारिरिक आकर्सणले प्रेम गर्छन् कोही मन पाउनत कोही तन पाउन प्रेम गर्छन्, प्रेमका अनेक अरंग हरु भए जस्तै हामी बिचको प्रेम एउटा असल मित्रताको प्रेम हो, जहाँ हाम्रो परिवार लाई पनि मिसाउन सकिन्छ, हामीले कोही कसै सँग लुकाउनु पर्दैन, पर्दा पछाडि उभिएर गरिने प्रेम वा मित्रता होइन हाम्रो, प्रेम सिर्फ बिपरित ध्रुबमा मात्रै हुन्न, प्रेम आमा बाउ, दिदिद्बहिनी, छोराछोरी आफन्त लाई पनि हामी प्रेम गर्छौ यो संसार चराचर जगत लाई पनि प्रेम गर्छौ हो हाम्रो प्रेम त्यस्तै मात्र हो, र म तपाईको भौतिक शरीर लाई होइन तपाईंको बौधिक्ता, तपाईंको ब्यक्तित्व, तपाईंको सालीन्ता तपाईंको भद्रता लाई प्रेम गर्छु इज्जत गर्छु बस मैले बुझेको यती हो, तपाईं ढुक्क हुनुहोस तपाईंको पछौराको छेउमा कहिले दाग लाग्न दिने छुइन एउटा असल मित्र बनेर, मैले जवाफ फर्काए उस्ले सिन गरेको देखायो, तर अरु बाँकी कुनै मेसेज वा इमोजी केही आएन,   


आज एक महिना भयो न मेसेज आयो न कुनै टिएल न कुनै कतै स्पेसमा उ अनी उस्को आवाज, म् सोची रहेकोछु, आखिर उस्ले त्यस्तो डिएम छोडेर आजको दिनसम्म यात्राो दिन किन हराइन, आखिर उ को थिन, कहाँ गैन, आखिर उनी थिन चै कस्ती, मलाई हरेक दिन जसो डिएममा बोलेर उत्प्रेरणा उर्जा थपी दिने अनी स्पेसको को त्यो आवाज आखिर तिनै थिन त, आज अचानक उनी कहाँ कसरी किन बेपत्ता भई जसरी मानौ मौसम बिग्रीएको बेला बादल भित्र कयौ यात्रु बोकेर उडेको ककपिट बेपत्ता हुन्छ, हो आज मलाई यस्तै सोच्न वाध्य बनाएको छ, मेरो मन लाई तौलिएर होकी वा उस्ले यती धेरै स्नेह दिएर आज कहाँ गैन, साच्चिकै उस्को आक्रिती कस्तो थियो होला, म आज पनि उस्को बाटो कुर्दैछु कतै टिएल र डिएम गर्दै स्पेस्मा झुल्किन्छ कि भनेर, मेरा मन भित्र अनेकौ तर्कना हरुको बिचमा डराइ रहेकोछु, उस्ले लेखेको अन्तिम डिएम र उस्ले भने जस्तै मान्छेको जिन्दगी छोटो छ भने जस्तै कतै यो कोरोन महामारिमा कतै केहीत भएन ? म त्रासपूर्ण प्रश्न गर्छु र आँफै भन्छु अहँ त्यस्तो त नहोला त्यो कहाली लाग्दो सोचाइ लाई मेटाउन खोज्छु, आखिर एउटा स्पेस मार्फत भेटेको मान्छे को लागि आज एक महिना सम्म नदेख्दा नभेट्दा र उस्को आवाजलाई सुन्न नपाउदा किन यो मन तड्पिदैछ, हामी दुबैले एकले अर्कालाई असल मित्रतताको रट रटाए पनि आखिर हामी बिचमा त्यस्तो कुन संबेदना थियो जस्ले यती नजिक बनाएर आज टाढा हुँदा यतिको छट्पटी भएकोछ मलाई, के यो एक महिनाको अवधिमा बोल्न नपाउदा मलाई जस्तै उस्लाई पनि छट्पटिएको होला र ? कि उ सँधै लाई यो दुनियाँमा छैन, ...... अहँ त्यस्तो अशुभ हुन सक्दैन,  मन लाई फर्काउछु, त्यो अशुभ खबर बाट, मानौ यतिबेला उस्को अनुपास्थितिमा बंगालको खाडीबाट उठेको मन्सुनी मन्को सुनामी हुँदै उस्को तस्बिरमा गएर ठोकिन्छ, र एकतमासले सामुन्द्रीक तट उभिएर पहाड बन्छ र बादल ठोकिएर मेरो आँखामा बर्षात हुँदैछ जुन सुनामी लाई रोक्न सकिरहेको छुइन, र यतिबेला म सम्झिदैछु र मन मनै भन्दैछु जिबनमा नसोचेको नभोगेको, एउटा प्रेम यस्तो पनि हुनेरहेछन, हावामा बिलिन हुँदैछ त्यो अभुतपुर्ब क्ष्यण जो अब कहिले फर्किएर आउदैन होला, त्यसैले आज अन्तिम पल्ट सोच्दैछु आखिर यस्तो पनि हुनेरहेछ "एउटा प्रेम यस्तो पनि"




