काठमान्डौ बाट बिराटनगरको लागि ११, बजेको फ्लाइट भनेकोमा मौसमको कारण देखाउदै दिउसोको १२:४५ मा मात्रै उडान भयो, त्यसैले ढिलोगरिकन हामी बिराटनगरको एयरपोर्टमा १:३० मा मात्रै अवतरण भयौ, बिदेशबाट काठमान्डौको अन्तरास्ट्रीय बिमानस्थल टेक्दा जती मनमा खुशी लागेको थियो त्यो भन्दा दोब्बर तेब्बर बिराटनगरको डोमेस्टिक बिमानस्थलमा ओर्लिएर ट्याक्सी पार्किङ एरियामा आइपुग्दा घरमै आइपुगेको जस्तो अनुभुती भएको थियो, न मनमा कुनै डर, न कुनै असमन्जस्ता, बस थियोत केवल मनभरी खुशी र हर्ष, बिराटनगरको जमिनमा टेकेर उभिदा मधेशको तातो गर्मिलो हावाले अनुहारमा हानेर शरीर एकैपटक गुमुक्क गुम्सिएको भएपनी आफुलाई छुट्टै किसिमको आनन्द अनुभुती भएको थियो, आफ्नै घरको आँगनमा टेकेर उभिएको जस्तै भएको थियो, तर यती हुँदाहुँदै पनि मनमा भने बिन्दुले एयरपोर्टमा लिन आउछु भनेर न आउँदा, फेरी पशुपती मन्दिरको पारिपट्टी भेट्न बोलाएर भेट्न न आउँदा र त्यहा म संग जे कृयाकलाप भएको थियो वा राती होटलमा म संग जेजे भएको थियो त्यसले भने मेरो मन थिरमा थिएन, मनको एउटा कुनामा खुशी र ढुक्कपन भएपनी अर्को कुनामा त्यही घटनाले के भएको थियो मलाई भनेर नदिको छालले किनारा हानेझै मनको किनारमा छाल बनेर हिर्काएको थियो, तरपनि घरकै आडको एयरपोर्टमा ओर्लिएपछी भने एक किसिमले मन शान्ताचै भएकोथियो, त्यसपछी बिराटनगरबाट इटहरीको लागि भनेर २, हजारमा ट्याक्सी रिजर्भ गरेर म घरतर्फ लागे, जतिजती ट्याक्सी अगाडि बड्दै जान्थ्यो उतिउती मलाई आफ्नै ठाउँँ नौलो र अनौठो अकाशपतालको परिवर्तन भएको महसु भएको थियो, कुन ठाउमा पुगे र पुग्दैछु भन्ने पनि हेक्क थिएन मलाई, कुनैबेला त्यही बिराटनगर धरानको रोड सानो साँघुरो र भत्किएका हुन्थे, पैदल र साइकल रिक्सामा हिंड्नेहरुलाई सवारी दुर्घटना हुने जोखिम थियो, तर अहिलेभने केही ठाउँमा बन्न बाँकी रहेको बाहेक अन्यभागमा प्राय गरेर चारलेनको चौडा सडक बनिसकेको रहेछ, सवारी बाहनहरुको जाने र आउने एकोहोरो लेन र मान्छे साइकल यात्रीहरु हिंड्ने अलग्गै लेन पनि बनिसकेको रहेछ, हेर्दाखेरी बिदेशको जस्तै सुबिधा सम्पन्न सडक बन्दैगरेको रहेछ, सडकको दुबैकिनारामा केही छिटफुट घर बाहेक पहिले केही पनि थिएन, अहिले त्यही ठाउँमा ठुला र अग्ला ब्यापारिक घरहरु बनेर आफ्नै ठाउँ चिन्न पनि हम्मेहम्मे बनिसकेको रहेछ, यस्तै बिकसित भौतिक प्रगतिको द्रिश्यहरु हेर्दै अन्तत झन्डै ४५, मिनेटको यात्रापछी म आफ्नो घरमा आइपुगे ।
घरमा पुग्दा म आइपुग्ने खबरले छोराछोरी खुशीले घर बाहिरै बसेर मेरो बाटो कुरेर उनिहरुको साथीहरु पनि भेला भएर बसिरहेको रहेछ, उनिहरुको आमा, मेरो श्रीमती भने भान्षाकोठामा खान बनाउन सुरसारमा भर्खरै छिरेकी रहेछिन, घरको आँगनमा पुगेर ट्याक्सी रोकिने बितिकै केटाकेटी बाबा आउनुभयो भनेर ठुलो आवाजमा चिच्याउदै खुशी भएर हाँस्दै दगुरेर आएर झ्याम्मिएर मलाई अंगालो मारेर बेरे, मैले पनि दुबै छोराछोरिलाई अंगालोमा बेरे, उनिहरुको साथीहरु पनि खुशीले मलाई हेर्दै हाँस्दै अंकल नमस्ते भन्दै दर्शनगरे, मैले धेरै र लामो समयपछी आएकोले गर्दा कोको हुन भनेर ठम्याउन सकिन तैपनी उनिहरु सबैलाई दर्शन भन्दै केछ अनी सञ्चै हो भन्दै नमस्कार फर्काए, केटाकेटिले, ट्याक्शिबाट सबै सामन निकालेर फटाफट भित्र लिएर गए, मैले पनि ट्याक्सी वालालाई पैसा निकालेर दिदै बिदा गरेर खुरुखुरु घरभित्र प्रबेश गरे, श्रीमतीजी भान्षाकोठाबाट आएर खुट्टामा ढोग गर्दै ग्वाम्लङ अंगालो हालेर रुन थालिन, ल म घर आइसके फेरी किन रुएको तिमी चै भन्दै सम्झाए, केहीछिन पछी अंगालोबाट छुटिएर टिभी रुमको सोफामा बस्दै किन ढिलो भएको फ्लाइट, ११ बजेको भन्नुभएको हैन ? भनेर सोधिन, मैले अँ भन्दै टाउको हलाए, त्यसपछी घरमा छरछिमेकका काकी काका दिदी भाउजु र मसिना केटाकेटी पनि भेला भए, सबैको आँखा र अनुहारमा खुशी दौडिरहेको देखिन्थ्यो, म आएको थाहा पाएर जतिजना भेट्न आए तिनिहरु सबैसंग साईनो अनुसारको ढोक नमस्कार आदानप्रदान भयो, त्यसपछी सोफामा बस्दै सबैसंग सन्चो बिसन्चोको खबर सोदासोध गर्दै गफगाफमा रहयौ भने श्रीमतीजी पुन भान्षा कोठातर्फ लागेर बेलुकिको खानपिन बनाउन तर्फ ब्यस्त रहन थालिन ।
भोली, पर्सी र निकोकोर्सी गर्दै समय बित्दै जान थाल्यो,समय घर्किनलाइ कतिनै पो लाग्छर ? बिदेशबाट फर्किएर घरमा परिवार संग बस्न थालेको पनि झन्डै एक महिना बित्नै लागेको थियो, तर काठामान्डौको एयरपोर्ट र बिराटनगरको एयरपोर्ट मा आइपुग्दा जती खुशी भएको थिए त्यो खुशी धेरै दिन टिक्न सकेन म आँफैभित्र, किनकी बिदेशबाट म फर्किएको महिना दिन बित्न लाग्दापनी अघिल्लोपटक घर बिदामा आउँदाको जस्तो हसिलो खुशीलो र रौनक थिएन मेरो अनुहारमा, तेल सकिएर निभ्न लागेको दियोको उज्यालो जस्तो मधुरो मलिन थियो, के हराएको, के छुटेको वा के बिछोडिएको सातो गएको जस्तो अँध्यारो थियो, मेरो अनुहारको चमक र मन भित्रको चन्चलता फिटिकै थिएन, जब मन भित्रैबाट चन्चलता नभएपछी अनुहारमा त्यस्तो खुशीको भाव देखिने कुरै भएन, जसरी हरेक बिदामा फर्किदा सबैसंग भेटघाट, रमाइलो, हास्ने बोल्ने, रेला ठट्टा हासोमजाक गर्नेगर्थे, योपटक भने त्यस्तो स्वभवाब केहीथिएन म भित्र, न घरमै छोराछोरी संग खुलेर खेल्न सकेकोछु, नत आफ्नै जिबनसाथी संग पहिले झै हास्नेबोल्ने गरेकोछु, बिल्कुलै ठीक बिपरित कृयाकलाप भएको थियो मेरो पहिलेको आम स्वभाब भन्दा ।
समयमा खाना नखानु, समयमा नसुत्नु, घरमा को आयो, को गयो, कुनै हेक्का नरहनु, बोल्दा बोलिको ठेगाना नहुनु, बस्दा पनि कुनै आवाज न आउने एकान्त ठाउँको खोजी गर्दै एक्लै बस्नु, रुममा बस्दा पनि सबैजना टिभी हेरेर बसेको ठाउँमा नबसेर आफ्नै रुममा बत्ती मारेर अँध्यारोमा बसेर झ्यालबाटा बाहिर कसैको खोजी गरे झै टोलाएर रहनु, बेलुकी श्रीमतिजी सुत्न बेडरुममा आउँदा पनि बोल्दै नबोल्नु, कित बोलेपनी थोरै बोल्नु वा उनी धेरै बोल्न खोजे झर्को र फर्कोगर्दै अर्कोतिर अलगिएर निस्सासिएको जस्तो भएर सुत्नु मेरो फेरिएको स्वभाब हुनथालेको थियो, मेरो यस्तै स्वभाभले गर्द श्रीमतिले पनि डराइ डराइ बिस्तारै माया पोखेको बहना गर्दै हजुरलाई के भएको छ आजभोलि ? पहिलेको जस्तो त हजुर हुनुहुन्न, घर आउनुभएकोमा खुशी हुनुहुन्न कि, वा मैले केही भनेर मन दु:खाएकी ? आखिर के भएकोछ हजुरलाई, किन यसरी एकान्तमा नबोली खाली एक्लै मात्रै बस्न खोज्नुहुन्छ, पहिले घर आउँदा सबैसंग घुलमिल हुनेमान्छे बाहिरको छरछिमेकी संग हास्नु बोल्नु त टाढाको कुरा घरमै पनि आफ्नै छोराछोरी र श्रीमती संग पनि बोल्न खोज्नुहुन्न, आखिर के भएकोछ हजुरलाई ? कि सन्चो छैन ? वा मैले माया दिन जानिन हजुरलाई ? हजुरलाई याद छ ? तपाईं आउनु भएको आज एक महिना पुग्न लागिसक्यो, तर पनि हामी बिचमा कुनै सम्बन्ध स्थापित भएको छैन, आखिर के भएको छ हजुरलाई ? हजुर के चाहनुहुन्छ म संग, नत्र झन्डै चार बर्ष पछी बिदेशबाट फर्किएर भेट भएको लोग्ने श्वासनिको सम्बन्ध र निकट्ता यस्तै मात्रै हुन्छर ? हजुरलाई के मेरो अगाडि उभिन मन लाग्दैन ? वा हजुरको अगाडि म उभिएको मन पर्दैन ? आएको यत्रोदिनमा के भएकोछ भनेर केही भन्नु पनि हुन्न, नभनी मैले हजुरको मनको कुरा थाहा पाउने कुरा पनि भएन, कि हजुर अरुकसैलाई प्रेम गर्नुहुन्छ हो ? कि बाहिरै ल्याएर राखिसक्नु भएको छ ? नत्र किन हामी बिचको सम्बन्धमा यो चोसिपना ? श्रीमती केही मनमा संका पोख्तै लगतार बोलिरहन्छिन,म केवल निशब्द भएर सुनिमात्रै रहन्छु, मानौ म मन्दिरमा कुँदेर राखिएको कुनै नबोल्ने अचेत पत्थरको मुर्ती हुँँ, तैपनी फेरी उनी बोल्दै जान्छिन ।
मैले केही गल्ती गरेको छु कि ? सम्बन्धमा चिसोपना आएर सजाय दिए जस्तै आफु एक्लै गुम्सुम बसेर मलाई पनि यो अघोषित सजाय किन दिदैहुनुहुन्छ ? जब तपाईं एक्लै बस्नुभएको म हेरिरहेको हुन्छु तब म हजुरको हरेक ब्यबहारलाइ नजिकबाट नियाल्ने कोशीस गरिरहेको हुन्छु, जतिबेला मैले हजुरलाई नोटिस गरेको हुन्छु त्यतिबेला तपाईं कित टाढातिर हेरेर चुपचाप टोलाई रहनुहुन्छ, कित शिर निहुराएर एकोहोरो भुइतिर हेरिरहनु हुन्छ, हैन भने एकलै ओठ चलाएर नबुझिने गरेर कोसंग केकुरा गर्दै घरि हासेको जस्तो, घरि रिसाएको जस्तो, घरि आँखामा निरासा पोखिएको जस्तो आँखा रसिलो बनाएर बस्नुहुन्छ, त्यतिबेला हजुरलाई त्यस्तो स्थितिमा देख्दा म भित्रभित्रै डराइ रहेको हुन्छु, भित्रभित्रै पिल्सी रहेको हुन्छु, तपाईंको त्यो स्वभाव देखेर आँफैलाई ढाटेर आशु छल्ने प्रयास गर्छु, छोराछोरी त बाबा आयो भनेर उनीहरुलाई खुशी मात्रै छ, तर तपाईं आउनु भएपछिको तपाईंको परिवर्तन मैले मात्रा महसुस गरेकी छु, यदी मैले पनि तपाईंको परिबर्तित स्वभाव थाहा नपाउने हो भने कस्ले थाहा पाउछ, आखिर म हजुरको श्रीमती हुँँ, आजिबन साथ निभाउछु भनेर तपाईंको सिन्दुरले यत्रो जुनि बिताए, नत्र बर्सौ लोग्ने परदेश हुँदा कुनचै बयस्क तरुनी आईमाईलाई रमाउन खुशी हुन मन नलाग्दो हो, घरको लोग्ने अर्काको पराइभुमिमा पसिना बगाएर ज्यानको बाजी लगाएर दु:ख मेहेनत गर्दा यता श्रीमतिहरु अर्कैको बाइकको पछाडि बसेर दिनरात हुइकिएको आफ्नै आँखाले नदेखेको पनि हैन, मनमा अनेकौ आवेग उर्लिएर आउँदा कलिलो मस्तिस्कको उथलपुथल लाई आँफैमा कैद गरेर राखे, र मैले त्यो बाटो पनि बिराइन, तर आज बर्षौपछी हजुर सँधैको लागि फर्किएर आउनु भएको छ तर त्यो संगै तपाईंको स्वभाब पनि परिवर्तन भएर आएकोछ, अब आँफै भन्नुहोस, तपाईंको त्यो व्यबहार देखेर म भित्र उठेको पिरहरुको चाङ्ग चै कस्ले देख्ने, म भित्र उर्लिएको भावना र प्रेमको छाल चै कस्ले देख्ने, त्यो उमेरमा उतौलो बनेर हिंड्न के मलाई मन लागेन होला, ? कयौको घरबार उजाड हुँदा मैले त्यो इज्जत धानेर बसेकी छु, तपाईं विश्वाश गर्नुहोस् वा नगरनुहोस, तपाईंको आठार बर्षको परदेशी बसाइको क्रममा मैले आफ्नो इच्छाहरु मारेर तरुनो सपनालाई कुल्चिएर बसेको छु, तपाईंको याद र पर्खाइमा पलपलको रहरहरु पानी पिए जस्तै घुटघुट पिएर पचाएको छु, आखिर के भएको छ हजुरलाई ? म तपाईंको श्रीमती मात्रै हैन तपाईंको असल साथी पनि हुँँ, यदी कसैले हजुरलाई हजुरको कम्जोरिलाई समातेर ब्लाकमेल गर्दैछ भने पनी मन खोलेर भन्नुहोस, हरेक समस्या पछाडि त्यसको निराकरणको बाटो पनि हुन्छ, यदी त्यस्तो समस्या भएको भएपनी दुबैजना मिलेर समस्याको हल गरौला, तर तपाईं दिनदिनै यसरी नै गुमसुम भएर बस्नु भयो भने कसरी समस्याको हल निस्कन्छ ? मेरो ठाउँमा तपाईं बसेर एकपल्त हेर्नुहोस्न, बर्षौ पछी बिदेशबाट लोग्ने फर्किएर आउँदा त्यो लोग्ने गुम्सुम भएर बस्दा वा श्रीमतिको अधिकार नपाउदा उनको मन भित्र के चल्दोहोला, मन भित्र चल्ने मात्रै हैन, उ कती पिडाबोध गर्दोहोला ? उनी भित्र आफ्नो लोग्नेको परिवर्तनले कती आँधितुफ्यान आउँदोहोला, यसरीत जिउदै मरेको अचेत लास जस्तो भएनर ? अनी आँफै भन्नुहोस्त , म तपाईंको श्रीमती भएकी नाताले तपाईंको यो गुम्सुमलाई म कस्लाई भन्न जाउ ? कस्लाई सुनाउ ? आखिर समस्या केहो भनेर म कसरी थाहापाउँ ? समस्याको जड थाहा पाएपो त्यसको उपचार पनि गर्न सकिन्छ, आखिर म तपाईंको जिबनसाथी हो, तपाईंलाई के भएको छ वा केगर्दै हुनुहुन्छ त्यो सबै जान्ने हक मलाई छैन र ? म एक्लै हुँदा र छोराछोरी घरमा नभएको मौका छोपेर यस्तै यस्तै गन्थन गरेर घन्टौसम्म श्रीमतिजी मलाई यसरी आफ्नो गुनासो पोख्थिन, म भने घर अगाडिको बारीमा ठिङ्ग उभिएको आरुको बुढोरुख जस्तै निरवत भएर उभिएर उनको कुरा सुनिरहन्थे, तर उसले केके भन्यो एक कानले सुनेर अर्को कानबाट फुत्त निस्किएर गएको जस्तै उनले के भन्दैछिन भन्ने पनि भेउ पाउदिन थिए म, बिस्तारै हरेकदिन यस्तै अनगिन्ती प्रश्नहरु ओइरिन्थ्यो श्रीमतीजी को, अबत हुँदाहुँदा दिनमा मात्र हैन राती ओछ्यानमा सुत्न पुग्दासम्म प्रश्नै प्रश्नले मलाई घेरि राखेर आँफै बेलाबेलामा सुकसुक रुन्थिन पनि, म भने जतिबेला सम्म उनी गन्थन गरिरहन्थिन तबसम्म सुनेर कुनै जवाफबिहिन भएर बस्थे, कहिलेकाही चै उनी आफ्नो प्रश्न सहितको गुनासो पोखिरहदा मभने अघिनै कतिबेला निदाएर मस्त निन्द्रामा घुर्न थालिसकेको हुन्थे, म यता सुन्दासुन्दै निदाउदा उनिभने गन्थन गर्दागर्दै कतिबेला निदाउथिन म पत्तै पाउदिन थिए ।
म भने दिनदिनै कुनै मानसिक रोगले भेटेको जस्तै अनेकौ कुराहरु मनमा खेलाएर टोलाउन र बोल्न हास्न थालिसकेको थिए, झनझन दिनदिनै मेरो स्वास्थ्य स्थिती पनि कम्जोर हुँदै बिग्रदै जादै थियो, म खादा, बस्दा, सुत्दा जे गरेपनी मेरो मस्तिस्कभरी बिन्दु संग बोलेको र बिन्दुको छबी मात्रै घुमिरहन्थ्यो, घरिघरी त कोही बाटोमा आउँदै गरेको देख्दा पनि बिन्दुकै आक्रिती देख्न थालेको थिए, उनिहरुलाई देख्दा भने म बिन्दुकै आक्रिती देखेर बोलाउन तमतयार भएर बस्थे, तर जब कुनै नारी आक्रिती मेरो नजिकै आइपुग्थे तब सपनाबाट बिउँझीए जस्तै गरेर झस्किएर फेरी आँफै सतर्क हुन्थे, कतिपटक त घरको आँगनमा बसेर बाटोमा हिड्दै गरेको महिलाहरुलाई बोलाँउदा पागल सम्झिन्थे कि कुन्नी निकैपर सम्म पुगिन्जेल डराएको भावमा मलाई फर्किफर्की हेर्दै जान्थे, गाउँमा छरछिमेकमा बिस्तारै फलनाको बुडो फलानोत त बहुलाएको छ रे, सम्म भन्न थालिसकेका थिए, घरमा म एक्लै हुँदा बाटमा उभिएर बस्दा मेरो घरछिमेकका आईमाई मान्छेहरु मेरो सामुन्ने आउन वा बोल्न बिस्तारै डराउन थालेका थिए, यो मैले आँफैले पनि अनुभव गरेको थिए, जब मलाई नजिकबाट चिन्ने आईमाई मान्छेहरु मेरो नजिकै भएर बाटो काटेर जानुपर्ने हुन्थ्यो तब उनिहरु म उभिएको अगाडिबाट हैन मेरो पछाडिबाट सलले नाकमुख छोप्दै हतार हतार लम्किदै त्यहाबाट ओझेल पर्न चाहन्थे, मानौ म उनिहरुको अपराधी हुँँ, डरलाग्दो भिमकाय कुनै जन्तु हुँँ, जस्ले म उनिहरुलाई हानी पुर्याउछु शायद यस्तै सोच्थे उनिहरु म प्रती ।
हरेकदिन झनझन मेरो स्वास्थ्य स्थिती बिग्रदै जान थाल्यो, श्रीमती र छोराछोरिमा म प्रतिको चिन्ता र पिर त, छदै थियो, हुँदाहुँदा एकान, दोकान मैन्दान हुँदै म कम्जोर र मान्सिक सन्तुल गुमाउदै गएको खबर परपर सम्मका आफन्तहरुका सम्म पुगिसकेका रहेछन, ति आफन्तहरु आएर कस्तो मान्छे थियो कस्तो भयो अहिले भन्दै मुख भित्रैबाट चुक्चुकाएर म र मेरो परिवार प्रती शान्तावना पोखेर फर्कन्थे, कोही चै मनोचिकित्सक लाई देखाउन सल्लाह दिन्थे भने कोही चै धामी झाँक्री झारफुक गर्न सल्लाह दिन्थे, तर उनिहरुले मेरो श्रीमतिलाई त्यस्तो सल्लाह दिईरहेको देख्दा मलाई भने मन भित्रभित्रै बाट, मलाई पागल सम्झेका छौ नाथुहरु भन्दै उनिहरु प्रती उल्टै ब्यंग्य कटाक्ष गरेर मुसुक्क हास्थे, यसरी उनिहरुलाई कटाक्ष गरेर हाँस्दा पनि म कुनै अद्रिश सक्ती संग हासिरहेको वा संबाद गरेको सम्झिन्थे कि कुन्नी ? बिचरा हेरत एक्लै हाँस्दैछ भन्थे, उनिहरुले त्यस्तो भन्दा मलाई भने झन मन भित्र उनिहरु प्रती ठिठ लागेर आउथ्यो र झन झोडले खित्का छोडेर हास्न मन लाग्थ्योर हासिदिन्थे, म यसरी हाँस्दा भने उनिहरु चै डराएर झन छिटोछिटो बिदा मागेर मेरो घरबाट बाहिरिन्थे, यस्तो अवस्था हुँदा श्रीमतिको अनुहार अँध्यारो हुन्थ्यो, छोराछोरी ट्वाल्ल् परेर हेरिरहन्थे, म भने मनमनै भन्थे, तिमीहरु पिर गर्नुपर्दैन मलाई केही भएको छैन, मनभित्र यस्तै उत्तर दिन्थे तर खुलेर मुख बाहिरबाट म उनिहरु संग पोख्न सक्दिन थिए, शायद यही मेरो कम्जोरीले गर्दानै उनिहरुले मलाई मानसिक रोगिमा दर्ता गर्दैथिए आआफ्नो सोचाइमा, उनिहरु सोच्थे कि म पूर्णरुपमा मानसिक संतुलन गुमाएर बिस्तारै पागल हुँदैछु, उनिहरुको म प्रतिको सोच सबै थाहापाउथे,उनिहरु म प्रती के भन्न खोज्दैछन, के गर्दैछन, मेरो बारेमा के कुरा गर्थे, मेरो कारण उनिहरु चिन्तामा डुबेकाछन, यि सबैकुरा थाहापाउथे, उनिहरुले म प्रतिको चासो र चिन्ता अनी कहाँ लाने के गर्ने, कस्लाई देखाउने भन्ने आफन्त संगको सरसल्लाह गरेको यो सबैकुराको हेक्का पनि हुन्थ्यो मलाई, उनिहरुको म प्रतिको यस्तो छट्पटाहट थाहा पाएर म ठीक छु, तिमीहरु आतिनुपर्दैन भन्न खोज्थे तर भन्न सक्दिन थिए, आफुलाई केही नभएको र आफु ठीक भएको कुरा भन्न खोज्दा सबैकुरा पेट भित्रै हुडल्किएर पेटको आन्द्रा, छातीभित्र मुटु, कलेजो, फोक्सो हुँदै घाटिसम्म आइपुगेर जिब्रोले ओकल्न नसकेर फेरी भित्रै दबिएको आभाष हुन्थ्यो, भन्छु भनेर तयार हुन्थे, फेरी किनकिन मलाई केले रोकेको अनुभुती हुन्थ्यो, र म पटकपटक श्रीमतिजी लाई यो सबै भन्नबाट बन्चित हुन्थे र म आफ्नो मनको कुरा ब्यक्त गर्न सक्दिन थिए ।
दिनदिनै बिग्रदै गएको मेरो स्वास्थ्य स्थितिको बारेमा घरमा परिवारलाई चिन्ता पर्नुत स्वभाबिकै थियो, त्यसमाथी पनि सबैभन्दा धेरै आफ्नो श्रीमतिलाई चिन्ता र तनाब हुनु अझ स्वाभाबिक थियो, छिमेक र आफन्तले मलाई साचिकै मानसिक रोगी सम्झिन थालेका थिए, उनिहरु बारम्बार राम्रो डक्टरलाई लगेर देखाउनु नत्र धामी झाक्री लगाएर भुतप्रेत आत्माको झारफुक गरेर छेक्नु भनेर सिकाउथे, नत्र राम्रो जान्ने ज्योतिषी लाई चिना हेराएर ग्रहदशा लग्न केही भए नभएको देखाउन सल्लाह दिन्थे, तर म आफुभने आफुलाई केही नभएको महसुस गर्थे, हुनपनी हो, म भित्र एक्लोपना र एकाग्रता रहने र टोलाएर एक्लै बस्ने, आदी केही परिबर्तित स्वभाब आँफै स्वयमले अनुभुती गरेको थिए, तर त्यसो भन्दैमा घरमा के भैरहेको छ, के हुँदैछ, के गर्दैछ, को आउछ, को जान्छ, के कुरा गर्छन् मेरो बारेमा त्यो सबै म थाहा नपाउने भने हैन, त्यो सबै थाहा पाउथे म, बस मुखले घाटिसम्म आएर पनि भन्न सक्दिन थिए, मलाई केही भएको छैन भनेर भन्न खोज्थे, घाँटी सम्म आएको कुरा पनि फेरी कुनै कडा बस्तु किल्किलेमा अड्किएर भुँडी भित्रै फर्किएको जस्तो महसुस हुन्थ्यो, म आँफैलाई भएको असहज र उनिहरु केके गर्छन् बोल्छन भन्ने दुबैकुरा मैले राम्रोसंग थाहा पाउदा पाउदै पनि खै कुनचै अद्रिश्य सक्तिले रोके झै रोकेको थियो र म उनिहरुको नजरमा मानसिक बिरामीमा दरिन परेको थियो ।
सबैको सल्लाह सुझाब त छदैथियो, त्यसमाथी पनि मेरो श्रीमतिलाई पनि आँफै भित्र खाएको डरले होला कि शायद उनी मलाई राम्रो डक्टरलाई लगेर देखाउने निस्कर्समा पुगेछिन र मलाई राती सुत्ने बेलामा मलिनो स्वरमा बोलिन, हजुर यता सुन्नुत, यसरी आखिर कतिन्जेल चल्छ ? न बोल्नुछ, न कुनै कुरा सेयर गर्नुछ, न कोही घरमा मान्छेहरु आउँदा जादा कुरा गर्नुहुन्छ, यो व्यबहार र पिडा कहिलेसम्म चलाऊनुहुन्छ ? आखिर कहिले सम्म घुट्घुटिएर आँफै पिडामा बस्नुहुन्छ, बरु भोली हस्पिटल गएर राम्रो डक्टरसंग देखाएर केही सल्लाह पो लिने होकी ? लोग्ने श्वासनी सुतिरहेको अवस्थामा मेरो छातीमा उनको कोमल औलाहरु खेलाउदै बोलिन, म त्योदिन पनि अरुदिनको जस्तै चुपचाप सुनिरहेको थिए, केही भन्छु भन्न खोज्दै थिए तर किनकिन मुखबाट मेरो कुनै वाक्यहरु निस्किरहेको थिएन, म उनको आवाज र उनी भित्रको म प्रतिको पिडा प्रस्ट थाहा पनि पाउथे, तर बोल्न खोज्दा पटकपटक घाँटी भन्दा माथि कुनै वाक्यनै फुट्दैनथ्यो ।
अन्तत भोलिपल्ट बिहानको चिया पिएर हामी इटहरीबाट बिराटनगर तर्फ लाग्यौ, इटहरीबाट जब बिराटनगरको लागि भनेर हामी चोकबाट लोकल बस चढेर हिड्यौ तब मनभरी मलाई अनेकौ कुराहरु खेल्न थाल्यो, बिदेश बस्दा त्यत्रो बर्ष केही नभएको मलाई, तर योपल्ट सँधैको लागि घर फर्किदा मलाई के भएकोछ ? आखिर बिन्दु संगको संबादले नै मलाई मेरो मस्तिस्कमा यसरी हानिरहेको छत ? परदेश बस्दासम्म मैले कुनै यो एक्लोपनको महसुस गर्नुपरेन, झोक्राउने टोलाउने गर्नुपरेन, जब काठमान्डौ ओर्लिएपछी यो कुनै कथाको काहानी झै वा कुनै चलचित्रको सिन झै किन हरेक दृष्टि भ्रम भएको छ मलाई ? पशुपतिमा जादा वा होटलमा म संगको त्यो हरेक घटनाले नै यो दिमागी बिचलन आएकोहोत ? हस्पिटलमा पुगेर डक्टरले पनि मलाई के मानसिक बिरामी नै साबित गर्लात ? उसले कस्तो कस्तो कुरा सोध्ला ? सोधे के जवाफ दिने, जुन कुरा म भन्न खोज्छु त्यो कुरा म आफ्नै परिवार संग भन्न सकिरहेको छुइन, झन डक्टर संग मलाई भएको महसु र असहज्ता कसरी भन्न सक्छु ? मनभरी नानाभाती कुरा खेलाउदा खेलाउदै हामी बुडाबुडी खनार, सोनापुर, दुहबी, कन्चनबारी हुँदै बिराटनगरको बरगाछी भन्दा अलिक तल सनिमन्दिरको अगाडि पुगेर बसबाट ओर्लिएर पुन सफारी चढेर जहदा रोड हुँदै न्युरो कार्डियो मल्टिस्पेसियलिटी भन्ने हस्पिटलमा पुग्यौ ।
हस्पिटल गएको त्योदिन श्रावण महिनाको एक गते आईतवारको दिन थियो, त्योदिन सबै डक्टरहरु आउने भएकोले होला हस्पिटलभरी बिरामी र तिनका आफन्तको खचाखछ भिड थियो, डक्टरको काउन्सेलिङ टिकट काट्न पनि लाइनमा उतिकै भिड थियो, मलाई एउटा कुर्सिमा बस्नु भनेर उनी टिकट काट्न लाइनमा उभिन गईन, टिकट काट्न पनि कती मुस्किल, मलाई त्यो भिडभाड र घन्टौसम्म जाबो एउटा बिरामी देखाउने पुर्जी काट्न अनिसपसिन हुँदै उभिएको देख्दा उठेर घरतिर हिडिदिउँ जस्तै भएको थियो, फेरी अर्को मनले श्रीमतिको अनुहारमा निराशा छाएको मलिन अनुहार सम्झिए र आफुलाई सम्हालेर धर्य गरेर बसे, निकैबेरको ठेलमठेल पछी बल्लतल्ल पुर्जी त, लिएर आइन, फेरी यता डक्टरको ढोकै अगाडिबाट बिरामीको लर्को, मानौ भोकाएकोहरु खाना कुरेर पर्खिरहेका छन भोक लाग्यो खाना देउ भन्दै बिलौना गर्दै, यहाँ पनि करिब झन्डै दुइघन्टा कुरेपछी बल्ल पालो आयो हाम्रो, त्यसपछी हामी बुडाबुडी नै डकटरको कार्यकक्ष तर्फ प्रबेश गर्यौ ।
