गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, January 8, 2022

कथा- भाग- १८, एउटा प्रेम यस्तो पनि ।


धुँवाधुलो कंक्रिटले ठडिएका ठुलाठुला घरहरुको अत्यासलाग्दो काठामान्डौ, त्यसमाथी पनि कुनै योजनाबिना पूर्वतयारी बिना बनाइएका बिकासे योजनाहरुले ठाउँठाउँमा खनिएका भात्काइएका सडक सरकारी मापदन्ड बिपरित ठड्याइएका गगनचुम्बी भबनहरु बनाउदै गर्दाको धुँवाधुलोले अस्तब्यस्त बनेको काठामान्डौ शहरको त्यो कहाली लाग्दो कुरुप अनुहार, बिहान दिउसो बेलुकी छुट्याउनै मुस्किल हुने शहरलाइ नै छपक्क छोपेको दैनिकको आकाशमाथिको धुवाधुलोको प्रदुसित तुवालो, आज सबेरै उठे, झ्याल खोलेर पर्दा हटाउदै पूर्वतिर नियाले, पानी परेर खुलेको आकाश जस्तै छंङ खुलेको निलो आकाश थियो, हरेक दिनको त्यो डम्म ढाकेर छोपिने शहर, स्वच्छ सुन्दर सफा देखिएको थियो एकाबिहानै, शायद पूर्वमा तराइका फाटिला फाँटहरुको अर्को कुनै कुनाबाट सुर्य उदाउन लागेको थियोहोला, आकाशमा रातो लालिमा बसेको थियो, मेरो कोठाको झ्यालको खिड्किबाट चिहाउदा सजिलै देखिने चन्द्रागिरी डाडाको अनुहार पनि सफा खुलेर मुसुक्क हासेझै प्रतित हुन्थ्यो, त्यस्को अर्कोपटी अलिक वर उत्तर पुर्बिपट्टी नजिकै नियालेर हेरे, सेता सफा छर्लंग देखिने गरेर टल्किएका स्तुपाको शिरमा पहेलो बुर्जा टलक्क टल्किएको छंग देखिएको थियो स्वयम्भुको ति दुई आँखा सहित, पूर्वबाट हानिएर उत्तरी आकाशतर्फ उडिरहेको सारस चराहरुको एकहुल बथानले टाढामा देखिएको चन्द्रागिरिको डाडा खुलेको निलो आकाशलाइ हेरिरहु झै मनमोहक द्रिश्य बनाएको थियो, सँधै तुवाँलो धुलोले छोपिने काठमान्डौ मैले कल्पना पनि नगरेको आजको खुलेको स्वच्छ बातवरण संगै उठेर लुगा फेर्दै बेडहरु मिलाउन थाले, मान्छेलाई मनको सन्तुस्टी मिल्यो भने वा आफुले नसोचेको खुशीको अनुभुती भयो भने निन्द्रा पनि आँफै गजबले लाग्दोरहेछ, त्यो रात केही थाहा नपाउने गरेर निदाएको थिए, शायद त्यसैले होला त्यो बिहान चाडै बिउँझीएको थिए, मनमा एउटा भिन्नै उमंग खुशी उर्जा लिएर, त्यो दिनको बिहान सम्झिदा आजभोलि सोच्छु कहिलेकाही मान्छेको कतिपय बिरामहरु ठिक हुनलाई आफुले खोजेको, सोचेको, खुशी स्वच्छ सफा वातबरणमा पनि भरपर्ने रहेछ, किनकी कयौदिन गुम्सिएर आँफै अनेक बिरामले थकित भएको मान्छे त्यो बिहान आँफैलाई हलुका महसुस गरेको थिए, भित्र कुनै बिराम नभएको जस्तै महसुस भएको थियो, भन्छु आजभोलि कुनैपनी बिरामीलाई हरेक घरमा अनी हस्पिटलमा बिरामीलाई सफा सुघ्घर स्वच्छ हरियाली बातवरण भयो भने कतिपय सानोतिनो बिरामत आँफै पनि निकोहुने रहेछ, त्यस्तो बातवरणिय स्थानको योजना भौतिक पूर्वधारहरु लगानिकर्ता उध्योगपती सरकारले पनि एउटा निस्चित मापदन्ड अबलम्बन गरेर हस्पिटल स्कुल कलेज वा पार्कहरुको निर्माण गरियोस, जस्लाई महसुस गरेर पनि बिरामीहरु आफुलाई सन्चोभएको महसुस गर्न सकुन, हो मलाई यस्तै भएको थियो त्यो दिनको खुलेको आकाश बातवरण देख्दा, हलुका शरीर, शान्ता मन, उमंग छाएको एउटा रहर जस्तै अनी आँखाभरी मिठा सपना भएजस्तै