रचना- अर्पण योन्जन (शिरिष)

मिती- १६ र १७ भदौ २०७८ 

तदनुसार- २, सेप्टेम्बर २०२१ 






Sunday, August 22, 2021

मृत्युको काखमा ममताको छहारी

मृत्युको काखमा ममताको छहारी


मृत्युको काखमा
ममताको छहारी😭
म कसरी भनौ
यो तितो सत्य
एक मुठ्ठी श्वास हुदा
तिम्रो छाती चुस्दै
निदाएको म
तिमी थाहै नपाइ
परलोक भएर
तिम्रो छाती
तिम्रो काख
तिम्रो अंगालो
हिउँ झै
चिसो भैसक्दा पनि
तिम्रो न्यानो काख सम्झेर
हिजो जस्तै आज पनि
कुम्भकर्ण झै
म निदाइ रहेछु
तिम्रो न्यानो काख सम्झेर //

सन्तानको प्रेमले
कहिले भोको पेट छु भनेनौ
बिरामले थलिएर जिर्ण हुदा पनि
बिसन्चो छु कहिले भनेनौ
मेरो बात्सल्यमा तिमी खुशी हुदा
दिनरात कहिले भनेनौ
बरु रोगिएको शरीर बोकेर
आफ्नो मुटुको टुक्रा काखी च्यापेर
आफ्नो गन्तव्य नाप्यौ
र, बा लाई भेट्न रवना भयौ
त्यो मृत्युको यात्रा नापेर//

गरिबीले च्यातिएको मन बोकेर
बिबस्थाको पाइला नाप्यौ
फाटेको तन बोकेर
कोखिलामा एउटा दुधे बालक च्यापेर
सुर्य अस्ताउदै गरेको त्यो पाइला
बसको सिटमा थ्याछ राख्यौ
पश्चिम अस्ताउने टुक्रिएको जुन झै
जिन्दगीको अन्तिम यात्रा गर्दै थियौ
फेरि कहिले नफर्किने गरेर //

बेलुकी तिम्रो दूध चुस्दै निदाएको
बिहान म रुदै बिउझ्दा
तिमी आफै कहिले नउठ्ने गरेर
चिरनिदमा सुतिरहेको
तिम्रो तातो काख
चिसो भैसकेको रहेछ,
बसको सिटमा तिम्रो शरीर
निन्द्राले झुकाए झै
तिम्रो शिरले अगाडी अडेसा लगाएर
मलाइ नै नियाली रहेझै
बस भित्र कोलाहल
चिच्याहाट,
मान्छेहरुको भिड अनि हतास
मामु मामु भन्दै
म बिउझिएर रुन थाले
तिम्रो देहले इहलिला समाप्त गरेको
प्राणले शरीर त्यागेर
चिसो अवशेष बनिसकेको
तिम्रो औला समातेर
तिम्रो बुबु चुस्न खोज्दै थिए //

तिम्रो ममताको काख भन्दा
मैले अर्को स्वर्ग देखेको छैन
तिम्रो स्नेहको छाती भन्दा
मैले अर्को सिंहमर्मर देखेको छैन
तिम्रो अंगालो भन्दा
मैले अर्को दरबार देखेको छैन
आमा हृदयको ताजमहल भन्दा
मैले अर्को सुन्दर आकृति देखेको छैन
घाम लाग्दा होस वा पानी पर्दा
तिम्रो पछ्यौराको ओत जस्तो
मैले अर्को छानो देखेको छैन
आफू भोकै आधा पेट बसेर खुवाएको जस्तो
मैले अर्को मीठो गाँस मानो देखेको छैन
ममतामा लुट्पुटाएर सँधै भन्थ्यौ
मेरो राजा
मेरो देवता
मेरो छुनुमुनु
तर अब,
तर अब, कहिले तिम्रो राजाले
त्यो अंमृत झै
पबित्र दूध चुस्न पाउने छैन
तिम्रो देवताले
तिम्रो नानामा कहिले सुसु गर्ने छैन
तिम्रो छुनुमुनुले कहिलै
पिठ्युँमा चढेर खेल्न पाउने छैन
किनकी
बेलुकी तिम्रो न्यानो काखमा निदाएको म
बिहानको सुर्यदय हुन नपाउदै
तिमी अस्ताइ सकेको रहेछौ आमा
कहिले नउठ्ने गरेर
कहिले नफर्किने गरेर
आमा ! आमा !! आमा !!!