छेउको कुर्सिमा मेरो श्रीमती र डक्टरकै अगाडिको कुर्सिमा मलाई बस्न ईशारा गर्दै डक्टरले सोध्न थाल्यो, डक्टरले जेजे सोद्धै जाने त्यो सबै मेरो श्रीमतिले अगाडि बडेर आँफै बोलिन, मानौ बिरामी म हैन उनी हुन, मेरो दैनिक कार्य देखी लिएर बिदेश देखी घर आएको कतिदिन भयो सम्म र कतिबजे खाना खाने र कती बजे सुत्ने निदाउने गर्छु, बस्दा एक्लै हास्ने बोल्ने वा केही देख्दा वा कसलाई देख्दा डराउने कुनै स्वभाब देखाएको छकी छैन सबै सोद्धै थियो, त्यतिबेला मलाई चै मनमनै लाग्दै थियो कि अब चै पक्का बिरामी बनाउने भए यिनिहरुले भन्दै यस्तै कुराहरु मनमा खेलाई रहेको थिए, एकोहोरो भएर यसरी मनमा कुरा खेलाउदा एकोहोरिएर सिलिङ तिर नियाल्दै खुट्टाको औंला र दुबैहातको औलाहरु रगटेर खेलाउन पुगेछु, यतिकैमा डक्टरले मेरो श्रीमतिलाई सोध्यो, वहाँँले हातखुट्टाको औंला अघिदेखी नै खेलाइरहनु भएकोछ यो पहिले देखी कै वहाँको बानी होकी आजभोलि भर्खर मात्रै यस्तो गर्न थाल्नु भएको ? श्रीमती पनि एकछिनत छक्क परेर मलाई हेर्दै बोलिन, घरमा त यस्तो गर्नुहुन्नथ्यो, त्यसपछी डकटरले हातमा सानो एउटा टर्चलाइट बालेर मेरो मुख आँ गरेर खोल्न आदेश दियो, मैले तीन बित्ता च्यातिने गरेर मुख आँ गरिदिए, त्यसपछी मेरो दुबै आँखाको तल र माथिको परेलाको मासु तन्काएर खिच्दै उसको आँखा पनि मेरै आँखामा गाड्ला झै गरेर हेर्यो, त्यसपछी मलाई सोध्न थाल्यो, कति बर्ष बस्नुभो बिदेश, १८, बर्ष मैले जवाफ दिए, बिदेशमा बस्दा कुनै गम्भिर ठुलो बिरामी हुनुभएको थियो ? थिएन, कसैसंग ठुलो झगडा गर्नुभएको छ ? छैन, नेपाल आउने बेलामा कम्पनिले निकालेर पठाएको कि आफ्नै खुशीले फर्किनु भएको ? आफ्नै खुशीले, कुनै जाँडरक्सी चुरोट खैनी वा त्यो भन्दा ठुलो अरु कुनै लागु औसध लिनुहुन्छ ? लिदिन, कोही छोरी मान्छेसंग नजिक वा बोल्ने गर्नुभएको छ, छैन, उसले जेजे सोध्यो त्यसको जवाफ सबै छोटो उत्तर दिरहेको थिए, तर अन्तिमको प्रश्न को जवाफ भने बिन्दु संग बोल्छु तर अहिले संपर्क बिहिन छिन् भनिदिन मन लागेको थियो, फेरी आँफैलाई कन्ट्रोल गर्दै सोचे यस्तो कुरात भन्नुहुन्न, आँफैलाई रोक्ने प्रयास गरे, र सफल पनि भए, डक्टरले अन्य धेरै कुराहरु सोधेको थिए तर मैले यहाँ सबै सम्झिन सकिन वा मेडिकल भाषामा मलाई भन्न आएन, तर झन्डै एक घण्टाजती लगाएर अदालतमा वकिलले केरकार गरेको जस्तो, कुनै अपराधी लाई समातेर पुलिसले बयान लिएको जतिकै थियो, डक्टर सोद्धै जाने म त्यसको जवाफ दिदै जाने, बयानबाजी निकै लामो चल्यो, त्यतिबेला मेरो अनुहारभरी चिटचिट पसिना आएको थियो, केही हलुका हातखुट्टा कापेको जस्तो पनि भएको थियो, किनकी मलाई त्यहाबाट कतिबेला निस्कनु जस्तै भएको थियो, त्यस्तो चिसो एसी चलाएको रुममा पनि मलाई चिटचिट पसिना र कापेको देखेर डक्तरले पुन सोध्यो, तपाईंलाई डर लागिरहेको छ हो ? छैन फेरी छोटो उत्तर दिए, त्यसपछी अनेकौ प्रश्नउत्तर सकिएपछी एकलै नबस्न, सकेसम्म मान्छेहरु भएको ठाउँमा बस्न, घरमा बस्दा पनि केहीन केहीमा आफुलाई ब्यस्त राख्न, बिहान बेलुकी ब्यायमा गर्न, सकेसम्म फलफुल जुस र खाने कुरा खान, समयमा सुत्न भन्दै एउटा पेपरमा औषधी लेखिदिएर श्रीमतिको हातमा थमाइ दियो, उक्त पेपर बोकेर हामी त्यहाबाट बिदा भएर फार्मिसी तर्फ लाग्यौ, फार्मिशि बाट डक्टरले लेखिदिएको औषधी लिएर हामी घरतर्फ लाग्यौ, तर अघी जादा दिक्क लागेको बाटो अहिले थाहै नपाई घर आइपुगेको जस्तो अनुभुती भएको थियो, एउटा जेलखानाको चंगुलबाट उम्किएर आएको जस्तै भएको थियो ।
बेलुकी घरमा आइपुगेर परिवारको सबैले खाना खायौ, केटाकेटी टिभी हेर्न थाले, मचै आफ्नो बेडरुमतर्फ लागे, साथमा पछीपछी मेरो श्रीमती पनि आइन, पछीपछी आएकी उनको एउटा हातमा औषधीको झोला थियो भने अर्को हातमा पानीको गिलास थियो, म बेडमा पल्टिन मात्रै लागेको थिए बुडिले औषधी खान भने, मैले औषधी मागेर मोबाइलको ब्राउजरमा गएर औषधीको नाम Citalopram 10mg. भनेरहाने त्यहा डिप्रेसन भएको बेला डिप्रेसनको बिरामीले खाने औसधैं भनेर भेटए, त्यसपछी त्यसको प्रयोग र असरको बारेमा पढे, त्यसपछी अर्को औषधीको नाम Xanax 1mg Alprazolam भनेर हाने, त्यो पनि डिप्रेसनकै गम्भिर बिरामी वा निन्द्रा नलागेको बेला खाने निदाउनको लागि दिईने औषधी रहेछ, मैले औषधीको डिस्क्रीप्सन देखाउदै श्रीमतिलाई भने, तिमीले मलाई यो खुवाउन लागेको औषधी मद्धे कुनै एकको पनि बिराम भएकै छैनत यो खाएर किन म आफ्नो हेल्थ बिगार्नु, तिमीले सोचेको जस्तै म बिरामी थिए भने यो औषधी केहो, कस्तो हो, खान हुन्छ कि हुन्न भनेर गोगलमा गएर खोजेर हेर्ने मेरो दिमागमा आउथ्यो ? आँफै भनत, मेरो कुरा सुनेर विश्वाश गर्नुत कताहो कता उल्टै रिसाउदै झर्किदै यसो गर्दा पनि छैन उसो गर्दा पनि छैन, कम्सेकम डक्तरले दिएको औषधी त खानुपर्छ नि, भनेर ठुस्किन पुगिन, त्यसपछी भने लौतनी आज एकदिनलाई खाइदिन्छु, आज एकदिन खाँदैमा मरित हाल्दिननी भन्ने सोचेर उनको मन खुश राख्नकै लागि भएपनी औषधी खाए, त्यसपछी निन्द्राको औसदी खाएकोले होला म कतिबेला निदाए थाहै पाईन, तर बिहान बिउझदा भने पुरै शरीर थकित भएको जस्तो अनुभुती भएको थियो ।
स्रावन १२,गते कृष्ण औशिको दिन दिउसै देखी घरमा आफन्तहरुको आवाजत जावतको निकैनै चहलपल हुँदैथियो, म घरि घरको छतमा त, घरि घरको बार्दली र आँगनमा बसेर आउने जानेको ति सबै द्रिश्यहरु नियाली रहेको थिए, मनमनै सोच्थै थिए, आज किन हाम्रो घरमा यतिका मान्छेहरु जाने आउने गर्दैछन, घरका मान्छेहरु के गर्दैछन आज, केका लागि यतिका सरसामन ल्याउदैछन, घरमा कुनै पूजाआज पनि छैन, अनी यती बिघ्न सिमलिको सेउली, बेलपत्ता, आँकको पत्ता, अंलिसो, केराको पत्ता, बाँसको सेउली, आदी अनेकथरी केकालागी जम्मा पार्दैछन, म छक्क परे, यतिकैमा एउटा अपरिचित ब्यक्तिले छिप्पिएको ठुलो कालो र रातो कुखुराको दुइटा भाले हाम्रो घरमा दिएर गयो, त्यस्लाई छोरीले एउटा डोकोले छोपेर राख्यो, साँझपर्दै गयो, घरभरी मान्छेहरुको भेला हुनथाल्यो, श्रीमतिजी लाई घरको सरसफाइमा भ्याइ नभ्याइ थियो, बाँकी छिमेकिहरु पनि घरको टिभी रुमको सरसामन यताउता मिलाएर राख्नमा ब्यस्त थिए, यतिकैमा ढोल झ्याम्टा भिरेको एउटा भरिया संगै पाकापाका अन्दाजी ५५, बर्षजतिका नचिनेका टाढाको मान्छेको प्रबेश भयो, मनमनै सोचे, कोहुन यिनिहरु ? यो घरमात कहिलै पनि आएको त देखेको थिईन, यता मेरो घरपटिका कोही आफन्त पनि हैनन, श्रीमतिजी को आफन्त पटिका कोहि हुनकी, मनमा यस्तै सोच्दै म केही बोलिन, साँझपर्दै जादा चिनेका नचिनेका आउने जती कसैलाई मैले नमस्कार वा अभिबादन पनि गरिन, को आयो को गयो मलाई कुनै मत्लब थिएन, कोही आवोस कि जावोस भनेर कुनै निदोखोजी चासो पनि राखिन, कसैलाई कोहुन, किन आएका हुन भनेर सोद्धा पनि सोधिन, बस आउने जाने र भिढ हुँदै गएको त्यो द्रिश्य मात्रै म मनमनै अनौठो मानेर हेरिरहेको थिए, यतिकैमा श्रीमतिजिले सबैलाई खाना खानु बोलाइन, सबैजना कोही भान्षामा कोही बाहिर छततिर खाना खानुतिर लागे, मलाई भने छोरीले रुममै खाना ल्याइदिन, मैले रुममै खाना खाए, केहीछिनको खानपिन पछी सबैजाना अघिको जस्तै फेरी ब्यस्त रहन थाले, कोही कालो माटोको अमूर्त मुर्ती बनाउदै थिए, कोही मसिना नयाँ लुगा कैचिले काटेर बेहुला बेहुली आकारको केटाकेटिले भाडाकुटी खेलेझै पुतलिहरु बनाउदै थिए, कोही अंलिसो को सुपजस्तो बनाउदै थियो, शायद त्यसलाई लिसो भनिन्छ क्यारे, कोही टिभी रुममा भएको सबै सामन हटाएर रुमको एउटा कुनामा गाइको गोबरले लिपपोत गर्दै त्यसमाथी चामलको पिठिको सेतो रेकी मारेर केराको पत्ताहरु ओछ्याएर दिउसो भेला पारेको बिभिन्न बोटबिरुवाको सेउलिहरुको सजावट गरेर गाउँको देबिथानको मन्दिर जस्तै बनाउदै थिए, हेर्दाहेर्दै कोठाको त्यो भित्तामा चटक्क सजाएको रहर लाग्दो मन्दिर तयार भयो, ति ढोल झ्याम्टा संगै आएका पाका मान्छे भने पलेटी कसेर खुट्टाको दाहिने घुँडा र देब्रे घुडाको दुइतिर पारेर काँचो धागोको रसी बाटेर मसिना रेसाहरु छुट्याउदै थिए, उनिहरुको यस्तो कार्य देखेर मलाई भित्रभित्रै दिक्क लाग्दै आउँदै थियो, त्यसैले म आफ्नो बेडरुम तिर लागेर ढोका लगाएर रुमको बत्ती पनि अफ गरेर झ्यालबाट एकतमासले बाहिर एकोहोरो भएर टोलाई रहेको थिए, यतिकैमा मेरो कानैमा कसैले सुटुक्क भन्यो, आज तिमीलाई र मलाई छुटाउने चाजोपाजो मिलाउदैछन यि मान्छेहरु तर म तिमीलाई म बाट खोसेर अलगहुन दिन्न, कसैले मलाई कानमा सुटुक्क यो शब्द भनिरहदा कस्ले के भनिरहेकोछ भनेर फर्किएर हेरे, कसैलाई देखिन, फेरी यतिकैमा मेरो आँखा अँध्यारो भएको जस्तो डम्म कुहिरोले ढाकेको जस्तै भयो, एकत रुममा भएको बत्ती मारेर बसेको थिए, अर्कोतिर श्रावन महिना भएकोले बाहिर खुब जोडजोडले पानी परिरहेको थियो, कसैले मेरो आँखा छोपेर मेरो टाउको अगाडिपट्टी थिचेको जस्तै भान भयो, मैले बल गरेर टाउको उठाएर हेरे, कोही थिएन, हैन आज मलाई के हुँदैछ भन्ने मनमा सोच्दै दुइहातले आफ्नो अनुहार सोहोरेर दुबै आँखा अँध्यारोमा तन्काए, सबै ठिकाठाक थियो, आफुलाई फ्रेस भएको महसु भयो, यतिकैमा बाहिरबाट ल बिरामीलाई ल्याउनुहोस अब, ढिलो हुन्छ भरे फेरी चिन्ता सक्नलाई भनेको सुने, फेरी मनमनै सोचे, हैन हाम्रो घरमा को बिरामी भएछ र, चिन्ता बस्न खोज्दैछ, ? बिरामी र चिन्ता भनेको धामी झाक्री बसेर मन्सौपन्सौ गर्ने रुढिबादी पुरानो परम्परा लाई भनिन्छ भन्ने मलाई प्रश्टसंग थाहाथियो, तर पनि त्यतिन्जेल सम्म तिनिहरु किन आए, के गर्दैछन मैले केही भेउ पाएको थिईन, यतिकैमा ढकढक गरेर ढोकामा कसैले आवाज दिएको जस्तो लाग्यो, उठेर हेरे, श्रीमती रहेछ, अँध्यारो अनुहारमा डराएको भावमा आएर बोलिन, बाहिर हजुरको बिरामलाई केके मन्साउन धामी आएकोछ, आज घरमा चिन्ता बस्दैछ, यि सबै तपाईंकै शुभचिन्तक हुन, यि सबैजना तपाईंलाई सन्चो भएको देख्न चाहन्छन, अनी हामी पनि, म हजुरलाई सँधै यस्तै भएर बसेको हेर्न सक्दिन, तपाईंलाई यस्तो अवस्थामा बसेको देख्नु भन्दा बरु मलाई र हाम्रो सन्तानलाइ घाटी निमोठेर मारिदिनुहोस, नत्र बिन्ती मेरो हजुर केही नगरि चुपचाप गएर बसिदिनुहोस, म हजुरलाई केही हुन दिन्न भनिन, श्रीमतिले यस्तो भन्दा म छागाबाट खसेको जस्तै भए, हैन मलाई केही भएकै छैनत किन यत्रो यो हुनेनहुने के गरेकी तिमीले, भनेर कराउन मन लागेको थियो, फेरी उनको आँखाबाट झरिरहेको आँशु र निभेको बत्तिको जस्तो अंध्यारो अनुहारलाइ हेरेर केही भन्न कराउन सकिन, उनी अझै भन्दैथिन, चिन्ता नसकुन्जेल झर्को नमानी बस्नुहोस है, मनमनै सोचे म बिरामी नै नभएको मान्छेलाई यिनिहरुले साचिकै अबचै पक्का बिरामी नै बनाउने भए भन्दै आँफै मनभित्रै फिसिक्क हासे, हाँस्दा मेरो ओठ खुल्यो खुलेन थाहा छैन, झर्को नमानी बस्नुहोस है, भन्दै कोठाको चुकुल लगाउदै श्रीमतिले अंगालो मारेर कतै जान लागेको झै बिदा गरेर पठाउदा मन भक्कानिएको झै गरेर गालामा चुम्बन गरिन र, हातमा समातेर बाहिर टिभी रुमतिर लिएर गईन ।
त्यसपछी म केही नबोली चुपचाप झाक्री बा, को अगाडिपट्टी आडैमा गएर बसे, बाहिर मुसलधारे पानी बर्सिरहेको थियो, यता रुममा अटि-नअटी खचाखच फिलिम हलमा जस्तै मान्छेहरु धामी बसेको हेर्न आएका रहेछ, ति अघिको अपरिचित बा, अहिले निकै ठुलै जान्ने मान्छे जस्तै गरेर झाक्रीको लुगाकपडामा झकिझकाउ भएको रहेछ, पश्चिमेली हुड्केली न्रित्य जस्तै सेतो पहिरनको शिरदेखी पाउसम्म डम्म ढाकेको जामा जस्तै लगाएको थियो, त्यसमाथी मसिना घण्टा र रुद्राक्षको माला शरीरको दुबै काँधमा दोकाधे बनाएर लगाएको, टाउकोमा लामो पहेलो फेटा गुथेर फेटामाथी अनेकथरी चम्कने धातु, दुम्सिको काँडा, कौडा र पन्क्षिको प्वाँख लगाएर हेर्दै कथाहरुमा सुनिएको बन झाँक्री जस्तै छबी देखिएको थियो, धामी बा, बिस्तारै सेतो खरानी र चामल हातको मुठिमा लिदै कुन्नी केके मनमनै बक्दै सुरुमा आफ्नो वरिपरी र सजाइएको थानमा फु-फु गर्दै हातमा लिएको सेतो खरानी र चामलको अछेताले हिर्काउन थाल्यो, मन्त्रचै के थियो कुन्नी त्यो चै सुनिएन, बस ओठ मात्रै चलिरहेको थियो, शायद उसको आफ्नो गुरु, देबिदेउता दाँयाबाँया सबैलाई शक्ती मागेको होला, शायद उस्लाई केहीनहोस भनेर, दुइचारचोटी उसको त्यो कृयाकलाप दोहोरिएपछी बिस्तारै मधुरो तालमा ढ्याङ्रोको एकतर्फ बेतको घुम्रिएको लौरोले हिर्काएर बजाउन थाल्यो, जब ढ्याङ्रो बज्न थाल्यो तब सुरुमा उस्ले आकाशै बाधुँ, पतालै बाधु, तिमी सिमेभुमे, डाडापारिको, डाडावारीको देबिदेउता यो दिउला त्यो दिउला खै केके दिउला यो बालामनुखेलाई केही नगर भन्दै सुरुगर्न थाल्यो, यो सबै द्रिश देख्दा मलाई रमाइलो त लागेकै थियो, तर त्योभन्दा पनि धेरै आजको बिज्ञानको युगमा आएर पनि धामी झाक्री मैले बेहोर्नु पर्दा भने भित्रभित्रै हासो लागिरहेको थियो, बस मन थामेर भुँडी भित्रै आफ्नो हासोलाई थिचेर राखेको थिए ।
मान्छेको खचाखच, बाहिर मुसलधारे बर्खा, धामी बा, उफ्रदै गए, कराउदै गए, उसले सिकेको जानेको जती अनेकथोक फलाक्दै गए, घरि बसेर जोडतोडले काम्थे, घरि उठेर फुरुक फुरुक नाच्दै थररर काम्थे, घरि बेहोस झै भएर मान्छेको भिडमा डङ्लङ्ग लड्थे, त्यसरी लड्दा भने झाक्री मरेको मरेकै हुन्छ भन्थे र दुइचारजना लाठेहरुले उठाएर अंलिसो पानीले यानी लिसोले हिर्काएर होसमा बिउझाए झै बिउझाउथे, मलाई भने भित्रभित्रै खुब रिस पनि उठ्दै थियो, अर्कोतिर हासो कतिबेला फुत्किएला भनेर आफुलाई कन्ट्रोल गरेर बसेको थिए, झाक्री बस्दा बस्दै मध्यानतर भयो, मानौ फिलिम हलको फिलिममा इन्ट्रभल मध्यानतर भएकोछ, त्यसपछी सबैजना हासो मजाक र होहल्ला चल्यो, मानौ फिलिम चल्दै गर्दा मध्यानतर भएर सबैलाई बाहिर नास्ता, पानी खानु र दिशा पिसाप फेरेर फ्रेसहुन दिएको समय जस्तो, मलाई पनि लामो समय देखी बसेकोहुनाले खुट्टा दुखेर कटकट खाएको थियो, म धर्खरिदै उठे, सबैजनाले ए बिरामी लड्छ है, हातमा समातेर लैजाउ, भन्दै टोइलेट तर्फ डोराए, म मनमनै पुन हाँस्दै थिए, मानौ उनिहरु सबै मेरो शुभचिन्तक हुन, म सिकिस्त घाट पुग्न लागेको बिरामी जस्तै छु, सबै मलाई बच्चाउन चाहन्छन, म आँफै भित्र लाजले काउकुती लागेको जस्तो असजिलो महसुस भएको थियो, तैपनी छोराछोरी र श्रीमतिको मनको सन्तोकको लागि त्यो रात कस्टकर भएर बस्न वाध्य भएको थिए ।
आजको इन्ट्रभल सकियो, पुन फिलिम सुचारु भयो, यानिकी अघिको त्यो हल्लाखल्ला हासोमजाक र रेला ठट्टा सकिएर पुन अघिको जस्तै झाक्री बा, जोडतोडले फलाक्ने कराउने, उफ्रने, काम्ने गर्न थाल्यो, उनिहरु आज जसरी भएपनी मलाई निको पार्न चाहन्छन, मलाई ठीक पारेर झाक्री बा, ठुलो नाक फुलाउदै भोलिबिहान घमन्डले बिदाहुन चाहन्छन, धामी झाक्री बसेको सबै कर्मकान्ड पालैपालो आयो, सुरुमा साँझमा ल्याएको कालो र रातो भाले मेरो वरिपरी घुमाएर मन्साएको रे, त्यसपछी मध्यरातमा मलाई ठीक पार्ने बहनामा ति निर्दोश दुई पंक्षिको हत्या गरेर कुबिन्डोको चनामा मिसाएर आईमाई हरु पकाउन थाले, त्यसपछी पालो आयो, साँझ बनाएको कपडाको पुतली खेलौना जस्तो र माटोको कुरुप मुर्तिलाई फा-फु गर्दै चामल र खरानी ले मन्साउदै तातो आगोको कोइलाले पोलेर दुइचारजना लाठे जवानहरुलाई बाहिर निकै टाढा दोबाटोमा लगेर फ्याक्नु है भनेर झाक्रीले अरहाए, त्यसपछी पालो आयो, मलाई एउटा पातलो तन्नाले छोपेर बाहिर सुकेको बाँसको पुल्ठो राँको सल्काएर बलिरहेको ज्वालामा भुटेको कोदोको पिठोले हिर्काउदै म माथि आगोको लप्का लगाउन थाल्यो, त्यसले प्रेतआत्मा भगाएको रे, त्यो आगोले पोलेको भए उठेर झाक्रीलाई लातै लातले ठोक्छु भनेर मनमनै सोच्दै थिए, तर धन्न त्यो ज्वालो क्षणिक मात्रै हुनेरहेछ र नपोल्ने रहेछ, धन्न मेरो कुटाइ खानबाट झाक्री बच्यो, झन्डै एक घण्टाको काण्ड सकेर पुन दोश्रो मध्यानतर भयो, योपल्ट भने अघी भर्खरै काटेको दुइटा भालेको मासु सिन्काले बुनेको पातको दुनामा सबैलाई बाडियो, सबैले मिठो मानिमानी खाए, कसैले चै मासु संग सगुन भन्दै रक्सी पनि खाए, त्यो कार्य पनि सकिएपछी फेरो सुरुभयो अर्को चरणको फिलिम, शायद त्यो अन्तिम चराणको उसको जादुमन्त्र थिएछ क्यारे, भएभरको फलाक्दै यो बाला मनुवा हो, यस्लाई छोडि देउ, छोडेनौ भने म तिमीलाई पिट्छु, काट्छु, मार्छु, अहिलेको अहिलेनै निस्किएर गईहाल, नत्र तिम्रो खैरियत छैन, फलानोको जस्तो, चिलानोको जस्तो हबिगत बनाउछु भन्दै थियो झाक्री बा, तर त्यो फलानो चिलानो भन्दै फलाकेको पात्र मद्धेको चै को थियो कुन्नी मैले पत्तो पाउन सकिन, अनतत झाक्री बाजेको रातभरको कर्मकान्ड बिहानको ३, बजेतिर सकियो, म निन्द्राले लठ्ठ भैसकेको थिए, त्यसपछी फेरी अघी सुरुवातको जस्तै खरानी, सिन्दुर मिसाएर सेतो चामल मुठ्ठीमा लिदै दुइचार पटक फु-फु गरेर सुत्ने बेलामा ओछ्यानको मुनी छर्किएर र चामलको, ३, नत्र ५, दाना खाएर सुत्ने गर्नु भन्ने आदेश दिएर सिमलिको सेउलिले मेरो शरीरमा हम्किदै त्यो दिनको धामी झाँक्रीको कर्मकान्ड सकिएको थियो, मानौ तीन घण्टाको पट्यार लाग्दो फ्लप कथा भएको फिलिमको अन्त्य भएको थियो ।
एकदिन मध्यदिनको १ बजेतिर म घरको छतमा बसेर बजारतिर हेरेर त्यतिकै टोलाएर बसिरहेको थिए, श्रावन महिनाको झरिबादल त छदैथियो, साथमा पानी पर्न छोडेर आकाश उघ्रेको बेला टाउकै फुट्ला जस्तो गरेर चरक्क घाम लागेर खपिनसक्नु प्रचन्ड गर्मी पनि उतिकै थियो, त्योदिन पनि बिहानभरी झरी परेर एक घण्टा अगाडि जस्तो मात्रै परिरहेको पानी रोकिएर धुम्म बादलले आकाशको केही भाग ढाकेर आधा आकाश खुल्ला हुँदै घमाइलो दिन भएको थियो, त्यसैले म रुममा बस्दाबस्दा उकुसमुकुस महसुस गरेर खुलाठाउ खोज्दै छतमा गएर बसेको थिए, त्यसरी म छतमा बस्दा भने मेरो मनभरी टुइटरको स्पेसमा साथीहरु संग बोलेको र त्यही स्पेसबाटै चिनजान भएर बिन्दुसंग एकबर्ष देखिको निकट्ताको सम्बन्धमा बसेर हामी दुबै मायाँ प्रेममा परेको कुरा र संबादहरु सम्झी रहेको थिए, काठमान्डौ बाट घरमा आइपुगेपछी कोही नहुँदा टुइटर र मेसेन्जरको इन्बक्समा गएर बराबर मेसेज गरिनै रहे, यसरी गरेको मेसेज कुनै रेस्पोन्स नहुँदा म झन अवाक्क बनिसकेको थिए, भित्रभित्रै म आँफै कयौ प्रश्नहरु थोपरिएर अग्लिएको पहाड जस्तै अनुत्तरित प्रश्नहरुको समस्याको चाङ अग्लिदै थिए, आफ्नै मनले उब्जाएको प्रश्न भित्र आँफै उत्तरहरु खोज्ने प्रयास गर्थे तर म उत्तरहरु भेटउदिन थिए, र पुन एकाग्र भएर टोलाउथे, मेसेज मात्रै हैन घरको श्रीमती र छोराछोरिको आँखा छलेर कयौपटक उनले दिएको नम्बरमा पटकपटक कल संपर्क गर्ने कोशीस गर्थे तर हुँदैनथियो, त्यसरी फोन संपर्क गर्न खोज्दा कहिले तपाईंले संपर्क गर्न खोज्नु भएको नम्बर अहिले उपलब्ध हुन सकेन, केही समय पछी पुन संपर्क गर्नुहोला भन्थ्यो, घरि तपाईंले कल संपर्क गर्न खोज्नु भएको नम्बर मिलेन भनेर जवाफ आउथ्यो, यसरी जतिपटक उनको नम्बर डायल गरेपनी लगतार टेलिकमको भ्वाइस एनसरिङ्ग मेसिन मात्रै बजिरहयो, बजिरहयो ।
यसरी मनमा अनकेन तुफानहरुको कुरा खेलाउदा खेलाउदै मलाई अचानक स्पेसमा बोलेको साथीहरुको याद आयो, सोचे, यदी मेरो परिवारले उनिहरुले सोचेको जस्तै म साचिकै मानसिक बिरामले थलिएको हो भने ति टुइटरको स्पेसमा बोलेको सबै साथीहरु के भ्रम थियो त, अनी बिरोजी, पवन, सोबित, करुना, अप्सरा, मैसाप चन्द्रमा र अन्य धेरै साथीहरु तिनिहरु सबै मेरो दिग्भ्रमित मगजको नतिजा थियोत, उनिहरु संग एक बर्ष भन्दा धेरै स्पेस लाइभ बसेर कयौ संबादहरु गरेको छु, ति सबै पात्रहरु मेरो मस्तिस्कको म एक्लैको मात्रै खडा भएको पात्रहरु थिए त, एकैपटक त्यती धेरै पात्रहरु कसरी मेरो मस्तिस्कको दिग्भ्रमित हुनसक्छ, स्पेसको बसाइमा चिनजान भएर धेरै साथीहरु संग निजी संबादमा गएर पनि बोलेको छु, कसैसंग फोनको नम्बरमै बोलेको छु, कसैसंग इमो, व्हाटस् एप भाईबर मेसेन्जर कुनै न कुनैमा जोडीएर बोलेको छु, ति नामहरुले मलाई बिदेशबाट फर्कन लाग्दको टुइटमा शुभयात्रा र welcome to nepal भनेर यात्रा सुखको कामना गरेका छन, के ति सबै टुइटहरु पनि भ्रम नै हुनत, काठमान्डौमा आइपुगेको जनाउ दिदै गरेको टुइटमा अझ कतिले त स्वागत मात्रै हैन भेट्न न आउने भनेर पनि टुइटमा सोधेका थिए, के ति सबै भ्रम थिएत ? म भित्र आफ्नो टाउको माथि मडारिरहेको बर्खाको कालो बादल जस्तै कयौ कुराहरु मडारिएर आयो, नेपाल आएदेखी ति सबै साथीहरु संग कुनै मेसेज, कल संपर्क गरेको थिन, तर मलाई त्यो दिन मनमा कुरा खेलाउदा खेलाउदै ति पात्रहरु मेरो लागि यथार्थ थिए कि थिएनन भनेर जाँच्न अचानक दिमागमा आयो, लगत्तै मैले चन्द्रलाई कल गरेर बोल्न खोजे, जो म संग स्पेस बसाइको कथा कविताहरु बाचन गर्दा परिचय भएर आफ्नो प्रेमकथा लेखिदिन अनुरोध गर्दै आफ्नो प्रेमकथाहरु सुनाएकी थिन, उनिसंग मेरो नजिकको मित्रता जस्तै घनिस्ट साथी बनेकी थिन, चन्द्रा संगको तत्काल फोन संपर्क भएन, त्यसपछी भने मन अलिकती चिसो भएर आयो, त्यसपछी मेसेन्जरमा गएर बिरोजिलाई खोजे, भेटाए, लगत्तै मेसेज गरे, बाबु धेरै सम्झना ! नेपाल आएपछी म अलिक भेटघाटमा ब्यस्त भएर मेसेज कल गर्न सकिन, अन्लाइन मै छौ भने मलाई मेसेजको जवाफ फर्काउ है, नत्र कल नै गरेपनी हुन्छ, मेसेज गरिसकेर एकछिन जवाफ आउछ कि भनेर कुरे तर आएन, त्यसपछी लगतै अप्सरा लाई कल लगाए, उनलाई पनि नेटवर्कको ब्यस्तताको कारण बताएर टेलिकमले टारिदियो, त्यसपछी भने म झन हतास हुनथाले, आँफै भित्र म कुनै भ्रममा परेको रहेछु वा साचिकै मलाई मानसिक बिरामले छुएको रहेछ कि क्याहो भनेर आँफै भित्र एकतमासले डर लागेर आयो, बिस्तारै मेरो हातखुट्टा हरु टेक्न नसक्ने जस्तै लुलो भएर आउन थाल्यो, मन झन आतियो, फेरी आतिएकै अवस्थामा करुना र मैसापलाई कल संपर्क गर्न खोजे उनिहरु दुबैजनालाइ पनि कल संपर्क हुन सकेन, त्यसपछी भने यो सब कसरी संभव हुन्छ, एउटा लाई अर्कोलाई कल संपर्क नहुन सक्छ तर जतिजनालाई संपर्क गर्न खोजेपनी संपर्क हुन नसक्ने यो सबै एकैपटक कसरी संयोग हुनसक्छ ? म झन बेचैन भएर सोच्नथाले, शरीर आँफै गर्मिएको जस्तो हातमुख ओठतालु सुकेको जस्तै भएर आयो, सुकेको रुख जस्तै मनमनै खङ्रङ भए, त्यसपछी अर्को दिमागले भन्यो यदी अहिले तैले संपर्क गर्न खोजेको ब्यक्तिहरु सबै तेरो दिमागको भ्रंम मात्रै हो भने तैले गरेको टुइटहरुमा गएर हेर, त्यहा साचिकै तैले टुइट गरेको थिस कि थिनस, त्यो टुइटमा तिनिहरुको कमेन्ट आएको थिएकी थिएन ? आफ्नै मनले आदेश दियो, मनले आदेश दिएलगतै म हतारमा टुइटर खोलेर मेरो पछील्लो टुइटहरु खोज्न थाले, अलिकती तल पुगेपछी दुबै टुइट भेटए, हेरे, सरसर्ती कमेन्टहरु पड्दै गए, जजस्ले मलाई कामना गरेर जवाफ फर्काएका थिए, अनी मैले पहिचान गर्न खोजेको ति सबै नामहरु खोजे, ति सबै नामहरु जस्ताको त्यस्तै दुरुस्त उस्तै नामहरुमा थिए, त्यसपछी भने अलिकती भएपनी मन थोरै शान्त भयो, तैपनी मन भित्र उर्लेको तनाब, संका र डरको बाढित उस्तै थियो ।
