गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, September 7, 2019

ए साइला !!!

कविता - ए साइला !!!

ए साइला !
धेरै पछि आज तिम्रो
बासुरिको धुन सुन्न मन लाग्यो ।
धेरै भो तिम्रो बासुरिको रुवाइ
नसुनेको पनि मैले
बजाइ देउन एकफेर
त्यो मुर्चुङ्गाको गनगने धुन
टाकिको पत्ताको सुसेली
बिनायोको ट्याउँ ट्याउँ
आज पनि उसैगरी ।
किनकी आज मलाइ
धित मरुन्जेल रुन मन लागेको छ ।

थाहाछ साइला !?
गाउँ छोडेर हिडेको त्यो दिन
आज ठ्याक्कै छब्बीस बर्ष बितेछ,
आँखा भरी सपना सजाएर
गाउँ छोडेको दिन
आमा भित्र थैलिको कुना बाट
पचास रुपैयाँ झिकेर
बाटो भरी खाने मकै भटमास
पोको पार्दै ठुलो मान्छे बनेस कान्छा
घर नबिर्सेस, चिट्ठी लेख्दै गरेस
तेरो दाजुले पढी हाल्छ
पैसा धेरै कमाएर म बुढी आमालाइ पालेस
अंध्यारोमा सुक्क सुक्क रुदै
आमाले एउटा झोलामा पोको थमाइ दिनु भो
अनि म मोक्तानको काइला मामा माइजू सँग
हल्दार को छोरो मोहन काकाको गाडी चडेर
उ बेलाको लागि पर्देश मधेश झरे ।

हिड्ने बेलामा गोठको बाछो फुँफुँ गर्दै थियो
लाली गाई ग्वाँ... ! गरेर कराउदै थियो
घामले पारी लालिखर्कमा
चिहाउने कोशिस गर्दैथियो
मैले उकाली ओरालि गर्ने त्यो गोरेटो हरु
कान्छा जानेनै भैस त भन्दै थियो ।
गोले डाँडाले मलाइ चिहाएर हेर्न सिवाय
बिचरा केही बोल्न सकेन ।
कैजले पाखाले भन्दै थियो 
कान्छा त गएपछी त
म पनि सुन्ने हुन्छु होला
मेरो छातिमा कस्ले गाइबस्तु चराउछ होला
मेरो शरीर भरी फुलेको धयारोको रस
कस्ले चुसी दिन्छ होला
अनि भस्मे फाडेर कोट्याउदै
कस्ले सिलो सखरखन्ड कोट्याइ खान्छ होला
त्यो जुनेली घारिमा कस्ले लुकामारी गर्छ होला
अब जानेनै भैस कान्छा ?
माया नमारे फर्किएर आउदै गरेस है ।

म जवाफ बिहिन निर्मिमेस
त्यो रोधन, त्यो अनुरोध
नसुनेझै मन भरी गहरुङ्गो
अत्यास बोकिरहेको थिए
सायद म यति कठोर हुन्छु सोचेको पनि थिन
त्यसैले त मन भित्रभित्रै जवाफ दिदै थिए
कहाँ बिर्सन्छु र ? मेरो बालसखा नै तिमी हरु हौ
मेरो पाइला पाइला तिमी हरुको
छातीमा दौडिएर बितेको छ
तसर्थ एकदिन अबस्य आउछु
मेरो जवाफ यस्तै थियो, तर अनसुनी

तल फुल्व बेसि हरुले
अनि भाङ्ग्टेको गैरिले
सोध्दै थियो ।
सेतै फुलेका सिरुहरुले भन्दै थियो
कान्छा अब कहिले घाँस काट्न आउदैनस हो ?
हिटिको धाराले आँसु बगाउदै भन्दै थियो
एक अँजुली चिसो मेरो पानी
पिएर गएस है कान्छा !
सके त फर्किदा जिउदै बगिरहेको हुन्छु
वा ! सुकेर मरिसकेको हुन्छु
दैबको खेल कस्ले देखेको हुन्छ र ?
यी सबै सबैको रोदनपुर्ण आसक्ती
बितेको पनि आज छब्बीस बर्ष बितेछ ।

सुन्छु आजभोलि त सबैले बिर्से रे भन्छ
गाउँ बाट आउने जाने हरु
पुराना भएर सबै बद्लिए रे
चिराचिरा भएको छ रे मेरो प्यारो गाउँ
खै सबै बिकास ! बिकास भन्दै कराउदै
चिराचिरा पार्न तम्सेका छन रे ।
शहर देखि मैले खेलेको गाउँ सम्म
भुमाफिया पुगेको छ रे 
आज सबैले भौतिक सुख खोज्दै
मुग्लानी भाको छ रे
र सोच्दैछु म !
साच्चिकै म कति कठोर
कति निर्दयी, अनि कति निस्ठुरी भएछु
म ! मैले मेरो बालसखा बाल आँगन
भुलेर नफर्किदा
मेरो गाउँ पुरानो भएर
मेरो घरको बलेसि बिरानो भाको छ रे ।
धनुस झै शरीर भइसकेको मेरि आमा
मेरो कान्छा एकदिन त पक्कै आउँछ भनेर
बाटोभरी आँखा बिछ्याएर
माटाको घैलामा
कोदोको निख्खुर जाँड हालेर
नौ सिङ्गे भाले साचेर
पाथीभरा देबि लाई भाकल मागेको छ रे
मेरो कान्छा आउँछ एकदिन त पक्का भनेर
त्यसैले आज म
न असल सखा हुन सके
न असल छोरा हुन सके
कङ्क्रीट हरुले पुरिएको शहरमा
भौतिक सुख खोज्दाखोज्दै
मायाँ, प्रेम, स्नेह र अपनत्व बाट
धेरै टाढा पुगिसकेछु
र आज आत्माग्लानी को बोधमा
बेस्सरी रुन मन लागेको छ
त्यसैले बजाइ देउन तिम्रो त्यो
बासुरिको सुरिलो धुन ।
एक पल्ट धित मरुन्जेल रुएर
यो मन पखाल्न चाहान्छु
साइला ! बजाउन त्यो बासुरिको धुन
बिन्ती छ मेरो साइला !!!