रचना- अर्पण योन्जन (शिरिष)
मिति- ६, भदौ २०७८
तदनुसार- २२, अगस्ट २०२१

Saturday, August 21, 2021

कबिता र चेतनाको बिद्रोह !



देश बिर्सिएर इतिहाँस भुल्ने हरु
जो तिमी सजक हुनै पर्छ 
समय संगै छाएको सन्नटामा 
अर्को एउटा बिद्रोह हुनसक्छ
आजभोलि म 
आधुनिक मेशिन हरुको 
कि,बोर्ड हरु थिचेर 
मस्तिस्क हरुको 
संभोग गर्दैछु 
चेतनाको स्खलन पछी
भावना हरुको बलत्कार हुनु अघी
बिचार हरु गर्भवति बनुन 
र, 
कतै,
तिमी संग 
युद्ध गर्न सक्ने 
कविता हरुको 
जन्म हुन्छकी भनेर//


प्रत्येक दिनको सुर्योदय संगै 
भोली बिहान 
समचारको अर्को पंङ्तिमा 
अर्को एउटा मृत्‍युको
दु:खद समाचार छापिनु अघी 
अक्रान्त भएको मन बाट 
कुनै ज्वालामुखी बिस्फोट हुनु अघी 
मस्तिस्क हरुको ब्रम्हान्डमा 
अर्को बिद्रोह हुनु अघी
आँधिहुरी अघिको सन्नटा झै 
चुपचाप यो सुन्य समयमा  
म,डराई रहेकोछु 
कतै, 
चेतना हरु गर्वधान हौन  
र, तिमी संग 
युद्ध गर्न सक्ने
कविता हरुको 
जन्म हुन्छकी भनेर//


मलाई थाहाछ 
मेरो गर्भ बाट 
जन्मिएका कविता हरुले 
तिमी फुट्नेछौ 
तिमी टुट्नेछौ 
तिमी टुक्रा टुक्रा भएर चोइटिनेछौ 
र,नामोनिशान हुनेछौ 
किनकी 
तिमीले होस् गुमाएर 
हिटलर र मुसोलिना हुन खोज्यौ भने   
तिमीले चलाएका बारुद हरुले 
क्षणिक बिजय प्राप्त गरेपनी
भोली उदाउने बिहानिको सुर्य संगै 
मेरा कलमहरु राजश्वला हुनेछन
अनी यहाँ बुद्ध जन्मनेछन 
र, शान्तिको परेवा 
माथि आकाशमा उड्नेछन 
एउटा अघोसित शान्तिप्रीय युद्धबाट // 
 

मेरो एउटा बकपत्र तिमीलाई 
मेरो एउटा बिन्तिपत्र तिमीलाई 
म निदाएको छैन 
म हारेको छैन 
सगरमाथा ओढेर 
पहाड भएर उभिने बिम्ब म 
तराइका हरिया फाँटहरुमा खेल्ने म 
कविताहरुको कविता म 
म यहाँ आगो भएर बल्न सक्छु 
ज्वाला भएर जल्न सक्छु
हिमाल भएर उभिन सक्छु 
तिम्रो अन्याय अत्याचार हरु 
ज्वालामुखिको चट्टान हरु भएर 
बिस्फोट हुनसक्छु
आगोको लप्का हरु पिउदै 
तिमीलाई राख बनाउन सक्छु
त्यसैले मलाई 
तिमीले बुझ्ने कोशीस गर्नुपर्छ 
मेरो कलम हरु सँग निहुँ नखोज्नु 
मेरो शब्दहरु संग खेल्न नखोज्नु
मेरा अक्ष्यर हरुले 
गरीबको बस्ती पुग्नु अघी
चेतनाको दियो जल्नु अघी 
तिमीहरुले सुध्रीनु पर्छ 
सच्चिनु पर्छ 
नत्र,मलाई 
अर्को बिद्रोहको डर छ  
चेतना हरु 
गर्वधान भएर
तिमी संग 
युद्ध गर्न सक्ने 
कविता हरुको 
जन्म हुन्छकी भनेर//