 

घरायसी एउटी ग्रिहिणी महिलाको बिहान उठ्ने बितिकै अरु काम केनैपो हुन्छर, अफिस जानुछ, कुनै ब्यापार, कुनै सेमिनार कुनै मिटिङ, छत केवल दैनिक बिहान उठ घर सफा गर, बिहानको आरतीको पूजा सकेर घरायसी नास्ता भुजा दिउसोको खाना बनाउ खाउ परिवारलाइ खुवाउ, आदी गर्दैमा बिहान बित्छ, अनी दिउसो अलिकती समय आराम गरेर जिउले राम्रो संग सुस्ताएको पनि हुँदैन फेरी दिउसोको खाजा चिया नास्ता बनाउने बेलाले छुइहाल्छ, त्यसदिनको बिहानको सुनौलो बिहानी संगै बिहानको सबै काम सकेर रामजी लाई फोन लगाए, फोनको दुई घन्टी जानेबितिकै हेलो किन फोन गरेकी भन्दै उताबाट रामजी बोल्नुभयो, मैले केछ खबर, सञ्चै हुनुहुन्छ भनेर सोधे, उम सञ्चैछु तिमीलाई कस्तोछ, औषधीत बेलैमा खाँदैछौनी भनेर सोध्नुभयो, उम खाँदैछु भनेर मैले जवाफ फर्काउदै पुन सोधे, अनी बसाइ कस्तोछ हजुरको, खानाको ब्यबस्था कस्तोछ, अलिक ध्यान दिएर खानुहोस है जेपायो त्यही केही नखानु होला भने, हैन होटेलमा बसेको छुइन मामा घरमा बसेकोछु भनेर भन्नुभो, त्यसपछी अफिस हिंड्न लागेको है आफ्नो ख्याल गर भन्दै फोन राखिदिनुभो, मैले पनि हुन्छ हस भन्दै फोन राखिसकेर बिहानको खाना सबैलाई दिए, आफु पनि खाएर गाई बाछो लाई घाँस लगाएर रुममा आएर एकछिन आरामको लागि बेडमा पल्टिए, बिहानको पहिलो प्रहरको एउटा काम सकेपछी केही काम नभएकोले आराम गर्दै समय कटाउन पुन मोबाइलमै घोत्लिन पुगे, भित्र छिरेर क्षितिजले कुनै मेसेज छोडेको छकी भनेर हेरे, तर मेसेज बक्समा केही पनि आएको थिएन, त्यसपछी आँफैले मेसेज गरे, हेलो, फेसबुक एक्सेप्ट गरेपछी पुग्यो, मेसेज गर्नु पर्दैन भनेर अलिकती रिसाएको भावमा मेसेज सेन्ड गरे, सम्योग पनि कस्तो, पनि अन्लाइनमै रहेछ, मैले मेसेज सेन्ड गर्ने बित्तिकै मेसेज हेरेको हरियो सिग्नल देखायो, लगत्तै हाइ केछ खबर अनी तिम्रो, उताबाट तुरुन्तै जवाफ आयो, मैले ठिकैछ, भन्दै जवाफ फर्काएर अर्को प्रश्न गरे, अनी अहिले तिमी कहाछौ , ? घरमै छु, उस्ले जवाफ दियो, झुट बोल्ने तिम्रो बानी अझै गाको छैन है, मैले सोधे, हासेको इमोजी पठाउदै कसरी थाहा भयो तिमीलाई मैले झुट बोलेको, साचो बोल्ने जमना नै छैन है, अझै उल्टै मलाई नै जोक गर्दै माथि उल्टै सम्साय राख्दै मेसेज पठायो, उस्को जवाफ पछी मैले मेसेज लेख्दै भने, साच्चै भनन तिमी कहाँछौ, अहिले नर्वेमा छु, अहिले भने उस्को जवाफ साचो आएको थियो, किनभने उस्को फोटोहरु हेर्दा मलाई त्यस्तै संका लागेको थियो, अनी कहिले गएको तिमी ? पुन मैले सोधे, सात बर्ष भयो, उस्ले जवाफ फर्कायो, अनी कामको लागि गएको कि पढ्न गएको तिमी पुन सोधे मैले, पढ्न गएको भनौकी कामको लागि, पढाई सकेर यतै काम गर्दैछु अहिले, पुन उस्को जवाफ थियो, अनी नर्वेमा कुन ठाउँमा छौ तिमी, मेरो मत्लब कुन कलेजमा, अहिले नर्वेको ओस्लो सिटिमा छु, कलेज चै ओस्लो मेट्रोपोलिटन युनिभरसिटि हो मेरो, उस्को मुखबाट ओस्लो सिटिको कुरा सुन्ने बित्तिकै उत्सुक बनेर मैले पुन जिज्ञासा राख्दै सोदिहाले, होर, ओस्लोमा मेरो कान्छा देवर पनि पढ्नुहुन्छ, तर तिमी ओस्लोको कुन एरियामा छौ, स्ट्रेट ओलाभप्लास मा बस्छु, उस्को जवाफ थियो, मेरो कान्छो देवरबाबु पनि ओस्लो कै ब्लिन्ड्रेन भन्ने ठाउमा बस्नुहुन्छ, तर वहाँ  पढ्ने युनिभरसिटी चै ओस्लो युनिभरसिटी भन्नुहुन्थ्यो, आफ्नो कुरा राख्दै पुन मैले नै अर्को प्रश्न तेर्साए, अनी पढाई कहाँ पुरायौ तिमीले, पि एच डि सकेर अहिले यतै पढाउदैछु, उस्ले जवाफ दियो, बधाईछ डाक्टर साप भएकोमा, अनी कुन बिषयमा गर्यौत पि एच डि मैले सोधे, Professor of Environmental Management उस्ले जवाफ फर्कायो, फेसबुकमा एड भएर राम्रो संग गफ गरेको दशपन्द्र मिनेट जतिमात्रै भएको थियो, बाहिर निस्कनुछ, भरे बोल्छुहै भनेर उस्ले बिदा मागिहाल्यो, मैले पनि हस हुन्छ बाइ, टेक केयर अनी शुभयात्रा भन्दै कुरोको बिट मार्दै बिदा मागे