रचना- अर्पण योन्जन
मिति २२ भदौ २०७६
रातको १ बजे
हाल साउदी अरेबिया ।

उही तिम्रो प्रीय साथी बादर !!!

कविता= उही तिम्रो प्रीय साथी बादर !!!

प्रीय साथी सम !!!
खै कसरी सम्मान गरु म !
तिम्रो न्यानो मित्रता
अनि ! तिम्रो अनुरोधलाई

तिमी भन्छौ नि, लेखे लेख भनेर,
सायद अबत लेखाइ मेरो लागि
निप भाचिएको कलम
मसि पोखिएको कागज को पन्ना
अनि कुहिरोमा हराएको काग झै
साच्चै म हराइ सके यी अक्षरहरु बाट
अनि भन्छौ कति मीठो सम्भोदनमा
ए ! बादर !! खुरुक्क लेख्न थाल्ने है !!!

हो सम ! तिमिले भने जस्तै
कवि बन्ने धोको थियो मेरो पनि
स्वरै नभए पनि ।
गायक बन्ने धोको थियो मेरो पनि
धोकैधोकोमा भने जस्तै
मनले कहाँ कवि बनिदो रैछर
धोकैधोकोमा कहाँ गायक बनिदो रैछर ।
त्यो सब हुनलाइ त,
लगन मेहनत, बौद्धिक्ता अनि !
पैसैपैसा हुनुपर्दो रहेछ
रत हार खाए मैले यी निस्ठुरी अक्षर हरु सँग

कसैको छोरिको सिउदोको
सिन्दुर पति हुनुको अर्थमा
सन्तान हरुको बा ! भएपछि
रगतको भोको पेट पाल्ने बाध्यतामा
बा ! बनेर जिम्मेवारी को
भारी बोकेर पर्दिसिए पछि
टाउको माथी एक गर्दै कयौ भारिहरु थपिए
नाम्ला हरु कयौ जुइना चुडिएर फेरिए
सपना, रहर, इच्छा हरु
कयौ पटक फेरिए
फेरिएका कयौ सपना सँग
कयौ अनुहारको पसिना फेरिए
भरभराउदो उमेरमा
पर्देशिएको चहकिलो अनुहार
बिस्तारै मुझा पर्दै फेरिए
तर मेरो जिबनको जुइना फेरिएन
त्यसैले त आजभोली
यो कविहरुको भिडमा
मेरो कलम हरुको निप भाचिएर
बिधुवा बनेर
सिन्दुर बिहिन भएकाछन
बिधुवा भएर सेतो बस्त्रमा ।

प्रीय साथी सम ।
भो यो निप भाचिएको कलममा
मसि भर्ने कोशिश नगर
उसैत म बिधवा बनिसकेको छु
अक्षर हरुको बस्तिमा
ब्यर्थैमा रंग भर्ने कोशिश नगर
मरेको यो जिउदो आत्मामा
जीवन भर्ने कोशिश नगर
रंग हरु पोखिएर
बेरंगी भएको यो जिबनको पर्खाल लाई
फेरि रंग भर्न कोशिश नगर
मुर्छित मस्तिष्क मा
फेरि सपना भर्ने कोशिश नगर

सम्झ एकछिनको लागि
ल फेरि रंग भरिएछ रे !
सपना बिउझिएछ रे !
मैले देखेको उडान फेरि उस्तै गरि
निलो आकाशमा उडान भरेछु रे
तर समसानघाटामा पुगेको मुर्दा उठेर
तिम्रो मित्रताको रिण कसरि चुकाउन सक्छु र !?
यदि पनि त्यो चिताबाट उठेर
पुन त्यही घाटमा
यदि पुगे भने म
सम ! तिमिलाइ ठूलो पाप लाग्ने छ ।
त्यसैले डर लाग्छ
मित्रताको सुगन्धमा
कतै दुर्घन्ध भै फुल्नु पो पर्छ कि ।?
त्यसैले बिन्ती गर्छु
आज देखि कहिले
ए बादर ! लेखे लेख नभन है !
किन कि म कवि हैन
तिम्रो न्यानो अनुरोधलाई
म न्याय गर्न सक्दिन !!!
हस्त बिदा है !
उहीँ तिम्रो प्रीय साथी
बादर ! बादर !! बादर !!!

