गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Monday, January 18, 2016

आज पनि निश्ठुरी को

मुक्तक-
एक-
आज पनि निश्ठुरी को याद आयो फेरी
साँझ ढल्दा निर्मोही कै झल्को घरी घरी ।
कर्तब्य र तिम्रो माया मिलाएर सराबरी
राख्छु भन्छे उस्को मेरो मायाँ बराबरी ।।
दुई-
सम्झनामा नआउ भन्दा हेर्छे लुकी लुकी
परेलिमाई रोक्न खोज्दा झर्छे छुपी छुपी ।
पाप लाग्ला जलाउँदा तिम्रो घर-बारी
तृश्णा जाग्यो बैगुनिको याद आयो फेरी ।। 


कान्छा भाई (योन्जन)
९ डिसेम्बर २०१५

खै !???

कविता -

खै !???
तिमीले देको स्नेहले होकी
तिमीले देको घातले होकी
तिमीले देको बातले होकी
तिमीले देको रातले होकी
वा तिम्रो आघाध समर्पनले
आज भोली
मेरो आँखा हरु बाट
तिम्रो तस्बिर हरु
मेटिन थालेकाछन्
आँखा बन्द गरेर कल्पिदा
अँध्यारो, मधुरो,
हुन थालेकाछन्
तिम्रा आकृती हरु ।
मस्तिक भित्र स्‍मृति हरु लाई
समभोग गराउँदा पनि
बरु उल्टै सपना हरु
स्खलित भएर
पिडामा बद्लिन्छन
बरु तिम्रो मेरो अतितले
उल्टै चस्स घोच्छन
बरु त्यसैले आज भोली
तिमीले छर्किएर गएका
नुन चुक हरुमा
रात हरु लाई म
सजाय दिइ रहेको छु
त्यसैले सबै !
तिम्रो सम्झना हरु मेट्न
तिम्रो अभाबहरु लाई
मनको चुलेसिले रेट्न
एउटा अपरिचित ऐना भित्र
तिमी लाई हेर्ने कोशीस गर्दैछु
एउता अन्जान चित्र भित्र
तिम्रो आकृती खोज्दैछु
शायद त्यसैले होकी
एउटा आन्जान उस्को फोटोले
थोरै शान्तावना दिरहेको छ
थाछैन ऊ कोहो कुन्नी ?
तिमी हौ या तिम्रो प्रतिबिम्ब ?। 


रचना-कान्छा भाई (योन्जन)
९ डिसेम्बर २०१५

तिम्रो अमुर्त चित्र भित्र

कविता 

तिम्रो अमुर्त चित्र भित्र
म कैद भएको छु
यो रुमानी रातमा
याद हरु बसाइ सरेर
कल्पना हरु
पर्देशी भएकाछन ।
शायद त्यसैले होकी
तिम्रो निम्ती
कोरिने हरेक शब्द हरु
आज बन्दी भएकाछन
र म निशब्द,
शब्द बिहिन भएको छु
sory Dear !
तिम्रो निम्ती
आज कुनै शब्द हरु
जन्माउन सकिन ।


कान्छा भाई 
८ डिसेम्वर २०१५

Tuesday, December 8, 2015

तिम्ले किन नबुजे को ?

तिम्ले किन नबुजे को ?
मायाँ छ र त, 
याद आउँछ नि !
त्यै याद आउछ र त, 
सताउछ नि !
कती सजिलै भनी दिन्छौ 
सहज् बन 
तर कसरी सहज् हुन सक्छु र ?
भाको एउटा मुटु थ्यो 
त्यो पनि त तिमी संगै छ । 
अनी, कुन मुटु ले 
सहज, हुनु म । 
बरु भन !
कुन मुटुले बनिएकी छौ तिमी ।


रचना- कान्छा भाई (योन्जन) 