 

घरधन्दा उहित हो, सँधा झै बेलुकिको सबै खानापिन बनाएर सबैलाई खुवाएर आफ्नो रुम तर्फ लागे, बेडमा पुगेर औषधी खाँदै रामजिलाई फोन लगाए, फोनको एक रिङ्ग जानेबित्तिकै रामजिले हेलो केभो भन्दै कल रिसिभ गर्नुभयो, हैन सुत्नेबेलामा आफ्नो बुडालाई फोन गर्न पनि अब केही हुनुपर्छ ? भन्दै हासे, उताबाट वहाँँले अहिले मिटिङमा छु, केहीछ भने भन भन्नुभयो, खाना खानुभयो भनेर सोधे, खाना खाइसेको तर तिमीले औषधी खायौ के, भनेर सोध्नुभयो, मैले उम को भावमा छोटो उत्तर फर्काए, त्यसोभए बेलैमा सुत, नत्र फेरी तिमीलाई निन्द्रा लाग्दैन, भोलीबिहान कल गर्छु बाइ गूड् नाइट, आफ्नो ख्याल गर्नुहोला, गूड् नाइट भन्दै मैले पनि यताबाट कल राखिदिए, वहाँ संग लामो संबाद नभएपछी आफ्नो ओछ्यानमा पल्टदै मोबाइलमा युट्युब खोलेर पुरानो नेपाली गितहरु खोज्नथाले, मोबाइलमा निरन्तर गित बज्न थालयो, आफ्नै दुनियाँमा हराउदै गीत सुनेर टोलाउन थाले, नारायण गोपाल ज्ञानु राणाको आवाजमा रहेको गित बजिरहेको थियो,