रचना - अर्पण योन्जन
मिति २१ भदौ, २०७६ रातको १ बजे
हाल साउदी अरेबिया 

Saturday, April 13, 2019

बाबुको बेहिसाब जिन्दगी !

कबिता= बाबुको बेहिसाब जिन्दगी

आमा ! को मात्र, कविता लेख्ने हरु
बाबुको बेहिसाब जिन्दगीको
के कविता लेख्छौ र ?
रगतको आहालमा डुबेर
दोस्रो जुनि लिने आमाको
बेअर्थ यदि नलागे
कहिलेकाही !
बाबुको पिठ्युँ को फाटेको जडौरी
पैतालो को चिराचिरा परेको कुरकुच्चा
नङ र मासुको सम्बन्ध चिरिएर
घाउ नै घाउ भएको औला
शिरको टोपी फाटेर
नाम्लोको डाम बसेको तालु
छाला खुम्चिएर चाम्सिएको निधार
सन्तानको खुशिमा मुसुक्क हास्दा
कलेटी परेको त्यो दात
काधमा नाम्लो बोकेर
तिमी ठूलो मान्छे भएको
भबिस्य नियाल्दै
बिहान र बेलुकी आधा पेट खादै
दुई पैसा छुट्ला कि साहु बाट भनेर
आधा निन्द्रा मै भालेको डाक सुनेर
हतारहतार फेरि उस्तै हरेक दिन
जोतिने त्यो गोरु
मेरो बाउ हो भनेर
सिर्फ एउटा शब्द पोख्छौ के ?

हो आमा, हाम्रो जननी हो
हामी आमाको स्टाटस
आमाको कविता
लेखेर कहिले थाक्दैनौ
तर त्यही भबिस्यदाता
बाउको कहिले कविता लेखेनौ ।
खादै गरेको रोटिको टुक्रा बोकेर
बेलुकी फर्किदा आमा लाई
ल ! त्यस्लाइ खुवाउ है भनेर दिने
बाउको कविता कहिले लेखेनौ
तिमी लाई सरम हुन्छ भनेर
टाढाको शहरमा गएर
घामको राप अनि सितको सिरौटो छलेर
बगाएको पसिनाले
तिम्रो युरोपको सपना देख्दै
हरेक दिन जोतिन्छ बाउ
र सम्झिन्छ ।
छोरो इन्जिनियर रे
छोरी डाक्टर रे !
अनि खै अरु के के रे के के ?
थुप्रै सपना हरु देख्छ तिम्रो लागि
तिम्रो बाउ !

त्यसैले त्यो बाउको लागि
कहिले एउटा कविता लेख्यौ र !?
तिम्रो फेसबुक, ट्विटर र स्टामा
कहिले बाउको एउटा सब्द सहित
धनुस जस्तै भएको
लिङ्गे पिङ्ग को लाठारो जस्तो नुहिएको
शरीर को एउटा फोटा टास्यौ के
आफ्नो वालमा ?
छोराछोरी हो,
तिमिले लिने डिग्री मा
तिमिले देखेको बिस्वमा
बाउको थोपा थोपा
रगत मिसिएको छ
थोपाथोपा पसिना मिसिएको छ
पैताला हरुमा कणकण धुलो हरुले
तिम्रो अस्तित्व को पदचाप छोडेको छ
त्यसैले आजत
एउटा कविता लेखी देउन है ल
त्यो तिम्रो आकाश जस्तो बाउ को लागि ।

अर्पण योन्जन
३०,चैत्र २०७५
13 अप्रील 2019

म पनि कति स्वार्थी !

कविता = म पनि कति स्वार्थी !

म पनि कति स्वर्थी !?
आफ्नो पीडा भुलाउन
एक खिल्ली चुरोट सल्काएर
जिन्दगिको धुवा उडाएर
आकाश तियर नियाल्न
म तल्लिन छु !
दुई औलाको बिचमा
सल्केको चुरोट सँगै
म सोच्छु !
आहा ! कति मज्जा आइरहेछ ।
चुरोट अनि धुवा भित्र
म रमाइ रहेको छु
उ भित्र ।
आफू रित्तिनु को बिर्सिएर
उ जलेको मा मग्न छु ।
तर सल्किएको चुरोटको
पीडा मलाइ के थाहा !
उ भित्र भित्रै जलि रहेछ
र !
रिसले जलन को पिडाले चुर हुँदै
उ भनी रहेछ !
ए ! मनुष्य !!
तिमिले सम्झौ होला
मेरो जिन्दगी जलाएर
तिमी खुब खुशी छौ !
तर यस्तो नसम्झ
मेरो जलन को पीडा भित्र
तिमी पनि !
हरेक दिन,
पल पल
जिउदै जलि रहेछौ
अनि !
घडिको हरेक सेकेन्डमा
तिमी खरानी भएर
मेरो धुवाँ सँगै
उडि रहेछौ
निरन्तर ! निरन्तर !!!
माथी आकाशमा !!!