त्यसपछी लगतै बिन्दुको मेसेन्जर, फेसबुक, टुइटर र टुइटरको डिएममा गएर गरेको संबादहरु हेर्न खोजे, तिनिहरु पनि जस्ताको त्यस्तै दुरुस्तै थिए, फेरी मनमा अर्को प्रश्नले घोच्न थाल्यो, जसरी अरुको नाम, टिएल र डिएमहरु सत्य देखिरहेको थिए उसैगरी बिन्दुको पनि टिएल र मेसेज हरु दुरुस्तै देखेको थिए, यदी मैले होसहावासमै अहिले पनि चेकजाँच गर्दा ति सबै युजरहरुलाई जस्ताको त्यस्तै देख्छु भने तिसबै सत्य हुन, म कुनै भ्रम वा मानसिक बिराममा छुइन भन्ने आफुले आँफैलाई निर्क्योल निकाले कि म बिरामी भने पक्का छुइन, तर यदी ति सबै सत्यहुन भने, बिन्दुले एयरपोर्टमा लिन आउछु भनेर किन लिन आइनन ? पशुपतिको त्यस्तो डरलाग्दो ठाउँमा भेट्न बोलाएर भेट्न किन आइनन ? त्यहा पुग्दा मलाई जे अनुभुती भएको थियो, कुनै अद्रिश्य सक्तिले मलाई डराउन दिएको त्यो सबै कृयाकलाप हरु साचिकै थिए वा मेरो मनको महसुस मात्रै ? रातभर कल गरेर दोश्रो दिन होटलमा बिन्दु भेट्न आएर रातभर म संगै बिताएर बिहान उज्यालो हुँदा कुनै थाहापत्तो बिना बेपत्त हुने आखिर को थिन वा केथियो ? बिन्दु बाहेक कुनै स्वार्थ वा प्रेम बिना आफ्नो शरीर सुम्पिएर जान कस्ले सक्छ ? रातमा बिन्दुको आकृतिमा आएको त्यो छोरीमान्छे संग मैले बिताएको हरेक कृया के ति सबै सत्य थियो वा भ्रम ? यदी सत्य थियो भने भोलिपल्ट बिहान किन जान्छु पनि नभनी गईन ? यदी असत्य हो भने त्यो भ्रम कसरी भयोत ? फेरी होटलको कर्मचारीलाई बोलाएर सोद्धा पनि थाहा पाएन भन्छन, उसोभए त्यो म नशाको अत्यधिक श्राबमा भएकोले गर्दा त्यो सबै साचिकैमा भएको अनुभुती भएको थियोत ? सोच्दासोच्द घरको छतमा बसेको ठाउँबाट पर बाटमा कोही अधबैश उमेरको छोरी मान्छे आउँदै गरेको देखे, खै अचानक मलाई त्यो बेला के भएको थियो, त्यो आउँदै गरेको आकृतिमा मैले बिन्दुको अनुहार देखे, जतिजती त्यो आईमाईको पाइला अघिअघी बड्दै नजिक हुँदै आउछ, उतीउती चिटिक्क परेकी हसिलो अनुहारमा मुसुमुसु हाँस्दै मतिरै हेर्दै अघी बढेको भान हुँदै थियो मलाई, उनी आउँदैथिन निरन्तर उनको पाइला मेरै घरतीर बढीरहेको थियो, म एकतमासले उनैलाई नियाल्दै ओठमा हलुका मुस्कान ल्याएर मुस्कुराउदै थिए, मानौ त्योबेला मेरो सम्मुख नजिकै बिन्दु नै आउँदैछिन जस्तै गरेर, अनतत उनको अगाडि बढीरहेको पाइला मेरै घरको आँगनमा आइपुगेर मेरो घरको ढोकातिर अगाडि बढ्यो, म त्यो द्रिश्य हेरिरहेको थिए, टाढैबाट मलाई हेर्दै मुसुमुसु हाँस्दै आएकी उनी मलाई देखेर सिधै माथि छतमा आउनेछिन भन्ने सोचेर म छतमै उनकै पर्खाइमा बसिरहे तर दश पन्द्र मिनेट जती गुज्रेपछी कता गईन यिनी भन्ने सोच्दै तल ओर्लिए म पनि, तर म तल ओर्लिदा घरको परिवार भन्दा कोही थिएन, त्यसपछी खै कसरी मलाई मनबाट एक्कासी सोध्न मन लागेर आयो, यहाँ एकजना छोरीमान्छे आएको थियो कता गयो, तिमीहरुले देखेनौ भनेर सोध्न पुगेछु, केटाकेटिले अहँ कोहित आको छैन भनेर उत्तर फर्काए, म फेरी छक्क परे, तर केही भनिन त्यसपछी उनिहरुलाई, मनमनै सोचे, हैन मलाई के हुन्छ आजभोलि घरिघरी, आखिर कता गैइन त ति आउने छोरीमान्छे, छिनको छिनमै कता बिलाइन, कता हराइन, के हुँदैछ मलाई ? केयो पनि भ्रमनै होत ? यस्तै सोच्दै म छक्क पर्दै थिए ।
मनमा कुरा खेलाउदै म आफ्नो कोठातर्फ प्रबेश गरे, फेरी आँफैसंग लाग्यो, हैन म साचिकै मान्सिक रोगले ग्रसित भैसके कि कसो ? प्रश्न गरे आँफैलाई, फेरी अर्को मनले सोचे मलाई जे भैरहेको छ, जुन द्रिशहरु मलाई मेरो आँखा अगाडि आइरहेको छ, यदी त्यस्तो हो भने मैले घरको भित्ता र घर भित्र देखेको कतिपय चिज वस्तु हरुपनी भ्रममै एकलाई अर्को सामन देखिरहेको हुनसक्छु, यदी घर भित्रको बस्तुहरुको मेरो फरक द्रिश्य र महसुस हुने होभने म पक्का कुनै न कुनै बिरामले ग्रसित भएको हुनुपर्छ, यस्तै सोच्दै मैले छोराछोरी दुबैलाइ कोठामा बोलाए, घर आएको यत्रोदिनमा मैले यसरी छोराछोरी दुबैलाइ आजसम्म बोलाएको थिईन, दुबैजना भित्र आए, लगतै उनिहरुको आमा यानिकी मेरो श्रीमती पनि किन बोलाउनुभो भन्ने सोचेर होला शायद आतिदै आएर केभो भनेर सोधिन, मैले केही भएको छैन भनेर छोटो उत्तर फर्काए, त्यसपछी दुबै छोराछोरिलाई मैले जस्लाई जे सोध्छु उसले मात्रै जवाफ दिने भनेर रुममा भएको एकएक बस्तुको नाम र कलर सोध्न थाले, मैले यसो भनिरहदा उनिहरुले आमा चैको मुखमा हेरेर डराएको भावमा एक अर्कामा हेराहेर गरे, आमा चैले बाबाले जे सोध्नुहुन्छ भनिदेउ भनेर बोलिन, त्यसपछी, अलिक सहजहुँदै हसको भावमा टाउको हलाउदै भन्न तयार भए, मैले सोद्धै गए, उनिहरुले पालैपालो बताउदै गए, यो केहो ? दराज, यो केहो ? ह्याङर, यो केहो ? पूजाको मन्दिर, यो केहो ? फोटो, केको ? भगवानको, कुन भगवानको ? शिवजी को, अनी यो चै ? बुद्धको ? यो केहो ? संख, यो केहो ? गुडिया, यस्तै गरेर निकै धेरै बस्तुहरुको नाम सोधे, मैले जुन बस्तुको नाम केहो भनेर मनमा जे सोच्दै थिए नानीबाबुहरुले ति सबै बस्तुको उस्तै दुरुस्तै उत्तर फर्काए, त्यसपछी ल तिमीहरु मलाई पालैपालो सोध, अहिले पनि केटाकेटी अनुहारमा डरको भाव बोकेर हेर्दै थिए मलाई, अहिले पनि पुन आमा चैले सोध्न ईशारा गरिन त्यसपछी दुबै छोराछोरिले पालैपालो मलाई सोध्न थाले, उनिहरुले सोद्धै गए मैले उत्तर दिदै गए, बाबा यो केहो ? घन्टी, यो केहो ? खेलौना, यो केहो तिम्रो गिटार, यो केहो ? रातो टिका, अनी यो ? यो पहेलो र हरियो टिका, अनी यो ? तिम्रो ममिको मेकअपको बट्टा, उनिहरुले जेजे सोधे मैले सबैको उत्तर दिदै गए, मैले आज आफुले आँफैलाई डक्टर बनाएर आफ्नो दिमागी हालतको परिक्षण गर्दैथिए, मान्छेले जिबनमा अनेकन आफुले नसोचेको कुराहरु गर्नुपर्ने, भोग्नुपर्ने, बेहोर्नुपर्ने रहेछ, त्यो अनौठो अनुभव मैले आज आँफैलाई गर्दैथिए, आफुले आँफैलाई परिक्षण गराएर म ठीक छु, स्वास्थ्य छु भनेर आफ्नै परिवारलाइ प्रमाण दिईरहनु परेको थियो, त्यसपछी भो अब पुग्यो भनेर मैले सोध्न बन्द गरिदिए, श्रीमती भने कुरा नबुझी हामी तिनजनाको खेल ट्वा परेर एकोहोरो हेरिरहेकी थिन, शायद उनी सोच्दै थिन, मलाई अझै बिरामले च्यापेको हुनुपर्छ, मन भित्र कौतुहल्ता र अनुहारमा पिरको अँध्यारोपन प्रस्टै देखिन्थ्यो, मलिनो थियो उनको अनुहार, त्यसपछी मैले तिनैजना तिर फर्किएर भने, मैले तिमीहरुलाई किन सोधेको अनी किन सोध्न लगाएको थाहा छ ? अझै ट्वाल्ल परेर म तिर हेरेर मेरो प्रश्नको जवाफ खोजिरहेका थिए, तिमीहरु मलाई मानसिक बिरामी सम्झिरहेको छौ, मलाई थाहाछ, म फर्किएपछी मेरो जस्तो आनिबानी स्वभाव थियो पहिले अहिले त्यस्तो बिल्कुलै देख्न पाएको छैनौ, तर जसरी तिमीहरुले मलाई सम्झेको छौ त्यो तिमीहरुले सोचेको जस्तो म बिरामी भएको छैन, हो मलाई केही दिनदेखी यता दिग्भ्रमित भएको जस्तो अनुभव भएकोछ यो पक्का हो, तर तिमीहरुले सोचेको जस्तो अवस्था पनि हैन, यदी म तिमीहरुले सोचेजस्तै हो भने यहाँ देखिएको सामनहरु चिन्न सक्दिन थिए, नाम भन्न् सक्दिन थिए, र तिमीहरुलाई मैले जेजे सोधे अनी तिमीहरुले जे उत्तर दियौ मैले पनि मेरो मन भित्र त्यही उत्तर दिरहेको थिए, यसको मत्लब यो होकी म तिमीहरु संग यो प्रमाणित गर्न चाहन्थे कि म बिरामी छैन, मैले यती भनिरहदा नानीबाबुको अनुहारमा केही उज्यालोपन जस्तो देखिएको थियो भने श्रीमतिको आँखामा भने आशुको ढिका टुप्लुक्क खसिरहेको थियो, शायद मेरो कुराले उस्लाई मन भित्र खुशी वा भाबुक दुबै बनाएको हुनुपर्छ, त्यसपछी उनिहरु आआफ्नो कोठातिर लागे, मैले श्रीमतिलाई सम्झाउदै भने, मलाई केही कुराले शायद अफ्ठ्यारो बनाइरहेको छ तर तिमीले चिन्ता लिनुपर्ने गरेर पनि हैन, पिर नगर म ठीक छु, यती भनेर एककप कफी लिएर आउन भने, आज धेरैदिन पछी मैले यतिधेरै बोलेको थिए, शायद पहिलो पटक कफी पनि मागेको थिए, श्रीमती आँखामा आशु र अनुहारमा केही खुशीको भाव बोकेर किचेन तर्फ लागिन, यो उनको आँखामा शायद खुशीको आशु हुनुपर्छ, मैले यस्तो सोच्दै कफिको प्रतिक्षा गर्न लागे ।
स्रावन महिनाको घरिघरीको पानी दर्की रहने मौसम भएपनी आज बेलुकी पानी परेको थिएन, बरु आकाश कालो बादलले डम्म ढाकेर चारैतिर हावाको ढोका बन्द भएजस्तै गुमुक्क गुम्सुम भएको थियो, मधेश, तराइको गर्मी उस्तै उखुम बयान गरिसाध्य हुन्न, म बाहिर छतमा बसेर बजारतिर मान्छेहरुको भिडभाडको रमिता हेर्दै टोलाई रहेको थिए, श्रीमती भित्र भान्षा कोठामा बेलुकिको खाना बनाउन असिनपसिन हुँदै ब्यस्त थिईन, केटाकेटी पनि नानी भित्र आमालाई सब्जी केलाउन सघाउदै थिईन भने बाबु मेरो छेउमै बसेर उ आफ्नै मोबाइलमा गेम खेल्नमै रमाइरहेको थियो, यतिकैमा किचेनमा चार्जरमा राखेको मेरो मोबाइलमा मेसेन्जरमा कल आयो, छोरीले बाबा हजुरको कल आएको छ भनेर आवाज दियो, मैले कस्को भनेर सोधे, छोरीले भित्रैबाट आवाज दीइन, खै चन्द्रा भनेर नाम छ, यतिकैमा फेरी श्रीमती अलिक कराएको जस्तो गरेर केही ठुलो आवाजमा बोलिन, बाबालाई लगिदेउन फोन जस्को भएपनी, छोरीले दगुर्दै फोन ल्याएर दीइन, नभन्दै मेसेन्जरमा चन्द्राको कल रहेछ, मैले कल रिसिभ गर्दै बोले, हेलो चन्द्रा जि नमस्कार ! नमस्कार ! हजुर ! आरामै हुनुहुन्छ ? उताबाट चन्द्रा बोलिन, हजुर सञ्चै छुत, मैले जवाफ फर्काए, लगतै पुन चन्द्रा बोलिन उतैबाट, अनी नेपाल आएरत कुनै नामनिशानै पो छैन है, आइपुगे पनि छैन, केछ ? कसो छ ? केही छैनत महाराज भन्दै हासिन, मैले अँ त्यस्तै पर्यो कल गर्छु भन्दाभन्दै, अनी दिउसो कल गरेको थिए तर हजुरको कल नै लागेन, भन्दै जवाफ फर्काए, चन्द्रा बोलिन फेरी, त्यही दिउसो कल गर्नुभएको रहेछ र, अहिले नम्बरमा मिसकल देखेर अहिले यता कल गरेकी हजुरलाई, अनी नेपाल बसाइ कस्तो हुँदैछ, म्याम, नानीबाबुहरु सबैलाई सञ्चै होनी ? मैले उम सबै ठिकैछ भनेर जवाफ फर्काए, त्यसपछी फेरी चन्द्राले नै उतैबाट बोलिन, ल हजुर बिजी हुनुहुन्छ होला, अहिले राखे हैत सबै ठिकठाक होभने, यती भन्दै उनी खितिखिती हासिन, मैले पनि उनले छोटो सटिक बोलेर फोन राख्न खोजेको मन्साय बुझेर हाँस्दै हस पछी फेरी कुरा गर्दै गरौला नि है भनेर बाइ भनेर फेरी छोरीलाई मोबाइल भित्र चार्जमै राख्न लगाए ।
छोरीले मोबाइल भित्र लगेर राखेको ५, मिनेट जती पनि भाको थिएन, फेरी अर्को कलको रिङ्ग बज्यो, अघिको जस्तै छोरीको आवाज आयो भित्रबाट, बाबा हजुरको फेरी कल आकोछ, मैले बाहिरबाटै आवाज दिए, लिएर आउन बाहिरै, छोरीले दगुर्दै फोन लिएर आइन, मैले फोनमा आएको कल हेरे, अहिले चै ह्वाट्स एपमा अप्सराले गरेकी रैछिन, हेलो, मैले कल रिसिभ गर्दै आवाज दिए, केको हेलो ? नेपाल आइपुगेको टुइट पढेको त एक महिना भयोत, हैन आइफोन दिनुपर्छ भनेर होकी केहो मान्छेहरु त बेपत्ता छत, त्यस्तो जाबो पर्थेन के हामीलाई, साथीको नाताले यसो हासो मात्रै गरेको, बरु चकलेट चै ल्याको भएहुनी, यतिभन्दै हासिन, मैले हेलो मात्रै भनेको उनले पुरै तिर हान्न भ्याइहालिन, आइफोन र चकलेट त्यस्तैहो कान्छी खजुर चै खुवाउछु, पर्खन काठामान्डौ आउने काम छ फेरी, म हासे, ओहो खजुरमै टारौला भन्ने छ है बिदेशिलाई, उनको गुनासो हासो सहितको, के गर्छौत ? तिम्रो साथी अमेरिका, युके र अस्ट्रेलियाबाट आकोभएपो जुठो स्याउ भेट्थ्यौ क्यारे, अब जाबो साउदीबाट आउनेको अरु केनै हुन्छर खजुर नपाए, मैले हाँस्दै जवाफ फर्काए, अँ अनी भन कहिले आउँदैछौ तिमी काठमान्डौ, आउछु होला दसैं अगाडि आउने कामछ, फेरी मैले जवाफ फर्काए, ओई त्यहा कोहिछ कि छैन तिम्रो छेउमा, उनको यो सोधाईले मैले बुझिहाले उनी के भन्न खोज्दैछिन भनेर, त्यसपछी मैले उम भनन के भन्न खोजेकी ? केहीहुन्न भन, भन्ने आदेश पाएपछी त्यसपछी पुन अप्सरा बोलिन, ओई अनी तिम्री बिन्दुलाई भेट्यौत ? खुब मस्ती गर्यौहोला हैन ? उनी यती सोद्धै खितितिती हासिन, उम खै भेटे भनेकी भेटिन भन्नु, सब डामाडोल छ, पछी त्यतै आएर भन्छु यार, मैले हाँस्दै जवाफ फर्काए, फेरी उनी बोलिन, हैन केभो यस्तो अधकल्चो कुरा के तिम्रो ? उस्को बुडोले लखेट्यो कि केहो ? कि घरमा म्याडमले थाहा पाउनु भएर बाजा बज्यो तिम्रो, यती भन्दै अप्सरा फेरी हासिन, हेहेहेहे, त्यस्तो पनि हैन तर म आँफै कन्फ्युजमा छु यार, पछी उतै आउँदा बताउदा हुन्न, मैले जवाफ फर्काए, ल यता खाना दिने बेला भयो हाम्रो, दिउसो तिमीले कल गरेको रैछौ तर यता हाम्रो बत्ती नै थिएन, अनी अहिले देखेर कल गरेकी मात्रै, के गर्दैछौ भनेर, यती भन्दै उनैले उतैबाट फोन राख्ने अनुमती माग्दै कल राखिन, मैले पनि हस बाइ शुभरात्री भनेर बिदा मागे र आँफैले फेरी भित्र फोन राखेर किचेनको डाइनिङ टेबलमा राखेर बाहिर छतमा आएर बसे ।
साँझ झन झपक्क भएर चुक घोप्टिएको जस्तो कालो अँध्यारो हुँदै बजारभरी बत्ती बलेर धपक्क दुलही जस्तै सुन्दर देखिएको थियो, भित्र भान्षा कोठामा गर्मिले बसिसक्नु थिएन, त्यसैले सबैजनाले छतको भुइमै म्याट ओछ्याएर खाना खायौ, खाना खादाखाँदै करुना र मैसापको पनि कल आयो, उनिहरुसंग पनि उस्तै रेलाठट्टा गर्दै कुरा भयो, आज घरमा आएको करिब दुई महिना पुग्न लाग्दा मेरो मोबाइलमा लगतार परिवारले नचिनेको मेरो साथीहरुको कल आइरहदा र मैले कलमा बोलिरहेको भावभङी देखेर र सुनेर पनि नदेखेको नसुनेको जस्तै अभिनयमा श्रीमती घरिघरी मेरो अनुहारमा नियाल्दै थिन, त्यसरी नियाल्दा उनको अनुहारमा कतै संकाको भाव त कतै केही हलुका अद्रिश खुशीको भाव छचल्किएको प्रस्टै रुपमा म देखिरहेको थिए, मैले पनि उनको आँखाको भाका र अनुहारको भाव नियालिरहेको थिए, घरि कस्को त, घरि कस्को कल आइरहदा कलमा बोल्दै खाना खाँदै थिए, गफ गर्दै खाना खाँदै गर्दा म भने मनमनै सोच्दै थिए, मैले स्पेसमा भेटाएको चिनेको साथीहरु सबै सत्य थिए, कोही भ्रम थिएनन, आखिर कसरी यस्तो हुनसक्छ कि बिन्दु मात्रै को थिईन, किन उनी मात्रै यत्रोदिन देखी कसरी गुमनाम छिन, बिन्दु मात्रै कसरी संयोग भनौ या अपबाद कसरी हुनसक्छ, आएको यतिका दिनसम्म न मैले संपर्क गर्न खोज्दा संपर्क भएको छ, न उनी आँफैले कुनै संपर्क गर्ने कोशीस गरेकी छिन, कि पहिलेको जस्तै घरमा कुनै समस्या आएर संपर्कबिहिन भईन, यदी उनले संपर्क गर्न नखोजेको भएपनी उनको नम्बर त अफ नहुनुपर्ने हो, जाबो म एउटाको लागि सबै सोसियल मिडियाहरु अफ गरेर बस्नुपर्ने वा फोननम्बर नै अफ गरेर राख्नुपर्ने त्यस्तो नराम्रो त केनै बाध्यता थियो होलार ? यदी मैले बोल्ने गरेका ति सबै साथीहरु असत्य वा मेरो मस्तिस्कको भ्रंम हुन्थे भने, यत्रो परिवारकै अगाडि उनिहरुको एकएक गरेर कल आएकोछ, त्यो कसरी झुट हुनसक्छ र ? मैले मनमा यस्तो कुरा खेलाउदै गर्दा अर्को मनले भनिरहेको थियो कि, एउटा कुरा भने सत्य साबित भएको थियो, कि मैले बोलेका ति सबै साथीहरु भौतिक नै थिए, सत्य थिए, कुनै आत्मा वा मेरो दिमागी बिरामको उपज थिएन, योत सत्य भयोकी बिहान मैले कलगर्दा संपर्क हुन नसकेकोहरु अहिले कसरी भटाभट कल आएत ? यस्तै आश्चर्यपूर्ण कुराहरु खेलाउदै खाना खाइसके मैले, अरुले पनि खाना खाइसकेका थिए, म हातमुख चुठेर मुनिबाट आफ्नो रुममा झरे भने, श्रीमती भान्षा कोठामै झुठो भाडाबर्तन सफा गर्दैथिन ।
रुमको बत्ती अफ गरेर म बेडमा पल्टिएर तिनै अनेकन कुराहरु मनमा खेलाउदै थिए, म सोच्दै थिए, सबैकुरा भ्रम हो भने म कसरी अरु कुराहरु थाहा पाइरहेको छु, खाने कुराको स्वाद, त्यस्को बास्ना, घरमा भएको हरेक सरसामनको पहिचान सबैथोक हुन्छ, तिनिहरुमा मेरो भ्रम छैन, अनी आज बेलुकी एकएक गरेर आएको कलहरु त्यो पनि म एक्लै भएको बेला नभएर मेरो परिवारकै अगाडि आएको थिए, जस्लाई म तिनिहरु पनि भ्रम हुनकी भनेर डराएको थिए, आखिर तिनिहरु सबै सत्य साबित भएर आएका थिए, अझ दुइटा कलत मेरो आफ्नो छोरीले रिसिभ गरेकी थिन, यदी मेरो मस्तिस्कको भ्रम वा मानसिक शिथिल्ता भएको भए आज आएको कल र संबाद अनी पात्रहरु पनि असत्य वा भ्रम नै हुन्थे, तर यिनिहरु सत्य हुँदाहुँदै पनि कसरी बिन्दु एक्लो मात्रै मेरो लागि भ्रम भएर आइन, उनको संपर्क फोन नम्बर, मेसेन्जर, टुइटर र त्यसको डिएम सबै मेरो आँखाले कसरी दृष्टि भ्रम हुनसक्छ ? अहिले पनित हेर्दा उनको सबै सोसियल मिडियाहरु जस्ताको त्यस्तै छ, मेरो मेसेजहरु पनि जस्ताको त्यस्तै छ, यदी उनी पनि असत्य हुन्थिन भने किन ति सबै मेसेजहरु इनबक्स भित्र हुन्थे, तर जब मेरो फ्लाइटको समय हुन्छ त्यो समयसम्म आखिर को बोलेको थियोत म संग, अनी म कोसंग बोल्दै थिएत, ? सबै पात्रहरु सत्य साबित हुँदाहुँदै पनि बिन्दु मात्रै एउटा गुमनाम हुनु वा असत्य अभौतिक हुनु के छ त्यस्तो राज ? म मनमा यस्तै कुराहरु निरन्तर खेलाउदै थिए, यतिकैमा अफ गरेर राखेको रुमको बत्ती अचानक झिलिक बल्यो, म तर्सिएर झसंग भएर ढोकातिर पुलुक्क हेरे, घरधन्दा सकेर श्रीमती सुत्नको लागि रुममा छिरेकी रहेछिन, म तर्सिएको देखेर श्रीमती पनि झस्किएर एकछिन त ठिङ उभीईन र भित्र आफ्नो खुट्टाको पाइला सार्दै सोधिन, केभयो हजुरलाई ? किन तर्सिनु भएको ? अचानक बत्ती बलेर ढोकाको आवाज आउँदा तर्सिए भनेर जवाफ फर्काए मैले ।
डक्टरले दिएको औषधी म आँफै खानुपर्दा खाएको बहाना गरेर बेडमुनी फुटाएर फ्याकी दिन्थे, तर बेडरुममा श्रीमती आँफै आउँदा भने उनको सम्मुखमा आँफै जबर्जस्ती रिसाएर रुएर भएपनी खुवाउथिन, आज पनि घरधन्दा सबैसकेर उनी बेडरुममा छिरेकी थिन, एउटा हातमा पानी र अर्को हातमा कुन्नी केको मालिस गर्ने तेल जस्तो लिएर आएकी थिन, हातको तेलको सानो सिसी र पानीको गिलास टेबलमा राख्दै सिरानीमुनी राखेको औषधी निकालेर दिदै खाना कर गरिन, मैले कुनै प्रतिकार नगरि औषधी खाए, त्यसपछी मलाई बेडमा घोप्टी परेर सुत्न लगाएर अघी हातमा ल्याएको तेलले घुचुक, ढाढ, खुट्टा सरिरको सबै भागको मालिस गर्दै सोधिन, हजुर आउनुभएको यतिका दिनमा कसैको कल आएको थिएन, तर आज अचानक यतिधेरै कलहरु कसरी आए अनी कस्का कलहरु थिए तिनिहरु, मालिस गर्दै सोधिरहेकी थिन उनी, म के बोलौ के नबोलौ जस्तो भारी मन भएको थियो उनले सोद्धा, केही भन्छु भन्न खोज्दै थिए तर मेरो गला अबरुद्ध भएको अनुभुती हुँदैथियो मलाई, यतिकैमा मेसेन्जरमा अर्को कल आयो, हेरे, जापानमा पड्दै गरेको एकजना स्पेसमै चिनेको बिरोजी भाईको रहेछ, कल रिसिभ गर्दै बोले, हेलो अँ बाबु, दाई हजुर नमस्कार ! कलको पहिलो संबादमै नमस्कार गर्दै उ बोल्यो, नमस्कार बाबु अनी केछ खबर ? मैले नमस्कार फर्काउदै हालखबर सोधे, श्रीमती मेरो ढाढ मिचिरहेको अवस्थाबाट टक्क अडिएर हाम्रो कुरा सुनिरहेकी थिन, उताबाट बिरोजिको आवाज आयो, दाई दिउसो मेसेज छोड्नु भएको रहेछ, अहिले कलेजबाट आएर देखेर कल गरेको, अनी सञ्चै हुनुहुन्छ, उम सञ्चै छु बाबु, अनी तिमीलाई ? मैले सोधे, म पनि सञ्चैछु अनी त्यहा भाउजु नानीबाबु हरुलाई कस्तो छ, वहाँँहरु सबैलाई मेरो नमस्कार सुनाइ दिनुहोस है, उताबाट उ बोल्दै थियो, यतिकैमा मैले बोले, भाउजु त यही छिन बोल्छौ त ? बोलन अलिकती मैले बोल्न आग्रह गर्दै श्रीमतिलाई बोल्न ईशारा गरे, चिनेकै छैन कसरी के भनेर बोल्नु भनेर तर्किन खोज्दैथिन, बोलन केही हुन्न भन्दै मोबाइल उनको हातमा थमाइदिए, शायद उताबाट नमस्कार भाउजु भनेको हुनुपर्छ यताबाट मेरो श्रीमतिले नमस्कार बाबु भन्दै उत्तर फर्काइन, उताबाट बिरोजी केके भन्दै थियो कुन्नी यताबाट श्रीमतिले एकोहोरो अँ बाबु, हो बाबु, होनी बाबु, हुन्छनी बाबु, भन्दै थेगो मिलाउदैथिन, त्यसपछी ल बाबु म अलिकती बिजिछु दाई संग बोल्नुहोस है भनेर पुन मलाई फोन जिम्मा लगाइदिन, मैले फोनमा आफ्नो हातमा लिदै अहिलेलाई छुटिने बिदा मागे र कल काटिदिए ।
त्यसपछी उनी पुन मालिस गर्न थालिन, म भन्दैथिए उनलाई, तिमीहरुले मलाई मानसिक बिरामी सम्झेको छौ, यदी त्यस्तो हो भने मेरो चिनेको साथीहरु पनि तिमीहरुले सोचेको जस्तै मानसिक बिरामको उपज होकी भनेर आँफैलाई जाँच्न दिउसो सबैलाई कल गरेको थिए, तर कसैसंग संपर्क भएन, तर मेरो उनिहरुको फोनमा मिसकल र मेसेज बसेको देखेर होला अहिले बेलुकी भएपछी सबैले कल मेसेज गरे, तर एकैपटक सबैको पालैपालो आउनु चै संयोग थियो, तर ति सबैको कल आउँदा म चै, मनमनै सोच्दै थिएकी तिमीहरुले सोचेको जस्तो बिरामी हैन म, र तिनिहरु भ्रम पनि हैन, म ठीक छु भन्ने आँफैलाई ढुक्क भएको थिए, बस यही हो कल आउनको कारण, अबत विश्वाश गर्यौ होलानी म ठिकठाक छु भनेर, उनी अँ पनि छैन हँ पनि छैन चुपचाप सुनेर एकोहोरो मालिस मात्रै गरिरहेकी थिन, त्यसपछी उनी पनि थाकिन क्यारे, तेलको सिसी टेबलमा राख्दै बत्ती अफ गरेर ओछ्यानमा सुत्नको लागि पल्टिन, तर ओछ्यानमा पल्टिएर पनि उनी धेरैबेरसम्म उनी निदाइ रहेकी थिनन, यो सब मैले थाहा पाइरहेको थिए उनको छट्पटिबाट, तर म भने आज अलिकती भएपनी श्रीमतिलाई आफ्नो स्थितिको बारेमा बताउन पाउदा भने मनमा थोरै खुशी लागेको थियो, यति हुँदाहुँदै पनि अर्को मनले सोचिरहेको थियो कि सबै यथार्थ भएर पनि किन मलाई बिन्दुको आक्रिती मात्रै भ्रम परिरहेको छ, यस्तो सोच्दै थिए, अघी खाएको औषधीले गर्दाहोला मेरो आँखा केही धुमिलो हुँदै दुबै परेलाहरु जोडीन खोज्दै थिए, शायद यतिमै म निदाएछु क्यारे, त्यसपछी श्रीमती कतिबेला निदाइन मैले थाहा पाईन ।
आज दिनको एकबजे तिर घरमा कोही पनि थिएन, श्रीमती बजारतिर गएकिथिन, नानी र बाबु कलेज गएको आएकै थिएनन, म घरको बारान्डामा बसेर सँधा झै आज पनि बाटोमा आउने जाउने मान्छेहरुको भिडभाडको रमिता हेरिरहेको थिए, अस्ती झै आज पनि बाटोमा परबाट कोही छोरीमान्छे मेरो घरको बाटो हुँदै आइरहेको देखे, मलाई किनकिन त्योदिन पनि त्यो छोरी मान्छेलाई देख्ने बित्तिकै एक्कासी मनमा खुशी छाएको जस्तै शरीर हलुका भएको जस्तो महसुस हुँदैथियो, टाढाबाट आउँदै गरेको त्यो छोरीको मान्छेको अनुहार र शरीर मैले कतै देखेको वा चिनेको जस्तै अनुभुती भएको थियो, त्यो म तिर आइउदै गरेको छोरीमान्छेलाई देख्दा धेरैदिन पछी केही हराएको सामन पाएको जस्तो मनभित्र हलुका खुशीको लहर छाउदै थियो, जतिजती म मन भित्र उत्सुक्ताको साथ त्यो छोरीमान्छे आएको तिर एकोहोरो भएर हेरिरहेको थिए, उतिउती त्यो अनुहार मेरो नजिकै हुँदै मिठो हलुका, ओठ नखुलेको मब्द मुस्कानमा अगाडि बढीरहेको थियो, म भित्र एकप्रकारको हलुकापनको झन्कार छाएको थियो, खै किन हो, नजानिदो पाराले आँफै भित्र चन्चलता महसुस गर्दैथिए, मानौ म गहिरो निद्राको सपनाबाट बिउँझीए झै दिमाग छंग हलुका भएको महसुस भएकोथियो, सानो नचिनिने मधुरो अनुहारको त्यो छबी अहिले पुरै प्रस्टरुपमा मैले चिन्न सक्ने गरेर मेरो घरको अगाडिपट्टी ठिंग उभिएर मलाई नै हेरेर मुस्कुराइ रहेकिथिन, म छक्क परे, उनी तिनै बिन्दु हुन जस्ले मलाई यतिकादिन देखी सोचमा डुबाएको थियो, सत्य हो या भ्रम भनेर, तर आज मेरै घरको अगाडि ठिंग उभिएकी थिन उनी, त्यो पनि मलाई नै हेर्दै मुसुक्क हासी रहेकी थिन, पत्याउन सकिरहेको थिन, आज अचानक कसरी यहाँसम्म आइपुगिन उनी, म एकोहोरो भएर ओठमा हलुका मुस्कान लिएर उनैलाई टोलाई रहेको थिए, यतिकैमा उनको ओ हेलो, अब हेरी मात्रै राख्ने कि तिम्रो घरमा भित्र आउन पनि बोलाउछौ ? कि यतिकै बाटोमै उभ्याएर राख्ने हो भनेर हातको औलाको चुट्की बजाउदा मात्रै म झसंग झस्किएर, माथि नै आउन, गेट खुलैछ, भनेर भित्र आउन आग्र गरे, उनी त्यहाबाट सरासर भित्र प्रबेश गरेर माथिल्लो तल्लामा आइन, म बार्दलिबाट उठेर भर्र्याङ् सम्म उनलाई लिन गए, उनी अहिले पनि उही मन्द मुस्कानमै मुस्कुराउदै मेरो पछीपछी लागिन, त्यसपछी टिभी रुमको सोफामा बस्दै बोले म, बसन यतै, यि यस्तै छ मेरो घरत, सानो झुपडी, जुरेलिको गुँड जस्तो, उम हो रैछ, गुँड नै राइछ, त्योत देखे मैले तर कैत घरको अरु चै, उनले केही ब्यङ्य मिश्रीत जवाफ दिदै बोलिन, मैले केटाकेटी कलेज गएको र श्रीमती बजार गएको बताए, त्यसपछी ओहो मत करेक्ट टाइममा आएछु कि केहो हो ? यती भन्दै खितितिती हासिन, मैले किनर सबैजना भाको भए के हुन्थ्यो र ? भन्दै प्रश्न गरे, केही अंकनिएको पारामा बोलिन उनी, उम अरुत केहुनु ? बस हामी दुइजना खुलेर बोल्न पाउदैन थियौ हैन र ? उम त्योत हो तर अचानक कहाबाट यहाँ तिमी ? मैले जिज्ञासा राख्दै सोधे, उम आइपुगिदो रहेछ समय र परिस्थिती मिल्यो भने भन्दै फेरी मुसुक्क हासिन, म उनको बनावटी सहज्ता भित्र उनको असहज्ता र केही अफ्ठ्यारो मानेको जस्तो अनुभुती गरिरहेको थिए, त्यसैले उनको त्यो असहज्ता लाई मेटाउने कोशीस गर्दै भने, जाउँ हिड माथि किचेनमा म कफी बनाउछु, अनी बाहिर छतमा बसेर कुरा गरौला भन्दै माथि जान आग्रह गरे, उनले हसको भावमा टाउको हल्लाउदै बसिरहेको सोफाबाट जुरुक्क उठेर, आज हजुरको हातको कफी पनि पिउन पाउने भए है भन्दै दुबैजना छतमा भएको किचेन तर्फ लाग्यौ, उनी मेरो पछीपछी लागिन ।
