गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, September 27, 2015

शिर्सक - सङ्कल्प ।


कविता

भाद्र २०७२ तदनुसार १९ अगस्ट २०१५

शिर्सक - सङ्कल्प

 

आसातायी हाम्रो, गरीब आत्मा हरु

आँध्यारोमा बिद्रोह गर्छौं

उज्यालोमा लाल्टिन बाल्छौं

सुर्यको तेजिलो रापमा 

आगोको पुल्ठा बालेर

राँके जुलुस निकाल्छौं

अनी फेरी, थाहैनपाई सुटुक्क

चार दिवाल भित्र बेचिन्छौं

! पर्दा पछाडि रंङमन्च गर्छौं

***************************

अोहो ! हामी कस्तो कलाकार ?

दर्शकको मुल्य थाहा ?

आफ्नै कथा आँफैलाई थाहाछ ?

कथाले मागेको, आफ्नै भूमिका थाहाछ?

थाहाछ केवल !

मलाई मेरो उपहास गरिबी

मलाई मेरो उत्पिडन

मलाई मेरो छुवाछुत

अनी ! थाहाछ केवल!

मेरो भोको पेटको पिडा

, तुसारोले खाएको नाँङ्गो शरीर  

बिना सम्पादित कथामा

! रङ्गमन्चको पर्दा पछाडि

पसिनाले नुनको त्रिस्णा मेट्दै

खुनको आँशु बगाइ रहेको छु

हरेक बस्ती हरुको झुपडिमा

स्व-घोसित बिद्रोही कलाकार भएर

****************************

त्यो, बानेश्वरको ठुलो घरमा

चारै तिर पहरा दिइ, दिइ,

यहाँ हरेक दिन नयाँ नयाँ, कथा लेखिन्छ

पटकथा लेख्ने हरु ब्यस्त हुन्छन

अनी मध्यरातमा एउटा,

अध्याय सकिन्छ कथाको

मलाई मन्चन हुन फेरी निर्देशन हुन्छ

निरिह बन्दै, फेरी अभिनय गर्छु

पर्दा पछाडिको रँङ्गमन्चमा

*****************************

यि कथाकार हरु पनि साह्रै सिपालु

निर्देशक हरु पनि सिपालु

छानी छानी कथा लेख्छन

कहिले भुकम्पको, कहिले बाडी पैरोको

कहिले शान्ती सम्भिधानको

कहिले भोकाएको मेरै खाली पेटको

फेरी अर्को द्रिश्य तयार

अनी पुग्छन च्यारिटी-शो गर्न

छिमेकिको आँगनमा

! फेरी बेचिन्छु , आफ्नै कथामा

*****************************

तर अब प्रतिबाद गर्छु

अब अभिनय हरु गर्न छाड्ने छु

आँफै माथिको अलिखित कथा हरुमा

यि नालायक निर्देशक हरुको ईशारामा

किन अभिनय गर्ने ?

, डलर हरुको ब्यापार बढाइ दिने?

अब सङ्कल्प गर्छु

बानेश्वर सिंहदरबार भित्रको

बनावटी कथा हरुमा,

कहिलै अभिनय गर्ने छैन

अब आफ्नै कथा ब्यथा लेख्छु

आफ्नै पिडा उत्पिडन हरु लेख्छु

अब पर्दा पछाडि होइन,

समाजको रङमन्चमा मन्चन गर्छु

*****************************

अब !

अँध्यारोमा बिद्रोह होइन

उज्यालोमा लाल्टिन बाल्ने होइन

सुर्यको उज्यालोमा राँको सल्काउदिन

नुनको त्रिस्णामा पसिन पिउदिन

गुम्सिएर खुनको आशु पिउदिन

किन कि !

बिद्रोह सडकमा गर्नु पर्छ

लाल्टिन आँखा देखाउन बाल्नु पर्छ

राँको अँध्यारो चिर्न बाल्नु पर्छ

किनकी ! मलाई अभिनय गर्न

सभा हल हरु चाहिन्न

ठुला तारे होटल हरु चाहिन्न

कुनै गुरुकुलको थिएटर हरु चाहिन्न

कुनै रनंगशालाको खेलमैदान

***************************

अब, आफ्नै गरिबीको रङमन्चमा

झुपडी बस्ती हरुमा

शहर ब्यस्त सडक हरुमा

मलाई गिज्याइ रहेको

मेरो आफ्नै अभाब हरुको

अभिनय गर्छु,

जहाँ संसारका,

गरीब मजदुर हरुले हेर्न पाउन

जहाँ पूँजीवादका ठेकेदार हरुले

जिब्रो टोकेर घुडा टेकुन

जहाँ फलाम का इस्पात हरु

आगो बनेर पग्लिउन सखाप हौन

यो मेरो ध्रिढ सङ्कल्प !