कान्छा भाइ योन्जन
चैत २१, ०७५
4, अप्रिल 2019

Saturday, May 7, 2016

पाप केहो पुन्य केहो

मुक्तक- ७ मे २०१६
पाप केहो पुन्य केहो धर्म कर्म सबै भुल्यौ
आफ्नो स्वार्थ पुरा गर्न बिश मलाई घोल्यौ ।
मानब्ता नै सबै भुली मित्रता मा खोट बनी
आगो लगाइ स्वर्ग जस्तो मेरो घर पोल्यौ ।।

अपराधी ठान्दा तिम्ले जती मेरो मन रुन्छ
तिम्रो कर्म मेरो कर्म छुटाउने देउता हुन्छ ।
मलाई मारी चयन् हुन्न तिम्रो पनि जिन्दगीमा 
ढिलो चाडो सबै लाई निसाब गर्ने माथि हुन्छ ।।


कान्छा भाई

Tuesday, March 29, 2016

युद्ध को सङ्खघोस !!!

कबिता- युद्ध को सङ्खघोस !!!
हो, आज म !
एउटा युद्ध को
सङ्ख घोस् गर्छु ।
हिजो सम्म तिमी हरु ले
थरी थरि को युद्ध गर्यौ
थरी थरी को परिवर्तन को
सङ्ख घोस् गर्यौ
युग र ईतिहास बदल्ने हुङ्कार गर्यौ
समय परिबर्तित हरेक बर्ष
अलग अलग रुपमा
तर उस्तै
रगत हरु को खोली बगायौ
मुक्त आकाशको सपना देखायौ
र घरि घरि
एउटा नाटकिय युद्ध को
सङ्ख घोस् गर्यौ ।
हरेक युद्ध को
तिम्रो कुटिल एजेन्डा हमेसा उस्तै ।
तर अहँ ! अब यस्तो हुने छैन
म माथि उस्तै कुटिल जाल
फेरी फ्याक्ने छैनौ ।
मैले गरेको सङ्खघोस मा
मैले बलात्कार हुनु पर्दैन
तिम्रो यौन प्यास हरु मेटाउदा
उल्झिएको मेरो गर्व र सन्तान ले
अनागरिक हुनु पर्ने छैन
तिमी मेरो जवानी माथि स्खलित हुँदा
जन्मिएको मेरो सन्तान हरु
तिम्रो सर्बोच्च को न्यायिक कठघरामा
डि एन ए को परीणाम पर्खेर
तिम्रो बिर्य हुनु को नतिजा कुर्नु पर्ने छैन ।
किन कि ! मलाई थाहा छ ।
मैले दुई हात हरु जोडेर
तिम्रो पाउ हरु समाउदै
भगवानको नाममा छोडि दिन बिन्ती गर्दा
आफ्नै घरको बैनी सम्झी दिन आग्रह गर्दा
सुनेर पनि नसुने झै हिङ्स्रक बनेको
घाइते सिंह झै मलाई झम्टिदै
तिम्रो बिस बर्से यौन उन्माद हरु
मेरो कलीलो योनी सङ्ग युद्ध गर्दा
मेरो योनी छेदन भएर निस्किएको रगत बग्दा
मेरो कुमारीत्व भङ्ग गर्न पाएको मा
विश्वायुद्ध जितेको सम्झिएको थियौ होला
त्यसैले अब म !
एउटा युद्ध को सङ्ख घोस् गर्दैछु ।
मेरो युद्धले तिम्रो हरेक कुटिल्ता पर्दाफास गर्ने छ
त्यो बेला मेरो पोटिलो स्तन
कलिलो यौबन हरुले भरिएको योनी
र ! मेरो कसिलो शरीर चल्ने
तर मेरो जात नचल्ने
तिम्रो पाप र कर्तुत हरुको भन्डाफोर गर्नेछु
जात र धर्मकै आडमा मलाई
सयौ भिड हरुको बिचमा
बेस्या र कमिनी, दमिनी, सर्किनी को संघ्या दिदै
दानबिय तिम्रो कर्तुत हरु अब दन्डित हुनेछन
किन कि मैले युद्धको सङ्खघोस गरेको छु ।
हो आज तिम्रो मनोमानी
पुरातन बादी सोचको बिरुद्धमा
तिम्रो लिङ्ग हरुको छेदन गर्न
संसार बाट तिमी जस्तो
नरपिसाच हरुको अन्त्य गर्न
मैले कसम खाएको छु
किन कि तिम्रो बिरुद्धमा
आज सुर्यस्तको साँझ हुनु अघी
क्षितिज को रातो घाम अस्ताउनु अघी
सङ्ख हरुको बेजोड ध्वनी हरुले
हो, आज म !
एउटा युद्ध को
सङ्ख घोस् गर्छु ।

कान्छा भाई (योन्जन)
२९ मार्च २०१६
१६ चैत्र २०७२

पढि हेर खुला छ किताब जिन्दगी को

मुक्तक, 

पढि हेर खुला छ किताब जिन्दगी को 
अफ्ठेरो छ जोड घटाऊ हिसाब जिन्दगी को ।। 
धेरै थोरै हुन्छ र मन सङ्ग को माया 
गरी हेर मायाको निसाब जिन्दगी को ।।।
सोचे जस्तो हुन्न रैछ बाटो जिन्दगीको 
हिंड्न खोज्दा ठेस लाग्ने बाटो जिन्दगी । 
बाडी आउँदा हात छोड्छन सङ्गै तर्छु भन्ने हरु 
कती काठोर हुँदा रैछन् माया गर्छु भन्ने हरु ।। 
को नै थ्योर तिमी बाहेक माया गर्छु भन्ने 
तिमी मात्र एउटा थियौ तिम्रो लागि मर्छु भन्ने ।।