जिन्दगी यो कोही छ सडकमा

कबिता
जिन्दगी यो कोही छ सडकमा कोही छ महल्मा 
हिडि रहेछ कोही गोरेटोमा कोही छ कोलाहल्मा 
मन्दिर चर्च गुम्बा बनाउने हेर हात हरु यहाँ 
तिमी जस्तै मान्छे आज मर्दैछ बेहाल मा ।
सुन्दर छ जिबन दान गर मुठ्ठी खोलेर देउ 
गर सयोग खुला दिल्ले पुन्य तिमी लेउ । 
तिम्रो सानो हातले यदी उस्ले जिउछ भने 
पुछी देउ आशु दुई हातले बसी देउ उस्को छेउ ।
धर्म भन्दा कर्म ठुलो मानब भन्दा मानब्ता 
दाजी हेर दुबै धर्म कर्म छैन केही भिन्नता ।
यदी इस्वर भेट्नु छ भने धाउनु मन्दिर ब्यर्थ 
बाची हेर अरुको लागि छोडि देउ सबै स्वार्थ ।
रचना- कान्छा भाई (योन्जन) 
५ डिसेम्बर २०१५

आउँछे सुटुक्क अनी

:-एक-: 
आउँछे सुटुक्क अनी लाइक गरेर जान्छे 
केछ? सोद्न नभ्याउदै बाइ गरेर जान्छे । 
थाहै नपाई लोडसेडिङ को बिजुली जस्तो 
अचानक इन्बक्समा हाइ गरेर जान्छे ।
:-दुई-: 
ए ! बसन एकछिन त केको हतारो भन्दा 
फुर्सद छैन भरे आउँछु नाइ गरेर जान्छे । 
साईनो नलाई बोलाउँदा दङग हुन्छु मै पनि 
GF बनाउला सोच्दैथे दाई भनेर जान्छे । 
:-तीन-: 
गर्न गरी मोरिले साईनो सबै भाताभुङ्ग 
एकोहोरिएको दिलो दिमाख सबै लथालिङ् । 
साथी भाईको उक्साइमा FB खोल्या गाठे
धरोधर्म चलाऊदिन मान्छे फसाउने नाथे ।
रचना- कान्छा भाई (योन्जन)
५ डिसेम्बर २०१५

ए रात मेरो निन्द चोरी भयो

गीत-
ए रात मेरो निन्द चोरी भयो खोजी गरी ल्याइदेउन
अधेरीमा छकी रुमलियेको पवन भरी ल्याइदेउन । 
****************************************************
कित मलाई भुली सक्यौ कित अन्तै खुली सक्यौ
माया गर्ने माली पाउदा कित अन्तै फुली सक्यौ । 
ए बादल जलेको यो रात लाई बर्षा बनी रुझाई देउन
चोरी भाको मेरो निन्द खोजी गरी बुझाई देउन । 
*****************************************************
कित अन्तै जिउन सिक्यौ कित मलाई पराइ सोच्यौ 
मायाको जोड घटाऊमा कित मलाई हराइ सक्यौ । 
ए हावा बेगहानी उडेको मन लाई खोजी फर्काइ देउन
चोरी भाको मेरो निद लाई यो आँखामा फिर्ता देउन । 
*****************************************************
ए रात मेरो निन्द चोरी भयो खोजी गरी ल्याइदेउन
अधेरीमा छकी रुमलियेको पवन भरी ल्याइदेउन ।
रचना- कान्छा भाई (योन्जन) 
२८ नोबेम्बर २०१५

