गजल,
२०१४-३-७
पत्थर उठाई, पूजा गरेँ, देउता मैले भेटिन
भाकल गरी कसैको, घाँटी मैले रेटिन ।
फेरी पनि, किन मलाई, अशुभ ठान्छन
बिहानिमा, कसैको, आँगन मैले टेकिन ।
के पाप, गरेँ मैले, भन तिमी आँफै
पैसा सँग, समाजमा, धर्म मैले साटिन ।
नाता-गोता, इस्ट-मित्र, तिम्रो गाउँ भित्र
बिर्सिएर आफन्तको, नाक मैले काटिन ।
धर्म कर्म, सबै गरेँ, लाख बत्ती, दिप जलाई
साँचो सत्ते, चोखो मनको, प्रेम मैले ढाटिन ।

अर्पण योञ्जन