मन्को दुरी बड्यो आज तिम्रो लागि टाढा भए
फुल जस्तो माया भन्थ्यौ बिझाउने काडा भए ।। 
मन पर्दा जानु भन्यौ रिसाउदा बाटो फेर्यौ 
मलाई छोडि अन्तै तिर जिन्दगीको पाटो फेर्यौ ।।

हर साझ हर रात सपनी मा

मुक्तक, 

हर साझ हर रात सपनी मा उस्ले बोलाउछ 
बिपनी को एकान्त मा यो मन टोलाउछ । 
कस्तो चिनो छोडि गयो पिडा मात्र बाँकी 
त्यही पिडा माया सम्झी आशु सेलाउछ ।।


कोही मान्छे यती धेरै खास छ मेरो लागि 
रिसाए नी बोलाउछ आश छ मेरो लागि । 
घ्रिणा गरे पनि किन यती धेरै उस्को माया 
जानु भनी बोलाउला आश छ मेरो लागि ।।


कोही आएर मलाई चिहाएर गयो 
फाटे को मन सिलाएर गयो । 
धेरै पछी फर्किएर आज उनी 
मन सङ्ग मन मिलाएर गयो ।।
आमा !!!
आमा ! बाबाले त सानैमा हामीलाई छोडेर टुहुरा बनाएर जानु भो, जुन सन्तानले आफ्नो बाबाको हातको औली हरु समाएर टुकुटुकु हिंड्न सिक्नु पर्थ्यो । भर्खरै ताते गर्न लागेको पाइला हरु लर्खराउदा लागेको चोटमा धुलो टक्टक्याउदै काधमा बुइ चढाउनु पर्थ्यो, बेलुकी भएपछी ओछ्यानमा आफ्नो ढाडमा राखेर हाती घोडा खेलाउनु पर्थ्यो यस्तो महान बाबाको अनुहार त हामीले देख्नै पाएनौ । त्यो सब हाम्रो भाग्यमा त थिएन थिएन तर आज हजुर ले पनि छोडेर जानु भाको बर्सौ भैसकेछ आमा । हामीले राम्ररी अनुहार चिन्न पनि नपाउदै यो संसार बाट बाबाले त छाडेर जानु भो जानु भो ! तर किन आमा हजुरले पनि हामी लाई एकलाई छोडेर जानु भो।? के दश महिना आफ्नो गर्भमा राखेर जन्माई सुटुक्क छोडेर जान के बाध्यता पर्‍यो होला र त्यस्तो हजुर लाई जो म बुज्न सक्दिन । आखिर तिम्रो आफ्नै सन्तान सँग के गुनासो थियो होला र बस पार्कको पेटिमा पाउरोटीको टुक्रा र चिया लिएर आउछु भनेर जानु भएको आज सम्म पनि फर्किएर आउनु भएन । आमा त मामाताकी खानि हुन्छिन भनेको सुन्छु आज भोली ठुलो भएपछी, सन्तानको भोको पेटमा रुएर मुख बाट न्याम न्याम ओकेलेर ख्वाउछिन रे आमा ! तर खोइ त आमा त्यो सब ? कुन त्यो कुरौटे समाजले कुरा काट्योर डाडा काट्नु भो यो भिडभाडाको कोलाहलको शहर छोडेर । आज म हजुर बिनाको जवाफहिन प्रश्न हरु गरी रहेकोछु आमा । कस्ले तपाईंलाई हेप्यो? कस्ले तपाईं लाई राणी देख्यो? कस्ले तपाईं लाई बेस्या देख्यो? कस्ले तपाईंको जवानीमा आँखा लगायो? एक्लो अबला गरीब नारी देखेर कस्ले तपाईं लाई बोक्सी देख्यो ? कि कुन बिलख्बन्दमा पर्यौ र हामीलाई एक्लाई छोडेर बेपत्ता भयौ आमा ?
आमा ! थाहा छ हजुर लाई !? त्यो सानो भाई दुद खान नपाएर रुदा कसरी हेरे होल मैले? भोकले छट्पटिएर बैनी रुदा कसरी खाना खुवाए होला मैले ? आफ्नै पेट भोकले दुख्दा के खाएर टारे हुला मैले? हजुर लाई के यो सब हुँदा पनि हाम्रो याद आएन होला? कयौ पल्ट बसपार्कको होटेल हरुमा खानाको भिख मागे, सबैले लखेट्ने कसैले दया माया नदेखाउने, यहाँ सबै स्वार्थी हुदो रैछ आमा । हुन त उनी हरु लाई पनि कसरी दोस दिउ म स्वार्थी भनेर जहाँ आफ्नै आमाले त कुन बहानामा बसपार्कको पेटिमा छोडेर गयौ अनी नाफाको जिन्दगी जिउने हरु सँग के गुनासो पोखौ र म । जुन दिन हजुरले छोडेर जानु भो त्यस दिन देखी कयौ रात आधा पेटमा बाच्यौ हामी । गर्मी मा त तै बरु ठिकै थियो लुगाको आवसेक्ता पर्दैन थ्यो । तर मच्छड र झरी पर्दा खुब सताउथ्यो । अनी फेरी जाडो को महिना आउथ्यो त पुष माघको सित, तुसारो अनी चिसो बतासले चिमोट्थ्यो । भाई र बैनी रात भर रुन्थे । कहिले काही फ्याकिएका पत्रीका र प्लास्टिक हरु भेला पारेर जलाउथे, तर त्यही जलाउन पनि कहिले काही सल्काउने आगोको झिल्का हुन्नथ्यो। कहिले काही त्यो चिसोले काठयाङ्रिएको रात घर मालिक्निले माथि बाट सब्जी धुएको पानी र उस्को नानी हरुको सु सु गरेको बाल्टिले फ्याकी दिन्थ्यो। हामी झन जाडो र चिसो पानी अनी पिसाब हरुले झन काठयाङ्रिन्थ्यौ । टाढा बाट कोही मैलो लुगा लाएको छोरीमान्छे आको देख्दा आमा आउनु भएछ भनेर धेरै पल्ट झुक्कियौ । उफ.....!!!