सङ्कल्प ! सङ्कल्प !! सङ्कल्प !!!

 

अर्पण योन्जन

तरहरा- हालको इटहरी-२४  

नट: टोइलेट गएको कविता निस्क्यो लेख्ने कागज भेटिन टिस्यु पेपरमा

लेखेर ल्याये पोस्ट गरी दिए कस्तो कुन्नी मुल्यङ्कन सुझाब

तपाईं हरुको  

     

 

  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ए ! नेपाली हो!!!


कविता

रचना ३२ स्रावण २०७२  तदनुसार १७ अगस्ट २०१५

! नेपाली हो!!!

 

! नेपाली हो !!!

तिम्रो आयतित बाद हरुले

तिम्रो अहम्ता घमन्ड हरुले

धर्म रुपी तिरस्कारको अफिम हरु रोपेर

कसैलाई निर्लज्ज

द्रौपदी चिरहरण नगर

किन कि ! तिमी नेपाली हौ

! आफ्नैको दूखाइमा

तिमीलाई पनि दु:खनु पर्छ

*************************

बर्सौ देखी मैले

तिमी लाई नियाली रहेको छु

चिसो सगरमाथा भएर

तर ! तिम्रो छाती किन चर्कदैन ?

अहँ ! पटक्कै दु:खदैन तिमी लाई

त्यसैले !

टनकपुर महाकाली दुखेन तिमी लाई

सुस्ता लिपुलेख दुखेन तिमीलाई

पटक पटक चिरहरण हुँदा

आफ्नै आमाको

मेची महाकाली भएर दुखेन तिमीलाई

तिम्रो मन हिउ भन्दा पनि चिसो

तिम्रो चेतना पहाड भन्दा पनि कठोर

बरु यहाँ हिउ पग्लन्छ नदी बन्छ

पहाड फुटेर समतल जमिन बन्छ

तर ! खोइ तिमी लाई

आफ्नो स्वधिन्ता दुखेको ?

! नेपाली हो

एकचोटी स्वाभिमानी आँखाले हेर !

तिमी लाई हरेक पल्ट दुख्ने !

हजार पल्ट पिडाले छट्पटिने छौ

किन कि!

तिमी नेपाली हौ

****************************

तर आजभोलि पराइले

आफ्नो छातीमा

पराधिन्ताको बुट बजार्दा होइन

बरु आफ्नै भाईको अधिकारमा

पराधिन्ता देख्यौ

आफ्नैको रगतमा डुबेर

मृत्यु भित्र स्वधिन्ता देख्यौ

!

हिन्दूलाई बुद्ध दुख्न थाल्यो

बुद्ध लाई हिन्दू दुख्न थाल्यो

ईस्लाम, इसाइ, ख्रिस्ट हरु लाई

हिन्दू, बुद्ध हरु दुख्न थाल्यो

अनी !हिन्दू बुद्ध हरु लाई

ईस्लाम, इसाइ, ख्रिस्ट हरु दुख्न थाल्यो

मत भन्छु !

! धर्मका अफिम हरु हो !

धर्म त्यो हो, जो तिमी कर्म गर्छौ

धर्म त्यो हो जो तिमी सद्भाब गर्छौ

धर्म त्यो हो जो तिमी सेवा गर्छौ

तर यहाँ आजभोलि

धर्ममा कर्म होइन

धर्ममा ब्यापार चल्यो

धर्ममा मागिखाने बाटो चल्यो

आपसमा धर्मका अफिम हरु रोपेर

कुर्सी चलाऊने बाटो चल्यो

त्यसैले ! नेपाली हरु हो

कसैको निजी स्वार्थमा होइन

तिमी लाई यहाँ

भाईको दाइको मृत्यु दुख्नु पर्छ

आफ्नै छातीमा

सकुनी मामाहरुको

पासा बल्झिदा

रक्तबिज कौडा हरुले दुख्नु पर्छ

किन कि !