कफी बनाउनलाई दिउरेमा दुध उमाल्ल ठीक्क पार्दै ग्याँस जलाए, बिन्दु बाहिर छतमा बसेर गमलाको फूलहरु नियाल्दै बाहिरबाटै आवाज दिएर बोल्दैथिन, कती राम्रो राम्रो फूल रैछ है हजुरको घरमा त ? म भित्रैबाट होर मन पर्यो तिमीलाई भन्दै जवाफ फर्काउदै थिए, यतिकैमा कफी राखेको र्याक तर्फ पछाडि फर्किए, बाहिर बोलिरहेकी बिन्दुलाई अचानक मेरो ठीक पछाडि भएको डाइनिङ टेबलमा गालामा हात राखेर बसिरहेको देखे, म झस्किए, अरे, अहिले भर्खरै बाहिर बोलेकी केटी कतिछिटो आएपनी नभनी आएर बसिसकेछिन, मनमा कुरा खेलाउदै सोचे, फेरी कफी झिकेर दिउरेमा लगाएर कफिको भाँडा र्याकमा राख्नै मात्रै के लागेको थिए, फेरी बाहिरबाट आवाज आयो, हैन यो ड्रागन पनि हजुरहरुले छतमै फलाउन लाग्नु भएको ? बाफरे हो जागरलाई त माने मैले, अरे ! फेरी भर्खरको भर्खरै उनको आवाज बाहिरबाट ? म छक्क परेर टेबलतिर आँखा घुमाए तर त्यहा कोहिपनी थिएन, फेरी मनमनै सोचे मेरो आँखाको झल्को मात्रै भएकोहोला भनेर अरुधेरै केही सोचिन, त्यसपछी कफी तयार पारेर कफिको दुइटा कप बोकेर म बाहिर उनी बसेकै ठाउँमा लिएर गए, भित्र किचेनबाट दुइवटा कुर्सी ल्याउदै दुबैजना संगै बसेर कफी पिउदै गफगाफ गर्न थाल्यौ ।
समय गर्मी मौसमको भएपनी श्रावनको महिना रातभरी र बिहान अबेरसम्म पानी परेर दिन उघ्रीएकोले गर्दा आकाशमाथी घामलाई छेकेर डम्म लागेको बादलले पुरै शहरै छोपेको जस्तै लाग्थ्यो, घरको छतबाट पूर्वतिर फर्किएर हेर्दा पानी परिरहेको जस्तो देखिन्थ्यो, पस्चिमतिर पनि उस्तै पानी परेको झै अँध्यारो देखिन्थ्यो, उत्तरतिर फर्किएर हेर्दा माथि टाढामा देखिएको भेडेटार र डाडगाउँको डाडा र तल धरानको आधा भागसम्म बर्खाको भुइकुहिरोले केही नदेखिने गरेर डम्म ढाकेको थियो, बिहानभरी परेर रहेको पानीले गर्दा मौसम शितल र घमाइलो महसुस भएको थियो, दुबैजना कुर्सिमा बसेर कफी पिउदै गर्दा बिगतको च्याटिङ र कलको संबाद गर्दै बजारतिर मान्छेहरुको आउने जानेको भिडको रमाइलो हेर्दै समय कटाउदै थियौ, दुबैजना गफमा मस्त रहदा हामी एकले अर्काको अनुहार सम्म नहेरी एकोहोरो गफिएको थियौ, यसरी गफिदा टाढाटाढा सम्म नियालेर कुरा गर्दा बेलाबेला हलुका सुस्त आएको हावाले उनको केशरासी उडाएर अनुहार अगाडि छरपस्ट हुँदा भने म मन भित्रभित्रै रोमान्चित महसुस गरिरहेको थिए, दुबैजना गफमा ब्यस्त रहन थाल्यौ, यतिकैमा कुरा गर्दागर्दै बिन्दुको अनौठो आवाज आयो, उनले बोलिरहेको आवाज भन्दा भिन्न आवाज आएपछी मैले उनितिर फर्किएर हेरे, उनी आफ्नै धुनमा मुस्कुराउदै गफ गरिरहेकी थिन, बषन्त हजुरलाई थाहाछ ? मैले दोबारा आत्मा बनेर फेरी हजुरलाई भेट्छु भन्ने त सोचेको पनि थिईन, हो म आत्मा हुँँ तर आत्मा नै भएपनी शायद म माथि भगवानको कृपा हुनुपर्छ, रत, आत्मारुपी यो हावाको माध्यमा द्वारा हजुरसंग कुरागर्न पाएकी छु, आज म हजुरलाई सबैकुरा भन्न आएकी छु, दिल खोलेर सबै भन्छु, यदी म बोल्दाबोल्दै बिचैमा रुएछु भने पनि मलाई नरोक्नुहोला, मलाई सबैथोक भन्न दिनु र मेरो मनलाई हलुका शान्ता हुन दिनुहोला, उनले बोलेको अनौठो वाक्य र आवाजले गर्दा उनको अनुहारमा एकोहोरो भएर सुनिरहेको थिए, उनले यसो भनिरहदा उनको आवाजमा पिडा भरिएको जस्तो आभाष मिल्थ्यो, उनी निकै ठुलो अफ्ठ्यारोमा छिन वा उनिभित्र कुनै पिरहरुको थुप्रो भए झै लाग्थ्यो, उनको यो कारुणिक लवजमा म महसुस गरिरहेको थिए कि !यो आवाज मैले पहिले पनि कही कतै सुनेको जस्तो महसुस भएको थियो, यो आवाज संग म चिरपरिचित छु, यो आवाजलाइ म राम्रोसंग जान्दछु, र चिन्दछु यस्तै महसुस भएको थियो, म आफ्नै दिमागले सोच्न खोजिरहेको थिए, कि यो आवाज कतै सुनेको हो मैले, किन बिन्दुले यस्तो आवाज नक्कल गरेर बोल्दैछिन, मलाई अचम्म लागेको थियो मन भित्र, उनी बोल्दाबोदै मेरो अनुहारतिर पुलुक्क फर्किएर हेरिन र अलिक केही असहज हुँदै सोधिन, किन के भयो ? किन यसरी हेरिरहनु भएको छ मलाई ? केही गलत नराम्रो बोलेर मैले ? उनले सोधेको प्रश्नमा आफुलाई सम्हालिदै जवाफ दिए, हैन हैन ! त्यस्तो केही बोलेको छैनौ तर बोल्दाबोल्दै अचानक कसरी तिम्रो आवाज भिन्न भयो ? अनी तिमीले यो के भनेको म आत्मा हुँँ ! तिमीले भन्न खोजेको यो केहो बिन्दु ? मेरो प्रशन सुनेर पुन मुसुक्क हाँस्दै बोलिन, हजुर सुन्न सक्नुहुन्छ ? सत्य केहो ? मेरो कुरा सुनेर डराउनुत ह्न्ननि ? सुन्ने हिम्मत छ भने म आज सबैथोक भन्छु भनेरै आएकी हुँँ ! र यो सत्य हजुरले थाहा पनि पाउनुपर्छ ? नत्र जबसम्म तपाईंले थाहा पाउनुहुन्न तबसम्म न हजुरलाई मन चैन हुनेछ न मलाई नै, घटनाको रहस्योघाटन हुनैपर्छ आज, उनले यस्तो भनिरहदा म आँफै भित्र के भन्ने नभन्ने अक्कनबक्क बनेको थिए, उनी के भन्दैथिन मैले केही मेसो पाउनै सकिरहेको थिन, तैपनी उनले के भन्न खोजेको हुन भनेर आफुलाई सुन्नको लागि तयार बनाएर भने, ओके म सुन्न तयार छु, तिमीले यो अनौठो र अपत्यारिलो के कुरा गर्न खोज्दैछौ म केही बुझ्न सकिरहेको छुइन, प्लिज भन छिटो केहो ? मैले यती भनेपछी लामो श्वास तान्दै, उनी बोल्न थालिन ।
पहिलो कुरात, हजुरले डराउनु पर्दैन म संग, अर्को कुरा म जे भनिरहेकी हुन्छु त्यो सबै सत्य हुन हजुरले विश्वाश गर्नुपर्छ, अर्को कुरा म हजुरलाई कुनै प्रकारको डराउन दिने छैन र हजुरलाई म कुनैपनि क्षति पुराउने छैन, किनकी मेरो उदेश्य हजुरलाई कुनै हानिनोक्सानी पुराउनु हैन, बस मलाई मुक्ती चाहिएकोछ, मेरो आत्माले शान्ती पाउनुपर्छ, म भड्किएको छु, मैले चैन पाउन सकेको छुइन, त्यसैले म जे भन्छु त्यो हरेक काहानी हैन यथार्थ सम्झेर बस मेरो कुरा ध्यान दिएर सुन्नुपर्छ, हजुरको परिवार आउने बेला हुन लागिसक्यो, यदी मैले सबैकुरा भनिसकिन भने म अपूर्ण हुनेछु र फेरी हामी दुबैले अनन्तसम्म दु:ख पाइरहनेछौ, उनले यसो भनिरहदा उनको कुरा बिचैमा काटेर बोले, तिमीलाई कसरी थाहा भयोकी मेरो परिवार आउने बेला भयो भनेर, मेरो प्रश्न सुनेर उनी फेरी बोलिन, हजुर भौतिक हुनुहुन्छ, हजुर एक मनुस्य हो, त्यसैले केही थाहा पाउनुहुन्न, तर म हावा हुँँ ! एक आत्मा हुँँ ! मनुश्यको भाषामा भन्ने हो भने म एक भड्किएको दुशात्मा हुँँ, अझ त्यसलाई पनि झन खराब भाषामा भन्ने हो भने म मरिसकेको भड्किएको सरिरको एक रु हुँँ ! अनी तपाईंको मस्तिस्कको भ्रम मात्रै हुँँ त्यसैले म हरेककुरा हुनु अगावै थाहा पाउछु, उनले यस्तो भनिरहदा म झन अचम्म मानिरहेको थिए, मरेको आत्माको कुरा उनले गरिरहदा किनकिन त्यो क्षण मनमा फिटिक्क डर लागेको थिएन, मानौ म आममान्छे संग कुरा गरिरहेको छु जस्तो अनुभुती भएको थियो, त्यसपछी फेरी बोले म, हैन आज तिमी यो के भन्दैछौ कान्छु, घरिघरी किन म आत्मा हुँँ भनिरहन्छौ ? आखिर तिमीले भन्न खोजेको रहस्य केहो छिटो भन, अब म यो भन्दा धेरै पर्खिन सक्दिन, तिम्रो भनाइले मैले धैर्यता गुमाइसकेको छु, छिटो भन प्लिज फटाफट, मेरो मनको धर्यताको बाध टुट्दैथियो, उनी के भन्न चाहन्थिन मलाई सिर्फ त्यही मात्रै सुन्नुथियो, मलाई यती हतारो थियोनी, एकैसासमा सबैकुरा भनिदेवोस र उनले भन्न खोजेको रहस्यको पर्दा खुलोस, हो शायद उनले मेरो मनको भाव बुझिसकेकी हुनुपर्छ, त्यसपछी उनी फेरी बोलिन, म हजुरलाई तपाईं भनेर बोलाउनेछैन, तिमी भनेर बोलाउनेछु, किनकी हाम्रो सम्बन्ध बर्षौ देखीको तपाईंको हैन, तत, मम, र तिमीको हो, बस तिमी मलाई आज पनि त्यो हक दिनेछौ, झन उत्सुक्तापूर्ण अनी रहस्यपूर्ण कुरा गर्दैथिन उनी, तर मैले उनले के भन्न खोजिरहेकी छिन केही भ्यौ पाउन सकिरहेको थिन, त्यसैले मैले भने, ओके तिम्रो मर्जी तपाईं भन वा तिमी आखिर म तिम्रै त हुँँ नि हैनर ? हो तिमी मेरै हौ र मेरै भएको कारणले आजसम्म तिम्रो पिछा गरेर यहाँसम्म आएको छु, त्यसैले सुन म कोहुँँ ? केहुँँ ? आज सबैभन्छु, त्यसपछी मैले हुन्छको भावमा टाउको हल्लाएर अनुमती दिए, उनी भन्दै गईन, म सुन्दै गए ।
तिमीलाई थाहाछ आजभन्दा २९ बर्ष अगाडि पुर्बी पहाडको कुनै जिल्लाबाट तिमी तराइमा हाम्रो गाउको जनसहयोग स्कुलमा ९, कक्षामा पढ्न आएका थियौ, तिमी कुनै आफन्तकोमा बसेर पड्थ्यौ शायद, मेरो घर पहिलाको हासपोसा गाबिसको १, नम्बर करैबना चौधरी गाउँमा थियो, हाम्रो सानो परिवार, सुखी परिवार थियो, आमा बुवा म र सानो बहिनी, तिमी ९, कक्षामा भरना हुँदा म पनि त्यही कक्षामा पड्थे, तिमी हाम्रो स्कुलमा आएकैदिन कक्षामा पस्दा तिमीलाई कसैले पछाडिबाट कागजको पुच्छर बनाएर लगाइ दिएको थियो, त्यसपछी बस हामीलाई के चाहियो, बाँदर बाँदर भन्दै सबैजना मरिमरी हास्न थाल्यौ, किनकी हामी सबैको त्यस्तै कच्चा उमेर थियो, यतिकैमा पहिलो घन्टी पढाउने सर आउनुभयो, हामी सबैजना हल्ला गरिरहेकोबेला अचानक सरको प्रबेशले सबै चुपचाप भयौ, तर तिमीले सरलाई कस्ले कागजको पुच्छर लगाइदियो भनेर पोल सुनाउदा सरले फटा बोल्छस, जा गएर आफ्नो टेबलमा बसेर किताब निकाल, भनेर उल्टै बासको छडिले तिमीलाई कुटेको थियो, त्यो बेला चै मलाई किनकिन तिमी प्रती अनाकमा कुटाइ खाएकोमा माया लागेको थियो, एकत नयाँ थियौ तिमी, त्यसमाथी अन्जान साथीहरुले त्यस्तो गर्दा र उल्टै सरबाट कुटाइ खानुपर्दा तिम्रो अनुहार लाजले होला शायद वा नरमाइलो लागेर होला अनुहार निरासिलो अँध्यारो मलिन थियो, त्यही मलिन अनुहारमा तिमी प्रतिको माया पलाएर कालान्तरमा साचिकै मेरो एकतर्फी मायामा बद्लिएको थियो तिमी प्रती, समय बित्दै गयो, समय संगै तिमी हामी सबै पुरानो हुँदै गयौ, सबैमा एक आपसमा घुलेमेल भयौ, संगै खेल्ने, पढ्ने स्कुलको खाजा खादा पनि संगै खाने भएको थियौ, तिमी स्कुलमा आउदाको समयदेखी नै तिक्षण थियौ, ज्ञानी थियौ, हाम्रो स्कुल र क्लास भरिकै अनुशासित र सालीन थियौ, समय बित्तै जादा तिम्रो पढाई र तिम्रो स्कुलको बिभिन्न कृयाकलापमा भाग लिदा सँधै अब्बल निस्कन्थ्यौ, अझ खेल भन्दा पनि धेरै तिमीलाई हाजिर जवाफ, तरबार बलियो कि कलम भन्ने शिर्षकमा बादबिबाद गर्न खुब जोसिन्थ्यौ, तिमीलाई तिनिहरु भन्दा पनि अझ कविता, कथा र नाटकहरु लेख्न साहित्यमा खुब चासो थियो, स्कुलमा टिफिन हुँदा पनि सबै खेल्न निस्कदा तिमी भने कक्षामै बसेर कबिता, मुक्तक हरु लेखेर बसिरहन्थ्यौ, कक्षाको साप्ताहिक कार्यक्रम होस वा स्कुलको कुनै ठुलो कार्यक्रमा तिमी कबिता र मुक्तक सुनाएर सर मिस र सबैको तालिको गड्गडाहट संगै वाह वाह बटुल्थ्यौ, तिमी भनेपछी हाम्रो क्लासको केटी देखी लिएर अन्य क्लासको केटीहरु पनि भुतुकै हुन्थे, तर उनिहरु तिम्रो पछी लागेर तिम्रो तारिफ गरेको सुन्दा भने मलाई चै खै किन कहाबाट रिस उठेर आउथ्यो, कसैले तिम्रो तारिफ नगरोस जस्तै लाग्थ्यो, तिम्रो तारिफ मेरो मुखाबाट सिवाय अरुलाई गर्ने हकछैन जस्तै लाग्थ्यो, म भित्रभित्रैबाट तिमी संगको एकोहोरो प्रेममा परिसकेको रहेछु, तिम्रो हरेक कृयाकलापले छुन्थ्यो मलाई, कहिलेकाही ओई कबिता सुन्छौ भन्दै सुनाउथ्यौ, म तिमीबसेको अर्को बेन्चमा बसेर तिम्रो कबिता सुनेर बस्थे, तिमी कबिता सुनाइ रहदा तिम्रो कविता सुनिरहुँ तिमी सुनाइ रहु, तिम्रो कविता कहिलै नसकियोस जस्तै हुन्थ्यो, अरुबेला बोल्ने बोली र कविता मुक्तक सुनाउने बेलाको तिम्रो आवाजको लवज नै फेरिन्थ्यो, तिम्रो बाचनकला सुनेर सर मिसहरु पनि मख्ख पर्थे, मत झन मख्ख नपर्ने कुरै भएन, तिम्रो आवाजमा साचिकै भन्नुपर्दा एक प्रकारको जादु नै थियो, तिमीले एकपल्ट कुनै एउटा रचना सुनाएपछी ones more नआएको कुनै पल हुन्थेन, यसैले पनि मलाई तिमी प्रती फिदा बनाएको थियो, तिमी प्रतिको मेरो एकोहोरो एकतर्फी प्रेम यसरी झाँगिएछ नि, एकदिन दश कक्षाको संगिताले तिमीलाई एउटा कविता लेखी देउन भनेर अनुरोध गर्दा तिमीले हुन्छ हुन्न पनि भन्न नपाई म अगाडि सरेर तिम्रो अरु काम छैन ? उ अहिले पद्डैछ, डिस्टर्ब नगर, भन्दै डाहाले झगडा गर्न पुगेछु, अर्को एकदिन हाम्रै क्लासको रिता र चन्चला मिलेर कागजको पन्नाको रकेट बनाएर तिम्रो ढाढको पछाडि हिर्काएर जिस्काइ रहदा मैले प्रतिबाद गर्न पुगेछु र हामी बिचमा कपाल लुछालुछ गरेर पुरै झगडा नै परेछ, त्यसमा तिमी आँफैले असिनपसिन हुँदै मलाई छुट्याएको थियौ, त्यस्तो घटना त कती हो कती, त्यो पागलपन सम्झिएर पछीसम्म पनि याद आउथ्यो र आँफैदेखी हासो लागेर आउथ्यो र एक्लै लाजले भुतुक्क हुन्थे, त्यतिसम्म म तिम्रो मायामा पागल बनिसकेको रहेछु, अझ तिमी कतै जादा वा कुनैदिन बिसन्चो भएर तिमी स्कुल न आउँदा पनि मलाई अत्यास लागेर आउथ्यो, मेरो साथीहरु र तिम्रो साथीहरु संग नोटकपिको बहाना बनाएर तिमी किन आए नआएको खबर लिन्थे, र आफुलाई शान्ता बनाउथे, जब स्कुल आउथ्यौ र नजिकै गएर आफ्नो प्रेम तिमी सामु सबै पोखिदिउ, तिमीलाई प्रेम गर्छु, माया गर्छु भनिदिउ जस्तो लागेर आउथ्यो तर जब तिमी मेरो सामु हुन्थ्यौ त्यो हिम्मतहरु, तिम्रो सामु नहुदाको आँट र साहसहरु कता हराउथे, हराउथे, तिम्रो अगाडि परेपछी म आँफै डरले कापेको जस्तो हातखुट्टा सबै लुगलुग कापेको हुन्थ्यो, तिम्रो सामु भन्छु भनेको कुराहरु गरुडको अगाडि सर्प लट्पटिएको जस्तै हुन्थे, अरुले संका गर्ला वा देख्ला भनेर हरतरहले तिमीलाई लुकिलुकी भएपनी नहेरी चित्त बुज्दैनथ्यो, त्यसरी लुकेर हेरेको पलत कती हो कती ।
त्यसपछी मुखले भन्न नसकेको कुरा अब लेखेर दिन्छु भनेर एउटा पत्र तयार पारे, त्यो चिठ्ठी कयौ दिनसम्म मेरो किताबको चेपमा त कहिले फरकको गोजिमा बसेर घर स्कुल, घर स्कुल ओहोर दोहोर गरिरहयो, त्यसरी किताबको चेप र गोजिमा त्यो पत्रले कतिपटक घर स्कुलको ओहोर दोहोरको चक्कर लगायो मलाई नै थाहा छैन, एकान्तमा पारेर तिमीलाई दिन्छु भनेर सोच्थे तर नजिक पर्दा दिनुत परै जावोस उल्टै मेरो आँखा र गालाबाट खुन तप्तप चुहिएला जस्तो भएर आउथ्यो, एकतमासले खै कुन चै त्यस्तो डरले मलाई जगटाएर बाधेर राख्थ्यो, डरको त कुरै नगर जब भन्छु वा त्यो पत्र दिन्छु भनेर तिम्रो नजिक पर्थेनी, म आँफै प्रिथिबी मुनी भासिएको जस्तै लाग्थ्यो, शरीर पुरै चिसिएर हिउँ झै बन्थ्यो, हिउँ बनेको मेरो सरिरले तिम्रो सामु आफुलाई पगाल्नै दिदैनथियो, त्यसैले त्योपत्र झन दिनेत कुरै भएन, घरबाट निस्कदा स्कुल नआइपुग्दा सम्म मनभरी आज चै तिम्रो किताबको चेपमा जसरी भएपनी राखी दिन्छु भनेर सोचेर आउथे, तर जब स्कुल आइपुग्थे, त्यो आँट खै कता हराउथे, हराउथे, भएभरको साहस क्षणभरमै बिलाएर हराएर जान्थ्यो, स्कुल, घर त्यो चिठ्ठी अनी म, कयौदिन सम्म लुकामारी, भलाकुसरी गरिरहयौ, हामी बिचमा मित्रता त निकै दिनसम्म चलिरहयो त्यो डरको, त्यो असहज्ताको ।
म, मेरो गोजी, किताबको पाना र त्यो पत्र लुकामारी गर्दागर्दै एकदिन हाम्रो परिवारमा अचानक एउटा ठुलो दशा आइलाग्यो, मेरो पढाई चलिरहेकोले सानो बहिनिलाई मात्रै लिएर बाबा आमा र बहिनी पश्चिम पाल्पा स्थित मामाको बिहे हुनेभएकोले मामाली घर जानु भएको थियो, मामाको बिहे सकेर केहीदिनको बसाइ सकेर आमाहरु पूर्व घर फर्किदै हुनुहुन्थ्यो, वहाँँहरु चढेको गाडी दाउन्नेको डाडा कटिसकेर पूर्वतर्फको ओरालोमा गाडी हुइकिरहेको बेला गाडी अचानक दुर्घटना हुनपुगेछ, भिरमा खसेको त्यो गाडी करीब ५, सय मिटर भन्दा तल झरेको थियो रे, त्यो घटनामा जम्मा १९, जनाले अनाकमा ज्यान गुमाउन पुगेको रहेछ, अनी तिनै मद्धेको मैले पनि बाउआमा र बहिनी त्यो भयानक दुर्घटनामा गुमाउन पुगे, म त्यसपछी नितान्त एक्लो साहाराबिहिन टुहुरी बन्नपुगे, त्यो दु:खद खबर दुर्घटना भएको पर्सीपल्टको बेलुकी लास बोकेको एम्बुलेन्स र ठुलो मामा, माइजु, मावली दाजु, र हजुरबा आउनु भएपछी मात्रै थाहापाए, त्यसरी घरमा आफ्नै बाउआमा र बहिनिको लाश बोकेको एम्बुलेन्समा आफन्तको आगमन हुँदा म बेहोस नै भएछु, म त्यो घटनापछी कतिदिन सम्म रुएर बसे म स्वयमलाई थाहा छैन, म बाहेक रुने अरु कोही थिएन मेरो साथमा, जसोतसो बाउआमा र बहिनिको १३, दिने काजकृया सकियो, तर म पुन किताब कलम बोकेर स्कुल फर्किएर आउन सकिन, मैले कल्पना नै गर्न नसकेको दशा खेप्नु परेको थियो त्यो कलिलो मस्तिस्कले, मैले आफुलाई जन्म दिने बाउआमा र मेरो काखमा खेल्ने सानी बहिनी गुमाएको थिए, म यो दुनियाँमा साचिकै टुहुरी बनिसकेको थिए, भन्दा र सुन्दै पनि कस्तो कठोर मुटु नै फुटाउने त्यो टुहुरी शब्दले अब मलाई सँधैलाई उपमा दिएको थियो, घरमा त्यस्तो अवस्था भएपछी म फेरी दोराएर स्कुल आउने कुरा पनि भएन, त्यसैले त्यहाको थोरै भएको जग्गा जमिन अरुको जिम्मामा लगाएर म पश्चिम जहाँ मैले कल्पना नै नगरेको नौलो गाउँठाउँ मा जादै थिए, आफु जन्मिएको हुर्किएको घर छोडेर त्यो पनि आफ्नो अभिभाबक गुमाएर सँधैलाई मामा घर जादैगर्दा कसैको छोरी पराइ घर अन्माएर गएकी भन्दा गाह्रो भएको थिएन मलाई, फरक यती हो, अन्माएर पठाएको छोरी त्यो सुखद कार्य हो, म आफन्त गुमाएर मामा घरमा शरण लिना पुग्दै थिए जुन दु:खद र अकल्पनिय हो, त्यही दु:खद घडीलाई आत्मासात गरेर त्यो ठाउँ साथीभाइ घर अनी आफ्नो परिवार बिना सँधैको लागि टाढिदै गर्दा फर्किएर हेर्दै कतिपटक हेरे अनी रुए त्यो बेलाको पल मलाई भन्दा बाहेक अरुकसैले त्यो पिडाको घडीको महसुस गर्न सक्दैन, घरबाट निस्कदा घरभित्र बचेको केही राम्रो चिजहरु १३, औँ दिनमा पुरेत लाई दानमा दिएको थियो, बाँकी बाउआमा र बहिनिको फोटो र मेरो आफ्नो लुगाफाटा र किताब मात्रै बोकेर हामी पाल्पा आयौ ।
मामा घरमा पाल्पा आएको भन्नु मात्रै मैले त्यहा आएर त्यो बर्ष आफ्नो पढाईलाई निरन्तरता दिन पाईन, किनकी पहिलो अर्धबार्षिकी परिक्षा सकिसकेको थियो, त्यसैले मैले अर्को एकबर्ष कुर्नुको बिकल्प थिएन, हुनत म स्वयम आँफैलाई पनि पढ्ने जागरै थिएन, आफ्नो परिवारको सम्पूर्ण सदश्य एउटा भयानक दुर्घटनामा गुमाएर टुहुरी बनेको म मनमा अनेकौ कुराहरु खेलिरहन्थ्यो, मामा माइजुको छोराछोरी म संगै खेल्दा म भने बाबा आमा र बहिनिको यादमै लामो समयसम्म तड्पिएर रुएर बसे, हुनत मामाघरको हजुरबा र हजुरमाले एक्लो महसुस हुन नदिन हरकोसिस गर्नुहुन्थ्यो, तर पनि आफ्नो जन्म दिने बाउ आमा जस्तो अरुको काख कहाँ हुन्छर ? जेहुने भैसक्यो अब पिर गरेर हुन्न नानी, आफुलाई दरो बनाउ, तिम्रो लागि हामी छौ तिमीलाई कुनैकुराको कमी हुन दिन्नौ भन्नुहुन्थ्यो, वहाँँहरुले त्यति धेरै माया दिएर मेरो रेखादेख गर्दा पनि आफुसंग खेलेको बहिनिको झझल्को आउथ्यो आँखै अगाडि, बुवाले तेरो ममी किचकिछ गरिरहन्छिन धेरै टेन्सन नलेउ भनेर माया दर्शाएको दिमागमा घुमिरहन्थ्यो, बाबाले गाली गर्नुहुँदा आमाले भन्नुहुन्थ्यो, तेरो बाबा त्यस्तै हो, वास्ता नगर, बाबा एकछिन कराउनुहुन्छ थाक्नुहुन्छ भनेको कानैमा गुन्जिएको जस्तो महसुस हुन्थ्यो, कहिलेकाही बहिनिले रुदै दिदी भनेको आवाजको झझल्को आउथ्यो, म सोच्थे, पहिलेको जस्तै बाबाले मलाई बेस्सरी गाली गरोस, अनी आमाले फकावोस, अनी आमाले गाली गर्दा बाबाले फकावोस जस्तै लाग्थ्यो, तर मेरो किस्मतमा अब त्यो सब कहाँ थियो र, न मलाई गाली गर्ने मेरो बाबा ममी हुनुहुन्थो न सम्झाउने फकाउने नै, अनी म संगै खेल्ने त्यो सानी बहिनी, आखिर दुनियाँँकै अभागी एक्ली टुहुरी बनिसकेको थिए, यस्तै पिडाहरुको पहाड र झझल्का हरुको पत्थरहरुले थिचिएर मैले पाल्पा गएको एकबर्ष गुजारे ।
पछील्लो बर्ष शैक्षिक सत्र सुरुभयो, मामाले खुशी हुँदै मेरो भान्जी अब स्कुल पढ्न जान्छिन भनेर पुन ९, कक्षाको नयाँ किताब, कपी कलम किनेर ल्याउनु भयो, माइजुले रामपुर बसपार्कको एउटा टेलरमा लगेर नयाँँ ड्रेस सिलाएर ल्याइदिनु भयो, हजुरबा र हजुरामा खुशीले उस्तै गदगद हुनुहुन्थ्यो, वहाँँहरुको अनुहारको खुशीको चमक देख्दा पनि वहाँँहरुले गुमाउनु भएको आफ्नो छोरी ज्वाँई र नातिनि फर्किएर आएको जस्तै खुशी छाएको थियो, अलिकतिभए पनि पिडाबाट निस्कदै गरेकोले होला, म पनि निक्कै खुशी भएको थिए, भोलिपल्ट बिहान मामासंग स्कुलमा एड्मिसन गर्न जानुथियो, त्यसैले अगिल्लोदिन राती पूर्व इटहरीबाट ल्याएको मेरो पुरानो भैसकेको स्कुलको ड्रेस निकालेर हेरे, तर त्यो ड्रेस देख्ने बितिकै मेरो आँखाभरी आशु भरिएर आयो, त्यसपछी पुन हासपोसाको त्यो जनसहयोग माबिको टिचर, साथीहरु, स्कुलको कोठाकोठा को याद आयो, करैबना हाम्रो घरदेखी स्कुलसम्म पुग्दा म साइकलमा जान्थे, ति धुलाम्मे बाटहरुको याद आयो, त्यसपछी एउटा टिनको बाकसमा थन्काएर राखेको मेरो किताबहरु निकालेर हेरे, किताबहरु देखेपछी अझ झन मन भक्कानिएर आयो, तर त्यो मध्यरातमा सबैले थाहा पाउनुहोला भनेर आफुलाई सम्हालेर आवाज निकालेर रुनबाट जोगाए, त्यसपछी किताबको पानाहरु पल्टाउदै त्यहा भएको पाठहरु हेर्दैगए, हेर्दैजादा अचानक किताबको चेपबाट एउटा कपिको पहेलो भैसकेको पाना खस्यो, के रहेछ भनेर टिपेर हेरे, त्यो तिमीलाई दिन्छु भनेर लेखेको पत्र रहेछ, खोलेर पढ्न मन लाग्यो, पहेलो भएर पुरानो हुने तर्खरमा रहेको त्यो पाना पड्दै गए, पत्रमा लेखिएको थियो,
मेरो हृदयको राजा,
मेरो सपनाको राजाकुमार
अशिम मायाको ठेलिहरु सहित तिमीलाई मिठो सम्झना !
