गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Thursday, February 18, 2016

थकाउने नि माया गलाउने नि माया

गीत-

थकाउने नि माया गलाउने नि माया
छाती भित्र मुटु जलाउने नि माया ।।

धेरै खोजे धेरै सोधे दुनियाँ लाई माया
जिबनमा हासो छर्ने भन्छन सबै माया ।।
मेरो लागि किन भयो बिझाउने माया 
छाती भित्र मुटु जलाउने नि माया ।।

मिठो हुन्छ भन्थे दुई आत्माको माया
देवताको बास हुन्छ भन्थे चोखो माया ।।
मलाई मात्र किन अनिलो भो माया
छाती भित्र मुटु जलाउने नि माया ।।

थकाउने नि माया गलाउने नि माया
छाती भित्र मुटु जलाउने नि माया ।।

कान्छा भाई (योन्जन)

१८ फेब्रुवरी २०१६ 

दोबाटो मै कुरी राछु

गीत-

दोबाटो मै कुरी राछु तिम्ले छोडि गए पछी
एक्लो भाछु आजभोलि तिम्ले छोडि गए पछी ।।

एउटै सप्ना थियो हाम्रो एउटै थियो रहर हरु 
कुन पापिको आँखा लाग्यो आइदियो कहर हरु ।।
फेरी भेट हुन्छ हुन्न फर्की तिमी आएपछी 
एक्लो भाछु आजभोलि तिम्ले छोडि गए पछी ।।

डर लाग्छ तिम्ले मलाई अशुभ पो ठान्छौ कि त
तिम्रो संसार उजाड पार्ने अधर्मि पो मान्छौ कि त ।।
आशा सबै मरी सक्यो तिम्ले छोडि गए पछी
एक्लो भाछु आजभोलि तिम्ले छोडि गए पछी ।।

दोबाटो मै कुरी राछु तिम्ले छोडि गए पछी
एक्लो भाछु आजभोलि तिम्ले छोडि गए पछी ।।

कान्छा भाई (योन्जन)

१८ फेब्रुवरी २०१६   

तिम्ले तिर हाने पछी

गीत-

तिम्ले तिर हाने पछी मुटु मेरो छुदैन र ?
तिम्ले मायाँ मारे पछी मन मेरो रुदैन र ?

सँगै हिडौ सँगै तरौ हात समाइ भङालोमा
यसै गरी जिउला भन्थ्यौ दुबै जना अङालोमा
तिम्ले बसाइ सरे पछी आँशु मेरो झर्दैन र ?
तिम्ले मायाँ मारे पछी मन मेरो रुदैन र ?

आगो लगाइ दिल भित्र याद हरु भुटे पछी
हास्ने आधार केनै भोर खुशी सबै लुटे पछी
धोका तिम्ले दिए पछी छाती मेरो फुट्दैन र
तिम्ले मायाँ मारे पछी मन मेरो रुदैन र ?

तिम्ले तिर हाने पछी मुटु मेरो छुदैन र ?
तिम्ले मायाँ मारे पछी मन मेरो रुदैन र ?

कान्छा भाई (योन्जन)

१८ फेब्रुवरी २०१६

जमेको थ्यो एउटा आँखामा

गीत-
जमेको थ्यो एउटा आँखामा आशु बगायो अरुले
म सङ्ग भाको मुटु थ्यो एउटा चुरायो अरुले ।।

गरेर ढिलो आएछौ लिन अँधेरी रात मा
लेखेर दिउकी मायाको चिनो जंगली पातमा ।।
मायाँको सागर तैरन खोज्दा डुबायो अरुले
म सङ्ग भाको मुटु थ्यो एउटा चुरायो अरुले 

ढुक ढुकी भित्र चलेको एउटा यै सास बाकिछ
लादैनौ भने दाग्बत्ती देउ त्यै पनि काफिछ ।।
फर्केर आउछु भनेर गाको कुरायो अरुले  
म सङ्ग भाको मुटु थ्यो एउटा चुरायो अरुले ।

जमेको थ्यो एउटा आँखामा आशु बगायो अरुले
म सङ्ग भाको मुटु थ्यो एउटा चुरायो अरुले ।।

कान्छा भाई

१५ फेब्रुवरी २०१६

मलाई माया गर्ने मुटु

गीत-
मलाई माया गर्ने मुटु अन्तै साट्यौ अरे
मलाई जस्तै उस्लाई पनि कसम ढाट्यौ अरे ।।