तिमी नेपाली हौ

***************************  

जसरी प्राकृतिक बिपत्ती अाइपर्दा

भुकम्पले तिम्रो छाती चिरेर

गनी गनी मनुस्यको चोला लिदा

बाडी पैरो ले हेर्दा हेर्दैको

आफन्त घरबार बगाउदा

धर्म नभनी !

जात जाती नभनी

क्षेत्र बर्ग लिङ नभनी

सधैं ब्रान्डेड खोज्नेहरु होस्

या !!! छाप्रो बस्ती हरुको होस् 

अनेक्ता भित्र एकता गासेर

एक आपसमा मलम पट्टी लगाए जस्तै

आउ फेरी एकताको माला गासौ

प्रेमको सुत्रमा गासिएर

फेरी एकपल्ट स्वतन्त्र हासो हासौ

किन कि तिमी लाई थाहा

यहाँँ !

मैन दिपका शिखा हरु जलाएर

पग्लिएका लेप हरुले

दुखी रहेको घाऊ हरुको मलम हुँदैन

रक्तपात हरुले लेखिएको

भात्रित्वको कलम हुँदैन

किनकी रगत हरुमा

बिनासको बिउ रोपिन्छ

बदलाको बिउ रोपिन्छ

अनी यहाँ, निमिट्यान्न हुन्छ

तिम्रो प्रेम, तिम्रो, स्वधिन्ता,

! तिम्रो स्वाभिमानी नेपाल नेपाली

त्यसैले ! नेपाली हो !!

हरेकमा आफुलाई हरेक दुख्नु पर्छ

नेपाली नेपाल भएर दुख्नु पर्छ

किन कि !

तिमी स्वाभिमानी नेपाली हौ

, तिमीलाई हरेक हरेक पल्ट दुख्नु पर्छ

किनकी !

नेपाल नेपाली भएर

 

 

अर्पण योन्जन

तरहर- हालको को इटहरी २४

  

   

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Monday, May 11, 2015

भगवान छ भन्थे,

गजल- 


भगवान छ भन्थे, खोइत बिपत्तिको बेला
देख्ने उनै हुन भन्थे खोइत आपत्तिको बेला । 

चर्क्यो छाती मेरो देशको धुजा धुजा भएर 
दुखेर रुए म कहाँ छौर? मलमपट्टिको बेला ।  

बरु लियौ चोला मनुस्यको संख्या गनी गनी 
आएनौ निष्ठुरी भगवान हेर्न छट्पट्टिको बेला । 

कैले बाढी कैले खडेरी पठायौ बरु भुइचालो 
एक मुट्ठी साश पनि दिएनौ खट्पट्टिको बेला । 

भो अब गर्दिन पूजा बनाउदिन तिम्रो मुर्ती  
हेर्दैनौ भने आफ्नै  सृस्‍टि बिबत्तिको बेला । 


अर्पण योन्जन
इटहरी -२४ तरहरा, हाल साउदीअरेबिया 

Sunday, April 27, 2014

गजल,
२०१४--
पत्थर उठाई, पूजा गरेँ, देउता मैले भेटिन
भाकल गरी कसैको, घाँटी मैले रेटिन

फेरी पनि, किन मलाई, अशुभ ठान्छन
बिहानिमा, कसैको, आँगन मैले टेकिन

के पाप, गरेँ मैले, भन तिमी आँफै
पैसा सँग, समाजमा, धर्म मैले साटिन

नाता-गोता, इस्ट-मित्र, तिम्रो गाउँ भित्र 
बिर्सिएर आफन्तको, नाक मैले काटिन

धर्म कर्म, सबै गरेँ, लाख बत्ती, दिप जलाई
साँचो सत्ते, चोखो मनको, प्रेम मैले ढाटिन

अर्पण   योञ्जन 

Sunday, October 20, 2013

नाता सिन्दुरको होइन !!!