रचना- अर्पण योन्जन (शिरिष)
मिती- ५, भदौ २०७८ 
तदनुसार- २१, अगस्ट २०२१

Wednesday, August 11, 2021

प्रीय काली- ६

सानेकी आमा पत्र शृङ्खला-6

ए कोछ हँ भित्र ?
कोहो बाहिर ?
😍म सानेको बा, तिम्रो महाराज अरु को हुनु, म आइपुगे काली अनि खोइत साने ? कहाँ छ नानी ?
😂ए ! तिमी आइपुग्यौ सानेको बा, धन्य तिमी आइपुगेछौ मैलेत तिमी यति छिटै आउछौ भनेर सोचेकै पनि थिन, अनि साने सुतेकोछ भित्र, तिमी पनि भित्रै हिड।

😍किन म आइपुगेको खुशी छैनौ र तिमी ? आउ कम्सेकम एक पल्ट त्यो न्यानो अंगालोमा बेरेर न्यानो स्पर्श त देउ लाटी, कि लजाएकी तिमि? लजाउनु पर्दैन के म तिम्रै सानेको बा हैनर? अनि यो के बेहाल बनाएर बसेकी ? त्यो रेशमी कपाल, जुन जस्तो मुहार यसरी बासको जरा झै र औसिको रात झै अनुहार बनाएर किन बसेकी, कम्सेकम कपाल सम्म त कोरेर बस्नुपर्छ, हो मलाइ थाहाछ, सुख दिन्छु भन्ने आफ्नो मान्छे परदेश गएर यो सास्ती खेपेर यदि कोहि फर्कन्छ भने कस्को मन थामिएला र सानू ? कसैको पनि मन थामिदैन, तन लोलाउछ मन गलाउछ मस्तिष्क हरु थकाउछ म बुझ्छु तर के गर्नु न तिमिले सोचेको थियौ न मैले सोचेको थिए, आखिर सुख खोज्ने बहनामा एउटा गरिबले परदेशिनु पाप थिएन सानू, आफ्नो परिवार बाल्बच्चा लाई सुख दिन्छु भन्नू सोच्नु सम्पती जोड्छु भन्नू कुनै अभिसाप थिएन सायद यदि थियो होला त तिम्रो र मेरो भाग्यको दोश थियो होला, हो सानू साच्चै तिमी बिना बिताएको परदेश को पल मित्रताले दिएको घात अर्काको देशमा बेहोरेको अनाहकको जेलनेल कम को सास्ती थिएन तर म भाग्यमानी थिए किनकी तिमि जस्तो जिबनसाथी मेरो साथ थियौ, तिमी जस्ती जिबनसाथी पाउनु पनि मेरो भाग्य नै थियो सायद मैले अघिल्लो जुनिमा कुनै पुन्य गरेको थिए हुँला,कुनै व्रत बसेको थिए हुला र हर दुखमा साथ दिने तिमी जस्तो जिबनसाथिको साथ पाएर पनि मृत्युको मुखमा पुगेर पनि दोस्रो जुनि लिएर फर्किएकोछु, धेरै कुरा त मैले सबै पत्र मार्फत नै भनिसकेको छु तैपनी तिमीलाई मेरो बिश्वास लाग्दैन भने जस्तोसुकै कसम खुवाए पनि खान तयार छु, तिमिले जे सजाय दिन चाहान्छौ म भोग्न तयार छु, हैन भने जुन दिन तिमिले मलाइ प्रेम गर्न थालेकी थियौ त्यो दिन तिमिले मेरो दुबै गाला समातेर मेरो आँखा नियाले मेरो प्रेम पढेको थियौ हो आज पनि मेरो यो चिम्से आखामा नियालेर मलाइ पढ्न सक्छौ सानू मैले कुनै गल्ती गरेको छैन, किनकी आफ्नो परिवार लत्याएर म सडकछाप जस्तै आफन्तले फ्याकेको एउटा निर्जीव शरिरलाइ जीवन भरेको छौ, मेरो सिन्दुर आफ्नो सिउदोमा भरेर दुनियाँ संग लड्न हिम्मत गरेकि एउटा देबि हौ सानू तिमि मेरो लागि देबि हौ, अबत केही बोल प्लिज बिन्तिछ काली तिम्रो सानेको बा कहिले गलत छैन र त्यो सिउदोको अपमान गरेर तिम्रो स्नेहको उपहास कहिले गर्ने छैन बिश्वास गर लाटी,