हो आमा !आज फेरी धेरै दिन पछी म थाकेको छु । मलाई फेरी तपाईंको मामाताको त्यो आचालको, त्यो साडिको सप्कोको छेउ खुब याद आएको छ । आज फेरी धेरै दिन पछी निक्कै भकानिएर रुदैछु। भाई पन्द्र बर्षको भयो मैले ठेला कुदाएर, गिटी कुटेर, होटेल हरुमा भाडा मोलेर मैले आधा पेट खाएर पनि पढाएको छु । यस्पाली S.L.C. पहिलो श्रेणिमा पास गरेछ । अब कलेज पढ्ने रे तर म त्यत्रो पैसा कहाँ बाट ल्याउ ? बैनिले पनि यसपाली जोड दुई सकेर स्कुल पढाउदै पड्दैछे उ पनि । मैले बिहे गरे, हजुरको एउटी सानी नातिनी जन्मिएकी छे, हजुरको बुहारी ले । उस्ले दिएको त्यो अंुल्य उपहार हजुर लाई बाबा लाई अनी मेरो लागि त्यो सन्सारको सबै भन्दा ठुलो खुशी भएकोछ । यदी साच्चै आज तपाईं हामी सँग भएको भए खुसिले भुइमा खुट्टा हुन्थेन होला तपाइको । हिजो जस्को कारनले जे कारण ले यो समाज त्यागेको भएपनी आज त्यही समाजलाइ छाती फुलाएर गर्वले घमन्ड देखाउनु हुन्थ्यो होला । तर यस्पाली को दसैंमा बुहारी ले सुनको सिक्री मागेकी थिन लाई दिन सकिन, हिजो बेलुकी बैनिले S.L.C. पास गरे भने स्कुटी किन्दिन्छु भनेको होइन भन्दै झगडा गरी, भाईले पनि त्यही मौका छोपेर स्पोर्टस घडी र थाइल्यानी जिन्सको पेन्ट नकिन्दिए पड्दिन म भन्दै भुन भुनिदै बाहिर निस्केको रातको बार्ह बजे तिर मात्र घर फर्कियो । म उ नआउन्जेल खाना नखाइ पर्खि रहे। त्यसैले आज आमा हजुरको आज फेरी खुब याद आएकोछ, यदी तपाईं मेरो सामु हुदो हो त हजुरको साडिको पल्लामा मुख छोपेर खुब डाको छोडेर रुन मन लागेको छ । आखिर सानै देखी दु:ख कस्ट र हन्डर खाने बानी परेर कठोर भएपनी म पनि त मान्छे नै हुँ । मलाई पनि त खुशी हासो माया सबै चाहिन्छ नि । मलाई आवसेक पर्दा चाँही कस्ले त्यो सब पुर गर्छ र ? उुउफ्फ।।।!!!
आमा ! म सानोमा हजुर लाई बाबा खोइ भन्दै खुब सताउथे । खाना खुवाउनको लागि आकाशमा लागेको जुन लाई देखाउदै बाबा उ त्यो माथि हुनुहुन्छ, मेरो छानु राजाको लागि धेरै नाना मिठाइ ल्याउनु हुन्छ भन्दै भक्कानिदै मलाई खुवाउन कसरत गर्नु हुन्थ्यो । तर म बाल सुलभ कहाँ मान्ने थिएर । तपाईं अवाक्क हुनुह्न्थ्यो र साडिको सप्कोले मुख छोपेर रुदा अनी म बल्ल खाना खान्थे। हो आमा ! आज धेरै दिन पछी त्यो पलको याद आको छ मलाई । आज निक्कै थाकेको छु । यदी तपाईं भएको भए आज पनि थकाई लाग्यो भनेर सोद्नु हुन्थ्यो होल, खाना नखादा कर गर्नु हुन्थ्यो होला सन्चो नहुँदा पानीमा फिट्किरी घोलेर पिलाउनु हुन्थ्यो होल। के भो तलाई भन त मलाई भन्नु हुन्थ्यो होला ।
आमा ! तपाईं जहाँ हुनुहुन्छ जस्तो अबस्तामा हुनुहुन्छ कृपा गरेर बाबु थाकिस भन्दै अाइदिनुहोस्न । म हजुरकै प्रतिक्षामा बसी रहेकोछु । अँ ! एउटा कुरा त हजुरलाई भन्नै बिर्सेंछु । म कहाँ छु यती खेर! र तपाईं लाई सम्झेर कुन ठाउमा बसेर रुदैछु थाहा छ ? हो हजुर लाई थाहा भैसक्यो । हजुर जहाँ बाबाको याद आउँदा नदी किनरको छेउमा आएर रातको चन्द्रमा लाई हेर्दै बाबा सँग कुरा गर्नु हुन्थ्यो ठीक त्यसै ठाउमा रातको चन्द्रमा संगै बाबा लाई साक्षी राखेर हजुर लाई याद गरी रहेको छु । हजुर को आउने बाटो पर्खि रहेको छु । तपाईं यो नसोच्नुहोस् कि मलाई मेरा सन्तान हरुले दुत्कार्ला ग्रिणा गर्ला तर अँह कदापी होइन । सन्तानको लाखौं गल्ती आफ्नो बाबा आमाले माफ गर्न सक्छन भने हजुर को एउटा गल्ती लाई माफ गर्न नसकौला र ? आखिर कोख त हजुर कै त होनी। सन्तान हजुर कै त होनी। हामी मा आखिर हजुरकै त हक छ नि । यदी हजुरको हक नहुने हो भने अरु यहाँ कस्को हक हुन्छ र ? जुन बेला टुहुरा र अनाथ हुँदा जस्ले कुनै एक टुक्रा रोटी त दिन सकेन । त्यसैले आज पनि हजुर को छोरा म पर्खि रहेको छु आमा । मलाई विश्वाश छ, एकदिन बाबु त सञ्चै छस भन्दै मेरो कपाल र गाला सुम्सुम्याउन आउनु हुनेछ । म पर्खि रहनेछु त्यो सुनौलो बिहानिको किरण लाई सधैं पर्खि रहने छु । सधैं ! सधैं !! सधैं !!!
हजुरको प्यारो छोरो ।
नट:- जब मैले यो तस्बिर देखे अनी तस्बिर सङ्गै निक्कै पर सम्म पुगेछु म। फर्कनै सकिन । अचानक यो रचना मेरो मस्तिकमा आयो आत्मकथाको रुपमा यहाँ हरुलाई पस्कने सुबर्ण मौका मिल्यो यो तस्बिर ले । हो समाजमा कहिले काही यस्तो घटना पनि घट्छ तर मैले आमा हरु निर्दयी हुन्छन भन्न खोजेको होइन । आमा हरु त संसारकी उत्कृष्ट देवता हुन्छिन । तर हाम्रै समाजले देबी जस्तो एकल आमा हरुलाई बाँच्न गार्हो पारीन्छ र साना साना बालबालिकाको हरुको भबिस्य अन्धकारम हुन जान्छन । त्यसैले हरेक एकल महिला हरुले आफ्नो लाला बाला हरु सँग जस्तो जे छ आफ्नो घरको सुख दु:ख इज्जत सँग जिउन पाउनु पर्छ, न कि समाजको गिद्दे नजरले होइन ।।।
परिकल्पनाकार:- कान्छा भाई (योन्जन)