मलाई थाहा छैन तिमीलाई यो पत्र लेखेर प्रेमको फूल रोपे कि वा जिबनको भुल, त्यो समयले नै बताउला, तर यो अवस्य होकी म तिमीलाई असाध्य मन पराउछु, मन पराउनुको अर्थ हैन, म असाध्य प्रेम गर्छु तिमीलाई, शायद यो तिमी प्रतिको माया हो या आकर्षण म जान्दिन, तर म यती जान्दछु कि तिमीलाई म आफुलाई भन्दा धेरै माया गर्छु, जती मैले आजसम्म शायद आफ्नै बाउआमा र मेरी बहिनिलाई पनि गरेकी छैन, जस्लाई म आफुलाई भन्दा धेरै माया गर्छु भनेर सोच्दथे, तर आज किन मेरो लागि उनिहरु भन्दा तिमी यतिधेरै महत्वपूर्ण भएर आयौ, मेरो लागि तिमी साध्य मात्रै हैन साधना भएर उभिएको छौ, अनी म यो सोच्न सकिरहेकी छुइन कि तिम्रो हातमा यो पत्र आइपुगेर तिमीले पढिरहदा मलाई के सोच्ने छौ, एउटा फटाइ बत्चलन केटी वा त्यस्तो अन्य केही, खैर जेहोस, त्यो तिम्रो जिम्मा हो, मैले त, मेरो मनको कुरा तिमीसामु ल्याएर भन्नु थियो त्यसैले यो पत्र लेखेर तिमीलाई भन्ने ध्रिस्टता गरेकिछु, यो साहस यो आँट र हिम्मत कहाबाट कसरी जुटाएर पत्र लेख्दैछु त्यो तिमी नजर अन्दाज लगाउन सक्दैनौ, तिमी महसुस गर्न सक्दैनौ, अँ एउटा कुरा पक्का हो, यदी तिमी पनि मैले जस्तै मलाई माया गर्छौ वा प्रेम गर्छौ भने प्रेमपत्र लेख्नुको कस्ट अवस्य बुझ्नेछौ, त्यसैले लेखौ कि नलेखौ भन्दै दोधारे दुई मनबाट यो कठिन परिस्थितीका बिचमा लेखेको असहज्ता त सिर्फ मैले मात्रै महसुस गरेकी छु ।
प्यारो बषन्त, तिमी हाम्रो स्कुलमा आउदाको क्षण सम्झन्छु तिमी कती सोझो, र बुल्लकड जस्तै लाग्थ्यो, तर जब तिमी पुरानो हुँदै गयौ हामीहरुको माझ तिमी त मेरो मात्रै होइन स्कुलकै सर मिस र साथीहरुको हिरो नै भएर निस्कियौ, तर तिमी अरुहरुको लागि हिरो भएर निस्किए पनि मेरो लागि भने मुटुको टुक्रा भएर निस्किएको थियौ, मेरो हरेक स्वासको तिमी धड्कन बनेको थियौ, मेरो हरेक नजर भित्रको राजाकुमार भएर बसेको थियौ, मैले टेक्ने हरेक पाइलाको छायाँ भएर उभिएको थियौ, अरुको लागि तिमी नामको बषन्त भएपनी मेरोलागी जिबनकै बषन्त भएर आएको छौ, त्यसैले अब मेरो जिबनमा तिमी मात्रै मनमोहक लालिगुराश भएर फुल्नेछौ, तिमी मात्र हौ जस्ले मेरो जिबनको हरेक बषनतहरुको चाँप सुनखरी भएर फूल्न पाउनेछौ, साचिकै अब मेरो जिबनमा तिमी बाहेक अरु कुनै बषन्त, ऋतुहरुको आगमन र फूल फूलेको देख्न चाहन्न, मेरो जिबनमा तिमी बाहेक अरु कुनै सपनाहरुको कलीला मुनाहरु पलाएको देख्न चाहन्न, अँ अनी एउटा कुरा सुनन, तिमी ति संगिता, रिता, चन्चला र हाम्रो कक्षाको स्वस्तिमा संग बोलेको मलाई किनकिन फिटिक्क मनै पर्दैन, जब तिमी वा उनिहरु तिमी संग बोल्छन मलाई नजिकै गएर कपाल लुछेर काचै खाउँ झै लाग्छ, मैले यसो भनिरहदा मलाई गलत नसम्झ तर यो मेरो तिमी प्रतिको आघाध माया र स्नेह होला शायद, रत उनिहरु संग तिमी नजिकिएको मलाई फिटिक्क मनै पर्दैन, बिन्ती गर्छु मेरो प्यारो बषन्त तिमी उनिहरु संग नबोलिदेउ न है, हुनत मैले यस्तो भनिरहदा तिमीलाई खुब रिस उठ्दो हो, तर रिसाए पनि रिसाउ तर म बाट टाढिएर बस्ने कोशीस नगरन है ।
पत्र पड्दै जादा अहिलेसम्म मैले भन्न खोजेको कुरात तिमीले अबस्य पनि बुझी सक्यौ होला शायद, त्यसैले हो म तिमीलाई माया गर्छु, प्रेम गर्छु, र तिमी प्रती मेरो स्नेह छ, जुन म तिमीबाट अब अलग गर्न सक्दिन, त्यसैले यो छोटो पत्रको बिट मार्दै र माफि माग्दै भन्दैछु, तिमी सिर्फ मेरो हौ मेरो, बषन्त मैले भन्देकोछु तिमीलाई आज उप्रान्त अन्य केटीहरु संग बोल्न त परै जावोस हेर्यौ मात्रै भनेपनी कसम तिम्रो आँखा फुटाएर गिद्धलाई खुवाइ दिन्छु, फेरी मैले यसो भन्दा हेरन यो केटीको घमन्ड र एटिच्युट भनेर मन मनै गाली गर्नुहोला, गर्नुहोस तर बिन्ती गर्छु म तिमीलाई असाध्य मन पराउछु जुन मैले कयौदिन देखी भन्न सकिरहेकी छैन, त्यो आज पत्रको बाहानाले भन्ने साहस बटुलेकी छु, बाँकी पत्रको आसाय तिमी आँफै बुझिहल्ने छौ, त्यसमाथी पनि तिमीत साहित्य लेख्ने मान्छे मेरो मनको भावना नबुझ्ने कुरै भएन, अन्त्यमा बषन्त झर्को नमानी पत्र पढेर यस्को जवाफ समयमै लेख्नेछौ भन्ने आशा गरेकी छु, यदी तिमीलाई मेरो हातमा दिन लाज लागेको भए लेखिसकेर मेरो किताबको चेपमा राखिदेउ म बेलुकी घरमा गएर पढ्नेछु र तिम्रो हातले कोरेको सुकुमोल मायालु पत्रको प्रतिक्षामा रहनेछु,
उही तिम्रो निहारिका ।
पत्र पढिसकेर पट्याएर पुन त्यही किताबको पानाको चेपमा राखे, एकमनले सोचे तिम्रो लागि भनेर लेखेको त्यो पत्रलाई छातीमा टासेर अंकमाल गरेर चुमेर बेस्सरी माया गरौ झै भएको थियो, अर्को मनले सोचे अब तिमीसंग कहिलै भेट हुँदैन यसलाई च्यातेर फ्याकिदिउँ, खै किन मैले चाहेर पनि आँफैले लेखेको त्यो पत्र च्यात्न सकिन, बरु उल्टै तिम्रो लागि भनेर लेखेको त्यो हाम्रो प्रेमको असफल प्रेमपत्र त्यही किताबको चेपमा राख्दै फेरी एकपल्ट त्यो पुरानो दिनको सम्झनाहरु घनिभुत भएर आएको थियो, तिमीलाई दिन्छु भनेर लेखेको त्यो एकबर्ष अगाडिको पत्र त्योदिन भेटेर फेरी पड्दा मेरो जिबनको तिता मिठा घटना र यादहरु सबै दोहोरिएर आएका थिए मस्तिस्कभरी, रुन मन लागेको थियो, तर सकिन, बितेको एकबर्षमा सानै कलिलो उमेरमा प्रेम मात्रै हैन, आफन्त गुमाउनु पर्दाको पिडा, आशु हासो रोदन, संघर्ष र जिबन बुझ्ने बनाइ सकेको थियो समयले मलाई, साच्चै नै मान्छेलाई उमेरले हैन समय र परिस्थितीले पाका र परिपक्व बनाउने रहेछ, हो मलाई पनि उमेरले हैन परिस्थितीले परिपक्व हुन सिकाएको थियो, त्यसैले मैले आफुलाई रुवाएर आशु झार्नुको सट्टा मन दरो बनाएर त्यो पत्र त्यही कपिको पानामा च्यापेर मनभरी नानाभाती अतित र बर्तमान अनी मेरो भाग्य र भबिस्य कल्पिदै निदाए ।
समय बित्दै गयो, मैले पाल्पा रामपुरको अहिलेको रामतुलसी उच्च माबी बाट २०५२ सालमा राम्रो नतिजा ल्याएर प्रथम श्रेणिमा पास गरे, त्योबेला SLC पास भएपछी पहिलोपटक २०५३, बैषाखमा म फेरी पूर्व गएको थिए, हाम्रो जग्गा जमिनमा काकाले मुद्धा हाल्नु भएको थियो, त्यही मुद्धाको लागी घरबाट निस्किएर हिंडेपछी पहिलोपटक मैले जन्मेको खेलेको हुर्केको ठाउँँ टेकेको थिए, त्यहा पुग्दा तरहरा बजारको काठैकाठले बनेको टाँडे घरहरु मासेर अलिअली पक्का घरहरु बन्न थालेका रहेछन, घरहरु पनि थपिएका रहेछन, त्यसपछी तरहरा बजार चौकमा ओर्लिएर रिक्सा खोज्यौ, हामी छँदा रिक्सा चलाऊने शान्तिझोडा भुल्के चोकको एकजना जेठा दाई भन्ने हुनुहुन्थ्यो, त्योबेला पनि हामीले वहाँलाई भेट्यौ, र वहाँँको रिक्सा चढेर तरहराको बिहिबारे बजार, चौकी लाइन र मैले पढेको स्कुल जनसहयोग हुँदै हासपोसा झर्यौ, साँझपख यसरी आफ्नै ठाउँँ रिक्सामा चढेर हेर्दै जादा खासै नयाँ कुराहरु बद्लिएको रहेनछ, तरहरा बजारको दुइचारवटा पक्की घर बाहेक, बिहिबारेको पुल, बिहिबारे बजार, चौकी र चौकिलाइन, ओईलिनी टोल त्यो मैले पढेको हाइस्कुल, करैबनाको चौधरी गाउँ, चौधरी बस्तिको साना सना गुजुमुज्ज बनेर बसेको मसिना घरहरुले घेरेर बिचमा बनेको माछा पोखरी, अनी हाम्रो घरछेउको सिसौ र मसला काठको रुखहरुको बिचमा हासपोसा गाबिस सबै उस्तै, कुनै बदलाब वा परिवर्तन भएको रहेनछ, सबै उस्तै दुरुस्तै थिए, थिएन त केवल मेरो बाल्यकाल अनी तिमीसंगको त्यो भेट र तिमी, सिर्फ एक्लिएको मन मात्रै थियो म भित्र यतिबेला, तैपनी यसरी सडकको दुबैतिरको रमिता हेर्दै ओरालो झर्यौ, म र मेरो मामा हामी दुइजना गएका थियौ, मामा खै केके भन्दै हुनुहुन्थ्यो मलाई केही थाहा भएन, म आफ्नै सुरमा हराइरहेकी थिए, किनकी म त्यो आफु खेलेको हुर्केको हिंडेको ठाउँ देख्दा भित्रभित्रै बाट म रुइ रहेको थिए, बस बाहिरी आँखामा आशु मात्र खसाल्न बाँकी थियो ममा, आफुलाई सम्हाल्न हम्मे हम्मे परेको थियो, झन स्कुल अगाडि पुगेपछी मलाई पढाउने सबै सर मिसहरु सम्झिए, साथीहरु सम्झिए, अनी तिमीलाई सम्झिए, कहा होला आजभोलि उनिहरु भनेर सोचे, झन आफ्नै घरमा पुग्दा भक्कानिएर डाको छोडेर रुएछु, पुगेको त्योदिन र बाँकी पुरै अवधी एकहप्ता हामी एकजना आफन्तको मा बस्यौ, त्यसरी एकहप्ता त्यहा बस्दा आफ्नो जिल्ला अदालतको मुद्धाको दिनभरिको बहस पैरबी सकेर बेलुकी आफन्तको घरमा फर्किए पछी तिमीहरु सबैलाई सम्झिए फेरी, अनी खोज्ने कोशीस गरे, तर कसैलाई भेटिन शायद SLC पछी सबैजना उच्च शिक्षाको लागि कोही कतै कोही कतै गए होलान, शायद तिमी पनि आफ्नो पहाड घर फर्कियौ होला, वा धरान महेन्द्र कलेजतिर कतै आफन्तकोमा बसेर पड्थ्यौ कि वा काठमान्डौ तिर गयौ केही खबर पाउन सकिन कसैबाट, जग्गा मुद्धाको छिनोफानो हुन समय लाग्ने रहेछ, त्यसैले मुद्धाको तत्काल पर्स्यौट नहुने देखेर हामी मुद्धालाई तामेलिमा राखेर एकहप्ता पछी फेरी पाल्पा फर्कियौ, ।
समय बित्न कतिपनी लाग्दैन, समयहरु हरेकदिन नयाँनयाँ घटना र इतिहासहरु बनाएर यादहरुको डोब छोडेर निरन्तर चलिरहन्छन, जसरी अरुको समय बित्छ उसैगरी मेरो पनि आज भोली भन्दै दिनहरु बित्दै गए, मैले पढ्नुपर्छ भन्ने मनमा लागेर होकी वा म एक्ली टुहुरी छु केही गर्नु पर्छ भन्ने लागेर हो, मेरो पढाई पनि राम्रैसंग चल्यो, यस्तैमा मैले बि. ए. सम्मको पढाई पनि राम्रैसंग पुरागरे, त्यसपछी पाल्पाको रामपुरमै एउटा भर्खरै खुलेको प्राइभेट बोर्डिङ स्कुलमा पढाउन पनि थाले, तिमीसंग भेट हुँदाको सानी चन्चले र मनभरी तिम्रो सपना बुनेर हिंड्ने केटी लक्क जवान तरुनी केटी बनिसकेको थिए, एउटा हुर्के बढेको तरुनी केटी त्यसमाथी पढेलेखेको शिक्षित कन्या कुमारीको बिहेको कुरा नचल्ने कुरै थिएन, मलाई पनि चारतिरबाट बिहेको प्रस्तव आउँदैथियो, तर म भने मामा माइजु र हजुरबा आमालाई अहिले बिहे गर्दिन भनेर टार्दै थिए, किनकी मेरो मन मस्तिस्क र दिल दिमागबाट अझै पनि तिमी हट्न सकेको थिएनौ, खै किन हो, मलाई तिमीसंग भेट हुन्छ भन्ने नै एउटा सुसुप्त विश्वाशले बास गरेको थियो, तिमीसंगै जिबनको दु:ख सुखको यात्रा तर्छु झै लाग्थ्यो, यदी तिमीले मानेनौ भने पनि बिहे नगरि बस्छु जस्तो एकप्रकारको जिद्धिपना थियो मनमा, कस्तो तिमी प्रतिको एकोहोरो एक्लो अनी एकतर्फी प्रेम थियो मलाई त्यतिका बर्ष बित्दा पनि, बच्पनको कलिलो मस्तिस्कले गरेको तिमीप्रतिको त्यो माया मैले जिबनमै भुल्न सकिन, तिमी आँफै भनत, समयले हुत्याएर मलाई कहाँ पुर्यायो, अनी तिमी कहाँ पुग्यौहोला, तैपनी कक्षा ९,मा हुँदा भेटेको हामी बि. ए. सम्मको पढाई सकेर लक्का जवान हुँदसम्म मैले झै के तिमीले मलाई सम्झेको थियौ होला र ? अबस्य थिएनौ, किनकी तिमीले मलाई प्रेम नै गरेको थिएनौ, अनी मैले तिमीलाई प्रेम गर्छु भन्ने कुरा तिमीलाई थाहा पनि थिएन, अनी मैले झै तिमीले मलाई सम्झिराख्न त्यस्तो के चै आवश्यक थियोर ? तैपनी मैले मनबाट किनकिन निकालेर फ्याक्नै सकिन, कहिलेकाही तिम्रो याद आउँदा त्यै आँफैले लेखेको असफल पत्र खोलेर पद्थे र आफुलाई प्रेमिल बनाउथे, तिमी भित्र समाहित गराउथे, अनी कक्षा कोठामा तिमीले सुनाएको मुक्तक कविताहरुको लाइन सम्झिन्थे र ति लाइनहरुले पनि प्रेमिल बनेर कल्पनामा हराउन मद्धत गर्थ्यो मलाई, त्यो मद्धे मलाई तिमीले सुनाएको एउटा लाइन सँधै प्रायजसो याद आइरहन्थ्यो, त्यही लाइनलाई म तिमी सम्झन्थे ।
संगैछौ आज दोश्ती गर भोली के हुन्छ,
कस्लाई थाहा भेट हुन्छ हुन्न भोली के हुन्छ ।
म कहाँ हुन्छु तिमी कहाँ हुन्छौ कस्ले देखेको छर
मौका छँदै मनको कुरा भनिराख भोली के हुन्छ ।।
मलाई थाहाछैन, यो सानो चारलाइनमा केछ त्यस्तो कुन्नी तर मलाई असाध्यै छुन्छ, कहिलेकाही एक्लोपनमा रुवाउछ पनि मलाई, तिमीले सुनाएको यो हरफले भनेजस्तै साचिकै मैले त्योबेला हिम्मत गरेर त्यो पत्र दिनसकेको भए कम्सेकम म प्रती तिम्रो मनमा केछ त्योत थाहा पाउन सक्थे, तर न भन्न सके, न त्यो पत्र तिम्रो हातमा दिननै सके, आखिर तिम्रो अर्को पंतिले भनेजस्तै आज तिमी कहाछौ अनी म कहाँ छु, केछु, साचिकै मौका छँदै हरेक कुराको उजागार गर्नुपर्ने रहेछ, त्यो मैले गर्नसकिन, मलाई यही घिटघिटो छ आजसम्म पनि ।
अन्तत २०५९ को मंसिरमा मामा घरको छेउवैको एउटा लक्का जवान केटोको बिहेको कुरो आयो मेरो लागि पनि, उ भर्खरै आर्मिको सेकेन्ड लप्टनको पासिङ आउट भएर बिहे गर्न भनेर आफ्नो घर आएको रहेछ, त्यत्रो बर्ष म त्यही ठाउँमा बसेर पनि त्यो केटोलाई कहिलै देखेको भेटेको थिन, उ सानै देखी काठमान्डौमै बसेर पढ्ने र उतैबाट आर्मिको पल्टनमा जागिरे भएको रहेछ, निक्कै उच्च घरनाको परिवार त्योपनी आर्मिको भर्खरै अफिसर भएको केटो माग्न आउँदा टुहुरी भान्जीलाई नदिने कुरै भएन, वहाँँहरुले मलाई एक बचन पनि नसोधी बिहेको कुरा टुङ्याउनु भएको रहेछ, एकैचोटी मामा घरमा फुलमाला गर्न केटाको परिवारबाट मान्छे आउँदा मात्रै म छागाबाट खसेको जस्तै भएको थिए, बर्षौ देखी तिमीलाई पर्खिएको मनले अन्तिममा मैले कल्पना नै नगरेको छोरामान्छेलाई बरमाला पहिराइ दिएको थिए, फुलमाला गरेर उनिहरु गएको राती रातभर फेरी त्यही पत्र खोलेर पटक पटक पढे, रुए, तर मेरो कारुणिक रोदन कस्ले बुझिदिने, न तिमीलाई थाहा थियो, नत तिमीनै थियौ मेरो सामु त्यो घडीमा, आखिरमा त्यो रातभर सयौपटक त्योपत्र पढेर हातको औलाहरु कमाउदै आफ्नै अब्यक्त प्रेमको सदगदी गर्दै थिए, म आफ्नै हातले लेखेको एउटा अन्जान प्रेमको मलामी बनेर त्यो पत्रलाई मटितेलको बलिरहेको बत्तिमा जलाएर सेतो कालो खरानी बनाएर सँधैको लागि तिम्रो मेरो बिचको अद्रिश सम्बन्ध अन्त्य गरिदिए, मानौ बलिरहेको बत्तिको वरिपरी झुम्मिन आउने मसिना भुसुनाहरु जले जस्तै मेरो एउटा सपना जलिरहेको थियो, दागबत्तिमा जलिरहेको चिता जस्तै मेरो हृदयको चिता जलिरहेको थियो, म स्वयम त्यो पत्रसंगै सतिगएको जस्तै आँफै जलिरहेको अनुभुती गरिरहेको थिए, र त्यो दिनबाट सँधैलाई तिमी मेरो जिबनबाट निकाली दिए, तर मनबाट आजसम्म पनि निकाल्न सकिन, अनी त्यो दिनबाट एकतर्फी एकोहोरो मेरो प्रेमको अन्त्य भयो बषन्त ।
उनी बोल्दाबोल्दै सुँकसुँक रुन थालिन, म आवाज र सासबिहिन भए, हामी दुबैमा बिछिप्तपन छाएको थियो, शायद दुबैको मस्तिस्क पनि सुन्य भएको थियो यतिबेला, एकछिन फेरी दुबैमा सन्नटा छायो, उनी अझै सुकसुकै रहेकिथिन, अनी फेरी मैले आश्चर्य मान्दै सोधे, उसोभए तिमी त्यही निहारिका हौ ? हो म त्यही निहारिका हो, जस्लाई तिमीले मलाई स्मृति सुबेदी बाट निहारिका उपनाम दिएर निहारिका बनाएको थियौ, निहारिका को अर्थ एक बुँद पानीको चम्किलो थोपा, अर्थात सुन्दर मोती झै, शितको बुँद, आकाश गंगा, सँधै उज्यालो चम्किरहने तारा, वा ग्रहहरुको एक सुन्दर ग्रह अनी चम्किलो हिरा, जस्तै हौ तिमी, त्यसैले आज देखी तिमी आफ्नो नाम निहारिका राख नै भनेर अनुरोध गरेको थियौ, आखिर त्यही निहारिका आज तिम्रो सामु उभिएको छ, हुनत तिमीले भने जस्तो चम्किलो आकाश गंगा निहारिका बनेर जिउनत सकिन तर अब उप्रान्त तिम्रो दिमागमा एउटा असफल प्रेमको कथाबनेर तिम्रो हृदयहको मानसपटल भित्र स्मृति बनेर भने अवस्य रहनेछु, निहारिका बोल्दा बोल्दै बिचैमा कुरा काटेर अर्को प्रश्नगरे मैले, तर मैले अहिले तिमीलाई जे देखिरहेको छु त्योत तिमी बिन्दु हौ, कसरी निहारिक भनौ म तिमीलाई, यदी तिमी निहारिका हौ भने मैले आजसम्म बोल्दै आएकी बिन्दु चै कोहुनत ? मेरो प्रश्न सुनेर उनी फेरी बोलिन, म त्यो पनि भन्छु सबै, तिमी सुन्दै जाउ, ओके भन तर म यो सोच्न सकिरहेको छैन कि म निहारिका वा बिन्दु को संग बोलिरहेको छु, मैले कौतुहल्ता पोख्दै सोधे, त्यसपछी फेरी उनी बोलिन, हो तिमी यतिबेला तिम्रो नजरमा बिन्दुसंग बोलिरहेको छौ तर यथार्थमा तिमी निहारिका संग छौ, उनको भनाइ सकिने बितिकै मैले फेरी सोधे, ओके उसोभए तिमी भन्दै जाउ, त्यसपछी के भयो ? उनी भन्दैगईन, म सुन्दैगए ।
आजभन्दा आठ बर्ष अगाडि २०७२ बैशाख १२, गतेलाई फर्किएर हेरत तिमी, केही सम्झना भयो तिमीलाई ? तिमी छुट्टी सकेर परदेश फर्किदै थियौ त्योदिन, म पाल्पा आफ्नो घरबाट काठमान्डौ जादै थिए, तिमी पूर्वबाट आउने डे-बसमा चढेर काठमान्डौ जादै थियौ, म नारायणघाट सम्मको गाडीमा आएर त्यहाबाट गाडी बद्लिएर पुन अर्को गाडीमा चड्नु थियो, त्यसैदिन दिनको १२ बजे ठुलो महाभुकम्प आएर देशैभरी हाहाकार मचिएको थियो, मान्छेहरुको भागदौड भएको थियो, गाडीहरु बन्दहुने हल्ला चल्दैथियो, मान्छेहरु सबै आ आफ्नो घर ब्यापार छोडेर सबैजना रोडमा कराउदै चिच्याउदै थिए, म पनि पाल्पाबाट आएर काठमान्डौ जाने गाडीको पर्खाइमा थिए, त्यसैमा पूर्वबाट आउने एउटा बस आयो, गाडी नपाउने त्रासले मान्छेहरु ठेलामठेल गर्दै गाडीमा चढे, म पनि त्यही भिडमा चढे, गाडी निकै खचाखच थियो, संयोगले भनौ वा हामीलाई भेटहुन जुरेको थियो, म तिमी बस्ने सिटकै अर्को खाली सिटमा बस्न पुगे, तिमी लामो यात्राबाट आएकोले गर्द मस्त निन्द्रामा थियौ, त्यहिबेला तिमी निदाएको अवस्थामै देखेको त्यो अनुहार कतै मैले धेरै पहिला देखेको झै भान भएर अचानक झस्किए, मैले त्यो भन्दा पनि पहिले कहीकतै देखेको हो तिमीसंग कुरा गरेको छु जस्तै मनमा लागिरहयो, तिमीलाई देख्ने बित्तिकै मलाई एकप्रकारको अनौठो अनुभुती भएको थियो, भुकम्प आएर त्यस्तो कोकोहोल मचिएको बेला पनि गाडीले नारायणगढको एउटा पसलमा आएर डोको नाम्लो, कुचो, मुढा आदी केके सामन छतमा लोड गर्न थाल्यो, बसले निक्कै समय लगायो त्यहा, तर जबसम्म गाडीको हिंड्नेबेला भएन तबसम्म मेरो मस्तिस्क हल्लिरहेको थियो, एकतमासले मन ठीक ठाउमा थिएन, अझै पनि म मनमनै सोचिरहेको थिए, आखिर कहाँ, कुन ठाउमा, अनी कहिले यो मान्छे संग बोलेको छु, मलाई यस्तो लागिरहयो, एकमनले त सोचेको थिए की, तिमीलाई बिउझाएर परिचय गरौकी जस्तो लागेर मनमा हुटिहुटी नभएको पनि हैन, फेरी यसो सोचे धत त्यस्तो गर्नुहुन्न, एउटा छोरी मान्छेले छोरा मान्छेलाई बिउझाएर कुरागरे के सम्झिन्छ होला भनेर मनलाई कन्ट्रोल गरे, निकैबेर पछी गाडी बिस्तारै गूड्न थाल्यो, गाडीको हल्लाइले तिमी बिउँझीयौ, तिमी बिउँझीने बितिकै मेरो अनुहारमा हेरेर झस्कियौ, शायद तिमीले के सोचेर झस्कियौ मलाई थाहा भएन तर तिमी झस्केको देखेर म पनि झस्किन पुगेको थिए, बोल्दाबोल्दै फेरी उनी बजारतिर नियालेर हेर्नथालिन, त्यसपछी मैले उनको एकोहोरो हेराइको नजरलाई भंग गर्दै बोले, अनी त्यसपछी के भयो ? मेरो प्रश्नले अचानक भंग भएको उनको अनुहारमा अलिकती क्रोध जस्तो महसुस गरे मैले, तैपनी फेरी आफुलाई सम्हाल्दै उनी बोल्न थालिन, उनी अर्थात स्मृति उर्फ निहारिका ।
त्यसपछी हामी नारायाणगढको संगम चौकको थोरै उकालोमा पुगेको मात्रै थियौ भुकपको अर्को धक्का आयो, ड्राइभरले गाडी रोक्यो, म डरले थरथर कापिरहेको थिए, डराएको मेरो मनले अचानक तिम्रो पाखुरामा समात्न पुगेछु, तिमी अलिक असहज हुँदै सिटमा अलिकती भित्तातिर सर्यौ, त्यसपछी मलाई पनि तिम्रो पाखुरामा समात्न पुगेकोमा कताकता लाज लाग्यो, त्यसपछी गाडी एकछिन रोकेपछी फेरी गूड्न थाल्यो, हामी रामनगर मात्रै पुगेको थियौ भुकम्पको फेरी अर्को धक्का महसुस भयो, तैपनी हामी अगाडि बड्दै थियौ, तर रामनगरबाट अगाडि बढेर १, किलोमिटर जतिमात्रै पुगेका थियौ भुकम्पले गर्दा भिरमा पहिरो गएर बाटो पुरै जाम भएको खबर आयो, गाडी अगाडि बढेन, हामी जाममा पर्यौ, गाडी जाममा परेपछी सबैजना आआफ्नो घर र आफन्तलाई फोन लगाउन ब्यस्त हुनथाले, तिमी पनि फोन लगाउदै थियौ, मैले पनि कठामान्डौ र घर पाल्पा तिर बारबार फोन लगाउदै थिए, तर त्यहा मद्धे कसैको पनि फोन लागेको थिएन, सबैको अनुहारमा डर र त्रास भन्दा बाँकी केही थिएन, कसैलाई बाटोमै मरिएला कि भन्ने पिर थियो होला, कसैलाई परिवारमा केही भयोकी भन्ने पिरले सताएको थियो होला, जेहोस् सबैको अनुहारमा डरको त्रास भन्दा अरु केही थिएन, मान्छेहरु गाडीबाट बाहिर निस्किएर जाम भएको रमिता हेर्दै थिए भने कोही गाडी भित्र आआफ्नो सिटमा बसेर नुन खाएर झोक्राएको कुखुरा जस्तै सुस्ताएका थिए, भुकम्पको त्यस्तो त्राहिमाम भएको अवस्थामा पनि मलाई भने तिमीलाई गाडीमा देखे देखिनै कतै देखेको, चिनेको, जानेको वा बोलेको जस्तो दिमागमा घुमिरहेको थियो, तिमी तिरबाट ध्यान अन्तै मोडेर बस्न खोज्दा पनि तिमी कोहौ भन्ने हुटहुटिले सताएको थियो, यतिकैमा मलाई बर्षौ अघिको मेरो बषन्तको अनुहारको छबी तिमी भित्र झझल्किन पुग्यो, मनमा अरे ! बषन्त ? भनेजस्तो आँफैमा आश्चर्य लागेर आयो, झन अबत त्यो छबिको झझल्को पछी तिमीलाई नसोदी छोड्दिन भनेर मनलाई दरो बनाएर सोधे, हजुर कहाबाट आउनुभएको ? म इटहरी तिमीले जवाफ दियौ, तिमीले इटहरी भन्ने बित्तिकै मलाई झन मन झसंग भयो, त्यसपछी अझ उत्साहित भएर सोधे, इटहरी नै होकी घर हजुरको यता काठमान्डौ ? हजुर मेरो इटहरी नै हो, अनी हजुरको ? तिमीले आफ्नो उत्तर दिदै मलाई प्रश्न गर्यौ, मेरो पाल्पा अहिले काठमान्डौ जान हिंडेकी, अनी हजुरको इटहरी चै कहानेर ? मैले सोधे, त्यसपछी तिमी बोल्यौ, इटहरी जान्नुहुन्छ र ? हजुर जान्दछु म पनि सानोमा त्यतै बसेको, तर अहिले धेरै भयो पाल्पा आएको, इटहरी कतापटी बस्नु भएको ? तिमीले सोध्यौ, तरहरा देखी तल करैबना हासपोसा थाहाछ हजुरलाई ? हो त्यतै बसेको ? मेरो जवाफ पछी तिमी निकै उत्साहित हुँदै बोल्यौ, तरहरा त मेरो पनि तरहरा नै हो ।
हामी दुबैको बिचमा ठाउँगाउँ र स्थानको परिचयहुँदै स्कुल बाल्यकालको सबै परिचय हुँदैगयो, जतिजती हाम्रो परिचय अगाडी बड्दै जादैथियो, उतिउती हामी दुबैको अनुहारमा एक प्रकारको आश्चर्य, खुशी र अनुहारमा उत्सुक्ता झल्किरहेको थियो, दुबैको आँखामा चन्चलता पोखिएको थियो, अघी भर्खरसम्म अन्जान दुबैजना हामीबिचको अपरिचितको पर्दा खुल्दै थियो, यतिकैमा तिमीले सोध्यौ, उसोभए तिमी त्यही स्मृति सुबेदी ? स्मृति सुबेदी हैन निहारिका सुबेदी, तिम्रो आश्चर्यपूर्ण प्रश्नको जवाफ दिदै मैले भनेको थिए, ओ सरी निहारिका, तर तिमीले अझै यो नाम भुलेकी छैनौ ? तिमी यसोभन्दै हास्यौ, म पनि हासे, तिमीले गरेको आश्चर्य जस्तो लाग्ने प्रश्नको जवाफ दिदै मैले भनेको थिए, तिमी नामको कुरा गर्छौ ? भुल्न त त्योबेलाको हरेक पलहरु भुल्न खोज्छु तर भुल्न सकेको छुइन, त्यहाको हरेक कुराहरुसंग लगाब छ मेरो, हरेक चिजहरुमा प्रेम छ मेरो, यहाँसम्म कि कुनै एउटा मान्छेलाई पनि प्रेम गरेको थिए, जस्लाई आजसम्म पनि भुल्न सकेको छुइन, तर जुनसमय मेरो जिबनको पाटो नै बदलिएको थियो, जस्लेगर्दा मेरो जिबनको परिचयन नै बद्लिएको थियो, मेरो जिबनको परिचय मात्रै बद्लिएन मेरो बस्ने ठाउँँ, स्थान र मेरो भाग्य र भबिस्य सबै बद्लिएको थियो, शायद मेरो कर्ममा लेखेकै त्यस्तै रहेछ र आज आफन्त, आफु जन्मेको हुर्केको, खेलेको, लडेको, पढेको ति ठाउँहरु छोडेर मुग्लान भासिएको एउटा परदेशी जस्तै हुनुपरेको थियो, मेरो कुरा टुंगिन नपाउदै म माथि सदासयता देखाउदै बिचैमा तिमीले फेरी अर्को प्रश्न गर्यौ, i am really sorry निहारिका, तिमीलाई त्योबेला निकै ठुलो बज्रपात परेको थियो, त्यसको लागि म संग कुनै त्यस्ता शब्द छैनन, जसले तिम्रो दुखाइ कमहुन सकोस, तर त्यो उमेरमा पनि तिमीलाई आजसम्म पनि भुल्नै नसक्ने गरेर प्रेम भएको ब्यक्ती चै को थियोनी ? तिम्रो उत्सुका संगै मैले फेरी भनेको थिए, बज्रपातको कुरै नगर, किनकी यो कमै मान्छेलाई बिरलै रुपमा मात्रै त्यस्तो उमेरमा चाहेर पनि बिर्सन नसक्ने घटना घट्छन, त्यो घटना बेहोर्ने मद्धेको एक अभागीनी म पनि थिए, आफन्त गुमाएर जिबन भरलाई टुहुरिको संज्ञा त पाएकै थिए, जस्लाई म प्रेम गर्थे उस्लाई पनि गुमाए मैले, बिचैमा मेरो कुरा काटेर फेरी बोल्यौ तिमी, यस्को मतलब त्यो दुर्घटनामा तिमीले भनेको मान्छे पनि थियो, ? हैन उ थिएन, अनी त्यस्तो अशुभ नबोल, जिबनमा उसले मैले भोगेको जस्तो केही अफ्ठ्यारो भोग्न नपरोस, यदी सन्सारमा देबिदेवता हुन्छन भने जिबन रहेसम्म उस्लाई केही नहोस्, म आज पनि उतिकै प्रेम गर्छु, तर मलाई भगवान संग विश्वाश छैन, किनकी मैले आजसम्म मन्दिरको ढुंगाको मुर्ती बाहेक भगवान देखेको छैन, न भगवान, न इश्वर, र अल्लाह न इशा, आजसम्म सिर्फ मैले मेरो आफ्नै आत्मालाई मात्रै देखेको छु, र त्यही आत्मालाई मात्रै पूजा गर्दै आएकोछु, यदी तिमी भगवानको कुरा गर्छौ भने विश्वाश र पूजा त मैले उसै दिनबाट गर्न छोडिदिए, जस्ले मलाई मेरो सबथोक छिन्यो म उसैलाई कसरी देवता मानुँ ? अनी तिमीले सोधेको अर्को प्रश्न, कुन ब्यक्ती थियो भनेर, यो तिमीलाई भन्न सक्दिन, अब भनेर कुनै फाईदा पनि छैन, अब म न उस्को हुनसक्छु न उनै मेरो हुनसक्छ, समयले कोल्टे फेरिसकेको छ, त्योबेला देखी आजसम्म कयौ झरी, बर्खा, बादल हिउद गुज्रीसकेको छ, साचै भनौ भने एउटा युग बितिसकेको छ, एउटा ईतिहास बनिसकेको छ, अब अतित कोट्याएर कुनै फाईदा छैन, ऐना हेर्दा आफ्नो अनुहार देखिन्छ तर अतित फर्किएर हेर्दा आफ्नो अनुहार हैन आफ्नो बितेको पल देखिन्छ र उल्टै आफ्नो मनलाई दुखाउनु मात्रै हुन्छ, मैले यति भनिसक्दा तिमीले फेरी आग्रह गर्दै सोध्यौ, निहारिका भन प्लिज कोहो त्यो मान्छे, तिम्रो साथी हुँँ यार, बर्सौ पछी भेट भएकाछौ आफ्नो मनको कुरा भन यार, तिम्रो हरेक कुरा सेक्रेट रहनेछ, के तिमी मेरो पनि विश्वाश गर्दैनौ ? तिमीले मुसुमुसु हाँस्दै बताउन जिद्धी गरेको थियौ, तिमिले जिद्धी गरिरहदा म मनमनै सोच्दै थिए, तिम्रो कौतुहल लागेको कुरा जानी छोड्ने जिद्धिपन अझै गएको रहेनछ भनेर, तिम्रो जिद्धिपना देखेर मैले पहिलेकै बषन्त सम्झिरहेको थिए, त्यसपछी तिम्रो अनुहारमा हेर्दै मैले सवाल सोधेको थिए, यदी त्यो मान्छे तिमीनै हौ भने, भने के गर्छौनी ? यो हुनै नसक्ने कुरा भन्दै तिमी हासेको थियौ, तिमीले मैले गरेको प्रश्नमा तिमीलाई बिस्वासनै लागेन, हासेर उडाउन खोज्यौ, त्यसपछी मैले तिमीलाई आँख चिम्ल साचो कुरा भन्छु भन्दै तिम्रो दुबैहात मागेर तिम्रो हातको पन्जाहरु म आफुतिर तानेर मेरो दुबैहातले मुठ्ठी कसेर भने, तिमी विश्वाश गर नगर तर त्यो मान्छे तिमी नै हौ, यती भनेर मैले आफ्नो हातको पन्जाबाट तिम्रो दुबैहात छोड्दै म तिम्रो अनुहार नियाली रहे, त्योबेला मलाई लाग्यो, मेरो बर्षौ अघिको भाकल आज पुरा भएकोछ, म भित्र आजसम्म गुम्सिएर बसेको घुटघुटाइ उजागर भएकोछ, खुलस्त पारेर मेरो श्वास चलिरहेको छ, अब मेरो मनभित्र कुनै तड्पन, पिडा वा अत्रिप्त चाहना छैन जस्तै भएको थियो, त्योबेला मैले आफुले आँफैलाई पूर्णता भएको महसुस गरेको थिए, तर तिमी मेरो कुरा सुनेर चुपचाप निशब्द थियौ, के भन्ने नभन्नेको दोसाधको स्थितिमा थियौ, तिम्रो अनुहार रातोपिरो निलोकालो भएको थियो त्यसपछी गाडीको झ्यालबाट बाहिर तिर अनुहार पारेर भन्दै थियौ ।