कैले तिम्रो गीतमा रुएँ

कैले तिम्रो गीतमा रुएँ 
कैले तिम्रो जित्मा रुएँ 
मुटु एेठन् पारेर मर्दा 
कैले तिम्रो प्रितमा रुएँ । 
***********************
कैले तिम्रो जवाफमा रुएँ
कैले तिम्रो अभाबमा रुएँ 
छोडि जाने धम्की सुन्दा 
कैले तिम्रो रबाफमा रुएँ । 
***********************
कैले आशुको शितमा रुएँ
कैले मायाँलु मितमा रुएँ
मायाँ गर्ने मुटु देखाउदा 
कैले तिम्रो हितमा रुएँ । 
**********************
कैले अँधेरी रातमा रुएँ
कैले झरेको पातमा रुएँ
मृत्‍यु जस्तो कुरा गर्दा 
कैले तिम्रो बातमा रुएँ । 
**********************
कैले तिम्रो साथमा रुएँ
कैले तिम्रो हातमा रुएँ
कालु भनी बोलाँउदा 
कैले तिम्रो यादमा रुएँ । 
*************************
रुएँ कती अझै कती रुनु छ 
बियोगमा परेली अझै कती धुनुछ 
तिम्रो स्पर्स बिनाको कती पल 
रोएरै कती रात म एक्लो हुनुछ । 
******************************
रचना- कान्छा भाई(योन्जन) 
२७ नोबेम्बर २०१५

यथार्थ

 यथार्थ
तिमी सधैं रोइ रहन्छौ 
म, हासी रहन्छु । 
किन कि !
संसारको सुन्दर चिज हरु 
सबै मेरा हौउन भन्छौ । 
जो पाइन्न, 
त्यसै लाई सम्झेर तड्पी रहन्छौ । 
तर म !
वास्तविकता भन्दा परको 
म कहिलेई आशा राख्दिन । 
यथार्थ लाई सधैं सुइकार गर्छु । 
बर्तमानमा जे छ, त्यसैमा खुशी हुन्छु ।
म साना साना खुशी हरु लाई संङालेर 
एकमुस्ट खुशी बनाउछु । 
हो, यही फरक छ तिमी र म मा 
तिमी भोलिको लागि तड्पिन्छौ 
म अहिलेको लागि रमाउछु 
त्यसैले म हमेसा भन्ने गर्छु 
तिमी काश....! भन्न छोड । 
at list खुशी हुन सिक । 
तिमी सुइकार गर !
यथार्थ र कल्पना, एक अर्काको 
प्रतिद्वन्दी हुन । 
तिमी, सधैं रोइ रहन्छौ । 
म, हासी रहन्छु ।
रचना- कान्छा भाई (योन्जन)
२६ नोबेम्बर २०१५

ए ! दुनियाँ !!!

ए ! दुनियाँ !!!
के बिगारेको थिएर तिम्रो 
जो हासो पछी पनि 
रुवाउछौ दुनियाँ 
जे थ्यो मेरो 
त्यो पनि खोसी दिन्छौ दुनियाँ 
टेक्ने एउटा बैशाखी थ्यो 
त्यो पनि भाची दियौ दुनियाँ 
रुन्थे उसै सँग 
हास्थे उसै सँग 
झगडा, घुर्काइ सबै उसै सँग 
त्यो पनि छिन्छौ किन दुनियाँ 
आउने जाने एउटा गोरेटो थियो 
त्यो पनि त तार, बारी दियौ दुनियाँ 
अब केनै बाँकी छ र कसर, 
लिन म सँग ? 
जे, जुन जती बाँकी थ्यो 
त्यो सबै त लिइ सक्यौ दुनियाँ 
जो मरे पछी पनि 
जलाई दिन्छौ दुनियाँ ।
रचना- कान्छा भाई (योन्जन) 
२५ नोवेम्बर २०१५

अलिकती मैले जस्तै

गजल-
अलिकती मैले जस्तै मदहोसी पिये हुन्थ्यो 
मायाँलुको नशा भित्र बेहोसी जिये हुन्थ्यो ।
सक्दिन म अन्त काली मुटु साटी हिंड्न 
फाटे बरु मन्को रहर त्यो तन्ले सिये हुन्थ्यो ।
माना पाथी जोखी हेर कमी भए ताराजु मा 
उन्नान्सय भए मायाँ एक थपी दिए हुन्थ्यो ।
मरुभुमी ठान्दो हौला भिजेको छु पिरती मा 
दिल्को प्यास मेटाउने एक प्याला लिये हुन्थ्यो ।
रचना- कान्छा भाई (योन्जन) 
२५ नोवेम्बेर २०१५

ए ! दिपशिखा !!!