गजल

 नाता सिन्दुरको होइन त्यही भावना त छोडि आकोछु
 प्रेम यौबनको होइन त्यही सम्झना त गोडी आकोछु । 

 थाहा छैन पाप गरेँ या पुन्य जिबन भरी एक्लो बनाइ 
 लाग्छ बिरहिमा साँझ पख त्यही कल्पना त तोडी आकोछु । 

 रिस राग कुन्ठा भर्यौकी कुन्नी एक्लो पारी आएपछी 
 केही नभन मेरो लागि त्यही सपना त छोपी आकोछु ।

 के हिसाब खोज्छौ र जगतमा जगतै बेहिसाब छ यहाँ 
 नमेटिने धनीपुर्जा तिमीमा त्यही मुटुमा त खोपी आकोछु । 

 नसा काटी रङ्गिन किन बन्छौ रगत निचोडी लाली 
बिर्सेंर पनि नभुल्ने याद त्यही कोशेली त रोपी आकोछु । 

 अर्पण तामाङ
 हाल साउदीअरेबिया
 यान्बु

Saturday, October 1, 2011

तिम्रो त्यो अधरमा छुपायौ कि मलाई !!!

१५ असोज २०६८
गजल

तिम्रो त्यो अधरमा छुपायौ कि मलाई
मोहिनी त्यो नजरमा लुकायौ कि मलाई ।

आज आँफै हराएछु पाउँदा तिम्रो छायाँ
बास्ना चल्ने यौबनमा भुलायौ कि मलाई ।

थोरै मायाँ देखाएर धेरै पर सम्म
नफर्कने बाटो गरी डुलायौ कि मलाई ।

मिठो मिठो सपना देखाइ बगैचा मा
रङ्गी चङ्गी फुलबारिमा झुलायौ कि मलाई ।

आकाशको परि संग नाता जोड्नु भन्यौ
इन्द्रेणिको रङ सरि खुलायौ कि मलाई ।

अर्पण योन्जन

Thursday, September 29, 2011

नसोच्नु आमा देशको मायाँ मारेछ भनेर !!!

संक्रमणकालिन आजको यो परिस्थितीमा सायद हामीले देश लाई नै भुलेको हौकी ? तर होइन ! हामी लाई तराइको २२ जिल्ला मात्र होइन हिमाल देखी तराइ सम्म र मेची देखी महाकाली सम्म हाम्रो भुमी हाम्रो माटो हाम्रो राष्ट्र हाम्रो राष्ट्रियता हाम्रो स्वाभिमान बिभिधताको बिचमा पनि प्यारो लाग्छ ।किन कि बिभिधताको बिचमा एकता कायम गर्न सक्नु नै हामी नेपालीको सुन्दरता र प्रेमको पहिचान हो । त्यसैले यो शब्द चित्र यहाँ हरु लाई पस्कँदै सुझाबको आसा राखेको छु । धन्यवाद !!!
गीत १२ असोज २०६८

नसोच्नु आमा देशको मायाँ मारेछ भनेर
लेख र बेशी पहाड तराइ छाडेछ भनेर ।

म कहाँ सँधै हाँसुला आमा पर्देशी माटोमा
टेकुँला धर्ती फर्केर आमा नेपाली बाटोमा
नसोच्नु आमा अर्कैको मायाँ गडेछ भनेर
लेख र बेशी पहाड तराइ छाडेछ भनेर ।

नसोच्नु आमा देशको मायाँ मारेछ भनेर
लेख र बेशी पहाड तराइ छाडेछ भनेर ।

अनेकता बिच एकता मेरो अरु काँ पाईन्छ
मरेछु भने जन र कात्रो त्यै माटो चाहिन्छ
नसोच्नु आमा अर्कैको आँगन गोडेछ भनेर
लेख र बेशी पहाड तराइ छाडेछ भनेर ।

नसोच्नु आमा देशको मायाँ मारेछ भनेर
लेख र बेशी पहाड तराइ छाडेछ भनेर ।

अर्पण योन्जन
तरहरा-२ सुनसरी

Monday, September 26, 2011

धर्ती फाट्यो मनै फाट्यो !!!