मान्छेको माया यहाँ

खोलाको पानी जस्तो

किनरालाई छोइ भागने

लहरेको बानी जस्तो,

माथिको बजिरहेको गितले भने जस्तै साचिकै मान्छेको माया पनि कती अनौठोको हुन्छ, कुनै मायाँ देखादेख आँखाको हेराइमै बस्छ टुङिन्छ, कुनै माया तन मन दुबै साटिएर टुङिन्छ, कुनै माया आभास अनुभुतिमै टुङिन्छ, भने कुनै माया बिबाहमै परिणत भएर पारिवारिक जिबनमा बद्लिन्छ त्यो सदा साथमै रहन्छ, त्यसैले कुनै प्रेम दु:खद हुन्छन कुनै सुखद हुन्छन, कुनै प्रेम प्राप्ती हुन्छन कुनै आकर्सण मात्रै, यस्तै क्षितिज मेरो प्रेम पनि प्राप्ती थियो आकर्सण, मात्रै आभास अनुभुति भएर अनुभुतिमै एउटा सपना जस्तै टुङिएको थियो, हामी बिचमा त्यस्तो कुनै संबाद हुन पायो, कुनै संगै मेलापत बिहेकार्जे, कुनै पूजाआजामा संगै बसेर दोहोरी, कुनै रोदीघर, मात्र बाल्यपनको त्यो कलिलो मस्तिस्कमा उब्जिएको प्रेमको अनुभुती आभासले लुकेर नियाल्थ्यो, महसुस गर्थे लुक्थे, भाग्थे, साचै भनुम भने उस्लाई देख्योकी डराउथे, अनी कहिलेकाही झुक्किएर आमनेसामने भएर ठोकिएर नजर जुधे, बेचैनले तर्सिन्थे, मानौ मेरो अगाडि कुनै अजंगको जनवर उभिएकोहोस, वा अरुकुनै अमुर्त चित्र भएको काल्पानिक भुत प्रेत, बस उस्को सामु पर्दा सातो गएको जस्तै हुन्थे, उस्ले स्पर्स गर्नुत टाढाको कुरा थियो, तर उस्ले नियालेकै भरमा पनि मेरो हातखुट्टा लुला हुन्थे, ओठतालु सुकेर चिसा हुन्थे, कहिलेकाही आँफैलाई मलाई के भैरहेकोछ जस्तो अनौठो लाग्थ्यो उस्को अनुहार लुकेर नियाल्न खोज्थे तर पनि जस्तै मैले नियाल्ने बित्तिकै शिर निहुराउथ्यो, कित अर्कैतिर फर्किएर कतै टोलाइरहेको झै बहना गर्थ्यो, दुबैको आँखा जुधेर पनि मलाई नदेखे झै गर्थ्यो, तर दुबैमा लुकेर चोरी-चोरी हेर्न भने कहिले नछाडिने, कस्तो अनौठो आभास थियो, त्यस्लाई अनुभुती भनौकी प्रेम वा आकर्सण, अचम्मको सम्बन्ध थियो हामी बिचमा

 