निहारिका एउटा कुरा भनौ ? भन्दै तिमीले आग्रह गरेको थियौ, मैले उम भनन भन्दै टाउको हल्लाएको थिए, त्यसपछी मेरो स्विक्रिती पाएर तिमी भन्दैथियौ, मैले पनि त्योबेला कसैलाई प्रेम गरे, तर भन्न सकिन, मैले उस्लाई भन्न सकेको भनेको मेरो कविता र मुक्तक मात्रै हो, तर उसले साहित्य वा रचना भनेरै बुझिदिने, उनले मेरो मनको भावना उनी प्रती थियो, म उनलाई भन्न चाहन्थे भनेर कहिले बुझेन, तर त्यसपछी उनी कहाँ गईन ? कता बेपत्त भयो ? मैले पछीसम्म उनको साथीहरुसंग सोधे तर यता गयो, उता गयो कसैले भन्न सकेन, पछीसम्म उनलाई याद गरिरहन्थे, कविता लेख्दा होस वा मुक्तक, सुनिदिने उनको अभाव खट्कन्थ्यो मलाई, पछी सुने, अचानक उनको घरमा भयानक घटना भएको रहेछ, त्योपनी मैले सुनिता र बिनोदबाट धेरैपछी मात्रै थाहा पाए, त्यसपछी उनी आफन्तको मा गईन, या कता गइन कुनै नामोनिसाना पत्तो लाउन सकिन, उनी त्यहाबाट अचानक हराएपछी मैले पनि १०, कक्षा पढ्न फेरी पहाड नै गए, किनकिन उनी त्यहा नभएपछी मलाई पनि तरहरा बसेर पढ्नै मन लागेन, त्यतिबेलाको कलिलो मस्तिस्कमा उनी प्रतिको मेरो निकट्ता एकप्रकारको आकर्सण वा अब्यक्त प्रेम हुन थालेछ क्यारे, मलाई उनिप्रती भित्रभित्रै सुसुप्त प्रेम भैसकेको रहेछ, म त्यो प्रेमबाट मुक्त हुनसकिन, अनी मलाई त्यो स्कुल जानै मन नलाग्ने भएर आयो, स्कुलमा सँधैजसो आफुले आँफैलाई एक्लो महसुस गर्नथाले, कक्षाकोठा, त्यहाको एकएक बेन्च, कुर्सी, खेल्ने मैदान यहाँसम्म कि हामीले हरेकदिन पालैपालो नास्ता खाने चिया पसलमा समेत उनिसंग हासेको बोलेको सबै याद बनेर आइदिन्थ्यो, त्यसैले त्यहा पढ्न नसकेर म पुन पहाड नै गए, पछी SLC सकेर पहाडबाट पुन धरान पढ्न झरे, म फेरी दोश्रोपटक पढ्न आउँदा पनि तरहरामै आफन्तको मा बसेर पढ्न थाले, त्योबेला पनि उनको निकै खोजी गरे, तर मेरो कुनै सिप चलेन, यती भन्दाभन्दै झ्याल तिर फर्किएको तिम्रो अनुहारको आँखाबाट आँशुको ढिक्का टप्प खसेको थाहा पाए, बोल्दाबोल्दै तिम्रो गला अबरुद्ध भयो, तिम्रो असहज्ता सबै थाहा पाइरहेको थिए, तिमी आवाजबिहिन भयौ, त्यसपछी मैले सोधे, अनी नाम भन्दैनौ को थिन उनी भनेर ? तिमीले मेरै जवाफको शैली टिपेर भन्यौ, यदी उनी तिमीनै थियौ मैले भने, भने के गर्छौ ? तिमीले यती के मात्रै भनेको थियौ, म तिम्रो कुरा सुनेर छागाबाट खसेको जस्तै भए, एकछिन त म भावबिहल बने, तिम्रो कुरा सुनेर ओ गड ! मैले जे सोचेको थिए उसले पनि त्यही सोचेको ? मैले मात्रै माया गर्छुहोला भनेको त तिमीले पनि माया गर्थ्यौ भनेर बल्ल त्योबेला थाहा पाए, तिम्रो कुराले म भित्र पनि निसब्दता छाएको थियो, त्यसपछी एकछिन दुबैजना आवाजबिहिन चुपचाप बसेर एउटै समयमा एकैचोटी एकअर्काको अनुहारमा रुन्चे स्वरमा हास्यौ, अनी मैले भने, त्यस्तो माया गर्ने मान्छेले त्योबेला किन नभनेको त ? हेरत अहिलेत म अर्काको भैसके, अर्काको मात्रै होर, दुइ सन्तानको आमा पनि भैसके, पुन म हासे, लगतै तिमीले मेरो जवाफ दियौ, तिमीले पनित किन भनेनौ ? तिमीले भनेको भए पनि त हुन्थ्योनी, आखिर माया त तिमीले पनि गरेकी रैछौ, मत छोरी मान्छे थिए त्यसैले भन्न सकिन तर तिमीत छोरा मान्छे थियौनी किन भनेनौ ? मैले यती भनिसक्दा तिमीले जवाफ फर्काएको थियौ, ए छोरा मान्छेको त संबेदना नै हुन्न है, उनिहरु भित्र लज्जा, पिडा, डर अफ्ठ्यारो पन भन्नेनै हुन्न हैन खुब, अनी फेरी हास्यौ दुबैजना ।
घरिघरी भुकम्पको धक्क महसुस भैरहेको थियो, त्यसरी धक्का आउँदा भने मान्छेहरु डरले चिच्याउथे, कहिकतैबाट कसैको टेलिफोन संपर्क हुनसकिरहेको थिएन, सबै त्रासमै थिए, झन्डै १, घण्टा गाडी एकैठाउँमा राखेपछी बल्लतल्ल अगाडिबाट आउने बाइक सवार मान्छेहरुले दुइतिरबाट डोजर लगाएर सानो ट्र्याक खोल्ने काम हुँदैछ, समय लाग्छ भनेको सुनियो, त्यसको आधा घण्टापछी गाडी बिस्तारै कछुवाको गतिमा अगाडि जाने र घरि पछाडि ब्याक हुनेगर्दै हामी अगाडी बड्यौ, दुइठाउँमा त हाम्रो आँखै अगाडी रोडको भित्ता खसेर झन्डै हामी चढेको गाडी नै नखसालेको, त्यसरी त्यस्तो काहाली लाग्दो अवस्थामा तिमीले मलाई आफ्नो बच्चा झै च्यापेर सुरक्षा दिएका थियौ, तिम्रो काखमा त्योबेला मैले साँचिकै एउटा सुरक्षित घर महसुस गरेको थिए, आफ्नो सुरक्षाको बेवस्ता गर्दै ढुङ्गाहरु उछिटिएर आउँदा तिम्रो अंगालोले बेरेर मलाई सुरक्षा दिन्थ्यौ, त्योबेला म सन्सारकै भाग्यमानी मान्छे सम्झन्थे, तिमीले त्यसरी तिम्रो छातीमा लुकाउदा मलाई आमाको काख भन्दा पनि प्यारो लागेको थियो, साचिकै भनौ भने स्वर्ग भन्दा पनि प्यारो थियो मलाई त्यो क्षण, कठिन समय र परिस्थिती भएपनी मलाई चै त्यो यात्रा कहिलै नसकियोस जस्तै भएको थियो, यात्रा अझै लम्बियोस, म तिम्रो छातीको ओत लागेर सुरक्षा पाइरहुँ, मलाई यस्तै भएको थियो त्योबेला, डरै डरको त्रासको बिचमा पनि हामीले हाम्रो अतित र बर्तमानको कुरा गर्दै गयौ, तिमी बिदा सकेर बिदेश फर्किदै थियौ, म आर्मिमा भएको श्रीमानलाई भेट्न काठमान्दौ जादै थिए, हामी बिचमा अनेकौ अनगिन्ती तितामिठा कुराहरु भए, एक अर्कालाई प्रेम गर्थ्यौ भन्ने थाहा पाउनको लागि पनि होला शायद, संयोगले हामीलाई भगवानले जुराएको थियो त्यो दिन, कठिन यात्रा भएपनी सुखद पल थियो हामी दुबैको लागि ।
कतै भिर खसेको कतै बाटो धसिएको, कतै सडक छेउका घरहरु गर्ल्याम्म ढलेको द्रिश्य, बाटको छेउछाउका बजारका घरहरु ढलेर आफ्नै अगाडी मृत्यु उभिएको जस्तै थियो त्योबेलाको अवस्था, भोकले सताएर सबैजना लखतरान थियौ, तर सडकको होटलहरु सबै बन्द थिए, बिजुली बत्ती केही थिएन, निस्पस्ट औशिको चुक घोप्टिएको जस्तै अँध्यारो र मान्छेको रुवाबासी र होहल्ला सिवाय केही थिएन, जसोतसो नारायणगढ देखिको काठमान्डौको कलंकिको चोक सम्मको यात्रामा हामीलाई झन्डै १२, घण्टा जती लागेको थियो, मुस्किल अवस्थामा हामीहरु रातको ११:४५ तिर काठमान्डौको कलंकी त पुग्यौ, तर न बिजुली बत्ती बलेको थियो, न फोन संपर्क नै हुन्थ्यो, नत कुनै गाडीको चहलपहल नै, बिल्कुलै मसानघाट जस्तै बनेको थियो, सडकभरी मान्छेहरु असरल्ल छरिएका थिए, त्यो दिनको भुकम्पले केकती मान्छे मर्यो वा क्षति पुरायो केही थाहा पाउन सकिरहेको थिएन, सडकभरी एम्बुलेन्स, दमकल र पुलिस आर्मिको गाडी राता बत्ती बालेर साइरन बजाउदै यताउता दौडिरहेको द्रिश्य थियो, टाढाबाट काठमान्डौ आइपुग्ने लामा दुरिको बस बाहेक केहीपनी चलेको थिएन, शहर पुरै सुनसान थियो, हामी पनि कलंकिमा ओर्लिएर सबैजना आआफ्नो चाजोपाजो मिलाउन तर्फ लाग्यौ, सबैजना कता जाने के गर्ने भन्ने दोधारमा थिए, घर वा आफन्त नजिक हुनेहरु आफ्नो सरसामन बोकेर पैदलै हिड्दै थिए भने अलिक टाढाकाहरु फोन गरेर बोलाउन प्रयास गर्दैथिए, तर फोन कसैको लागेको थिएन, सबैको अनुहारमा थकित र हैरानी छाएको थियो, तिमी पनि म संग बिदा भएर जाने अनुमती त माग्यौ तर कहाँ गएर बस्ने तिमी पनि अन्यौल मै थियौ र आफ्नो सानो सुटकेश घिसारेर अलमल्ल परिरहेको थियौ, मैले पनि पल्टनमा रहेको श्रीमान लाई बारबार सयौपटक फोन लगाए, तर अहं फोन मरिगएपनी फिटिक्क संपर्क हुनसकेन, अत्यमा रातको एकबजे तिर त्यही बसबाट आएको मद्धेबाट ९, जनाले सल्लाह गरेर त्यो रात त्यही नजिकैको होटलमा एकैठाउमा बस्ने भनेर सल्लाह गरेर होटल तर्फ गयौ, एकजना बराबर ५, सयको दरले होटल बुक गरेर एउटै कोठामा बस्यौ, बसेको २५, मिनेट जती मात्रै भएको थियो, मध्यरातमा भुकम्पको फेरी अर्को ठुलो धक्का आयो, रुममा बसेको हामी सबैजना आआफ्नो झोला टिपेर भाग्ने कोशीस गर्दै तितर बितर भयौ फेरी, भाग्दाभाग्दै होटलको बाहिर आउने बितिकै छिमेकी होटलको पर्खाल लडेर इटा उछिटिएर आएर मलाई लाग्नै आटेको थियो, तिमीले देखेर हतार हतार मलाई झट्कारेर पर धकेलेर बचायौ, एउटा इटाले तिम्रो खुट्टामा चोट लाग्यो, धन्न थोरै लागेको थियो, त्यसपछी फेरी हामी होटलवाला लाई हाम्रो पैसा फिर्ता मागेर कलंकिको भिरालो ठाउँमा अरु मान्छेहरु जस्तै त्यो भिडमा मिसिएर हामीले त्यो रात गुजार्यौ ।
भोलिपल्ट बिहान ५, बजेतिर बिउँझीए म, अगिल्लो दिनको यात्राको थकान र रातिको भागदौडले गर्दा राती कतिबेला निदाए थाहै पाईन, बिहान बिउझदा तिमी आफ्नो सानो सुटकेशमा ढल्किएर निदाइ रहेको थियौ, म तिम्रो छातीलाई शिरानी बनाएर निदाएको रहेछु, त्यो कस्टकर तर छोटो रातमा हामी दुबैजनाले मेरो सल ओछ्याएर निदाएको रहेछौ, एकमनले असहज पनि भयो, अनी साथमा लाज पनि लाग्यो, तिमी अझै निदाइ रहेको थियौ, निदाएको तिम्रो अनुहारमा एकनिमेसले टक्क हेरिरहे, आमाको दुध चुसेर बिदाएको मासुम बच्चा जस्तै देखिएको थियौ तिमी, साचिकै मायालु, प्रेमिल देखिएको थियौ, तिम्रो अनुहारलाइ नियालेर हेरिरहदा खै कुन चै त्यस्तो चैनको आभाष अनुभुती भएको थियो मलाई, एकप्रकारको आनदको लामो श्वास फेरेर मुसुक्क हासे, तिमीलाई हेरेर टोलाई रहेको आँखाले फेरी आफ्नो अगाडिको चारैतिर नियालेर हेरे, भुइमा निकैनै उज्यालो खसिसकेको थियो, धुवाँ धुलोले डम्म ढाकेको फुङ्ग रंग उडेको जस्तो अंध्यारो काठमान्डौले आँखा त खोल्यो तर सडकमा मान्छेहरु थकित बनेर बिहान अबेरसम्म निदाइरहेका थिए, पहिले पहिलेको झै चहलपहल होहल्ला र भरिभराउ थिएन काठमान्डौ, बिल्कुलाई मसानघाट जस्तै बनेको थियो, तिमी अझै पनि निदाइ नै रहेको थियौ, मैले मेरो श्रीमनालाई फोन लगाए, तर बिहानै गरेको त्यो कलमा पनि फोन लागेन, तपाईंले संपर्क गर्न खोज्नु भएको नेटवर्कको ब्यस्तताले संपर्क हुनसकेन भनेर बतायो, त्यसको केहीछिन पछी तिमी उठ्यौ अलिअली शहरमा सडकतिर फाट्टफुट्ट चहलपहल देखिन थाल्यो, दुबैले कतै चियापसल खुलेको भए गएर मुख पनि धुने अनी चिया पिएर फ्रेस हुने भनेर यताउता खोज्यौ तर कतै चियापसल सम्म खुलेको थिएन, तिमीले घरमा कल गर्यौ कसो सन्जोगले तिम्रो फोन लाग्यो र बाटो र रातिको सबै विवरण बतायौ, घरमा पनि कुनै क्षति भए नभएको सोध्यौ शायद तिम्रो कुराको अन्दाजले कसैलाई केही भएको थिएन, सबै राम्रै थियो भन्ने तिम्रो कुराको भावबाट लख काटेको थिए मैले, तर यतिन्जेल सम्म मैले चै पटक पटक श्रीमानलाई फोन संपर्क कोशीस गरिरहे तर मोबाइलमा उही आवाज बजिरहयो नेटवर्कको कारणले भन्दै बताउन छोडेन, म आजित भैसकेको थिए, राती हामी संगै बसेका अन्य मानिसहरु पनि आआफ्नो गन्तब्य तिर लागिसकेका थिए, बाँकी तिमी र म दुइजना मात्रै थियौ, अन्तत हामी दुइजना पनि छुट्ने निधो गर्यौ, हिंड्ने बेलामा तिमीले भनेको थियौ, केही समस्या पर्यो भने कल गर है मलाई भनेर, मैले पनि हुन्छ हस गर्छु तर तिमी पनि एयरपोर्टमा फ्लाइट भएन र समस्या भयो भने कल गरहै भने मैले पनि, छुट्ने बेलामा संपर्कमा रहदै गर्नुहै भनेर एक अर्काको फेसबुक र फोन नम्बर आदान प्रदान गर्यौ, त्यसपछी दुबैले एक अर्कालाई शुभयात्राको कामना गर्दै रातभरको कलंकिको त्रासदिपूर्ण सुखद भेटको अन्त्य गर्दै त्यहाबाट दुबैजना बिदाभयौ ।
कलंकिबाट हामी छुटिएपछी तिमी त हिडिहाल्यौ तर म भने त्यही उभिएर श्रीमानलाई संपर्क गर्ने कोशीस गरिरहे, तर जती कोशीस गर्दा पनि हुन सकेन, कुनै गाडी ट्याक्सी वा सवारी साधन चलेको भएपनी सहायाता मागेर भएपनी जानुहुन्थ्यो भनेर छटपटिमा परे, गाडीहरुको प्रतिक्षा गर्दा पनि कुनै एउटा गाडी देखिएन, जतिथिए ति सबै पुलिसको भ्यान र एम्बुलेन्सको साइरन बजाउदै हुइकिने बाहन भन्दा सडकमा केही थिएन, कलंकी देखी एयरपोर्ट सम्मको यात्रामा हिंडेरै तिमी कसरी गयौ होला, कुनै गाडी भेट्यौ कि भेटाएनौ भनेर तिम्रो पनि चिन्ता लागि रहयो, हाम्रो भेट पनि कस्तो अचम्म, कक्षा ९, मा छुटेको हाम्रो त्यो किशोर अवस्थाको साथ ११, बर्षपछी त्यो पनि प्राकृतिक बिपत्तिको त्रासदिपूर्ण समयमा दोश्रोपटक भएको थियो, छोटो भेट तर पूर्ण भेट भएको थियो, किनकी बर्षौ अघिको दुबैमा भएको एक सुसुप्त अन्जान सम्बन्ध एकले अर्कालाई जान्ने अनौठो मौका जुरेको थियो, समय र परिस्थितीले भलाही हामी एकहुने अवस्था थिएन, तरपनि आफुभित्र गुम्सिकोए कुरा खुलस्त भन्न वा सुनाउन पाउदा पनि आफुले प्रलयनै बिजयप्राप्त गरेको महसुस हुनेरहेछ, त्यो बिजयप्राप्ती मा न तिमीले जितेको थियौ, न मैले हारेको थिए, आखिर दुबैको अवस्था आधाउधी हारजितको अवस्थामा भेट भएको थियौ, कुनै देश बिचको युद्ध हुँदाहुँदै शान्तिबार्ता भएर हारजितको टुङ्गो नलागी समाप्त भएको लडाईं जस्तै हामी आआफ्नै लडाईंमा हार र जितको अवस्थामा थियौ, त्यसैले पनि मेरो अधुरो इच्छा र सपनाको समाप्ती भएको थियो त्यो दिन, शायद मैले जस्तै तिमीले पनि त्योदिन त्यस्तै महसुस गरेको हुनुपर्छ, किनकी मेरो मनको भावना तिमीलाई सुनाएर म सितल अनी शान्ता हुन पाएको थिए भने तिम्रो पनि हालत त्यस्तै थियो ।
कलंकीबाट कोटेश्वरतर्फ जाने रोडतिर आफ्नो सानो सुटकेश घिसार्दै जादा तिमी पछाडि फर्किदै मलाई हेर्दै मुसुक्क हाँस्दै परसम्म हात हल्लाउदै जादै थियौ, तर बिदाइको हात हल्लाउदै गएको तिम्रो छाया भिरालो ठाउँँ आइपुगेपछी तिमी अद्रिश बनिसकेको थियौ, म अझै कलंकिमै तनाबयुक्त भएर फोन संपर्क र कुनै गाडीको पर्खाइमा थिए, पर्खदा पर्खदा दिक्क लागि सकेको थियो, बैशाख महिनाको पारीलो चरक्क परेको सुर्य माथि आकाशमा उदाइसकेको थियो, बिहानैको त्यो तिखो सुर्यले बिस्तारै गर्मी पोखेर निधार भरी चिटचिट पसिना छुट्न थालेको थियो, यतिकैमा बल्लतल्ल एउटा ट्याक्सी नजिकै आएर रोकियो, कुनै सवारी बाहनको प्रतिक्षा गर्दागर्दा थाकित भएको मान्छेहरु अचानक ट्याक्सिको अनुहार देख्न पाएकोले मान्छेहरु तछाडमाछाड गर्दै हुरिएर ट्याक्सितिर दगुरे, म पनि आफ्नो ब्याग बोकेर हतार हतार ट्याक्सी रोकेको ठाउँतिर लम्किए, ट्याक्सी चालक संग सबैजना भाडाको मोलमलाई गर्दै थिए, यतिकैमा म ट्याक्सिको झ्याल जबर्जस्ती खोलेर भित्र पसे र अनामगर जाने भाई भने, ड्राइभरले सँधै ५, सयमा पुर्याउने ठाउँमा पनि चालकले १५, सय लाग्छ भन्यो, मैले ट्याक्सी नपाएर र कल नभएर दिक्दारी महसुस गरेकोबेला बलतल्ल गाडी भेटउदा १५, सय हैन २, हजार दिन्छु भने, ड्राइभर खुशी हुँदै ट्याक्सी अनामनगर तर्फ हुइकायो, ट्याक्सी चढेर म बाटो लागेपछी बल्ल ढुक्कको श्वास फेरे र तिमीलाई कल लगाए, तर तिमीसंग पनि कल संपर्क हुनसकेन एकपल्ट रुममा पुग्नु अघी ल मैले ट्याक्सी पाए, तिमी कहाँ पुग्यौ, राम्रो संग जाउ है, आफ्नो ख्याल गर भन्नलाई कोशीस गरेको थिए, तर भुकम्पले चारैतिर क्षति पुराएको हुनाले शायद तिमीसंग कल संपर्क गर्न खोज्दा पनि भएन ।
कलंकीबाट हुईकिएको ट्याक्सी कालिमाटी रोड, त्रीपुरामार्ग, समातेर माइतिघर मन्डला हुँदै, टंकप्रशाद घुम्तीसडक बाट उत्तर देब्रे मोडिएर ३२, नम्बर वडा अनामनगरको म्युजिक नेपाल भवनको अगाडि पुगेर ट्यासी रोकियो, भद्रकाली सैनिक हेडक्वाटरमा श्रीमानको डिउटी भएपनी वहाँ अनामनगरमा रुम भाडामा बस्नुहुन्थ्यो, त्यसैले म आर्मी क्वाटर नगएर सिधै अनामनगर तर्फ गएको थिए, त्यसपछी ट्याक्सी वालालाई रु,२ हजार दिएर बिदा गरेर झोला बोकेर थकित अवस्थामा बल्ल रुम पुगेँ, रुम पुग्दा करिब बिहानको ७:४५, बजिसकेको थियो, तर जब रुम पुगेर हतार हतार भान्षा कोठामा गाउँबाट ल्याएको सबै सरसामनहरु राखेर लुगा फेर्न भनेर म हामी सुत्ने बेडरुमतर्फ गए, तर किचेनबाट बेडरुम तर्फ जादाजदै बाहिरबाट ढोकामा ताला नलगाइएको अवस्थामा देखे, सोचे वहाँ रुममै हुनुहुदोरहेछ भनेर, त्यसपछी वहाँँलाई सरप्राइज दिएर तर्साउनलाई चुकुल नलगाएको ढोका बिस्तारै खोलेर एउटा खुट्टा भित्र के लगाएको मात्रै थिए, कोही मान्छेहरुको साउती बोलेको जस्तो अस्पस्ट गुनगुनाहाट आवाज आयो भित्रबाट, मनमनै सोचे कोसंग बोल्दै हुनुहुन्छ, को आएको रहेछ, भनेर ढप्काएर मात्रै राखेको ढोकालाई बिस्तारै ठेलेर एउटा खुट्टा भित्र र अर्को खुट्टा बाहिर भएकै अवस्थामा सरिरलाइ आधा भित्र मात्रै के हुलेको थिए, मैले अचम्मको द्रिश्य देखे त्यहाँ, जुन द्रिश्य देखेर म अचम्म मात्रै परिन, एककिसिमले भन्ने होभने मेरो हातखुट्टा सबै गलेर आयो, वहाँँलाई खुशी दिन्छु सरप्राइज दिएर भनेर चाल मारेर रुमभित्र अगाडि बढेको मेरो दुबैखुट्टा अचानक एकैठाउँमा टक्क अडिएर जमिनमुनी धसिएको जस्तै भयो, मैले जुन द्रिश त्यहा देखेको थिए, त्यो द्रिश मैले जिबनमा यो भन्दा अघी पहिले कहिले पनि कल्पना सम्म गरिन, आज त्यही द्रिश्य देखिरहेको थिए, जस्लाई मलाई विश्वा गर्न मुस्किल परिरहेको थियो, जहाँ आफ्नो श्रीमानले बोलाएर भेट्न गएको श्रीमतिकै अगाडि बेडमा आफ्नो सिउदोको सिन्दुर भनौ आफ्नो सरिरको हकवाला, आफ्नो ओछ्यानको हकदार अर्कै अपरिचित महिला संग रासालिलामा तल्लिन थियो, जतिबेला म आधा शरीर भित्र र आधा शरीर बाहिर पारेर भित्र प्रबेश गर्नै लागेको थिए, त्योबेला दुबैजना हवसको आगोमा दन्दनि बलिरहेका थिए, दुबैको कामुक्ता र उनिहरुको मुखबाट निस्किएको कामबास्नाको उत्तेजित आवाजहरु कोठाको भित्ता भित्तामा ठोकिरहेको थियो, यसरी उनिहरुको त्यो अश्लिन कृयाकलाप देखेर म के भन्ने नभन्ने दोसाधको स्थितिमै मुर्तिवत ठिंग उभिन पुगेछु, भित्र प्रबेश गर्न लागेको मेरो बाँकी पाइलाहरु जहाँको त्यही कंक्रीट जस्तो बनेर अडिरहयो, म त्यो द्रिश्यले गर्दा आफ्नो पछाडिबाट अरुकसैले आएर नदेखिने गरी मेरो दुबै कोखमा घ्वाप्प छुरा रोपेको अनुभुती भएको थियो जुन पिडा कुनै पनि महिलाले महसुस गर्न सक्दैन शायद त्यो पिडा मैले महसु गरिरहेको थिए त्यतिबेला, जसले गर्दा म भित्र श्रीमान प्रती घ्रिणा, रिस, आबेग, द्वेश, आदी केके उत्पन्न भैरहेको थियो मलाई नै थाहा थिएन, एकमनले त भान्षा कोठाबाट छुरा ल्याएर दुबैलाई पछाडिबाट थाहै नपाई घ्वाप कि घ्वाप घोपेर मारिदिउँ कि जस्तो लागेको थियो, अर्को मनले बेस्सरी चिच्याएर कराउँ कि रौँ कि जस्तो पनि लागेको थियो, तर त्यस्तो केही गरिन, किनकी म आँफै भित्र बरफ जस्तै चिसो र कठोर बनिसकेको थिए, त्यसैले मनमनै सोचे, अब म यहाँ एकमिनेट पनि बस्नुहुन्न भन्ने लागेर त्यहाबाट भित्र प्रबेश हुनै लागेको पाइला बिस्तारै पछाडि तानेर म त्यहाबाट आफ्नो ब्याग मात्र बोकेर फटाफट बाहिरिए, जतिबेला म बाहिरिए त्योबेला उनिहरु अझै मदहोसी भएर कामबास्ना मै तल्लिन थिए, उनिहरुले म त्यहा आएको र त्यो सबै द्रिश्य नियालेर फर्किएको थाहासम्म पाएन ।
हातखुट्टा कापेको र अनुहारभरी पसिना चिटचिट आएकै अवस्थामा म रुमबाट जब बाहिर सडकमा निस्किए, त्यहा अघी मैले लिएर आएको ट्याक्सी रोकेर बसेको अवस्थामा देखे, हतारिदै गएर ट्याक्सी वालालाई सोधे, भाई अघी आएको ठाउँमा पुर्याइ दिनुहुन्छ ? ट्याक्सी वालाले केही नबोली हुन्छको भावमा टाउको हल्लाएर पुन कलंकी तर्फ ट्याक्सी मोडियो, ट्याक्सी पुन अघिको जस्तै मसिना घर र गल्ली हुँदै कलंकी तर्फ त हुइकियो तर बाटोभरी मैले के सोचिरहेको छु भन्ने सम्म भेउ पाइरहेको थिन, कतिबेला ट्याक्सी कलंकी चौकमा पुगेर रोकियो त्यो पनि मैले थाहा पाईन, एकैचोटी दिदी कलंकी भन्नु भएको हैन ? आइपुग्योत, भन्दा मात्रै झसंग झस्किएर ब्यागबाट १५, सय निकालेर दिदै भाई यतिले हुन्न भन्दै दिए, उसले अहिले पनि केही नभनी हुन्छको भावमा टाउको मात्रै हल्लाएर पैसा समातेर उ त्यहाबाट हिड्यो, तर म भने के गर्ने नगर्ने दोधार मनस्थितिमा थिए, केही सोच्न सकिरहेको थिन, फेरी पाल्पा घर फर्किनलाई पनि कुनै गाडीहरु चलेको थिएन, बश बाटभरी छापा पत्रीका बोकेर हिंडेको भ्यान र पुलिस एम्बुलेन्सको भ्यानहरु मात्रै दौडिरहेको देखिन्थ्यो, होस हराएको जस्तो लाटिएर बाहिर सडकमा उभिरहेको दिमागले सोच्यो, होटलमा गएर आज दिनभरी आरामगर अनी बेलुकीपख गाडी खोजेर मिले बेलुकै नमिले पनि भोली बिहानसम्म कुनैन कुनै त गाडी मिल्छ होला र घर लाग्छु भन्ने सोचेर होटलतर्फ लागे, प्राय सबै होटलहरु बन्द थिए, चारैतिर होटलहरु खोजे कतै भेटिन, त्यसपछी कलंकीबाट थानाकोट तर्फ आउने लाइनमा पैदलै हिंडेर ओरालो झरे, एउटा होटलमा मान्छे देखियो, गएर सोधे, दाई कोठा छ, होटलवाला बोल्यो, कोठा त छ बैनी तर मान्छे राख्न अलिक अफ्ठ्यारो छ अहिले, हामी ज्ञारेन्टी गर्न सक्दैनौ, बेलाबेला भुकम्पको धक्का आइरहेको छ, हामीले अहिलेसम्म खानासम्म पकाएको छैन, उसले यति भनेपछी मैले भने, खाना पर्दैन, ज्ञारेन्टी पनि लिनुपर्दैन भाई, टाढाबाट थाकेर आएकोछु, आराम गर्नुछ, म आफ्नो आँफै जिम्मेवारी लिन्छु भने, त्यसपछी एक हजारमा रुम बुक गरेर माथि कोठामा गएर भित्रबाट चुकुल लगाएर सुरुमै धित मरुन्जेल रुए, आफ्नो बाल्यकाल सम्झे, बाउआमा सम्झिए, छोराछोरी सम्झिए अनी श्रीमानको त्यो हर्कत सम्झिए, अनी जबसम्म रुएर थाकिन तबसम्म दिनभरी रुएरै बसे ।
त्यसरी रुदारुदा थाकेर दिउसो कतिबेला निदाए थाहा पाईन तर अघिल्लो दिन देखिको भोकले गर्दाहोला दिउसोको २, बजेतिर रन्थनिदै बिउँझीए, बिउझदा रिंगटा चलेको रहेछ, उठेर टोइलेट जाने कोशीस गरे, तर तीन भाहुन्न भएर चक्कर चल्यो फेरी, त्यही बेडमै थचक्क बसे, केहीबेर बेडमा बसेपछी बिस्तारै उठ्ने प्रयास गरेर होटलको रिसेप्सनमा गएर खाने कुरा सोधे, केही रहेनछ, रिसेप्सनको भाईले पाउरोटी छ दिदी खानुहुन्छ भनेर सोध्यो, मैले हुन्छ दिनुहोस् भनेर एउटा पानीको बोतल र पाउरोटी किनेर ल्याएर रुममा बसेर खाए, त्यसपछी फेरी रातभरीको तिमीसंगको यात्रा सम्झिए, कलंकिको चौक बिचमा रोडमा रातभर तिम्रो छातीमा सुरक्षित निदाएको सम्झिए, एकातिर तिमी थियौ जो आफ्नो नभएर पनि आफ्नो जस्तै गरेर त्यस्तो कठिन यात्रामा जोगाएर ल्यायौ, अर्काको नाशोलाई सुरक्षा दिएर रातभर काठमान्दौको त्यो खुला आकाशमुनी धुलाम्मे सडकमा जोगाएर भोलिपल्ट प्यारले बिदा मागेर गएको थियौ, अर्कोतिर मेरो लोग्ने थियो, जो आफ्नो सिउदोमा सिन्दुर भरेर बर्षौ बिताएको श्रीमतिको बेवस्ता गरेर मेरो सिन्दुरको हक र अधिकारमा हस्तक्षेप गरेर पराइ महिला संगको यौन कृयाकलापमा रमाइरहेको थियो, अनी त्यस्तो द्रिश आफ्नै आँखाले देखेर भित्र प्रबेश गर्नै लागेको पाइला पछाडि फर्काएर होटलमा आई आफ्नो पिडा रुएर आशुले पखाल्ने कोशीस गरिरहेको अर्को म थिए, हामी तिनजनाको बिचमा भिन्नभिन्न प्रक्रिती स्वभाव बानी र भाग्य थियो, अनी तिमी पराइ पुरुष भएर पनि कती निश्चल थियौ, कती सफा थियौ, कती चोखो पवित्र थियौ जस्लाई बर्षौ अघिको आफुले मन पराएको छोरीमान्छे आफ्नै काखमा पाउदा पनि गलत नियत राखेनौ, तिमी आफ्नो नैतीकता देखाउने घमन्डी अहंकार थियो भनौ या भगवान, म त्यतिबेला तिमी र तिमी भित्रको मानब्ता चिन्नै सकिरहेको थिईन ।