ए ! दिपशिखा !!!
तिमी आफु जलेर 
अरु लाई उज्यालो दिदा 
तिमी त खुशी हुनु पर्ने होइन र ? 
तर !!!
तिमी आफु जल्दा 
तिम्रो शरीर बाट किन ???
यि मैन हरु 
पग्लिएर झर्दैछन ???
मैन बत्तिले बोल्यो,
जस्को दिलमा ठाउँ दियो 
जब ऊ नै बिछोडिएर, 
जान्छ भने ! 
आशु त निस्की हाल्छ नि । 
हो, म ! सोचमग्न भए
साच्चै कोही बिछोडिन्छ त,
पिडा त हुन्छ नै, 
आज कयौ दिन देखिको 
उस्को अघोसित, अनुपास्थितिमा 
म पनि हरेक रात रोइ रहेको छु । 
केवल !
मैन बत्ती अनी म !
कान्छा भाई (योन्जन)

यहाँ सपना हरुमा

मुक्तक-
एक- 
यहाँ सपना हरुमा, डडेलो लागेर 
रहर हरु, उजाड बनेका छन । 
सम्झना का, महल हरु ढलेर 
कल्पना हरु, घाट बनेकाछन ।। 
दुई-
जिउदो शरीर, के देख्यो मृत सरी 
कफन बाँधेर, मुर्दा भनेका छन । 
श्रदान्जली रे, सेल्फी लिदै लाश माथि
फेसबुकमा टास्न, हतारो बनेका छन ।। 
तीन- 
बा, आमा पनी, कती सस्ता
बिज्ञापन, फेशबुक भरी । 
बाचुन्जेल, बृद्धा आश्रम मा
सोदेनौ इच्छा, के छ मन भरी ।।
चार- 
आफु बुढा हुँदा, पस्चातापमा 
जलेर ऐले पिर बढायौ । 
बास होला नहोला बैकुण्ठ मा 
न पाउने पिन्ड चढायौ ।
रचना- कान्छा भाई (योन्जन) 
२२ नोवेम्बर २०१५

खुशी हरु !!!

खुशी हरु !!!
आज आकाश मा 
जुन उदाकै हो कि । 
औशी आउनु अगिको 
पुर्णे हुँदाकै हो कि ।
उज्यालो देख्छु 
मुहार उस्को । 
आशु झर्नु अगिको 
खुशी हुँदाकै हो कि ।
धपक्क बलेको छ 
आज दिप पनि किन । 
निभ्नु अगिको 
चिराग हो कि ।
खुलेर आकाश 
सम्प्तरङ्गी भा छ । 
बर्षात अगिको 
इन्द्रेणी हो कि ।
फक्क्रेर कोपिला 
आज फुल भा छ । 
शिशिर अगी को 
उन्माद हो कि ।
कोरी बाटी सिउदो भरेर 
लजाएर ऐना अगी । 
उघार्न नपाउदै लाजको घुम्टो 
आँशु अगिको खुशी हो कि । 
अनी फेरी !!!
उही त रहेछ जिन्दगी 
अहिले छ, एक्छिन्मा छैन । 
उफ !उफ!! उफ!!
अवाक्क भए म !!!
रचना- कान्छा भाई (योन्जन) 
२० नोवेम्बर २०१५

मेरो प्रेमिल स्पर्स

मेरो प्रेमिल स्पर्स 
तिम्रो प्रसब बेदना 
ब्याकुल छु म ।
लाचार प्रेम्को 
अन्त्यस्टी रात 
सोकाकुल जोडी ।
पिडा मेरो 
आशु तिम्रो 
लछ्राप्प भिजेको छु ।
माघे झरी 
झरेको आशु 
प्रेम्को जडौरी ।
कोइलिको कन्ठ 
रुझेको मन 
न्याउलिको रुलाई ।
खोलाको गीत 
बुढेउली मायाँ 
जङ्घार छुटेछ ।
रचना- कान्छा भाई (योन्जन) 
१८ नोवेम्बर २०१५