जसरी अनौठो अचम्मको सम्बन्धको अनुभुती थियो हामीमा, हाम्रो पहिलो भेट पनि अनौठो तरिकाले नै भएको थियो, आज पनि सम्झन्छु त्यो पल, साच्चै कती मिठो लाग्छ, तर सपना जस्तै, भन्दा खेरी तपाईं विश्वाश गर्न सक्नुहुन्छ ? बाल्यकालको त्यो हाम्रो भेट आज भन्दा सत्ताइस बर्ष अगाडि २०५३ सालको माघ महिनाको हुस्सु लागेको चिसो मौसम कठाँग्रीने जाडोमा भएको थियो, हामी दुबैको लागि नयाँ स्कुल थियो, अनी स्कुलको पहिलो दिन, त्यो पनि आफ्नै गाउँमा, आफ्नै ठाउँमा, हामी एकै ठाउको एकै गाउको भएपनी दुबैमा अपरिचित थियौ, दुबैले एकले अर्कालाई चिन्न परै जावोस, त्यो दिन भन्दा अगाडि कहिलै देखेका भेटेका सम्म थिएनौ, नवलपरासिको जिल्लाको एउटा सुन्दर बस्ती, अझ यसरी भनौ भर्खरै बस्दै गरेको नव-दुलही झै सिगारिएको नयाँ शहरको रुप धारणा गरेर अहिलेको घोसित नगरपालिका बेलाको कावासोती गाबिस, ठीक अगाडि पट्टी शिवमन्दिर गाबिस अहिले दुबै गाभिएर बनेको कावासोती नगरपालिका, यही नयाँँ शहरको बिचमा सभापति चोक जस्लाई आजभोलि पुष्पलाल चोक भनेर चिनिन्छ त्यस्को ठीक पश्चिम पट्टी पूर्व पश्चिम हाइवे रोडको देब्रेपट्टी सानो गणेश मन्दिरको अगाडि पट्टी हाम्रो घर त्यस्को थोरै पछाडि पट्टी कालिगन्डकी हस्पिटलको दक्षिण पश्चिम पट्टी उस्को घर रहेछ, तर हामी एउटै टोलको भएर पनि अन्जान थियौ, अपरिचित थियौ, कारण सानै देखी चोरमारा भन्ने ठाउँमा मावलामा बसेर पढेको, अनी सम्योग पनि कस्तो, पनि सानै देखी मामा घरमा बसेर पढेको पश्चिम अनी पूर्व, कावासोती देखी झन्डै दश किलोमिटर पूर्व देबचुली नगरपालिकाको प्रगतिनगर बाट उत्तरतर्फ नगरपालिकाकै छेउमा रहेको जनज्योती नमुना स्कुलमा पाँच सम्म पढेर कक्ष मा पढ्नलाई आफ्नै घर आएको थिए, गते मैले सम्झिन सकिन तर मलाई थाहा , माघ महिनाको पहिलो हप्ता तिर हो, स्कुलमा नाम लेखाएर पढ्न भनेर गएको मेरो पहिलो दिन, घरबाट अढाइ किलोमिटर जती मात्रै स्कुल भएकोले बिहानको चिसो हुस्सु लागेको मौसममा दुबैहातले आफ्नो छातीमा किताब च्यापेर जादैथिए, पनि मेरो पछाडि-पछाडी काँधको देब्रेपट्टी किताबको झोला भिरेर आउँदैथियो, बाक्लो हुस्सु लागेकोले गर्दा पछाडिबाट हुइकिएर आएको साइकलवाला ले नदेखेर उस्को ब्यागलाई लतारेर भाग्न खोज्यो, तर ब्यागमा अल्झिएकोले गर्दा साइकल वाला संगै लतारिएर भुइमा लड्न पुग्यो, आफ्नै आँखा अगाडि साइकलले मान्छे ठोकेर लडेको देख्दा आतिए, त्यसरी मान्छेलाई साइकलले हानेको देखेर डरले आमा भनेर कराउन पुगेछु, साइकलवाला हतार-हतार उठेर भागीहाल्यो, बिचरा भने उठ्न पनि नसकी भुइमै एकछिन ट्वाल्ल परेर बसिरहयो, त्यसपछी मैले नजिकै गएर झोलाबाट उछिटिएको किताब कपिहरु टिपेर उस्को झोलामा राख्दै उस्लाई उठाउने कोशीस गरे, बल्लतल्ल सकिनसकी थररर काप्दै उठेर जिउमा लागेको धुलो टक्टकाएर यताउता सरिरको सबैतिर हेर्यो, धन्न हातको नारिमा थोरै कोतरेको बाहेक अन्य ठुलो घाऊ भएनछ, त्यसपछी दुबैजना चुपचाप स्कुल तर्फ लाग्यौ, तर केही परसम्म नबोली हिंडेपछी उसैले पहिलोचोटी बोलायो, केहो तिम्रो नाम, जवाफमा मैले चादनी भने, अनी तिम्रो, मैले सोधे, क्षितिज उस्ले जवाफ दियो, अनी कुन स्कुलमा पढ्छौनी पुन मैले सोधे, शिव माबिमा उस्को छोटो जवाफ, अनी तिमी ? फेरी उस्ले सोध्यो, पनि त्यै, मेरो पनि सटिक जवाफ थियो, होर ! आहा कस्तो मज्जा है संगै हुनेरहेछौ, उस्ले उत्सुक्ता पोख्यो, मैले उम भनेर हो को भावमा जवाफ दिए, पुन उसैले सोध्यो, घर कहाँ हो तिम्रो, गणेश मन्दिर नजिकै, मेरो जवाफ थियो, होर आहा झन कस्तो मजा हुनेभो, मेरो पनि तिम्रो नजिकै हो, हस्पिटल पछाडि, उत्सुक्ता संगै उस्ले आँफैले आफ्नो घर बताउदै उत्तर दियो, अनी कतिमा पढ्छौ तिमी ? मैले सोधे, ,मा, उस्को उत्तर थियो, होर पनि ,मै हो, यो पल्ट भने उस्ले नसोधी मेरो उत्सुक्ता सहितको उत्तर थियो, त्यसपछी हामी एक अर्कालाई साथी जस्तै महसुस गरेछौ क्यारे, निर्धक्क संगले सानातिना कुरागर्दै हामी स्कुल तर्फ लाग्यौ

 