बोल्दा बोल्दै बिन्दुले, ए हैन स्मृति उर्फ निहारिकाले आशु टप्लक्क आफ्नो आँखाको डिलमा खसाइन र चुप लागिन, म उनको यो कुरा सुनिरहदा आवाजबिहिन भएर निशब्दतामा लाटो जस्तै बनेको थिए, मैले के भनेर शान्तावना दिनेभनेर मनमा कुनै कुरै आइरहेको थिएन, म उनको कुरा सुनेर अवाक्क भए, एकोहोरो भएर टोलाई रहे, उनी अझै सुँकसुँक गर्दै रुइ रहेकी थिन, त्यसपछी मैले शान्तावना दिदै बोले, हो तिमीसंग छुट्टीनु पर्दा मेरो पनि मन भित्रैदेखी भारी भएकोथियो, एकातिर तिमी थियौ जो बर्षौ पछी भेटिएको थियौ, जोसंग राम्रोसंग समय कटाउन पनि पाईन, समयको त के कुरागर्नु भने जस्तो मनको कुरा साट्न पनि पाईन, बर्षौपछी हाम्रो भेट त भयो तर त्योपनि भुकम्पले पुरै देश लाशको चिहान बनेको कहालीलाग्दो त्रासदिपूर्ण अवस्थामा भएको थियो, आधाबाटो बाट चिनजान भएर भेटिएको हाम्रो दोश्रो भेट जिबनभर संगालेर राखेको पिडा जतिकै कस्टकर भएर बित्यो, संयोगले भनौ या भगवानले हामीलाई संगै बस्न भनेर जुराइ त दियो, तर भगवानले जुराइदिएको रात पनि कस्तो, न कुनै जमघट, न कुनै मेला पर्ब, न कुनै होटल रेस्टुरेन्ट बिल्कुलाई मसानघाट जस्तो रात, त्यो पनि नांगो सडक, त्यसरी त्यो रात खुला आकाशको मुनी धुलाम्मे सडक बिचमा हामी एकअर्काको साथ बितेको थियो, न कुनै संबाद न कुनै भाव, बिल्कुलै मौन ब्रत बसेको जस्तो सुन्य समयको सुन्यता जस्तो, आखिर हामी दुबैजना आआफ्नो गन्तब्य तर्फ लाग्न छुटिनुनै थियौ, मन भारी पारेर छुटियौ, जबसम्म तिमीलाई परसम्म देखिरहे, तबसम्म हात हल्लाउदै तिमीलाई हेर्दै बिदा मागिरहेको थिए, अन्तत भिरालो ठाउँँ आएर दुबैजना अद्रिश भैसकेको थियौ, त्यो दिनको बाटोको यात्राको त कुरै नगर हिड्दा हिड्दा थाकेर हैरान, त्यसमाथी अघिल्लो दिनदेखिको भोक, भित्रैबाट भुँडी हुँडल्किएर आएको जस्तो लाग्थ्यो, फेरी आफुलाई दरो बनाउने प्रयास गर्दै सुटकेशलाई घरि घिसार्दै त घरि काँधमा बोकेर लतार्दै हिड्दै थिए, यस्तैमा एउटा माक्रोबस आएर अगाडिपट्टी रोकियो, त्यसपछी माइक्रो चडेर जसोतसो कोटेश्वर सम्म आए, त्यहा ओर्लिएर चौकको बिचमा महानगरको शौचालय रहेछ, शौचलय रहेको त्यो भवनमा चमेना गृह पनि रहेछ, त्यहा पुगेर एउटा दुनौट र चिया खाए, त्यसपछी फेरी एयरपोर्टको लागि गाडी कुर्न लागे, धेरैबेरसम्म पनि गाडी न आएपछी तिमी गयौ कि गएनौ भनेर कल गरे, तर तीनचार चोटि कलगर्दा पनि लागेन, सोचे नेटवर्कको कारण टिपेन भन्ने सोचेर चौकमै कुरिबसे, त्यसपछी ४, वटा ट्याक्सी एकैचोटी आएको देखे, हतार हतार रोकेर एयरपोर्ट जाने हो भनेर सोधे, उसले हुन्छ भन्यो, अनी ट्याक्सी चडेर बल्लतल्ल एयरपोर्ट तर्फ लागे, एयरपोर्ट पुगे भन्नु मात्रै बेलाबेला आइरहने भुकम्पको धक्काले मान्छेहरुको भिड तितरबितर हुँदै भागा-भाग हुन्थे, प्लेनको फ्लाइटको सिड्युल देखाउने ठुलाठुला टिभी स्क्रीनमा केही पनि देखाएको थिएन, भारत र अन्य मुलुकबाट सहायता सामग्री लिएर आउने मिल्टेरिको जहाज भन्दा अरु केही आवात जावत देखिएको थिएन, तैपनी जसोतसो बैदेशिक रोजगारिको लागि जानेहरुको श्रम स्ट्याम्प हानेर भित्र प्रबेश गरेर बोर्डिङ पास र इमिग्रेसन सकेर वेटिङ कक्षामा पुग्यौ, वेटिङ कक्षामा पुग्यौ केभन्नु मान्छेहरु सबै सिधै बाहिर प्लेन पार्किङ स्थलतर्फ गएर बसेका थिए, मेरो दिउसोको ११, बजेको जेट एयरको फ्लाइट बाट मुम्बई हुँदै जानुपर्नेमा बल्लतल्ल बेलुकी ७, बजे मात्रै उड्यौ, उड्न अगाडि सय चोटि भन्दा धेरै तिमी र घरमा फोन संपर्क कोशीस गरे, तर तिमीहरु दुबैतिर मरिगए फिट्टिक्क संपर्क भएन, डाटा खोलेर फेसबुक लगइन गरेर तिमीले दिएको फेसबुकको तिम्रो लिंकमा गएर फ्रेन्ड रिक्वेस्ट गर्न खोजे तर डाटा पनि चलेन, त्यसपछी हैरान भएर प्लेन भित्र बसिसकेर, फेरी अन्तिम चोटि कल गर्न खोजे, बल्लपो नेटवर्क् टिप्यो, तिमीलाई कल लगाए, तर तिमीले रिसिभ गरेनौ, फेरी लगाए, फेरी पनि रिङ्ग गैरहयो, फेरी पनि उठाएनौ, अन्त्यमा प्लेन उड्यो, त्यसपछी नेपालबाट प्लेन उडेको समय जोडेर हेर्दा मुम्बईको ट्रान्जिट हुँदै झन्डै १७, घण्टामा मात्रै म साउदी पुगे, साउदी पुग्ने बित्तिकै त्यहाको सिम लगाएर फेरी तिमीलाई कल गरे, त्यो बेला पनि कुनै कल लागेन, अनी फेरी फेसबुक लगइन गरेर तिमीलाई मेसेज सहितको फ्रेन्ड रिक्वेस्ट पठाएँ, तर पछी सम्म पनि मेसेजको रेस्पोन्स आउनत कता हो कता मेरो फ्रेन्ड रिक्वेस्ट नै एक्सेप्ट गरेनौ, त्यसपछी भने बेलाबेलामा एक्सेप्ट गर्यौ कि भनेर हेर्नु भन्दा सिवाय अरु केही गरिन, तर तिमीले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट किन गरिनौ ? अनी त्यत्रो कल जादा पनि किन रिसिभ गरेनौ त ? आफ्नो कुरा सुनाइसकेर पुन बिन्दु अर्थात स्मृति उर्फ निहारिकालाई सोधे, अघिको सुँकसुँकै सकेर अहिले अलिक केही मत्थर भएकी थिन र बोल्न थालिन, शायद मेरो भाग्यमा बाच्नु नै त्यतिनै जुरेको थियो होला, यदी तिमीले कल गरेको बेला मैले कम्सेकम रिसिभ गरेकी भए म आज तिमी जस्तै जिबित भौतिक हुने थिएकी ? त्यो नै मेरो जिबनको अन्तिम दुर्भाग्य थियो, शायद त्यसैको कारण आजसम्म भौतारी रहेको छु, उनले यसो भनिरहदा पुन मैले सोधे, यदी तिमी त्यही स्मृति हौ भने, i mean तिमी त्यही निहारिका हौ भने भनत अनी त्यसपछी के भयो ? किन मेरो कल रिसिभ गरेनौ त्यतिबेला ? मैले दोर्याउदै सोधेको थिए, त्यसपछी उनी फेरी बोल्दै गईन ।
त्यसपछी बराबर तिमीलाई फोन संपर्क गर्न खोजिरहे, तर तिमीसंग पनि संपर्क हुनसकेन, उता आफ्नो लोग्ने भनाउदो भएको ठाउँमा त झन जाने कुरै थिएन, त्यत्रो भयाबह समयको कस्टकर यात्राबाट आउँदा आफ्नो श्रीमती बाटोमा कुनै अभर पो पर्योकी ! वा कतै बाटोमा केहीपो भयोकी भनेर चिन्ता लाग्नुपर्ने हो, उसंग बाइक थियो, आँफै पनि अघिल्लो दिनको बेलुकी नै कलंकिमा आएर मलाई कुर्न सक्थ्यो, तर उसले त्यस्तो नगरेर उ एउटा गुमनाम जस्तै संपर्कबिहिन भएर बस्यो, ल माने कल संपर्क त भएन, तर उ संग बाइक भएकोले आँफै पनि लिन आउन सक्थ्यो, तर उसले त्यसो गर्नसकेन, भोलिपल्ट कती कस्ट गरेर आँफै रुममा पुग्दा पनि उ कुनै दोश्रो महिला संग आफ्नो प्यास मेटाउनमा तल्लिन थियो, यहाँसम्म कि दुबैजना लाई म ढोका खोलेर रुमसम्म आएर फर्किएको सम्म थाहा भएन, भने म कसरी फेरी त्यहा फर्किएर जान सक्थे र, त्यसैले त्यता जाने मेरो ढोका बन्द भैसकेको थियो, भने तिमीलाई पनि कति कोसिस गर्दा पनि फोन संपर्क हुन सकेको थिएन, घर पाल्पा फर्कौत कुनै सवारी साधन चलेको थिएन, अघिल्लो दिन र रातभर आएको भुकम्पको धक्काले पुराएको क्षतिको बारेमा धमाधम समचारहरु आउन थालेको थियो, मान्छेहरु यती मरे, उती हराए, भन्ने समाचार बाहेक केही सुनिएक थिएन, म आँफै पनि होस हराएको जस्तै भएको थिए, म के गर्ने ? के नगर्ने ? सोच्नै सकिरहेको थिन, होटलको ढोका बन्द गरेर रुइ रहेको थिए, रुदारुदा आशु पनि सकिन लागेको थियो होला शायद, न आशु झरेको थियो मेरो आँखामा न मुखमा कुनै आवाज, सिर्फ प्यासले बाडुल्की लागेको जस्तो घाटी भित्र अड्किएको जस्तो हिक्क हिक्क बाहेक केही थिएन, त्यहिबेला तिम्रो फोन दुई चोटि आयो, तर मेरो होस खै त्योबेला कहाँ गएको थियो, तिम्रो नम्बरबाट बजिरहेको घन्टिको आवाज तर्फ हेरेर सिर्फ म टोलाई मात्र रहेको थिए, पछी दुइपटक कल आएर रिङ्ग सकिएपछी म आँफै झस्किएछु र झसंग हुँदै हतार हतार फेरी तिमीलाई नम्बर डायल गरे तर कल लागेन, म दिक्क भए, त्यसपछी मेरो आफ्नो भन्नु सबै सकिएको कोही नभएको जस्तो महसुस भएर आयो, त्योबेला मेरो दिमागमा छोराछोरी पनि आउन सकेको थिएन कि म त्यतिसम्म एकोहोरो ढुङ्गा जस्तै कठोर बनिसकेको रहेछु, मेरो दिमागमा रुममा पुग्दा आफ्नै आँखा अगाडि जे देखेको थिए त्यही द्रिश्य मात्र नाचिरहेको थियो, घरिघरी आँखामा आइरहेको त्यो द्रिश्यले मैले आफुले आँफैलाई सम्हाल्न सकिन, र होटलको रुममा भएको कुर्सी तानेर बेडमाथी चढाए, अनी कुर्सिमा माथि चढेर फ्यानको झुन्डिएको फलामको हुकमा आफ्नै सलको पासो बनाएर घाँटिमा बेरेर गाठो बनाए, त्यसपछी एकपल्ट लोग्नेको त्यो लीला सम्झिए, बर्षौ अघी बितेर गएको बाउआमा बैनी सम्झिए, मलाई यहाँँसम्म माया ममता दिएर पाल्ने मामा माइजु सम्झिए, छोराछोरी सम्झिए, अनी तिमीलाई सम्झिए, तिम्रो शुभ यात्रा सफलताको कामना गरेर मनमनै भगवान संग छोराछोरिको सुखको कामना गरे, सबैसंग आँखा चिम्लिएर जिउदो रहदा गरेको भुल्चुकहरु भएको भए माफि मागे र आँखा चिम्म गरेर आँशुको अश्रु-धारा बगाए, त्यसपछी दुबैहातलाइ छातीमा राखेर दुई सन्तानलाई सम्झिएर मनलाई कठोर् बनाए, अनी सम्झिए आफ्नै आँखा अगाडि भएको त्यो श्रीमानको रासलीला र त्यो सम्झिएर मलाई मर्न झन हिम्मत मिल्यो, त्यसपछी मैले आफ्नो दुबै खुट्टाले कुर्सिलाई धक्का दिएर ठेलेर लडाउन मात्रै खोजेको थिए, फेरी दुई मसिना कलिना नानीबाबुको बिजोग भएको द्रिश्य आँशुको सागर सरि बगेको आँखै अगाडि भएर दिमागभरी आयो, उनिहरुको बाउले सौतेनी आमा ल्याएर भोकै प्यासै रुएको कल्पना गरे, आमा आमा भन्दै चारैतिर खोज्दै भौतारिएको द्रिश्य मनभरी छताछुल्ल भएर आयो, त्यसरी नानीबाबुको बिजोग भएको द्रिश्य आँखा र दिमागमा लगतार आइरहँदा आफुलाई सम्हाल्न सकिन र घाटिमा लगाइ सकेको सलको पासोलाई कसेर खुट्टाले कुर्सिलाई ठेल्न सकिन, म सलको पासो फुकालेर फेरी बेडमा बसेर घोप्टी परेर बेसरी रुन थाले, शायद बिहान देखिको दिनभर रुदारुदा शरीर थाकेर होला म अर्धचेत अवस्थामा निदाउन पुगेछु ।
त्यही निदाएको अवस्थामा चारबजेको समयमा फेरी भुकम्पको अर्को ठुलो धक्का आयो, बाहिर सबैजना फेरी होहल्ला गर्दै चिच्याउदै भागेको सुने, म पनि निन्द्रैमा उठेर भाग्न खोज्दा खोदै प्रिथिबी नै सबै पल्टिएको जस्तो लागेर आयो, म हतारिदै रुमको ढोका खोल्नै मात्रै लागेको थिए, त्यही समय त्यो ठुलो घर लड्यो, ढलेको घरसँगै छत पनि खस्यो र त्यही फलाम इटा कंक्रिटले थिचिएर मेरो मृत्यु भयो, त्यसपछी म मरेको त्यो ढलेको भवनबाट चारदिनको दिनमा मात्रै मेरो मरेको लाशलाई बाहिर निकाले, मेरो परिचय खुल्न सकेको थिएन, अरु अन्जान लास जस्तै एकैठाउमा राखेर मलाई पशुपतिको आर्यघाटमा एउटा बेखबर दागबत्ती दिएर जलाएर फ्याके, मेरो न काजकृया भयो न कुनै कर्मकान्ड, आजसम्म पनि मेरो कुनै तिथी भएको छैन र आजसम्म आत्मा शान्तिको लागि, भड्की रहेको छु, लोग्नेको त्यो ब्यबहारलाइ खप्न नसकेर बदला लिन आवेसमा आएर आत्मा हत्या गर्नै लागेको मान्छे मृत्युको मुखबाट सन्तानको मायाले फर्किएको थिए, तर मेरो श्वास भएको भौतिक शरीर बाँच्नु असम्भ रहेछ क्यारे, मलाई बाच्नु नै त्यती नै लेखेको थियो शायद, जसरी भएपनी मेरो अकालमै मृत्यु लेखेकै रहेछ क्यारे, अन्तत म यो योनिलोक को सन्सारबाट बिदा हुनैपर्यो, यो मायाबी दुनियाँबाट बिदा लिन करै लाग्यो, त्यो खाउँ खाउँ लाउँ लाउँ भन्ने उमेर र एउटा सुन्दर सपना बोकेको त्यो उमेरमा कलीला छोराछोरी गुमाएर यो दुनियाँबाट बिदा हुनपर्दा मेरो मन अशान्त थियो, म भित्र पनि कयौ रहरहरु थिए, कयौ चाहनाहरु थिए, आफ्नो सुखी जिबनको कल्पना र सन्तानको सुन्दर भबिस्यको सपना म भित्र पनि थिए, तर पाल्पा देखी काठमान्डौ श्रीमान भेट्न जानु नै मेरो अन्तिम जिबन बाँच्नु रहेछ, अनी त्यो यात्रा पनि अन्तिम रहेछ, शायद म भित्र तिमी संगको सुसुप्त प्रेम अझै पनि बचेँकोले होला संयोगले मलाई अन्तिम पटक भेट हुन लेखेको रहेछ तिमीसँग पनि, त्यसैले पनि आधा बाटोबाट तिमीसंग मेरो एउटा छोटो तर पूर्ण भेट भएको रहेछ, तर त्यो मृत्युले मैले मुक्ती पाउन सकिन, मैले जिउदो हुँदा देखेको सुन्दर सपनाहरु नै अहिले आत्मा भएर भड्किएर हिंड्ने जिजिभिष भएको छ, शायद भगवानले पनि मेरो मुक्ती नचाहेर होकी म एउटा भड्किएको आत्मा भएर अहिलेसम्म डुलिरहेको छु, म मरेर त गए तर मेरो आत्माले सुख पाउन सकेन, आत्मा शान्तिको लागि यताउता चारतिर अहिलेसम्म भौतारी रहेकोछु, बोल्दा बोल्दै उनी फेरी चुपचाप रहिन, एकोहोरो भएर निश्ब्द भएर बसेको उनको अनुहार तिर फर्किएर हेरे मैले, त्योबेला उनको अनुहारमा केही रिसको, केही पस्चातापको त केही बदलाको भाव झल्कन्थ्यो, उनको यो सारा कुराहरु सुनेर मेरो दिमागले केही सोच्न सकिरहेको थिएन, म पत्याउन सकिरहेको थिनकी म एउटा जिउदो भौतिक शरीर भएको बिन्दुसंग बोल्दैछु वा मैले अहिले उनको मुखबाट जे सुन्दैछु वास्तविक यथार्थमा स्मृति उर्फ निहारिका मरिसकेको आत्माको छायासंग बोलिरहेकोछु, केही पत्तो पाइरहेको थिईन ।
त्यसपछी उनको कुरा सुनिसकेर पुन मैले नै सोधे, यदी तिमी स्मृति अर्थात त्यही निहारिका हौ भने र तिम्रो मृत्यु अकल्पनिय थियो भने तिमीले तिम्रो श्रीमानलाई नसताएर किन मलाई नै पछ्यायौत ? मेरो प्रश्नको जवाफ दिदै उनी फेरी बोलिन, किनकी मलाई मेरो आफ्नो श्रीमान भनाउदोको विश्वाश गुमिसकेको थियो, छोराछोरिलाई यो छल गरेर फेरी उनिहरुको आमाको याद दिलाएर दुखी बनाउन चाहन्नथे, बाँकी रहयो तिम्रो कुरा, मैले तिमीलाई प्रेम गर्थे अनी तिमीले पनि, मलाई हाम्रो त्यही प्रेमको विश्वाश थियो कि मेरो आत्मा शान्तिको कामना सिर्फ तिमीबाट मात्रै सम्भव हुन्थ्यो, त्यसैले म तिम्रो अगाडि एउटा भ्रम, छाया बनेर तिम्रो वरिपरी आइरहेँ, यहाँसम्मकी तिम्रो मन मस्तिस्क सम्म पनि मैले पकड जमाएर बसिरहे, उसोभए यदी तिमी मेरो दिमागको भ्रम र छाया हौ भने एक बर्ष अगाडि बसेको टुइटरको साथीहरु अनी त्यो स्पेस, चन्द्राको प्रेमकाहानी सबै भ्रम होत ? मैले सोधे, हैन, ति सबै सत्य हुन, उनको जवाफ फेरी, त्यसपछी पुन मैले सोधे, उसोभए स्पेसमा म संग बोल्ने, मलाई बधाई दिने, मलाई हौसला दिने र मलाई प्रेम गर्छु भन्ने आखिर बिन्दु पनि भ्रम नै होत ? हो बिन्दु तिम्रो भ्रम हो, स्पेसमा उसलाई देखेको र उ संग तिमीले बोलेको हरेक च्याट संबादहरु र फेसबुक अनी नम्बरमा तिमीले कल गरेको हरेक कार्यहरु सबै भ्रम नै हो, विश्वाश लाग्दैन भने म तिमीलाई मेरो बसबाट मुक्त गरिदिन्छु, तिम्रो होसहावास दिलोदिमाग तिम्रै मायाबी मोहमा फिर्ता गरिदिन्छु, अनी हेर, तिमीले बिन्दुसंग न च्याट गरेको च्याट बक्स भेट्नेछौ, नत उनको नामको कुनै टुइटर ह्यान्डल वा डिएम नै, अनी तिम्रो फेसबुक हेर, न त्यहा म छु, नत मेरो कुनै मेसेजिङ संबाद नै, नत तिम्रो मोबाइलमा कुनै संपर्क नम्बर नै, जतिपनी तिमीले बोलेको देखेको कुराहरु तिम्रो मन भित्रको भ्रामक तरंग मात्रै थियो, मन र मस्तिस्क दिलदिमागको भ्रम मात्रै थियो, जहाँ मेरो अद्रिश्य आत्माले काम गरेको थियो तिमीलाई र ति सबै यथार्थ लागिरहेछ, उनको यस्तो कुरा सुनेर मैले पुन सोधे, के उसोभए म मानसिक रोगी होत ? मानौ कि तिमी स्पेसको त्यो च्याट मेरो भ्रम थियो, तर तिमीले भनेजस्तै त्यो नम्बर, फेसबुक, भिडियो कल, कसरी भ्रम हुनसक्छ ? अनी म कसरी तिम्रो कुरा विश्वाश गर्न सक्छुकी साउदीबाट गाडीमा चडे देखिको एयरपोर्ट सम्म आइपुगेर त्यो वेटिङ एरिया र प्लेन भित्रसम्म बिन्दुसंग बोलेको कसरी मेरो भ्रम हुनसक्छ ? त्यत्रा मान्छेहरुको बिचमा बोलेको के म एक्लै मात्रै बोलिरहेको थिए त ? हैन तिमी बोलेकै थिएनौ, असलमा तिमी चुपचाप थियौ, त्यो तिमीलाई बोलिरहेको थिए भन्ने लागेको मात्रै हो, उसोभए नेपालको एयरपोर्टमा मलाई लिन आउछु भनेको त्यो भ्रम थियो ? पशुपतिको जंगलमा भेट्न बोलाएर मैले जे द्रिश्य देखेको थिए त्यो पनि भ्रम ? त्यहाबाट फर्किएको राती म संग जेजे भयो त्यो पनि भ्रम ? यदी ति सबै भ्रम हो भने अहिले तिमी म संग बोलिरहेको पनि त भ्रम नै त होलानी हैनर ? तिम्रो भनाइको हिसाबले त अहिले यतिबेला तिमी मेरो सम्मुख छैनौ म एक्लै बोलेको भ्रम भएको छ हैनर ? हैन अहिले तिम्रो अगाडी जो बोलिरहेकी छे त्यो सत्य हो, बिन्दुको अन्जान चेहेरामा छुपेर म तिमीसंग थिए, किनकी मलाई लागेको थियो तिमीले मेरो मृत्युको खबर थाहा पायौ होला र तिमी डराउछौ भन्ने लागेको थियो त्यसैले मैले यो सब छल गरेको थिए, तर तिमीले त म मरेको थाहा नै पाएको रहेनछौ आजसम्म पनि, त्यसैले तिम्रो फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट नगरेको मा मन दुखाएको रहेछौ, तर तिसबै जेजस्तो भएपनी अहिले बोलेको सत्य हो, तिमीसंग प्रेममा रहेकी बिन्दु बाहेक सबै यथार्थ हुन, न म भ्रम हुँँ तिम्रो, न तिम्रो अगाडिको तिम्रो निहारिका, सबै सत्य हुन, उनी भन्दै जादैथिन ।
तिमीलाई पशुपतिको जंगलमा बोलाएको त्यो मेरो मायाबी खेल नै थियो, मलाई लागेको थियो साँझपर्दै जादा त्यहा कोही हुनेछैन त्यसैले सबै कुरा भन्नेछु तिमीलाई भन्ने लागेको थियो, तर त्यहा मान्छेहरुको होहल्ला भएकोले मैले आफ्नो रुप देखाउन सकिन, ति तिमीलाई लागेको म्रिग, त्यो छोरी मान्छे, घाँस, पानीको डुँढ, त्यहा तिमीले अनुभुती गरेको आवाजहरु मैले तिमीलाई ब्यक्त गर्न नसक्दाको मेरो रिसको परिणाम थियो, तर मेरो उदेश्य तिमीलाई कुनै हानी नोक्सानी वा चोट पुर्याउनु थिएन, किनकी मेरो भौतिक शरीर हुँदा तिमीलाई प्रेम गरेको थिए, त्यसैले मेरो त्योबेलाको असन्तुस्टिको रौद्र रुपलाई आफ्नो बसमा बाधेर राख्ने कोशीस गरेको थिए, आखिरमा तिमीले पनि तर्साएको महसु गर्यौ र डराएर हतार हतार त्यहाबाट हिड्यौ, अनी बेलुकी तिमीसंग जेभयो त्योसबै तिमीलाई मेरो बसमा राख्ने बिन्दुको स्वरुपमा आएको मायाबी जाल थियो, त्यसैले मेरो भड्किएको आत्माले तिमीलाई बाधेर म तिमीबाट आत्मा शान्ती मेरो भड्किएको आत्माको उन्मुक्ती चाहन्थे, मेरो बेवारीसे मृत्युले आजसम्म शान्ती पाउन सकिन, मैले योनि लोकबाट उन्मुक्ती हुन सकिन, म अझै पनि एउटा खराब दुस्ट आत्मा बनेर योनी लोकमै घुमी रहेको छु, उिनी बोल्दाबोल्दै बिचैमा मैले काटेर बोले, उसोभए मैले के गर्नुपर्छ तिम्रो उन्मुक्तिको लागि ? कसरी तिम्रो आत्माले शान्ती पाउछ, के गर्दा तिमी उन्मुक्त हुन्छौ ? मैले लगतार सोधे, त्यसपछी फेरी बिन्दु अर्थात स्मृति उर्फ निहारिका बोलिन, मेरो नाम गरेर आत्मा शान्तिको पूजा गरेर मलाई बिदाइ गर्न सक्छौ, म तिमीलाई कुनै हानिनोक्सानी पुर्याउन आएको हैन, मेरो विश्वाश गर बषन्त, म सिर्फ भड्किरहेको आत्माबाट मुक्ती मात्रै चाहन्छु, तिमीले त्यती गरिदिएयौ भने तिम्रो जिबनमा कहिलै दख्खल दिन आउनेछैन, तिमी र तिम्रो परिवारलाइ कुनै क्षती पुर्याउने छुइन, मृत्यु अघी मैले प्रेम गरेको मान्छे तिमी संग मेरो जिबनकै अन्तिम घडीमा भेटिएको थियौ, त्यहिबेला तिमीले पनि मलाई प्रेम गर्थ्यौ भन्ने थाहा पाएर आजसम्म पनि मेरो मुक्तिको लागि तिम्रो वरिपरी भड्किरहेको छु, तिमी प्रतिको मेरो विश्वाशले नै तिम्रो सहारा लिन वाध्य भए बषन्त, बस मेरो आत्मा शान्तिको कामना गरेर मलाई बिदा गरिदेउ, यदी तिमीले यती गरिदियौ भने मैले तिमीलाई जिबनभर गरेको प्रेम सार्थक भएको ठान्नेछु, मेरो प्रेम, मेरो माया, अजर अमर रहेको महसु गर्नेछु, बस मेरो मुक्तिको कामना गरिदेउ, मलाई उन्मुक्ती देउ, मलाई यो कठिन मायाबी सन्सारबाट निकालेर मेरो आफ्नै दुनियाँमा पठाइदेउ, त्यसपछी म तिमीलाई सताउन आउने छैन किन कि म तिम्रो लोकबाट बिदा भएर म आफ्नै समुहको लोकमा पुगिसकेको हुनेछु, यती भन्दा भन्दै फेरी उनले दोश्रोपटक आशुको बुँद टप्प खसालिन आफ्नो आँखाबाट, उनी आशु झार्दै गरेको त्यो कारुणिक अवस्थाबाट मैले अन्तिम प्रश्न गरे, यदी मैले तिम्रो आत्मा शान्तिको कामना गरिदिएर तिमीले आत्मा शान्ती मिल्छ भने म गर्न तयार छु तर म अझै विश्वाश गर्न सकिरहेको छुइन कि तिमी स्मृति हौ, सरि निहारिका हौ भनेर, अहिले यत्रोबेर सम्म तिमी किन बिन्दुको चेहेरामै बोलिरहेको छौत अनी ? हो म बिन्दुको चेहेरामै बोलिरहेको छु तर मैले आफ्नो असली रुप देखाए भने तिमीलाई क्षति पुग्ने छ, तिमी डराउनेछौ, किनकी तिमी भौतिक शरीर भएको योनी लोकको मनुश्य हौ, मेरो रुप देखेर तिमीले नचाहेर पनि अनायसै तर्सिने छौ, तिमी असहज हुनसक्छौ, त्यसैले म तिमीले भ्रम पालेकै अनुहारमा रहन चाहे, उनले यती भनिरहदा परबाट मेरो श्रीमती र कलेज बाट नानीबाबु हरु आउँदै गरेको देखे, त्यसपछी मैले उनलाई अन्तिम पटक तिम्रो अनुहार देखाउ उनिहरु आइसक्यो छिटो गर भनेर कर गरे, उनले मानिन्, मैले अझ हातर मान्दै कर गरिरहे, मेरो श्रीमती र नानीबाबु घरको नजिकै आइपुगिसकेको थियो, मैले जिद्धी गर्न छोडिन, उनिहरु आएको देखेर उनी पनि के गर्ने नगर्ने दोशाधको हाउभाउमा हड्बडाएकी जस्ती देखिन, यतिकैमा उनी बोलिन, अहिले म जान्छु पछी आउनेछु, तर मैले मानिन, उनको हातमा समातेर कर गरिरहे, त्यसपछी उनले मेरो हात उनको हातबाट झट्कारेर छुटाउदै अचानक बिन्दुबाट स्मृति उर्फ निहारिका बनिन, जसरी ८, बर्ष अगाडि नारायाणगढको बसपार्कबाट हाम्रो दोश्रोपटक भेट भएकोथियो, उस्तै दुरुस्तै अग्लो पनि हैन, होची पनि हैन, ठीक्कको माझेउला कदको, पातली, गोरी, मिलेका आखि भौँ, गुच्चाको दाना झै मिलेका काला आँखा, हरियो रंगको चुरिदार कुर्ता सलवारमा सजिएकी, हेर्दा चन्चले स्वभावको अनुहार, निधारको बिचमा हरियै रंगको टिका, एउटा सुन्दर नारी आक्रिती, हेर्दैमा जो कोहिलाई पनि मात लाउने चिटिक्क मिलेको जिउडाल, उनको यस्तो सुन्दर शरीर र अनुहार देखेर पनि म अलिकती झस्किए, तर उनले थाहा पाउछिन कि भनेर अफुलाई सम्हाले, त्यसपछी लगत्तै उनले हेर्दै डरलाग्दो रुप धारणा गरिन, उनले अचानक आफ्नो रौद्ररुप देखाइन, लामो कालो कपाल, सादा सेतो पहिरनमा अनुहार भरी चोटैचोट लागेको जस्तो, हेर्दै माटोमुनी गाडीएको पुरानो मैलो कपडाको जस्तो छिद्र छिद्र भएको अनुहार दुबै आँखाबाट रातो रगतको खाटो बसिसकेको धब्बा जस्तो आशुको रातो कालो धर्सो, ठुलाठुला काला आँखा लामो जिब्रो निकालेर आफ्नो रिस प्रकट गरेको जस्तै एउटा अस्पस्ट ध्वनी गुन्जयमान भयो, त्योबेला भने म बेसरी डराए, उनको त्यो बदलिदो दोश्रो रुप देखेर लुगलुग काप्न थाले, म आफुलाई डरबाट मुक्त गर्न सकिरहेको थिन, यतिकैमा जोडले हावा चलेको जस्तै अनुभुती भएर आयो, त्यही हावामा भुमरी जस्तै बाटरिदै उनी त्यहाबाट आकाशमा बिलाइन, उनी उडेर हावामा बिलिन हुँदा डरले तर्सिएर जोडले चिच्याए, बिन्दु..! चिच्याउदा म एकोहोरो बिन्दु बिन्दु मात्रै नाम पुकारी रहेको थिए, यतिकैमा मलाई पछाडि बाट कसैले धक्का दिएर धकेलेको जस्तो लाग्यो, म छतबाट खस्न लागेको थिए, मलाई मेरो श्रीमतिले दगुर्दै आएर हातमा च्याप्प समाउन पुगिन र लड्न दिईनन, यतिकैमा केभो भनेर मलाई श्रीमतिले कराइन, म बिउँझीए, बिउझदा त यतिलामो भयानक सपना देखिरहेको रहेछु, सपना बाट बिउझदा ओछ्यान मै म थररर कापी रहेको रहेछु, दुबै हातको मुट्ठी कसेर खुट्टा कक्रीएको जस्तो दरो भएको रहेछ, श्रीमतिले रुमको बत्ती बालेर छेउमा टेबलमा राखेको जगको पानी गिलासमा सारेर ल्याएर दिईन, म अझै पनि डरले लुगलुग कापी रहेको थिए, अनुहारमा चिटचिट पसिनाले निथ्रुक्क भिजेको रहेछ, शरीर भरी पसिनाले नुहाएको जतिकै भएको रहेछ, यतिकैमा श्रीमतिले सोधिन केभो हजुरलाई ? कस्को नाम लिनु भएको बिन्दु बिन्दु भनेर ? त्यसपछी हातमा समातेको गिलासको पानी पिउदै लामो श्वास तानेर, गहिरो डराएको भावमा भने, मैले कस्तो नराम्रो डर लाग्दो सपना देखे भने, उनको पनि मेरो काहालिएको चिच्याएको थररर कापेको शरीर देखेर अनुहारमा थोरै डरको भाव देखियो, त्यसपछी उनी फेरी बोलिन, थुकले भिजाएर खुट्टाको पैतालाको टिका लगाएर सुत्नुहोस् भन्दै खुकुरी मेरो सिरानी मुनी ल्याएर राखी दिदै भनिन, केही हुन्न, केके सोचेर मनमा कुरा खेलाउदै सुत्नु भएको थियोहोला त्यसैले सपना देख्नु भयो, सुत्नुहोस् म संगै छु केही हुन्न, श्रीमतिले यती भनेपछी अलिकती मनमा केही साहस आएको जस्तो भएर भर्खरै देखेको यतिलामो सपनाबाट बाहिरिन कोशीस गर्दै निदाउने प्रयास गर्न लागे ।