कविता (धर्ती फाट्यो मनै फाट्यो)
९ असोज २०६८


दैब हरी भुकम्पले
९० साल त कथा भयो
४५ ले जन नै लुट्यो
६८ मा दैब आइ
जन धन सबै भुट्यो
खाटो बसेको घाउमा
अर्को फेरी चोट थप्यो
निस्ठुरी त्यो भुकम्पले
धर्ती फाट्यो, मनै फाट्यो
र त साथी !
फेरी अर्को !
कविता लेख्न मन लाग्यो ।
***********************
राजा भए
हक माग्थेँ !
अन्याय भए
जुलुस गर्थें !
दुस्मन भए
मुद्दा लड्थें
बाबु भए
अंश मांग्थे
भाई भए
पानी बार्थें
छिमेकी भए
सिमा कोर्थें
तर यहाँ त देउतै बैरी
को सँग माग्नु
को संग लड्नु
आइ पर्ने दैब संग
म मनुस्य !
खै कसरी गुहार माग्नु !?
र त साथी !
यहाँ !
भुइचालो गयो
अनी !
धर्ती फाट्यो, मनै फाट्यो ।
*************************
शायद उ रिसाएको छ ।
प्रक्रिती हरुको बिरुद्ध
युद्ध गर्ने हरु संग
ठुला ठुला कङ्क्रिटको
पहाड ठड्याउने हरु सँग
मानबिय बिनासको
युरेनियम बनाउने हरु संग
कालो सेतो
ठुलो सानो
धनी गरीब
उचो निचो
यहाँको बिभाज्य
मानब्तारुपी रंग हरु संग
र त साथी !
यहाँ !
भुइचालो गयो
अनी !
धर्ती फाट्यो !मनै फाट्यो
*************************
अस्ती सम्म
यहाँ !
देश दुखेको थियो
मेरो गरीबी दुखेको थियो
स्वतन्त्रता स्वतन्त्रता भन्दै
चिच्याएर हामी हरु
लुट्दै थियौ ।
हामी भित्रको
प्रेम हरु भुट्दै थियौ
स्वार्थ सिद्दमा
आफ्नै रगत पनि छुट्दै थियौं
हर पल हर क्ष्यण
प्रतिद्वन्दिको प्रतिकारमा
नयाँ नयाँ तिकडम रच्दै
आफ्नो बचाउ गर्दै थियौ
तर आज त
दैब आँफै आइ लाग्द
केलाई भुट्नु ?
केलाई छेक्नु ?
हेर्दा हेर्दै आफ्नै मृत्‍यु
खै कसरी रोक्नु ?
र त साथी
यहाँ !
भुइचालो गयो
अनी !
धर्ती फाट्यो, मनै फाट्यो

अर्पण योन्जन (कान्छा भाई)
तरहरा-२ सुनसरी

Wednesday, September 21, 2011

तिमी मा अनौठो मायाँ फेर्ने रहर !!!

गीत ४ असोज २०६८

तिमी मा अनौठो मायाँ फेर्ने रहर
वस्तु झै किनी किनी तन फेर्ने रहर ।

यसै मा खुशी मिल्छ भने तिमी लाई
बजार मा लागि बरु बेची देउ मलाई
हराउदा कतै त्यो झिलिमिली शहर
वस्तु झैँ किनी किनी तन फेर्ने रहर ।

झरेको त्यो पछ्यौरी सम्हालेर बस्नु
भुलेर प्रित मेरो तिमी त सँधै हाँस्नु
थाहै नदिइ मलाई त पिलायौ जहर
वस्तु झैँ किनी किनी तन फेर्ने रहर ।

तिमी मा अनौठो मायाँ फेर्ने रहर
वस्तु झै किनी किनी तन फेर्ने रहर

अर्पण योन्जन (कान्छा भाई)
तरहरा-सुनसरी

Tuesday, September 13, 2011

निस्ठुरी थि भनु भने मायाँ गर्छु भन्थी !!!

२७ भदौ २०६८

निस्ठुरी थि भनु भने मायाँ गर्छु भन्थी
तिम्ले भुले पासो लगाइ मत मर्छु भन्थी ।

समाज लाई लुकाएर तिम्ले देको सिन्दुर
जूनी भरी मेरो सिउँदो मत भर्छु भन्थी ।

नाना थरी कसम खाँदै अँगालोमा मेरो
हजुर लाई जिताउन मत हार्छु भन्थी ।

जस्तै बाधा आए पनि जिन्दगीमा हाम्रो
हाँसी हाँसी प्रेमको सागर मत तर्छु भन्थी ।

देउ न देउ दिल भित्र प्रिती फुल्ने ठाउँ
तिम्रै घरको बलेसिमा मत सर्छु भन्थी ।

अर्पण योन्जन (कान्छा भाई)
तरहरा-२ सुनसरी

Sunday, September 11, 2011

'मेरो स्वाभिमान' !!!