अनि सुनत, तिमिले बुनेको सुइटर र गल्बन्दी मलाइ तिम्रै हात बाट लाउनुछ, मैले पठाएको त्यो रेशमको पछ्यौरी तिमिलाइ मेरै हातले ओढाइ दिनुछ, तिमिले हरेक पल्ट भन्ने गरेको र तिम्रो सपना साने र तिम्रो अनि मेरो हामी तीन जनाको तस्बिर त्यो दिवालमा झुन्ड्याउनुछ, पहिले त्यो अतीत जस्तै पात्ले खेतमा धान गोड्दै टाउको जुधाउनुछ, नारायणी को त्यो बहाब संगै फेरि हामी प्रेममा हराउनुछ र पुन उस्तै ताजा दिनहरुको सम्झना गर्नुछ सानू आउ सबै तितामिठा पल हरु एउटा खराब सपना सम्झिएर भुलेर पुन उस्तै कहिले नमर्ने अमर र चोखो प्रीति लगाउनुछ र जल्ने र जलाउन खोज्ने दुश्मन हरु हाम्रो परिवार देखेर जलुन र राख बनेर खाग बनुन सानू आउ एक पल्ट यो आलिङ्गन मा,
ए ! साने पनि उठेछ, बिरोजी लाई एउटा फोटो पठाइ दिनुछ,तिमी पनि त्यो मल्मलको पछ्यौरी ओढ म तिमिले बुनेको सुइटर लागाउछु हामी तिनजनाको सेल्फी खिचौन है ल ,😍😍

😂काले साच्चै तिम्रो यो स्पर्शमा चुम्बकीय शक्ति छ कति मीठो छ यो अनुभुती तिम्रो काखमा म साच्चै सन्सारको सुख प्राप्त गर्न सक्छु स्वर्गको अनुभुती गर्न सक्छु अब तिमी आयौ मुर्झाएको कपाल अनि बिरक्तिएको योमन मा खुशी को बहार मात्रै होइन मेरो यी कलेठी परेका ओठ्हरुमा गुलाबी लाली तिमीले भर्नेछौ, हो एकपल को लागि हैन एक पटकको लागि हैन बारबार तिमिले गरेको गल्ती भनौ या ती मेसेज हरु ती तस्बिर हरुले मेरो हरेक क्षण सास लिएको छ, मेलापात लेखबेसी कुवा पधेरा घर गोठ बजारघाट जता गएपनी त्यसैले मेरो दिमागमा पछ्याइ रहन्छ तर बस जब तिमी जेल परेको थाहा पाए तब केही तिम्रो गल्ती हैन कि भन्ने मैले अन्दाज लगाए सायद कसैलाई हाम्रो चखेवाको जोडि झै भएर गरिखाएको कसैलाई मन नपरेको थियो होला, हाम्रो दुखले नै किन नहोस तर स्वर्ग जस्तो घरसंसार बिगारेर आत्मारतिको उत्सब मनाउन चाहान्थ्यो होला, हाम्रो घर जलाएर उ हिउदको न्यानो राप ताप्न चाहान्थ्यो होला आखिर यति ठुलो दुश्मनी साधेर हामीलाई अलग पार्ने कोशिश गरियो, तर मैले जुनबेला तिम्रो आखामा मेरो प्रेम पढेको थिए त्यसै दिन देखि म तिमिलाइ बिस्वास गर्छु महाराज, आज त्यो बिश्वास नभएको भए नारायणी ले मलाइ सँधैलाइ यो सन्सार बाट बिदा गरिसकेको हुन्थ्यो जुन बिश्वास र प्रेमले मलाइ बचाएर एकपल्ट पुन तिम्रो हुन जुराएकोछ, बामे सर्दै गरेको सानेले टुहुरो हुन बाट बचेको छ हो तिमी आइपुग्यौ यहि नै मेरो लागि ठूलो कुरा भएकोछ, तिम्रो गल्ती थियो थिएन तर निशर्त तिमिलाइ स्विकारेको छु राजा निसर्त स्विकारेकोछु । i love u राजा

प्यारो साथी बिरोजी !
धेरै सम्झना र माया ल, अनि आराम छु आरामको कामना गर्दछु साथै म यहाँ सकुशल आइपुगेको जानकारी गराउदछु अनि सुनन एउटा कुरा, तिमिलाइ साथी के भनौ परदेशको मेरो दुखमा हरेक तरिकाले मलाइ सहयोग गर्ने र मलाइ सम्झाउने तिमी साथी भएर पनि मेरो भाइ जस्तै व्यबहार गर्ने तिमी आज देखि साथी हैन भाइ भन्छु है ल , कान्छू,