समय बित्त्दै गयो, हामी आफ्नै ठाउँको नयाँँ स्कुल भरना भएर आउन थालेको पनि महिना दिन पुगिसकेको थियो, फागुन महिनाको पहिलो हप्ताबाट हाम्रो क्लासको सेक्सन छुटियो, सेक्सन , मा पर्यो भने सेक्सन बि, मा परे, त्यसपछी भने बिहान आउँदा बेलुकी फर्कदा कमैमात्रै हाम्रो भेट हुनथाल्यो, स्कुलमा हुँदा पनि टिफिन हुँदा केटाहरुको हुलमा कबड्डी कबड्डी खेलिरहेको हुन्थ्यो भने केटीहरु संग गट्टा खेल्नमै ब्यस्त हुन्थे, कहिलेकाही भने हामी केटीहरुले गट्टा खेलिरहेको ठाउँमा आएर छेउमा बसेर गट्टा खेलेको हेर्थ्यो कहिलेकाही भन्थ्यो मलाई पनि खेलाउन है तिमीहरु संग, उस्को कुरा सुनेर केटीहरु खितितिती गरेर हास्थे, कोही केटीहरु चै तिनलाई देखेर कराउथे केटाले पनि गट्टा खेल्छ भन्थे, लजाए झै गरेर मुसुक्क हासी मात्र दिन्थ्यो, त्यो स्कुलमा सुरुको दिन देखिनै हामी दुबैजना अर्कै स्कुलबाट आएर संगै गएको भएपनी हाम्रो खासै बोलचाल हुँदैनथियो, तर भगवानले पनि सानै देखी पुरुष प्रबिर्ती दिदोरहेछ कि क्याहो यो केटाको जातहरुलाई, सँधै संग बोल्न नजिकिन चाहन्थ्यो, जिस्कन्थ्यो, कहिले मसिना ढुङ्गाले हान्ने कहिले काडे झारको डल्लाले कपालमा हनेर दिक्क बनाउथ्यो, कहिले कागजको रकेट बनाएर पछाडिबाट हानेर दगुर्थ्यो, भने उस्लाई देख्योकी टाढाटाढा भाग्न खोज्थे, घरबाट बिहान स्कुल आउँदा बाटोमा निस्कनु अगाडि नै हस्पिटलको अगाडि मेनरोडमा आएर ढुङ्गा खेल्दै मलाई नै कुरिरहेको हुन्थ्यो, केटाकेटी बेलाको त्यो उमेर जस्तै स्कुलको ड्रेस पनि उस्तै हामीलाई नै सुहाउने ठ्याक्कै हुन्थ्यो, आकासे रंगको निलो सर्ट, गाढा निलो मसिको रंगको फ्रक, कपालको बिचमा सिउदो काटेर दुबैतिर दुई चुल्ठी, चुल्ठिमा निलो नत्र रातो रिबन, अनी हातमा किताबको थाक, हातमै नत्र गोजिमा निलै लेख्ने सानो सिसाकलम, अनी केटाहरुको पनि उस्तै ड्रेस निलै हुने सर्ट पेन्ट, स्कुलको ड्रेस भएपनी कयौ दिन सम्म नधुएका हुन्थे, आइरन नगरेर बाहुला कम्मरको भाग टाक लगाउने भागमा लुगाको पत्रपत्र भाचिएर खुम्चिएर बसेका हुन्थे, कहिलेकाहित सिंगान चुहिदा सर्टको फेरो दाहिने हातको बाहुलाको भागले पुछेर कालै सुकेर कटकट परेका हुन्थे, बालयकालको स्कुलको लुगाको सम्झना गर्ने हो भने केटाहरुको तुलामा केटीहरुको अलिक सफा कपाल पनि कोरिबाटी गरेर दुई चुल्ठी बाटेर पुतली जस्तै चिटिक्क परेका हुन्थे, शायद छोरी मान्छेलाई यो प्रकृतिले नै दिएको बारादान होकी, प्राय सफा सुघ्घर दुइचुल्ठी बाटेर चिटिक्क परेर आउथे भने सँधै कयौ हप्ता देखी नधुएको मैलो निलो सर्ट अनी सर्टको टाक चुटिएर उस्को छाती घाटिमा पसिनाको लेघ्रा मयलको कालो टाटो धब्बा देखिन्थ्यो, त्यसैत सानो खिरिलो खिनौटे त्यसमाथी उस्को लुगाको लगाइ किताब बोक्ने झोला दोकाधे गरेर भिरेको सँधै एउटै पारामा अनी उस्तै पारामा, एकनासले एउटै रंगमा

 

यसरी हरेक दिन बाटोमा सबेरै निस्किएर मलाई कुर्दै बस्नु गफिदै स्कुल जानु उस्को दैनिकी जस्तै थियो, तर मलाई भने भरसक संग भेट नहोस भन्ने मनमनै हुनु भेटै भएपनी नबोली हिंड्नु मेरो डर थियो वा प्रकृतिले नारिलाई दिएको बारादान एक लज्जा, त्यो बाल्यकालमा पनि संग नजिकिन चाहन्थ्यो वा उस्कोलागी मिल्ने साथी थिए ? खै के थियो कुन्नी, बाटमा हिडिरहेका हुन्थ्यौ उस्लाई बोलिरहनु पर्ने, तर भने खासै बोल्दिन थिए चुपचाप हिड्थे, उस्ले सोधेको जवाफ आवश्यकता भन्दा माथि नबोल्दा खेरी उस्लाई दिक्क लाग्दो रहेछ क्यारे, कहिलेकाही तिमीलाई बोल्न आउँदैन हो भनेर सोध्थ्यो, अबोध हासो मुसुक्क हास्थे, अनी पनि फेरी मेरो मुस्कान संगै मुस्कान मिलाएर मुसुक्क हासिदिन्थ्यो, हाँस्दा पनि कयौदिन देखी नमोलेको पहेला दात देखिन्थे, उस्को पहेलो दात देख्दा भने खै के हुन्थ्यो कुन्नी मेरो मनमा मेरो मुखबाट फुत्त फुत्किहाल्थ्यो, आची छि, तिम्रो दात कती पहेलो, मस्काउदैनौ तिमी ? मेरो यस्तो भनाइले अलिक लजाएको जस्तो गर्थ्यो दाहिने हातको चोर औलाले रगटेर मुखको दुबैपटिको ओठलाई दुइतिन चोटि च्याप्दै खोल्दै गरेर थु गरेर बाहिर थुक फाल्थ्यो, मानौ उस्ले दात सफा गरेको हो त्यो, मैले उस्लाई त्यस्तो भन्नु हुन्थ्यो वा हुन्नथ्यो तर केटाकेटी अवस्थामा त्यस्तो भन्नु हुने नहुने हेक्क रहन्नथ्यो मेरो प्याच्च भनाइले शायद उस्लाई लाज लाग्दो हो कहिलेकाहित नबोली घोप्टिएर चुपचाप अलिक परसम्म एक्लै हिड्थ्यो, फेरी उस्को मनमा के आउथो कुन्नी ठिङ्ग उभिएर खुट्टाको बुढी औलाले चप्पल कोट्ट्याएर मलाई पर्खन्थ्यो केहीबेरसम्म नबोली चुपचाप संगै हिडिरहन्थ्यो,  स्कुलमा हुँदापनी केटाहरुको हुलमा कमै मात्र खेल्थ्यो कुनै बहना गरेर संगै आएर खेल्न खोज्थ्यो ।

