गजल माघ १३ गाते २०६७
सबै सबै मान्छे हरु मातिदैछन आज किन
बन्धुत्वको जालो पनि फाटिदैछन आज किन
जुग जमना बद्लियो रे मान्छे पनि बद्लीयो रे
नाता बिर्सी आफ्नै शिर काटिदैछन आज किन
ज्वाँई चेला कुल कुटुम्ब भन्थे हिजो अस्ती
पैसा सँग नाता पनि साटिदैछन आज किन
दश गाउँ दश डाँडा नाता जोड्नु भन्थे पैले
तर आज दुश्मनिको डोरी बाटिदैछन किन
हुने खाने बर्ग तोकी राप मात्र ताप्ने सबले
तितो छोडि मिठो मात्र चाटिदैछन् आज किन
अर्पण तामाङ (योन्जन)
तरहरा -२ सुनसरी
हाल दोहा कतार
Thursday, January 27, 2011
Wednesday, January 19, 2011
तिमी सङ्ग बिताएको रात अनौठो
गजल २०६७ माघ २
तिमी सङ्ग बिताएको रात अनौठो
मायाँ गर्ने मायाँलुको जात अनौठो ।
वारी पारी गरी दुबै जोडी ढुकुर जस्तै
साँझयालमा बिताएको साथ अनौठो ।
जुनेलीको रात थियो बैश डाकी डाकी
मदहोशी लाई सिलाएको मात अनौठो ।
खोला बाडी भिर पैरो बर्खायाम आउँदा
औँला समाइ जङ्घार तर्दा हात अनौठो ।
बेला उस्तो होकी कुन्नी बैश चढेको
जती सुन्छु बोली उनको बात अनौठो ।
अर्पण तामाङ(योन्जन)
तरहरा - २ सुनसरी
हाल दोहा कतार
तिमी सङ्ग बिताएको रात अनौठो
मायाँ गर्ने मायाँलुको जात अनौठो ।
वारी पारी गरी दुबै जोडी ढुकुर जस्तै
साँझयालमा बिताएको साथ अनौठो ।
जुनेलीको रात थियो बैश डाकी डाकी
मदहोशी लाई सिलाएको मात अनौठो ।
खोला बाडी भिर पैरो बर्खायाम आउँदा
औँला समाइ जङ्घार तर्दा हात अनौठो ।
बेला उस्तो होकी कुन्नी बैश चढेको
जती सुन्छु बोली उनको बात अनौठो ।
अर्पण तामाङ(योन्जन)
तरहरा - २ सुनसरी
हाल दोहा कतार
Subscribe to:
Posts (Atom)