जब म पिरले एक्लै बस्दा होस या कोरोनाले थलिएर बसेको बेलाको तिम्रो रेखदेख होस या म फसाइएर जेल पर्दा होस तिमिले परदेश मा भएर पनि जुन सहयोग गर्यौ जुन माया दर्सायौ त्यस्को लागि म सँधै आभारी छु, म तिम्रो हरेक सहयोग को लागि आभारी छु, धन्यवाद ले मात्रै पुग्दैन तैपनी आभार प्रकट गर्नु भन्दा ठूलो शब्द म संग केही छैन कान्छू, तिम्रो आत्मियपनले गर्दा परदेशको कहाली लाग्दो बसाइ बाट म नेपाल आइपुग्न सफल भएकोछु तिम्रो यो सदासयता सधाको लागि अबस्मरणिय भएर रहनेछ, अनि तिमी सँधै भन्ने गर्थ्यौ दाइ मलाइ तपाईं किन किन पत्र हरु कोरेको खुबै मन पर्छ, पत्रहरु पड्न खुबै आनन्द आउँछ भन्थ्यौ र यो सानो सम्झना स्वरुप पत्र लेखेकोछु स्वीकार गर है ल,

अनि अर्को हप्ता यहाँ बाट एकजना मेरो छिमेकी भाइ आउदैछन उन्को हातमा केही अचार हरु पठाएको छौ किनकी तिमिलाइ आँपको अचार र काँक्राको खल्पी हालेको अचार खुब मन पर्छ, तिम्रो भाउजू लाई भनेर पत्र सहित केही अचार हरु पठाइ दिएकोछु अनि त्यो कोशेली बिसेस गरेर मेरो सानेकी आमाको तर्फबाट तिमिलाइ सानो भेटी स्वरुप वा कोशेली स्वरुप तिमी जे सम्झ त्यो भित्र हामी र हाम्रो पुरै परिवार को माया मिसाएको छ है ल कान्छू, अनि एउटा कुरा तिमी सँधै भन्ने गर्थ्यौ यस्तो मुस्किलको घडिमा पनि साथ निभाउने देबि जस्तो हजुरको जीवन साथी र साने लाई हेर्ने ठूलो धोकोछ तपाईं हरुको एउटा तस्बिर पठाइ दिनु है ल दाइ भन्थ्यौ हामिले तिनै जना भएको तस्बिर पठाइ दिएकाछौ तिमी हेर्नू है ल मेरो देबि जस्तो जिबनसाथी र तिम्रो भतिजी सानेलाइ,

अन्त्यमा बाकी कुरा फोनमै कुरा गरौला है, अनि घरदेशी र परदेशी सबैमा घरमा भएको परिवार र परदेशमा रहदा आफन्तको बिचमा आइपर्ने समस्या हरु यहाहरुले पनि एक आपसमा समझदारी बिश्वास र प्रेमपुर्ण तरिकाले सम्बन्ध हरु निभाउन र एक अर्कालाई बिश्वास गर्न भन्न चाहान्छु, साच्चै भन्ने हो भने सम्बन्ध हरु आफैमा धागो झै संबेदनसिल हुन्छन जो सानोतिनो अबिस्वास मै टुट्छन ती सम्बन्ध हरु साच्चिकै कोमल हुन्छन त्यसैले मेरो परिवार मा घटेको यो घटना बाट यहा हरुले पनि सम्बन्ध जटिल अवस्थामा पनि जोगाउन र बिश्वास गर्न सक्नुहोस भन्दै हाम्रो टुट्न लागेको यो सुखी परिवार को तर्फबाट आज सम्म सहयोग गर्नुहुने, र मलाइ लागेको रिण तिर्न तपाईं हरुले जुन मानब्ता प्रस्तुत गर्नुभो जो जहाँ जुन अवस्था बाट भएपनि तपाईं हरुको ठूलो मुटुले गरेको आर्थिक सहयोग ले मैले रिण तिरेकोछु , यी सबै सहयोग को लागि विशेष गरेर बिरोजी भाइ, अप्सरा पन्त, रास्ट्रीय नानी, शोभा न्यौपाने उर्फ क्षितिज, जग्गु तिवारी, प्रकाश भन्डारी, सोबित पन्त, राधा पियारी, पवन ठटाल, टिआर ए आचार्य, बृश बहादुर रोकाय, यमुना पराजुली, कुमार कार्की र मैले नाम छुटाएका तर सदैब मेरो हृदय मा बस्नु हुने सम्पुर्ण लाई विशेष माया र सम्झना सहित आजको अन्तिम पत्रको बिट मार्न चाहान्छौ हस्त बिदा लिन्छौ हामी दुबैको तर्फबाट आशा गर्छौ आजको दिन देखि कुनै परदेशिले आफ्नो प्राण प्यारिलाइ पत्र लेख्नुपर्ने दिन न आवोस सोदेशमै रोगार बनोश भन्ने शुभकामना सहित बिदा हुन्छौ,