कविता 'मेरो स्वाभिमान' !!!

पहिले म दुखेको
कविता लेखे
अस्ती म भोकाएको
कविता लेखे
हिजो देश दुखेको
कविता लेखे
आज त मेरो
स्वाभिमान नै दुखेछ ।
खै कसरी लेखु अब
मेरो राष्ट्रियता ?
मेरो पहिचान ?
मेरो भाषा ?
मेरो सँस्क्रिती ?
मेरो भुगोल ?
समग्रमा !
मेरो स्वाभिमान ?
*********************
हिजो सम्मत
म मात्र रोएको थिएँ
मेरो भोकमरी मात्र
गरीबी भएर रोएको थियो
मेचीकाली बाट
एउटा पाटो मात्र दुखेको थियो
मेरो देशको भुगोल
कयौँ पटक बलात्‍कृत हुँदा
अश्रु पिडामा छटपटिएको थियो
दशौ बर्षको द्वन्दमा
रक्त आहालमा डुबेको थियो
तैपनी जिउदै छु झै लाग्थ्यो
म मेरो राष्ट्रियता
मेरो चिनारी
अनी
मेरो स्वाभिमान ।
************************
अब त
आफ्नै बाट कसै लाई
मेरो धर्म दुख्न थालेको छ
मेरो जाती दुख्न थालेको छ
मेरो झन्डा दुख्न थालेको छ
मेरो दौरा सुरुवाल दुख्न थालेको छ
मेरो गाई
मेरो लाली गुराँश
मेरो रङ
मेरो डाफे
मेरो सगरमाथा
मेरो बुद्ध
मेरो पशुपती
सिता भ्रिकुटी र जनक र अरानीको हरु
बिभुती भएर दुख्न थालेको छ
हुँदा ! हुँदा !!
मेरो चिनारी आजकाल
स्वाभिमान दुख्न थालेको छ ।
************************
आखिर के खोट देख्यौ र ?
मेरो झन्डामा ?
मेरो दौरा सुरुवाल र टोपिमा ?
र प्रश्न गर्यौ मेरो
राष्ट्र !
राष्ट्रियता !
र स्वाभिमान ! मा ?
यदी तिमी लाई
हिमालको चिनारी छुट्टै
पहाडको चिनारी छुट्टै
तराइको चिनारी छुट्टै
चाहिएको हो भने ?
खोइत मेरो सम्पूर्ण
भुगोल को परिचय ?
के मेरो परिचय
म नेपाली होइन ?
आज मलाई
मेरो भाषा देउ
मेरो जाती धर्म र सँस्कार देउ
हकले उचाल्ने
मेरो देशको झन्डा देउ
अनी मैले टेकेको धर्तिको
मेरो चिनारी
मेरो नाम
मेरो कर्म
अनी म र मेरो
स्वाभिमान देउ ।
***********************
शायद तिमी देश हाँक्ने हरु लाई
मेरो सगरमाथाले थिच्छ होला
मेरो झन्डाले झुकाउँछ होला
मेरो दौरा सुरुवालले पोल्छ होला
मेरो ढेँडो गुन्द्रुकले लाज लाग्छ होला
शायद त्यसैले
आँफैले ल्याएको लोकतन्त्रमा
मेरो स्वाभिमान लाई
सिक्किमा देख्न थाल्यौ
र आज
मलाई बेच्ने सुरसार गर्दै छौ ।
****************************
त्यसैले अब मैले
मेरो भोक रोग

सोक मा मात्र होइन
मैले टेक्ने धर्ती

मेरो चौडा छातीको नाप सँगै
मेरो जाती धर्म बर्गको
मेरो भाषा कला सँस्कृतिको
कविता लेख्नु छ मलाई
मैले गर्ब गर्ने कर्म को
कविता लेख्नु छ मलाई
पौरख र पसिनाले आर्जन गरेको
मेरो राष्ट्र
राष्ट्रियता
र मैले सास फेर्ने
मेरो नेपाल
म नेपाली भनेर
संसारको सामु
हुँङ्कार पिटेर
मेरो स्वाभिमान को
कविता लेख्नु छ मैले ।।।