तिम्रै हुँ म भन्न पनि

मुक्तक, 

तिम्रै हुँ म भन्न पनि छैन कुनै आधार 
तिम्रो दिल्मा फुल्न पनि छैन कुनै बहार । 
तिखो बचन् रुखो बोली सहेकै छु प्रहार 
तिम्रो जस्तै दिल्हो मेरो लैजाउ बरु उपहार ।।


रङ्गी चङ्गी दुनियाँ मा अन्तै फुल्यौ अरे
रमझम को शहर मा अन्तै भुल्यौ अरे । 
माया गर्ने मुटु बेची अन्तै डुल्यौ अरे
सडक पेटी किनारामा लाज खुल्यौ अरे ।।


जब आफ्नो माया गर्ने मान्छे आज टाढा गएपछी 
जती भुल्न खोजे पनि उस्को माया गाढा भएपछी । 
यही माया ले मार्यो मलाई उस्को याद ले मार्यो 
पल पल मर्छु आज भोली बाटो मोडी गएपछी ।।


भने जस्तो सजिलो कहाँ रैछ र भुलेर जिउन 
बरु देउ आफ्नै हातले सक्छु म जहर पिउन ।। 
फाटेको लुगा भए हातले सिउथे बरु जडौरी 
सकिन धुजा धुजा भै फाटेको मन सिउन ।।

तिम्ले जित्यौ मैले हारे

मुक्तक, 

तिम्ले जित्यौ मैले हारे तर कथा एउटै
जस्ले जिते हारे पनि मनको ब्यथा एउटै ।।
एकैछिन मा घाम लाग्ने एकैछिन मा पानी 
तिम्रो याद मा बाच्नु पर्ने कस्तो जिन्दगानी ।।

कही कतै मेरो पनि गल्ती हजार होलान
आफु लाई भुलाउने तिम्रो बजार होलान ।।
भाउ सोद्ला दुनियाँ ले पापी शहर होलान
फर्कि फर्की तिमी लाई हेर्ने नजर होलान ।।