उहीँ तपाईं हरुकै प्यारो साथी
सानेकी बा र आमा
पारिजात/ कलौटी मैयाँ

रचना- अर्पण योन्जन (शिरिष)
मिति- २७, श्रावण २०७८
तदनुसार- ११, अगस्ट २०२१

आखिर कहिले सम्म अघोषित हत्या गरिरहन्छौ

 म एउटा बिम्ब देखिरहेको छु

जिर्ण भएको, बूढो शरीर
ढाकाको फाटेको टोपी
टोपिबाट निस्किएको
उस्को सेतो फुलिसकेको कपाल
हातभरी नसा मात्रै अवस्थित
फाटेको दौरामा तुना चुटिएको
दुबै सुरुवालको घुडा टालिएको
कलौटी परेको चेहेरा ले
एयर्पोर्टको आगमन कक्षको
ढोकैमा घरीघरी उ नियाल्दै थियो
र, मैले सोधे

नमस्कार !
को आउदैहुनुहुन्छ तपाईंको ?
मेरो आवाज आए तिर
अँध्यारो भैसकेको उस्को आखाले
पुलुक्क म तिर फर्केर हेर्यो
र, मधुरो आवाजमा भन्यो
छोरो,

मैले अर्को प्रश्न तेर्साए
उसोभए खुशि हुनुहुन्छ बा ?

बा ! ले लामो सुस्केरा तानेर
टोपी फुकाएर गोजिमा हाल्दै भन्यो
के खुशी हुनु र, बाबू ।
बिदेशबाट छोरा को
लास आउदैछ भनेको सुनेर आए
छोराको अनुहार हेर्न
छातिमा गाँठो पारेर आए
दुई चिरा भएको मुटु, एउटै बनाएर
कर्णाली देखि काठमाडौ सम्म धाएर आए

म ! निशब्द चुपचाप भए ।

सेतो तुवाँलो झै त्यो आखामा
आँसु बगाउदै
मन्लाइ गाठो पारेर
बा ! भन्दै गए

मेरो पाँच भाइ छोरो
आफ्नै रगतको डल्लाहरु
आज सबै सकिए
आफ्नै अगाडी,
आफ्नै रगत रित्तिएको देखे
बुढेसकालको लौरो सबै भाचिए
जेठो अम्रिका गाको, उतै भासियो
आजसम्म फर्केर आएन,
माइलो, लाहुरे हुन्छु बा भन्थ्यो
कास्मिरको लडाइँमा मारियो
साइलो मेलाम्चिमा पसल गर्छु भन्थ्यो
यसैपाली बाढिले घरबार सहित बगायो
काइलो अरब गए बा भनेर गएको
आज बाकसमा फर्किदैछ,
जाँदा बा ! पिर नगरेस है
पैसा कमाउछु,
रिण तिर्छु
गैरिखेत उकास्छु भनेर गएको उ
कान्छो पनि बिदेशै जान्छु बा भाथ्यो
मेरो सबै काख रित्तियो
नजा छोरो भने,
टेरेन
घर बाट हिडेपछी
बाटैमा तुइना काटेर नदिमा डुबेर मर्यो,

बा ! आफ्नै कथा भन्दै थियो
मन थम्न सकिन
अनि म ओझेले परे
मेरो देशको रेमिटेन्स पठाउने
बाकसमा बाधिएर आइपुग्नु अघि

र, मैले मन मनै प्रश्न गरे
सरकार !
उस्को समाचार ले दुख्दैन तिमिलाइ
उस्को तस्बिर ले पोल्दैन तिमिलाइ
बाढी र पहिरोले बस्ती उठाउदा
उस्को आफन्त पहिरोले पुरिदा
उ घरबार बिहिन बनेर सुकुम्बासी हुदा
हेलिकप्टर ले दुई पोको चाउचाउ
खसालेर फर्किदा
एकातिर घर खेत आफन्त बगाएको पीडा
अर्को तिर भोक रोगले सताउदा
अलिकति पनि तिम्रो मन अमिलो हुदैन
मेरो प्रश्न तिमी लाई सरकार
आखिर यो नियती भोग्ने
हामीले कहिले सम्म ?