नोट:- सर्बोच्चको फैसला पछी बिबादित बनेको दौरा सुरुवाल बिषयले गर्दा
वाध्य बनेर लेखेको मेरो कविता । हजुर हरुको प्रतिकृयाको आसामा छु ।

अर्पण योन्जन
तरहरा-२ सुनसरी

Thursday, September 1, 2011

युद्धकामी कवी बन्नु छ ।

कविता १४ भदौ २०६८

समाजको
प्रतिबिम्व हरु टिपेर
मैले देखेको
आजको वास्तबिक्ता हरु !
ओकल्न
असफल प्रयास गर्दै छु ।
र यो द्रुव सत्य हो ।
कवी हरुको वस्तिमा
आफुलाई उभ्याउने मेरो दुस्साहस
एउटा पागल कवी हरुको भिडमा
म आफ्नो मस्तिक हरु लाई
जबर्जस्ती स्खलन गराउने
सुर मा छु ।
***********************
मलाई थाहा छ ।
देवकोटा,सम,र घिमिरे हरुको
अनी पारीजात को
कोमल बगैचा हरुमा
सिरिसको फुल भएर फुल्न सक्दिन
लाचार मुनामदन हुन सक्दिन
गौरी हरुको बियोगमा
आँशु चुहाउन सक्दिन
मालती हरुको मंगले हुन सक्दिन
झमक हरुको
फुलको जिबन पनि त हुन सक्दिन
अनी पुरुस्वार्थको निजी उपयोगमा
राणा र शाह युगिन
बसन्ती हुन सक्दिन
पल्पसा क्याफे, क्याक्टस र क्यान्भास भएर
कतै सजिन र फुल्न पनि सक्दिन
अनी त्यसो त म
सेतो बाघ भएर गर्जन पनि त सक्दिन
****************************
तै पनि मेरो
सकी नसकी
घनघस्याको उकालो हरु उक्लने
असफल प्रयास भने हुने छ ।
बाघ झै पहाड बनेर
गर्जने प्रयास हुने छ
चिस्सिएका हिउँ हरुमा
सगरमाथा भएर उभिने प्रयत्न हुने छ ।
किनकी अब मैले
इतिहाँसको
कठोर् पत्थर हरु फोरेर
नयाँ युगको
आरम्भ गर्नु छ ।
अब यहाँ
सिरु हरु फुल्ने साउनको
गीत होइन ।
आरु हरु फुल्ने बैश हरु होइन
मंसिरे पिरतिका भाका हरु होइन
यहाँ अब
कर्म गर्ने हात हरुको
पसिना बगाउने पाखुरी हरुको
चट्टान फोरेर लावा निल्ने हरुको
आवसेक्ता भएको छ ।
किनकी मैले टेकेको धर्ती
र ! तिमी ले टेकेको धर्ती
आज हाम्रो देश
कतै बिस्थापित हुँदै छ
उनै साँडे हरुको
बल मिच्याइँमा ।
**************************
अब मैले हरेक दिन
चालबाजी रात हरुको पहरेदारमा
मेची काली को रक्षा गर्नु छ ।
हरेक सुर्योदय र सुर्यस्त पछी
कयौँ सुस्ता हरु को
पहरेदार गर्नु छ ।
यहाँ पाइला पाइला हरुमा
आफ्नै आमा र चेली हरु
बेचिएर बलात्‍कृत हुँदा
निदाएका कुम्भकर्ण हरु लाई
ब्युँझाउँनु छ ।
चिम्टी सिन्दुरको भरमा
दासता लाद्ने पुरुष हरु लाई
अधिकार र नैतीकताको
पाठ सिकाउनु छ ।
स्वाभिमान र स्वतन्त्रता बिचमा
राष्ट्र राष्ट्रियताको रक्षा गर्ने
हिमायाती योद्धा हरु जन्माउनु छ ।
त्यसैले अब म
प्रेम बियोगमा छटपटिने कवी हरु होइन
परिवर्तनको नारा हरु उरालेर
सडकमा गाउँमा शहरमा
क्रान्तिको राँको सल्काउने
युद्धकामी कवी बन्नु छ ।

अर्पन योन्जन
तरहरा-२ सुनसरी