 

जसरी हाम्रो भेट भएको थियो उसैगरी आज भोली पर्सी गर्दै समय बित्दै गयो १२ बर्षको कलिलो उमेरमा कक्षको पहिलो दिनको स्कुल प्रबेश संगै भएको हाम्रो भेट हरेक दिन संगै आउने जाने गर्दै हामी , सात, गर्दै आठ कक्षमा पुग्यौ, जतिजती हरेक दिन हाम्रो कलिलो उमेर किशोर अवस्थामा प्रबेश गर्दै थियो, उतिउती उस्को लगाव प्रतिको आकर्सण बड्दै जादै थियो, शायद त्यो बेलाको कलिलो मस्तिस्कको आकर्सण थियो वा प्रतेक दिन हामी ठुला हुँदै गएको प्राकृतिक परिवर्तनको प्रमाण हो, खै ! अलिक बढीनै प्रती आसक्ती देखाउथ्यो, जादा आउँदा संगै जानु आउनु पर्खनु उस्को छदैथियो, तर स्कुलमा कसैले संग झगडा गर्योकी बिचमा आएर मेरो प्रतिरक्षा गर्थ्यो, मलाई कसैले जिस्काएको वा कराएको झगडा गरेको देखे आएर तिनिहरु संग आक्रमक भएर झगडा गर्न तम्सन्थ्यो, उस्को त्यो हर्कत बानिले गर्दा कहिलेकाही मलाई खुब डर पनि लाग्थ्यो, किनकी कसैले मलाई केही नराम्रो भनेको सुन्नै सक्दैन थियो, अरुसंग आक्रमक भैहाल्थ्यो, उस्को त्यै झगडालु बानिले गर्दा कयौपल्ट हेडसरको अफिस सम्म पुराएर गाली खानु पर्थ्यो उस्ले, तर अफिस भित्र सरले गाली गरुन्जेल घोसे मुन्टो बनाएर उभिएर सुनिरहन्थ्यो, जब स्कुलमा सरले जाउ अबदेखी झगडा नगरनु भनेर बाहिर पठाउथ्यो, तब अघी भर्खरै सरले अफिसमा बोलाएर कराएको तुरुन्तै बिर्सिहाल्थ्यो, अझ उल्टै किन सरलाई सुनाइस भनेर फेरी ति झगडा गर्ने हरु संग निहुँ खोज्न पुगी हाल्थ्यो, उनिहरु भने सर भनेर चिच्याउथ्यो, चै खुररर दगुरेर भागी हाल्थ्यो, अनी स्कुलको अन्तिम घन्टी बज्नु अगाडि नै बाटोमा पुगेर ढुङ्गा खेलाउदै मलाई कुरेर बसिरहेको हुन्थ्यो, जब मुल बाटोमा देखा पर्थे तब बल्ल कि निक्कै पर अगाडि अगाडि नत्र निक्कै पछाडि बसेर पछीपछी आउथ्यो, किशोर अवस्थामा प्रबेश गरिसकेको हुनाले होला मलाई पनि उस्को त्यो प्रतिको लगाबलाई सम्झेर कहिलेकाही माया पनि लागेर आउथ्यो, तर उस्ले झै माया देखाउन सक्दिन थिए, बालपन नै सहि, उस्ले प्रतिको गरेको केयर रेखदेख अहिले बयस्क जवान युवा युवतिले गर्ने प्रेमको अनुभुती भन्दा कमको थिएन, थियोत केवल समय परिस्थिती फरक, कारण अहिलेका युवायुवती हरु स्कुल कलेज वा संगै काम गर्ने अफिसको सहयात्री संग प्रेम गर्छन् आफ्नै बा आमा लाई पनि देखाउन चिनाउन पछी पर्दैनन, तर त्यो बेलाको समयमा खुलेर प्रेम गर्न सकिन्थ्यो खुलेर बोल्न सकिथ्यो यहाँसम्म कि एकले अर्कालाई पिछा गर्नु, लुकिलुकी हेर्नु, डराएर वा लजाएर बोल्नु नजानिदो पाराले एकअर्काको केयर गर्नु बाहेक हामी बिचमा प्रेम भएको हो भन्नेसम्म हेक्का हुन्नथियो, केवल आँखा मनको आकर्सण बाहेक, आजभोलि सम्झन्छु शायद त्यो बेलाको प्राकृतिक हाम्रो सरिरको शरीरिक बिकास मस्तिस्कको बिकास एउटा प्रमाण पनि हो बिपरित ध्रुवमा आकर्सित हुनु, शायद त्यही प्रेम थियो होला, तर हाम्रो उमेरको खुड्किलो संगै हामी भित्र पलाएको एक सुसुप्त प्रेमले मलाई अफ्ठ्यारो महसुस हुन थालेको थियो, मलाई पनि प्रतिको आकर्सण नै होकी उस्ले मलाई प्रेम गर्छ, माया गर्छ भन्ने अनुभुती हुन थालेको थियो, त्यसैले उस्ले झै पनि कहिलेकाही लुकेर वा कतै छेलिएर उस्लाई हेर्ने कोशीस गर्थे तर उस्लाई देख्यो कि डर लागेर आउथ्यो, भित्र एककिसिमको बेचैनी भएर आउथ्यो, हातखुट्टामा अनौठो कम्पन आउथ्यो, केही बोल्न खोजे ओठहरु थर्थराएर काप्थे बोलिनै नै लट्पटिन्थ्यो, शायद यही प्रेम को सुरुवात थियो होला