जयसिंह धामी हरु
महाकालिमा खसालिनु
संयोग हैन, प्रायोजित हो
उस्को मृत्यु प्राकृतिक हैन
तिमिले गरेको हत्या हो,
देश चलाउने हरु हो
तिमिले बेचेको माटोको
सुरक्षा गर्दा सिमानामा मारिनु
त्यो पनि तिमिले गरेको हत्या हो,
भिरपाखा खोलानालामा
बस्ती बसाउनु नियती हैन
हाम्रो गरिबीको उपहास हो
त्यसैले सरकार
तिमिलाइ मेरो प्रश्न
जयसिंह धामी हरुको प्रश्न
एयर्पोर्टको ढोका कुरेर
छोराको लास कुर्ने बाउको प्रश्न
आखिर कहिलेसम्म
हामी र हाम्रो
अघोषित हत्या गरिरहन्छौ

रचना- अर्पण योन्जन (शिरिष)
मिति- २७, श्रावण २०७८
तदनुसार- ११, अगस्ट २०२१

Friday, August 6, 2021

सपनाहरू ले छल गरायो आमा

आजभोली
फिटिक्कै सपनाहरु
राम्रो देख्दिन
कहिले ठूलो बरको
रुख ढलेको देख्छु
कहिले उकाली चड्दा
आफ्नै गोडा गलेको देख्छु
कहिले आफै दुलही बनेको देख्छु
कहिले आफै नाचेको देख्छु
एकाबिहानै
नराम्रो खबर सुन्नु रैछ
र, पो आजभोलि
नानाथरी सपना देख्छु

कहिले बाढी पैरो आएको देख्छु
कहिले घरको छाना खसेको देख्छु
सपनाहरू ले आजभोलि
मलाइ तर्साउन थालेकाछन
घरै अगाडि सुकेको रुखमा
कराएको कागले
मन भित्र बेचैनिको
लौरो बर्साउन थालेकाछन
हिजो रातभर झरी बर्सी रहदा
कुकुर रुएर हैरानि बनायो आमा
दिनभर आँखा फुर्फुराए
यो मनको चाल बढायो आमा
आज एकाबिहानै
नराम्रो समाचार सुन्नु रहेछ
हाम्रो घरको मुल खम्बा ढल्नु रहेछ
तिम्रो सिउदो पखालीनु रहेछ
र, पो
सपनाहरुले छल गरायो आमा

बा, बितेको खबर सुन्ने बित्तिकै
मेरो छहारी ढलेको थाहा पाए
दशैमा नाना ल्याउने
नाना संगै रातो मिठाई ल्याउने
छिन्छिन बज्ने हरियो चुरा ल्याउने
कान्छी !
तेरो लागि यो लाछा डोरि भन्ने
सँधैलाइ त्यो हात गलेको थाहा पाए
आँगनमा हाती घोडा गर्ने
मेरो सुरक्षाको
सिपाही ढलेको थाहा पाए
तिम्रो सिन्दुर पुछेको थाहा पाए
गलाको पोते चुडाएर
हातको चुरा फुटाएको थाहा पाए
तिम्रो रातो धोती फुकाएर
सेतो बस्त्र तिमिलाइ दिनु रहेछ
अनि म,
आज देखि टुहुरो कहलिनु हुनुरहेछ
र, पो आजभोलि
सपनाहरू ले छल गरायो आमा,

कुटुम्बको आँगन बाट हाम्फाल्दै
तिमिले जन्माएको
ताराबाजी लैलै खेलेको
तिम्रो आगन टेक्दा
बाको पार्थिब शरीर अगाडी
पहिलो चोटी
तिम्रो सिउदोमा सिंदुर नदेख्दा
गलामा पोते नदेख्दा
छिमेकिले तिम्रो चुरा फुटाउदा
यता मेरो मुटु फुटिरहेको थियो
र, आफै बिरुप भए आमा
र, पो आजभोलि
सपनाहरू ले छल गरायो आमा

नानी त आइस भन्दै
अनुहारमा चमक नदेख्दा
कतैबाट तिमी आउदा
तिमी आएको संकेत
आज चुरिले नदिदा
बिहानै उठ्नु अगाडी
घडिको आलाराम हैन
तिम्रो हातको चुरिको छुन्छुन्ले
बिहान भएको संकेत दिने गर्थ्यो
आज त्यो चुरी नबज्दा
तिम्रो सेतो बस्त्रमा
म आफै कफन बनेर
बेरिए आमा
तिम्रो !
बिधुवाको सेतो बस्त्र संगै
मेरो मन अमिलो भएकाछन
आँखा धमिला भएकाछन
सँधैलाइ खोसिएको
तिम्रो रातो बस्त्र संगै
तिमी बिटुलो हुनुरहेछ आमा
अनि म टुहुरो हुनु रहेछ
र, पो आजभोलि
सपनाहरू ले छल गरायो आमा😭

............✍️
रचना- अर्पण योन्जन (शिरिष)
मिति- २३, स्रावण २०७८
तदनुसार- ६, अगस्ट २०२१