भोलिपल्ट बिहान उठेर म नुहाएर बार्दलिमा बसेर खुट्टाको नङ काट्दै बसिरहेको थिए, श्रीमतिले बिहानको पूजापाठ सकेर माथि भान्षा कोठाबाट आफुलाई दुध हालेको चिया र मलाई कालो नेस कफी लिएर मेरो छेउमै बसेर दिदै भनिन, हजुरलाई एउटा कुरा सोधुम ? म कुनै जवाफ नदिकन उनको अनुहारमा हेरेर जबर्जस्ती बनावटी हासो हासेको जस्तै फिसिक्क मुस्कुराए, त्यसपछी भनन मात्रै भनेर अनुमती दिदै बार्दलिमा बसेर कफीको तातो सुरुप लिन थाले, उनी बोल्दैथिन, राती देखेको सपना कस्तो थियो, किन तर्सिनु भएको त्यसरी डरलाग्दो गरेर, कस्को नाम लिनु भएको बिन्दु बिन्दु भनेर ? कोहो त्यो बिन्दु ? जस्को नाम लिएर तपाईं चिच्याउनु भएको थियो, आखिर के भएकोछ हजुलाई, किन केही भन्नुहुन्न ? कि कतै बिदेशमा बस्दा कुनै हत्या अपराध त गरेर आउनु भएको छैन ? जस्ले तपाईंलाई बिर्सन दिएको छैन, त्यही कुराले सताउछ हजुरलाई, केहीन केहीत भएको छ हजुरलाई, नत्र हजुरको यो एक्लोपनाले गर्दा डक्टर, धामीझाक्री सबै गरिसक्यौ, औषधी पनि खानु हुन्छ तर तपाईंमा कुनै परिवर्तन बद्लाव आएको छैन, आखिर केभाको छ ? म तपाईंको तनमन साट्ने दु:खसुखको साथी हैन ? श्रीमतिको अर्थ केहो ? यदी म हजुरको श्रीमती हो भने हजुरको हरेक समस्या सुन्ने र त्यसको अन्त्य कसरी गर्ने भन्ने हक मलाई पनि छ हैन ? उनी एकोहोरो बर्बराइ रहेकी थिईन, यतिकैमा बिचैमा मैले बोले, त्यस्तो केही हैन तर तिमी सुन्न चाहन्छौ भने, तपाईंले भन्नु भयो भने सुन्दिन होला त ? त्यसपछी मैले पुन बोले, ओके सुन्छौ सुन तर मन दुखाउन पाउदैनौ, त्यो मेरो गल्ती हैन तर आजसम्म जे भैरहेको छ त्यो सबै मेरो मस्तिस्कको भ्रम हो भन्ने लाग्छ, डेढ बर्ष अगाडिमा टुइटरको स्पेसमा बस्थ्यौ जहाँ हामी साथीहरु मिलेर रेला ठट्टा रमाइलो गर्ने देखी लिएर कथा कविता मुक्तक गजल हरु बाचन गरेर फुर्सदको समयमा मनोरञ्जन गर्थ्यौ, त्यही समय एकजना बिन्दु भन्ने केटी मेरो कथा र कविताहरु सुनेर फ्यान भएकी थिन, हामीहरु मेसेज डिएम र मेसेन्जरमा च्याटहुँदै कलसम्म कुरागर्न थाल्यौ, हामी बिचमा निकट्ता बड्दै गयो, दुबैको निकट्ता संगै हाम्रो प्रेम भयो, हामी दुबैले एकले अर्कालाई माया गर्न थाल्यौ, मैले बोल्दा बोल्दै बिचैमा श्रीमती झस्किएको भावमा बोलिन, प्रेम ? उम हो प्रेम, तर त्यो प्रेम नभएर त्यो भ्रम होकी जस्तो लाग्दैछ मलाई, जस्लाई मैले प्रेम गरे त्यो प्रेम नै थिएन, जस्लाई प्रेम गरे त्यो पनि तिमी हामी जस्तो मान्छे थिएन, एउटा भट्किएको प्रेत आत्मा संग प्रेम भएको रहेछ कि भनेर सोच्दैछु, तर भ्रम कसरी हुनसक्छ ? अहिले म यो सोच्न सकिरहेको छैन, हामी बिचमा प्रेम भएपनी भेट भएको छैन, मैले भन्दै गए, श्रीमती अनुहारमा निराशा पोखिएको जस्तो बोझिलो पाराले सुनिरहेकी थिन, म अझै भन्दै थिए, स्पेसको त्यो बसाइ देखी यता काठमान्दौको यात्रा, पशुपतिको घटना, होटलमा म संग भएको कृयाकलाप देखी लिएर सानोमा छदा निहारिकालाई मन पराएको र उनको बारेमा सबै बताए, आज राती देखेको सपना सम्मको सबै घटनाहरु बताए, उनी आफ्नो अनुहारमा डर र अचम्मको भावमा सुनिरहेकी थिन, त्यसपछी लामो श्वास तानेर बोलिन, मलाई पहिला नै संका त लागेको थियो, तर तपाईंले मनको कुरा र समस्या नभनिदिनाले यतिका दिन सम्म सबैले दु:ख पायौ, त्यो भन्दा पनि धेरै हजुरले झन मानसिक तनाब लिएर बस्नु पर्यो, तर उनी मरेको होकी हैन कसरी विश्वाश गर्ने ? त्यो पनि त तपाईंको सपना हुनसक्छ ? मैले उनको कुरा सुनेर उम हो, त्यस्तो पनि हुन सक्छ, भन्दै टाउको हलाउदै बोले, शायद निहारिकाको आफ्नो मान्छे पुरानो हासोपोसा गाबिस भवन भन्दा माथि कतै करैबनामा कोही काका काकी आफन्त हुनुपर्छ, त्यो हामीले पत्तो लगायौ भने खास कुरा पत्तो लगाउन सक्छौ, मैले श्रीमतिलाई यसो भन्ने बितिकै बोलिन, उसोभए म खाना चाडै बनाउछु, खाना खाइसकेर दुबैजना त्यहा खोज्दै जाउँ, भेटिएछ भने सोधौला र त्यतिबाट पुरेतको मा गएर सल्लाह गरौला भनी र उनी उज्यालो अनुहार बनाउदै खाना बनाउन भान्षा कोठा तर्फ लागिन, म भने उनीसंग मोबाइलमा भएको सबै मेसेजिङ बक्स हरु खोज्न थाले तर भेटिन, त्यसपछी फेसबुक र टुइटर हेरे त्यो पनि भेटिन, अनी लगत्तै उनले दिएको नम्बरमा डायल गर्नभनेर खोजे तर त्यो नम्बर मैले त्यहा भेटिन, नम्बर भेट्नुत परको कुरा त्यो नम्बर कुन थियो भनेर मैले सम्झन सम्म पनि सकिन, जती कोशीस गर्दा पनि उनले दिएको नम्बर फिटिक्क यादै गर्नसकिन, त्यसपछी भने मलाई केही विश्वाश लागेर आयो र मनमनै सोचे, यस्तो पनि प्रेतआत्मा संगको भ्रामक प्रेम हुन्छर ? के दुनियाँमा मान्छेले भौतिक शरीर भन्दा बाहिर हावाको रुप झै भएको एउटा काल्पानिक सपना जस्तै जस्को रुप नै छैन त्यस्तो अमुर्त स्वरुप संग पनि प्रेम गर्न सक्छ र ? अनी के यो पनि प्रेम होर ? सन्सारको अनेकौ आश्चर्य र अनौठा प्रेम मद्धे मेरो पनि उनिसंगको प्रेम अनौठो र आश्चर्यजनक थियोत ? अनी फेरी मनमनै आँफैलाई सम्झाउदै मुसुस्क्क हाँस्दै सम्झिए संसारमा एउटा यस्तो पनि प्रेम हुनेरहेछ ।
बिहानको खाना खाइसकेर दिउसोको १, बजेतिर हामी दुइजना बुडाबुडी पुरानो हाँसपोसा गाबिस भएको करैबना तिर ओरालो झर्यौ, दुबैजना एउटा साइकलमा अगाडि पछाडि बसेर कुरा गर्दै गएपछी झन्डै बिस मिनेट पछी हामी करैबनाको पोखरी भएको चौधरी गाउँ भन्दा अलिक तल पुगेर बाटो भन्दा पश्चिम पट्टिको एउटा घरमा पुगेर यहाँ सुबेदिको घर कहानेर छ भनेर सोध्यौ, आँगनमा खै के सुकाउदै गरेकी एउटी बुढी बजैले दक्षिण तिरको एउटा घरतिर ईशारा गर्दै यही तल्लो घर हो भनेर देखाइन, त्यसपछी हामी हस्त धन्यवाद हजुरआमा भनेर धन्यवाद दिदै बुढीबोजुले देखाएको घरतिर साइकल डोराएरै गयौ, हामी आँगनमा पुग्दा घरको बाहिर भुइ बारान्डामा एकजना अलिक पाका जस्ता देखिने ब्यक्ती सनपाटको दाम्लो बाट्दै गरेको देखियो, त्यस्तै अर्को कुनाको खटियामा बसेर अधबैशे जतिको लाग्ने छोरी मान्छे खै हातले केके बुन्दै थिईन, अर्को एकजना मान्छे घरै अगाडि रहेको गोठमा बस्तुको गोबर सोहोरेर भुइ सफाइ गर्दैथियो, केटाकेटिहरु कोही देखिएन, शायद सबै स्कुल गएको हुनुपर्छ, हामी बुडाबुडिले घरको पिढिमा देखेको सबैजना लाई नम्स्कार गर्दै सोध्यौ, नमस्कार हजुरहरु ! नमस्कार ! नमस्कार !! कहाबाट आउनुभयो यहाँहरु चिनिएनत ? दाम्लो बाट्दै गरेको बा,ले सोध्नु भयो, हामी माथी तरहरा बजारबाट आएको बा, एउटा कुरा सोधौ कि भनेर ? मैले जवाफ दिए, त्यसपछी कस्तो कुरा हो केको लागि, यहाँहरुलाई मैलेत चिन्न सकिनत ? बा,ले फेरी परिचय मागे झै गरेर जिज्ञासा राख्दै बोले, हामी दुइजना बोल्दै गरेको देखेर गाइको गोबर सोर्दै गरेको मान्छे पनि कलमा हात धुएर आए, त्यसपछी मैले नै कुरालाई अगाडि बढाए, बा, हजुरहरु सुबेदी हुनुहुन्छ ? हजुर होत सुबेदी हौ हामी, बा,को जवाफ थियो, त्यसपछी गाइको गोठमा गोबर सोर्दै गरेको मान्छे लग्भग मेरै उमेरको थियो, कलमा हात धुदै आएर सोध्यो, कस्लाई खोज्न आउनु भएको ? कि के कामले आउनु भएको तपाईंहरु ? मेरै उमेरको मान्छे तिर फर्किएर हेर्दै बोले, २०५० साल तिर कक्षा ९, पड्दा एकजना स्मृति सुबेदी नाम गरेको मेरो साथी हुनुहुन्थ्यो, शायद पछी वहाँँको बाउआमा एउटा कुनै दुर्घटनामा परेर बित्नु भयो क्यारे, के वहाँलाई चिन्नुहुन्छ तपाईंहरु ? मेरो कुरा सुन्ने बितिकै बा, फेरी बोले, को रे बाबु को ? बा,को प्रश्न सकिन नपाउदै अर्को मेरै उमेरको लोग्ने मान्छेले बा,को कुरा बिचैमा काटेर बोल्यो, ए ए स्मृति दिदिको कुरा गर्नु भएकोहोला वहाँहरुले, छोरोचैको कुरा सुनेर खुशी हुँदै उत्साहित बनेर हाँ मा हाँ थप्दै भने मैले, हो हजुर हो, हामी वहाँँलाई नै खोज्दै आएको, हामी वहाँकै साथी हौ, अहिले कता हुनुहुन्छ ? कुन ठाउँमा हुनुहुन्छ, स्कुल पड्दाको पुरानो साथी यसो भेट्न मन लागेर खोज्दै आएकोनी सर, छोरो चै तिर फर्किदै बोले म, त्यसपछी छोरो चैले निधारमा आएको पसिना पुछ्दै फेरी बोल्यो, वहाँ मेरो ठुलोबा,को छोरी, ठुलोबा र ठुलोममी र काखमा भएको सानो बैनी गाडी दुर्घटनामा बित्नु भएको हो, अहिले त झन्डै २८, बर्ष पनि बितिसक्यो क्यारे, तर दिदिलाई वहाँँहरुको मामाहरुले पाल्पा लिएर जानुभएको थियो, उतै ठुलोममिको माइती तिर नै, बिचमा एकपल्ट मात्र आउनुभयो वहाँ पूर्व, त्यसपछी आउनु भएको छैन, अघिल्लो साल मात्रै सुनेको हामीले पनि दिदी भिनाजु भेट्न काठमान्डौ जानुभाको थियो रे, सके त्यो दिन ७२ को बैशाख १२ गते भुकम्पको आको दिन थियोरे, तर दिदी काठमान्डौ नपुगेर बाटो बाटै हराउनु भयो रे, भिनाजुले पुलिस रिपोर्ट गरेर धेरै खोजी पनि भयो रे, तर दिदी घरबाट काठमान्डौ जान्छु भनेर हिंड्नु भएको त्यता नपुगेर कता जानुभयो, जानुभयो रे, अहिलेसम्म वहाँँको यहाँ पुग्यो, वहाँ पुग्यो कुनै अत्तोपत्तो छैन, यता हुनुहुन्छ उता हुनुहुन्छ कुनै सुइको सम्म लागेको छैन रे, पछीसम्म पनि खोज्दा कुनै थाहा पत्तो लागेन भन्ने सुनेको थियौ, त्यसपछी त पाल्पातिर भान्जा भान्जी संग पनि हाम्रो संपर्क भएको छैन, शायद अहिलेसम्म वहाँँ भेटिनु भएको छैनहोला, भेटेको भएत कुनै न कुनै खबर त सुन्थ्यौ हामी पनि पक्कै, यती भनेर बोल्दा बोल्दै अघी हामी पुग्दा खै के बुन्दै गरेकी महिला तिर फर्किदै बोल्यो, चिया बनाउन वहाँँहरु पनि थाकेर आउनु भएकोहोला साइकलमा, छेउमै हाम्रो कुरा सुनेर बसिरहेको ति आईमाई मान्छे भित्र जान लागेकी थिन, तर मैले रोक्दै भने, हैन हैन पर्दैन, हामी पनि भर्खरै खाना खाएर हिंडेको, चियाको समय भएकै छैन, फेरी कुनै दिन आइएछ भने खाउलानी, कस्तो नराम्रो खबर सुन्नुपर्यो, हस्त हामी जान्छौ हैत, भनेर बिदा माग्दै सबैलाई नमस्ते गरेर हामी लोग्ने श्वासनी मुखामुख हेरेराहेर गर्दै त्यहाबाट बाटो लाग्यौ ।
त्यसपछी बिहान श्रीमान श्रीमतिको सल्लाह अनुसार त्यहाबाट निस्किएर हामी बाटोमा कुरा गर्दै पुरेतको घरतिर लाग्यौ, तर एउटा कुरा त पक्का भयोकी मलाई सताउने र सपनामा आएर त्यो सबैथोक बताउने स्मृति नै थियो, कम्सेकम उ भुकम्प आएको दिन काठमान्डौ जानलाई यात्रामा थियो भन्ने कुरा चै निर्क्योल भएको थियो, तर सपनामा उनले भने जस्तै उनी मरेको हो वा हैन त्यो भने अझै रहस्यमनै रहयो, हामी बुडाबुडी कुरा गर्दागर्दै हिमशिखर स्कुलको छेउमा रहेको नेपाल थरको पुरेतबा को घरमा पुग्यौ, गुरुबा घरमै रहेछ, त्यहा पुगेपछी हाम्रो नमस्कार आदान प्रदान चल्यो, गुरुबाले केकती कामले आउनुभयो भनेर सोध्नुभयो, मैले सबै यथार्थ बताए, त्यसपछी गुरुबाले पनि भन्नुभयो, हो यस्तो हुन्छ, अपहत्ते भएर उमेरमै यदी कोही मरेको छ भने मरेको आत्माले शान्ती पाउदैन, उसले आफ्नो उन्मुक्तिको लागि आफ्नो परिवार वा नजिकको मान्छेलाई सताउने गर्छ भनेर भन्नुभयो, अझ बिशेष गरेर अग्लो उच्च ठाउँँ वा भिर, रुख, गाडीले हानेर वा कुनै एक्सिडेन्ट भएर, कुनै बिसालु जिबजन्तुले हानेर वा टोकेर, सर्प, बिच्छु अथवा आँफै आत्माहत्या गरेर वा अरुकसैले हत्या गरेर, पानीमा डुबेर, कुनै प्राकृतिक बिपत्ती वा भुकम्पमा परेर, कुनै महामारी वा बच्चा पाउन नसकेर मरेको ब्यक्तिको आत्माले शान्ती नपाउन सक्छ र यो जबसम्म उन्मुक्ती पाउदैन तबसम्म उसको प्रेतआत्मा भड्किएर मनुश्य र आफन्तलाई सताउने गर्छ, यती भन्दै नाकको तल डाडिमा लगाएको बाक्लो ठुलो सेतो चस्मा अलिक माथि धकेल्दै गुरुबा बोल्नुभयो, चिना ल्याउनु भएको छ ? मेरो श्रीमतिले छ भन्दै मेरो चिना गुरुबाको हातमा थमाइदिन, बा,ले चिना पल्टाएर हेर्दै गएर निकैबेर गम खाएर गम्भिर हुँदै बोले, बाबुको कर्कट राशी रहेछ, राशी कडै छ, त्यस्तो कुनै खतरा वा डराई हाल्नुपर्ने खासै केहीछैन, वहाँँको यो बर्षभरी राम्रै छ तर अघिल्लो गएको बर्षबाट थोरै दु:ख पिडा वा मानसिक तनाब हुने योग रहेछ, कुनै टाढाको अपरिचित दुस्टआत्माले नत्र कोही आफन्त नातागोता भित्रको हुनुपर्छ, थोरै दु:ख दिएको जस्तो देखिन्छ, त्यसैले थोरै वहाँँको स्वास्थ्यमा प्रतिकुल देखिन्छ, वहाँँले कतै जादा वा हिड्दा शुभ रंग, सेतो, गुलाबी, कालो, पहेँलो, वा खैरो रंग प्रयोग गरेर हिड्दा शुभ रंग देखिन्छ, अथवा २,५,७ र ९ वहाँँको लागि शुभ अंक छ, यो अंक सोचेर हिंड्नाले पनि राम्रै गर्छ, गौ सेवा, ब्रिद्ध हरुलाई सहयोग, चराचुरुंगिलाई आहारा खुवाउनाले पनि राम्रो हुनेछ, अथवा सोमबारको शिवजिको ब्रत बस्नाले अझ राम्रो छ, तर दुस्टआत्माको लागि औशी तिथी पारेर नारायण नाग बली पूजा गर्नुपर्छ, यती गरेर उस्लाई बिदा दिएपछी सबै राम्रोहुने योगछ, पुरेतबाले यती भनिसक्दा मेरो श्रीमती जि बोलिन, गुरुबा, यो चै कहिले गर्दा राम्रो, होला, केके चाहिन्छ पूजामा सामग्री, मेरो श्रीमतिको कुरा सुन्दै गुरुबा बोल्नु भयो, अब यो श्रावण जानै लाग्यो, भदौको ११, गते कृष्ण कुशेऔशी परेको छ, औशिको दिन पारेर नजिकको खोला वा नदिमा गएर उसको नाममा पूजा लगाएर अस्तु स्वरुप सात कलस बनाएर पूजा गरेर एउटा कलस उसको नाममा बगाइ दिएपछी हुन्छ, अरु केही चाहिदैन, सात कलस, सात दियो, बती धुप, सात रंगको लत्ताकपडा सबै पञ्चधातु मिलाएर चढाएपछी हुन्छ भन्नुभयो, त्यसपछी आउने भदौको ११, गते माइ खोलाको धाममा गएर पूजा गर्ने सल्लाह गरेर गुरुबाको घरबाट हामी बिदा भयौ ।
अन्तत हामी दुई मेरो श्रीमती र म पुरेत गुरुबालाई लिएर बिहानै पूर्व झापा स्थित माइखोला तर्फ आत्मा शान्तिको कामना र नारायण नागबली पूजा गर्न भनेर धरानबाट आउने ननस्टप बस समातेर बाटो लाग्यौ, करिब एक घण्टामा हामी माइखोला पुग्यौ, त्यसपछी बगिरहेको माइखोलाको किनरमा बालुवा माथि गुरुबाले भनेको सामग्रीहरु निकालेर पूजा स्थल बनाउन लाग्यौ, पूजाको तयारी गरीरहदा मेरो मन भने बेजोडले बेचैन भएर हतास भएको जस्तो महसुस भएको थियो, त्यो पूजा मार्फत मैले स्मृति उर्फ निहारिकालाई त सँधैलाई बिदाइ गर्दैथिए, त्योसंगै डेढ बर्षदेखी मैले उनलाई गर्दै आएको प्रेमको तिलान्जली दिएर बिन्दुलाई पनि बिदागर्न लाग्दै थिए, किनकिन मलाई उनी प्रतीको प्रेम घनिभुत भएर आएको थियो, मन एकठाउँ बस्न मानिरहेको थिएन, आँफैभित्र मन आकाशमा उडिरहेको बादल जस्तै धुम्म भएर मडारिरहेको थियो, आँफै भित्र पिडा महसु भैरहेको थियो, लाग्दै थियो उनको र मेरो भेट अब सँधैलाई अन्त्य हुँदैछ, अब हामी चाहेर पनि कहिले भेट हुँदैन भन्ने नरमाइलो लागि रहेको थियो, तर मलाई सपनामा आएर निहारिकाले जे भनेकीथिन, उनको आत्मा शान्तिको लागि जे अनुरोध गरेकी थिन त्यो मैले गर्नै पर्थ्यो, आजसम्म भ्रम नै सहि, तर कम्सेकम डेढ बर्ष देखी म बिन्दुको प्रेममा हराएको थिए, हामी बिचमा कयौ रमाइला तितामिठा सम्झनाहरु साटासाट भएका थिए, भलाही त्यो एउटा अनुभुती मात्रै थियो तर मैले भौतिक शरीर भएको छोरीमान्छे संग गरेको प्रेम भन्दा कमको थिएन, तर अब भने पूजा सुरुभएको केही समय पछी उनी मेरो जिबनमा हुने छैनन, भने म उनलाई महसुस गर्न पाउने छुइन, भौतिक शरीर होस या छायाँ आखिर अन्तरआत्माले गरेको प्रेम त प्रेम नै हो, प्रेम सँधै अमर हुन्छ, अजर हुन्छ, प्रेम चोखो हुन्छ, पवित्र हुन्छ, अलौकिक हुन्छ, किनकी प्रेम भगवानको देन हो, यो सबै उनैको श्रीस्टी हो, उनैले दिएको प्रशाद हो, शायद इश्वरले जिबन र जगतलाई बुझ्न सक्ने र बाधेर राख्न सक्ने मान्छेमा यो मुटुरुपी माया प्रेम भन्ने शब्द नभरिदिएको हुँदोहोत मान्छे मान्छे मा प्रेम नै कहाँ हुन्थ्योर ? यो संसार आजसम्म कहाँ पो बाच्थ्यो होला र ? यही माया प्रेम छर नै मान्छे मान्छे प्रेमिल भएर बाँच्न सकेको छ, नत्र त यो संसार कुरुप बनिसक्थ्यो, बिध्वम्स्व हुन्थ्यो, प्रलय हुन्थ्यो, श्रीस्टी सकिन्थ्यो मानब जातिको उत्पती नै मासिएर सकिन्थ्यो, यही प्रेममय मायाबी दुनियाँ छरत मान्छेको हृदय यती कोमल भएर जिउन सकेको छ, मान्छे मान्छेको जस्तो असल स्वभाव भएर बाचेको छ, नत्र त यहाँ मान्छे सबै दानब भएर जिउथे, बिध्वम्स र प्रलय पाप भन्दा अरुकेही हुन्थेन, त्यसैले होला शायद भगवान कृष्णले पनि सबैलाई प्रेम गर्न सिकाएका थिए, साचिकै भन्ने हो भने भगवान कृष्णलाई प्रेमको जन्मदाता भने पनि केही फरक पर्दैन, उनैको प्रेममय लीलाले गर्दा आज हामी पनि प्रेममै बचेँका छौ, त्यसैको एउटा पाटो थियो मेरो अद्रिश्य शक्ती बिन्दु जस्लाई मैले प्रेम गरे, थाहा छैन उनी बिन्दु थिन, वा स्मृति उर्फ निहारिका, वा अन्य कोही, तर थिन कोही जस्ले मलाई प्रेम गर्न सिकाइन, जस्ले मलाई प्रेममा बाधेर राखिन, जस्लाई म आज भड्किएको आत्मा भनेर स्विकार्न सक्दिन किनकी उनले गरेको प्रेमकै कारण मैले कुनै भौतिक क्षति बेहोर्नु परेन, शायद मैले देखेको र मैले भोगेको महसु गरेको अनुभुती गरेको यो प्रेमको परिभाषा कमै हुन्छ होला तर म यती मात्रै भन्छु, प्रेम भगवानको प्रशाद हो जस्लाई हामीले विश्वाश गर्न सक्नु पर्छ, प्रेमलाई अमर अजर र चोखो पवित्र बनाउन सक्नुपर्छ तब न प्रेम, प्रेम हुन्छ ।
मन भारी पारेर उनिसंगको बिछोड र बियोगको महसु भएपनी पूजाको सबै सामग्रीको बिधिपुर्बक सजाउने काम सकिएपछी गुरुबाले, पूजा गर्दै जानुभयो, त्यसमा वहाँँले जेजे भन्नुहुन्छ मैले त्यसै त्यसै गर्दैगए, छोरीमान्छेले लगाउने सारी चोलो देखी लिएर सिन्दुर चुरा पोते टिका सात कलसमा सजाएर राखिएको थियो, पूजा स्थलको बिचभागमा मरेको मान्छेको जस्तै कुशको मुठो बनाएर सानो पुत्ला जस्तो लाशको आकृतिमा राखिएको थियो, पूजा गर्दैजादा एउटा कृयापुत्रीले गर्ने सबै कर्मकान्ड जतिकै गर्नु पर्दोरहेछ, एउटा माटोको सानो कलसमा उनैको नाम गरेर अस्तु झै राखेर पानीले टम्म भरेर रातो कपडाले ढाकिएको थियो, पूजा चल्दै गयो, गुरुबाले भनेको कर्म सबै मैले गर्दैगए, मलाई छेउमा बसेर मेरो श्रीमतिले सघाउदैथिन, अरुदिनको भन्दा उनको पनि अनुहार उज्यालो चम्किलो देखिन्थ्यो, मानौ अब नबोली पागल जस्तो बस्ने उनको लोग्ने सब ठीक भएकोछ, पहिले झै पारिवारिक जिबन सहज र सरल बन्नेछ, छिमेकी र आफन्तको कुरा सुन्नुपर्ने छैन, मन भित्र जुन पिडा गुम्सिएर बसेको थियो उनको, अहिले त्यो पिडा पैतालामुनी घोपिएको कडा सियोले घोचेर निकालेर फ्याकेको जस्तै शितल खुशी महसु गर्दैथिन, त्यो उनको अनुहार र ओठमा देखिएको घरिघरिको मधुर मुस्कानले बताइरहेको थियो, अन्तमा घ्युमा भिजाइएको काँचो धागोको बत्तिहरु बालेर चारु बालेको जस्तै गरियो, अघी मसिना दाउराको सिन्काहरुले बनाएको चिता जस्तोमा कुशको मरेको मान्छेको लाशको स्वरुपलाई राखेर आगो लगाएर जलाइयो, मैले दागबत्ती दिए झै त्यस्मा आगो झोसी दिए, चिताको स्वरुपमा तयार गरिएको त्यो मसिना दाउराहरु दनदनी बल्न थाल्यो, तर त्यो बेला त्यसरी दन्किरहेको आगोमा मैले दागबत्ती दिदै गर्दा भने मेरो प्रीय मान्छेको मृत्यु पछी आफ्नै हातले दागबत्ती दिएको जस्तै मन भित्रैबाट भक्कानिएको थियो, तर मैले त्यो असैह पिडा बाहिर कसैले चाल पाउने गरेर देखाउन सकिन, जसोतसो म भित्रको उर्लिएको मनको बाँधलाई थामेर आँशु लुकाउदै अनेक कर्मकान्ड गरिदिए, मरेको मान्छेलाई पिन्ड चढाएको जतिकै गरेर पिण्डहरु चढाए, पानी चढाए, धुप बत्ती खाना फलफुल सबै चढाए, र अन्त्यमा छोरी मान्छेको श्रिङ्गगार र उनको नाममा राखेको सारी चोलो गरगहना लताकपडा आदी पनि चढाए, अन्त्यमा अस्तुको स्वरुपमा रातो कपडाले बाधेर छोपेर राखेको बिचको कलसलाई गुरुबाले पानीको बिचमा लगेर बगाइदिन आदेश दिनुभयो, त्योबेला भने मैले आफ्नो प्रेमको हत्या गरेर सँधैलाई अन्त्य गर्दैछु जस्तै पिडा भएको थियो, मेरो दुबै आँखाको डिलमा तप्प आशुको ढिक्का झर्यो, खसेको आशु लुकाएर छल्न खोज्दा खोज्दै पनि मेरो श्रीमतिले देखिहालिन, मेरो त्यो अवस्था देखेर पिठ्युमा हात राखेर थप्थपाउदै शान्तावना दिदै भनिन, त्यो तपाईंको प्रेम थिएन, भ्रम थियो, आत्मा थियो, बरु हजुरले त अब खुशी हुनुपर्छ, किनकी एउटा भड्किएको आत्माको नाउँमा यत्रो कर्म गरिदिनु भयो, जुन उनको परिवारले गर्नुपर्थ्यो, तपाईं त भाग्यमानी मान्छे हो, जस्ले यो पवित्र कर्म गर्न पाउनु भएकोछ, त्यो तपाईंको प्रेमको अन्त्य हैन, तपाईंको प्रेमको मायाको सफलता हो भनिन, म आँखामा आशु चुहाउदै अनुहार लुकाउने असफल प्रयत्न गरिरहेको थिए, अन्तिममा गुरुबाले अस्तुको स्वरुप बनाइएको कलस मेरो हातमा थमाइ दिएर खै केके बिधीमन्त्र गरेर पड्दै बगिरहेको पानीको बिचमा लगेर घोप्टाएर बगाइ दिनु भनेर आदेश गरेपछी म त्यो कलसलाई लिएर पानीको बिचमा गए, त्यसपछी पुन मेरो मन भारी भएर आयो, बोझिलो भएर आयो, आँखा धमिलो भएर आयो, जतिसुकै मन थाम्ने कोशीस गर्दा पनि सकिन, फेरी मेरो दुबै आँखाको डिलबाट आशु तप्प खस्यो, सोचे आज उप्रान्त तिमी संग मेरो भेट कहिलै हुनेछैन, तिम्रो त्यो मासुम प्रेमिल चेहेरा कहिलै देख्न पाउनेछैन, तिमी संगको त्यो मधुमाश रंगिन माधुर्य संबादहरु कहिले हुन पाउने छैन, त्यो टुइटरको स्पेस, डिएमको संबाद, फेसबुकको तिम्रो सुन्दर तस्बिर, मेसेन्जरको हाम्रो प्रेमिल कुराहरु कहिले हुनेछैन, निहारिका तिमीले भने जस्तै मैले तिम्रो आत्माको मुक्ती दिन सके या सकिन तर आशा गर्छु, स्वर्गमा तिम्रो बास हुनेछ, र सुन्दर योनिलोकमा तिम्रो पुनर्जन्म हुनेछ, तिम्रो अब्यक्त अन्जान प्रेमको शुभकामना तिमीलाई, अब देखी तिमी खुशी खुशी यो मनुश्य लोकको पापी दुनियाँ छोडेर आफ्नै दुनियाँँमा रमाउनु, यती भन्दै मैले त्यो कलसमा राखिएको अस्तुको स्वरुपलाई पानीमा बगाइ दिए, अघी भर्खरैसम्म कलस भित्र रहेको उनको स्वरुपको अहिले पानीमा मिसिएर बिलिन भएर बग्दै थियो उनको अन्तिम स्वरुप, मेरो आँखाहरुले हृदयबाट बग्ने आशुरुपी पानीको धारालाई रोक्न सकिरहेको थिन, उनी बग्दै गैन, बग्दै गैन, बग्दै गैन, बग्दाबग्दै केही मिटर तल पुगेपछी उनको अन्तिम पटक मान्छेरुपी ऐनामा देखिएको तस्बिर झै, प्रकट भएर देखिईन, सपनामा देखिएको छाया झै पानीको छालमा उनको सुन्दर अनुहार देखियो, जुन मैले उनको पहिलोपटक फेसबुकको प्रोफाइलमा गएर हेरेको भ्रम भएको थियो, हो त्यस्तै दुरुस्तै ठ्याक्कै, गोरो अनुहार, पावरवाला सेतो चस्मा लगाएको सालिन ब्यक्तित्व, मायालु स्वभाव, चिटिक्क कपाल कोरेको, निधारमा रातो ठुलो टिका, उस्तै रंगको रातै ब्लाउज अनी उस्तै रंगको सारीमा सजिएको अर्ध कदको तस्बिर झै मलाई हेरेर मुसुक्क हासिरहेकी थिन, उनको त्यो पानीमा देखिएको छायाँ हेर्दै म झन भावबिहल बने, आशु झन उस्तै लगतार झरिरहेको थियो, मानौ श्रावन महिनाको मुसलधारे झरी परेको होस, म रुइरहेको देखेर उनले अन्तिमपटक संबाद गरे झै लाग्यो, बषन्त किन रुन्छौ लाटा तिमी ? मलाई रुएर हैन हासेर बिदाइ गर, म कही टाढा गएको छुइन, बस सिर्फ मैले उन्मुक्ती नपाएको लोकबाट मेरो आत्माले शान्ती मात्रै पाएको हो, अब म चाहेर पनि मनुश्य लोक र तिमीलाई सताउन सक्दिन, तर मेरो प्रेमको बाचा तिमीलाई कुनैबेला मलाई याद गर्यौ भने तिम्रो सपनामा आउनेछु, जतिबेला तिमी मलाई सम्झ, महसु गर, म तिम्रै वरिपरी हुनेछु बस अब पहिलेको झै तिमीसंग संबाद गर्न सक्दिन, तर म तिमीलाई हेरिरहेको हुनेछु, मेरो आफ्नो दुनियाँँबाट तिमीलाई हरपल नियाली रहेको हुनेछु, किनकी तिमी मेरो सिउदोको सिन्दुर नभएपनी प्रेमको सम्बन्ध छ, तनको नाता नभए पनि मनको नाता छ, भावनाको नाता छ, मायाँको संगम छ, त्यही सम्बन्धले गर्दा आज तिमीले मलाई उन्मुक्ती दिएको छौ, दुनियाँँमा कुनै प्रेमिले गर्न नसक्ने मेरो कर्मकान्ड गरेर आफ्नो कर्तब्य पुरा गरेको छौ, रुनु पर्दैन लाटा, धत रुन्चे कही नभाको, नरौ है अब, मलाई हासेर बिदा गर है, लत ल, एकपल्ट हास मेरै अगाडि, यती भनिसकेर उनी फेरी मुसुक्क हासिन, त्यसपछी गालाभरी भएको मेरो आशुलाई लुकाउन त्यही बगिरहेको पानीले मुख धुएर रुन्चे हाँसो ओठमा ल्याएर मुसुक्क हासिदिए, अनी मनमनै बिदाइको अन्तिम हात हलाए, तल-माथी तल-माथी बग्दै गरेको पानीको छालमा देखिएको उनको हसिलो अनुहार अचानक बिलय भयो, त्यसपछी म झसंग झस्किए, अनी त्यहाबाट निस्किएर गुरुबालाई दान दक्षिणा गरेर हामी तिनैजना त्यहाबाट घर फर्कियौ, त्योदिन म आफुले आँफैलाई पहिलेको जस्तै सहज महसु गरे, घरमा छोराछोरी सबैमा खुशी फर्किएको थियो, श्रीमतिको अनुहारको खुशीको त कुरै नगरौ, उनी झन सबैभन्दा धेरै खुशी थिईन, शायद जिबनमा मैले त्यो भन्दा धेरै खुशी उनलाई कहिलै देखेको थिन, त्यती खुशी थिन उनी पनि, तर त्यसपछी बिन्दु ए हैन, स्मृति उर्फ निहारिका सपनामा सम्म पनि कहिले देखिन, त्यो दिनबाट भौतिक शरीर नभएको यसरी एउटा प्रेमको अन्त्य भयो, जुन प्रेम शायद सन्सारमा बिरलै मात्रै हुन्छ होला, र आज पनि सम्झन्छु दुनियाँँमा (एउटा प्रेम यस्तो पनि) हुनेरहेछ, जो आज पनि मेरो स्मृतिमा अजर अमर बनेर बाचिरहेछ, जसरी म भित्रको मानसपटलमा बिन्दु, या स्मृति उर्फ निहारिका भएर ।
-समाप्त-
लेखक- अर्पण योञ्जन (शिरिष)
मिती- १९ असाढ देखी श्रावन १, २०७९
तदनुसार- ३, जुलाई देखी १७, २०२२