 

ओहो कथाकार ज्यु ! साँझ , झपक्क परिसकेछ, भने रुममा ढोका लगाएर अझ चुकुल पनि लगाएर आफ्नै प्रेम कथा सुनाउन ब्यस्त भएछु, खाना बनाउन ढिलो भैसक्यो, अहिले उठे है , अहिलेलाई यती नै पढ्नुहोस, बाँकी भरे राती नत्र भोली लेखेर पठाउला तर मेरो कथा चै अवस्य लेख्नुहोलानी नत्र मैले यत्रो दु: गरेर हजुरलाई सुनाएको काहानी मेरो समय ब्यर्थ जानेछ, मेसेज संगै हासेको इमोजी पनि हाहाहा, मेसेज पड्दा गम्भिर बनेको मेरो दिमाग मेसेजको अन्तिममा हासेको इमोजिले मुड नै फेरी दियो पनि त्यही इमोजी संगै एकछिन हासे, आजसम्म कसैको जिबन काहानी लेखे भोगे आँफैले यती मिठो पिडा प्रेम, तर जती पढे चन्द्राको प्रेमकथा उतिनै रहस्यमयी प्रेमिल भाव उत्पन्न हुने काहानी आहा ! एक मनले भन्यो कास उस्को क्षितिज मै भैदिएको भए पनि हुन्थ्यो झै भयो, एकप्रकारको डाहा संगै मनमनै रोमान्चित भएर फिस्स हासे, अनी सोचे यस्तो मैले फिलिममा हेर्नु उपन्यास कथामा पढ्नु बाहेक वास्तबिक जिबनको काहानी आजसम्म कसैको सुनेको वा देखेको थिन, मान्छेका वास्ताबिक आफ्नै भोगाइ पनि हुँदा रहेछ, तिता अनी मिठा संगै, चन्द्राले आफ्नो काहानी लेख्दै गरेर समय सकिएको जनाउ संगै आजको मेरो दिन पनि सकिएको थियो, यता पनि साँझ पर्न लागेको थियो, भोली बिहान राबिघ बाट रहिमाको लागि फिर्ती हुनुथियो हामीलाई, त्यसैले साँझपख पनि यसो बजार तिर टोलाउन तर्फ लागे

 

रचना- अर्पण योन्जन (शिरिष)

मिती- ,१० २४ पौष २०७८

तदनुसार- २४,२५ डिसेम्बर २०२१

र, जनवरी २०२२