भने जस्तो सजिलो कहाँ रैछ र भुलेर जिउन 
बरु देउ आफ्नै हातले सक्छु म जहर पिउन ।। 
फाटेको लुगा भए हातले सिउथे बरु जडौरी 
सकिन धुजा धुजा भै फाटेको मन सिउन ।।

दुई दिन्को खुशी लिएर आयौ जुरायो दैब ले 
छाती को मुटु चुडेर लग्यौ रुवायो दैब ले ।। 
कि दिनु साथ गोरेटो सङ्गै कि भेटै नहुनु 
सम्झना मात्र राखेर गयौ कुरायो दैब ले ।। 

नानाभाती कसम ख्वाउदै

गीत-
नानाभाती कसम ख्वाउदै जानु भनी बोलाउन लाई
कैले देखी सिक्यौ भन दिल्मा छुरा चलाऊन लाई ।।
नदेखेरै गाढा बस्यो मत माया गर्छु भन्थ्यौ
तिम्ले चोट दियौ भने मत बरु मर्छु भन्थ्यौ
किन आयौ जिन्दगीमा अन्तै कुरा चलाऊन लाई
कैले देखी सिक्यौ भन दिल्मा छुरा चलाऊन लाई ।।
साथ दिन्छु भन्ने मान्छे अन्तै माया लाको छौ रे
मन्को प्यास मेटाउन लाई अर्कैको भाको छौ रे ।।
कुन साट्यौ मुटु भन एक्लाई पारी टोलाउन लाई
कैले देखी सिक्यौ भन दिल्मा छुरा चलाऊन लाई ।।
नानाभाती कसम ख्वाउदै जानु भनी बोलाउन लाई
कैले देखी सिक्यौ भन दिल्मा छुरा चलाऊन लाई ।।
कान्छा भाई (योन्जन)
८ मार्च २०१६

सिसा झै फुट्यो मन्को एेना

गीत-
सिसा झै फुट्यो मन्को एेना कोरियो जिन्दगी
सकिन तर्न पिडाको सागर फेरियो जिन्दगी ।।
चर्केको छाती फुटेको दिल छामेनौ संगै हुँदा
छुएन कि कठोर् मन्लाई आशु झारी मैले रुदा ।।
दोस लायौ मलाई मात्र कसम भो जिन्दगी
सकिन तर्न पिडाको सागर फेरियो जिन्दगी ।।
निकाली मलाई त्यो मुटु बाट बसायौ उसलाई
हासेर बिदा गर्यौ मलाई बधाई छ तिमी लाई ।।
संकाले निभ्यो मनको दियो अध्यारो भो जिन्दगी
सकिन तर्न पिडाको सागर फेरियो जिन्दगी ।।
सिसा झै फुट्यो मन्को एेना कोरियो जिन्दगी
सकिन तर्न पिडाको सागर फेरियो जिन्दगी ।।
कान्छा भाई (योन्जन)
२८ फेब्रुवरी २०१६

तिम्रो याद हरु बोकेर


गीत-
तिम्रो याद हरु बोकेर मरेर जिएको छु म
जहर पिएर मर्छन अरु बिना पिएरै मरेछु म ।।
सोच्यौ होला खुशी छु म रमाउछु अन्त पनि
मुटु निकालेर भित्र खुशी छैनौ तिमी पनि ।।
खुशी लुटेर लग्यौ आँशु पिएरै हिंडेको छु म
जहर पिएर मर्छन अरु बिना पिएरै मरेछु म ।।
अझै उस्तै छन आशा तिमी आउने बाटा हरु
आइ छोइदेउ दुखे का मनका खाटा हरु ।।
सपना सङ्गै रहर फुटेर बिना दोश मरेछु म
जहर पिएर मर्छन अरु बिना पिएरै मरेछु म ।।
तिम्रो याद हरु बोकेर मरेर जिएको छु म
जहर पिएर मर्छन अरु बिना पिएरै मरेछु म ।।
कान्छा भाई (योन्जन)
२८ फेब्रुवरी २०१६

न मैले न तिम्ले लेखेको एउटा कथा छ

३-मुक्तक-
न मैले न तिम्ले लेखेको एउटा कथा छ
नमेटिने मन भित्र को पिडाको ब्यथा छ ।।
सम्झे दुख्छ आज पनि घोच्छ मुटु चस्स 
खै कुन पापी ले देको एउटा जेथा छ ।।
सोचेनौँ तिम्ले मैले दोस होकी अरु कसैको
बद्नाम गराउने नियत रोस होकी अरु कसैको ।।
कथा भित्र ब्यथा दुखेर बाच्यो जिन्दगी
बद्नियत मन्को कालो खोट होकी अरु कसैको ।।
खुला किताब झै पड्यो सबैले फाट्यो मन्को पाना
इज्जत लुटेर बाच्यो जिबन टुट्यो सबै सपना ।।
कसै लाई रुवाइ मारेर के पायो कुन्नी उस्ले
जिउदो लास झै गलेर बस्यो हाम्रो भावना ।।।
कान्छा भाई (योन्जन)
२५ फेब्रुवरी २०१६