१५ असोज २०६८
गजल
तिम्रो त्यो अधरमा छुपायौ कि मलाई
मोहिनी त्यो नजरमा लुकायौ कि मलाई ।
आज आँफै हराएछु पाउँदा तिम्रो छायाँ
बास्ना चल्ने यौबनमा भुलायौ कि मलाई ।
थोरै मायाँ देखाएर धेरै पर सम्म
नफर्कने बाटो गरी डुलायौ कि मलाई ।
मिठो मिठो सपना देखाइ बगैचा मा
रङ्गी चङ्गी फुलबारिमा झुलायौ कि मलाई ।
आकाशको परि संग नाता जोड्नु भन्यौ
इन्द्रेणिको रङ सरि खुलायौ कि मलाई ।
अर्पण योन्जन
Saturday, October 1, 2011
Subscribe to:
Posts (Atom)