माया गर्ने मान्छे दिनै तिम्ले फेरे पनि
आफ्नो अङ्गालोले अर्कै लाइनै बेरे पनि ।।
एकान्तमा अर्कै सँग मेरो कुरा काट्यौ अरे
मलाई जस्तै उस्लाई पनि कसम ढाट्यौ अरे ।।

तिम्ले देको याद हरु प्यास मेटाउने नासो भो
मलाई पो तिर्खा भयो अरु लाई त हासो भो ।।
औठी चिनो रुमाल पनि फिर्ता माग्यौ अरे
मलाई जस्तै उस्लाई पनि कसम ढाट्यौ अरे ।।

मलाई माया गर्ने मुटु अन्तै साट्यौ अरे
मलाई जस्तै उस्लाई पनि कसम ढाट्यौ अरे ।।

कान्छा भाई (योन्जन)
११ फेब्रुवरी २०१६

खुशी जती सबै लग्यौ

गीत-
खुशी जती सबै लग्यौ मलाई हास भन्छौ
एउटा मुटु दुइटा पारी मलाई बाँच भन्छौ ।।

तिम्रो जस्तै भावना हो दुख्छ मलाई पनि
जलाउन लाई भेटिदैन भन्या बेला सलाई पनि ।।
पिर जती मलाई दियौ रमाएर नाच भन्छौ
एउटा मुटु दुइटा पारी मलाई बाँच भन्छौ ।।

केनै बाँकी थ्योर मैले दिनु पर्ने तिम्रो लागि
देकै थिए भाको जती देउता सङ्ग खुशी मागी ।।
चुडाएर आँफै गयौ मलाई गाँस भन्छौ
एउटा मुटु दुइटा पारी मलाई बाँच भन्छौ ।।

खुशी जती सबै लग्यौ मलाई हास भन्छौ
एउटा मुटु दुइटा पारी मलाई बाँच भन्छौ ।।

कान्छा भाई (योन्जन)

११ फेब्रुवरी २०१६

माना पाथी तराजु मा

गजल-
माना पाथी तराजु मा बैश राख्यौ अरे
घाटा नाफा कती भयो माया जोख्यौ अरे ।।

तिमी बिना बाच्दिन भन्ने मान्छे लाई
माया गर्ने मुटु सित मुल्य सोद्यौ अरे ।।

भन्छन सबै साथी भाई देख्ने जती सबै
फाईदा हुने शहर का भन्दै खोज्यौ अरे ।।

तिम्रै हल्ला चल्छ अचेल गाउँको गल्ली गल्ली
सुन्दैछु आज भोली जोबन बेच्यौ अरे ।।

भने जती किन्न सक्ने मोल भेट्यौ अरे
यौबन सित आफ्नो प्रितको गला रेट्यौ अरे ।।

कान्छा भाई (योन्जन)

फेब्रुवरी २०१६

ठुस्की तिमी रिसाउदा

गजल-
ठुस्की तिमी रिसाउदा डर लाग्छ मलाई
आँखा तरी हेर्दा पनि डर लाग्छ मलाई ।

नानाभाती इन्टर्नेटमा सङ्का जब गर्छौ
कसम खाँदै सम्झाउन कर लाग्छ मलाई ।

एकै छिन्को फकाइ मा तिमी खुशी हुँदा
सङ्गै जिउने साथ जस्तो भर लाग्छ मलाई ।

लजाएर नजर पनि जब झुक्छ तिम्रो
कोटाएर जिस्काउन लाई सर लाग्छ मलाई ।

कान्छा भाई (योन्जन)

९ फेब्रुवरी २०१६

माया गर्ने मौसम आज

गीत-

माया गर्ने मौसम आज बसन्तको बहार तिमी लाई
हत्केलामा मुटु राखी यो ज्यान उपहार तिमी लाई ।।

मन साट्ने दिन् रे आज मुटु साट्ने दिन् रे आज
अङ्गालोमा बेरी दिउला भागाएर मन को लाज ।।
भन्दिन म जुन दिउला सपनाको शहर तिमी लाई
हत्केलामा मुटु राखी यो ज्यान उपहार तिमी लाई ।।

नभन्नु है लोभि मन्को भाको यही हो एउटा मायाँ
पानी पर्दा अोत बन्छु घाम लागे बनी दिउला छाँया ।।
फुलै फुल्को बास्ना छरी बसन्तको रहर तिमी लाई
हत्केलामा मुटु राखी यो ज्यान उपहार तिमी लाई ।।

माया गर्ने मौसम आज बसन्तको बहार तिमी लाई
हत्केलामा मुटु राखी यो ज्यान उपहार तिमी लाई ।। 

कान्छा भाई (योन्जन)
14 February 2016

दुबै मिली चोखो प्रिती

गीत-
दुबै मिली चोखो प्रिती सङ्गालेको याद आयो 
दुइटा मुटु एउटै हुँदा अङ्गालेको याद आयो ।।

कस्तो हुन्छ चोट दिदा मन्को घाऊ छामी हेर
कसै लाई मायाँ गरी आँफै लाई डामी हेर ।। 
ओँठ भरी रुन्चे हाँसो छुपाएको याद आयो 
कौशी माथि जुनेलीमा अङ्गालेको याद आयो ।।

लत्त्याएर गोल हान्यौ मन्को बेदना लाई 
भुल्यौ होला संगै डुल्या मुल्पानिको सम्झना लाई ।। 
धेरै पछी तिम्रै तस्बिर आँखा भरी छायो 
नशा भित्र मदहोशिमा अङ्गालेको याद आयो ।।

दुबै मिली चोखो प्रिती सङ्गालेको याद आयो 
दुइटा मुटु एउटै हुँदा अङ्गालेको याद आयो ।।

कान्छा भाई (योन्जन)
७ फेब्रुवरी २०१६

Wednesday, February 3, 2016

भन्थेउ हिजो

गीत-

भन्थेउ हिजो हासो दिउला खुशी दिउला
रमाएर सानो संसार हामी सङ्गै जिउला ।।

उल्टै आज मन्को बस्ती डढाएर गयौ
खरानी झै सानो संसार बढारेर गयौ ।।
रुनु परे मन्को पिर आशु सङ्गै पिउला
रमाएर सानो संसार हामी सङ्गै जिउला ।।

सुनामी झै हावा हुरी मढारेर आयौ 
कालो रातको घुम्टो मलाई ओढाएर गयौ ।।
आइ परे जिन्दगीमा दु:ख सङ्गै लिउला
रमाएर सानो संसार हामी सङ्गै जिउला ।।

भन्थेउ हिजो हासो दिउला खुशी दिउला
रमाएर सानो संसार हामी सङ्गै जिउला ।।


कान्छा भाई (योन्जन)
३ फेब्रुवरी २०१६

Tuesday, February 2, 2016

कती जलाउ आफु लाई

गीत-

कती जलाउ आफु लाई पोल्छ मुटु भित्र
भुल्न खोज्दा आँखामा आउछ तिम्रो चित्र ।।


भन्थेउ आँफै मलाई छोडि पराइ भयौ भने
कस्सम मर्छु तिमी सँगै टाढा गयौ भने ।।
कती बालुँ आगो आफ्नै ब्यथा भित्र
ऐना अघी उभि हेर्दा आउछ तिम्रो चित्र ।।

बिन्ती गर्छु हात समाइ मलाई छोडि नजाउ
निको होला भन्दा उल्टै झन झन बड्छ घाऊ ।।
कती रुवाउ यो आँखा लाई आफ्नै कथा भित्र 
चिम्ली हेर्दा आँखा भरी आउछ तिम्रो चित्र ।।


कती जलाउ आफु लाई पोल्छ मुटु भित्र
भुल्न खोज्दा आँखामा आउछ तिम्रो चित्र ।।


कान्छा भाई(योन्जन)
३ फेब्रुवरी २०१६
समय- 10.20 am

दुनियाँ लाई देखाउदिन

गित-

दुनियाँ लाई देखाउदिन मन्मा चोट भरे पनि
भो अब रुन्न छामेर मन्मा खोट परे पनि ।।


भन्दिन म मायाँ गर्छु बुजी बुजी नबुज्ने लाई
तड्पिएर किन रुनु उल्टै मायाँ घटाऊने लाई ।
निको हुन्न देको चोट जती हल्ला गरे पनि
सुनाउदिन दुनियाँ लाई मन्मा खोट परे पनि ।। 


सङ्गै हिंड्ने जिन्दगी को बाटो फेर भन्छौ
एउटै मुटु दुइटा पारी अरु लाई नै बेर भन्छौ ।
भरे फेरी उस्तै हुन्छौ जती सल्ला गरे पनि
चर्की रहोस् घाऊ बरु मन्मा खोट परे पनि ।। 


दुनियाँ लाई देखाउदिन मन्मा चोट भरे पनि
भो अब रुन्न छामेर मन्मा खोट परे पनि ।।


कान्छा भाई (योन्जन)
२ फेब्रुवरी २०१६